20081012

नेपाली सेना र जनमुक्ति सेनाबीच समायोजन हुने रे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तिहारलगत्तै नेपाली सेना र जनमुक्ति सेनाबीच समायोजन सुरु हुने वताएका छन् । माओवादीसँग निकट सम्बन्ध रहेको एकताकेन्द्र मसालका महामन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले असोज २४ गते संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले आफूसँग त्यसो भनेको जानकारी दिएका हुन् । प्रकाशका अनुसार, प्रधानमन्त्री प्रचण्डले उनीसँग सेना समायोजन गृहकार्य अन्तिम चरणमा पुगेको, सेना समायोजनका लागि सरकारले छिट्टै बिशेष समिति बनाउनलागेको र त्यही समितिले सेना समायोजनको तयारी गर्ने बताएका थिए ।
यता रक्षामन्त्री तथा माओवादी नेता रामबहादुर थापा बादलले प्रतिगमनकारीहरु माओबादी र नेपाली सेनाभित्रको एकता बिगार्न सक्रिय रहेको वताएका छन् । नेपालमा हवाई उडान सुरक्षित रहेको सन्देश दिन असोज २५ गते माउण्टेन फ्लाइट गरेर आरामका लागि पोखरा बिमानस्थल आइपुगेका रक्षामन्त्री बादलले त्यहाँ उपस्थित पत्रकारहरुसँग सेना समायोजन शान्तिप्रकृयाको अनिबार्य सर्त भएकाले त्यस बिषयमा सबै गम्भिर हुनुपर्ने उल्लेख गरे । 'सेना समायोजन अबको संवेदनशिल, गम्भिर र निर्णायक बिषय तथा शान्तिप्रकृयाको अनिबार्य सर्त हो' रक्षामन्त्रीले भने 'सेना समायोजनका लागि राजनैतिकदलहरु सँग पनि छलफल हुन्छ ।'मन्त्री बादलले शान्तिसम्झौताबिपरित नेपाली काँग्रेसले सेना समायोजन गर्न हुँदैन भन्दै बखेडा झिकिरहेको दावी गरे र भने नेपाली कांग्रेसको भनाईले प्रतिगमनकारीलाई सहयोग पुग्छ । रक्षामन्त्रीका अनुसार, नेपाली सेना र जनमुक्ति सेनाबीच समायोजन समुहगत वा ब्यक्तिगत कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ । बजेट पारित भइसकेपछि, सेना समायोजनको प्रकृयाले गति लिने पनि उनले जानकारी दिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक