






गिरिजाले बानकी मूनसँग सब कुरा बताउदा...


आफूहरुले १० वर्षसम्म दलहरुबीच एकता रहनुपर्ने सहमति गरेको स्मरण गराउँदै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालले एकता टुटेका कारण राष्ट्रियता कमजोर भएको, माओवादीका कारण दलहरुबीचको एकता टुटेकाले राष्ट्रियताको जग हल्लिएको दाबी गर्नुभएको छ। मातृका कोइरालाको जीवनीमा प्रकासित गरेको पुस्तक आज राजधानीमा विमोचन गर्दै सभापति कोइरालाले राष्ट्रियताको जग बलियो बनाउन सबैले प्रयास गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनसँगको भेटमा राष्ट्रसंघको छाप लगाएको हतियार राष्ट्रसंघलाई बुझाउने या सरकारलाई दिने विषयमा छलफल गरेको जानकारी दिनुभयो। सभापति कोइरालाले राष्ट्रसंघको छाप लागेको हतियार माओवादीले संविधानसभाभित्र लिएर जाँदा राष्ट्रसंघ मौन बसेको भन्दै यसप्रति महासचिव वानको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो। माओवादी नेताहरुलाई उनीहरुको सुरक्षाका लागि ती हतियार दिएको भए पनि अहिले माओवादी आफै सरकारमा भएकोले ती हतियार आवश्यक नभएको उहाँको भनाइ थियो। यसै बिच प्राप्त एक अर्को समाचार अनुसार संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन शनिबार महाराजगञ्जस्थित आफ्नो निवासमा आउँदा कांग्रेसका वयोवृद्ध सभापति गिरिजाप्रसाद कोइराला स्वागत गर्न घरबाहिरै उभिएका थिए । बिहान ९ बजे मुन आइपुग्नासाथ हात मिलाउँदै उनले भने, 'तपाईंसित धेरै गुनासो गर्नुछ । भित्र गएर भन्छु ।' समाचार संकलन गर्न कोइरालानिवासअगाडि थुप्रै पत्रकार भेला भइसकेका थिए । उनीहरूलाई संकेत गर्दै कोइरालाले आदेश शैलीमा भने, 'तिमीहरू यहीँ बस ।' अनि, उनी महासचिव मुनलाई लिएर घरभित्र पसे । पूर्वप्रधानमन्त्री कोइरालाले मुनसित करिब २५ मिनेट वार्ता गरे । स्रोतका अनुसार त्यस अवधिमा उनले संयुक्त राष्ट्रसंघीय नेपाल नियोग (अनमिन) को भूमिका पक्षपातपूर्ण भएको आरोप लगाउनुका साथै माओवादीले शान्ति-सम्झौता पालना नगरेको भन्दै गनगन गरेका थिए । उनले अनमिन माओवादीप्रति बढी लचिलो देखिएको दाबीसमेत गरे । 'शिविरमा रहेका माओवादी लडाकुहरू हतियारसहित बाहिर निस्केर हिंसात्मक क्रियाकलाप गर्दा र संविधानसभा परिसरभित्र जाँदासमेत अनमिनले कुनै चासो देखाएन,' कोइरालाले भने । उनले आफ्ना कमजोरीहरू नसुधारे अनमिनको विश्वसनियता नै संकटमा पर्ने चेतावनीसमेत मुनलाई दिए । 'उहाँ (कोइराला) ले अनमिनको कामकारबाहीमा देखिएका कमीकमजोरीका बारेमा मुनलाई जानकारी गराउनुभयो,' भेटवार्तामा सहभागी कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने । महतका अनुसार राष्ट्रसंघप्रति नेपाली जनताको ठूलो आशा रहेको तर अनमिनले जनताको आशाअनुसार काम गर्न नसकेको कोइरालाले बताएका थिए । 'अनमिनले आफ्नो विश्वसनियता कायम राख्न सक्नुपर्छ । निष्पक्ष ढंगले नेपाली जनताको आशा र भावनाअनुसार काम गर्न सक्नुपर्छ भन्नुभयो,' महतले भने । कोइरालाले दलहरूबीच विगतमा भएको सहमतिविपरीत सरकारले माओवादी लडाकुहरूको समायोजन गर्न विशेष समिति बनाएको गुनासो पनि महासचिव मुनसित गरेका थिए । एकतर्फी ढंगले बनाइएको विशेष समितिले शान्ति-प्रक्रियामा नकारात्मक असर पर्ने जिकिर उनको थियो । 'विशेष समिति राजनीतिक सहमतिका आधारमा बनाउनुको साटो सरकारले एकतर्फी ढंगले बनायो । यसले शान्ति-प्रक्रियामा सकारात्मक भूमिका खेल्दैन,' कोइरालाको भनाइ उद्धृत गर्दै कांग्रेस केन्द्रीय सदस्य महतले भने । कुराकानीका क्रममा महासचिव मुनले नेपालमा अनमिनको थप सहयोगका लागि म्याद बढाउनु आवश्यक रहेको/नरहेको विषयमा सोधेका थिए । तर, जवाफ दिनुको साटो कोइरालाले नसुनेझैं गरेर अर्कोतिर मुन्टो फर्काएको स्रोतले बताएको छ । सत्तामा आइसकेपछि माओवादीले विगतमा भएका सहमति र सम्झौता उल्लंघन गर्दै आएको कोइरालाले सुनाएका थिए । उनले लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रताका सवालमा आफूले कसैसित सम्झौता नगर्ने दोहोर्याए । 'त्यसैका लागि मैले शान्ति-प्रक्रियालाई यहाँसम्म पुर्याएको हुँ । र, अन्तिमसम्म लडिरहनेछु,' कोइरालाको भनाइ उद्धृत गर्दै कांग्रेस नेता महतले भने । महासचिव मुनले शान्ति-प्रक्रियालाई यहाँसम्म ल्याउन कोइरालाले खेलेको भूमिकाको प्रशंसा गर्दै बधाई दिएका थिए । उनले नयाँ संविधान लेख्न र स्थायी शान्ति स्थापनाका लागि अब पनि कोइरालाको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरे । सेना समायोजन गर्न बनाइएको विशेष समितिका बारेमा दलहरूबीच देखिएको विवाद पनि चाँडै समाधान हुने अपेक्षा महासचिव मुनले राखेका थिए । भेटवार्तापछि महासचिव मुनलाई बिदाइ गर्न कोइराला घरबाहिर निस्केका थिए । बाहिर ढुकेर बसेका पत्रकारहरूले प्रतिक्रिया लिन खोज्दा उनले बोल्न इन्कार गरे । बरु, उनले भेटवार्तामा सहभागी कांग्रेस नेता महत र पुत्री सुजाता कोइरालालाई देखाए । 'ऊ, सुजाता र प्रकाश छन् यहाँ । उनीहरूले बताउँछन्' भन्दै कोइराला घरभित्र छिरे । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौती माओवादी लडाकुहरूको समायोजन र पुनस्र्थापना भएको बताएका छन् । उनले उमेर नपुगेका र अयोग्य ठहरिएका माओवादी लडाकुहरूलाई शिविरबाट हटाउने प्रक्रिया चाँडो थाल्न आह्वान गरे । माओवादी मन्त्रीहरू सुटुक्क खासा चौतारा, कार्तिक १६ - रक्षामन्त्री रामबहादुर थापा, सञ्चारमन्त्री कृष्णबहादुर महरा र केही माओवादी नेता चिनिया“ दूतावासका एक अधिकारीस“ग 'सुटुक्क' तिब्बतको खासा पुगेर फर्केका छन् । एक रात बिताएर उनीहरू शुक्रबार राजधानी फर्किएका थिए । भ्रमणमा माओवादी नेताहरू नेत्रविक्रम चन्द र जयपुरी र्घर्ती पनि थिए । स्रोतका अनुसार भ्रमणमा नेपालस्थित चिनिया“ दूतावास सैनिक फा“टका उच्च अधिकारी ली सहभागी थिए । उनी पनि शुक्रबारै राजधानी फर्किएका छन् । प्रत्यक्षदर्शीका अनुसार बिहीबार १२ बजे मितेरीपुल पार गर्नेबित्तिकै खासाका सरकारी अधिकारीले नेपाली टोलीलाई लिएर गएका थिए । ली भने कूटनीतिक नम्बर प्लेटको दूतावासकै गाडीमा थिए ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक