20090206

गिरिजा लागे धमलालाई बचाउन, प्रधानमन्त्रिले स्विकारे उमाका हत्यारा माओवादी !

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई सरकारले नियोजित रुपमा फसाएको दाबी गरेका छन्। राजधानीको महाराजगन्जस्थित निवासमा कोइरालाले नेपालमा प्रेस र संचारकर्मीले भोगिरहेको अवस्थाको अध्ययन गर्न आएको अन्तर्राष्ट्रिय मिसन र नेपाल पत्रकार महासंघका प्रतिनिधिसित कुराकानी गर्दै त्यस्तो दाबी गरेका हुन्। ´सरकारले ऊसलाई (ऋषि धमलालाई) लगाएको मुद्दा ´फेब्रिकेटेड´ (नियोजित) हो। वर्तमान सरकार र सत्ताको नेतृत्व गरिरहेको पार्टी माओवादीले पत्रकारको हत्या धम्की यातना र अपहरणका घटना बारम्बार गरिरहेको छ´ कोइरालाको भनाइ उद्धृत गर्दै भेटवार्ताका एक सहभागीले भने। ती सहभागीका अनुसार कोइरालाले प्रेस र संचारकर्मीमाथि भइरहेका आक्रमणका घटनाका दोषीलाई सरकारद्वारा कारबाही नगरिएका कारण दण्डहीनता बढेकाले प्रेस असुरक्षित भएको धारणा राखेका थिए। ´मिडिया र स‌ंचारकर्मीको सुरक्षा दिने काम सरकारको हो। माओवादी नेतृत्वको सरकार लोकतान्त्रिक नभई अधिनायकवादी हो। अधिनायकवादी सरकारले प्रेसको सुरक्षा गर्दैन´ भन्दै कोइरालाले यो सरकारलाई प्रेसलाई सुरक्षा दिन बाध्य पार्न अन्तर्राष्ट्रिय समुदाय, पत्रकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज र दलहरुले व्यापक दबाब दिनु आवश्यक भएको बताए।
यता प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले पत्रकार उमा सिंहको हत्या, हिमाल मिडियामाथिको आक्रमणलगायतका घटनामा आफ्नो पार्टीका कार्यकर्ता संलग्न भएको स्वीकार गरेका छन्। शुक्रबार अन्तर्राष्ट्रिय मिडिया मिसनसँगको भेटघाटमा प्रधानमन्त्री दाहालले पत्रकार सिंहको हत्यारालाई कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक