20081105

जनयुद्धमा लागेकाहरुलाई डिग्रीसरहको मान्यता !!!

अग्रिम बधाई छ पढ्दै नपढी डिग्री गर्ने भएका यि माओवादी छापामार महोदयहरु लाई !!!!!!!!!!!!!

नेपाल अब पक्कै नयाँ नेपाल बन्छ जस्तो छ, पढ्दै नपढेका माओवादीमा लागेका बन्दुक चलाऊन सिपालु भए, बिगतमा जनताका घर जग्गा कब्जा, अपहरण, जन कारबाही र भौतिक कारबाहीमा संलग्नहरु लाई अब क्रान्तिकारी सरकारले विश्वा बिद्यालयबाट डिग्री पास् गरेको सरह मान्यता दिने घोषणा गरेको छ । यो घोषणाले धेरै र सभ्य समाजलाई लाज लागे पनि केही अनपढ गवार र माओवादीमा लागेकाहरुलाई भने काइदा हुने भयो ।
अर्थमन्त्री डा.बाबुराम भट्टराईले माओवादी जनयुद्धमा लागेका हरुलाई खुला विश्वविद्यालयमार्फत डिग्रीसरहको मान्यता प्रदान गरिने बताउनुभएको छ। माओवादी वरिष्ठ नेतासमेत रहनुभएका मन्त्री भट्टराईले उनीहरुको क्षमताका आधारमा उनीहरुलाई शैक्षिक प्रमाणपत्र दिइने बताउनुभयो। सरकारले लिएको खुला विश्वविद्यालयका अवधारणालाई यथाशक्य कार्यान्वयनमा ल्याउने उल्लेख गर्दै मन्त्री भट्टराईले विविध कारणबाट पढ्न नपाएकाहरुलाई पनि यसमा समेटिने बताउनुभयो। अनेरास्ववियु क्रान्तिकारीले विहिबार राजधानीमा आयोजना गरेको बजेटमा शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले निजी शिक्षण संस्थामा धनी र सक्षम परिवारले मात्र पढाउने भएकाले उनीहरुले कर तिर्न सक्छन् भन्ने सोचेर नै ५ प्रतिशत कर लगाइएको दाबी गर्नुभयो। निजी विद्यालयहरुलाई दुई बर्ष भित्र विस्थापित गर्ने सरकारको योजना अर्थमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार घोषणा गर्नु भएको हो । उहांले निजी क्षेत्रलाई आधारभूत शिक्षामा लगानी गर्न छोडेर त्यसको विकल्प खोज्न समेत आग्रह गर्नुभएको छ । कक्षा १२ सम्मको शिक्षा सरकारले निःशुल्क गर्ने र शिक्षा तथा स्वास्थ्य सम्बन्धि दायित्व सरकारको भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा उच्च माध्यमिक विद्यालय संगठनका अध्यक्ष उमेश श्रेष्ठले पाँच प्रतिशत सेवा करको प्रावधान अव्यावहारिक निर्णय भएको दाबी गर्नुभयो। कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले सबै सरकारी कर्मचारीका छोराछोरीले सरकारी विद्यालयमै पढ्नुपर्ने कानुनी व्यवस्थागर्न माग गर्नुभयो।


प्रचन्ड सरकारका नयाँ निर्णयहरु
मन्त्रिपरिषद्को बैठकले गोर्खामा रहेको पृथ्वी नारायण नगरपालिकाको नाम परिवर्तन गरी गोर्खा नगरपालिका राख्ने निर्णय गरेकोछ। यस्तै महेन्द्रनगरमा रहेको महेन्द्रनगर नगरपालिकाको नाम परिवर्तत गरी भीमदत्त नगरपालिका राख्ने र दाङमा रहेको त्रिभुवननगर नगरपालिकाको नाम परिवर्तन गरी घोराही नगरपालिका नाम राख्ने निर्णय गरेको विज्ञान, वातावरण तथा प्रविधिमन्त्री गणेश शाहले जानकारी दिनुभयो। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शाहले बन, गृह र स्थानीय विकास मन्त्रनालयका विभिन्न शीर्षकमाथि पनि छलफल भएको जानकारी दिनुभयो। बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त रहेका ६ जना सदस्यहरु नियुक्ति गरेको बैठकपछि सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्रीले जानकारी दिनुभयो। आयोगका नवनियुक्त सदस्यहरुहमा राममणि पोखरेल, अयोध्यादेवी यमी, प्रेम कुँवर, योगैन्द्रप्रसाद यादव, सुनिलबाबु श्रेष्ठ, रामदेव सिंह रहेका छन्।
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका चारजना प्रहरी नायव महानिरीक्षकलाई बढुवा गर्ने निर्णय गरेको छ। जसअनुसार, दुईजना महिला प्रहरीहरु प्रहरी वरिष्ठ उपरीक्षक पार्वती थापा र विमला थापालाई बढुवा गरिएको हो। यस्तै आजको बैठकले नेपाल विद्युत् प्राधिकरणको महाप्रबन्धकमा उत्तरकुमार श्रेष्ठलाई नियूक्ति गरेको छ। यस्तै नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सुगतरत्न कंशाकारलाई नियुक्त गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बसेको बैठकमा सेना समायोजन प्रक्रिया, उच्चस्तरीय राजनीतिक समन्वय समिति गठनका विषयमा छलफल भएको थियो। बैठकमा एक/दुई दिनमै तराईमा सशस्त्र संघर्षरत समूहसँग वार्ता गर्ने सहमति बनेको स्रोतले बताएको छ। गिरिजाप्रसाद कोइरालाको सरकारले नियुक्त गरेका दुई राजदुतलाई सरकारले फिर्ता बोलाएको छ । भारतका लागि नेपाली राजदूत डा. दुर्गेशमान सिंह र अमेरिकाका लागि राजदूत डा. सुरेशराज चालिसेलाई स्वदेश र्फकन परराष्ट्र मन्त्रालयले सोमबार पत्र पठाएको छ । पत्रमा एक महिनाभित्र र्फकन भनिएको छ । कांग्रेसको कोटामा राजदुत बनेका अरुलाई दोस्रो चरणमा फिर्ता बोलाइने बताइएको छ ।
_______________________________________________________________________________
अहिले माओवादी सेना र नेपाली सेना समायोजन् गर्ने कुरा उथाइरहदा बिगतमा उनिहरुको लडाईं याद आयो,यो भिडियो माओवादी आफैले निर्माण गरेर बजारमा ल्याएका थिए केही समय अगाडि, यो भिडियो हेरौ अनी भनौ यि दुई सेना समायोजन् भये कस्तो राष्ट्रिय सेना बन्ला नेपालमा !!!???

Krishnabhir Attacked by Nepali Maoist Video Part-1

Krishnabhir Attacked by Nepali Maoist Video Part-2

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक