20081020

लथालिँग देशको भताभुंग चाला : सेना समायोजन गरिए देश टुक्रिने चेतावनी, जता ततै आक्रोश !!

लथालिँग देशको भताभुंग चाला भने झै नेपालको अवस्था अहिले त्यस्तैछ, माओवादी सत्ताको दुरुपयोग् गर्दै जनताका घाटी रेट्ने आफ्ना कथित सेनालाई नेपाली सेनामा गाभ्न कसरथ गर्दैछ भने सत्तारुढ दलहरुबिच नै बिबाद बढ्दै जान थालेको छ, उता नेपाली कांग्रेस सरकार को बिरोधमा अगाडि अाइसकेको छ । मधेसी जनअधिकार फोरमको संसदीय दलका नेता समेत रहेका मन्त्री विजयकुमार गच्छदारले सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादीका नेताहरुले भने जस्तो सामुहिकरूपमा नेपाली सेनामा माओवादी सेना समायोजन गरिए देश टुक्रिने चेतावनी दिएका छन्। अन्यथा तराईमा लाखको संख्यामा सशस्त्र लडाकु तयार हुन कुनै बेर नलाग्ने मन्त्री गच्छदारको भनाई थियो। गच्छदारले भने, "एउटा विचार र दर्शनबाट निर्देशीत लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गर्ने हो भने लेखेर राख्नुस ६ महिना, बर्ष-डेढ बर्षमा तराई-मधेस नेपालबाट जान्छ।" उनले मापदण्ड पुरा गरेका माओवादीलाई मात्र सेनामा प्रवेश दिन सकिने र बाँकीलाई रोजगारी वा अन्य क्षेत्रमा लगाएर व्यवस्थापन गर्नु पर्ने धारणा व्यक्त गरे। उनको भनाई थियो, "कुनै सरकार वा मन्त्री बदलिंदैमा सेनाको आधारभूत मापदण्ड परिवर्तन हुँदैन।" उनको चेतावनीपूर्ण प्रश्न थियो, "हतियार उठाएका र नउठाएकाले कृत्रिम सेना र सशस्त्र सेना तयार गर्छन्। जनजातीले गर्छन्। सबैलाई कसरी राष्ट्रिय सेनामा समायोजन गर्ने?" विगत केही वर्षमा राज्यका अन्य महत्वपूर्ण अंगमा चर्को राजनीतिकरण भएको तर त्यसबाट एकमात्र संस्था नेपाली सेना जोगिएको बताउँदै उनले खुलेरै सेनाको प्रशंसा गरेका थिए। गच्छदारले संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति सेनाको रुपमा नेपाली सेनाले राम्रो काम गरेर अन्तराष्ट्रिय क्षेत्रमा समेत नाम कमाएको बताए। उनले भने, "विगतमा जानी-नजानी वा बुझ पचाएर सबै क्षेत्र राजनीतिकरण गर्‍यौं। त्यस्तो बेलामा पनि राजनीतिकरण हुनबाट जोगिएको सेनालाई अव राजनीतिकरण गर्ने हो भने देश रहने छैन।"
यसैबीच, संविधानसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एकजना वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादीले विगतका सम्झौता पालना नगरे संविधानसभाबाटै विद्रोह थाल्ने चेतावनी दिएका छन्। पौडेलको जोड थियो- माओवादीले शान्ति सम्झौता र त्यसपछिका सबै सहमतिहरुको अक्षरस: पालना गर्नुपर्छ र देशभर कब्जा गरिएका सम्पत्तीहरु १५ दिन भित्र फिर्ता गरिने भन्ने माओवादी उद्‌घोषको कार्यान्वयन हुनु पर्छ। उनले माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डका भनाइहरुको समेत तिब्र आलोचना गर्दै भने,“प्रधानमन्त्रीले यहि रोष्ट्रमबाट बहुदलीय व्यवस्थाप्रति अनास्था देखाउनुले देशभर जनताहरुलाई चिन्तित बनाएको छ।” नेपाली कांग्रेसका अर्का वक्ता पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले नयाँ बजेटले माओवादी पूर्व लडाकुहरु र माओवादी कार्यकर्ताहरुलाई पोस्ने काम गरेको दोहोर्‍याएका थिए। प्रधानमन्त्री प्रचण्डले संविधान निर्माणकार्यलाई सहज बनाउन नेपाली कांग्रेसलाई समेत ६ दलीय सरकारमा सहभागी गराउने कुरा गरिरहेका छन्। यस्तो समयमा दुबै पक्षबीच जारी आरोप प्रत्यारोपले राम्रो संकेत नगर्ने कतिपय विश्लेषकहरुको धारणा छ।
यता सरकारले लगाएको थप पाँच प्रतिशतको सेवा कर अभिभावक एवं बिरामीहरुले तिर्ने बीलमा जोडिएर आउनेछ भन्दै निजी स्कूल तथा अस्पताल सञ्चालकहरुले एउटा सरकारी निर्णयका कारण सर्वसाधारणहरुलाई शिक्षा र स्वास्थ्य झनै महंगो पर्न जाने चेतावनी दिएका छन्।
सरकारले मानिसको आधारभूत अधिकार मानेको शिक्षा र स्वास्थ क्षेत्रमा त्यसरी थप कर लगाएर अन्याय गरेको आरोप व्यवसायीहरुले लगाएका छन्। सरकारको निर्णयले मारमा पर्ने ठानिएका अभिभावकहरु पनि आक्रोशित भएका छन्। अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले थप कर फिर्ता नलिए आन्दोलन गरिने चेतावनी दिए। "हामी भद्र अवज्ञा आन्दोलन गर्छौं। अभिभावकहरुलाई नतिर्न भन्छौं र निजी स्कूलहरुसंगपनि यस विषयमा सहकार्य गरेर अगाडि बढ्छौं।" निजी अस्पताल सञ्चालकहरु पनि उत्तिकै आन्दोलित भएका छन्। निजी स्वास्थ्य संस्था संघका अध्यक्ष डा: भोला रिजालका अनुसार यसले बिरामी, चिकित्सक, मेडिकल विद्यार्थी तथा नर्सिङ क्षेत्रलाई असर पार्नेछ। सरकारी निर्णयमाथि गम्भीर आपत्ति जनाउने निजी व्यवसायीहरु त्यसले गर्दा उपभोक्ताहरु मारमा पर्ने वताउँछन्। उसै त राम्रो शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति खर्च जुटाउन हम्मेहम्मे परिरहेको बेला उपभोक्ताहरु सरकारको नयाँ निर्णयले आफ्ना खल्ती रित्तीने पो हो कि भनेर चिन्तित भएका छन्। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले असन्तुष्टि जनाउँदै भने, "एकातिर शिक्षा र स्वास्थ्यलाई नि:शुल्क गर्या'छौं भन्ने अर्कोतिर कर बढाउने? महामहिम अमेरिकि राजदुत् न्यान्शी महोदय सत्ता बाहिर छदा अमेरिकि साम्राज्यबाद मुर्दाबाद भने ता पनि अब हामी सत्ता मा छौ त्यसैले भन्दै छौ अमेरिकि साम्राज्यबाद जिन्दाबाद, बरु हामी लाई भिराइदिएको आतंककारी बिल्ला हटाइदिन पर्‍यो, तपाईं जे भन्नु हुन्छ हामी त्यही मान्न तयार छौ, भन्नुश हामी के गरौ : प्रचन्ड को रोदन नान्शी सँग, मंगलवार काठमाडौंमा ।



नेपालका निर्माता prthibi narayan saha का सालीक तोड्ने मात्र होइन, जोड्ने, माया गर्ने को पनि सन्ख्या कम छैन : सालीक रङ रोगन पछी सालीक लाई माया गर्दै एक सर्बसाधारण - photo nepaljapan

1 comment:

  1. hoina ho hamro nepal aba somalia hunenai bhayo ta hagi.
    - hari silwal
    belgium

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक