20081227

वाईसीएलको अर्धसैनिक संरचना विघटन गर्ने, कब्जा सम्पत्ति फिर्ता र वाईसीएल बसेका सार्वजनिक र निजी भवन खाली गरिने

प्रमुख सत्तारुढ दल माओवादीले सशस्त्र द्वन्द्वकालमा कब्जा सम्पत्ति फिर्ता र आफ्नो भातृसंगठन वाईसीएलको ´अर्धसैनिक संरचना´ विघटन गर्ने भएको छ।
सत्ता साझेदर दल एमालेसित गोदावरीमा शनिबार सम्पन्न छलफलमा माओवादीले वाईसीएलले कब्जा गरेर बसेका सरकारी तथा निजी भवन तथा सम्पत्तिसमेत पनि फिर्ता गर्ने सहमति गरेको छ। सहमतिअनुसार औद्योगिक क्षेत्र र सार्वजनिक भवनमा बस्दै आएका वाईसीएलले तीन दिनभित्र ती ठाउँ खाली गर्ने प्रक्रिया थाल्नेछ। ´कब्जा गरिएका घर जग्गा तत्काल फिर्ता गर्ने र वाईसीएल बस्दै आएका सरकारी तथा सार्वजनिक भवन खाली गर्ने सहमति भएको छ,´ एमाले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले भने। उनका अनुसार तीन दिनभित्रै सम्पत्ति फिर्ता र वाईसीएलद्वारा कब्जा गरिएका भवन खाली गर्ने प्रक्रिया थाल्न माओवादी सहमत भएको छ। वाईसीएल बालाजु, हेटौंडालगायतका औद्योगिक क्षेत्रमा बस्दै आएको छ। माओवादीले सम्पत्ति फिर्ता गर्नुपर्ने, वाईसीएलको अर्धसैनिक संरचना भंग गर्नेलगायतका नौ बुँदे माग राखेर प्रमुख विपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ। शनिबार ६ घन्टासम्म चलेको बैठक दुई दलबीचको सम्बन्ध सुधार्ने कुरामै बढी बितेको जानकारी नेताले दिएका छन्। सत्तारुढ दलबीचको एकतालाई दह्रो बनाई विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिलाई पनि छिट्टै पूर्णता दिइने दुई दलबीच सहमति भएको छ। एमाले संविधानसभा दलको कार्यालयमा बिहीबार बसेको दुई दलको बैठकले माओवादी–एमालेबीचको सम्बन्धलाई सुधार्न माओवादीका तर्फबाट कानुनमन्त्री देव गुरुङ र एमालेका तर्फबाट भीम रावललाई जिम्मेवारी दिएको थियो। गुरुङ र रावलले दुई दलबीच यसअघि भएका सम्झौतालाई पुनरावलोकन गरी शनिबार बस्ने बैठकमा पेश गर्ने भनिएको थियो। गुरुङ र रावलले तयार पारेको एजेन्डामा रहेर शनिबारको छलफल अघि बढेको माओवादी प्रवक्ता दिनानाथ शर्माले बताए। उनले आफ्नो दलको प्रत्यक्ष निर्देशनमा कब्जामा नभएको, तर त्यस्तो भए छोड्ने बताए। उनले एमाले स्थायी समितिका सदस्य अमृतकुमार बोहराका दाजुको सम्पत्ति पनि कब्जा रहेको र त्यसको राजनीतिक समाधान खोज्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले महासचिव झलनाथ खनाललाई जिम्मा दिइएको प्रवक्ता शर्माले बताए।
बैठकमा माओवादीले प्रेसमाथि भएका घटनाले पार्टीलाई ठूलो क्षति पुर्‍याएको भन्दै दोषीमाथि कारबाहीको प्रतिबद्धता जनाएको एमाले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले बताए। प्रवक्ता शर्माले स्थानीय निकायमा नियुक्ति तथा संवैधानिक र राजनीतिक नियुक्तिका बारेमा पनि छलफल चले पनि नटुंगिएकाले आइतबार पुनः दुई दलबीच बैठक हुने बताए। उनले आइतबार बस्ने बैठकमा नै सेना समायोजन विशेष समितिलाई पूर्णता दिइने र कांग्रेससित सहमति गरी सदन सुचारु पनि गरिने बताए। ´विशेष समितिमा को को जाने त्यसबारेमा भोलि टुंगो लाग्छ। त्यसको लगत्तै कांग्रेससँग छलफल गरेर अबरुद्ध सदन पनि सुचारु हुन्छ,´ शर्माले भने। दुई दलबीचको छलफल अझै नटुंगिएकाले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान आठ बजे पुनः बैठक बस्ने शर्माले बताए। दुई दलको बैठकपछि १० बजे कांग्रेससहित तीन दलको बैठक बस्ने भएको छ।
गोदावरी रिसोर्टमा सम्पन्न दुई दलको बैठकमा दुवै दलका शीर्ष नेता सहभागी थिए। बैठकमा माओवादीका तर्फबाट माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालसहित बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा, देव गुरुङ र दिनानाथ शर्मा तथा एमालेका तर्फबाट महासचिव झलानाथ खनालसहित पूर्व महासचिव माधवकुमार नेपाल, वामदेव गौतम, विष्णु पौडेल, अमृतकुमार बोहरा, सुरेन्द्र पा48डे, भीम रावल र विद्या भ48डारी सहभागी थिए।


मित्र श्री गोबिन्द मैनाली र भाउजु मन्दिरा मैनालीको विवाह को २५ औ बर्श् गाठलाई हार्दिक शुभकामना !!!

दुबै जना नेपाली, नेपाली मन, संघर्शका गाथाहरु पार गर्दै छोटो समयमै ऊदाहरणिय अमेरिकी कथा बन्न सफल उद्यमी जोडी, अमेरिकामा विवाहको २५ औ बर्ष गाठ, गैन्स्विल भर्जिनियाको भब्य सिँगारिएको घर, ठुलै जमघट, भब्य भोज, विवाह को २५ औ बर्श् गाठ मनाउदै गरेका यी आदर्णीय मित्र श्री गोबिन्द मैनाली र भाउजु मन्दिरा मैनालीको निम्तो स्विकार गर्दै बिरामी भएर सुतेको म सकी नसकी शनिबार साँझ शुभकामना दिन त्यहा पुग्दा लाग्थ्यो म काठमाडौंमा आयोजित एक भब्य नेपाली पार्टी मा छु त्यो पार्टीमा पुग्दा मैले मेरो विवाहका साल गने १६ बर्श् पुगेछन, अनी औंला भाचे ९ बर्श् अझै कुर्नुपर्ने भयो मैले गोबिन्द जि र भाउजु मन्दिरा लाई भेटाउन । जेहोश आनन्द आयो, सबै लाई रमाइलो लाग्यो यो पार्टी । गोबिन्द मैनाली र भाउजु मन्दिरा मैनालीको यो २५ औ बर्श् गाठ लाई हार्दिक शुभकामना, ५० औ , ७५ औ, १०० औ, हुँदै सके अरु बर्श् गाठ पनि यसरी नै मनाउन पाइयोश कामना , यो मैनाली जोडी को उत्तरोत्तर् प्रगती, उन्नती, सुस्वास्थ्य को कामना पनि , हामी खनाल परिवारको तर्फबाट !!! ,





गोर्खा भर्ति बन्द नगरिने


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालै गोर्खा भर्ति बन्द नगरिने जानकारी दिनुभएको छ । गोर्खा भर्ति बन्द गर्ने वा नगर्ने भन्नेबारे स्पष्ट पार्न माग गर्दै ज्ञापनपत्र बुझाउन गएको भूतपर्ूव सैनिक संर्घष्ा समितिसँग प्रधानमन्त्रीले देशभित्रै पर्याप्त रोजगारीको अवस्था नहुन्जेल भर्तिकेन्द्र बन्द नगरिने बताउनुभएको हो । धेरै उद्योग सञ्चालन गरेर युवायुवतीलाई देशभित्रै रोजगारी दिने सरकारको नीति भएपनि अहिल्यै त्यस्तो अवस्था नभएकोले भतिकेन्द्र बन्द नगरिने बताएको संर्घष्ा समितिले जानकारी दिएको छ ।


रक्षामन्त्रीसँग सेनापतिको विवाद

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानसेनापति रुक्मागंत कटुवालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुलुकको शान्ति सुरक्षाका विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ साथै सेनामा नयाँ भर्ना गर्नका लागि आवेदन माग भएको विषयमा पनि प्रधानमन्त्रीले सेनापतिलाई स्पष्ट पार्न भनेका थिए। सो विषयमा रक्षा मन्त्री रामबहादुर थापासँग सेनापतिको विवाद भएको थियो। रक्षामन्त्रीले सेनामा नयाँ भर्ना रोक्न निर्देशन दिएका थिए भने सेनापतिले पनि अवकास, राजिनामा आदि कारणले खाली भएका पदमा मात्र भर्ना माग गरिएकाले सरकारको निर्देशन मान्न नसक्ने बताएका थिए। सेनापतिले यस अघिका सरकारका पालामा पनि यसरी नै भर्ना लिएको कुरा अवगत समेत गराएका थिए।
यसै विषयमा सेनापतिले प्रधानमन्त्रीसँग आज पनि विवाद गर्ने मुडमा देखिएकाले थप कुरा अगाडि नबढेको स्रोतको दाबी छ।
सेनामा भर्नाकै विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री रामबहादुर थापालगायत माओवादी नेताहरुले माओवादीले पनि जनसेनामा नयाँ भर्ना लिने बताए पछि विवादको विषय बन्दै आएको छ। साथै अनमिन प्रमुख इयान मार्टिन मार्फतसमेत सेनालाई नयाँ भर्ना रोक्न सार्वजनिक तवरले दबाब दिइएको थियो।


नेपालमा राजनीतिक अस्थिरता र अराजकता अरू बढेर जाने सम्भावना

प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकार अब धेरै समय नरहने सङ्केतहरू मिल्न थालेका छन्। दस वर्ष लामो जनयुद्धमा छिमेकी मित्रराष्ट्र भारतलाई आश्रय स्थल बनाएका माओवादीहरू ०६२ सालको मङ्सिरमा राजनीतिक दलहरूसँग बाह्रबुँदे समझदारी बनाएपछि भारतसँग निकट रहँदै आएका थिए। भारतीय राजधानी नयाँदिल्लीमा भारतकै मध्यस्थतामा सम्झौता भएपछि भारतले माओवादीमाथि ठूलो भरोसा राखेको थियो। माओवादी लोकतन्त्रकै पक्षमा उभिने र उनीहरू भारतीय हित प्रतिकूलको गतिविधिमा संलग्न नहुने विश्वास भारतले गरेको बताइन्छ। तर, संविधानसभा निर्वाचनमा अनपेक्षित विजय हासिल गरेपछि माओवादीको अहंकार बढेको र प्रचण्डको नेतृत्वमा सरकार गठन भएपछि आफूहरूसँग धेरै नै टेढिएको निष्कर्ष भारतले निकालेको बुझिएको छ। खासगरी पछिल्लो समयमा नेपालमा बढेको चिनियाँ प्रभाव र उल्लेखनीय गतिविधिका पछाडि भारतले माओवादीकै भूमिका देखेको छ। चिनियाँ विज्ञ, चिनियाँ सेनाका उच्चाधिकारी तथा राजनीतिक तहमा भएका भ्रमणहरूले नेपालमा चीनको चासो बढेको वास्तविकता स्पष्ट गरेको छ। नेपालको सार्वभौमिकता खतरामा परेको र चीन नेपाली सार्वभौमिकताको रक्षाका निमित जस्तोसुकै कदम चाल्न पनि तत्पर रहेको भन्नेजस्ता अभिव्यक्ति चीनका तर्फबाट प्रकट हुनुलाई भारतले अत्यन्त गम्भीरताका साथ लिएको छ र नेपाली भूमिमा चिनियाँ गतिविधिलाई प्रश्रय दिने माओवादी सरकारमा धेरै समय रहँदा आफूहरूको हितमा गम्भीर धक्का पुग्ने ठहर भारतले गरेको पनि बुझिएको छ। त्यसैले प्रचण्ड नेतृत्वको सरकारको आयु छोटिएको अनुमान गर्नु उचित हुने देखिएको छ। भारतलाई मुख र चीनलाई मन दिने नीति लिँदै आएको माओवादी नेतृत्वले 'राजा' र गिरिजाप्रसाद कोइरालाहरूलाई झैं भारतलाई पनि उपयोग गर्ने प्रयास गरिरहेको विश्लेषकहरूले ठानेका थिए। तर, उपयोगिताको चरण नसकिँदै माओवादी नै झस्किने गरी भारत भड्किएको छ। भारत भड्किएको आभास माओवादी नेतृत्वलाई पनि भइसकेको छ र भारतलाई कसरी खुसी पार्ने भन्ने चिन्ता माओवादी नेतृत्वमा पैदा भएको बुझिन्छ। भारतलाई दुखाएर सत्तामा रहन सकिने विश्वासमा नरहेको माओवादी नेतृत्वले कसरी भारतलाई खुसी पार्न कोसिस गर्ने हो भने सो बुझ्न सकिएको छैन, तर भारतलाई रिझाउन प्रयास गर्नेचाहिँ निश्चित छ। काङ्गे्रसका सभापति गिरिजाप्रसादको कोइराला माओवादीविरुद्ध एक अभियान नै बनाएर सक्रिय रहनुहुँदा उहाँको अभियानप्रति धेरैको ध्यान आकर्षित भएको थिएन। साथमा छिमेकी राष्ट्रको विश्वासप्राप्त झापाका कृष्णप्रसाद सिटौलालाई बोकेर हिँड्नु अत्यन्त अप्रिय काम भए पनि कोइराला सिटौलालाई छोड्ने पक्षमा देखिनुभएन। आगामी चैतभित्रै प्रचण्डको सरकार ढाली आफू प्रधानमन्त्री बन्न इच्छुक रहनुभएको ठानिएका कोइरालाले सिटौलालाई साथमा राखिरहनुको एक मात्र कारण छिमेकी राष्ट्रको विश्वास पाउनका लागि हो भन्ने धेरैले बुझेका थिए। वास्तवमा सिटौलाले भारतलाई प्रभावित गर्न सक्ने स्थिति भने थिएन। 'चाइना कार्ड' प्रयोग गर्न खोजेकोमा राजासँग क्रूद्ध भारतले बदलास्वरूप गणतन्त्र नै ल्याइदिएको स्पष्ट हुँदाहुँदै पनि माओवादीले 'चाइना कार्ड' प्रयोग गर्न खोज्नु सामान्य कुरा थिएन। माओवादीले 'चाइना कार्ड' प्रयोग गर्न थालेपछि सिटौलाले पुन 'काम देखाउने' मौका पाएका छन्। उनी गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाएर पुनः गृहमन्त्री बन्ने अभियानमा जुटेका छन्। तर, गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउने कुरामा मित्रराष्ट्र त्यति उत्साहित नरहेको बताइन्छ। चिनियाँ प्रभाव र गतिविधि कम गर्न बरु शेरबहादुर देउवा नै उपयुक्त पात्र हुने भारतले ठान्न थालेको बुझिएको छ। यतिबेला लोकतन्त्र स्थापनापछि तराईमा जन्मिएका राजनीतिक दलहरू प्रचण्ड सरकारविरुद्ध सङ्घर्ष गर्ने पृष्ठभूमि बनाउँदै छन्। गिरिजाप्रसाद कोइरालाले जागरण अभियान सुरु गर्नु, एमालेले माओवादीसँग दूरीको व्यवहार गर्नु, फोरम पनि सरकारबाट बाहिरिने घुर्की देखाइरहनु र यही बेला मित्रराष्ट्र भारत पनि भड्किनुलाई संयोग माने पनि सङ्गठित एवम् नियोजित प्रयास माने पनि माओवादी घेराबन्दीमा पर्दै गएकोचाहिँ टड्कारो देखिँदै छ। महन्थ ठाकुर नामक मध्यतराईका एक नेताले एक मधेस नभए एक नेपाल पनि रहनेछैन भनी गम्भीर एवम् आपत्तिजनक अभिव्यक्ति दिनुलाई छिमेकी मित्रराष्ट्र रिसाउनुकै परिणामका रूपमा लिने हो भने निकट भविष्यमै तराईमा उत्पादन मच्चाइने सङ्केतका रूपमा यसलाई बुझ्नु उचित हुने देखिएको छ। घटनाक्रमहरूले नेपालमा राजनीतिक अस्थिरता र अराजकता अरू बढेर जाने सम्भावना बढेको छ




वामदेव गौतम एक्कासि जङ्गिँदै भन्नुभयो, 'मैले राजीनामा दिनुपर्ने? ल म दिन तयार छु"


उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम एक्कासि जङ्गिँदै उठ्नुभयो। दायाँ–बायाँ कतै नहेरीकन वामदेवले भन्नुभयो, 'मैले राजीनामा दिनुपर्ने? ल म दिन तयार छु। सबै कुराको दोष मैले लिनुपर्ने?' वामदेव निरन्तर कडि्करहनुभयो, 'ठीक छ कहिले दिनुपर्ने हो। दिउँला।' उपरोक्त घटना अस्ति सोमबार सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकको हो। त्यतिबेला बोल्ने पालो कृष्णगोपाल श्रेष्ठको थियो। र, श्रेष्ठले बोलिरहेका बेला गृहमन्त्री गौतम उठेर झोक्किनुभएको थियो। एमाले स्रोतका अनुसार नेता श्रेष्ठले राष्ट्रिय भूमि अधिकार मञ्चले खुल्लामञ्चमा आयोजना गरेको धर्ना कार्यक्रममा मोबाइलबाट प्रधानमन्त्री प्रचण्डसँग गौतमले गर्नुभएको कुराकानीप्रति कटाक्ष गर्नुभएको थियो। 'भूमिहीनको माग पूरा हुन्छ कि हँुदैन भनेर प्रचण्डलाई फोन गरेजस्तो गर्नुभो हाम्रै मन्त्रीले। प्रचण्डलाई गरेको हो कि अर्कैलाई के थाहा?' श्रेष्ठले भन्नुभएको थियो, 'हरेक कुरामा प्रचण्डको पछि लाग्ने? प्रचण्डले जे भन्यो त्यही मान्ने? शान्ति–सुरक्षामा सुधार खोइ? यस्त्ाो चालले हुन्छ?' श्रेष्ठले बोलिरहेका बेला गौतमले जुरुक्क उठेर राजीनामा मागेको? भन्दै खनिनुभएको थियो। श्रेष्ठले त्यतिबेलै भन्नुभयो, 'मैले माग्नुपर्दैन राजीनामा। आवश्यक परेमा पार्टीले माग्छ।' त्यसपछि गौतमले भन्नुभयो, 'ठीक छ। माग्न्ाुस् राजीनामा, म दिन तयार छु। तर मैले राम्रै काम गर्न थालेको छु।' आफ्नो हैरानीका बारेमा गौतमले यो पनि खुलासा गर्नुभयो, 'मलाई दिनभरि माओवादीकै प्रेसर छ। म जति तनावमा कोही पनि हुँदैन होला। मुद्दा फिर्ताका लागि प्रेसर दिएका दियै छन्। मेरो बाध्यतालाई पनि तपाईंहरूले बुझिदिनुपर्‍यो।'
अर्का केन्द्रीय सदस्य पुरुषोत्तम पौडेलले बारामा पत्रकार वीरेन्द्र साहको हत्या अभियोगमा जेलमा रहेका व्यक्तिलाई रिहा गरिएको भन्दै गौतमसँग जवाफ माग्न्ाुभएको थियो। जवाफमा गौतमले गृहसचिव गोविन्द कुसुमलाई आफ्नै मोबाइलबाट फोन गरेर यसबारेमा सोध्नुभएको थियो। सबैले सुन्नेगरी गौतमले सोध्दा सचिव कुसुमले रिहा नभएको जवाफ दिनुभएको थियो। त्यसपछि मात्रै बैठक शान्त हुन पुगेको थियो।


क्यानाडाको राजधानी ओटावामा NRN को अन्तर्कृया कार्यक्रम

NRN क्यानाडाको निर्णय अनुसार बिभिन्न शहरहरूमा अन्तर्कृया कार्यक्रमहरू सम्पन्न भईरहेका छनर हालै क्यानाडाको राजधानी ओटावामा ल्च्ल् को अन्तर्कृया कार्यक्रम National coordination council अध्यक्ष नबराज गुरुङको उपस्थितीमा सम्पन्न भएको छर डिसेम्बर द्दण् मा सम्पन्न उक्त अन्तर्कृया कार्यक्रमको सन्चालन तोया बराल ले गर्नु भएको थियो भने सभापतित्व राष्ट्रिय समन्वय परिषदकी सदस्य तथा महिला र बालबलिका समितिकी राष्ट्रिय सम्योजक राधा बस्न्यातले गर्नु भएको थियोर कार्यक्रममा उपस्थितहरूलाई स्वागत गर्दै अन्तरराष्ट्रिय सम्बन्धका सम्योजक प्रमोद ढकालले ल्च्ल् को भूमिकाका सन्दर्भमा चर्चा गर्नु भएको थियोर कार्यक्रमका प्रमुख अतिथी तथा ल्च्ल् राष्ट्रिय समन्वय परिषदका अध्यक्ष नबराज गुरुङले NRN को महत्व, हाल सम्मका उपलब्धिहरू र भाबी कार्यक्रमका सम्बन्धमा प्रकाश पार्नुभएको थियोर राष्ट्रिय समन्वय परिषदका सदस्य डा। तुलसी धरेलले NRN को इतिहाँस र दोहोरो नागरिकताका बिषयमा बोल्नुभएको थियो भने अर्का सदस्य तथा भाषा, साहित्य र सस्कृति समितिका राष्ट्रिय सम्योजक मुक्ती गौतमले समितिको आवश्यकता र स्थानिय संघ-संस्थाको सहभागिताको बिषयमा बोल्नु भएको थियो।
कार्यक्रमको दोस्रो चरनमा सहभागिहरू छलफल तथा प्रस्नोत्तरमा सक्रिय सहभागी हुनुभयो। शिव घिमिरे, प्रमोद कौसिक, तारा उप्रेती, आसिश, कालिदास सुबेदी, डा। कृष्णहरी गौतम तथा अन्य बक्ताहरूले ल्च्ल् का प्राथमिकता, आगामी कार्यक्रम, युबा परिचालन तथा नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चीनाउने कुरामा ल्च्ल् को भूमिकाका बिषयमा बोल्नु भएको थियो। अन्तमा शहभागीहरूका जिज्ञासाहरूको जबाफ National coordination council अध्यक्ष नबराज गुरुङ र सदस्यहरूले दिनु भएको थियो।


कोलोराडो र इलिनोइमा काँग्रेसीहरुको भेटघाट

न्यूयोर्क,अमेरिका । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले नेपालको वर्तमान राजनीतिक अस्थिरताको प्रमुख जड माओवादी नै भएको बताउनु भएको छ । हाल अमेरिकाका काँग्रेस शुभेच्छुकहरुसँगको भेटघाटका क्रममा कोलोराडो पुग्नु भएका नेता भण्डारीले त्यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो भनाई व्यक्त गर्नुभएको हो ।
नेपाली जनसर्म्पर्क समिति,कोलोराडो च्याप्टरले बुधवार आयोजना गरेको काँग्रेस शुभेच्छुकहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै भण्डारीले माओवादीको कारण जति नै अवरोध आएपनि नेपाली काँग्रेसले नयाँ संविधान बनाउने दायित्व पुरा गर्ने दृढता समेत व्यक्त गर्नुभयो । समितिका केन्द्रीय कोषाध्यक्ष एवं कोलोराडो च्याप्टरका सभापति धर्मराज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य नेता भण्डारीले जनसर्म्पर्क समिति,अमेरिकाको अन्यौल बारे बोल्दै हालै न्यूयोर्कमा सम्पन्न अधिवेशनबाट आएको समिति र नेतृत्व नै आधिकारिक भएको काँग्रेस शुभेच्छुकहरुलाई स्पष्ट पार्नुभयो । उहाँले न्यूयोर्क अधिवेशनबाट आएको नेतृत्व र समितिलाई सहयोग पुर्याउने कार्य गर्न अमेरिकामा रहेका काँग्रेस शुभेच्छुकहरुलाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा नेता भण्डारीसँगै भ्रमणमा रहनुभएका पत्रकार एवं नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य कविर राणाले पनि नेपालको समसामयिक राजनीति र अमेरिकास्थित जनसर्म्पर्क समितिको आन्तरिक विषयमा प्रकाश पार्नुभएको थियो । च्याप्टरका सभापति श्रेष्ठले कार्यक्रमबारे जानकारी दिदैं सशीन्द्र बस्नेत,नारायण श्रेष्ठ सानो,शेखर पोखरेल,क्रान्ति गौलीलगायतका च्याप्टरका पदाधिकारीहरुको परिचय गराउनु थियो । सो अवसरमा स्थानीय जगन्नाथ गौतमलगायतका सहभागीहरुले नेता भण्डारीसँग जिज्ञासा राखेका थिए ।
यसैगरी नेता भण्डारी र पत्रकार राणा यसअघि इलिनोई राज्यको क्वाडसिटी शहरमा रहेका काँग्रेस शुभेच्छुकहरुले उहाँहरुको सम्मानमा आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रममा त्यहाँ बसोबास गर्ने करीब २५ नेपाली परिवारका काँग्रेस शुभेच्छुकहरुको सहभागिता थियो । काँग्रेस शुभेच्छुकहरुले पहिलोपटक सो शहरमा यस्तो भेटघाट आयोजना गरेका हुन् । सो शहरमा चाँडै नै नेपाली जनसर्म्पर्क समितिको स्थानीय च्याप्टर खुल्ने जानकारी सो कार्यक्रमका स्थानीय संयोजक किरण बस्नेतले दिनु भएको छ । क्वाडसिटी इलिनोई र ओहायो राज्यको बीचमा रहेको इलिनोइ राज्य अर्न्तर्गतको एक प्रमुख शहर हो । अमेरिकाका नयाँ राष्ट्रपति बाराक ओबामा यसै राज्यको स्थानीय बासिन्दा समेत हुन् । यसैगरी इलिनोइकै सिकागो शहरमा पनि समितिको स्थानीय च्याप्टर गठनको तयारी भईरहेको छ ।
क्वाडसिटीमा आयोजित कार्यक्रममा त्यहाँ रहेका स्थानीय नेपालीहरु मध्ये पर्ूव प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायका पुत्र डाक्टर राजेन्द्र उपाध्याय, पर्ूव विद्यार्थी नेता राजेश पण्डितसहित अजय उपाध्याय,सुरेश बस्नेतलगायतका काँग्रेस शुभेच्छुकहरुको सहभागिता थियो । नेता भण्डारी र पत्रकार राणाले सो अवसरमा नेपालको राजनीति र अमेरिकास्थित जनसर्म्पर्क समितिको आन्तरिक विषयका बारे चर्चा गर्नुभएको थियो । उहाँहरुको सम्मानमा त्यहाँ नेपाली साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
गत नोभेम्वर २८ र २९ तारिख न्यूयोर्कमा सम्पन्न नेपाली जनसर्म्पर्क समितिको प्रथम महाधिवेशन उद्घाटनका लागि आउनु भएका काँग्रेस केन्द्रीय सदस्य भण्डारी र पत्रकार राणा हाल जनसर्म्पर्क समितिको संगठन विस्तार र काँग्रेस कार्यकर्ताहरुसँगको भेटघाटमा विभिन्न राज्यको भ्रमणमा हुनुहुन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक