20081104

बाराक ओबामा राष्ट्रपती निर्बाचित


अमेरिकी राष्ट्रिपति पदमा निर्वाचित बाराक ओबामाले बुधबार “संयुक्त राज्य अमेरिकाको लागि परिवर्तन आएको” बताउनुभयो र “आजको रात तपाईहरूको जित भएको छ” भन्दै ह्वाइट हाउस पुग्ने आफ्नो अभियानमा सहयोग पुर्‍याएका आफ्ना समर्थकहरूलाई धन्यवाद दिनुभयो। इलिनोइस राज्यको शिकागोमा लाखौं समर्थकहरूलाई सम्बोधन गर्दै ओबामाले भन्नुभयो – यो दिनको प्रतिक्षा धेरै अघिदेखि थियो र आजको रात सम्भव भयो। यो चुनावमा गरेरै देखाउनु पर्ने यो क्षण आजको दिन हामीले जे गर्‍यौं त्यसले अमेरिकामा परिवर्तन ल्याइदिएको छ। ओबामाले आफ्ना प्रतिद्वन्द्वी मेक्केनले लामो र कठीन अभियानमा होमिएर लडाई लडेको भनी स्मरण गर्नुभयो। हामी मध्येका धेरैजसोले कल्पनै नगरेको बेला उहाँले अमेरिकाका लागि बलिदान गर्ने हिम्मत गर्नुभयो। यस्ता साहसी र निस्वार्थी नेताले पुर्‍याएको देश सेवाका कारण हामी राम्रो स्थितिमा छौंं। – भियतनाम युद्धमा मेक्केनको योगदानप्रति इंगित गर्दै ओबामाले भन्नुभयो। आफ्नी श्रीमती र दुई छोरीसँगै उपस्थित भएर विजय भाषण दिएका ओबामाले आफ्नो जीवनलाई अर्थपूर्ण रुपमा सपारिदिने दिवंगत हजूरआमाको स्मरण गर्नुभयो। ओबामाकी हजूरआमाको आइतबार मात्रै निधन भएको थियो। अमेरिकी राष्ट्रपति पदमा निर्वाचित पहिलो अफ्रो–अमेरिकन डेकोक्र्याट नेता ओबामाले भन्नुभयो – लामो बाटो तय गर्नु छ। हामीलाई भिरालो पाखा चढ्नुछ। हामी एकै वर्ष वा एकै कार्यकालमा त्यसो गर्न नसकौंला तर आज रातिबाट म धेरै आशावादी भएको छु कि हामी त्यहाँ पुग्नेछौँ। मौसम परिवर्तनले ल्याएको जोखिम र डरलाग्दो विश्वव्यापी वित्तीय संकट हाम्रो जीवन कालका सबैभन्दा ठूला चुनौती हुन् भन्ने तथ्यलाई राष्ट्रले बुझेको उहाँले बताउनुभयो। ओबामाले भन्नुभयो – आज राति हामी यहाँ उभिरहेका भए पनि इराकका मरुभूमिहरू र अफगानिस्तानका पर्वतहरूमा हाम्रा लागि आफ्नो प्राणको जोखिम उठाएर साहसी अमेरिकीहरू ब्यूँझिरहेका छन्। झण्डै दुई वर्ष लामो चुनावी प्रतिस्पर्धापछि ४७ वर्षीय इलिनोइस सिनेटर ओबामा प्रथम अश्वेत अमेरिकी राष्ट्रपति बनेर इतिहास रच्न सफल हुनुभएको छ। बहत्तर वर्षीय मेक्केनले हार स्वीकार गर्नु भएको छ र आफ्ना प्रतिद्वन्द्वी ओबामालाई बधाई दिन सबै अमेरिकी जनतालाई सामेल हुन आग्रह गर्नु भएको छ।
अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले मङ्गलबार राति आफ्ना उत्तराधिकारी डेमोक्र्याट बाराक ओबामालाई टेलिफोनमार्फत बधाई ज्ञापन गर्नु भएको ह्वाइट हाउसका प्रवक्ता डाना पेरिनोले बताउनुभएको छ। राष्ट्रपतिमा चुनिनु भएका तपाईलाई बधाई छ। तपाई, तपाईको परिवार र समर्थकहरुका लागि यो कस्तो अविस्मरणीय रात हो। लाउरा र मैले तपाई र तपाईकी श्रीमतीलाई बधाई दिन फोन सम्पर्क गरेका हौं – बुशले भन्नुभयो। बुशले ओबामासँग भन्नुभयो – म संक्रमणकाललाई सहज बनाइ दिने प्रतिज्ञा गर्छु। तपाई जीवनको एक महान यात्रा थाल्दै हुनुहुन्छ। बधाई छ, जीवनको मज्जा उठाउनुहोस्। बुधबार बिहान १०ः४० मा चुनावी नतीजाबारे सार्वजनिक वक्तव्य दिनु हुने बुशले पराजित रिपब्लिकन उम्मेदवार जोन मेक्केनसँग पनि सम्पर्क गर्नुभयो।
जोन, तपाईले साहस देखाउनुभयो, म गौरवान्वित छु। सफल हुन नसकेकोमा म दुःखित छु। प्रतिस्पर्धामा तपाईले कुनै कसर बाँकी राख्नु भएन – एरिजोनाका सिनेटरलाई बुशले यसो भन्नुभएको पेरिनोले बताउनुभयो। प्रवक्ता पेरिनाका अनुसार राष्ट्रपति बुशले ओबामा र उहाँको परिवारलाई अनुकूल समय मिलाएर छिट्टै ह्वाइट हाउस आउन पनि निमन्त्रणा दिनुभयो।
Barack Obama, a 47-year-old first-term senator from Illinois, shattered more than 200 years of history Tuesday night by winning election as the first African-American president of the United States. Obama reached the 270 electoral votes he needed for election at 11 p.m. ET, when News projected that he would win California, Washington and Oregon. Obama’s opponent, Republican Sen. John McCain of Arizona, said he had called Obama to offer his congratulations.Addressing supporters in Phoenix, he said, “The American people have spoken, and they have spoken clearly.”

अमेरिकाको ब्यस्थता, नेपालीमा टाइप गर्ने ढंगको कमी, तर नेपाली मन, अब हामी तपाईंलाई यसरी टाइप बिना हस्त लिखित समाचार र लेख बाट पनि सु-सुचित गर्ने प्रयास गर्नेछौ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक