20091120

माओवादी बिनाको सरकारको कुनै अर्थ र औचित्य छैन : एमाले उपाध्यक्ष वामदेव गौतम

बामदेवको माओवादी भाषा सुनेर सबै दंग !


नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुक सरकारविहीन अवस्थामा रहेको बताएका छन्। नेकपा एमाले डोटीको जिल्ला अघिवेशन उद्घाटनका लागि जाने क्रममा डडेलधुरा आइपुगेका उपाध्यक्ष गौतमले वर्तमान सरकार हुनु र नहुनुमा कुनै भिन्नता नरहेको आरोप लगाए। उनले भने- 'सिंहदरबारमा मात्र सरकार भएर हुँदैन, सिंहदरबारबाहेक कसैले सरकार भएको अनुभूति गर्नपाएका छैनन्, माओवादीबिनाको सरकारको कुनै अर्थ र औचित्य छैन, हामी माओवादीसहितको राष्ट्रिय सरकारका पक्षमा छौं।' उपाध्यक्ष गौतमले सञ्चारकर्मीको जिज्ञासामा भने - 'तुरुन्त माओवादीसहितको सरकार नबने मुलुक ठूलो दुर्घटनामा पर्नसक्छ।' अर्को एक प्रसङ्गमा उनले आफ्नो जीवनको प्रमुख लक्ष्य नेपालका वामपन्थीहरुको एक पार्टी बनाउने ऐतिहासिक काममा लागिपरेको बताए। मुलुकको सबैभन्दा ठूलो पार्टीलाई सरकार बाहिर राखेर संविधान बन्नसक्दैन-उनको भनाइ थियो।

1 comments:

Anonymous said...

you are a rotten potato in UML u must be removed from the party.

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

Ghar-E-Kabab Indian/Nepali cuisine

Ghar-E-Kabab Indian/Nepali cuisine
Ghar-E-Kabab (Indian/Nepali cuisine and Restaurent) 944 Wayne Ave, Silver Spring MD-20910, Pro. Lok Tiwari,Tel: 301-587-4427___________________________________

Shangri-La Nepali and Indian cuisine

Shangri-La Nepali and Indian cuisine
Shangri-La (Indian/Nepali Cuisine and Restaurent) 7345-A, Wisconsin Ave, Bethesda, MD, 20814, Tel: 301-656-4444