20081130

साबधान राता रात रङ फेरेर माओवादी हुने हरु...!!!!?????

फेरी एक पटक रामहरीको याद आयो यो फोटो देखेर । माओवादी नेताहरु प्रचन्ड, बाबुराम, बादल देखी उन्का क्रान्तिकारी श्रीमतीहरु समेत्लाई बारम्बार घरमा बोलाई यसरी खाना खुवाउने, माओवादीलाई सहयोग गर्ने रामहरी माओवादीबाट निर्मम तबरबाट मारिए, रामहरी ले सपनामा पनि सोचेका थिएनन होला माओवादीबाट म यसरी मारिन्छु भनेर, यसरी कती मारिए कती बेपत्ता भए कुनै लेखाजोखा छैन, अहिले माओवादीमा पछी लाग्नेहरुले सोचेका होलान हामी सुरक्ष्यित छौ भनेर, रामहरी को नियती अझ कतिले भोग्ने हुन त्यो त समयले पछी बताउनेनै छ, साबधान राता रात रङ फेरेर माओवादी हुने हरु...!!!!?????


पहिलो गास मै सिकार बनाइहाले बिचरा लाई

मान्छे काङ्रेस तर सबैलाई समेट्ने, भद्र, इमान्दार, देशका लागि केही गरौ भन्ने भावना भएको, माओवादीले के देखी सहन्थे र, पहिलो गास मै सिकार बनाइहाले बिचरा लाई । हजुर हामी कुरा गर्दैछौ अमेरिकाका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसेको, वहाँ नेपाल फर्किदै हुनुहुन्छ, भर्खरै मात्र अमेरिका नेपाल सोसाइटीले पनि एक कार्यक्रम मार्फत बिदाइ गरिसकेको छ, विदाइ कार्यक्रममा एनओएका अध्यक्ष राजेश श्रेष्ठ, अन्तर्राष्ट्रिय साहित्य समाजका तर्फबाट गोविन्द गिरी प्रेरणा, लान्घाली परिवार, अमेरिकाकातर्फबाट टिका पुन, थकाली समाज, अमेरिकाका तर्फबाट खेम भट्टचन, पाचापुच अमेरिकायका तर्फबाट मीरा श्रेष्ठ, सगरमाथा टेलिभिजनकातर्फबाट बिपिन उप्रेती, अमेरिका नेपाल पत्रकार संघ, अमेरिकाका तर्फबाट गिरीश पोखरेल, नेक भ्याककातर्फबाट खिलेन्द्र न्यौपाने, अमेरिका नेपाल सोसाइटीका पूर् अध्यक्षहरु राजेन्द्र वली, प्रेम संग्रौला, राम मालाकार, हृयुमनराइटस् अमेरिका तर्फबाट डा. बलराम अर्याल, अमेरिका नेपाल सोसाइटीका प्रथम उपसभापति कार्ल वल्फ, तमु समाज, अमेरिकाका नारायण गुरुड.का साथै डा. महेश्वर बैद्य, कृष्ण निरौला, डा. सुकदेव साह, विभा रन्जित लगायतले सबै वक्ताहरुले आ आफ्नो बिदाइ मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सभापतित्व सोसाइटीकी अध्यक्ष विष्णु थापा, संचालन महासचिव नेत्र घिसिड. र स्वागत उपसभापति कविन्द्र सिटौलाले गर्नुभएको थियो ।


नक्कली छापामार समायोजन गरेर के गर्ने ??

प्रेस चौतारीको पत्रकार सम्मेलनमा माओवादीले आफ्ना असली लडाकुलाई वाईसीएल बनाएको र सीधा युवा, विद्यार्थीलाई मात्र नक्कली छापामार बनाएर शिविरमा राखेको एमाले नेता केपी शर्मा ओलीले आरोप लगाएका छन् । प्रेस चौतारीको पत्रकार सम्मेलनमा ओलीले माओवादीले हतियारसहितका लडाकु बाहिर राखेकैले देशमा मुठभेड र अराजक गतिविधि भइरहेको दाबी गरे । दलहरूले छापामार समायोजनलाई मुख्य मुद्दा बनाए पनि वाईसीएल विघटन वा व्यवस्थापन सबैभन्दा जटिल भएको बताए । 'दाङ, होलेरी र सोलु हान्ने खास लडाकु हतियार लिएर बाहिरै बसेका छन् । उनले जति बेला, जे गर्न पनि सक्छन्,' ओलीले प्रश्न गरे, 'शिविरका नक्कली छापामार समायोजन गरेर के गर्ने - समस्या ज्यु“का त्यु“ रहन्छ ।'


बबन सिंहले भने 'सरकार छिट्टै ढल्छ'
आफूलाई सभासद भन्न पनि लाज



सत्ताको जिम्मेवारी लिएकै पार्टर्ीी बाट जनता पिरोलिएको उल्लेख गर्दै सभासद बबन सिंहले वर्तमान सरकार छिट्टै ढल्ने दाबी गरेका छन् ।'माओवादीको चरित्रले गर्दा सरकार ढल्छ' पत्रकार महासंघ जिल्ला शाखारौतहटले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले भने, 'जनताको हत्या गर्ने सरकारको अब यो मुलुकमा काम छैन ।' लडाकु सेनामा समायोजन गर्ने विषयमा प्रधानमन्त्री आफैं बाधक भएको उनको भनाइ थियो । 'आफ्ना लडाकुको व्यवहारमा सुधार नल्याउने प्रधानमन्त्री सेना समायेाजनका कुरा गरेर विवादमा पर्दैछन्' सिंहले भने । आफूलाई सभासद भन्न पनि लाज लाग्ने उनले बताए .


वाईसीएल, युथफोर्स जस्ता युवा दस्ताहरुले कानुन हातमा लिंदै हिंडे

काठमाण्डुमा सुरु भएको र्सार्क क्षेत्रका राष्ट्रिय मानवअधिकार आयोगहरूको क्षेत्रीय परामर्श बैठकको उदघाटनपछि पत्रकारसंग कुरा गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले राजनीतिक दलका युवा दस्ताको नाममा अपराधीहरुले संरक्षण पाईरहेको बताउनु भएको छ । उहाँले वाईसीएल, युथफोर्स जस्ता युवा दस्ताहरुले कानुन हातमा लिंदै हिंडेको टिप्पणी गर्नुभयो । अध्यक्ष उपाध्यायले कानुनी ब्यबस्था स्थापना गर्न कसैसंग पनि सम्झौता नगर्ने प्रष्ट पार्नुभयो । परामर्श वैठकमा र्सार्क राष्ट्रका मानवअधिकार आयोगका पदाधिकारी र मानवअधिकार हर्ेर्ने सचिवस्तरीय सरकारी अधिकारीहरूको सहभागिता छ । राष्ट्रिय मानवअधिकार आयोग नेपाल र सेभ द चिल्ड्रेनले गरेको बैठकमा बिभिन्न देशका बालअधिकारसम्बन्धी अनुभव आदानप्रदान पनि हुनेछ ।


प्रधानमन्त्रीको निर्देशनमा चन्दा असुल्ने माओवादी छुटेको गहृमन्त्री वामदेव गौतमको खुलासा

काठमाडौं, ठेकेदार कम्पनीस“ग चन्दा माग्दामाग्दै शुक्रबार राति पक्राउ परेका माओवादीनिकट १५ कार्यकर्तालाई प्रधानमन्त्रीको आदेशमा लगत्तै रिहा गरिएको छ । अरुण-बरुण र्सर्भिसेज कम्पनीमा जबर्जस्ती कर संकलन गरिरहेका माओवादीनिकट अखिल नेपाल सेक्युरिटी संघका कार्यकर्तालाई सिंहदरबार प्रहरी प्रभागले पक्राउ गरेको थियो । पक्राउको चार घन्टा नबित्दै संघका महासचिव शालीग्राम काफ्ले सहितको टोली प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा छुटेको गहृमन्त्री वामदेव गौतमले खुलासा गरेका छन् । उपत्यकाका एक डिआईजीलाई प्रधानमन्त्री आपै+mले फोन गरेर छुटाउन निर्देशन दिएको उनले बताएका हुन् ।


जनसम्पर्क समिति अमेरिकाको महाधिवेशन सम्पन्न
-वेदप्रसाद खरेल-

जनसम्पर्क समिति अमेरिकाको महाधिवेशन २९ नोभेम्वर का दिन आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ, महाधिवेशनले आगामी तीन वर्षा लागि आनन्द विष्टको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति र्सवसम्मतरुपमा चयन गरेको छ । जसअनुसार पाँच उपाध्यक्षहरुमा दर्ुगा दाहाल-पेन्सिलभेनिया),रविकिरण कोइराला-न्यूयोर्क),सानुबाबु सिलवालर्-नर्थ क्यारोलाइना),काजी शर्ेपा-न्यूयोर्क) र अनुप श्रीवास्तव-क्यालिफोर्निया) रहनुभएको छ । यसैगरी समितिको महासचिवमा वेदप्रसाद खरेल-न्यूयोर्क) र सचिवमा गौतम दाहाल-मेरिल्याण्ड) चयन हुनुभएको छ भने कोषाध्यक्षमा धर्मराज श्रेष्ठ-कोलोराडो) रहनुभएको छ । यसैगरी सदस्यहरुमा इन्दिरा थापा-मेरिल्याण्ड),कृष्ण विष्ट-न्यूयोर्क),प्रभा शर्मा-मेरिल्याण्ड),मुक्ति दवाडी-भर्जिनिया),रविन्द्र पाण्डे-क्यालिफोर्निया),विनोद भट्ट-क्यालिफोर्निया), बिमल मोक्तान-पेन्सिलभेनिया) र गम्बु शर्ेपा-न्यूयोर्कर्) र्सवसम्मतरुपमा चयन हुनुभएको छ । नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्य अर्जुन जोशीले स्वर्गीय महामानव बीपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंहको फोटोमा माल्यार्पण गरी जनसम्पर्क समितिको महाधिवेशनको विधिवत शुरुवात गर्नुभएको महाधिवेशनको पानसमा बत्ति बाली उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले मुलुक अझै संक्रमणको अवस्थाबाट गुज्रिरहेको भन्दै प्रवासमा रहेका आम नेपालीहरुलाई चनाखो भएर खबरदारी गर्न आग्रह गर्नुभयो । माओवादीले विगतमा गरेका सहमति पालना नगरेको भन्दै उहाँले देशभित्र बढ्दो वैदेशिक हस्तक्षेपलाई रोक्न सम्पूर्ण नेपालीहरु एक हुनुपर्छ भन्नुभयो ।महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति एवं कार्यक्रमका विशेष अतिथि गोपालमान श्रेष्ठले लोकतान्त्रिक आन्दोलनको पक्षमा अमेरिकास्थित जनसम्पर्क समितिले पुर्�याएको योगदानको पार्टीले उच्च मूल्यांकन गरेको छ भन्नुभयो । अमेरिकामा एकीकृत र सशक्त जनसम्पर्क समितिको आवश्यकता छ भन्दै उहाँले हाल देखिएको आन्तरिक मतभेदलाई अन्त गरेर अघि बढ्न निर्देशन दिनुभयो ।
नेपाली कांग्रेस कुनै पनि अधिनायकवादको विपक्षमा रहेको प्रष्ट पार्दै उहाँले एक तानाशाहको अन्त गरेको कांग्रेसले कुनै पनि हालतमा अर्को तानाशाह जन्मन दिने छैन भन्नुभयो । नेपाली कांग्रेस राज्य पुनःसंरचना समितिका संयोजक समेत रहनुभएका उपसभापति श्रेष्ठले अब बन्ने संविधान र राज्य पुनःसंरचनामा के कस्ता विषयहरुलाई समेट्नु पर्छ भन्नेमा आवश्यक सुझाव, सल्लाह पेश गर्न समितिलाई आग्रह पनि गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले समितिको यो पहिलो महाधिवेशनले विगतका मतभेदहरुलाई भुलेर एकताको सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली कांग्रेसले नै मुलुकको शान्ति प्रक्रियाको नेतृत्व गरेको र कांग्रेस लोकतन्त्रप्रति सधैं इमान्दार रहेको सन्देश अमेरिकी सरकार, यहाँका जनता र नेपालका आम शुभेच्छुकहरुलाई प्रवाह गर्ने कार्यमा जनसम्पर्क समितिले आवश्यक कार्य गर्नुपर्ने बारे समितिको ध्यानाकर्षण गराउनु भएको थियो ।

पथभ्रष्टहरु भारतले जे भन्छ त्यही गर्दैछन्
-दिर्घराज प्रसाइ


एकपछि अर्कोगर्दै कुचक्री र परचक्रीहरुले संयुक्त रुपमा नेपालको अस्तित्व समाप्त पार्न लागिपरेका छन् । हिजो प्रजातन्त्रको सुदृढीकरणको लागि लडेकाहरु निरंकुश तथा र्सवसत्तावादी बनेकाछन् । अहिले नेपालको र्सार्वभौमसत्ता खतरामा छ । नेपालको अधोगतिको कारक नेपाली कांग्रेसका गिरिजाप्रसाद र उनका आसेपासे दलालहरु नैं हुन् । कांग्रेसीसत्ता भ्रष्टाचार र कुशासनको जड भएकाले राष्ट्रवादी र प्रजातन्त्रवादीहरुको वेहाल भएको छ । हिजो आफ्नो स्वार्थको लागि कांग्रेस राजतन्त्रवादी थियो । कांग्रेस अहिले गणतन्त्रवादी छ । अहिले राष्ट्रवादी शक्तिलाई उठ्न नदिन गणतन्त्र, धर्मनिरपेक्षता, संघीय जातीय राज्यको अवधारणा र महंगी, अभाव, भ्रष्टाचार, तोडफोड, लुट, हत्याको बाटो रोजेर सत्तासीन राष्ट्रघातीहरुले अराजक स्थिति सिर्जना गर्दैछन् । बिपी कोइरालाको छातीमा टेकेर प्रजातन्त्रको दुहाई दिने गिरिजाहरुको अराष्ट्रिय मुखुण्डो उदाङ्गएिको छ । नेपाली आमाले जन्माएको कोही सपूत छ भने राष्ट्र बचाउन वलिदान दिने बेला यही हो । अवको नेपालमा विस्तारवाद र सम्राज्यवादको विरुद्धमा जस्ले लडेर नेपाल बचाउँछ उसैको जित हुनेछ ।
एशियामा अमेरिकाको ध्यान अखण्ड-चीन ध्वस्त गराउनुमा केन्द्रीत छ । नेपालमा राजतन्त्र रहिरहदा अमेरिका र संयुक्त राष्ट्र संघलाई प्रिm तिब्बतको मुद्धा अगाडि बढाउन अप्ठयारो परेकाले उनीहरुले गणतन्त्रको बाटा रोजेको हो । अहिलेको संयुक्त राष्ट्र संघका महासचिव वानकी मुन -कोरियाका पर्ूव विदेश मंत्री) समेत अमेरिकी दलाल भएकाले संयुक्त राष्ट्र संघ पनि एशियामा शान्ति स्थापनाको सट्टामा अखण्ड चीनलाई ध्वस्त गराउनेमा नैं केन्द्रीत देखिन्छ । यसैको लागि अमेरिकाले पावेल जस्ता राजदूत र यूएन्ले इ.एन. मार्टिन जस्ता च्यूतहरु छनौट गरिगरी पठाएको छ । राजसंस्था विस्थापित गराएर नेपालको अवस्था डमाडोल बन्न लागेको कमजोृर स्थितिबाट फाइदा लुट्न भारत पनि लागेको छ । यसरी विदेशी हुँडारहरुले नेपाली आमाको आन्द्राभूँडी लुस्न थालेको राष्ट्रवादी जनता, स्वाभिमानी नेपाली सेना, यहाँका विद्यार्थी, मजदूर, किसानहरुले सहेर बसिरहनु दासत्व स्वीकार गर्नु हो । यहाँका दलाल पार्टर्ीी नेताहरुलाई सहुलियत-स्रोत जुटाएर गणतन्त्र र धर्मनिरपेक्षताको बाटोबाट नेपालको पहिचान समाप्त गर्न विदुशीहरु लागेका हुन् । अमेरिका र यू.एन्.को चासो नेपाललाई आधार इलाका बनाएर अखण्ड चीनलाई ध्वस्त गराउनुमा छ भने भारतको चासो गणतन्त्र घोषित गराएर आफ्नो घेराभित्र राख्नसक्नु हो ।
देशको अवस्था यस्तो छ भने विदेशीहरुको घेराभित्रबाट मुक्त हुन अव नेपाली जनता सशक्त भएर भारत तथा अमेरिका राजदूत लगायत अनमीनलाई यथाश्रि्र नेपालबाट लखेट्ने रणनीति लागु गर्न सक्नर्ुपर्दछ । सजिलै परचक्रीहरुलाई धपाउन सकिएन भने राष्ट्रवादी-गुरिल्लाहरुबाट यिनीहरुको कत्लियाम् पनि गर्नसक्नु पर्छ । नेपाल डुबाउने परचक्रीहरुलाई यसरी देशभक्त नेपाली जनताले टुलुटुलु हेरेर बसिरहनु हुन्न । नेपाल ध्वस्त बनाउनकैं लागि कांग्रेस, एमाले र माओवादीभित्रका भारतीय एजेन्टहरुलाई भारतले उचालेर सशस्त्र आन्दोलनमा भिडाएको थियो । त्यसको परिणाम अहिले नेपाली जनताले भोगिरहेका छन् । स्वदेशी र विदेशी हुँडारहरुले हाहाकार मच्चाए पछि राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोड्नु पर्ने भारत, अमेरिका र यू.एन्का सैतानहरुबाट मुक्त हुनु नैं हो तर सातदलका देशद्रोही पार्टर्ीी नेताहरुको कारणले मात्र होइन । साम्राज्यवाद र विस्तारवादीहरुे संयुक्तरुपमा आक्रमक भएको बेला केही समयको लागि राजाले अलप हुनु राम्रै पनि हो । किनकि २०६३ जेष्ठ ४ गतेमैं अवैधानिक तरिकाले राजाका अधिकार खोसेर राष्ट्रघाती गिरिजालाई राष्ट्रप्रमुख बनाएका बेलादेखि नैैं यिनीहरुको नजरमा राजसंस्था विस्थापित भइसकेको नैं हो । भने अहिले राजाले नारायणहिटी राजदरबार छोड्नुमा के फरक पर्छ - नेपालमा पथभ्रष्ट नेता र विदेशीहरुको चलखेल धेरैदिन रहिरहँदैन । भारतमा हिन्दु राष्ट्र र्समर्थक भारतीय राष्ट्रवादी शक्तिको उदय हुने र भष्मासुरहरुको हार हुनेछ । माओवादी भित्रका देशभक्तहरुको लागि विस्तारवादी, सम्राज्यवादी शक्ति धपाउन यो सुवर्ण्र्ाावसर हुनसक्छ । राष्ट्रवादी शक्ति र माओवादी लगायत अन्य पार्टर्ीीत्रका राष्ट्रवादीहरु समेतले नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई सुदृढ बनाउनेमा जुट्नेछन् ।
भारत माओवादीलाई सत्तामा पुर्याएर आफ्नो हुँदो नभए कांग्रेस, एमाले तथा मदेश पार्टर्ीीत्रका दलालहरु अगाडि सारेर माओवादीको सत्ता सत्ताच्यूत गराउने नैं हो । तर भारतीय षडयन्त्रलाई माओवादीको राष्ट्रवादी कित्ताले बुझिसकेको जस्तो लाग्छ । अव माओवादीले भारतीय डिजायन्बाट बनेको कृत्रिम सहमतिको भण्डाफोर गरेर हिजो सत्तामा रहँदा कांग्रेस र एमाले ब्रम्हलुट मच्चाएको र माओवादीलाई पासोमा पार्न राज्यको स्रोत दुरुपयोग गर्ने अपराधहरुको छानवीन गरेर कारवाही गर्नसक्नु पर्दछ । कांग्रेस, एमाले लगायत माओवादी भित्रका भारतीय दलाल र सानापार्टर्ीीकथित नागरिक समाजभित्र जम्माजम्मी १००।१५० भन्दा राष्ट्रघातीहरु छैनन् । यिनीहरु मार्फै विदेशीहरुले अथाहा रकम खर्च गरेका छन् । यी १००।१५० अपराधीहरु -जस्मा ९० प्रतिशत बाहुनहरु) लाई राज्यले कारवाही गर्नसक्नु पर्दछ । यसो भयो भने नेपालको यस्तो दर्ुदशा कहिले हुने छैन । जनतामा र्सार्वभोमसत्ता निहीत हुनर्ुपर्छ भन्ने कुरा यिनै कुतत्वहरुलाई ब्रम्हलुट मच्चाउनको लागि होइन । कुकुर बौलायो भने मारिन्छ । राष्ट्रघातीहरुलाई कडा कारवाही गरिएन भने बोलाहा कुकुर भन्दा खतरनाक हुन्छन् ।
देशद्रोही-भ्रष्ट नेताको पासोबाट मुक्त हुन आफ्नो सुरक्षाको लागि पनि देशभक्तहरु एक हुनुपर्ने अवस्था छ । २०४७ सालमा यिनीहरुलेनैं संविधान बनाए । आफैले बनाएको संविधान कार्यान्वयन् गर्न नसकेर संतुलन र नियन्त्रणको व्यवस्था ध्वस्त बनाए । सत्तापक्ष र प्रतिपक्षको संयुक्त मिलेमतोमा २०५६मा संसदीय निर्वाचन भएको दर्ुर्इृबर्षैं पदको भागवण्डा नमिलेर संसद विघटन गराए । यिनीहरुकै कुशासनले माओवादी ब्रि्रोह चंकियो । अनाहकमा पन्धौ हजार निरिह जनताको हत्या, अंगभंग र राष्ट्रका अरबौं भौतिक पर्ूवाधारहरु ध्वस्त बनाइयो । २०५९ सालमा आफै संसद विघठन गर्दै संसदीय निर्वाचनको घोषणा गरे । पछि आफै संसदीय निर्वाचन गर्न नसक्ने भनेर राजाकोमा पुगेबा हुन् । यिनीहरु असफल भएपछि राजाबाट केही समयको लागि शासनभार ग्रहणगर्ने काम भएको थियो । राजाबाट पद प्रास्त नभएपछि राजाको बिरोधमा खनिए । यही बेला विदेशीहरुले यिनीहरुलाई साधनस्रोत जुटाएर अगाडि बडायो । गणतन्त्र, धर्मनिरपेक्ष, जातीय स्वयत्तता स्वरुपको आत्मनिर्ण्र्ााो अधिकारको ढाचाको परिणाम हरक्षेत्र आतंकित बनेकोछ ।
जव भारतमा इन्दिरा कांग्रेसको सत्ता जम्छ तव छिमेकी राष्ट्र खाने र पेल्न भारतीय गुप्तचर संस्था 'रअ' सक्रिय गराइन्छ । सिक्किम खान हिजो ल्याण्डुब दोर्जेलाई अघि सारिएको थियो भने अहिले नेपालमा गिरिजा र उनका दलालहरु, माधव नेपाल, झलनाथ, बामदेव र उनका आसेपासेहरु ल्याण्डुब दोर्जे बनेर सिक्किम भारतमा विलय गरेको झैं पार्टर्ीी पथभ्रष्टहरु भारतले जे भन्छ त्यही गर्दैछन् । १२बुँदे सहमतिमा माओवादी र सातदलका पथभ्रष्ट नेताहरुलाई हस्ताक्षर गराइएको कारण पनि यही हो । विदेशी हस्तक्षेपले देशभक्तहरु निराश छन् । नेपालको र्सार्वभौमसत्ता माथिको खतराको चिन्ता राजा र राष्ट्रवादीहरुलाई मात्र हो । कथित संविधानसभाको गतिविधि हर्ेदा यिनीहरु असफल भइसकेका छन् । गिरिजा लखेटिएका छन् । तर राजीनामा गर्दैमा समस्याको समाधान हुन्न । यस्ता कतत्वहरुलाई दण्ड नगरिन्जेल राष्ट्रले निकाश पाउन्न । अवको नेपालमा यस्ता देशद्रोहीहरुलाई सत्तामा बस्ने उनीहरुको कुनै नैतिक अधिकार हुनेछैन । राजसंस्था विस्थापित होइन, सुसुप्त अवस्थामा छ । राजाको पर्ुनर्स्थापना नभई पार्टर्ीी नेता वा कोही सुरक्षित हुने अवस्था छैन । केही समय राजाको बहिर्गमन भएको अवस्थामा त देशको हालत यो छ भने राजा बिनाको नेपालको भविष्य कस्तो होला - सहजै अनुमान गर्न सकिन्छ । सम्राज्यवादी शक्तिसँग लडेर स्थापित भएको राजतन्त्र देशद्रोही नेताहरुको खेलौना बनेर विस्थापित भन्न् मिल्दैन । यो राष्ट्रको निकाश भनेको राजाको उपस्थितिमा नेपालको पहिचान र अस्तित्व बचाउँदै सम्पर्ूण्ा जातजातीको सहमति जुटाएर निकासको बिन्दमा पुग्नु हो । यी सबै कुराको छिनोफानो गर्न अवको लर्डाई देशद्रोही र परचक्रीहरुलाई परास्त गरेर 'पर्ूवमा टिष्टा र पश्चिममा काँगडा' सम्म गुमेको हिजोको विशाल नेपालको भूभाग समेत एकत्रित बनाएर यो हिमवतखण्ड नेपालको नवसिर्जना गर्नु हो । -यो लेखक को निजी बिचार हो - नेपाल मदर डट कम

3 comments:

  1. राम प्रसाद जि, तपाईंको वेब साइत हेरेपछी खुशी लाग्यो, सबै समेत्नु भएको रहेछ, बिदेश्को बसाइमा पनि नेपाल प्रती को तपाईंको चासो लाई मेरो सलाम छ। स्तरिय छ , अरुको भन्दा भिन्न छ शुभकामना .
    डा. हरी शर्मा
    काठमाडौं

    ReplyDelete
  2. राम प्रसाद जि, तपाईंको वेब साइत हेरेपछी खुशी लाग्यो, सबै समेत्नु भएको रहेछ, बिदेश्को बसाइमा पनि नेपाल प्रती को तपाईंको चासो लाई मेरो सलाम छ। स्तरिय छ , अरुको भन्दा भिन्न छ शुभकामना .
    डा. हरी शर्मा
    काठमाडौं

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक