स्वर्गीय इन्द्र लोहनीको शनिबार अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। नेपाल बार एसोसिएसनको परिसरबाट उनको पार्थिव शरीर शवयात्रासहित आर्यघाटमा लगेर दाहसंस्कार गरिएको हो। स्वर्गीय लोहनीलाई ठूलो संख्यामा उपस्थित कानुन व्यवसायी, सञ्चारकर्मी, राजनीतिकर्मी, कलाकार र सर्वसाधारणले आर्यघाटमा पुगेर अन्तिम श्रद्धासुमन चढाएका थिए।

नेपाल टेलिभिजनमा लामो समय सम्म सँगै काम गरेका मेरा अनन्य मित्र टेलिभिजन संचारकर्मी तथा अधिवक्ता इन्द्र लोहनीको शुक्रबार साँझ राजधानीमा दुःखद निधन भएको छ। यस् दु:खद घडीमा स्वर्गिय लोहनिको आत्माको चिरसान्तीको कामना गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना ब्यक्त गर्दछु मेरो तर्फ बाट अनी नेपाल मदर डट कम र अन्तरराष्ट्रिय कलाकार मन्च को तर्फबाट पनि ।छातीमा अचानक अप्ठेरो महसुस गरेपछि उनलाई उपचारका लागि नर्भिक अस्पतालमा लगिए पनि अस्पताल पुर्याउनु अगाडि नै उनको निधन भइसकेको चिकित्सकले बताएका छन्। लोहनीलाई ८ बजेर १० मिनेट जाँदा नर्भिक अस्पताल पुर्याइएको थियो। त्यसभन्दा २० मिनेट पहिले नै उनको निधन भइसकेको नर्भिक अस्पतालका चिकित्सक भरत रावलले जानकारी दिएका छन्।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक