रोल्पा र प्युठानका प्रमुख जिल्ला अधिकारीमाथि गोली प्रहार गर्ने आफ्ना चार जना कार्यकर्ताहरुलाई एकीकृत नेकपा माओवादी दाङले नियन्त्रणमा लिई अनुसन्धानका लागि प्रहरीलाई बुझाएको छ । केही समयदेखि फरार रहेका ती कार्यकर्ताहरुलाई शुक्रबार राति पार्टीले नियन्त्रणमा लिएर राति नै प्रहरीको जिम्मा लगाएको हो । एक महिनाअघि प्युठानको मान्द्रेमा दुई जिल्लाका प्रजिअ चढेका गाडीमाथि भएको गोली प्रहार र लुटपाटको घटनामा संलग्नता रहेको आशंकामा दाङ काभ्रेका गुरुप्रसाद लम्साल -अर्जुन, काभ्रेकै रिमबहादुर नेपाली -अरुण), सोही ठाउँका झग्गु पन्त -रेशम) र स्यूजाका शंकर घर्तीलाई नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाइएको माओवादी दाङले जनाएको छ । ती चारै जना पार्टी जिल्ला सदस्य हुन । प्युठानमा भएको गोली प्रहार र लुटपाटपछि उनीहरु फरार रहेकाले त्यसमा उनीहरुको पनि संलग्नता रहेको हुनसक्ने आशंका गरिएको माओवादीका जिल्ला सेक्रेटरी सागरले बताएका छन् । कारबाही प्रक्रियामा प्रहरीलाई सहयोग गर्न ती कार्यकर्ताहरुलाई प्रहरीसमक्ष बुझाएको उनले बताए ।
गोली हानी हत्या
महोत्तरीको खुट्टा पिपराढी-२ मा गएराति अपरिचित मान्छेको समूहले एकजनालाई गोली हानी हत्या गरेको छ । पिपराढीका रुद्रनारायण यादवलाई राति करिब दर्ुइ बजे झण्डै पाँच जनाको स्ख्यामा रहेको समूहले सुतिरहेकै ठाउँमा गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी निरीक्षक बन्धुराज खनालले घरको भित्तामा प्वाल पारेर हत्या गर्न आएको समूहभित्र पसी हत्या गरेर त्यही प्वालबाट भागेका यादवका परिवारजनले बताएका छन । प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।
सरस्वतीको -आराधना
श्रीपञ्चमीको दिन आज नेपालभरका हिन्दूहरुले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूज्ाा-आराधना गरी मनाउँदैछन् । श्रीपञ्चमीको उपलक्षमा काठमाण्डु उपत्यका लगायत देसभरका विद्यालयहरुमा विद्यार्थी तथा शिक्षकहरु भेला भएर विद्याकी देवी सरस्वतीको पूजा तथा उत्सवहरु गरीरहेका छन् । देशका बिभिन्न ठाउँमा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो लागेको छ । आजबाट शिशिर ऋतु सकिएर नयाँ वर्षो पहिलो बसन्त ऋतु लाग्ने विश्वासका साथ बसन्तको महिमा सुन्ने चलन पनि रहेको छ । राष्ट्रपति डाक्टर रामवरण यादव आज वसन्त पञ्चमीको अवसरमा हनुमान ढोका नासल चोक जानु भई वसन्त श्रवण गर्नुभएको छ । उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधान न्यायाधीश केदारप्रसाद गिरीले टिका, प्रसाद लगाउनु भयो ।
20090131
20090130
गिरीजाप्रसाद कोइरालाको प्रेस वक्तब्य
संविधानसभाको निर्वाचन भएपछि देशमा दिगो शान्ति र सदभावको नयाँं अध्याय शुरू हुनेछ भन्ने सबैको विश्वास थियो। तर यो सरकारबाट त्यसो हुन सकेन। मुलुक अझ संकट र द्वन्द्वतिर धकेलिदैं गाये। आज हत्या अपहरण, लुटपाट आदि अनेक अपराधिक घटनाहरूले मुलुक आक्रान्त छ। कसैको पनि जीउ-धनको सुरक्षा छैन। सरकारकै प्रत्यक्ष वा परोक्ष संरक्षणमा यस्ता अवाञ्छित घटनारू भइरहेका छन। पारस्परिक एकता, धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावमा आघात पुर्याएर देशमा अन्योल, अस्थीरता र आशंकाको स्थिती सिर्जना गर्न सरकार नै लागिरहेको छ । स्वतन्त्र प्रेसमाथि प्रत्यक्ष र अप्रत्यक्ष आक्रमणको क्रम तीव्र हुनु र हिन्दुहरूको धार्मिक आस्थाको केन्द्र पशुपतिनाथमाथि भएको राजनीतिक हस्तक्षेप यसका केही जवलन्त उदाहरणहरू हुन् । देशमा मंहगी, बेरोजगारी हरेक दिन बढीरहेको छ । तर सरकारले यस्ता कुनै पनि कुरामा अलिकति पनि ध्यान दिइएको छैन । आज सरकारकै तर्फाट शिक्षा, स्वास्थ्य, उद्योग आदि हरेक क्षेत्रमा अस्थिरता र आतंक खडा गरिएको छ ।
राष्ट्रिय सेनाको आत्मविश्वास बढाएर उनीहरूलाई राष्ट्र हितको कार्यमा अघि बढाउनुको सट्टा सेनाका सम्बन्धमा अनावश्यक विवाद खडा गरेर राष्ट्रिय सेनाको मनोवल गिराउने कार्य भइरहेको छ ।
राज्य संरचनाको विभिन्न निकायहरूमा जथाभावी सरूवा र ठूलो संख्यामा राजनीतिक प्रकृतिको नियुक्ति र भर्नाबाट अराजकताको स्थिती सिर्जना गरिएको छ ।
संसद चलेको अवजस्थामा आवश्यकीय विधेयकहरूलाई छलफलमा नल्याई संसदको चालु बैठक समाप्त भएको लगत्तै पछि सरकारले अध्यादेशहरु जारी गरेको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षा भएको छ ।
यसबाट यस सरकारको मनसाय लोकतान्त्रिक संसदीय प्रक्रियालाई वेवास्ता गर्दै दुरगामी र राष्ट्रिय महत्वका विषयहरूमा देश र जनतामाथि आफनो इच्छा लाद्ने अधिनायकवादी सोच रहेको देखिन्छ । बेपत्ताहरूको छानविन गर्ने आयोग सम्बन्धी अत्यन्त सम्बेदनशील विषय सहमति र परामर्शमा गरिनर्ुपर्ने विषय हुँदा हुँदै, विना छलफल संसदीय प्रक्रियालाई मिच्दै अध्यादेश ल्याउनुको पछाडी सरकारको गलत मनसाय रहेको स्पष्ट हुन्छ ।
मानव अधिकारको उल्लंघन गर्ने, दण्डहीनतालाई प्रोत्साहन गर्दै विधिको शासनलाई कमजोर पार्ने, संसदीय प्रक्रियालाई छल्ने र राष्ट्रलाई अन्धकारमा राख्ने यस प्रकारका कुनै पनि कार्य लोकतन्त्रवादी हामी कसैलाई पनि स्वीकार्य हुने छैनन् ।
दिगो शान्ति, बहुदलीय लोकतान्त्रिक मुल्य, मान्यता र पद्धतीमाथि सरकारबाट भइरहेका यस्ता गलत क्रियाकलापबाट राष्ट्रलाई बचाउन सबै राजनीतिक दल, नागरिक समाज र आम जनतालाई म हार्दिक अपील गर्दछु । यस्ता गलत कार्य नगर्न समेत म सरकारलाई सचेत गराउँदछु ।
संविधान निर्माण र दिगो शान्ति स्थापना गर्न लोकतान्त्रिक विधीको पर्ूण्ा अवलम्बन र राष्ट्रिय सहमतिको आवश्यकता भएको कुरा थाहा हँुदा हँुदै सरकारले अपनाएको अधिनायकवादी सोच र कार्य शैलीले मुलुकलाई अझ गम्भीर संकटमा पुर्याउने कुरा प्रति म सबैको ध्यानाकर्षा गर्न चाहन्छु । जय नेपाल ।
- गिरीजा प्रसाद कोइराला
सभापति, नेपाली काँग्रेस. १७ माघ २०६५
गित
यस्तै रहेछ दुनियाँ को रित
- शेखर ढुङेल
कुनै दिन हासेर
कुनै दिन रोएर बितायो
यस्तै रहेछ दुनियाँ को रित
जस्तो मौसम
त्यस्तै मा रमायो
कुनै रात यहाँ
बिस बोकेर आउछ
कुनै रात चाद को
हसिलो मुहार
जिन्दगी रैछ घाम छाया
कहिले धुप
कहिले झरी मा रमायो
कुनै माया जीवन
कुनै माया मृत्यु
बोकेर आउदो रैछ
कस्तो लगाये छाप
बिधाता ले भाग्य मा
कुनै दिन हासेर
कुनै दिन रोएर बितायो
"कब्जा गरिएको जमिन फिर्ता हुन सक्दैनरे"
नेकपा माओवादीका विदेश विभाग प्रमुख सी.पी. गजुरेलले प्रमुख राजनीतिक दलका नेताहरूको पटकपटकको दुविधायुक्त अभिव्यक्तिले जुनसुकै बेला पनि पूण जनयुद्ध सुरु हुन सक्ने चेतावनी दिएका छन् । दीघकालीन शान्ति कायम गर्न एकीकृत नेकपा माओवादी लागिरहेको अवस्थामा नेपाली काङ्ग्रेस र नेकपा एमालेले शान्ति सम्झौताको उल्लङ्घन गर्दै र्सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले त्यस्तो चेतावनी दिएका हुन् । राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र नेपाल सिन्धुलीद्वारा हिजो यहाँ आयोजित कार्यक्रममा नेपाली काङग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेकपा एमालेका पर्ूव महासचिव माधवकुमार नेपालको माओवादीलाई फेरि जङ्ल पठाउने र जेलमा कोच्नुपर्ने अभिव्यक्तिले नेपालमा जुनसुकै बेला पनि युद्ध सुरु हुनसक्छ भन्ने धारणा राखे । तर एकीकृत नेकपा माओवादीले त्यस्ता अभिव्यक्तिलाई चुनौतीको रूपमा लिँदै जनचाहना अनुसारको संविधान निर्माण प्रक्रियालाई प्राथमिकता दिँदै संयम अपनाएका कारण पूण जनयुद्धको सुरुवात नभएको गजुरेलले बताए ।साथै गजुरेलले नेपालको हरेक क्षेत्रमा दिल्लीको हस्तक्षेप आउने गरेको पनि बताए । 'नेपालमा राष्ट्रपति र प्रधानमन्त्री कसलाई बनाउने भन्न्ो खेल भारतको दिल्लीबाटै हुन्छ र संविधान निर्माण प्रक्रियामा पनि भारतलगायत विदेशी मुलुकको हस्तक्षेप भइरहेको' भन्ने गजुरेलको भनाइ थियो । 'नेपालमा जनयुद्ध सकिएको छैन, जनयुद्धको स्वरूप मात्र फेरिएको हो, जबसम्म जनचाहनाअनुसारको संविधान निर्माण हुँदैन हाम्रो क्रान्ति जारी रहन्छ । 'जनयुद्ध समाप्त नभएसम्म प्रधानमन्त्रीले तीन पटक सही गरे पनि जनयुद्धका क्रममा कब्जा गरिएको जमिन फिर्ता हुन सक्दैन, गजुरेलको भनाइ थियो ।
फेरि के हुन लाग्यो नेपालमा ? : यत्रा राजदूत भेला भएर के गर्न खोजेका नेपालमा
फेरि के हुन लाग्यो नेपालमा ? तराईमा तमलोपाले आन्दोलन शुरु गरेको छ । अरु तराईका दलपनि सरकारसँग खोंचे थापेका छन सरकारमै बसेर । सरकार र नेपाली कांग्रेसबिच दूरी बढेको बढ्यै छ । कतै संबिधाननै बेलामा नबन्ने हो कि भन्ने शंका धेरैलाई लागेको छ । खास सेना समायोजन र अहिले नेपाली सेनाले रिक्त पदमा भर्ती गर्न लागेका भनिएका सेनाको पदपूर्तीको कारणले नेपाली सेना र रक्षा मन्त्रालयबिच दूरी बढेको छ । यस्तो बेला अहिले काठमाडौंमा बिदेशी कूटनितिज्ञहरुले निकै दौडधुप गरेका छन । काठमाडौंबाट भरखरै एक जना साथीले पठाउनु भएको खबर अनुसार अहिले केहिबेर अघि फ्रान्स, बेलायत, रसिया, र जापानी राजदूत संयुक्तरुपमा बेलायती राजदूतको निवासमा भेला भएका छन । यिनले फेरि कुनै रडाको मच्चाउने त होइनन ?
ति सँगै अनमिनका नेपाल प्रमुख ईयान मार्टीनपनि छन । त्यसले गर्दा सेना र रक्षा मन्त्रालयबिचको बिबाद बारे हो कि भन्ने अड्कल काट्न सकिन्छ । तर त्यहि त के भन्न सकियो र ? किनभने मार्टीनले जनसेना र नेपाली सेना दुबैले कुनैपनि कारण देखाएर सैन्य भर्ती गर्नु शान्ति वार्ता बिरुद्द हो भनिसकेका छन ।
रक्षा मन्त्री रामबहादुर थापा “बादल”ले सैनिक आचारसंहिता नाघेर रक्षा मन्त्रालयको स्विक्रितिबिना बिदेशी कूटनितिज्ञलाई गोप्य रुपमा सैनिक अधिकारीले भेट्ने गरेको आरोप लगाएका थिए केहि दिन अघि । उनले बिदेशी कूटनितिज्ञलेपनि नेपाली सेना र रक्षा मन्त्रालयबिच चलखेल गरेको बताएका थिए । यिनै बिभिन्न विषयमा साझा छलफल गर्नकालागि ति भेला भएका हुन सक्छन । भेला पक्कैपनि कुनै गम्भिर विषयमा हुन लागेको हो । नत्र शक्तिशाली देशका यति धेरै राजदूत एकै ठाउँमा हत्त पत्त भेला हुने गर्दैनन । गुपचुप रुपमा भेला भएकालेपनि आशंका थपेको हो ।
उता पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती गिरिजा प्रसाद कोइरालासँगपनि आजै चिनियाँ राजदूतले भेटेका छन । उनीहरुका बिचमा कुन विषयमा के छलफल भयो भन्नेपनि थाह छैन । हुन त नेपालको संबिधान बनाउन, सेना समायोजन र कुनै सकारात्मक विषयमा साझा सहमती बनाउन ति भेला भएकापनि हुन सक्छन । तर बिदेशीका पछि लाग्ने नेता र नेपालको राजनितिमा सिधै हात हालेर भाँड्नतिरै लाग्ने बिदेशीको सधैंको ब्यवहारले गर्दा ति एक ठाउँमा चिया खानै भेला भएपनि हाम्रो देशको वातावरण झन बिगार्ने हुन कि भनेर डरै लाग्ने । - nepalplus
20090129
दुई नेपाली गोविन्द गिरी र शिव ढकालले google.com जस्तै तर अझ प्रभाबकारी www.sagoon.com निर्माण गरेर नेपालीहरुकै गौरव बढाए
अमेरिकामा रहेका दुई नेपाली गोविन्द गिरी र शिव ढकालले google.com जस्तै तर अझ प्रभाबकारी www.sagoon.com निर्माण गरेर नेपालीहरुकै गौरव बढाएका छन, ती दुबै हस्तीहरुलाई www.nepalmother.com को तर्फबाट हार्दिक बधाई तथा शुभकामना । अब हामी लाई प्राप्त यस् सम्बन्धी प्रेस रिलिज तल पाठक हरुको जानकारीका लागि :दुईजना नेपाली अमेरिकनले नया ईन्टरनेट सर्च ईन्जिनको स्थापना गरेका छन, जसबाट प्रयोगकर्ता-अनुकूल जानकारी सजिलै हासिल गर्न सकिने र यसका अपूर्व विशेषताहरुले धेरैलाई आकर्षण गर्ने अपेक्षा गरिएको छ। सगुन, (www.sagoon.com) वासिङटन डी सी मा आधारित, ले सर्च ईन्जिनको अपरिष्कृत संस्करण परिक्षणको लागि बिमोचन (जारी) गरेको छ।
ईन्टरनेको प्रयोग दिन परदिन फैलिरहेको छ। लाखौ मानिसहरु हरेक क्षण जानकारी लिनदिन ईन्टरनेट निरीक्षण (भ्रमण) गर्छन। ईन्टरनेटमा समय बिताउनु हरेक मान्छेको नियमित दिनचर्या हुन थालेको छ। वेब मार्फत प्रगतिशील र प्रयोगकर्ता-अनुकूल जानकारीको मागको साथ साथै ब्यवसायहरुलाई सस्तो र भरपर्दो तरिकाले फस्टाउने मौकाको खाँचो छ। यिनै लक्ष पूरा गर्ने उद्देश्य लिई आई टी का पेशेवर द्वय गोविन्द गिरी र शिव ढकालले सगुनको स्थापना गरेका हुन।
सगुनको पछाडी मुख्य प्रविधि – "Random Vector Model”- हो, जसले प्रयोगकर्ताहरुलाई अर्थपूर्ण नतीजा दिन चलनचल्तिको शाब्दिक खोज (lexical search) बिधिको सट्टा शब्दार्थ खोज (semantic search) बिधिलाई बढावा दिन्छ। यसको निश्कर्ष वेब डाटा विषयवस्तु र समाचार सामाग्रीको विश्लेषण गरेर तिनीहरु बीच लुकेका (अदृष्य) समानता खोज्दै गरिएको हो। यो अर्थ विश्लेषणको कार्यन्वयन श्रृङखलावद्द अल्गोरिद्म र हिसाबको गणनाबाट सम्भव हुन्छ।सगुनको नतीजा विभिन्न श्रोतहरुलाई समेटेर निस्कन्छ। यसको नतीजा सगुनको सूची (Sagoon’s index), तथा अन्य ठूला सर्च ईन्जिनको समिश्रणबाट आउछ। खोजको नतीजा वेब विषयवस्तुको विश्लेषणको आधारमा आउछ। खोज नतीजालाई अझ ब्यवस्थित र स्पष्ट गर्न ट्याब (tabs), समाचार समूह (वर्ग), र अरु प्रासंगिक खोजको पनि ब्यवस्था छ। यसले प्रयोगकर्ताहरुलाई आफूले चाहेको नतीजा तर्फ जान छोटो मार्गदर्शन दिन्छ।
“हाम्रो कम्पनी र प्रविधिलाई उद्यमशील तरिकाले बृद्दि गर्दै लैजाने योजना छ, जसले गर्दा प्रयोगकर्ताहरुले वेबमा उत्कृष्ट सेवाको अनुभव गरुन,” सगुनका संस्थापक तथा प्रमुख गोविन्द गिरी भन्छन। “फरक अनुभव दिदै सगुनलाई संसारको उत्कृष्ट दर्जाको सर्च ईन्जिन को रुपमा स्थापित गर्ने मेरो सपना छ। यो अपरिष्कृत संस्करण फलतः बृहत बेव खोजको प्रत्याभुति दिने पहिलो खुड्किलो हो।“
सगुनको विभिन्न सेवाहरु जस्तै वेब खोज, समाचार खोज, भिडियो खोज, डायरेक्टरी खोज तथा वर्गीकृत विज्ञापन खोजहरु संसारभरिका श्रोत र जानकारीहरुलाई भण्डार गर्ने दृष्टिकोणबाट गरिएको हो। सगुन अरु पनि नया उन्नतिशील ब्यवशायिक बस्तु को विकासमा तल्लीन छ, जो हाल बजारमा उपलब्ध छैनन्। Elixir Web Solutions, नया दिल्लीमा अवस्थित interactive media and Technology Company लाई सगुनको प्रविधिको विकासका लागि छानिएको हो। “यो महत्वकांक्षी योजना कार्यान्वयनको लागि हाम्रो कम्पनी चुनिएको हो र हाम्रो टीमले गिरीजीको उत्कृष्ट सर्च ईन्जिन बनाउने अपेक्षा पूरा गरेको छ,” Elixir का सस्थापक तथा सी ई ओ, मोहित सरीनले भने।
सगुनका मुख्य विकासक मनिष कुमारले भने, “हाम्रो टीमले वेब सर्चको लागि फरक बाटो अपनायो। खोज प्रविधि संरचना सम्वन्धि हाम्रो अनुभवको फाईदा उठाउदै हामीले दक्ष सर्च ईन्जिनको विकास गर्यौ, जो शाब्दिक खोजको नतीजा दिने भन्दा उत्तम छ। हामीले सगुनमा अनौठो विशेषता थप्दैछौ, जस्तै शब्दको सट्टा शब्दार्थ खोज र प्राकृतिक भाषाहरुलाई छुट्याउन (प्रसोधण) सक्ने क्षमता। यसरी हामीले कृत्रिम बुद्धि को मद्दतबाट प्रयोगकर्ताले के चाहिरहेको छ बुझ्दै वेबमा उत्कृष्ट नतीजा प्रदान गर्न सक्छौ।“
विशेषता
सगुन सर्च ईन्जिनको विशेषता हो - सफा वेब पृष्ठ, आधा-कोठा रुपरेखा जसले खोजको नतीजालाई विषय र श्रेणी (वर्ग) मा फरक तरिकाले बिभाजन गर्छ। खोज नतीजालाई अझ ब्यवस्थित र स्पष्ट गर्न ट्याब (TABs), समाचार समूह, र अरु प्रासंगिक खोजको पनि ब्यवस्था छ। यसले प्रयोगकर्ताहरुलाई आफूले चाहेको नतीजा तर्फ जान छोटो मार्गदर्शन दिन्छ।
सगुन बारे
सगुन वासिङटन डी सी मा अवस्थित एक निजी गैर सरकारी संस्था हो। यो वेबमा नया तरिकाले खोजी गर्न र खोजको नतीजालाई अर्थपूर्ण र ब्यवस्थित पार्दै प्रयोगकर्तालाई उत्कृष्ट सेवा प्रदान गर्न समर्पित छ। सगुन नाम संस्कृत शब्द “शकुन” बाट आएको अपभ्रम्स नेपाली शब्द हो, जसको अर्थ तथास्तु अर्थात गर्न खोजिएको काममा सफलता मिल्नु।
के भुपरिबेस्टित् राष्ट्र हुनु अभिसाप हो ?
-दिल के.सी बाग्लुङ
वास्तवमा हामी नेपाली एती भाग्यबानी छौ जस्ले संसार को सबभन्दा अग्लो ठाउमा बस्ने मौका पाएका छौ सगरमाथा संसार को सर्बोछ सिखर आफ्नो काखमा राखेका छौ / शान्ति विस्व बनाउने र बिस्वलाई एकता बद्द बनाउने मुल मन्त्रका उत्पादक शान्तिका दूत गौतम बुदको जन्मस्थलो र प्राप्त ज्ञान को पाबन क्षेत्र भौगोलिक हिसाब ले पहाडी र तराइ को मिस्रण् र सामाजिक संरचना पनि आर्यसमुदाय् र मँगोलिअन् समुदाय भएको मानबिय सक्ति सन्तुलन पाएका छौ तर सबै हाम्रा राम्रा पक्षको सहि रूपमा उपयोग र एस्का ठोस् योजना सुधारओन्मुख कार्यक्रम नभएको कारण ब्यबस्थित गर्न सकिएको छैन जल सम्पदा र बन सम्पदाका धनी हामीहरु भौगोलिक रूपले बिकट देखी समतल भुमिको मिस्रन भएता पनी बस्तु स्थिती अनुरूपपर्योग गर्न र उत्पादन्सिलता बदाउन सकिएको छैन एस्का पछाडि पनि केही करणहरु छन/
हामी र हाम्रो बानी -- हामीमा बिरताको गाथा छ संसारमा आफ्नो बिराता र धेरै चोटि सगरमाथा आरोहण गर्न सक्छौ एक किसिमले धेरै राम्रो हो अङ्रेज साम्रज्यबाद् सँग लडेर राष्ट्र बचाउन सक्ने तथा बिस्वमा केही हद सम्म शान्ति देस भनी चिनाउन सक्ने ईतिहास छ / यि सबै राष्ट्र निर्माण र गरीबिबाट मुक्त हुन प्र्याप्त छैनन हो हामी वीर छौ तर बौदिक बिरता छैन मुर्ख पाराको वीर छणिक् कुरामा आबेश मा आउने बर्तमान भबिस्य केही बिचार नगरि संरचना र आफुलाई नै ध्वस्त पार्ने गरि रिसका पोका छौ हामी परिश्रमि छौ तर पराधिन खाल का परिश्रमि छौ अरुको अधिनमा बसेर अरुको अर्डर मुतबिक काम गर्ने दास मानसिकताका छौ आफु र आफ्नो पौरख्ता आफुले नै स्रिजना गर्ने बातावरण आफ्नो सानो ठुलो जस्तो रूप मा भएपनी आफ्नो ब्यापार र ब्यब्साय स्रिजना गरी हुनुपर्ने एक किसिम को मालिकपना`छैन केही रचनात्मक स्रिजना गरौ ताकी झुक्न नपरोस अहिले जस्तो नतमस्तक भएर गरीबको कारण संसारमा अपहेलित भएर काम गर्न नपरोस आर्जित धन को सदुपयोग गर्नेइच्छा छैन केही कमायो बैंक ब्यालेस गर्यो ब्यालेन्स सकिएपछी अनी अर्को दिन तेही पुरानै समस्या उही पारा रचनात्मक र स्रिजनात्मक् कार्यक्रम हामीमा छैन यो कुरा पनि सत्य हो कि राष्ट्र ले सुहाउदो बातावरण बनाएको छैन सन् १९५० जस्तो घोर राष्ट्र हित बिपरित को सन्धि गरी अयात निर्यात बजार सबै छिमेकिको आदेश र अनुमतीमा भर पर्नु परेको छ बजार मुल्य आकाश छोएको छ
छिमेकी राष्ट्रको बस्तु लाई पहिलो प्राथामिकता दिनु परेको छ उपभोग गर्न छिमेकी राष्ट्र बाहेक अन्य मुलुक बाट आयात न्रियात गर्न आदेश लिनु परेको छ के भुपरिबेस्टित् राष्ट्र हुनु अभिसाप हो? के भुपरिबेस्टित् राष्ट्र हितका लागि अन्तराष्ट्रको कानुन छैन? खोइ तिनिहरु को खोज तलास? महँगो कर तिरेर छिमेकी राष्ट्र लाई पोस्ने घोर अपराध र राष्ट्र लाई ध्व्स्त पार्ने धुर्त हरु र एस्का मतियार हरुले क्ष्यणिक स्वार्थका लागि राष्ट्र को अर्थ तन्त्र लाई खल्ती मा हाल्ने र आफ्ना नागरिक लाई सधैं गरीब र निरिह पार्नेहरुलाई अझै मौका दिने के अझै केही नगरने र एस्मा नै हामी निदाएर बस्ने के यो कायरता होइन ? यि सबै कुरामा बेक्तिगत रूपमा हामी कती को जिम्बेबारर छौ त बिदेश पलाएन भएर दास्व्त्व मानसिकत्ता मात्र् लिएर बस्ने नोकर शाहहरु को नोकर मात्रा भएर बस्ने आफ्नो स्रीजनाहरुको खोज तलास किन नगरने सानो भन्दा सानो कुरा लाई पनि नियालेर हेर्ने बानी हामी मा छैन हामी लाई प्रतिफल छिटो चाहिएको छ सहन् सिलता त पटक्कै छैन अङ्रेजी मा भनिन्छ SHORT CUT WAY एही छोटो बाटो छोटो बिचार ले हामी पछि परि रहेका छौ LONG TERM VISION छैन हामीमा कसरी छिटो पैसा आर्जन गर्ने कसरी छिटो धनी हुने र आर्जित धन को सहि सदुपयोग र योजना छैन एउटा उधम शिलताको भाबना छैन कम्सेकम राम्रा कुरा त छिमेकी राष्ट्रबाट पनि त सिक्न सकिन्छ आफ्नो ब्यापार बिजिनेस आँफै स्रीजना गर्ने मानसिक्ताका ईण्डियन चाइनिज मा जस्तो स्वाबालम्बी पना आफ्नो आर्जनमा आँफै मालिक बन्ने रच्नात्मक्ता कहिले बाट अपनाउने त हामीहरु देश बिदेश जहाँ छरिएर रहे पनि हामी नेपाली नागरिकले आज यो प्रण गरौ कि हामी पराधिनता सहनसक्दैनौ र अरु को नोकर भएर बस्न नपरोस आफ्नै श्रम र् मस्तिस्क लाई स्रिजन्शिलता र रचनात्मक्ता तिर लगाउ नोकर होइन मालिक भएर बाँच्न सिकौ नोकर शाही र दास मानसिकता बाट माथि उठौ हामी सँग आर्जित धन लाई सहि रूप मा लगानी यसरी गरौ कि जस्को गुणात्मक र long term result प्रतिफल आओस /
लाज र शरम लाई एका तिर कुम्लो पारी बिदेसी भुमी मा जसरी लाज नपचाइ काम गर्छौ त्यो भन्दा बढी श्रम देसमा लागनी गरौ स्रिजन्शिल हाम्रा दिमाख् र पौरखी हात हरु को संगै सदुपयोग गरौ न की मुढे बल ले मात्रा केही हुनेहोला छैन र हाम्रो लगानी यसरी गरौ कि भोली हामी पराधिन हुनु नपरोस आफ्नै स्रीजना र आफ्नै उत्पादन का मलिक आँफै बनौ कम्सेकम यस पक्षमा सोचौ ऊपाय् छन स्रिजन्शिलता, क्रतब्यनिस्ठता र रचनात्मक्ता को मिश्रण नै हाम्रो सफलता को कडि हो समाजमा भएका र छरिएर रहेका जन शक्तीलाई एक जुट् पारौ र समुदाय् सम्रचना र बिकासका काममा योजना बनाइ लागौ
सफलता र बिकास हाम्रै हातमा छ आफ्नो गाउँ आँफै बनाउ अभियान जस्तै गरी सामुहिक सर सल्लाहा र छलफलबाट कार्यक्रम यसरी निर्माण गरौ कि जनस्तर बाट नै त्योस्को स्वागत र अनुमोदन होस् र तेही जनस्तर बाट काम थालौ केबल सरकार ले एती बजेट दिन्छ अनी मात्रा काम थालौला भन्ने मानसिक्ता बाट माथि उठेर जन श्रम जन शक्ती को सदुपायोग् हुने योजना बनाउ जस्मा स्थानीय् तौर् तरिका लगानी गर्न सकियोस र सम्पूर्ण त्यहा को जिम्बेबारी स्थनिय् लेवल मा होस् ताकी प्रतिफल जनमुखी होस् लादेर लिआएको बिकास लामो समए टिकाउ हुँदैन जस्को प्रतिफल पनि राम्रो हुँदैन स्थानीय् लेवलका भ्रस्ट ब्यक्ती हरुलाई किनरा लगाउदै र निग्रानी राख्दै जाल झेल बाट बच्दै खबर्दारी र होसियार बनाउदै आफ्ना योजना अगाडि बढाउन पर्छ भ्रस्ट ब्यक्ती लाई प्रतिकार गर्दै रच्नात्मक योजना नकी आफ्नो ठाउँमा मात्र नभएर आफ्नो निजी जिन्दगीमा समेत् लागु गरौ लामो सोचाइ राखौ छिटो खाउ छिट्टै मरौ भन्ने भावना हताएर स्वाबालम्बी र पौरखी को भुमाका निभाउ जसबाट ब्यक्ती, समाज र राष्ट्रको नै समग्र उन्नती हुन्छ बिदेस पलाएन हुने क्रम कम् हुनु को साथै आत्मा सम्मान र नेपालीली पाउने हेपाइ बाट बच्न सकिन्छ बिदेशमा गएर टोपी थापेरे भीक माग्ने नेता लाई पनि दरो गाली गर्दै नेपाल को नयाँ गोरेटो खोलौ स्वोर्ग जस्तै सुन्दर देश बनाउन सबैले प्रण गरौ अब त हामी केही गर्छौ कि ? हाम्रो जग हाम्रो मानसिक्ता ब्रतमान बाट उठेर २०/२५ बर्ष को लामो योजना बनाउ केही बर्ष भित्र मा नै नेपाल स्वर्ग बन्छ एस बाट नै हाम्रो रच्नात्मक्ता र स्रिजनात्मक्ता को पुस्टि हुन्छ एस्मा केही गम्भिर भएर सोचौ कि ?
"१२ बुँदे समझदारी भारतको पहल, सहयोग र सल्लाहमा" : कार्यवाहक भारतीय प्रधानमन्त्री
भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले भारतको सहयोग र सल्लाहमा माओवादी बन्दुक र हिंसाको राजनीति छाडी सरकारको नेतृत्वसम्म पुगेको बताएका छन् । दोहास्थित अरबिक अल जजिरा टेलिभिजनलाई बुधबार दिएको लामो अन्तर्वार्तामा उनले भारत छिमेक र विश्वमा शान्ति कायम गर्न प्रयासरत रहेको उल्लेख गर्दै नेपालको शान्ति प्रक्रिया त्यसको उदाहरण भएको बताएका हुन् । माओवादी र राजनीतिक दललाई निरंकुश राजतन्त्रविरुद्ध आन्दोलनको आधार तय पार्ने १२ बुँदे समझदारीमा आफ्नोसमेत प्रयास रहेको उनले बताए । दिल्लीमा भएको उक्त समझदारीमा भारतले समेत सहयोग गरेको भए पनि भारतीय उच्च सरकारी अधिकारीबाट औपचारिक रूपमा स्वीकार गरिएको थिएन । मुम्बई आक्रमणपछिको अवस्थामा बढी केन्द्रित अन्तर्वार्तामा कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका मुखर्जीले विश्व मानचित्रमा भारतको बढ्दो प्रतिष्ठाका रूपमा नेपालप्रतिको भूमिकालाई प्रस्तुत गरेका छन् । 'वास्तवमा इमान्दार प्रयासमा हामी नजिकका छिमेक र विश्वमा समेत शान्तिलाई निरन्तरता दिन चाहन्छौं,' उनले अन्तर्वार्तामा भनेका छन्, 'म तपाईंलाई उदाहरण दिँदैछु, जब हाम्रो एक हिमालयन छिमेक नेपालमा समस्या थियो, हामीले बन्दुक र हिंसालाई माध्यम बनाएको माओवादी हिंसा त्याग्न लगाई र अन्य राजनीतिक दललाई समेत मिलाई उनीहरूलाई राजनीतिक गतिविधिको मूलधारमा सहभागी हुन सम्झायौं ।'
भारतको त्यस्तो पहललाई नेपालका माओवादी र राजनीतिक दलले मानेर सम्झौता गरेको मुखर्जीले बताए । 'उनीहरू सहमत भए, उनीहरूले हाम्रो सल्लाह सुने र अहिले अन्य राजनीतिक दलसमेत मिली सरकार बनेको छ । माओवादी त्यसको नेतृत्व गरिरहेका छन्,' मुखर्जीले भनेका छन् । भारतको बढ्दो विश्व प्र्रतिष्ठालाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्नमा उनले नेपाल, सार्क र आसियनको सन्दर्भ उठाएका छन् । 'सहयोगी र साथीका रूपमा हामी प्रस्तुत भइरहेका छौं र हामी उनीहरूविरुद्ध केही लाद्न खोजेका छैनौं,' उनले भनेका छन्, 'हामी विकासका साझेदार हुन चाहन्छौं ।' - कान्तिपुर
20090128
माधवकुमार नेपालको मानसिक सन्तुलन गुमेको प्रचण्डको घोषणा !!! ???

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका शीर्षस्थ नेता एवम् संविधानसभा संवैधानिक परिषद्का अध्यक्ष माधवकुमार नेपालको मानसिक सन्तुलन गुमेको घोषणा गर्नुभएको छ। गत सोमबार बिहान रेडियो नेपालको समय सन्दर्भ कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीले घोषणा गर्नुभयो, 'माधव नेपालजीको मानसिक सन्तुलन गुमिसकेको छ र उहाँका अभिव्यक्तिहरू आपराधिक छन्।' यसो भनिरहँदा उहाँले मानसिक सन्तुलन गुमिसकेको व्यक्तिलाई संविधान निर्माणजस्तो संवेदनशील कार्यका लागि विशेष जिम्मेवारी किन दिइएको हो सो भने खुलाउनुभएन।
उहाँले नेपालमाथि यस्तो टिप्पणी गर्नुको कारण भने माधव नेपालले यसै साता माओवादी भ्रातृ संस्थाको उच्छृङ्खल व्यवहारलाई लिएर दिनुभएको अभिव्यक्तिलाई लिएर हो। पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा अखिल क्रान्तिकारीसँगको भिडन्तमा घाइते भई अस्पतालमा भर्ना भएका अनेरास्ववियुका कार्यकर्ताहरूलाई भेट्ने र उनीहरूको अवस्था बुझ्ने क्रममा घाइतेहरूको दारुण अवस्था देखेर दुःखी एवम् आक्रोशित हुनुभएका नेपालले आक्रमणकारीहरूलाई 'अपराधी' भनी आलोचना गर्नुभएको थियो। उहाँले वाईसीएललगायत माओवादीको भ्रातृ संस्थाका कार्यकर्ताहरूलाई आपराधिक जत्था भनेर टिप्पणी गर्दै तिनलाई हथकडी लगाएर जेलमा थुन्नुपर्ने बताउनुभएको थियो।
चैत महिनासम्म राज्यका सम्पूर्ण निकायमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने : तीन महिनापछि सत्ता कब्जा
- निरन्तर शर्मा
एकीकृत नेकपा माओवादीले जसरी पनि सत्ताबाहिर नबस्ने नयाँ रणनीति बनाएको छ। सरकार सञ्चालनको पाँच महिना असफल सिद्ध भएपछि माओवादीले चैत महिनासम्म राज्यका सम्पूर्ण निकायमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने रणनीति बनाएको हो। गत आइतबार साँझ प्रधानमन्त्री प्रचण्डले देशवासीका नाममा गरेको सम्बोधन सत्ता–रणनीतिको पहिलो खुट्किलो भएको माओवादी वरिष्ठ नेताहरूले दाबी गरेका छन्। आफ्नो सत्ता–रणनीति सफल हुने वा नहुने भन्ने कुराको परीक्षण तीन महिनाभित्रै हुने निष्कर्ष माओवादीका नेताहरूले निकालेका छन्। 'तीन महिनामा सुधार गर्न खोजिनेछ, यदि सकिएन भने त्यसपछि सम्पूर्ण सत्ता कब्जा गरेर आमूल परिवर्तन गर्ने स्टेप चालिने छ,' माओवादीका एक वरिष्ठ नेताले घटना र विचारसँग भन्नुभएको छ।
'अब नयाँ कामका बारेमा बोलिन्छ, त्यसपछि तत्काल निर्णय गरिन्छ र लागू गरिन्छ,' माओवादीको सत्ता–रणनीतिका बारेमा नाम नछाप्ने सर्तमा एक पोलिटब्युरो सदस्यले भने, 'सरकारका तर्फबाट गर्ने निर्णय लागू गर्छौँ, त्यहाँ अवरोध भए सडक तताउँछौँ र सडकबाट नयाँ घोषणा गर्छौँ।'
सरकार सञ्चालनको पाँच महिनामा तीन्ा पक्ष टुटेको निष्कर्ष माओवादीको छ। माओवादी उच्च स्रोतका अनुसार सरकारका राम्रा कामको समर्थन सडकबाट हुन नसक्न्ाुले पनि सरकार सफल हुन नसकेको पहिलो निचोड उसको छ। दोस्रो, व्यवस्थापिका संसद् एवम् संविधानसभामा काङ्ग्रेस तथा तराईका क्षेत्रीय दलहरूले घेराउ गरेका कारण पनि सरकार असफल हुन नसकेको निचोड माओवादीले निकालेको छ। विगतमा आफूले पनि सदन घेर्ने गरेको स्मरण गर्दै माओवादीले त्यसलाई गलत भने निचोड निकालेको छैन्ा। राजतन्त्र फाल्ने बेलासम्म कायम भएको दलहरूबीचको समझदारी टुटेको तर नयाँ समझदारी नबनेका
कारण पनि सरकार अप्ठेरोमा परेको निचोड माओवादीको छ। प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा र आइतबारको सम्बोधनमा पनि नयाँ समझदारीको आवश्यकतामा जोड दिएका छन्। 'हाम्रो निष्कर्ष नै प्ा्रधानमन्त्रीले भन्नुभएको हो,' माओवादी उच्च स्रोतले जानकारी दियो। तर, तिनै अभावभित्र आफ्नो कमजोरी के हो त भन्नेबारेमा माओवादी मौन छ। बजेटबिना नै गर्न सकिने सुशासन, अनियमितता, महँगी नियन्त्रणलगायतका दर्जनौँ काम गर्न नसकेको वा नचाहेको आफ्नो कमजोरीलाई भने माओवादील्ो सहयात्री एवम् विपक्षी दल, तथा विदेशी मुलुकहरूप्रति खन्याइदिएको छ।
स्रोतका अनुसार अब तीन महिनामा पनि 'राम्रा' काम गर्न नसके आफ्नो राजनीतिक भविष्य नै खतरामा पर्ने निष्कर्ष माओवादीको छ। 'अब चैतसम्म पनि यस्तै चाला हो भने फेल भइन्छ,' माओवादीका एक शीर्ष नेताले भन्नुभयो, 'तर, अहिलेसम्म फेल भइएको छैन भन्ने नै मूल्याङ्कन छ।'
सरकारमा गएपछि अन्तर्राष्ट्रिय जगत्सँग सम्बन्ध सुधार भएको एवम् नेपालका सुरक्षालगायत संवेदनशील राज्यसंयन्त्र बुझ्न सफल भएकोले यो अवधिलाई माओवादीले महत्वपूर्ण भएको निष्कर्ष निकालेको छ। माओवादीको निष्कर्ष यो पनि छ, 'माओवादी सरकारमा गएपछि प्रतिक्रान्ति टरेको छ। प्रतिक्रान्तिका लागि भड्किनबाट नेपाली सेनालाई ब्लक गर्न सकिएको छ।' तर, सेनाको नियमित भर्ती रोक्न रक्षामन्त्री रामबहादुर थापा बादल असफल भएकोचाहिँ माओवादीले स्वीकार गरेको छ। सेनाप्रति माओवादीको वास्तविक धारणा बताउँदै एक वरिष्ठ नेताले भने, 'अहिले नेपाली सेनाको कमान्डर कोही छैन, उसले हामी (प्रधानमन्त्री र रक्षामन्त्री) लाई पनि मानेको छैन। त्यसकारण अहिले हामीले छाड्यौँ भने उसको आडमा राजा अगाडि आउन सक्छन्। त्यो स्टेप ब्लक गर्न पनि हामी सरकारमै बस्नुपर्छ।'
माओवादीले आफ्नो दीर्घकालीन रणनीतिअनुरूप नै तीनमहिने एकता जागरण तथा विकास अभियान सञ्चालन गर्ने भएको छ। र, त्यसलाई नै माओवादीले जीवनमरणको सवाल भनेको छ। भेनेजुएलाका राष्ट्रपति ह्युगो चावेजले झैं सरकारी विकास अभियानमा कार्यकर्ता परिचालन गर्ने र स्वयम् प्रधानमन्त्री परिचालित हुने नयाँ रणनीतिले जनतालाई आश्वस्त्ा पार्न सकिनेमा माओवादी ढुक्क देखिएको छ।
तर, बिनातयारीको प्रधानमन्त्रीको घोषणाप्रति प्रधानमन्त्री प्रचण्ड स्वयम् भने आश्वस्त हुन नसकेको बताइन्छ। आफू निकटका केही बुद्धिजीवीहरूलाई अस्ति सोमबार बालुवाटार बोलाएका प्रधानमन्त्री सिरियस नभएको एक भेटमा सहभागी एक बुद्धिजीवीले बताए। उनका अनुसार प्रधानमन्त्रीले भन्नुभयो, 'मैले देशवासीका नाममा घोषणा त गरेँ, तर त्यसअनुरूपको तयारी नै भएको छैन। त्यसकारण कार्यान्वयन हुन अलि समय लाग्ला।'
माओवादीले सरकारका कदम कार्यान्वयन नभएमा सडकबाट पनि दबाब दिने रणनीति बनाएको छ। सुरुमा सरकारले आफ्नो कार्यक्रम सार्वजनिक गर्ने, त्यसको पक्षमा सदनबाट माहोल बनाउने र कार्यान्वयनका लागि सडकबाट दबाब दिने माओवादीको योजना छ। 'तर सडकको मागबमोजिम कार्यान्व्ायन गर्न दिइएन भने सडक झन् तताइनेछ र सडक तातिरहेका बेला सरकारबाट हटेर सडकबाटै सत्ता कब्जा गरिनेछ,' माओवादीका एक शीर्ष नेताले भने, 'अब हामी जनयुद्ध सुरु भएको बेलामा जस्तै दबाबमूलक शान्तिपूर्ण स्टेप चाल्दैछौँ।'
प्रचन्ड सरकारको अर्को गलत निर्णय
हर क्षेत्रबाट देसलाई तहस नहस बनाउने, बिखन्डन गर्ने, आरक्षणको सस्तो लोकप्रियताका नाममा जे पनि गर्दै आएको प्रचन्ड सरकारले फेरी अर्को गलत निर्णय गरेर देशका कुसल योग्य जनसक्तीलाई पलायन गराउने षड्यन्त्र गरेको भन्दै आक्रोश सुरु भएको छ ।सरकारले नेपाली सेनासहित आरक्षण लागू हुन बाँकी सम्पूर्ण सरकारी सरकारी निकायमा महिला, मधेसी, दलित, आदिबासी जनजाति र पिछडिएको क्षेत्रबासीलाई ४५ प्रतिशत सिट छुट्टयाएको छ। मन्त्रिपरिषद्को बुधबार बसको बैठकले सम्पूर्ण सरकारी सेवालाई समावेशी बनाउन सुरक्षा निकायसहित सबै निकायमा ४५ प्रतिशत आरक्षणको सुनिश्चितता गर्ने निर्णय गरिएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। मन्त्रिपरिषद्ले ४५ प्रतिशतलाई १०० प्रतिशत मानेर त्यसभित्र आदिवासी जनजातिलाई ३२, मधेसीलाई २८, दलितलाई १५, महिलालाई २० प्रतिशत एवं पिछडिएको क्षेत्रका लागि ५ प्रतिशत आरक्षण दिने निर्णय गरेको छ। सरकारी सेवाका बाँकी ५५ प्रतिशत सिटमा मात्र सबै समुदायबीच खुल्ला प्रतिस्पर्धा गरिनेछ।
अघिल्लो सरकारको पालामा नै सरकारले निजामती सेवा, नेपाली प्रहरी र सशस्त्र प्रहरीमा ४५ प्रतिशत आरक्षणको व्यवस्था लागू गरिसकेको छ। नेपाली सेना, विकास समिति, स्थानीय निकाय सेवा, संस्थानलगायतका सरकारी सेवामा आरक्षणको व्यवस्था लागू गर्न बाँकी थियो। सरकारले आरक्षणमा परेको मधेसी समुदायलाई परिभाषित गर्न कानुनमन्त्री देव गुरुङको संयोजकत्वमा समिति गठन गरेको समितिमा आपूर्तिमन्त्री राजेन्द्र महतोसमेत छन्। ´मिश्र र पाठक पहाड र मधेस दुवैतिर छन्, त्यस्ता थर कति मधेसी हुन्, कति होइनन् भनेर छुट्टयाउन समिति गठन गरिएको हो´ महतोले भने।
बैठकले सरकारी कार्यालयको लेखालाई व्यवस्थित र पारदर्शी बनाउन एकल खाता कोष प्रणाली राख्ने निर्णयसमेत गरेको छ। सरकारी हिसाबकिताबलाई पारदर्शी बनाउन परिक्षणस्वरुप सुरुमा भक्तपुर र ललितपुरमा त्यस्तो खाता सञ्चालन गरिनेछ। प्रवक्ता महराका अनुसार बैठकले विद्युत् नियमावली संशोधन गरेको छ भने लगानी बोर्ड, बेपत्ता आयोग, विशेष आर्थिक क्षेत्रलगायतका अध्यादेश ल्याउने भएको छ। मन्त्रिपरिषदले एसियाली विकास बैकको सहयोगमा दक्षिण एसियास्तरीय इन्फरमेसन हाइवे निर्माणको प्रस्तावसमेत पारित गरेको छ। मन्त्रिपरिषद्ले छात्रवृत्ति एेनमा तेस्रो संशोधन मस्यौदा पारित गरेको छ। त्यसलाई पनि सरकारले अध्यादेशका रुपमा ल्याउने भएको छ।
मन्त्रिपरिषद्ले सामाजिक व्यवहार सुधार एेनलाई परिमार्जन गर्ने भएको छ। प्रधानमन्त्रीको सम्बोधनमा दाइजो प्रथालाई निषेध गर्ने तथा विहेभोजमा हुन फजुल खर्च कम गर्न उक्त एेन परिमार्जन गर्न लागिएको जानकारी प्रवक्ता महराले दिए।
यसैबीच श्रम मन्त्रालयअन्तर्गत गठित कार्यदलको सिफारिसमा सरकारले वैदेशिक रोजगारबाट ६ महिनामा फर्कनेलाई ४० र ६ महिना देखि एक वर्षभित्र फर्कनेलाई २५ प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरेको छ। क्षतिपूर्ति आधा सरकारको कल्याणकारी कोषले र आधा क्षतिपूर्ति पठाउने सम्बन्धित वैदेशिक रोजगार कम्पनीले बेहोर्ने निर्णय सरकारको छ।
स्थानीय निकाय गठनका लागि गृहकार्य गर्न कार्यदललाई निर्देशन मन्त्रिपरिषद्ले स्थानीय निकाय गठनका लागि गृहकार्य गर्न बनाइएको कार्यदललाई तत्काल कार्य अघि बढाउन निर्देशन दिएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय विकासमन्त्री रामचन्द्र झाको अध्यक्षतामा रहेको कार्यदललाई शुक्रबार बैठक गरी स्थानीय निकाय गठनमा सहमति कायम गर्न निर्देशन दिएको हो। स्थानीय विकास मन्त्री झाले कार्यदलको बैठक शुक्रबार बस्ने र त्यसले २४ वटै दलसित छलफल गरी स्थानीय निकाय गठनमा सहमति गर्ने जानकारी दिए। उनले सुरुमा जिल्ला विकास समिति त्यसपछि क्रमशः नगरपालिका र गाविसमा दलका प्रतिनिधिलाई समानुपातिक रुपमा राखेर स्थानीय निकायमा मनोनयन गरिने जानकारी दिए।
कार्यदलमा सत्तारुढ पाँच दल माओवादी एमाले मधेसी जनअधिकार फोरम नेकपा संयुक्त र सद्भावना तथा विपक्षी नेपाली कांग्रेस र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का प्रतिनिधि सदस्य छन्।
२०५९ सालदेखि स्थानीय निकाय नेतृत्वविहीन छन्। कर्मचारीका भरमा स्थानीय निकाय चलाउँदा विकास निर्माणका कार्यमात्र होइन सर्वसाधारण जनतालाई दैनिक दिनुपर्ने सेवाका कामसमेत प्रभावित भएका छन्। त्यही कारण स्थानीय निकाय गठनका लागि गृहकार्य सुरु भएको हो।
वामदेव गौतम उपचारका लागि वैङ्कक
केही दिनदेखि अस्वस्थ भएका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम थप उपचारका लागि थाइल्याण्डको वैङ्कक जानुभएको छ । काठमाण्डूको बाँसबारी स्थित न्युरो अस्पतालबाट डिस्चार्ज भए लगत्तै उहाँ दिउसो बैंकक प्रस्थान गर्नुभएको हो । टाउको दुख्ने र ज्वरो आउने भैरहेपछि उहाँ एक हप्ताअघि न्युरो अस्पतालमा भर्ना हुनुभएको थियो । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान न्युरो अस्पताल पुगेर मन्त्री गौतमलाई भेट्नुभएको थियो ।
20090127
सरकारले हत्या, हिंसा, अपहरण जस्ता अपराधहरू रोक्न नसकेको मानवअधिकार आयोग अध्यक्षको आरोप

राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष केशवप्रसाद उपाध्यायले सरकार मानव अधिकारप्रति संवेदनशील नभएको बताएका छन्।
मंगलवार नेपालगन्जमा अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि र पत्रकारसँगको अन्तक्रियामा उपाध्यायले देशमा बढ्दै गएको दण्डहिनताको अवस्थाले चिन्ताजनक स्थिति बनेको बताए। उनले पटकपटक प्रधानमन्त्रीसँग भेटेर मानवअधिकार उल्लंघनबारे कुरा राखेको उल्लेख गर्दै शान्ति प्रक्रियामा यस्तो हुन्छ भनेर जबाफ दिने गरेको बताए।
सम्पत्ति कब्जा गर्ने, युवा दस्ता भीडन्त गर्ने, अपराधीका मुद्धा फिर्ता लिने काम शान्ति प्रक्रियामा हुँदैन। उनले भने– “वेपत्ता नागरिक आयोग, सत्य निरुपण आयोग बनाएर शान्ति प्रक्रिया अगाडि बढाउनु पर्छ। यी आयोग गठनमा कुनै प्रगति हुन सकेको छैन।”
शान्ति प्रक्रियामा कुर्सी र सत्तालाई दिगो राख्ने काम मात्रै गर्न सकेको र हत्या, हिंसा, अपहरण जस्ता अपराधहरू रोक्न नसकेको उनको आरोप थियो।
राष्ट्रिय मानवअधिकार आयोगले गरेको सिफारिशप्रति सरकार प्रतिबद्ध नभएको उनले बताए। वाईसीएल, युवा दस्ता, विद्यार्थीको भीडन्त, सम्पत्ति कब्जाजस्ता समस्याहरू आइरहेका छन्। सरकार दक्ष र सक्षम नभएकोले दण्डहिनताको अवस्था बढ्दै गएको उनको भनाइ थियो।
पत्रकारको हत्या पनि कुनै खास राजनीतिक दलका कमी कमजोरी उदांगो गरेको कारणले मात्र भएको उनले बताए। उमा सिहंको हत्याको सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको उल्लेख गर्दै अपराधीलाई बचाउन निर्दोष ब्यक्तिलाई कारबाही गरिनु नहुनेमा उनको जोड थियो। सरकारले हत्या, बलात्कार जस्ता अपराध गरेकाको पनि मुद्दा फिर्ता लिएको प्रशंग प्रधानमन्त्रीसँगको भेटमा राखेको उल्लेख गर्दै झुट्टा मुद्दा मात्रै फिर्ता लिएको, अपराधीका मुद्दा फिर्ता भएकोमा सच्चाइने आश्वासन प्रधानमन्त्रीले दिएको बताए।
“अन्याय सहनु पनि अन्याय गर्नु नै हो”, उनले भने– “राष्ट्रिय मानवअधिकार आयोगको सिफारिस सरकारले कार्यान्वयन नगरेमा पदमा बसिराख्न निरर्थक भएको उनले बताए।
उनले भने– “अपराधी विरुद्ध मुद्दा चल्दैन। चलाएको मुद्दा पनि फिर्ता लिन्छ र मुद्दा चलाए पनि गलत तरिकाले मुद्दा दर्ता गरिएको हुन्छ।”सरकारले नसुनेमा सबै कुराहरु ल्याएर जनताका समक्ष आउने उनले बताए।
अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरूले मध्यपश्चिम क्षेत्रमा हत्या, अपहरण, धम्की र चन्दा आतंकका घटनाहरू पछिल्लो दिनमा बढ्दै गएको प्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानकर्षण गराएका थिए। प्रहरी प्रशासनको संलग्नतामा अपराधका घटना घटिरहेको उनीहरूको आरोप थियो।
यसैगरी महिलाहरु घरेलु हिंसाको शिकार बन्नु परेको, कर्णालीका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित रहेको, विद्यार्थीले पाठ्यपुस्तक नपाएको, हत्या अपहरण भइरहँदा पनि प्रहरी प्रशासन मौन रहेकोप्रति आयोगको ध्यानाकर्षण गराएका थिए।
कब्जा गरिएको सम्पत्ति फिर्ता नभएको, पीडितले क्षतिपूर्ति नपाएको, मानवअधिकारकर्मी, पत्रकार असुरक्षित रहेको कुरा पनि छलफलमा उठेको थियो। -दिलबहादुर छत्याल/दैनिकी
अमेरिकामा हिउँ पर्दा...हेर्नुस् भिडियो
क्याम्पस प्रमुख मृत फेला
दार्चुलाको गोकुलेश्वर गाविसस्थित गोकुलेश्वर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण साउँद मृत फेला परेका छन् । २६ वर्षीय साउँद सोमबार गोकुलेश्वर-२ स्थित घर नजिकैको खोलामा मृत फेला परेका हुन् ।
आइतबार राति शौचालय जान घर बाहिर निस्केका उनी घर नफर्केपछि आफन्तजनले खोजी गर्दा शव खोलामा भेटिएको दार्चुलाका प्रहरी प्रमुख डिल्लीराज विष्टले टेलिफोनमा बताए ।
के के हुँदैछ एमाले भित्र ??

आगामी फागुन ५ देखि १० गतेसम्म बुटवलमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा ३ लाखको सहभागिता हुने दाबी एमालेले गरेको छ। महाधिवेशनमा रुपन्देहीबाट मात्रै डेढ लाख र मुलुकका अन्य भागबाट डेढ लाख कार्यकर्ता र समर्थक सहभागी हुने जानकारी एमाले महाधिवेशन मूल व्यवस्थापन समितिले दिएको छ।महाधिवेशन तयारीका लागि एमालेले दुइटा समिति बनाएको छ जसमा ४६ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति र पार्टी स्थायी कमिटी सदस्यहरु सदस्य रहने गरी महाधिवेशन दस्तावेज समिति छ।
मूल व्यवस्थापन समितिमा आवास प्रचार खाद्य जनपरिचालन सांस्कृतिक लगायतका जम्मा १३ उपसमिति छन्।मूल व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा यी समितिले आफ्नो तयारी आधाभन्दा बढी सकिसकेको जानकारी पार्टीलाई गराएका छन्। अधिकारीका अनुसार महाधिवेशनमा सहभागी हुन प्रत्येक गाविसबाट एउटा बस ल्याउनै पर्ने निर्देशन पार्टी कार्यकर्तालाई गरिएको छ।महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन देशभित्रका एकीकृत नेकपा माओवादी नेपाली कांग्रेस मधेसी जनअधिकार फोरमलगायतका प्रमुख दलका नेतालाई बोलाउने भएको छ।महाधिवेशनमा विभिन्न देशका कम्युनिष्ट नेता पनि सहभागी हुने भएका छन्। अन्य देशमा पनि कम्युनिष्ट पार्टीले कसरी काम गरिरहेका छन् र उनीहरुसँग सद्भाव र भाइचारा बढाउनका लागि महाधिवेशन उद्घाटनका अवसरमा भारत चीन रुस बंगलादेश जापान क्युवालगायतका मुलुकका कम्युनिष्ट पार्टीका नेतासमेत सहभागी हुने एमालेले जनाएको छ।
छिमेकी मुलुक भारतको भने कम्युनिष्ट दलबाहेक सत्तारुढ कांग्रेस आई प्रमुख विपक्षी भारतीय जनता पार्टी समाजवादी पार्टीलगायतका दलहरुलाई पनि बोलाइने जानकारी स्रोतले दिएका छन्।महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रका लागि बुटवल मण्डपको २२ बिघा जमिनमा अहिले उद्घाटन माच बनाउने काम भइरहेको छ भने बन्द सत्रका लागि १६ सय कार्यकर्ता अट्ने पालले टाँगेको हल निर्माण हुँदैछ। उद्घाटन सत्रका लागि विभिन्न जातजाति र धर्म संस्कृति भूगोल जनाउने झाँकी पनि प्रस्तुत गरिनेछ। विभिन्न समयमा हुने समूहगत छलफलका लागि अन्य साना २० वटा हल बनाउने काम पनि अन्तिम चरणमा पुगिसकेको छ। महिला किसान विद्यार्थी मजदुरलगायतका पार्टीका विभिन्न संगठनका लागि छुट्टाछुट्टै स्टल बनाउने तयारी पनि भइरहेको छ।यी स्टलमा पार्टीको ६० वर्षे इतिहास झल्काउने विभिन्न तस्वीर लुम्बिनीमा भएका आन्दोलन र सहिदहरुको तस्वीरसमेत राखिने एमालेले जनाएको छ। साचार माध्यमहरुलाई प्रत्यक्ष प्रसारण र समाचार संप्रेषण गर्न सजिलो होस् भन्ने उद्देश्यले महाधिवेशनस्थलभित्रै मिडिया स्टलसमेत बन्दैछ।महाधिवेशनमा आउने २५ सय प्रतिनिधिका लागि आवासको व्यवस्था बुटवलका दुई धर्मशालामा मिलाइएको छ। 
अहिलेसम्म जम्मा १६ सय जनाका लागि बस्ने व्यवस्था भइसकेको र बाँकीका लागी हलको खोजी भइरहेको एमालेले जनाएको छ।खानाको व्यवस्था पनि महाधिवेशन स्थलभित्रै मिलाइने भएको छ। गत महाधिवेशनमा खाना व्यवस्थापनको जिम्मा पाएका बुटवल न्यू इराका माधव नेपालले यस वर्ष पनि खानाको व्यवस्था गर्ने जिम्मा पाएका छन्। महाधिवेशनका लागि आवश्यक पर्ने तरकारी र खाद्यान्न भने नजिकैका नारायणघाट पाल्पा जिल्लाका गाउँहरुबाट उपलब्ध हुने भएको छ।पार्टीको आठौं महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटीको लगभग ६० लाख खर्च हुने पार्टी स्रोतले जनाएको छ जसमध्ये आधा पार्टी च्यानलबाट उठाइने र आधा चन्दा संकलनमार्फत उठाइने भएको छ।महाधिवेशन प्रचारप्रसारका लागि भित्ते लेखन पोष्टर पम्पलेट पर्चा छपाउने काम भइसकेको र साँस्कृतिक कार्यक्रममार्फत् महाधिवेशनको प्रचार प्रसार यही १७ गतेदेखि सुरु हुने भएको छ। एमालेले महाधिवेशनको व्यवस्थापकीय तयारी धुमधामसँग गरिरहेका बेला महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने मितिसमेत तय भइसकेको छ।
माघको १५ देखि २२ गतेसम्म महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्न पार्टीले तल्ला कमिटीमा पत्राचार गरिसकेको छ।महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन निर्देशिका समेत पठाइसकेको छ भने निर्वाचनका लागि संगठित सदस्यको नामावली टुंगो लगाउन संगठन विभाग लागिपरेको छ। संगठन विभाग प्रमुख अमृत बोहोराका अनुसार सदस्यता अनुगमन नवीकरणलगायतका विभिन्न काम अहिले प्राथमिकतामा परेका छन्।महाधिवेशनमा प्रस्तुत हुने महासचिव झलनाथ खनालको राजनीतिक प्रतिवेदन भने अझै कार्यकर्तामाझ पुग्न ढिलाइ भएको छैन। महाधिवेशन नजििकंदै जाँदा प्रतिवेदनका बारेमा अध्ययन गर्न कार्यकर्ताले पर्याप्त समय नपाउने भएका छन््। प्रतिवेदन छपाइका लागि गइसकेको र बिहीबारसम्ममा कार्यकर्तामाझ पुगिसक्ने एमाले स्रोतले बताए पनि दस्तावेज आउन ढिलाइ भएकामा तल्ला कमिटीहरुबाट नेतृत्वको आलोचना भइरहेको छ।महाधिवेशनमा छलफल हुने पार्टीको विधान संशोधनको दस्तावेज पनि बुधबारभित्रै छपाइका लागि गइसक्ने एमाले स्रोतले जनाएको छ।- विद्या चापागाईं
20090126
बहालवाला मन्त्री खुस्किए पछी... : "सबै नागरिकको हातमा बन्दुक हुनुपर्ने माओवादीको आधिकारिक धारणा"

मन्त्री बौलाए भनौ भने मानसिक अस्पताल् लगिएको, ऊपचार् गरिएको छैन, नभनौ भने कुरा सुन्दा एक बहालवाला मन्त्रीले यस्ता कुरा कसरी भन्न सक्छ ? कतै हामी आँफै त बौलाइेन जस्तो लाग्छ । संस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराँतीले सबै नागरिकको हातमा बन्दुक हुनुपर्ने माओवादीको आधिकारिक धारणा भएको दाबी गरेका छन् । पत्रकार महासंघ दाङ शाखाले आइतबार घोराहीमा गरेको पत्रकार भेटमा बोल्दै मन्त्री किराँतीले भने, 'राज्य पुनर्संरचना गर्न बन्दुकको महत्वपूर्ण भूमिका हुन्छ ।' यस विषयमा पार्टीभित्र छलफल पनि भएको छ, उनी भन्छन्, 'यो मेरोमात्रै विचार होइन पार्टीको आधिकारिक धारणा हो ।' राज्यलाई जबसम्म बन्दुक आवश्यक पर्छ तबसम्म जनताले बोक्नैपर्ने बताउँदै मन्त्री किराँतीले भने, 'बन्दुकले मात्र वास्तविक लोकतन्त्र, शान्ति र मानव अधिकार सम्भव हुन्छ ।'
बन्दुक नबोक्दासम्म अधिकार प्राप्त नहुने भन्दै मुक्त कमैया, हलियालगायतका सबै आन्दोलनकारीलाई उनले बन्दुक बोक्न आह्वान गरे । बन्दुकको राज हटाउन बन्दुक बोक्न जरुरी भएको उल्लेख गर्दै मन्त्री किराँतीले भने, 'मुक्त कमैया, हलिया सबैले बन्दुक बोक्नुहोस् नत्र तपाईंहरूको पुनर्स्थापना हुन सक्दैन । बन्दुक नबोकी अधिकार पाएको इतिहास कतै छैन ।' अब प्रत्येक नागरिकलाई बन्दुक प्रदान गरी राज्यले नागरिकलाई सेना बनाउनुपर्ने उनको भनाइ थियो ।वृद्धवृद्धा र बालबालिकाबाहेक सबै नागरिकको हातमा बन्दुक नभएसम्म देशमा जनताको शासन स्थापना भएको मान्न नसकिने धारणा मन्त्रीले राखे । नयाँ संविधानमा सबैको हातमा बन्दुक हुने व्यवस्था गरिने बताउँदै उनले जनसेना र सरकारी सेनाको हतियार जनताको सुरक्षाका लागि पर्याप्त नहुने दाबी गरे । उनले राज्यको, २५ दलको र २ करोड ५० लाख जनताको गरी ३ खाले कानुनभित्र रहेर अहिले सरकारले काम गर्नुपरेको बताए । उनले यी तीन कानुनको अन्त्य नहुँदासम्म राम्रोसँग काम गर्न नसकिने धारणा राखे ।
'खामलाई पुरस्कृत गरिनुले हत्यामा माओवादी उच्च नेतृत्वको संलग्नता रहेको पुष्टि हुन्छ'
व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका कालिबहादुर खाम 'विविध'लाई माओवादीले केन्द्रीय सदस्य बनाएकोमा श्रेष्ठका परिवारले विरोध जनाएका छन् । रामहरिकी पत्नी रमिला र दाजु श्यामकाजीले सोमबार विज्ञप्ती जारी गरी खामलाई केन्द्रीय सदस्यबाट निकालेर कडा कारवाही गर्न माग गरेका छन् । विज्ञप्तीमा कोटेश्वर नागरिक समाज संघर्ष समिति र प्रधानमन्त्री पुष्पकमल दाहालबीच गत जेठ १४ गते भएको सम्झौतामा खामलाई मुख्य दोषी भनेर किटान गरिएको स्मरण गराउँदै केन्द्रीय सदस्यमा नियुक्त गर्नु उक्त सम्झौता विपरीत भएको जनाइएको छ । 'खामलाई पुरस्कृत गरिनुले हत्यामा माओवादी उच्च नेतृत्वको संलग्नता रहेको पुष्टि हुन्छ' भन्दै कारवाही नभए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।श्रृंखलाबद्ध ३ वटा शक्तिशाली बम बिष्फोट
सप्तरी सदरमुकाम राजबिराजमा सोमवार साँझ श्रृंखलाबद्ध रुपमा ३ वटा शक्तिशाली बम बिष्फोट भएको छ । राजबिराज- १ स्थित हटियामा साझ ६:२५ मा पहिलो बम बिष्फोट भएको थियो । त्यसको ३ मिनेट पछि वडा नं ३ स्थित शिवशक्ति इलेक्टि्रकल्स पसलमा दोश्रो र त्यसको केहि छिनमै वडा नं ७ स्थित जिल्ला अदालत पछाडी तेश्रो बम बिष्फोट भएको् थियो । ईलेक्टि्रकल्स पसलमा भएको सकेट बम बिष्फोटको छर्रा लागि १२ वर्षीया बालिका पुजा दास गम्भिर घाईते छिन् । बिष्फोटबाट पसलका सिसा तथा सामानहरु नष्ट भई करिव ४ लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरको छ ।
अन्य बिष्फोटहरुबाट भने क्षति नभएको प्रहरीले जनाएको छ । यता बिष्फोटको महान मधेस जनक्रान्ति पार्टीका नगर ईन्चार्ज बताउने परबानाले जिम्मेवारी लिएको छ ।
20090125
३२ मिनेट लामो सम्वोधनमा प्रम दाहालले कुनै नयाँ प्रतिवद्धता जनाएनन् !!!
३२ मिनेट लामो सम्वोधनमा प्रम दाहालले माथिल्लो तामाकोशी जलविद्युत योजना नेपालीको मात्रै लगानी तथा श्रमबाट सम्पन्न गरिने उल्लेख गरे । उनले विदेशी सहयोगले परनिर्भरता बढाएको भन्दै अब सानातिना कुरामा विदेशी सहयोग नलिने घोषणा गरे । बन्द, हड्ताल जस्ता विरोध कार्यक्रमको अन्त्य गर्दै दण्डहिनता रोक्न साहसपूर्वक कदम चालिने प्रधानमन्त्रीको भनाई थियो । संवोधनको क्रममा प्रम दाहालले सरकारी कार्यालयमा हुने ढिला सुस्ती गर्ने तथा घुस लिने कर्मचारी विरुद्ध कडा कारवाही गरिने उल्लेख गरे । उनले प्रत्येक सरकारी कार्यालयमा के कारणले काम हुन नसकेको हो भन्ने लिखित जानकारी सेवाग्रहीलाई दिनु पर्ने व्यवस्था गरिने बताए । दलित समुदायमाथि भईरहेको छुवाछुत रोक्न आवश्यक परे संशोधन गरेर भएपनि कडा कानुन ल्याइने उल्लेख गरे । दलित विद्यार्थीहरुको निम्ति सहिद दिलबहादुर छन्त्यालको नाममा दलित शैक्षिक छात्रावृत्ति कोष स्थापना गरिएको जानकारी दिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट गरिएको संवोधनमा प्रधानमन्त्रीले मन्त्री परिषदका सदस्यहरुको सहयोगमा मन्त्रीहरुलाई नातावाद र विलासी हुन नदिने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीले आफूसँग सरकार सञ्चालनको पाँच महिना लामो कटु अनुभव भएको भन्दै नयाँ नेपाल निर्माणको लागि संविधानसभामा भएका सबैदलवीच सहकार्य आवश्यक भएको उल्लेख गरेका थिए ।
सरकार सम्हालेको पाँच महिनासम्म उल्लेख्य केही गर्न नसकेको आक्रोशमिस्रित स्वरमा आएको सम्बोधनमा प्रधानमन्त्रि दाहालले कुनै नयाँ प्रतिवद्धता जनाएनन् । उनले तिनै कुराहरु दोहोर्याए, जुन यो सरकारको नीति तथा कार्यक्रम, बजेट तथा हिजोका सरकारबाट पटक पटक घोषणा गरिएका थिए । आक्रोश मिस्रित स्वरमा उनले तिनै पुराना कुराहरुमा प्रतिबद्धता जनाए, जुन चुस्त प्रशासन संयत्रको अभावमा सम्पन्न हुन सकेका थिएनन् । गम्भिर मुद्रामा प्रम दाहाल 'आफूले केही गर्न नसकेको बुझिदिनकालागी' आग्रह गर्दै रहेको उनको 'बडि ल्यांग्वेज' बाट प्रष्टै बुझिन्थ्यो ।
अमेरिकामा संबिधानबिद डा. भिमार्जुन आचार्यले नेपालको बन्दैगरेको संबिधानका बारेमा समबेदनशिल कुरा बोल्नु भएकोछ भिडियोमा हेर्नुश ........
Dr. Acharya from Ramhari Subedi on Vimeo. video by Ramhari Subedi/dcnepal
20090124
गिरिजालाई राष्ट्रपति बन्न प्रचण्डको प्रस्ताव
"राष्ट्रपति पद खोसेर कम्युनिस्टकै हातमा लैजाने दुराशयको कडी"
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई फकाउन माओवादी नेतृत्वले नयाँ पहल सुरु गरेको कांग्रेस सूत्रले उल्लेख गरेको छ। सूत्रका अनुसार, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कांग्रेस सभापति कोइरालालाई राष्ट्रपति बन्न प्रस्ताव गर्नुभएको छ। गत शनिबार प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री कोइरालालाई भेट्दा यस्तो प्रस्ताव गर्नुभएको दाबी गर्ने सूत्रले सो प्रस्तावप्रति कोइरालाको कस्तो प्रतिक्रिया रह्यो भन्ने चाहिँ बताउन चाहेन।
प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै सूत्रले बतायो– 'हिजो जेजे भएका छन् सबैले बिर्सौं। हामीबाट पनि गल्ती भए, तपाईंहरुबाट पनि गल्ती भए। तर, तपाईं समकालीन राजनीतिमा 'टावर पर्सनालिटी' र शीर्षनेता हुनुभएकाले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन र नयाँ गणतान्त्रिक संविधान बनाउन तपाईंको सहयोगविना असम्भव प्राय रहेकाले तपाईं राष्ट्रपति बनिदिनुहोस्।'
नेता कोइरालालाई राष्ट्रपति हुनका लागि वर्तमान राष्ट्रपति डा. रामवरण यादवलाई राजीनामा गराउनुपर्ने कोइरालाले भन्दा राष्ट्रपतिले मान्ने र यसरी रिक्त रहन गएको राष्ट्रपति पदमा माओवादी र एमालेको समर्थनमा उहाँ (गिरिजाप्रसाद) लाई राष्ट्रपतिमा निर्वाचित गर्ने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभएको सूत्र बताउँछ। यस क्रममा उहाँ (प्रधानमन्त्री)ले माधवकुमार नेपाललाई संविधानसभामा छिराउन सभासद् सुशीलचन्द्र अमात्यलाई राजीनामा गराएको उदाहरण प्रस्तुत गर्नुभएको थियो। सभापति कोइरालाले राष्ट्रपति बन्न मन्जुर गरेमा राष्ट्रिय सहमति कायम हुने र बहुमतीय प्रणालीमा फसेको राजनीति सहमतीय प्रणालीमा फर्किने तर्क पनि प्रधानमन्त्रीले कांग्रेस सभापति कोइरालासमक्ष राख्नुभएको सूत्र बताउँछ। सूत्रले यतिसम्म बताएको छ कि प्रधानमन्त्री दाहालले कांग्रेस सभापतिसमक्ष राख्नुभएको यो नयाँ प्रस्तावले कोइराला क्याम्पमा निकै उत्सुकता र हलचल ल्याएको छ, प्रसस्त चर्चापरिचर्चा सुरु भएको छ। र, सम्भवतः यो नयाँ प्रस्तावलगायत अन्य विषयमा समेत विचारविमर्शका लागि कांग्रेसले नेतृ एवं विदेश विभाग प्रमुख सुजाता कोइराला नयाँदिल्लीतिर लाग्दै हुनुहुन्छ। तर एकथरि कांग्रेसीजनले प्रधानमन्त्रीको सो प्रस्ताव गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने नभई कांग्रेसका हातमा रहेको राष्ट्रपति पद खोसेर कम्युनिस्टकै हातमा लैजाने दुराशयको कडी हुने आशंका व्यक्त गरेका छन्। केही अघिसम्म अनिश्चय र अस्थिरताको चक्रव्यूहमा फसेको प्रचण्ड नेतृत्वको वर्तमान सरकार अहिले क्रमशः अनुकूल अवस्थामा फर्किंदै गएको छ। माधवकुमार नेपालले अनायास संविधानसभामा प्रवेश गरेपछि एमाले सत्ताबाट बाहिरिने खतरा टरेको छ भने कांग्रेसका अमरेशकुमार सिंहले 'टि्रट' गरेपछि मधेसी जनअधिकार फोरम पनि फुट्नबाट जोगिदै उपप्रधानमन्त्रीको पार्टीमा रूपान्तरण हुने भएको छ। अब रामवरण यादवको राष्ट्रपतिको पगरी गिरिजाप्रसाद कोइरालालाई लगाइदिन पाए प्रचण्डसत्ता अकण्टक र अभेद्य बन्ने विश्वास माओवादीको रहेको छ। -Bharat Roka Chhetry/Nepalipatra eu.
Ram Prasad Khanal's nepali folk song "America Green Card Ko Khel"
माओवादीसँग अनैतिक गठबन्धन नगर
- रामकुमारी झाँक्री, अध्यक्ष- एमाले अखिल
एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष रामकुमारी झाँक्रीले आफ्ना पार्टी कार्यकर्तामाथि आक्रमण गर्ने पार्टीसित सरकारमा बसेर अनैतिक कार्य नगर्न एमाले नेतृत्वलाई आगह गरेकी छन्। आफ्ना पार्टी कार्यकर्ता र विद्यार्थीमाथि भइरहेको श्रृंखलाबद्ध आक्रमण रोक्न पार्टीलाई आग्रह गर्दै उनले भनिन्, ´आफ्ना पार्टी कार्यकर्तामाथि यस्तो ज्यादतीपूर्ण व्यवहार गर्नेसँग मिलेर सरकार चलाउनु अनैतिक गठबन्धन गर्नु हो।´ उनले भनिन्, ´कि हत्या हिंसाको श्रृंखला बन्द हुनुपर्यो, कि पार्टी प्रतिपक्षमा बस्न तयार रहनुपर्यो।´
यसैबीच सत्तारूढ दोस्रो ठूलो दल नेकपा एमालेका महासचिव झलनाथ खनालले एकीकृत नेकपा माओवादी नेतृत्वको गठबन्धन सरकारबाट आफ्नो पार्टी बाहिरिन सक्ने चेतावनी दिएका छन्।
माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी) ले पृथ्वीनारायण क्याम्पस पोखरामा बुधबार गरेको आक्रमणमा घाइते भएर राजधानीस्थित शिक्षण अस्पतालमा उपचाररत एमाले अखिलका कार्यकर्तासितको भेटपछि खनालले आफ्ना कार्यकर्तामाथि श्रृंखलाबद्ध आक्रमण नरोकिए माओवादीसँगको गठबन्धनबारे एमालेले पुनर्विचार गर्ने चेतावनी दिएका हुन्।
क्याम्पसभित्रै प्रवेश गरेर विद्यार्थी कुट्नेहरूलाई जुनसुकै पार्टीसँग सम्बन्धित भए पनि तत्काल कडा कारबाही गर्न सरकारसँग माग गर्दै खनालले भने, ´सरकारमा बसेपछि आफ्नो मर्यादाभित्र रहेर काम गर्नुपर्छ। माओवादीको भातृ संगठनबाट भएको यस्तो क्रियाकलापको एमाले घोर भर्त्सना गर्दछ।´
'चाँदनी चोक टु चाइना' का निर्माता रोहन सिप्पीले माफी मागे
मन्त्रिपरिषद्को निर्णयबाट प्रदर्शनीमा रोक लगाइएको विवादास्पद हिन्दी चलचित्र 'चाँदनी चोक टु चाइना' का निर्मातामध्येका एक सीपी फिल्म्सका रोहन सिप्पीले माफी मागेका छन् । 'फिल्मको एक दृश्यमा बुद्ध भारतमा जन्मेको भनी उल्लेख भएकामा नेपालमा उक्त भनाइलाई गलत बताइएको छ,' निर्देशकसमेत रहेका सिप्पीले भने, 'नेपालका जनताको भावनामा चोट पुर्याउनु हाम्रो उद्देश्य थिएन ।' उक्त गल्तीले हुन गएको क्षतिप्रति सर्तरहित रूपमा क्षमा मागेको उनले समाचार संस्थालाई जनाएका छन् । काठमाडौंका आधा दर्जन हलमा चलिरहेको 'चाँदनी चोक टु चाइना' विद्यार्थी संगठन, चलचित्र कलाकार र युवा समूहको विरोधपछि बिहीबार प्रदर्शनीमा रोक लाइएको थियो । हलिउडको वार्नर ब्रोज र बलिउडको सिप्पी फिल्म्सले बनाएको उक्त चलचित्रमा अक्षय कुमार, दीपिका पोडुकोन र मिथुन चक्रवर्तीको अभिनय छ । चलचित्र दिल्लीको चाँदनी चोकका सब्जी काट्ने सिधु -अक्षय कुमार) को कथा हो जो प्रगति गर्न चाहिरहेको हुन्छ । यस्तैमा चीनबाट आएका दुई व्यक्तिले उसलाई युद्धको नायकको रुपमा चीन लैजान्छन् ।
January 24 headlines in Nepali dailies
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई फकाउन माओवादी नेतृत्वले नयाँ पहल सुरु गरेको कांग्रेस सूत्रले उल्लेख गरेको छ। सूत्रका अनुसार, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कांग्रेस सभापति कोइरालालाई राष्ट्रपति बन्न प्रस्ताव गर्नुभएको छ। गत शनिबार प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री कोइरालालाई भेट्दा यस्तो प्रस्ताव गर्नुभएको दाबी गर्ने सूत्रले सो प्रस्तावप्रति कोइरालाको कस्तो प्रतिक्रिया रह्यो भन्ने चाहिँ बताउन चाहेन।प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै सूत्रले बतायो– 'हिजो जेजे भएका छन् सबैले बिर्सौं। हामीबाट पनि गल्ती भए, तपाईंहरुबाट पनि गल्ती भए। तर, तपाईं समकालीन राजनीतिमा 'टावर पर्सनालिटी' र शीर्षनेता हुनुभएकाले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन र नयाँ गणतान्त्रिक संविधान बनाउन तपाईंको सहयोगविना असम्भव प्राय रहेकाले तपाईं राष्ट्रपति बनिदिनुहोस्।'
नेता कोइरालालाई राष्ट्रपति हुनका लागि वर्तमान राष्ट्रपति डा. रामवरण यादवलाई राजीनामा गराउनुपर्ने कोइरालाले भन्दा राष्ट्रपतिले मान्ने र यसरी रिक्त रहन गएको राष्ट्रपति पदमा माओवादी र एमालेको समर्थनमा उहाँ (गिरिजाप्रसाद) लाई राष्ट्रपतिमा निर्वाचित गर्ने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभएको सूत्र बताउँछ। यस क्रममा उहाँ (प्रधानमन्त्री)ले माधवकुमार नेपाललाई संविधानसभामा छिराउन सभासद् सुशीलचन्द्र अमात्यलाई राजीनामा गराएको उदाहरण प्रस्तुत गर्नुभएको थियो। सभापति कोइरालाले राष्ट्रपति बन्न मन्जुर गरेमा राष्ट्रिय सहमति कायम हुने र बहुमतीय प्रणालीमा फसेको राजनीति सहमतीय प्रणालीमा फर्किने तर्क पनि प्रधानमन्त्रीले कांग्रेस सभापति कोइरालासमक्ष राख्नुभएको सूत्र बताउँछ। सूत्रले यतिसम्म बताएको छ कि प्रधानमन्त्री दाहालले कांग्रेस सभापतिसमक्ष राख्नुभएको यो नयाँ प्रस्तावले कोइराला क्याम्पमा निकै उत्सुकता र हलचल ल्याएको छ, प्रसस्त चर्चापरिचर्चा सुरु भएको छ। र, सम्भवतः यो नयाँ प्रस्तावलगायत अन्य विषयमा समेत विचारविमर्शका लागि कांग्रेसले नेतृ एवं विदेश विभाग प्रमुख सुजाता कोइराला नयाँदिल्लीतिर लाग्दै हुनुहुन्छ। तर एकथरि कांग्रेसीजनले प्रधानमन्त्रीको सो प्रस्ताव गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने नभई कांग्रेसका हातमा रहेको राष्ट्रपति पद खोसेर कम्युनिस्टकै हातमा लैजाने दुराशयको कडी हुने आशंका व्यक्त गरेका छन्। केही अघिसम्म अनिश्चय र अस्थिरताको चक्रव्यूहमा फसेको प्रचण्ड नेतृत्वको वर्तमान सरकार अहिले क्रमशः अनुकूल अवस्थामा फर्किंदै गएको छ। माधवकुमार नेपालले अनायास संविधानसभामा प्रवेश गरेपछि एमाले सत्ताबाट बाहिरिने खतरा टरेको छ भने कांग्रेसका अमरेशकुमार सिंहले 'टि्रट' गरेपछि मधेसी जनअधिकार फोरम पनि फुट्नबाट जोगिदै उपप्रधानमन्त्रीको पार्टीमा रूपान्तरण हुने भएको छ। अब रामवरण यादवको राष्ट्रपतिको पगरी गिरिजाप्रसाद कोइरालालाई लगाइदिन पाए प्रचण्डसत्ता अकण्टक र अभेद्य बन्ने विश्वास माओवादीको रहेको छ। -Bharat Roka Chhetry/Nepalipatra eu.Ram Prasad Khanal's nepali folk song "America Green Card Ko Khel"
माओवादीसँग अनैतिक गठबन्धन नगर
- रामकुमारी झाँक्री, अध्यक्ष- एमाले अखिल
एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष रामकुमारी झाँक्रीले आफ्ना पार्टी कार्यकर्तामाथि आक्रमण गर्ने पार्टीसित सरकारमा बसेर अनैतिक कार्य नगर्न एमाले नेतृत्वलाई आगह गरेकी छन्। आफ्ना पार्टी कार्यकर्ता र विद्यार्थीमाथि भइरहेको श्रृंखलाबद्ध आक्रमण रोक्न पार्टीलाई आग्रह गर्दै उनले भनिन्, ´आफ्ना पार्टी कार्यकर्तामाथि यस्तो ज्यादतीपूर्ण व्यवहार गर्नेसँग मिलेर सरकार चलाउनु अनैतिक गठबन्धन गर्नु हो।´ उनले भनिन्, ´कि हत्या हिंसाको श्रृंखला बन्द हुनुपर्यो, कि पार्टी प्रतिपक्षमा बस्न तयार रहनुपर्यो।´यसैबीच सत्तारूढ दोस्रो ठूलो दल नेकपा एमालेका महासचिव झलनाथ खनालले एकीकृत नेकपा माओवादी नेतृत्वको गठबन्धन सरकारबाट आफ्नो पार्टी बाहिरिन सक्ने चेतावनी दिएका छन्।
माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी) ले पृथ्वीनारायण क्याम्पस पोखरामा बुधबार गरेको आक्रमणमा घाइते भएर राजधानीस्थित शिक्षण अस्पतालमा उपचाररत एमाले अखिलका कार्यकर्तासितको भेटपछि खनालले आफ्ना कार्यकर्तामाथि श्रृंखलाबद्ध आक्रमण नरोकिए माओवादीसँगको गठबन्धनबारे एमालेले पुनर्विचार गर्ने चेतावनी दिएका हुन्।
क्याम्पसभित्रै प्रवेश गरेर विद्यार्थी कुट्नेहरूलाई जुनसुकै पार्टीसँग सम्बन्धित भए पनि तत्काल कडा कारबाही गर्न सरकारसँग माग गर्दै खनालले भने, ´सरकारमा बसेपछि आफ्नो मर्यादाभित्र रहेर काम गर्नुपर्छ। माओवादीको भातृ संगठनबाट भएको यस्तो क्रियाकलापको एमाले घोर भर्त्सना गर्दछ।´
'चाँदनी चोक टु चाइना' का निर्माता रोहन सिप्पीले माफी मागे
मन्त्रिपरिषद्को निर्णयबाट प्रदर्शनीमा रोक लगाइएको विवादास्पद हिन्दी चलचित्र 'चाँदनी चोक टु चाइना' का निर्मातामध्येका एक सीपी फिल्म्सका रोहन सिप्पीले माफी मागेका छन् । 'फिल्मको एक दृश्यमा बुद्ध भारतमा जन्मेको भनी उल्लेख भएकामा नेपालमा उक्त भनाइलाई गलत बताइएको छ,' निर्देशकसमेत रहेका सिप्पीले भने, 'नेपालका जनताको भावनामा चोट पुर्याउनु हाम्रो उद्देश्य थिएन ।' उक्त गल्तीले हुन गएको क्षतिप्रति सर्तरहित रूपमा क्षमा मागेको उनले समाचार संस्थालाई जनाएका छन् । काठमाडौंका आधा दर्जन हलमा चलिरहेको 'चाँदनी चोक टु चाइना' विद्यार्थी संगठन, चलचित्र कलाकार र युवा समूहको विरोधपछि बिहीबार प्रदर्शनीमा रोक लाइएको थियो । हलिउडको वार्नर ब्रोज र बलिउडको सिप्पी फिल्म्सले बनाएको उक्त चलचित्रमा अक्षय कुमार, दीपिका पोडुकोन र मिथुन चक्रवर्तीको अभिनय छ । चलचित्र दिल्लीको चाँदनी चोकका सब्जी काट्ने सिधु -अक्षय कुमार) को कथा हो जो प्रगति गर्न चाहिरहेको हुन्छ । यस्तैमा चीनबाट आएका दुई व्यक्तिले उसलाई युद्धको नायकको रुपमा चीन लैजान्छन् ।January 24 headlines in Nepali dailies
20090123
माओवादी सेना विरुद्ध सार्वजनिक अभिव्यक्ति नदिन चेतावनी

माओवादीको सेनाले राजनीतिक दल र तिनका नेतालाई आफ्ना सेना विरुद्ध सार्वजनिक अभिव्यक्ति नदिन चेतावनी दिदैं त्यस्ता अभिव्यक्तिले शान्ति प्रक्रिया गंभिर संकटमा पर्ने उल्लेख गरेको छ। शुक्रबार जनमुक्ति सेनाको तर्फबाट प्रकाशित विज्ञप्तिमा यस्ता अभिव्यक्तिले देशमा थप संकटको स्थिति सृजना गर्न सक्ने जनाइएकोछ। नेकपा एमालेका पूर्व महासचिव माधव नेपाल एवं मधेसी जनअधिकार फोरमा अध्यक्ष उपेन्द्र यादवले जनमुक्ति सेना विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको भोलिपल्ट जनमुक्ति सेनाले वक्तव्य प्रकाशित गर्दै यस्ता अभिव्यक्तिले थप संघर्ष निम्ताउन सक्ने उल्लेख गरेको हो। जनमुक्ति सेनाको केन्द्रीय कार्यालयका तर्फबाट ´मंजिल´का नाममा जारी गरिएको वक्तव्यमा यस्ता विचारले देशमा राजनीतिक द्वन्द्व र अनिश्चितता निम्ताउने उल्लेख छ। एमाले नेता नेपालले पोखरामा आफ्नो पार्टी विद्यार्थी संगठनका कार्यकर्तालाई अस्पतालमा भेट्ने क्रममा माओवादी लडाकुलाई अपराधिको संज्ञा दिदैं तिनलाई जेलमा लगेर राख्नुपर्ने अभिव्यक्ति दिएका थिए। यस्तै अध्यक्ष यादवले जनमुक्ति सेनलाई कुनै पनि हालतमा नेपाली सेनामा समायोजन गर्न नसकिने बताएका थिए। जनमुक्ति सेनाले सम्मानपूर्वक आफ्ना लडाकुलाई नेपाली सेनामा कुनै भेदभाव बिना नै सम्मानपूर्वक समायोजन गर्ने विषयमा सरकारको पनि ध्यानाकर्षण गराएको छ।
एमाले अखिललाई माओवादी अखिलको चेतावनी
माओवादी सम्बद्ध अखिलले पोखरा घटनाको बहानामा एमाले अखिलले मुलुकका विभिन्न क्याम्पसमा झडपको स्थिति पैदा गर्न खोजेको आरोप लगाउँदै निहुँ खोज्नेले महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ। सत्तारुढ सबभन्दा ठूलो दल माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी पोखरा घटनालाई बढी नउचाल्न आग्रह गर्दै सत्तारुढ दोस्रो ठूलो दल एमालेको भातृ संगठनलाई त्यस्तो चेतावनी दिएको हो। क्रान्तिकारीका महासचिव हिमाल शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा पोखराको घटनाको बहानामा मुलुकका विभिन्न क्याम्पसमा अनेरास्ववियुले ´झडपको स्थिति पैदा गर्न खोजेको´ आरोप लगाइएको छ । धरान विराटनगर गोरखा र सुर्खेतमा बिहीबार भएका घटनाले यसैलाई पुष्टि गरेको दाबी गरिएको छ । यस्तो परिस्थिति जारी राखे आफ्नो संगठन प्रतिरोध गर्न बाध्य हुने बताउँदै विज्ञप्तिमा क्रान्तिकारीले निहुँ खोज्नेले महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिइएको छ।
पूर्वराजा ज्ञानेन्द्र नागार्जुन दरबार छाड्ने तयारीमा

केही समय निर्मल निवास बसेर हिमालय हाइट सर्दै गणतन्त्र स्थापनासँगै नागार्जुन सरेका पूर्वराजा ज्ञानेन्द्रले नागार्जुन दरबार छाड्ने तयारी गरिरहेका छन् । नागार्जुन जंगललाई राष्ट्रिय निकुन्ज बनाउने सरकारी निर्णय र सरकारले नागार्जुनमा बस्न दिएको ६ महिने म्याद सकिएका कारण उनले आफ्नो निवास परिवर्तन गर्ने तयारी गरेका हुन् । नागार्जुन दरबार छाडेर पूर्वराजा ज्ञानेन्द्र केही समयका लागि महाराजगञ्जस्थित निर्मल निवासमा बस्नेछन् भने त्यसपछि उनी सोल्टिमोडस्थित हिमालय हाइटमा स्थायी बसोबास गर्नेछन् ।
ज्ञानेन्द्रले नागार्जुन दरबार छोड्न केही दिन लाग्ने स्रोतले जनाएको छ । ज्ञानेन्द्रको इच्छाबमोजिम हिमालय हाइटमा कोरियन दूतावास बसेको घर पनि खाली गरिएको छ । 'हिमालय हाइटमा फर्निसिङ भइसकेको छ,' निर्मल निवास स्राेतले भन्यो, 'तर उहाँ नागार्जुनपछि केही महिना भने यतै निर्मल निवासमा बस्नुहुनेछ ।' राजा हुनुपूर्व बस्दै आएको निर्मल निवासको रेखदेखसमेत नहुने तथा हिमालय हाइटमा सुरक्षाको समस्या पर्ने भन्दै सहयोगीहरूले ज्ञानेन्द्रलाई केही महिना निर्मल निवासमै बस्न सल्लाह दिएका छन् । स्रोतका अनुसार ज्ञानेन्द्रले छोरा पारसको परिवारलाई निर्मल निवासमै व्यवस्थापन गरेर आफू हिमालय हाइटमा बस्ने चाहना व्यक्त गरेका छन् । अहिले पारसबाहेक ज्ञानेन्द्रका परिवारका सबै सदस्य निर्मल निवासमा बसेका छन् ।
गणतन्त्र घोषणापछि सरकारले ६ महिनाभित्र अर्को स्थानमा सर्ने गरी पूर्वराजालाई नागार्जुन दरबारमा बस्ने व्यवस्था गरेको थियो । पछि सरकारले नागार्जुन वनसहित त्यहाँको दरबारलाई पनि निकुन्ज बनाउने निर्णय गरेको थियो । वन मन्त्रालयका प्रवक्ता अन्नपूर्ण दासले शुक्रबार नागार्जुन वनलाई निकुन्ज व्यवस्थापनलाई हस्तान्तरण गर्न लागेको जानकारी दिए । नागार्जुन निकुन्ज बनेपछि त्यहाँ पूर्वराजाले बस्न नमिल्ने उनको भनाइ छ । 'तर क्याबिनेटले यसबारेमा निर्णय गर्ला,' उनले भने ।
नेपालका लागि ठूलो झट्का : वर्षेनी ८० हजार नेपाली जाने मलेसियाले विदेशी कामदार नलिने घोषणा
मलेसियाले विदेशी कामदार नलिने भएको छ। मलेसियाका गृहमन्त्री सयद हमीद अलवरले बिहीबार राती रोजगारदातालाई विदेशी कामदार लिन प्रतिबन्ध लगाएको घोषणा गरेका हुन्। आर्थिक मन्दीको मार खेपिरहेको मलेसियाले आफ्ना नागरिकलाई रोजगारीका अवसर उपलब्ध गराउन विदेशीलाई प्रतिबन्ध लगाउने नीति अवलम्बन गरेको अलवरले जानकारी दिएको बीबीसी लगायतका संचार माध्यमले जनाएका छन्। बेरोजगार नेपाली युवाका लागि मलेसिया दोस्रो ठूलो रोजगार गन्तव्य हो। दुई वर्षअघिसम्म मलेसियामा वर्षेनी ८० हजारसम्म नेपाली युवा कामका लागि जाने गरेकामा यस वर्षदेखि ५० हजारजति त्यसतर्फ जाने गरेका थिए। अहिले नेपालीका लागि कतार प्रमुख गन्तव्य हो।
मलेसियाले आर्थिक मन्दीका कारण कामदार कटौती गर्दा विदेशीलाई पहिला निष्काशन गर्न निर्देशन दिएको छ। मलेसियामा २० लाखभन्दा बढी एसियाली युवा उद्योग, कारखाना र सेवा उद्योगमा कार्यरत थिए।
मलेसियामा इन्डोनेसियालगायत दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंकाबाट ठूलो संख्यामा कामदार जाने गरेका थिए। गृहमन्त्री अलवरले स्टार्टस टाइमलाई दिएको जानकारीअनुसार चालु जनवरी महिनामा मात्र ४५ हजार विदेशी कामदारले अवकाश पाउनेछन्। थप विदेशी कामदार हटाउन मानव संशाधन मन्त्रालयले तयारी गरिरहेको छ। सरकारले लिएको नयाँ नियमअनुसार सेवा र उद्योग क्षेत्रमा कार्यरत उच्च दक्ष कामदार भने लिन सकिनेछ।
यो निर्णयबाट उद्योग र सेवा क्षेत्रमा काम गरिरहेका झन्डै १० लाख विदेशी कामदार प्रत्यक्षरूपमा प्रभावित हुनेछन्। मानव संशाधन मन्त्री दात्तुक डा. एस. सुब्रामनीयमले विदेशी कामदारको अवधि थप नगर्ने नीति अवलम्बन गरिएको जानकारी सञ्चार माध्यमलाई दिएका छन्। उनले हाल कार्यरत कामदारका सम्बन्धमा छलफल भइरहेको जानकारी दिएका छन्।
´करार अवधि रहुन्जेलसम्मका लागि विदेशी कामदारलाई ननिकाल्ने, तर मलेसियएन कामदार निष्काशन गरी विदेशी कामदारको अवधी थप गर्न पाइँदैन´, मन्त्री सुब्रामनीयमले संचार माध्यमलाई बताए। सरकारले विभिन्न प्रकारका कारखाना, पसल तथा रेष्टुरेन्टमा मलेसियन कामदारको रोजगारी प्रत्याभूतिका लागि विदेशी कामदार प्रतिबन्ध गरेको जनाएको छ।
अक्टोबरदेखि जनवरीसम्म १० हजार मलेसियन र ३ हजार विदेशी कामदारले रोजगारी गुमाइसकेका छन्। मलेसियाको अर्थतन्त्र निर्यात निर्भर भएको र विश्व बजारमा मन्दी देखिएकाले निर्यातमूलक उद्योगहरूले कामदार कटौती गर्नुपर्ने अवस्था आएको हो।
मलेसियाले प्लान्टटेशन र निर्माण क्षेत्रमा विदेशी कामदारलाई रोजगारी दिनेछ। यी क्षेत्रमा नेपाली कामदारको संख्या कम छ। यी क्षेत्रमा कम तलबमा बढी समय जोखिमपूर्ण काम गर्नुपर्छ। वैधानिक माध्यमबाट आउने कामदार यी क्षेत्रमा काम गर्न अनिच्छुक भएपछि झन्डै १० लाख अवैधानिक कामदार यी क्षेत्रमा संलग्न छन्। मलेसियाको यो निर्णयले इन्डोनेसियाका ३ लाख कामदारले यो वर्ष रोजगारी गुमाउनेछन्। ´यो नेपालका लागि ठूलो झट्का हो´, श्रम तथा रोजगार प्रवर्द्धन विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले भने। - विजयबाबु खत्री
आर्जन को दिर्घायु को कामना ।


बाल्टिमोर अमेरिका निवासी हाम्री प्रिय बहिनी केनी लामिछाने (काफ्ले) र ज्वाँई राज काफ्लेका प्रथम सुपुत्र आर्जन काफ्लेको अन्न प्रासनको उपलक्ष्यमा केनी , ज्वाँई राज र समस्त काफ्ले परिवार एबम श्रीराम लामिछाने, अन्जु लमिछाने , जेनी लामिछाने एबम समस्त लामिछाने परिवारमा समेत् हार्दिक बधाई, भान्जा अर्जन को दिर्घायु को कामना ।
- रामप्रसाद खनाल, तिर्था खनाल, ॠषि खनाल एबम समस्त खनाल परिवार
मलेसियाले आर्थिक मन्दीका कारण कामदार कटौती गर्दा विदेशीलाई पहिला निष्काशन गर्न निर्देशन दिएको छ। मलेसियामा २० लाखभन्दा बढी एसियाली युवा उद्योग, कारखाना र सेवा उद्योगमा कार्यरत थिए।
मलेसियामा इन्डोनेसियालगायत दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंकाबाट ठूलो संख्यामा कामदार जाने गरेका थिए। गृहमन्त्री अलवरले स्टार्टस टाइमलाई दिएको जानकारीअनुसार चालु जनवरी महिनामा मात्र ४५ हजार विदेशी कामदारले अवकाश पाउनेछन्। थप विदेशी कामदार हटाउन मानव संशाधन मन्त्रालयले तयारी गरिरहेको छ। सरकारले लिएको नयाँ नियमअनुसार सेवा र उद्योग क्षेत्रमा कार्यरत उच्च दक्ष कामदार भने लिन सकिनेछ।
यो निर्णयबाट उद्योग र सेवा क्षेत्रमा काम गरिरहेका झन्डै १० लाख विदेशी कामदार प्रत्यक्षरूपमा प्रभावित हुनेछन्। मानव संशाधन मन्त्री दात्तुक डा. एस. सुब्रामनीयमले विदेशी कामदारको अवधि थप नगर्ने नीति अवलम्बन गरिएको जानकारी सञ्चार माध्यमलाई दिएका छन्। उनले हाल कार्यरत कामदारका सम्बन्धमा छलफल भइरहेको जानकारी दिएका छन्।
´करार अवधि रहुन्जेलसम्मका लागि विदेशी कामदारलाई ननिकाल्ने, तर मलेसियएन कामदार निष्काशन गरी विदेशी कामदारको अवधी थप गर्न पाइँदैन´, मन्त्री सुब्रामनीयमले संचार माध्यमलाई बताए। सरकारले विभिन्न प्रकारका कारखाना, पसल तथा रेष्टुरेन्टमा मलेसियन कामदारको रोजगारी प्रत्याभूतिका लागि विदेशी कामदार प्रतिबन्ध गरेको जनाएको छ।
अक्टोबरदेखि जनवरीसम्म १० हजार मलेसियन र ३ हजार विदेशी कामदारले रोजगारी गुमाइसकेका छन्। मलेसियाको अर्थतन्त्र निर्यात निर्भर भएको र विश्व बजारमा मन्दी देखिएकाले निर्यातमूलक उद्योगहरूले कामदार कटौती गर्नुपर्ने अवस्था आएको हो।
मलेसियाले प्लान्टटेशन र निर्माण क्षेत्रमा विदेशी कामदारलाई रोजगारी दिनेछ। यी क्षेत्रमा नेपाली कामदारको संख्या कम छ। यी क्षेत्रमा कम तलबमा बढी समय जोखिमपूर्ण काम गर्नुपर्छ। वैधानिक माध्यमबाट आउने कामदार यी क्षेत्रमा काम गर्न अनिच्छुक भएपछि झन्डै १० लाख अवैधानिक कामदार यी क्षेत्रमा संलग्न छन्। मलेसियाको यो निर्णयले इन्डोनेसियाका ३ लाख कामदारले यो वर्ष रोजगारी गुमाउनेछन्। ´यो नेपालका लागि ठूलो झट्का हो´, श्रम तथा रोजगार प्रवर्द्धन विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले भने। - विजयबाबु खत्री
आर्जन को दिर्घायु को कामना ।


बाल्टिमोर अमेरिका निवासी हाम्री प्रिय बहिनी केनी लामिछाने (काफ्ले) र ज्वाँई राज काफ्लेका प्रथम सुपुत्र आर्जन काफ्लेको अन्न प्रासनको उपलक्ष्यमा केनी , ज्वाँई राज र समस्त काफ्ले परिवार एबम श्रीराम लामिछाने, अन्जु लमिछाने , जेनी लामिछाने एबम समस्त लामिछाने परिवारमा समेत् हार्दिक बधाई, भान्जा अर्जन को दिर्घायु को कामना ।
- रामप्रसाद खनाल, तिर्था खनाल, ॠषि खनाल एबम समस्त खनाल परिवार
20090122
गिरिजा फकाउन प्रचन्डको अर्को खेल
सरकारले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको औषधोपचारसहित सम्पूर्ण खर्च व्यहोर्ने भएको छ। मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले मुलुकमा सबभन्दा बढीपटक प्रधानमन्त्री भएका र लोकतान्त्रिक आन्दोलनमा लामो योगदान भएका नेता कोइरालाको सम्मानमा उनको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको हो।सरकारका प्रवक्ता तथा सूचना तथा साचारमन्त्री कृष्णबहादुर महराले मन्त्रिपरिषद्बाट कोइरालाको घरभाडा गाडीका लागि इन्धन र औषधोपचार खर्च व्यहोर्ने व्यहोर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार कोइरालाका लागि सरकारले आफ्नै खर्चमा निजी सचिवालयसमेत खोलिदिने भएको छ।
छिट्टै हतास किन भयौ
-बिजयकुमार श्रेष्ठ (हाल-इराक)

परिवर्तनको ठुलो योजना बनाएर जंगल पसेका थियौ
१२ वर्षसम्म डर लाग्दो र कठोरताको लडाई लड्यौ,
एक ढिका नून देखि देशको विशाल ढुकुटी लुटि लियौ
शान्त र सुन्दर नगरिमा भय र त्रासको वातावरण बनाई दियौं ।।
कलम चलाउने हातहरुलाई बम र बन्दुक थमाई दियौ
नयाँ सृजना त कता हो कता भएका पनि भत्काई दियौ,
त्रास र भयको वातावरण बनाएर जनतालाई दुख दियौ
परिवर्तनको कल्पना देखाएर जनतासँग भोट लुटि लियौ ।।
शान्ति छाउने आशा गर्दै देशको उच्च पदभार ग्रहण गरि लियौ
पदभारको ग्रहण पछि बमको छर्राकोको आवाज सरि गर्जिएका थियौ,
बन्दुकको तर्साईमा चलाएको शासन सरि थर्काई लिएका थियौं
देशलाई सिङ्गापुर बनाएर देखाई दिन्छु भन्ने बाचा दिएका थियौं ।।
गर्जाई र गराईको फरक बिचमा भएको ठुलो अन्तर अहिले पायौ
आफुले दिएको बाचा पुरा गर्न नसकी छिट्टै हतास किन भयौ,
आफुसँग भएको वनवासी तपस्याको आट साहस कता गुमाई दियौ
अत्तालिएर सत्ता नै छाडिदिन्छु भनि कायर , लाचारीपन किन देखाई दियौ ।।
फेरि पनि जनतालाई बन्दुक बोकाउने आश्वासन किन दियौ
बन्दुकको निती भन्दा बुद्धिको नितीलाई उच्च ठान्ने गरि दियौ,
नेपाली भुमीलाई स्वाच्छ शान्ति सुरक्षाको अनुभुति दिलाई दिउँ
स्वातन्त्रसँग बाँच्न पाउने मौलीक हक अधिकार सृजना गराई दिउँ ।।
कति भाँणभैलो हुँदो रहेछ !!!!
तराई, पहाड् र हिमालको निमित्त राजतन्त्रको अपरिहार्यता छ । यी विविध क्षेत्रहरुमा बसोबास गर्ने अनगिन्ती जातजाती र उनीहरुले अवलम्बन गर्ने गरेका संस्कारहरुलाई संरक्षण दिनको निमित्त सिङगो नेपालको स्वरुपले जीवन्त कालसम्म खडा भईरहनु पर्ने स्थिती छ । नेपालको भूमिमा रहेका कुनै पनि जातजाती, वर्ग, समुदाय र उनिहरुको धर्म, संस्कार, चालचलन जस्ता सम्पूर्ण अवयवहरुमा राजतन्त्रको अविछिन्न निकट संबन्ध रहेको छ । राजालाई घटाएमा कैयौं समुदाएको पूजा-पाठ र अरु धार्मिक बिधिहरु समेत अपूर्ण हुन्छ । त्यसैले राजा सबैको साझा भएका थिए ।
आज राजा राजगद्दीमा विराजमान् नभए पनि सबैको धर्म, संस्कार, र रीति-रिवाजमा विराजमान् नै छन् । यहाँसम्म की दशैंको टीका थापी आशिर्वाद् लिनको निमित्त तराई, पहाड् र हिमालबाट आएका नेपालीहरुले के प्रमाण दिए भने राजा धर्म, संस्कार र रीति-रिवाजमा मात्र नभएर सबैको मनमा समेत् विराजमान् रहेछन् ।
राजा निस्वार्थी छन् त्यसैले उनलाई जनताले निस्वार्थ माया दिएका छन् । "राजा नभएको देश हो र यो?" भन्ने प्रथाले अझै जरा गाडेकै रहेछ । राजा नभएको देश जस्तो हुँदा कति भाँणभैलो हुँदो रहेछ त्यो त हरेक दिनको घटनाले देखाई रहेकै छ । कुनै काल्पनिक वा अतिरञ्जित विवरण बनाई रहनु पर्दैन । पशुपतिनाथ मन्दिरमा कस्तो किसिमको भयावह दृश्य देखियो त्यसबाट गणतन्त्रका लागि मरिहत्ते गर्नेहरुले समेत गणतन्त्र स्थापना गर्न लगाएको आफ्नो मेहनत खेर गएकोमा पछुताएको हुनै पर्छ । पूजा-पाठ र मनको शान्तिको निमित्त धाउने पवित्र स्थलमा समेत घनघोर अशान्ति । कस्तो नयाँ नेपालको आशा लगाउने हामी नेपालीहरुले ?
नयाँ नेपालको सपना बेचेर राजालाई पन्छाईयो, गणतन्त्र ल्याईयो र सत्तामा पनि पुगियो । असहाय, गरीब्, निमुखा र नारीहरुले शुख पाउँछन्, उनीहरुले चाहे बमोजिमको कार्यक्रम तर्जुमा हुन्छ भनी भोट मागिएको होइन? अब त राष्ट्र र जनताले मुक्ती पाउँछ भनेको होइन? निर्दोष्, असहाय, गरीब्, निमुखा र नारीहरुलाई बिना कारण पर्लोक पठाएर मुक्ती दिलाउने काम बाहेक अरु केही हुनै सकेको छैन । राष्ट्रलाई संघियताको नाममा वा एक मधेश एक प्रदेशको नाममा तथा जातजातीको नाममा टुक्रा-टुक्रा पारेर छिट्टो भन्दा छिट्टो मुक्ती दिलाउने प्रयास् द्रुत्तर गतिमा भईरहेकै छ । जनताले समयमै आँखा नखोले राष्ट्रले पनि मुक्ती पाउने संभावनालाई नकार्न सकिने स्थिती नै छैन । कोही राष्ट्रको नाम फेरेर त कोही राष्ट्रको नक्सा खुम्चाएर नेपाललाई मुक्ती दिलाउन सार्है मेहनत गरिरहेकै छन् । यही कारण नै त थियो राजालाई राजगद्दीबाट उत्तारिएको ।
राजालाई हटाइँदा जनताको राय जान्ने कोशिससम्म गरेनन् हाम्रा नेताहरुले । किनकी उनिहरु कसैको ईशारामा राष्ट्रलाई बर्बाद् पार्ने षड्यन्त्रमा तल्लिन थिए । जनताको निमित्त शासन गर्ने त बहाना मात्र हो । गणतन्त्र स्थापा गर्ने खेल शुरु भए देखि नै जनता कै नाम भिराएर नेपाली जनताको भूमी टुक्रा पार्ने कोशिस भई रहेको छ । हामी नेपालीहरु सचेत् भएनौ भने नेपालको अस्तित्व हराउन सक्छ । राजालाई राष्ट्र र हामी राष्ट्रबासी नेपालीहरुकै निमित्त राजगद्दीमा बसाउनु पर्छ । राजा बलियो हुँदा कहिल्यै देश टुक्रा हुने कुरा भएन र हुन्न पनि । त्यसैले टुक्रा-टुक्रामा छरिएको तथा एक जातीले अर्को जातीलाई संखाको दृष्टिले हेर्ने र घृणा गर्ने नयाँ नेपालको स्थानमा चार जात छत्तीस् वर्णले हातेमालो गरी बाँच्न पाउने सिङगो नेपालको खाँचो छ । यस भावनालाई जीवन्त दिन सक्ने राजतन्त्रको आवश्यक्ता पहिले भन्दा पनि बढेको छ । राजतन्त्रको अपरिहार्यतालाई नकार्न नै सकिन्न । -बिशाल शाह,
bishalshah@yahoo.com
माओवादी नसुध्रने नेपालको दाबी : बिहीबार पोखरा बन्द, काटेर लुटेर र धम्क्याएर ठीक पार्ने माओवादीको नीति

एमालेका पूर्व महासचिव माधवकुमार नेपालले माओवादीका छापामार शिविरहरुमा आपराधिक मनोवृत्तिका व्यक्तिहरु पनि रहेको उल्लेख गर्दै तिनलाई कारबाही नगरी माओवादी नसुध्रने दाबी गरेका छन्। अखिल क्रान्तिकारीको आक्रमणबाट घाइते भई पोखराको चरक अस्पतालमा उपचार गराइरहेका एमाले अखिलसम्बद्ध विद्यार्थीहरुलाई भेटेपछि पत्रकारहरुसित कुरा गर्दै उनले माओवादीमा आपराधिक मनोवृत्तिका व्यक्ति रहेको दाबी गरेका हुन्।
अनेरास्ववियुका कार्यकर्ताले शिविरमा रहेका छापामारले हतियारसहित आएर आक्रमण गरेको बताएपछि उनले त्यस्तो प्रतिकि्रया व्यक्त गरेका हुन्। उनले पृथ्वीनारायण क्याम्पसमा आफ्नो पार्टीको भातृ संगठन अखिलका कार्यकर्तामाथि अखिल क्रान्तिकारीद्वारा बुधबार भएको आक्रमणलाई जंगली र बर्बर घटनाको संज्ञा दिएका छन्। ´बुधबार पृथ्वीनारायण क्याम्पसमा जुन घटना भयो त्यो बर्बर र जंगली आक्रमण हो´ नेपालले भने- ´शिविरमा माओवादीका लडाकुमात्र होइनन् आपराधिक मनोवृत्तिका व्यक्तिसमेत छन्। तिनलाई जेल नहाली माओवादी सुध्रिन्न।´ उनले अरु पार्टीमाथि भएका आक्रमणका घटनामा माओवादी अध्यक्ष पुष्पकमल दाहालसमेत संलग्न रहेको आरोप लगाए। ´कि त प्रधानमन्त्री कार्यकर्ताका अगाडि निरिह भएका छन् कि यस्ता आक्रमणका घटनामा उनकै संलग्नता छ´ उनले भने।
´माओवादीमा विद्रोही र सर्वसत्तावादको भावना छ। अरुलाई काटेर लुटेर र धम्क्याएर ठीक पार्ने नीति माओवादीको छ। यस्तो प्रवृत्ति र पृश्वीनारायण क्याम्पसमा भएको आक्रमणको एमाले घोर भत्सर्ना गर्छ´ उनले भने।
एमाले अखिलका कार्यकर्ताले आफूहरुमाथि अखिल क्रान्तिकारीद्वारा भएको आक्रमणको जानकारी गराउने क्रममा आफूहरुमाथि ज्यादती हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेर बसेको नेता नेपाललाई बताएका थिए।
प्रत्युत्तरमा नेपालले आफ्नो पार्टीका नेता एवं गृहमन्त्री वामदेव गौतमसित प्रहरी प्रशासन किन मूकदर्शक बनेको हो आफूले सोध्ने आश्वासन दिएका थिए। ´प्रहरी प्रशासनले गृहमन्त्रीको आदेश नमानेको हो कि दिएको आदेश पनि नमानेको हो म गृहमन्त्रीलाई सोध्छु´ उनले भने। एमाले अखिलले अखिल क्रान्तिकारीको आक्रमणको विरोधमा बिहीबार पोखरा बन्द गरेको छ।
तत्काल वाईसीएल विघटन गरिनुपर्ने
ललितपुर,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले मुलुकमा शान्तिसुरक्षा कायम गर्न तत्काल वाईसीएल विघटन गरिनुपर्ने बताएका छन् । उनले 'वाईसीयल' को अर्धसैनिकीकरण अन्त्य नगरेसम्म नागरिक सुरक्षा प्रत्याभूत हुन नसक्ने बताए ।
'वाईसीएलले अझै पनि हतियार देखाएरै ठेक्कापट्टा आफ्ना पक्षमा पारेका छन्,' जावलाखेलमा पार्टीको मध्यमाञ्चल कार्यकर्ता भेलामा बुधबार उनले भने, 'सत्तारूढ दलले सैनिक दस्ता बनाएर कानुन उल्लंघन गरेका छन्, यस्तो अवस्थामा नागरिकले आफूलाई कसरी सुरक्षित महसुस गर्ने ? मुलुकमा सुरक्षा कायम गर्ने हो भने पहिला वाईसीएलको अर्धसैनिकीकरण विघटन गर्नुपर्ने बताए । सरकार ६ महिनामै असफल भएको राणाले दाबी गरे । 'जनताले जस्सले युद्ध गर्यो त्यसैलाई सत्तामा पठाए मुलुकमा शान्ति-सुरक्षा हुन्छ भन्ने बुझेका थिए तर ठीक उल्टो भयो,' उनले भने, 'मुलुक हत्याहिंसा, लोडसेडिङ र महँगीले लथालिङ छ ।
सरकार निकम्मा भएको छ । टुकी बालेर कस्तो नयाँ नेपाल खोजेको हो ? उही फोहोरले दुर्गन्धित र अन्धकारमय नयाँ नेेपाल ?' मुलुकमा लोडसेडिङ हुनुमा विगतका सरकार नभई माओवादी दोषी रहेको उनले बताए । 'माओवादी युद्धको कारण दस वर्षमा ठूला विद्युत् गृह बन्न सकेन, मध्यमस्र्याङ्दी युद्धकै कारण ४ वर्ष ढिलो भएको हो,' उनले भने । मुलुकमा अराजकता बढ्दै गए आफ्नो दल चुप लागेर नबस्ने बताए । 'यस्तै अराजकता बढ्दै गए राप्रपा सडकमा आउने छ,' उनले थपे । पार्टीका संस्थापक लोकेन्द्रबहादुर चन्दले सरकारलाई रूखको पातसँग तुलना गरे । 'प्रजातन्त्रमा सरकार रूखको पात जस्तै हो,' उनले भने, 'पात सुकेपछि आफंै र्झछ । सरकारको पनि औचित्य नभएपछि कसैले ढाल्नु पर्दैन । आफंै ढल्छ ।'चन्दले माओवादी सरकार अतालिइसकेको प्रस्ट्याए । 'माओवादीलाई सत्तामा गएर पनि पुगेन, अझै कब्जा नै गर्नुपर्ने ?' उनले भने, यस्तै हो भने भोसल अरू दलले स्वास फेर्दा पनि उहाँहरूलाई सोध्नुपर्ने अवस्था आउँछ ।'
कहाँ छ देश
- शेखर ढुङेल
गत साल ९२००८ ० को जुन महिनामा भारत को बिभिन्न धार्मिक स्थल ९मा बैस्णो देबी ,हरिद्वार ,बनारस ०र कास्मिर एबम सिमला को भ्रमण गर्दा महसुस भएको तितो सत्य सहित को यो यात्राा स्मरण सुखद को पाटो भन्दा दुस्खद को गहिरो पाटो नै अबिस्मरणिय भएर रह्यो अनी घर मा पिडालु बन मा पिडालु ससुराली जाँदा पनि तीन हात को पिडालु भने झै देश मा दुस्ख भएर अमेरिका अाइयो अमेरिका बाट शुख को लागि घुम्न हिंडेको त्यहा पनि सही नसक्नु दुस्ख देख्दा मन त मेरो दुख्ने नै भयो पाठक लाई पनि बाड्न रहर लागेर प्रस्तुत गर्दै छु । म र यात्राा कै क्रममा कास्मिर मा भेटिएका अनी यात्राा मा साथी बनेका भारतीय प्राध्यापक जीवन देशाइ अलग अलग घोडामा थियौ । गन्तब्य को पूर्व जानकार उनी कहिले आफ्नै बिगत त कहिले हाम्रो गन्तब्य बिन्दु को बारेमा आफ्ना सस्मरण लाई सबिस्तार प्रस्टाउदै अगाडि बडिराखेका थियौ । लामो बिदेश बसाइ पछी आफ्नै प्रकार को हिमालि सस्क्रिती अनि फिल्म ,उपन्यास , र यात्राा स्मरण का लेख मा प्रस्तुत बयान ले एक पटक त्यो जमिन छुने रहर ले नेपाल मै हुँदा देखी मन खिचे को ठाउमा पुग्ने अठोट मुताबिक भारत हिमान्चल प्रदेश को सिमला मा पर्ने कुफरी मा थिए म ।
घोडा मा सवार यात्राा अगाडि बड्दै थियो । ओरालो लाग्ने र उकालो लाग्ने को बाक्लै ओहर दोहर थियो अनुहार मा नयाँ अनुभब अनि प्रसन्ता मग्न देखिन्थ्यो । देशाइ सित को कुरा को सिलसिला एका तिर थियो भने मेरो आँखा लगातार केही समय अगाडि देखी आफु अगाडि को लडखडाऔदो बुढो घोडा , उस्को अबिस्वसनिय लाग्ने गती त्यो घोडा लाई घिच्याइ राखेको एउटा बालक र उस्को कलेटि परेको ओठ , अनिन्द्रालु लाग्ने आँखा ,मलिन अनुहार , थकित शरीर माथि सोच्दै पनि थिए म । सोच्दछु यो ब्रमाण्ड सृस्टि कर्ता लाई पनि कसैले गलत सल्लाह दिए छन कि वा जानी जानी तमासा हेर्न गरीब र धनी को बन्ने भाग्य बनाइ पठाएका हुन कि मानिस लाई सर्ब श्रेष्ठ प्राणी पनि भन्ने बाँच्न नै गाह्रो सकस पनि दिने रुत्यतिकै मा मेरो सामु आर्को द्रिश्य अाइपुग्यो १३, १४ बर्ष को जस्तो देखिने , महिलो लुगा , घुडा सम्म अाइपुग्ने प्लास्टिक् को घोरलाङ घोरलाङ गर्ने बुठ लगाएको टाक बिहिन कमिज को बाग्ला ,कतै हुरी ले हुत्याएको फुल जस्तो ,असिना ले छ्यत बीछ्यत बनाएको फल को कलिलो ब्रीछ्य जस्तो त्यो मानीस प्रती किन हो मेरो मन खिचीदै गयो । हाम्रो साथ साथ मा उ र उस्ले डोर्याएको घोडा ईशारा मा अगाडि लम्की राखेको थियो ।
म सँगै भएको साथी पेसा ले प्राध्यापक भए पनि पत्रकारिता दोस्रो रुची रहेको उ आँफै ले भनेको थियो । त्यसै ले गफ मा समाझदारि र तालमेल पनि खाइराखेको थियो । अगाडि बड्दै गर्दा कुरै कुरा मा नेपाल को राजनैतीक स्थिती र जनता का समस्या , भारत र चिन को नयाँ शसक्ती करण को बारेमा गफ गर्दा गर्दै देशाइ ले एउटा प्रश्न तेर्स्यायो तिम्रो देश को मिडिया कत्ती को बलियो र स्वतन्त्र छ रुमेरो जवाफ थियो नेपाल को मिडिया निरिह र राज्य पक्ष बाट हमेसा आक्रान्त छ । प्राध्यापक देशाइ ले थपे मिडिया कमजोर र बिकाउ भयो भने भ्रस्टाचार नियन्त्रन , राजनैतिक स्थिरता , र राष्ट्रियता को पक्ष कमजोर बन्न जान्छ । राजनैतीक स्थायित्व भै सकेका देश हरु को उदाहरण दिदै मिडिया को दायित्व र भूमिका का बारेमा निक्कै लामो व्याख्या गर्दै उन्ले यो पनि थपे कि ब्युरोक्र्याट मा राजनीति हाबी भयो भने ब्युरोक्र्याट अपाङ्ग जस्तै कमजोर बन्न जान्छ ।
गफ अगाडि बढ्दै गर्दा पनि मेरो मन भने ति घोडा घिच्याउने नव जवान हरु बाट हटेको थिएन । एक जना त आशु समेत झार्दै थिए । प्राध्यापक देशाइ ले म लगायत आज सम्म भेटेका नेपाली हरु को बारेमा भन्दै जाँदा कास्मिर देखी मुम्बई सम्म का कैयौ नाम समेत बताउन चुकेनन । भान्से ,दर्वान , बगैचे , रिक्सावाल , कोठी ुुु ुुुु आदी आदी । मलाई भने अब पट्यार लागि सकेको थियो नेपाली को मुग्लाने कथा सुन्दा । मैले ध्यान नदिएको जस्तो बुझेर होला प्राध्यापक देशाइ ले पनि बिषय बदले ।
आप कहाँ से आया साप रुघोडा घिच्याइ रहेको केटा ले अचानक सोध्यो । मैले भने अमेरिका बाट उस्ले बीश्वास नगरेझै वा त्यो देश को नाम नै नसुने झै भान हुने मुद्रा मा निधार खुम्चायो । कुर्था सुरुवाल को पहिरन घाम ले डदेको अनुहार र प्राध्यापक देशाइ सित हिन्दी मा गरेको सम्बाद ले शायद उस्लाई मैले गफ दिएको जस्तो लाग्यो कि रुकुन्नी । गन्तब्य मा पुगे पछी ओरलने ईशारा गर्दै त्यो केटा ले भन्यो साप आप लोगौ को एक घण्टा मे वापस आना होगा । घोडा वहाँ पर रहेगा रुख को छहारि तर्फ ईशारा गर्दै भन्यो । देशाइ ले केही खाने कि भनी प्रस्ताब राखे । मेरो आँखा भने म सँगै आएको आर्को केटा को खोजी गर्दै थियो । अलिपर को छहारि मा पुगी उ त पल्टि सकेछ । म उस्को नगिज पुगे र नाम ठेगाना , सोधे , तिमी किन रोएको भनी जिज्ञासा राखे भर्खर जुंगा को रेखी देखिएको दिपक ले असजिलो मान्दै ठिट लाग्दो अनुहार दुई घुडा को बिच मा राख्यो , आकाश तर्फ हेर्यो अनि फेरी चिउडो दुई घुडा बिच मा टेकाउदै अस्पस्ट आवाज मा बोल्दै बिच बिच मा दोहोर्याइ दोहोर्याइ सोधे नबुझेको कुरा । छुट्टीने बेला मा दिपक ले मलाई बिछीप्त बनाए । बार बार उन्को अबोध प्रश्न ले मलाई अक्कन बक्क बनायो । कलिलै उमेर मा उन्को सँघ्रस ,अनी अन्तिम मा कहाँ छ देश हजुर भने पछी त म आँफै नै मरे तुल्य बने एक छिन त । मेरो गला नै अबरुद्ध भयो मेरो मस्तिस्क स्तम्भीत भयो । आज सम्म पनि मेरो मन बेचैन भएको छ त्यो प्रश्न ले आज सम्म अन्नुतरित नै छ उस्को प्रश्न मै ले भन्न सकेको छैन बाबु योहो तिम्रो देश यस्तो हुन्छ देश ।
हिंशा र आतंक ले आक्रान्तित उस्ले थाहा नपाएको र मैले देखेको हाम्रो सरकार कर्तब्य च्युत छ । लभउब पिय को प्रशासन , प्रहरी निरिह छ र निमुखा को लागि छैन । जहाँ आफ्नै जमिन मा बस्ने अधिकार खोसिएको छ , स्वतन्त्र भै बाच्ने आधार छैन ,स्वतन्त्रता को आबाज उथाउने को गला रेटिएको छ ,जहा निर्दोश फस्छ अपराधी उम्कन्छ ,आतंक को साथ नदिदा उस्को बाबु मारिए आमा डर ले बेपत्ता भएकी छिन , एउटा दाजु पनि कतै मुग्लान पसेको छ , घर मा अन्न छैन भएको खेती पाती अरु को कब्जा मा छ ,गुनासो गरे मार्ने धम्की आऊदछ , स्कुल जाने उमेर मा बन्दुक हात मा आऊदछ । दिपक लाई मासिक ५ सय कमाएर जोगाएर आमा दाजु खोज्नु छ किताब च्यापेर स्कुल जान चाहन्छ आफ्नै गाउका साथी भाई सित देउशी भैलो र हाट बजार मा रमाउन चाहन्छ , कलकल बग्ने झरना को बिसुद्द पानी पिउने र नुहाउने रहर छ । उस्लाई आएको बाटो थाहा छ न फर्कने बाटो , न घर को ठेगाना न बाबु न आमा आफ्नै देश मा नागरिक बन्ने अधिकार बाट बन्चित उस्को लागि कहाँ छ देश माथिका का तमाम प्रश्न बाट अन्नुतरित मै ले भन्न सकिन बाबु योहो तिम्रो देश यस्तो हुन्छ देश यहाँ छ तिम्रो देश ।
नास्ता खाइ सकेर देशाइ आए मै ले उन्लाई चिनाए यो ठिटो पनि मेरै देश को हो । दिपक को जस्तो कथा बोकेका त्यहा मात्र नभै भारत को हरेक कुना मा आफ्ना देश खोजी राखीराखेका युबा भेटे को कुरा देशाइ ले समेत बताउदा म नतमस्तक भएर सुनिराखेको थिए । मेरो उ कोइ पर्दैन थियो तर उ नेपाली थियो म अमेरिका बाट आएको सान ले जुन कुरा गर्दै थिए त्यो भाई को अवस्था ले मलाई उ सँगै डोर्याउदै थियो । म जस्ता सम्पन्न देश मा भास्सिएका एकाध कथित अहम्ता पाल्ने हरु लाई दिपक हरु ले गिज्याइ रहेको थियो । मैले टिप्स को नाम मा केही धेरै लाग्ने रकम दिएर एक छिन सान्त्वना दिने प्रयास गरे । एक दिन पक्कै सब ठीक हुने दबतबबभचब म त्यहा बाट उम्किए तर कहाँ छ देश रु हजुर भन्ने प्रश्न को जवाफ भने आज सम्म दिन सकेको छैन कस्तो हुन्छ देश कहाँ छ देश रु अमेरिकाmब छु तर सिमला को कुफरी मा अडकिएको छ यो मेरो मन कोइ जवाफ देउ दिपक लाई कहाँ छ उस्को देश !
हार्दिक श्रद्धानजली शहिदहरु लाई
- तिर्थ राज पाण्डेय "आसु" सुदुर-पश्चिम नेपाल
Suni582003@yahoo.com
प्रसँग शाहीद- सप्ताहको
दुई थोपा आशु श्रद्धायो मेरो त्यो उच्च सालीक!
भइसक्यो बेला जन्मन अझै शासनका मालिक!!
नेपालको ईतिहासमा कोतपर्ब सँगै सुरु भएको राणा हरुको शासन कालमा नेपाली जनता माथि गरिएको अभद्र ब्यभार र जन्ता ले पाएको दु:ख कस्ट को प्रतिरोध गरी एक असल प्रजातन्त्रिक समाजको जगेर्ना गर्न चाहने नेपाल आमा का सपुत मध्ये एक हुन – अमर शहीद दसरथ चन्द"
शाहीदको त्याग तपस्या र बलिदानको को पृष्ठ भुमी हो २००७ सालमा उदयभएको प्रजातन्त्र ! बिक्रमसम्बत १९६० असार १७ गते का दिन बैतडी जिल्लाको बस्कोट पत्थरसिया भन्ने ठाउमा पिता सेरबहादुर चन्द र आमा पार्वती चन्द को कोखबाट जन्मनु भएका दशरथ चन्द को बाल्यकालको शिक्षा बैतडी ,सुर्खेत र नेपालगन्ज मा ब्यतितभयो!थप भारतको बनारस बाट आइ ए सम्मको अध्ययन पुरा गरे!
आजीवन अविवाहित रही देस र जन्ता को सेवामा समर्पित चन्द बि स १९८६ मा भारतमा माहातमागान्धी को नेत्रुत्यमा सन्चालित “सविनय अबज्ञा”आन्दोलन को क्रममा चलेको नमक आन्दोलनमा सकृय भई लगेको आरोपमा भारतमा जेल जानु पर्यो, पछी बि स १९८८ मा स्वदेसमै फर्की आफ्नो दिर्ढ सपनालाई पुरा गर्न तिर लागनुभो राजनीतिक यात्रा को क्रममा राणा बिरोधी आन्दोलनको लागि हतियार संकलन को लागि बर्मा पुगे र हतियार संकलन गरे राजनीतिक जीवन यात्रा को क्रममा बि स १९९३ जेस्ठ २२ का दिन गोप्य रुपमा -टन्क प्रसाद ,धर्म भक्त माथेमा, जिबराज शर्मा , रामहरी शर्मा र दसरथ चन्द ले राजनीतिक दल को रुपमा प्रजापरिसद गठनगरे!
बि स १९९७ श्राबण महिना भोटेजात्रा को दिन रती १० बजे उपत्यकाका ३ वटै शहरमा राणा शासन बिरोघी पर्चा छरे प्रचामा राणा शासन बिरोध गरिनु को साथै राणा सँग लडनको लागी जनताहरु लाई आबहान गरिएको थियो दशरथ चन्द को सकृयतामा प्रचा बडिएकोले बि स १९९७ कार्तिक २ का दिन दशरथ चन्द को पनि गिरफतरी गरियो सो प्रचा कान्ड मा ५०० भन्दा बढी जन्ता हरु को गिरफतारी गरिएको थियो!
बि स १९९७ माघ ६ मा मुद्दा को फैसला भो देसद्रोहको दोस लगाई सुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, लगायत दशरत चन्द लाई मृत्यु दन्ड को घोषणा भयो! माघ ९ गते राती सुक्रराज शास्त्री लाई टेकुमा र र्माघ ११ गते धर्मभक्त माथेमा लाई सिफलको उकालोमा झुणड्याए र मृत्यु दन्ड दिइयो !, दसरथ चन्द र गंगा लाल लाई बि स १९७७ माघ १५ औसी को राती बिस्णु मतिको किनारामा सोभाभगवती को नजिक लगेर माफि मागन लगाए माफि न मागे पछी वहाँको माग अनुसार दुबै जनालाई गोली द्वारा मृत्यु दन्ड दिइयो ! दसरथ चन्द लाई पहिले तिघ्रामा अनी कोखमा र अन्तिममा छातीमा गोली प्रहार गरिएको थियो ! यि नेपाल आमाका शाहीदहरु सधैंको लागि नेपाली माझ अजम्मर छन !
20090121
झडप हुँदा ३८ घाइते : सात जना प्रहरी, अनेरास्ववियुका २१ र क्रान्तिकारीका १० विद्यार्थी

पोखरा, पोखराको पृथ्वीनारायण क्याम्पसमा माओवादीसम्बद्ध अखिल क्रान्तिकारी र एमालेसम्बद्ध अनेरास्ववियुका विद्यार्थीबीच बुधबार अपरान्ह झडप हुँदा एक प्रहरी र दुवैतर्फका गरी ३८ जना घाइते भएका छन्। घाइते हुनेमा सात जना प्रहरी, अनेरास्ववियुका २१ र क्रान्तिकारीका १० विद्यार्थी रहेका छन्। युनियनमा अनेरास्ववियुले भ्रष्टाचार गरेको आरोप क्रान्तिकारीले लगाएपछि दुवैपक्षबीच विवाद हुँदै आएको थियो। सोही विषयमा छलफल गर्न दुवैपक्ष बुधबार क्याम्पस प्रशासनमा भेला भएका बेला झडप भएको हो। घाइतेमध्ये अनेरास्ववियुका केन्द्रीय सदस्य अर्जन सुनामको अवस्था गम्भीर छ। ´टाउकोमा गम्भीर चोट लागेको छ´ सुनामको उपचारमा संलग्न स्थानीय चरक अस्पालका डा.तारानाथ कोइरालाले भने-´अधिक रक्तश्राव भएकाले टाउकोमा रगत जमेको शंका छ।´ अचेत अवस्थामा रहेका उनलाई चिकित्सकको सल्लाह अनुसार सिटीस्याक्न गर्न मणिपाल शिक्षण अस्पताल लगिएको छ। चरक अस्पतालमा अनेरास्ववियुका अन्य चार विद्यार्थीको उपचार भइरहेको छ। क्रान्तिकारीले पनि आफ्नातर्फ तीन जना घाइते भएको जनाएको छ। दुई पक्षबीचको झडपका क्रममा क्याम्पसको स्ववियुमा आगलागि गरिएको छ भने पार्किङ गरी राखिएका एक दर्जन मोटरसाइकल पनि जलाइएको छ। ´एकवर्षअघि क्रान्तिकारीको कुटाइबाट घाइते भएका अनेरास्ववियुका दुधप्रसाद गोलेको उपचारमा ७६ हजार रुपैयाँ खर्च भएको थियो´ अर्का घाइते अनेरास्ववियुका रश्मी आचार्यले भने-´त्यही खर्चलाई क्रान्तिकारीले भ्रष्टाचार भएको भन्दै पटकपटक विवाद झिक्दै आएको छ।´ उनकाअनुसार गोलेको उपचारमा खर्च भएको सबै बिल हेरेपछि करिब दुई महिनाअघि त्यसमा भ्रष्टाचार नभएको भन्ने सहमतिमा दुवैपक्षबीच पुगेका थिए। त्यतिबेला सोही क्याम्पसका क्रान्तिकारी अध्यक्ष गोविन्द केसीले भ्रष्टाचार नभएको भन्ने सहमतिपत्रमा हस्ताक्षर समेत गरेका थिए। ´अहिले फेरि विवाद झिकेर क्याम्पसमा वार्ता गर्ने निहुँमा अनेरास्ववियुका विद्यार्थीमाथि सांघातिक आक्रमण भयो´ आचार्यले भने। प्रहरीले पृथ्वीनारायण क्याम्पसमा दुई विद्यार्थी संगठनबीच बुधबार दिनभरजसो झडप भएको बताएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार र लाठी चार्ज समेत गरेको थियो। - मनोज अधिकारी
'जयतु संस्कृतम्' आन्दोलनका योद्धा श्रीभद्र शर्माको काठमाडौंमा निधन
नेपाली कांग्रेसका संस्थापक नेता एवम् 'जयतु संस्कृतम्' आन्दोलनका योद्धा श्रीभद्र शर्माको ८३ वर्षको उमेरमा बुधबार काठमाडौंमा निधन भएको छ ।लामो समयदेखि मुटुको रोगबाट पीडित शर्मालाई काठमाडौको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालबाट निधन हुनुभन्दा दुई घन्टा अगाडि डिस्चार्ज् गरिएको थियो । राणा शासनका बेलामा काठमाडौंस्थित तीनधारा पाठशालाबाट जयतु संस्कृतम् आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका शर्मा संस्कृतका प्रकाण्ड विद्वान् थिए । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहिसकेका उनी कांग्रेसको विभाजनपछि राजनीतिबाट निष्कृय भएका थिए । उनी विभिन्न आन्दोलनमा पटकपटक गरी छ वर्ष जेल परेका थिए । तनहुँमा जन्मेका शर्मा राष्ट्रिय पंचायतमा सामान्य प्रशासन र उद्योग मन्त्री भएका थिए । उनका एक छोरा र दुई छोरी छन् । साहित्य, दर्शन, धर्मशास्त्र र संस्मरणलगायत विभिन्न विषयमा शर्माका एक दर्जन कृति प्रकाशित छन् ।Let the Nepali National Flag rise
Without King everywhere we can see mess. There is no security to life. A nice, beautiful and a very smart lady reporter Ms. Uma Singh who tried to spread the message of peace had to sacrifice her life. Women have been tortured physically and mentally. Women cannot raise any issue that is very important to our Nepal. Whoever comes to forefront to raise issues for the betterment of the women and the entire society are kept aside. There is no reform in any sector. The Prime Minister, Ministers and leaders' foreign tours made Nepal waste millions of Rupees. With this money, Nepal can afford to mitigate unemployment problems.
A person who made us proud Nepali is dishonored. Instead of showing Prithvi Narayan Shah's great deeds to the world, the history (truth) has been tried to put in a dark. Prime Minister Pushpa Kamal Dahal and other Ministers see Nepali national flag in front of their office buildings, cars, on the tables and in their official pads every morning, every day and every night. Do they know, because of whom that flag raises? It is the same Prithvi Narayan Shah, the Great, handed that world's most beautiful flag to us. This flag is not just the piece of a cloth. It is our pride. It is our unity. It is our life. We need to salute him in every bit of our lives for his gift. To make this beautiful gift of Great King Prithvi Narayan Shah rise high above the Sagarmatha and everywhere in the world, there is just one person and he is our Monarch, His Majesty King Gyanendra Bir Bikram Shah Dev.
My daily routine begins from crossing the street where the United Nations building stands. While passing through the UN building I have to see the flags of 191 nations including the flag of the world body, the United Nations. Unless I look at the flag of Nepal, I won’t be ready to move. Just after catching the glimpse of my country Nepal’s flag, I start feeling very proud that I can stand just in front of the United Nations as the citizen of the sovereign and independent Nepal with full of glories. I feel like to salute the Great King Prithvi Narayan Shah thousands of times. What a great job he did for us. What a great personality with a great perseverance and dedication. Are we Nepalese of New Nepal paying due respect in a right way to a right person who made us proud Nepali? If we do not show our respect to a person who made us to be respected, who will respect us?
King Prithvi Narayan Shah’s deeds will die together with Nepal’s end. However, Nepal will never vanish from the map. Likewise, Prithvi Narayan Shah’s contributions will never be written off the golden history of Nepal. If we are a true Nepali, we need to rise up and say no more to distortions of history, no more to disrespect to a person who made us respected and no more to any efforts to break Nepali land in the name of Republic. If we are Nepali, we need to join hands together to make our Monarch’s comeback to save our Nepal’s disappearance. Let the Nepali National Flag rise forever. Jaya Matribhumi Nepal.
Kamala Prasai, Coordinator, Nepali Women Diasporanepaliwomendiaspora@yahoo.com
kamalaprasai@yahoo.com
नेपाली ब्यावसायी संघ`बेल्जियमको दोस्रो साधारण सभा संपन्न
- News by Purushottam Subedi and Bikal Adhikari
नेपाली राजदुताबासको प्रमुख आतिथ्यमा सुरु गरियको उक्त नेपाली ब्यावसायी संघको दोस्रो साधारण सभामा अन्य बिभिन्न संघ संस्थाका प्रमुख अतिथिहरुको पनि उपस्थिती रह्यो । उक्त सभामा प्रमुख अतिथी प्रवेस हमाल ज्यु ले बेल्जियममा नेपाली ब्यावसायी हरु सामु संभावना र चुनौतीको प्रकाश पर्दै बेल्जियममा नेपाली राजदुतावास संस्थाले खेलेको भूमिकाले बेल्जियम र नेपाल दुबै राष्ट्रलाई हित हुने दाबी गर्नु भयो । साथै प्रधान मन्त्री पुष्प कमल दाहाल ज्युले बोलेको बक्तब्यलाई प्रकाश पार्दै उहाको भनाइ राज्य प्रती सकारात्मक् रहेको पुस्टि पार्नु भयो । साथै उहाले बेल्जियमका प्रमुख सहरका सरकार प्रमुख संग नेपालको पर्यटन र औध्योगिक बिकासको लागि महत्वपूर्ण छलफल भई रहेको जानकारी गराउदै नेपाली ब्यावसायी संघ बेल्जियम एन आर एन बेल्जियम र नेपाली दुतावस बेल्जियमले नेपाल र नेपालीको हितको पक्षमा ठुला ठुला योजना भित्र्याउन सकिने संभावना लाई स्विकार्दै आगामी दिनमा यस प्रकारका संभावना लाई नेपाल सरकारको तर्फ बाट स्थाइत्व दिनु पर्नेमा ध्यानआकर्सण गराउनु भयो । साथै बोल्ने क्रममा एन आर एन बेल्जियमका अध्यक्ष पेम्बा गेल्मु सेर्पा ज्यु ले नेपाल को अस्थिरता गरिबिको कारण अर्थात धनी गरिव को दुरी आकासजमिनको जस्तो हुनाले अस्थिरता बढेको औल्याउदै स्थाइ सान्तिको लागि नेपाली जनतालाई रोजगारको अबसर दिलाउनु पर्ने पहिलो महत्व पूर्ण पाटो भयको औल्याउनु भयो । साथै नेपाली ब्यावसायी संघ बेल्जियमले नेपाल मा उत्पादित बस्तु लाई बिदेसी बजारमा पुर्याइ आफ्नो देशको आर्थिक अवस्थालाई बलियो बनाउन सकिने कुराको प्रकाश पार्नु भयो । यस्तै क्रममा एन डि यफ बेल्जियम का अध्यक्ष तुल्सीनाथ सुबेदी जनप्रगति शिल मंचको तर्फ बाट चित्र सुबेदी नेपाली जन संपर्क समितीका अध्यक्ष गंगाधर गौतम सांग्रिला समाजको तर्फ बाट दिपक ज्योति पौडेल अ ने सा स बेल्जियमका अध्यक्ष कृष्ण बजगाइ- एन आर एन आई सि सी का रबिन्द्रमान श्रेष्ठ- एन आर एन युरोप संयोजक जानकी गुरुङ -चितवन सहायता कोसका अध्यक्ष राम हरी घिमिरे -पर्वत बेल्जियम संपर्क समितिका सुभाश जोसी -बेल्जियम तमाङ समाजका अध्यक्ष राज कुमार लामा लगायतले नेपाली ब्यावसायी संघ को उध्यस्य र उपल्ब्धी बारे आ -आफ्नो मन्तब्य ब्यक्त गरेका थिय
Subscribe to:
Posts (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________