20081124

काठमाडौंका अर्का दुई युबा मारिए


काठमाडौं । अस्ती भर्खर दुई युबा को निर्मम हत्या भए लगत्तै फेरी काठमाडौंमा अर्का दुई को लाश भेटिएको छ। ताहाचलका रितेश रौनियार र आशिष मानन्धरको बुधबार काठमाडौंको थानकोटमा शव भेटिएको छ । थानकोट चेक पोष्ट भन्दा डेढ किलोमिटर दक्षिणको मातातिर्थ जंगलमा उनीहरुको शव भेटिएको हो । शवसँगै थ्री नट थ्री राइफलको नपड्किएको एउटा गोली पनि फेला परेको छ । घटनास्थल पुगेका परिवारका सदस्यहरुले शवको पहिचान गरेका थिए । शवको प्रकृति अनुसार धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

प्रधानमन्त्रीद्वारा सबै दललाई सत्रुको दर्जा

देश का प्रधानमन्त्री सबैका हुनुपर्नेमा प्रचन्ड माओवादीका मात्र प्रधानमन्त्री बन्दै अरु लाई यिन्ले सत्रुको दर्जामा रखेका छन, यिन्को दुरद्रिस्टी कस्तो रहेछ त हेरौ तल विवरणमा :
'कांग्रेस क्रान्तिको दुश्मन'
'एमाले अवसरवादी'
'मधेसवादी दलहरू विदेशी दलाल'
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसलाई क्रान्तिको दुश्मन, एमालेलाई अत्यन्तै अवसरवादी तथा मधेसवादी दलहरूलाई प्रतिक्रियावादी दलालका रूपमा चित्रण गरेका छन् । माओवादी केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको ११ पेज लामो प्रतिवेदनमा प्रचण्डले अन्य पार्टीहरूप्रति 'खरो' टिप्पणी गरेका मात्र छैनन् पार्टीको कार्यदिशाका विषयमा समानान्तर रूपमा उभिएका वरिष्ठ नेता मोहन वैद्य किरणको विचारले समेत 'वास्तविक क्रान्तिलाई बर्बाद गर्न लागेको' आरोप लगाएका छन् ।
प्रचण्डद्वारा लिखित 'गोप्य दस्तावेज'मा उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आफ्नो पराजयका कारणहरू केलाएका छन् । त्यसैगरी उनले व्यापारी रामहरि श्रेष्ठको हत्याले पार्टीलाई गम्भीर धक्का दिएको उल्लेख गरेका छन् । परिवर्तित परिस्थितिमा संसदीय यथास्थितिवादको प्रमुख पक्षपोषक, दलाल, नोकरशाह र सामन्त वर्गको मूल प्रतिनिधि र साम्राज्यवाद-विस्तारवादको आशीर्वाद प्राप्त मूल शक्तिका रूपमा नेपाली कांग्रेस रहेको छ' प्रचण्डले प्रतिवेदनमा लेखेका छन्,
'कम्युनिस्ट आन्दोलन र जनवादी क्रान्तिको कट्टर दुश्मनका रूपमा आफूलाई प्रस्तुत गर्ने नेपाली कांग्रेससँग जनपक्षीय अग्रगामी शक्तिहरूको अन्तरविरोध नै यतिबेला देशको प्रमुख राजनीतिक अन्तरविरोध बन्न गएको छ ।' उनले वैचारिक, राजनीतिक र व्यावहारिक संघर्षका सबै मोर्चामा कांग्रेसलाई पराजित नगरी जनवादी क्रान्ति पूरा हुन नसक्नेसमेत दाबी गरेका छन् । सत्ता साझेदार एमालेका विषयमा पनि प्रचण्डको दस्तावेज त्यत्तिकै 'कडा' छ । 'वामपन्थी जनमत र निम्नपुँजीवादी तप्काको एक उल्लेख्य हिस्सालाई प्रभावमा लिएको नेकपा एमाले अत्यन्तै अवसरवादी दक्षिणपन्थी समूह हो' प्रचण्डले आफ्नो प्रतिवेदनमा भनेका छन्, 'क्रान्तिकारी माक्र्सवाद र क्रान्तिकारी आन्दोलनविरुद्ध आफैंलाई संसदीय यथास्थितिवादका पक्षमा उभ्याउँदै आएकाले विगतमा यसको भ्रममा रहेका हजारौँ क्रान्तिकारी नयाँ ढंगले धु्रवीकृत हुँदै आएका छन् । वैचारिक विचलनसँगै विगतमा अनेक राष्ट्रघाती र जनघाती क्रियाकलापमा समेत संलग्न हुँदै आएका कारण केही वर्षयता यो समूह निकै अलोकपि्रय बनेको तथ्य संविधानसभाको ऐतिहासिक निर्वाचनमा स्पष्ट देखापर्‍यो ।' प्रचण्डले यसका बाबजुद पनि परिवर्तित राजनीतिक परिस्थितिमा राष्ट्रियता र आर्थिक-सामाजिक रूपान्तरणका पक्षमा एमाले केही अगाडि बढ्न सक्ने सम्भावना भएकाले ऊसँग सहकार्य, कार्यगत एकता र संयुक्त मोर्चा कायम गरेर अगाडि बढ्ने नीति लिइनुपर्नेमा जोड दिएका छन् ।
उनले फोरम, तमलोपा, सद्भावना सामन्त, दलाल पुँजीपति वर्गका प्रतिनिधि रहेको उल्लेख गरेका छन् । उनको प्रतिवेदनमा उल्लेख छ, 'संविधानसभाको निर्वाचनमार्फत मधेसमा कैयौँ मधेसवादी समूह देखापरेका छन् । यसबीचमा सिधै विखण्डनको नारा लिएर हिँड्ने सशस्त्र गुटहरू पनि देखापर्ने गरेका छन् । मधेस आज संवेदनशील स्थितिमा छ । संविधानसभामा निश्चित हैसियत बनाएर आएका मधेसवादी समूहहरूमा मधेसी जनअधिकार फोरम, तमलोपा र सद्भावना मुख्य रहेका छन् । वर्गीय र विचारधाराका आधारमा नभएर जातीय र भावनात्मक आधारमा खडा भएका यी समूहहरूले अन्ततः मधेसका प्रतिक्रियावादी सामन्त, दलाल पुँजीपति वर्गकै प्रतिनिधित्व गर्नुका साथै यो वा त्यो विदेशी प्रतिक्रियावादी राजनीतिक गुटसँग निकटता राख्दछन् ।' प्रचण्डले यस्ता बहसलाई अगाडि बढाएर साम्प्रदायिक, विखण्डनकारी एवं विदेशी दलालहरूलाई नंग्याउनुपर्ने बताएका छन् । उनले एकताकेन्द्र-मसाल, एकीकृत, संयुक्त, मालेलगायतलाई 'सच्चा देशभक्त गणतान्त्रिक वामपन्थी र मूलतः क्रान्तिकारी समूह' भन्दै सम्भव भए एकता, नभए रणनीतिक संयुक्त मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका छन् । 'तीमध्ये नेकपा एकताकेन्द्र मसाल संख्यामा अरूभन्दा ठूलो मात्र होइन, वैचारिक र राजनीतिक रूपमा अरूभन्दा स्पष्ट र हाम्रो निकट रहेको छ । जससँग हाम्रो पार्टी एकता-वार्ता पनि अन्तिम चरणमा पुगेको छ,' प्रचण्डले एकताकेन्द्र मसालसँगको सम्बन्धका बारेमा उल्लेख गरेका छन् । शान्ति प्रक्रिया, संविधानसभा, संघीय लोकतन्त्र र माओवादी नेतृत्वको सरकार जनता, जनयुद्ध र पार्टीको राजनीतिक कार्यनीतिको विजय र उपलब्धि भएको उल्लेख गर्दै प्रचण्डले यसलाई उपलब्धिका रूपमा अस्वीकार गर्ने नेता मोहन वैद्य किरण पक्षको मतलाई अवमूल्यनवादी भनेका छन् । 'अवमूल्यनवादी विश्लेषणले अलगाववादी दिशातिर लैजाने खतरा रहन्छ,’ प्रचण्डले भनेका छन् ।
प्रचण्डले केटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा जनमुक्ति सेनाको कमजोरी भएका कारण एक महिनासम्म पार्टी रक्षात्मक बन्नुपरेको स्थिति दर्शाएका छन् । प्रतिवेदनमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा एमालेसँग सहकार्य टुट्नुमा आफ्नै अस्पष्टता र अधैर्यता मुख्य कारण रहेको उल्लेख गरिएको छ । माओवादीमा अहिले सर्वहारा स्फूर्तिमा ह्रास आएको र दक्षिणपन्थी सुधारवादको खतरा बढेकोसमेत प्रचण्डको मूल्यांकन छ । 'यी सबैको परिणाम पार्टी आत्मगत रूपले अराजकता, अस्पष्टता, गुटबन्दी, दण्डहीनता र अपारदर्शिताको सिकार बन्न गएको छ' प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।
प्रचण्डले वरिष्ठ नेताहरूको नेतृत्वमा रहेको तीनवटा क्षेत्रीय संयोजन समिति खारेज गर्न प्रस्ताव गरेका छन् ।
उनले प्रतिवेदनमा 'संगठनात्मक कामहरूको संयोजन र दैनिक कार्य-सञ्चालनका लागि' केन्द्रीय संगठन ब्युरोको गठन गर्ने प्रस्ताव गरेका छन् । हाल रामबहादुर थापा बादलको नेतृत्वमा पूर्वी, डा. बाबुराम भट्टराईको नेतृत्वमा मध्य तथा पोष्टबहादुर बोगटी दिवाकरको नेतृत्वमा पश्चिम क्षेत्रीय संयोजन समिति रहेका छन् । उनले सदन र सेनामा पार्टीकामलाई व्यवस्थित गर्न आवश्यक समितिहरूको गठन र पुनर्गठन गर्ने पनि प्रस्ताव गरेका छन् ।
प्रचण्डले असारको पहिलो साता महाधिवेशन गर्ने प्रस्ताव पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । 'बहस हुँदै वैचारिक, राजनीतिक, संगठनात्मक र फौजी संश्लेषणका लागि' महाधिवेशनको आयोजना गर्ने प्रचण्डको प्रस्ताव छ । उनले महाधिवेशन आयोजक समितिको पुनर्गठन गर्ने र दस्तावेज लेखनबारे निर्णय गर्ने पनि प्रस्ताव गरेका छन् । आगामी माघदेखि जेठसम्म महाधिवेशन तयारी र दस्तावेजहरूमाथि छलफल गर्ने तथा १५ वैशाखसम्म सदस्यता नवीकरण र जिल्ला सम्मेलन एवं वैशाख १६ देखि जेठ १५ सम्म राज्य समितिहरूको सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । महाधिवेशन आयोजक समितिले पार्टी सदस्य संख्याका अनुपातमा निर्वाचित जिल्ला समिति र राज्य समितिहरूको गठन गर्ने पनि प्रचण्डले उल्लेख गरेका छन् । - पर्शुराम काफ्ले/न.प.


माओवादी पीडित राजधानीमा

कब्जा गरिएका घरजग्गा फिर्ता पाउनुपर्नेलगायत १५ सूत्रीय माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएका माओवादी पीडितले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएका छन् । गत साता अघिदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका माओवादी पीडितले आयोगको कार्यालय अगाडि धर्ना पनि दिए । गौशालास्थित वनकाली धर्मशालाबाट कालोपुल, ज्ञानेश्वर, रत्नपार्क ह“ुदै पुल्चोकस्थित आयोगको कार्यालय पुगेका झन्डै दर्ुइ सय आन्दोलनकारी पुल्चोक पुगेका थिए । माओवादी पीडित संघका अध्यक्ष दर्ुगालाल योगीले आयोगका सदस्य गौरी प्रधानलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि सदस्य प्रधानले तीन दिनअघि आफूहरूले प्रधानमन्त्री र गृहमन्त्री दुवैलाई यसबारेमा ध्यानाकर्षा गराएको जानकारी दिए । अन्तिम आन्दोलन गर्न राजधानीमा आएको उल्लेख गर्दै अध्यक्ष योगीले सोमबार संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि धर्ना दिने बताएका छन् । त्यस्तै मंगलबार संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालय अगाडि धर्ना दिने कार्यक्रम बनाएका छन् ।
आन्दोलनमा द्वन्द्वकालमा जागिर छाडेका जनपद, सशस्त्र प्रहरी र नेपाली सेना, विस्थापित उद्यमी युवाको पनि सहभागिता छ । माग पूरा गराउन राजधानी आएका मुलुकभरका द्वन्द्वप्रभावित र विस्थापित गत असारदेखि गौशालास्थित धर्मशालामा बस्दै आएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक