20081019

अमेरिकामा दशै तिहार मेला सम्पन्न: अमेरिका नेपाल सोसाइटिको नयाँ कार्यसमितीमा सबै निर्विरोध

सर्बप्रथम ए एन एस् को नयाँ कार्यसमितीमा निर्बाचित सबै मित्रहरुलाई र सफलता पूर्वक कार्यकाल सम्पन्न गरेको पुरानो कार्य समितीका सबैमित्रहरुलाई पनि नेपाल आमा (www.nepalmother.com) को तर्फ बाट हार्दिक बधाई । अब समाचार बिस्तार् मा :
अक्टोबर १८,२००८ मा आर्लिँगटन, भर्जिनीया अमेरिकामा अमेरिका नेपाल सोसाइटिको आयोजनामा दशै तिहार मेला-२००८ भब्यतापूर्बक सम्पन्न भएको छ। कार्यक्रमको पहिलो सत्रमा कल्चरल पोग्राम भएको थियो। उक्त अबसरमा साना साना नानीहरुले आकर्सक निर्त्य प्रस्तुत गरेका थिए। त्यसको लगत्तै औपचारिक कार्यक्रम सुरु भएको थियो। अमेरिका नेपाल सोसाइटिका निबर्तमान अध्यक्ष प्रेम सँग्रौलाले दशै तिहार मेला सधैंझै यस बर्ष पनि निरन्तरता भएको उल्लेख गर्नुभयो।
उहाले अमेरिका नेपाल सोसाइटिका गतिबिधिबारे प्रकाश पार्दै हालै खरिद गरिएको NECC जग्गाको बारे ब्रिस्त्रित बिवरण दिनुभयो। डीसीस्थित नेपाली राजदूत डा.सुरेशचन्द्र चालिसेले ANSको सर्हारनिय कार्यको लागि धन्यवाद ज्ञापन गर्नु भयो। पूर्व अध्यक्ष कृष्ण निरौलाले उपस्थित जनसमुदायलाई नयाँ मन्दिर निर्माणको लागि जति सग्दो सहयोग गर्न अनुरोध गर्नुभयो।
सो अवसरमा मन्दिरलाई सहयोग व्यक्तिहरुको नाम पढेर सुनाइऐको थियो। अमेरिकाका बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु,विभिन्न भागमा बसोबास गर्ने आम नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको सो कार्यक्रममा बिभिन्न सामानहरुको प्रर्दसनि बिक्री बितरण, सेलरोटि,म म तथा बिभिन्न परिकारका नेपाली खानाको ब्यबस्था गरिएको थियो। कार्यक्रमको अन्तमा ANSको नयाँ कार्यकारीणी को घोषणा गरिएको थियो । सोसाइटीका नयाँ पदाधिकारीहरुको निर्विरोध निर्वाचनमा आगामी दुइ वर्षका लागि विष्णु थापा (प्रथम बर्ष) तथा खेम भट्टचन (दोस्रो बर्ष) संस्थाको सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ । यसअघि सभापति पदका लागि जय बन्जाडे ले समेत उम्मेदवारी दिएको भए पनि जय बन्जाडेले अन्तिममा आएर आफ्नो उम्मेदवारी नदिने घोषणा गर्दै इमेलमार्फत नेपाली समाजलाई जानकारी गराउनुभएको थियो , उप सभापतिमा कविन्द्र सिटौला, कार्ल उल्फ, महासचिवमा नेत्र घिसिड, सचिवमा टिका पुन, कोषाध्यक्षमा लक्ष्मी गौडेल र संचार निर्देशकमा प्रकाश नेपाल निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचनको घोषणा निर्वाचन कमिटीका अध्यक्ष डा. श्याम कार्कीले पढेर सुनाउनुभएको थियो । - कमल भट्टराई

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक