20090123

माओवादी सेना विरुद्ध सार्वजनिक अभिव्यक्ति नदिन चेतावनी


माओवादीको सेनाले राजनीतिक दल र तिनका नेतालाई आफ्ना सेना विरुद्ध सार्वजनिक अभिव्यक्ति नदिन चेतावनी दिदैं त्यस्ता अभिव्यक्तिले शान्ति प्रक्रिया गंभिर संकटमा पर्ने उल्लेख गरेको छ। शुक्रबार जनमुक्ति सेनाको तर्फबाट प्रकाशित विज्ञप्तिमा यस्ता अभिव्यक्तिले देशमा थप संकटको स्थिति सृजना गर्न सक्ने जनाइएकोछ। नेकपा एमालेका पूर्व महासचिव माधव नेपाल एवं मधेसी जनअधिकार फोरमा अध्यक्ष उपेन्द्र यादवले जनमुक्ति सेना विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको भोलिपल्ट जनमुक्ति सेनाले वक्तव्य प्रकाशित गर्दै यस्ता अभिव्यक्तिले थप संघर्ष निम्ताउन सक्ने उल्लेख गरेको हो। जनमुक्ति सेनाको केन्द्रीय कार्यालयका तर्फबाट ´मंजिल´का नाममा जारी गरिएको वक्तव्यमा यस्ता विचारले देशमा राजनीतिक द्वन्द्व र अनिश्चितता निम्ताउने उल्लेख छ। एमाले नेता नेपालले पोखरामा आफ्नो पार्टी विद्यार्थी संगठनका कार्यकर्तालाई अस्पतालमा भेट्ने क्रममा माओवादी लडाकुलाई अपराधिको संज्ञा दिदैं तिनलाई जेलमा लगेर राख्‍नुपर्ने अभिव्यक्ति दिएका थिए। यस्तै अध्यक्ष यादवले जनमुक्ति सेनलाई कुनै पनि हालतमा नेपाली सेनामा समायोजन गर्न नसकिने बताएका थिए। जनमुक्ति सेनाले सम्मानपूर्वक आफ्ना लडाकुलाई नेपाली सेनामा कुनै भेदभाव बिना नै सम्मानपूर्वक समायोजन गर्ने विषयमा सरकारको पनि ध्यानाकर्षण गराएको छ।


एमाले अखिललाई माओवादी अखिलको चेतावनी

माओवादी सम्बद्ध अखिलले पोखरा घटनाको बहानामा एमाले अखिलले मुलुकका विभिन्न क्याम्पसमा झडपको स्थिति पैदा गर्न खोजेको आरोप लगाउँदै निहुँ खोज्नेले महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ। सत्तारुढ सबभन्दा ठूलो दल माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी पोखरा घटनालाई बढी नउचाल्न आग्रह गर्दै सत्तारुढ दोस्रो ठूलो दल एमालेको भातृ संगठनलाई त्यस्तो चेतावनी दिएको हो। क्रान्तिकारीका महासचिव हिमाल शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा पोखराको घटनाको बहानामा मुलुकका विभिन्न क्याम्पसमा अनेरास्ववियुले ´झडपको स्थिति पैदा गर्न खोजेको´ आरोप लगाइएको छ । धरान विराटनगर गोरखा र सुर्खेतमा बिहीबार भएका घटनाले यसैलाई पुष्टि गरेको दाबी गरिएको छ । यस्तो परिस्थिति जारी राखे आफ्नो संगठन प्रतिरोध गर्न बाध्य हुने बताउँदै विज्ञप्तिमा क्रान्तिकारीले निहुँ खोज्नेले महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिइएको छ।

1 comment:

  1. RAM PRASAD JI MUTU MA HAAT RAKHERA BHANUS TA K RAJA SAHI THIYE TA? K YEMALE SAHI THIYO TA? KI KANGRES SAHI THIYO ? 5 MAHINA MA TAPAI LE KE CHAMTKAR KO AASA RAKHNU HUNCHHA,RAAJA KO AASA TA HIMI LE NI GAREKAI HAU!!KUNAI BELA YEMALE NI BHAA KA HAU,TARA SABAI TESTAI RAICHAN,YO DES LAI MAOBADI LE NAI TAHA LAUNU PARCHA HERNUS,MA MAOBADI NABHANE NI MERO YO BICHAR CHHA,SABAI SARAI CHADA BHAI SAKE,LATO KA BHUT BATO SE NAHIN MANTA,BANDUK LE GOLI THOKNAI PARCHHA,DES KO MAYA NAGARNE HARU LAI!!!!!!!!!

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक