20081014

अन्तरराष्ट्रिय कलाकार मँच,अमेरिकाको सूचना !!!

गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई आँफैले संपर्क गर्नेछौ ।

- राम प्रसाद खनाल - सभापति
अन्तरराष्ट्रिय कलाकार मँच,अमेरिका
International Artists Forum, USA
Email : internationalartistsforum@gmail.com
rampdkhanal@gmail.com
www.nepalmother.com
www.ramprasadkhanal.blogspot.com
www.youtube.com/rampdkhanal




बम विस्फोट हुँदा तीनको मृत्यु

तराई टाइगरले सरकारले वार्ताको वातावरण नबनाएको भन्दै बिस्फोट गरेको छ । रौतहटको चन्द्रनिगाहापुर बजारको चोकमा बम विस्फोट हुँदा तीनको मृत्यु भएको छ। आफ्नी छोरी सृष्टि सिघालीका र आफन्तका छोरा दिवस थापाका साथ चोकमा हिडिरहेकी रौतहटकी जुडीबेला गाविसकी शिला सिघालीको घटनास्थलमै निधन भएको हो । त्यसैबीच स्थानीय वासिन्दाहरुद्वारा बम विस्फोट तथा स्थानीय वासिन्दाको मृत्यु भएको विरोधमा चन्द्रनिगाहापुर बजार बन्द गर्नुका साथै कयौ पसल तथा सवारी साधनमा तोडफोड गरेका छन्। विरोध प्रर्दशनका कारण सडक यातायात बन्द भएको छ भने रौतहत जिल्ला पूरै तनावग्रस्त भएको छ।
विरोध प्रर्दशनका कारण स्थिती तनावग्रस्त भएपछि प्रहरीले कयौ राउण्ड गोली चलाएको छ । छातीमा गोली लागी रौतहटका दिपक मैनाली घाइते भएका छन् । भने तराईमा साम्प्रदायीक झडप हुने संकेत देखिएको छ । साथै जिल्ला प्रशासनले रौतहटमा कफ्यु लगाउने तयारी गरेको छ । साँझसम्म स्थानीय वासिहरु पूरै सडकमा उत्रिएका छन् । लासहरु उठाउन दिइएको छैन भने अपराधीहरुलाई तूरुन्तै पत्ता लगाएर कारवाहीको माग गरिरहेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक