20081030

संसार भरिका कलाकारहरुको साझा चौतारी

त्यो हो अन्तरराष्ट्रिय कलाकार मन्च
- लेखनाथ गौतम-
फेरी अर्को संस्था जन्म्यो । जन्मनु र मर्नु वा बन्द हुनु सामान्य कुरा हुन् । संस्था जन्माउनु एक अर्थमा सामान्य नै भन्नु पर्छ । त्यस्को उद्देश्य निर्धारण गर्नु र केही गर्छु भन्ने नै सबैको चाहना हुन्छ । संस्था खोल्दा वा कुनै सामाजिक समुह श्रीजना गर्दा असल उद्देश्य र नियत नै राखिएको हुन्छ । तर त्यस्ले के गर्छ त्यो प्रमुख कुरा हो । त्यस्को कथनी र करणी बिच कत्तिको फरक छ हेर्ने त्यो हो । कसैले थाहा पाएका छैनन् भन्ने भ्रम पाले पनि तिनिहरुलाई समाजले कर्के नजरले हेरेको हुन्छ । आम मान्छेहरु चासो पूर्वक ध्यान दिएका हुन्छन् । त्यही थुप्रै संस्था, संगठन र समुहको हुल भित्र एउटा नयाँ मन्च को बिस्तार भएको छ । त्यो हो अन्तरराष्ट्रिय कलाकार मन्च (International Artists Forum, USA) ।
यस्को नाम नै यस्को पारीभाशाको करीब करीब नजिक छ । संसार भरिका कलाकारहरुको साझा चौतारी । कलाकारहरु जम्मा हुने ठाउँ । उनिहरुका सुख दु:खका बात मार्ने थलो । उनिहरुको सिप र श्रम अनी योगदानको कदर होस् भनी आवाज उठाउने स्थान । हो, यही उद्देश्य र चाहनाका साथ स्थापना भएको संस्थाको नाम हो अन्तरराष्ट्रिय कलाकार मन्च । लग्भग एक बर्ष अगाडि बाल्टिमोर स्थित पवित्र पशुपती बुद्ध मन्दिरको प्राङगणमा घोषणा गरिएको यस् संस्थाले हालै मात्र पूर्णता पाएको छ । प्रसिद्ध लोक गायक, टि.भी कार्यक्रम संचालक, पत्रकार एबम कलाकार राम प्रसाद खनालको सम्योजकत्वमा संसार भर फैलिएर रहेका एक समयका चर्चित कलाकारहरु समेटेर यस्को बिस्तार गरिएको छ । यस्को आकर २९ सदस्सिय छ र यस्ले गायक, नायक, नायिका, नाटककार र त्यस्का पात्र लगायतलाई समेटेर अत्यन्तै समाबेसी चरित्रको बनेको छ । लाग्छ नेपालमा अहिले चलेको समाबेशीको हल्लाले यस्लाई पनि मज्जैले छोएको छ । हेर्नुस् त यस्मा को को छन् ।
युबा नायक रमेश उप्रेती द्वारा जारी प्रेस बिग्यप्तीमा यस्को बिस्तार भएको जानकारी गराउनु को साथै सबै सदस्यहरुको घोषणा पनि गरिएको थियो । यस्को कार्यसमितिमा मालती मंगले का मंगले हरी बहादुर थापा, जल शाह, अनुपमा प्रसाइ, कृष्ण मुरारी ढुङ्गेल, शर्मिला मल्ल, कारीस्मा मानन्धर, पूजा चन्द, सुरेश मरहट्ठा, ममता दिपबिम, रतन सुबेदी, सारङगा श्रेष्ठ, सुनिल उप्रेती, सन्जिव प्रधान, सारीश्मा अमात्य, सुधाम्शु जोसी, हरी सिवाकोटी, नारायण त्रिपाठी, राज कपुर, अनिल पाण्डे, रचना सिंह, पवन वली र कमला खरेल (सबै जना अमेरिकाका बिभिन्न भागमा बसिरहेका) रहनु भएको छ । त्यस्तै यस्को सल्लाहकारमा राजाराम पौडेल, कृष्ण मल्ल र मदन दिपबिम (सबै जना नेपाल ) रहनु भएको छ ।
यसरी बिभिन्न क्षेत्रमा ख्याती प्राप्त गरेका कलाकारहरु समेटेर बिस्तार गरिएको यो कलाकार मन्च तर्फ संसार भरिका कलाकारहरु र सम्बद्द ब्यक्तिहरुको ध्यान आक्रिस्ट भएको छ
देश र समाज अनी मानब सभ्यतालाई नै केही दिन जन्मेका कलाकारहरु कहिले काही कतिपय बाध्यता र कतिपय चाहनाले बिदेसिन्छन् । आफ्नो कर्म भुमी छोडेर बिदेशी भुमीमा फेरी जीरो बाट सुरु गर्न वाध्य हुन्छन् । त्यही पनि उनिहरु आफ्नो भूमिका त खोज्छन् तर कतिपय अप्ठ्याराहरुले असम्भब हुन जान्छ । त्यही मर्का र आबस्यक्ताको बोध गर्दै यो मन्चको स्थापना भएको छ । कलाकारको एकताको लागि यस्ले काम गर्ने जमर्को गरेको छ । यो कलाकारको लागि खोलिएको एक मात्र नेपाली मन्च हो । यस बाट अप्ठ्यारामा परेकाले सहयोग प्राप्त गर्ने आशा गर्न सकिन्छ । साथै कुनै रचनात्मक काम गर्न चाहेमा संपर्क सुत्रको रुपमा पनि काम गर्न सक्छ । विश्व भरी छरियर रहेका कलाकारहरु एउटै मालामा गासिन सक्ने आधार यस्ले तयार गरेको छ । यसरी हेर्दा अन्तरराष्ट्रिय कलाकार मन्च नेपाली कलाकारको ढुक्ढुकीको रुपमा बिकास हुन सक्ने देखिन्छ ।
त्यसैले यस्को स्थापना र बिस्तारको यो घडीमा म यस्लाई सफलताको कामना गर्दछु । सुरुमै भने जस्तै यो स्थापनामै सिमित नहोस् र यस्ले उद्देश्य अनुरुपको काम गरोस् । उद्देश्य राम्रै भए पनि कहिलेकाही यस्ता संस्थाहरु क्रमस लक्ष्य बिहिन हुँदै बिलिन भएका उदाहरण हेर्न टाढा जानु पर्दैन । जे होस् यो जन्मेको छ । यो हुर्कोस् बढोस् र कलाकार लगायत अरुले पनि यस्को छहारीमा बस्न पाउन् । मेरो धेरै धेरै शुभकामना ।
- लेखक गौतम नेपाली मन डट कम का सम्पादक हुनुहुन्छ ।



अन्तराष्ट्रिय कलाकार मँच
-कमल भट्टराई-

हालै अन्तराष्ट्रिय कलाकार मँच (International Artists Forum, USA) को केन्द्रिय समिती बिस्तार गरिएको समाचार धैरै वेब साइडमा पढ्न पाए। थुप्रै चलचित्रमा सफल अभिनय गरेर ख्याति कमाएका नायक नायिकादेखि लिएर,हाँस्यब्यँग,संगीत, नाट्य, बाद्यबादन, न्रित्य, प्रहसन, उदघोसण् लगायत बिबिध कलासँग सम्बन्धित कलाकारहरुलाई समेटेर गरिएको बिस्तार राम्रो पक्ष लाग्यो। थुप्रै अप्ठ्यारा र जटिलताहरु पार गर्दै आफ्नो देश बाहिर पनि यति ठुलो जम्बो सदस्यिय केन्द्रिय कार्य समिती एकजुट हुनु सहरानीय कार्य हो। हाल भइरहेका संस्थामा तछाडमछाड हुनु अनि एक पछी अर्को संस्था जन्मिने परीपाटी पक्कै राम्रो होइन। सुरुमा सबै संघ संस्थाले समाचारमूलक,जन चेतना बृद्धि तथा आफ्नो संस्थाले अरुले भन्दा भिन्न राम्रो गर्छ भन्नु म स्वभाविक मान्दछु त्यसैले कुराले भन्दा काम गरेर देखाओस यस मँचले आफ्नो उद्देस्य। यस मँचले गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरुलाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने जुन प्रण गरेको छ र समितीमा रहेका ब्यक्तिहरुले साच्चिकै मन लगाएर काम गरेमा यो संस्थाले प्रगती गर्न सक्छ। यहाँको ब्यस्त जीवनको बावजुत बिभिन्न सेक्टरका जमातलाई एक थाउमा ल्याउन सक्नु यो मँचको राम्रो पक्ष हो भने आम जनसमुदायका सुझाब, प्रतिक्रिया एवं विचारले स्थान पाउछन कि पाउदैनन भन्ने बारे मौन बस्नु कमजोरी हो जस्तो लाग्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक