20240419
20240417
20240416
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै प्रदर्शन
भैरहवा / रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार प्रदर्शन गरेका छन् । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिनको माग गर्दै सुप्रिम सहकारीका पीडितहरुले मंगलबार बुटवलमा प्रदर्शन गरेका हुन् । बुटवल र भैरहवामा रहेको सो सहकारीका पीडित बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका लामिछानेमाथि छानबिनका लागि दबाब स्वरुप विरोधमा उत्रिएको बताएका छन् ।
"बालेनको शहर" भनेर नारा तय भएको काठमाडौं पनि विश्वको दोस्रो प्रदूषित सहरका रुपमा सूचीकृत, हरे शिव !
काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १७७ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको दोस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ । प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा
20240415
३२ सिटे प्रधानमन्त्रीको सरकारलाई १२ सिटेले गुल्टाइदिने खेल शुरु, काँध कुहिन्जेल प्रचण्ड बोक्ने ओली पनि बर्बराउन थाले
केन्द्रमा नयाँ सत्ता समीकरण बनेको ४० दिनमा नै विभाजनको रेखा कोरिएको छ । सुदूरपश्चिममा सरकार बनाउनेक्रममा पुर्व सहमति अनुसार नगरको भन्दै एकीकृत समाजवादीले कांग्रेससँग सहकार्य गरेपछि त्यसको धक्का नयाँ समीकरणलाई पर्ने विश्लेषण गरिएको छ । हालको सत्ता समीकरणमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीम, जसपा र एकीकृत समाजवादी रहेका छन् । यसअघि केन्द्रमा नयाँ समीकरण बनाउदा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो तर आइतबार सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिने निष्कर्षमा समीकरणका प्रमुख नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पुगेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल झस्किएका छन् । उनले यसअघिको सहमति पालना नगरेको र आफुहरुलाई धोका भएको विश्लेषणसहित सुदूरपश्चिममा कांग्रेससँग सहकार्य गरेका थिए ।
20240414
Former U.S. Ambassador Sentenced To 15 Years In Prison For Secretly Aiding Cuba
A former United States ambassador has been sentenced to 15 years behind bars after admitting he worked as a secret agent for Cuba. Manuel Rocha admitted guilt to federal charges on Friday. The former U.S. ambassador to Bolivia worked as a covert foreign agent for Cuba, was sentenced to 15 years in prison. Rocha, 73, entered a guilty plea to one count of conspiring to defraud the United States and act as an agent of a foreign government in Miami. In addition, he entered a guilty plea to operating without notifying the US government as an unauthorized agent of a foreign government.
रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले नयाँ वर्षको पहिलो दिन सिड्नीमा आयोजना गरेको ‘न्यु इयर सेलेवरेशन’ कार्यक्रम
अष्ट्रेलिया / रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले नेपाली नयाँ वर्ष २०८१ को पहिलो दिन अप्रिल १३ तारिक शनिवार सिड्नी स्थित टेम्पी पार्कमा आयोजना गरेको ‘न्यु इयर सेलेवरेशन’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । हाम्रो निमन्त्रणालाइ स्विकार गरि उपस्थित हुनु हुने एन आर एन ए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल, आइ सि सि पुर्व उपाध्यक्ष डा. विनोद श्रेष्ठ, एन आर एन ए अस्ट्रेलियाका पुर्व अध्यक्ष नन्दु गुरुगं, प्रवासी नेपाली एकता मन्चका
20240413
Breaking News : ईरानद्वारा इजरायलमा २०० भन्दा बढी मिसाइल सहित आक्रमण, आक्रमण लगातार, स्थिति निकै तनाबपूर्ण र भयानक, अमेरिका इजरायललाई साथ दिँदै, इरानमा खुशी मनाइँदै
ईरानद्वारा इजरायलमा २०० भन्दा बढी मिसाइल सहित आक्रमण भएको इजरायली सेनाका प्रबक्ताले भर्खरै पुस्टि गरे । आक्रमण लगातार भैरहेको छ भने स्थिति निकै तनाबपूर्ण र भयानक भएको देखिँदैछ त्यहाँको अवस्था टेलिभिजन र अनलाइहरुमा लाइभ हेर्दा । अमेरिकाद्वारा इजरायललाई साथ दिने घोषणा मात्र गरेका छैनन राष्ट्रपती जो बाइडेनले । इरानी कैयौं ड्रोन र रकेटहरुलाई अमेरिका द्वारा आकाशमै निस्क्रिय बनाइँदै खसाइलिएको पनि छ । ठुलो धनजन को क्षति अनुमान गरिँदै छ । युद्ध समाधान होइन र आतंककारीहरु, मानिसको जीउ धन सँग खेल्नेहरु ति जहाँ सुकैका या जो सुकै होउन युद्ध अपराधी हरु हुन, अपराधी हुन । ईरान र इजरायलको युद्ध छिट्टै अन्त्य होस कामना गरौं ।
20240412
२०८१ सालको वर्षफल ज्योतिषिका आँखाबाट !
राजा – मंगल, मन्त्री – शनि
कालयुक्तनाम संवत्सरका ग्रहपरिषद्मा (१) राजा – मंगल, (२) मन्त्री – शनि, (३) सस्येश – मंगल, (४) निरसेश – मंगल, (५) धनेश – मंगल, (६) मेघेश – शनि, (७) दुर्गेश – शनि, (८) रसेश – गुरु, (९) धान्येश – चन्द्र, (१०) फलेश – शुक्र रहेका छन् ।
ज्योतिषिका आँखाबाट:
यस वर्षका राजा मंगल र मन्त्री पदमा शनिको अधिकार रहेको छ । यस वर्षको जगल्लग्नमा धनु लग्न रहेको छ । जगल्लग्नको अधिपति गुरु पञ्चम भावस्थ मेष राशिमा नवमेश सूर्यका साथमा रहेका छन् । त्यसैगरी पञ्चमेश र द्वादशेश मंगल तृतीय भावस्थ कुम्भ राशिमा स्वगृही शनिका साथमा छन् । ती पञ्चम र तृतीय दुवै भावका बीचमा रहेको चतुर्थ भावस्थ मीन राशिमा सप्तमेश र दशमेश बुध तथा षष्ठेश र एकादशेश शुक्र राहुका साथमा रहेका छन् भने अष्टमेश चन्द्रमा सप्तम भावस्थ मिथुन राशिमा तथा दशम भावस्थ कन्या राशिमा केतु स्थित छन् । यसरी तृतीय भावदेखि पञ्चम भावसम्म क्रमशः तृतीय भावमा कुम्भस्थ शनि, मंगल तथा चतुर्थ भावमा मीनस्थ शुक्र, बुध, राहु एवं पञ्चम भावमा मेषस्थ सूर्य, बृहस्पति छन् भने सप्तम भावमा मिथुनस्थ चन्द्रमा र दशम भावस्थ कन्या राशिमा केतु रहेका छन् ।
20240411
बिस्तारै बिस्तारै भारतीय आँखा पनि खुल्न थालेको कुरा भारतीय Zee Channel को यो कभरेजले पनि पुष्टि गर्दछ !
'को कहिले मिल्यो, को कहिले मिलेन, त्यो स्थायी कुरा होइन, अलिपछि कांग्रेस र एमाले मिलेको खबर आउँछ ।'
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निकट भविष्यमै कांग्रेस र एमाले मिल्ने बताउनु भएको छ । दुई दल कहिले मिल्छन् भन्ने ठ्याक्कै मिति भने उहाँले खुलाउनु भएन । 'कहिले कांग्रेस र माओवादी मिल्छ, कहिले एमाले र माओवादी मिल्छू बिहीबार पुहाँतु चौधरीको शालिक अनावरण गर्दै शर्माले भन्नुभयो, ' को कहिले मिल्यो, को कहिले मिलेन, त्यो स्थायी कुरा होइन, अलिपछि कांग्रेस र एमाले मिलेको खबर आउँछ ।' शर्माको उक्त भनाइ कांग्रेस र एमाले मिलेर सरकार बनाउने सन्दर्भ केन्द्रित हो ।