20081113

नयाँ बोक्साबोक्सी तथा धामिझाक्रीको अनौठो परम्परागत मेला सुरु !!!!!


नयाँ बोक्साबोक्सी तथा धामीझाक्रीले तन्त्रबिद्या सिद्ध गर्ने भूत मेला धनुषा र सिराहाको दक्षिणी सिमामा सुरु भएको छ।
धनुषा र सिराहा जिल्लाको दक्षिणी सीमा क्षेत्रमा अनौठो परम्परागत भूत मेला कार्तिक २८ गते बिहानदेखि सुरु भएको यो वार्षिक मेलामा नयाँ बोक्साबोक्सी तन्त्रबिद्या सिद्ध गर्न आउने गर्छन् । उनीहरु अघिल्लो दिन बेलुकादेखि नै देउता खेलिरहेका छन् ।
तन्त्र सिद्ध गर्न यहाँ आउने बोक्साबोक्सी र धामीझाक्रीले कमलानदीमा स्नान गरी फूल, अक्षता, ल्वाङ, सुपारीले कमलामाईको पूजा गर्ने परम्परा छ । त्यसबेला उनीहरु भूत खेल्ने नाममा जगल्टा फिजाउने, कपडा च्यात्ने, नाच्ने, उफ्रने, मनपरी बोल्ने र बेहोस हुने गर्छन् । यो भूत मेलामा धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लासँगै र भारतको मधुबनी, दरभंगा, सीतामढीसम्मका मानिसहरु आउने गर्छन् । त्यहाँसम्म पुग्ने एक मात्र यातायातको साधन रेल कार्तिक २६ गते दुर्घटनाग्रस्त भएका कारण समस्या परेको दर्शनार्थीहरुले बताएका छन् । -अजित तिवारी

1 comment:

  1. bigreko deshko bhatkeko chhala bhaneko yehi ho, nepaliko budhhi ??? non sence !!!!!!!!!!!!!

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक