20081115

भ्रमको खेती कती गर्छौ साथि ???, बादरे यो चालले कहिले पुग्ने माथी ??


मैले माइ संसारको लेख पढे, केही उत्ताउला र ....भन्दा देख्ने लाई लाज भन्ने उखान सम्झाउने कमेन्टहरु पनि हेरे, लेख बेनामी, अर्कै प्रसंगमा मलाई पनि जोडेर विद्वान मित्रले के गर्न खोज्नुभाहो कुन्नी!!!, तर लेखको अरु बिषयमा मेरो चासो नभए पनि मेरो नाम जोडीएपछी केही बोलौ जस्तो लाग्यो, यस् सम्बन्धी मेरा केही कुरा मैले तल राखेको छु क्लिक गरी हेर्न अनुरोध गर्दछु । गरी खानेको इर्श्या गर्ने हाम्रो बादरे चाला, खुट्टा तान्ने काम, चरित्र हत्या गर्ने खेल नेपाली समाजमा नौलो कुरा होइन, फेरी दोहोरिएछ मेरो सन्धर्बमा पनि भन्ने लागेको छ, लेख मा उठायीएका भ्रम र पहिला पनि मेरो चरित्र हत्या गर्ने बारम्बार प्रयास हुँदा मैले दुई वटा किताब " तिता मिठा अनुभुतिहरु " र "गुल्मी देखी अमेरिका सम्म " प्रकाशन गरेरै खन्डन् गरिसकेको छु, तत्कालिन मेरो साप्ताहिक पत्रीका निस्पक्ष मा पनि चरित्र हत्याका नियोजित दुस्प्रयासलाई त्यतिखेरै खन्डन् गरिएको सबैमा अबगत छ । कौवाले कान लग्यो भन्दा कान नछामी कौवा का पछाडि दौडने र हावाका भरमा कमेन्ट लेख्न थाल्ने विद्वानहरुलाई यो लेख , मेरा दुबै किताब हेर्न पनि सल्लाह दिन्छु, "भ्रम को खेती कती गर्छौ साथी, नेपाली को यो चाल् ले कहिले पुग्ने माथि"

रामप्रसाद खनालको भन्नु यती मात्र......

वास्तवमा भीमसेन थापा त्यसै शेरिएर मरेका रहेनछन्, भनिएझैं साँच्चै सतीले श्राप गरेको देश नै रहेछ भन्ने निष्कर्षा म पनि पुगेको छु ।
सानैमा सात/आठ वर्षेखि गीत संगीतमा होमिएको मेरा हालसम्म ३८ वटा गीती क्यासेट, भिसीडी, सीडीहरु, १३ वटा गीत संगीत सम्बन्धि पुस्तक प्रकाशित भई बजारमा छन् । १५ वर्षआफ्नै निष्प्ाक्ष साप्ताहिकको नियमित संपादन/प्रकाशन, रेडियो नेपालको कार्यक्रम संचालक, निर्माता हुँदै नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता, निर्देशकदेखि संचालकसम्म र टेलिभिजनकै संचालक सम्म रहेर काम गर्दाका दौराहान आजसम्म जे जति कार्य गरियोे "कौवाले कान लग्यो भनेर हल्ला गर्दा कानै नछामि कौवाका पछाडि दौडने" केही हावादार, बेरोजगार, टपरर्टर्ुइंयार्,र् इष्र्यालुहरुबाहेक कसैले कहीं कुनै खोट लगाउन सक्ने काम गरिएन । खुट्टा तान्ने बाँदरे प्रबृतिका आफ्नै पत्रकारिता क्षेत्रका केहर्ीर् इष्र्यालुहरुले बेलाबेला मेरो पनि चरित्र हत्या गर्न प्रपोगण्डा गर्ने गरेका छन् ।
म्ौले "तीतामीठा अनुभुतीहरु" र पछिल्लो "गुल्मीदेखि अमेरिकासम्म" नामक दर्ुइ पुस्तकमा यस बारेमा धेरै लेखिसकेको छु । यतीमात्र होइन मेरो १५ वर्षनियमित प्रकाशन भएको निष्पक्ष साप्ताहिकका केही अंकमा समेत मेरो चरित्र हत्या गर्ने बाँदरे केहर्ीर् इष्र्यालुहरुलाई प्रमाणित गर्न चुनौती दिंदै र्सार्वजनिक रुपमा बोलेको छु । टीभी, रेडियो, पत्रपत्रिकाहरुमा अन्तर्वार्ता दिएको छु । आजसम्म कुनै माइकालालले प्रमाणित गर्न सक्षम भएका छैनन् र हुने पनि छैनन् किनकि "नखाएको विष लाग्दैन" ।

रामप्रसाद खनाल एउटा लोकदोहोरी गायक, पत्रकार, कलाकार वा को हो, साह्रा नेपालीलाई थाहा छ । थाहा नहुनेहरुका लागि www.ramprasadkhanal.blogspot.com काफी छ, क्लिक गरेर हेरे हुन्छ । ३८ वटा गीती क्यासेट, १३ वटा पुस्तक, १५ वर्षपत्रिका प्रकाशन, १९ वर्षो पत्रकारिता जीवन, जिल्ला, अंचल, क्षेत्रिय स्तरका ५० भन्दा बढी र अन्तर्रर्ााटय पुरस्कारहरुले विभूषित सम्मानित पक्कै त्यसै भइएन होला । २६ देश त्यसै घुमिएन होला । अमेरिकाले पनि एक्स्ट्रा अर्डिनरी (Extra Ordinary Ability EB-1) अर्न्तर्गत त्यसै सवपरिवारलाई ग्रीन कार्ड दिएर सम्मान गरेन होला । जे छ रामप्रसाद खनाल खुल्ला छ । मेरा हरेक कुरा कितावका पाना जस्तै खुल्ला छन् ।
न पत्रकार, कलाकार भएर कुनै दिन जाँडले मात्तियो, न भिखारी जस्तो भएर हिँडियो, न कसैका श्रीमती, चेलीबेटी माथि छड्के नजर लगाइयो । ब्यंग गर्नेहरु मलाई भन्छन् "यो सव नजानी खनालजी तपाईं कसरी पत्रकार, कसरी कलाकार -!"
मेरो बारेमा पछाडि टिकाटिप्पणी गर्ने बाँदरे प्रवृत्तिका हुतिहाराहरुलाई मैले धेरै पटक चुनौती दिएको छु । आज फेरी पनि खुल्ला चुनौती दिन्छु रामप्रसादलाई दोषी प्रमाणित गर, झुण्डिन तयार छ खनाल, जिउँदो बाउले जन्माएको छोरो हो खनाल ।
लेखन शैली, कला, साहित्य, गीतसंगीत, पत्रकारिता, कर्म गर्ने, कर्ममा स्वस्थ प्रतिष्पर्धाका लागि खुल्ला आहृवान पनि गर्छ । माओवादीले अपहरण गरेर तीन दिन केरकार गर्दा माओवादीले केही कुनै खोट लगाउन नसकेर इज्जतसाथ रिहा गरेको खनाल । नेपाल पत्रकार महासंघले मेरो गल्ती पुष्टि गर्न नसकेर २०५२ सालमा सदस्यता फुकुवा गरि सफाइ दिएको म, मदन भण्डारीको अन्तर्वार्ताको विषयलाई जोडेर मलाई बद्नाम गर्न खोज्ने बीचमा तत्काल पार्टर्ीीटै सफाई पाएको म, राष्ट्र राष्ट्रियता कला र संस्कृतिलाई माया गर्ने म, आफ्नो खुबीले रामप्रसाद खनाल भएको म माथि लाञ्छना लगाउन खोज्ने हिजडाहरुलाई आफ्नो अनुहार एकपटक एैंनामा हर्ेन आग्रह गर्दछु ।

रामप्रसाद खनाललाई तत्कालिन राजाले बोलाएरै "मैले देशमा साँचो प्रजातन्त्र वहाल गर्छर् माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँछु, तिमी हरुले पनि सहयोग गर्नु पर्यो" भन्दा मैले साँच्चै राजाले केही गर्न चाहेका हुन् भने साथ दिनर्ुपर्छ भनेर साथ दिएको सत्य हो र भने अनुसार राजा र राजसंस्थाको भूमीका निर्वाह नभएकोले यो स्थिति आएको पनि त्यत्तिकै सत्य हो । त्यसमा लुकाउनु पर्ने केही छैन । जुन राजा आफैले गद्धि छाडेर नागार्जुन हिडे, राजालाई नै राजसंस्था चाहिएन र विना रक्तपात गणतन्त्र आयो, अव पनि हामीलाई राजावादी भनेर खेद्ने, ज्ञानेन्द्रले त राम्रो गरेनन् गए, नयाँ नेपालका नयाँ ज्ञानेन्द्र रुपी अरु छोटे ज्ञानेन्द्रहरुले कुन वाघ मारे, देशमा के राम्रो गरे - देख्न पाए राम्रो हुन्थ्यो ।
राष्ट्र रहोस्, राष्ट्रियता रहोस्, शान्ति होस्, भाईभाई लडेर मर्न नपरोस्, त्यो सिवाय मेरो कुनै वाद छैन । मलाई राजावादी वा फलानो ढिस्कानोवादी भनेर आरोप लगाउनेहरुलाई म यति भन्न चाहन्छु । नेपाली जनताले सहि गर्दै छन् या गलत, इतिहासले बताउनेनै छ । तर जनताले गर्ने फैसला मान्नै पर्छ, म मान्छु ।
भर्खर फेरि माईसंसार ब्लगमा फेरि एउटा अर्को प्रसंगमा मेरो नाम जोडेर बद्नाम गर्ने प्रयास भएको रहेछ । हेरें बेनामी लेख, कान नछामी कौवाका पछाडी दौडनेदेखिर् इष्र्यालु बाँदरे प्रवृत्तिका खुट्टा तान्नमै जीवन खर्चिरहेका बेनामी र छद्नामी केही -पर््रर्वुद्ध -)हरुको प्रतिक्रिया, कुकुर भुक्तैमा हात्ती पछाडि हट्ने, र्फकने भए, झिंगाको श्रापले डिंगा मर्ने भए, काग कराउँदै जाँदा पीना नसुक्ने भए मलाई पनि के हुन्थ्यो, म आफैलाई थाहा छैन । श्रापले मर्ने भए रामप्रसादका हालसम्म धेरै श्राद्धहरु भईसक्थे होलान् । तर, केही हुनेवाला छैन । "बाँदरले न त आफ्नो घर बनाउँछ न त अर्काले बनाएको देख्न सक्छ" भनेझैं हुनर््र् इष्र्यालुहरु । गुल्मीको एउटा गाउँमा जन्मिएको रामप्रसाद बुटवल, काठमाडौं हुँदै आज अमेरिकासम्म आउँदा जलेर मर्नेहरु मदैं गर्छन्, रामप्रसादलाई अझ धेरै लामो यात्रा गर्नु छ । हर्ेर्दै जाउर् इष्र्यालुहरु, रामप्रसाद खनालले अझ धेरै रगत तिमीहरुका आँखाबाट झार्ने छ । खुबी हुनेहरु गर्दै जान्छन्, लाचार र हिम्मतहाराहरु अरुलाई उडाएर खुट्टा तानेर्रर् इष्र्या गरेरै बस्छन् र तिनीहरु सधै सडकमै रहन्छन् । त्यसैले त मेरो एउटा गीत बजारमा आएको थियो, याद आयो "बाँदरको चाल गर्छन् सबैले, अघि बढ्ने सांेच्दैन् कसैले, हाम्रो नेपालमा" । कुन्ति मोक्तानको अर्को गीत पनि याद गर्रर् इष्र्यालुहरु "म त हिंड्छु मेरै बाटो खुट्टा तान्दै गर" । बरु खुट्टा तान्नेहरु कम भए भने मान्छेको अगाडि बढ्ने क्रम रोकिन सक्छ । अस्तु ।।

-रामप्रसाद खनाल
http://www.nepalmother.com/
http://www.ramprasadkhanal.blogspot.com/
www.youtube.com/rampdkhanal
मेरो चरित्र हत्या गर्न लागि परेका केही बातासेहरुले हिमालमा एक पटक छापिएको समाचार पेस्ट गरेछन तर हिमाल पत्रीका मै तुरुन्त खन्दन छापिएको देखेर पनि आँखा चिम्म गरेछन हुनत अरु लाई गाली गर्दा, उडाउदा, आनन्द आउने हरुलाई उडायेरै आनन्द लिन ठिकै होला, यो पनि एक पटक क्लिक गरी सुन्ने होकी http://revver.com/video/961091/ram-prasad-khanal-ko-nepali-folk-dohori-song-kasto-chalan-ho-kehi-garnai-nahune-keko-jalan-ho/


"नेपालीले के गरेको"

सकारात्मक राम्रो कुरा कसैले जान्दैनन

एकअर्कामा सहयोग गर्न कुनै मन खाँदैनन्

सकारात्मक आँखा कसैले देख्दैनन

नसेक्नेलाई सेक्छन्, सेक्नेलाई सेक्दैनन्

निर्दोषीलाई बरु दोषी मान्दछन्

दोषीलाई यहाँ निर्दोषी मान्दछन्

अगाडी सवै कुरा ठिक्क पार्दछन्

पछाडी नभएको जुका पनि झार्दछन्

नेपालमा त एकअर्को लड्छन् लड्छन्

विदेशमा समेत खुट्टा तान्न पछि पर्छन्

कोही राम्रो भएको निको मान्दै मान्दैनन्

कुरा काट्न शिवाय अरु केही जान्दैनन्

केही नगरे विग्रियो फलानो भन्छन्

केही गरे, त्यसले जस्तो अरुले गर्‍या छैनर ! भन्छन्

राम्रो गरे, खै के के गर्छ कुन्नी ! भन्छन्

अलि माथि पुगे, सिध्याउने लिष्टमा गन्छन्

देशमा केही गरौं भने हुतिहारा ठान्छन्

देश बाहिर केही गर्न खोजे "पलायन" भयो भन्छन

खुट्टा तान्ने काममै आनन्द मान्छन

किन हो कुन्नी हाम्रा नेपाली दाजुभाई यत्तिमात्र जान्छन्

मानवाधिकार र स्वतन्त्रताका कुरा गर्छन्

मानवाधिकार विरोधी र पक्षपातले पेज भर्छन्

केही भएको, गरिखाने नेपाली जहाँ पनि दिक्क छ

हाम्रा नेपाली एक अर्कोमा उडाउँदै ठिक्क छ

खुट्टा तान्ने खेलले कोही माथि जाँदैन

आफुमा केही नभए, अरुले मात्र माथि लाँदैन

देश कहाँबाट कहाँ पुग्यो अझै पनि थाहा छैन

वास्तवमा अव नेपालीले नबुझी भा छैन

- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका


http://nepalhorizons.com/beta/newsarticle.php?p=174
http://www.nepalipress.com/nep_prelease/prelease_nep_detail.php?id=632

9 comments:

  1. राम प्रसाद को यो लेख पढ्दा स्तब्ध भये, नेपाली को जातै बाँदर, गरी खाएको त देख्नै सक्दैनन बा, खाली खुट्टा तान्ने , उडौने, चरित्र हत्या गर्ने हो बा, तेसैत होइन्छ हो यो खनाल अमेरिका तिर लागेको ।

    हरी शर्मा
    काठमाडौं

    ReplyDelete
  2. ram prasad ko yo lekh bujhne ka lagi gajjab ko doj chha, tara badar haru ke bujhdachhan ra, na aaphu kehi garna sakchhan na aru le kehi gareko dekhna sakchan.

    Raj Kumar
    Kathmandu

    ReplyDelete
  3. Ram Prasad Dai
    Thank you for sending link of your website www.nepalmother.com.
    I enjoy watching your site.I wanted to talk to you about your backbiting which is done by some stupid people in mysansar.com.
    This type of acts are common to us who don't want to see other progress like yours.But you don't have to afraid from this,I think,because you are always right and on the right way.God will see you forever and will judge right doing and wrongdoing.
    I am really sorry to hear about this.I called you but not able to reach to you,I talked with Bhauju.
    Good Luck
    --
    CHEBAN ACHARYA

    ReplyDelete
  4. Ram Prasad Dai
    Thank you for sending link of your website www.nepalmother.com.
    I enjoy watching your site.I wanted to talk to you about your backbiting which is done by some stupid people in mysansar.com.
    This type of acts are common to us who don't want to see other progress like yours.But you don't have to afraid from this,I think,because you are always right and on the right way.God will see you forever and will judge right doing and wrongdoing.
    I am really sorry to hear about this.I called you but not able to reach to you,I talked with Bhauju.
    Good Luck
    --
    CHEBAN ACHARYA

    ReplyDelete
  5. khanal ji ko lekh le sarai man chhoyo, aruko hak ma pani lagu hunchha yo lekh.

    shyam
    canada

    ReplyDelete
  6. sansar ma gari khane kai kura huncha, hutihara ko kaha kura huncha ra khanal baje , kina chinta gareko

    Ramesh Paudel
    UK

    ReplyDelete
  7. ram ji , tapai ko euta kura malai chitta bujhena, my sansar jasto maobadi blog le samachar lekhyo bhanera khandan garne?? kina mahatwa diyeko.

    Prem raja sharma
    new delhi

    ReplyDelete
  8. prem ko kura malai pani thik lagyo, tyota maobadi kai blog ho, comment hernushna kati ghtiya chhan, sampadak pani kasto bidwan rahecha herdai naheri rakhne !!!!!

    Sita Koirala
    USA

    ReplyDelete
  9. kutta bhuke hajar , hatti chale bazar bhanne thaha chha ki chhaina kahanal ji, don't worry.

    Sarala gnawali
    Washington DC

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक