( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20090228

गिरिजा, प्रचन्ड, झलनाथ, सुशिल कसका कुरा पत्त्याउने ? कस्तो गाइजात्रा, कस्तो नाटक ?!

* देशको यो बिजोक हुदासम्मपनि नेताहरुको चेत खुलेको छैन, सबैले आ- आफ्नै डम्फु बजाइ रहेका छन , ल यि चार नेताहरुका चारथरी चटके भासण् हरु हेर्नुशत, कस्तो गाइजात्रा, कस्तो नाटक !!!!!!!!!!!!!!!!!!!!*

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीको प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रतिकारका क्रममा हुनसक्ने 'अप्रिय' घटनाको जिम्मा पार्टीले लिने उनले बताए । गृहनगर विराटनगरबाट र्फकेको एक साता बित्न नपाउँदै नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला चितवन आएर थारू सांस्कृतिक महोत्सवमा सहभागी भएका थिए । महोत्सवको उद्घाटनपूर्व कोइरालाले शुक्रबार बिहान सौराहामा कार्यकर्तासित भेटघाट गरी माओवादीको हिंसात्मक गतिविधिविरुद्ध प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् । बिहान ८ बजेर ५५ मिनेट जाँदा चितवन आइपुगेका कोइरालाले कार्यकर्तालाई भने, 'तपाईंहरू ढुक्क भएर प्रतिकार गर्नुस्, परेको पार्टीले बेहोर्छ ।' पार्टी सभापति चितवन आउने भएपछि कार्यकर्ताको भीड थामिनसक्नु थियो । सुपुत्री सुजाता कोइरालाका साथ उनी सौराहाको होटल रोयल पार्कमा आएका थिए । बाघमारा सामुदायिक वनको चौरमा हेलिकोप्टरबाट झरेर कोइराला सीधै होटलमा आइपुगेका थिए । उनले आसन्न स्ववियु निर्वाचन कुनै पनि हातलमा कांग्रेसको पक्षमा हुनुपर्ने बताए । 'चुनाव हाम्रो पक्षमा हुनुपर्दछ । तपाईंहरू तयारी गर्नुस्, म साथ दिनेछु,' उनले भने । दुई घन्टाको आरामपछि कोइराला थारू सांस्कृतिक महोत्सवको उद्घाटन गर्न सौराहाको राप्ती बगरमा पुगेका थिए । महोत्सवको उद्घाटन गर्दै कोइरालाले माओवादी क्रियाकलाप यस्तै रहिरहे यो सरकार धेरै दिनसम्म नटिक्ने दाबी गरे । 'माओवादीको हिंसात्मक क्रियाकलापविरुद्ध प्रतिकार गर्न युवाहरूले मैदानमा उत्रनुपर्छ,' कोइरालाल भने

यता प्रधानमन्त्री एबं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस आफ्नो पार्टी र सरकार विरुद्ध लागि परेको आरोप लगाएका छन् । उनले वास्तबिक शान्ति, स्वतन्त्र राष्ट्र र समयमै संविधान चाहने हो भने अहिलेको सरकारलाई सहयोग गर्नुको विकल्प नभएको बताए । क्रातिन्कारी पत्रकार संघको केन्द्रीय एकता भेलालाई राजधानीमा शनिबार सम्बोधन गर्दै उनले सरकार बिरुद्ध जथाभावी टिप्पणी गरेकोमा दुखेसो समेत गरे । 'आज एउटा बोल्या हुन्छ । भोलि अर्को बोल्या हुन्छ', दाहालले भने, 'कुनैदिन सरकार पाकेको आँप हो झर्नै लागिसक्यो भन्छन । कहिले यो आफ्नै कारणले ढल्छ भन्या हुन्छन ।' उनले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हिजोमात्र चितवनमा गएर सरकारले बिकासका कुरा गरेर जनतालाई झुक्याउदै संविधान लेख्न नखोजेको टिप्पणी गरेको भन्दै आपत्ति जनाए ।

यसैगरी नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले माओवादीले व्यवहारबाटै सुध्रिएको देखाए काँग्रेससहितको राष्ट्रिय सरकार बन्नसक्ने बताएका छन् । त्यसका लागि १२ बुँदे लगायतका सबै सहमति र सम्झौताहरुको पूर्ण कार्यान्वयन हुनुपर्ने उनले बताए । 'व्यवहारबाटै वातावरण बनाउनुपर्छ', प्रेस युनियनद्वारा शनिवार नेपालगन्जमा आयोजित संवाददाता भेटमा कोइरालाले भने,'वाईसीएल विघटन, घर-जग्गा फिर्ता गरी विश्वासको वातावरण बनाउनुपर्छ ।' उनले माओवादीले सहमतिको राजनीति तोडेकाले उसैले पहल गर्नुपर्ने बताए । एमालेका नव निर्वाचित अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सरकार आफ्नो पहिलो प्राथमिकता भएको बताईरहेका बेला कार्यबाहक सभापति कोइरालाको यो धारणा आएको हो । 'एक हातले ताली बज्दैन' उनले राष्ट्रिय सरकारप्रति सकारात्मक रहेको उल्लेख गर्दै भने, 'कांग्रेसले झगडाका निम्ति झगडा गरिरहेको छैन ।' कांग्रेस महासमिति बैठकले संविधानसभाअघि नै जस्ले जिते पनि १० बर्ष राष्ट्रिय सरकार चलाउने प्रस्ताव गरेको स्मरण गर्दै उनले भने,'तर, माओवादीको सर्वसत्तावादी सोच र अराजक गतिविधिले हुनसकेको छैन ।' कोइरालाले सहिदबारे प्रस्ट नीति नबनाई सशस्त्र विद्रोहका क्रममा मारिएका आफ्ना कार्यकर्तालाई सहिद घोषणा गरेकोप्रति आपत्ति जनाए ।

यसैगरी नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारको समीक्षा गर्ने बेला आएको बताएका छन् । सरकारले जनतालाई परिवर्तनको अनुभूति गराउन नसकेको भन्दै उनले यस्तो अवस्थामा सरकारमा बस्नुको औचित्य नभएको टिप्पणी गरे । त्रिभुवन विश्वविद्यालय प्रगतिशिल कर्मचारी संगठनको चौथो राष्ट्रिय सम्मेलनको राजधानीमा शनिबार उदघाटन गर्दै उनले प्रधानमन्त्री लगायतका सहयात्री दलका नेताहरुसँग आफूले सरकारको समीक्षा गर्न प्रस्ताव गरेको जानकारी दिए ।माओवादी र कांग्रेसप्रति संकेत गर्दै उनले लोकतान्त्रिक चरित्र नभएका दलले नयाँ नेपाललाई हाँक्न नसक्ने दाबी गरे ।

20090227

सात हजारलाई सहिद घोषणा !!!

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दसवर्षे जनयुद्ध, जनआन्दोलन-०६२/६३ र मधेश आन्दोलनमा मारिएका करिब ७ हजार जनालाई सहिद घोषणा गरेको छ। जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनमा अरु व्यक्ति पनि मारिएको प्रमाण आएमा सरकारले तिनलाई पनि सहिद घोषणा गर्ने जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले दिए।
घोषितमध्ये अधिकांश सहिद जनयुद्धमा मारिएका व्यक्ति छन्। महराका अनुसार सरकारले जनयुद्धमा मारिएका व्यक्तिलाई ´जनयुद्धका सहिद´, लोकतान्त्रिक जनआन्दोलनमा मारिएका व्यक्तिलाई ´लोकतान्त्रिक सहिद´ र मधेश आन्दोलनमा मारिएका व्यक्तिका परिवारलाई ´मधेश आन्दोलनका सहिद´ को स‍ंज्ञा दिएको छ।
सरकारले स्वतः बढुवा भएका १३ हजार निजामती कर्मचारीलाई लक्ष्यित गरी स्वेच्छिक अवकासको नीति ल्याएको छ।
स्वतः बढुवा भएकामध्ये ५० वर्ष उमेर र २० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई स्वेच्छिक अवकासको अवसर दिने निर्णय गरेको हो। सरकारी स्रोतका अनुसार स्वेच्छिक अवकास लिने कर्मचारीहरुलाई सरकारले सात वर्षको पेन्सनबराबरको रकम एकमुष्ठ सुविधा दिने भएको छ। स्वतः बढुवा भएकामध्ये ५ हजार कर्मचारीले उक्त नीतिअन्तर्गत स्वेच्छिक अवकास लिने र त्यसका लागि १ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने सरकारी अनुमान छ।
लोकतन्त्र बहालीपछि सरकारले कर्मचारीको दबाबमा निजामती ऐन संशोधन गरी माथिल्लो ओहदाका लागि योग्यता पुगेकालाई १२ वर्ष सेवा गरेका र त्यस्तो योग्यता नुपगेका कर्मचारीलाई भने १५ वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई स्वतः बढुवा हुने प्रावधान राखेको थियो। त्यो प्रावधानअन्तर्गत निजामती सेवाका सहायकदेखि उपसचिव तहसम्मका १३ हजार कर्मचारीले स्वतः बढुवा पाएका थिए। ती कर्मचारीले आफूहरुले बढुवा पाएको तहअनुसारको काम नपाएको भन्दै रोष प्रकट गर्दै आएका छन्।
सरकारले थप दुई विश्वविद्यालय खोल्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले कृषि तथा वन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय खोल्ने निर्णय गरेको हो। कृषि तथा वन विश्वविद्यालय चितवनस्थित रामपुर कृषि क्याम्पस खोलिनेछ भने मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा राखिनेछ। यी दुई विश्वविद्यालय थपिएपछि नेपालमा विश्वविद्यालयको संख्या ७ वटा पुग्नेछ। हाल त्रिभुवन, संस्कृति, काठमाडौं युनिभर्सिटी, पूर्वाञ्चल र पोखरा विश्वविद्यालय सञ्चालनमा छन्। सरकारले खुला विश्वविद्यालय खोल्न शिक्षा मन्त्रालयलाई त्यससम्बन्धी विधेयक बनाएर ल्याउन निर्देशन दिएको छ।
सरकारले बेपत्ता नागरिकहरुको खोजविन गर्न गठन गरिने आयोगमा रहने व्यक्तिहरुको सिफारिस गर्न संसदको मानव अधिकार समितिका सभापति पद्मलाल विश्वकर्माको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिका दुई सदस्य तोक्न बाँकी अध्यादेशमा समितिको सिफारिसमा बेपत्ता आयोग गठन गर्ने व्यवस्था छ।
सरकारले सशस्त्र द्वन्द्वकालमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट जागिर छाडेका पूर्व सुरक्षाकर्मीहरुको समस्या पहिचान गरी समाधानका उपाय सिफारिस गर्न विशेष अध्ययन कार्यदल गठन गरेको छ। कार्यदलमा गृह, अर्थ र शान्ति मन्त्रालयका सहसचिवलाई राखिएको छ। द्वन्द्वकालमा जागिर छाडेका पूर्व सुरक्षाकर्मीहरुले संघर्ष समिति गठन गरी जागिर पुन:स्थापनाको माग गर्दै आन्दोलन गर्दै आएका छन्।
सबै सरकारी सेवालाई समावेशी बनाउन ल्याइएको अध्यादेश नियमावली बनाएर कार्यान्वयन गर्न सबै मन्त्रालयलाई निर्देशन दिएको छ। सरकारले मन्त्रालयहरुलाई मातहतका समिति र संस्थानमा समेत नियमावली बनाएर समावेशी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।
सरकारले विभिन्न आयोग र कार्यदलले दिएका सुझाव, प्रतिवेदन र सिफारिस नियमावली बनाएर कार्यान्वयन गर्नसमेत मन्त्रालयहरुलाई निर्देश गरेको छ। सरकारद्वारा गठित प्रशासनिक पुनर्संरचना आयोगले मन्त्रिपरिषद्लाई शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको छ। सरकारले सबै सरकारी सेवालाई समावेशी बनाउन अध्यादेश ल्याएको छ। अध्यादेशमा नयाँ पदपूर्ति हुने सरकारी सेवाका ४५ प्रतिशत सिटमा महिला, दलित, आदिबासी जनजाति, मधेशी, पिछडिएको क्षेत्र र अपांगलाई आरक्षणको व्यवस्था गरेको छ। बाँकी ५५ प्रतिशत सिटमा मात्र सबैले खुल्ला प्रतिस्पर्धा गर्न पाउनेछन्। सुरक्षा निकायमा मात्र अपांगलाई आरक्षण दिइएको छैन।
सरकारले राजधानीको यातायातलाई व्यवस्थित गर्न यातायात व्यवस्था मन्त्रालयअन्तर्गत तीनवटा महाशाखा खोल्ने भएको छ। मन्त्रिपरिषद्ले यातायात मन्त्रालय मातहतमा सवारी चालक अनुमतिपत्र हेर्ने महाशाखा, मोटरसाइकलमात्र हेर्ने महाशाखा र अरु साना-ठूला साधन व्यवस्थापन गर्ने महाशाखा खोल्ने निर्णय गरेको हो। उपत्यकाको अव्यवस्थित हुँदै गएको यातायातलाई व्यवस्थित गर्न यी महाशाखा तत्काल खोलिनेछन्।

स्मिता र भुसणलाई हार्दिक बधाई


मेरा मित्र पूर्व प्रहरी नायब उपरिक्ष्यक कृष्ण बैदवार कि सुपुत्री स्मिताको मेरा अर्का मित्र किरणका भाई भुसण बस्नेतसँग अमेरिकाको भर्जिनिया स्थित दुर्गा मन्दिरमा भर्खरै सुसम्पन्न विवाहको उपलक्ष्यमा नब दम्पत्ती जोडीलाई हार्दिक बधाई र सुखद दाम्पत्य जिबनका लागि शुभकामना ।
- रामप्रसाद खनाल एबम समस्त परिवार जन
यो बिबाहको भिडियो



अर्को दु:खद समाचार : सैन्य दस्तासहित अर्को माओवादी पार्टीको जन्म !

* नवगठित पार्टीको कामकारबाही भूमिगत रहने
* एकीकृत माओवादी 'दक्षिणपन्थी संशोधनवाद साम्राज्यवाद परस्त' भएको दाबी
* केही हतियारसमेत रहेको दाबी
* छिट्टै मात्रिका यादवसँग पार्टी एकताका लागि पहल गर्ने

सैन्य दस्तासहित अर्को माओवादी पार्टीको जन्म भएको यो पार्टीले मुख्य उद्देश्य सशस्त्र 'जनयुद्ध' विचारको रक्षा गर्ने रहेको जनाएको गतसाता रौतहटमा भएको रेभ्युलुसनरी लेफ्ट विङको राष्ट्रिय भेलाले मणि थापा 'अनुकूल' को संयोजकत्वमा 'नेकपा माओवादी' को गठन गरेको हो उनी माओवादीका पूर्वनेता हुन् भूमिगत रूपमा गतिविधि गर्न गठन भएको उक्त पार्टीको केन्द्रीय संयोजन समितिमा १५ सदस्य छन् नवगठित माओवादीले जनसेनाका पूर्वब्रिगेड कमान्डर लोकमान घर्तीको संयोजकत्वमा सैन्यदस्ता 'नेसनल रेड गार्ड' बनाएको गार्डमा माओवादीका पूर्वलडाकु पनि सदस्य छन् नवगठित पार्टीको कामकारबाही भूमिगत रहने अध्यक्ष थापाले बताए
'पार्टीले भूमिगत रही कामकारबाही गर्नेछ,' उनले भने, 'निर्वाचन आयोगमा दर्ता गर्ने सोच बनाएका छैनौं ' उनले सैन्य संगठन 'रेड गार्ड' अर्थात् लाल रक्षकले देशभर युवालाई तालिम दिने जानकारी दिए 'पार्टी नेताको रक्षाका लागि रेडगार्डले काम गर्नेछ,' थापाले भने, 'हाल निशस्त्र रूपमा तामिल गर्नेछन् ' हाल उक्त संगठन राजनीतिक चरित्रको हुने उनले जानकारी दिए 'राष्ट्रियता खतरा आयो भने रेडगार्ड लड्नेछ,' उनले भने पूर्वलडाकुसँग केही हतियारसमेत रहेको स्रोतको दाबी 'हतियार आवश्यक पर्यो भने जुटाउन सकिन्छ,' एक नेताले भने
केन्द्रीय समितिमा झापाको 'जनयुद्ध रक्षा फन्ड,' गण्डकीको 'स्वतन्त्र दलित मुक्ति मोर्चा,' पश्चिम तराईका जिल्ला बाँके, बर्दिया, दाङको थारू मोर्चा नवलपरासी, रूपन्देहीको 'क्रान्तिकारी मधेसी मुक्ति मोर्चा,' दोलखा रामेछापलगायतका जिल्लाको 'ताम्सालिङ मुक्ति संगठन' पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, ओखलढुंगालगायतमा 'किराँत वर्कर्स पार्टी' का नेताहरू छन् यी संगठनले 'सशस्त्र जनयुद्ध' को विचारको रक्षा गर्ने बताउँदै आएका छन् गत साता देशभरका ६० जिल्लाका करिब साढे तीन सय प्रतिनिधिबीच नव माओवादीका संयोजक थापाले एकीकृत माओवादीको नीतिविरुद्ध संघर्ष गर्ने बताएका थिए 'एकीकृत माओवादीमा आएको विचलन कुनै प्राविधिक नभएर दार्शनिक सैद्धान्तिक हो,' उनले भने, 'त्यसका विरुद्ध संघर्ष गर्दै नेकपा (माओवादी) को क्रान्तिकारी विरासत संयोजन गरी अघि बढ्नुपर्छ '
उसले एकीकृत माओवादी 'दक्षिणपन्थी संशोधनवाद साम्राज्यवाद परस्त' भएको दाबी गरेको थापाले छिट्टै मात्रिका यादवसँग पार्टी एकताका लागि पहल गर्ने बताए यादवले फागुनको पहिलो साता पत्रकार सम्मेलन गरी माओवादीको पुनर्गठन गर्ने घोषणा गरेका थिए 'मात्रिकाजीहरूको भेलापछि पार्टी एकताको कुरा अघि बढ्छ,' थापाले भने गत साता यादवले पनि दुवैबीच पार्टी एकता हुने सम्भावना रहेको जनाए त्यस्तै किराँत वर्कर्स पार्टीका अध्यक्ष शंकर राई आङगामीको संयोजकत्वमा 'संयुक्त राष्ट्रिय गणतान्त्रिक महासंघ' पनि गठन गरेको यो संगठनलाई जाति क्षेत्रीय मोर्चा बनाउने उक्त पार्टीले जनाएको यसअघि कृष्ण अधिकारीको संयोजकत्वमा २३ सदस्यीय केन्द्रीय विङ गठन भएको थियो - गंगा बीसी



20090226

श्रीमती अर्काले लगेको विरोधमा चक्काजाम, सडक अवरुद्ध, क्षतिपूर्तिको माग !!!

कहिले माग पूरा गराउन बन्द त कहिले गाडीको ठक्करबाट बाख्रा मर्दा सडक जाम । कहिले श्रीमान्-श्रीमतीको झगडमा चक्काजाम त कहिले श्रीमती अर्काले लगेको विरोधमा चक्काजाम । मोरङमा मंगलबार यस्तै घटना भएको छ ।
मोरङ सोराभाग-३ का हरिप्रसाद रायले स्थानीय शिवकुमार कामतकी श्रीमती मन्जुलादेवीलाई भगाएपछि क्षतिपूर्तिको माग गर्दै कामत परिवारले सडक अवरुद्ध गरेको छ । उनीहरूले विवाह खर्चबापत ६० हजार र अन्य खर्च ३० हजार क्षतिपूर्ति माग दाबी गर्दै सडक बन्द गरेर प्रदर्शन गरेका हुन् । जारसँग विवाह खर्चको माग गर्दै उनीहरूले मोरङको हुलाकी मार्ग कर्सिया सडकखण्ड दिनभरि बन्द गराएका हुन् । रंगेली विराटनगरको कर्सिया बजारस्थित प्रहरीचौकीको गेटमा प्रदर्शनकारीले टायर तथा ढुंगामुढा राखेर सडक अवरुद्ध गराएका हुन् ।
उनीहरूले श्रीमती भागेपछि शिवकुमारलाई अर्को विवाह गर्न विवाह खर्चबापत ६० हजार रुपैयाँ आवश्यक पर्ने र सो रकम प्रहरी प्रशासनले असुलउपर गराइदिनुपर्ने भन्दै आन्दोलनमा उत्रेका हुन् । विवाह खर्च र मन्जुलादेवीसँग रहेको शिवकुमारको ३० हजारसहित जम्मा ९० हजार रुपैयाँ नपाएसम्म आन्दोलन जारी राख्ने शिवकुमारकी भाउजू रीतादेवीले बताइन् ।
हरिप्रसाद विवाहित हुन् भने उनीसँग जाने २६ वर्षीया मन्जुला दुई सन्तानकी आमा हुन् । शिवकुमारकी भाउजू रीतादेवीका अनुसार पाँच वर्षपहिले जारहरू हरिप्रसाद र शिवकुमारले मित साइनोमा बाँधिएका थिए । दुई मितमध्ये हरिप्रसाद वैदेशिक रोजगारीका लागि एजेन्टका रूपमा कार्यरत रहँदा मित शिवकुमारलाई तीन वर्षअघि साउदी अरब पठाएका थिए ।
हालै घर फर्किएका शिवकुमारको घरमा दुई महिनाअघि रक्सीसहितको सामान्य भोजभतेर गरिएको थियो । रक्सी खाएर मस्त भएका हरिप्रसाद र शिवकी श्रीमतीबीच अनैतिक सम्बन्ध भएको शिवकुमारले आफ्नै आँखाले देखेपछि त्यसै दिनदेखि हरिप्रसाद र शिवकी श्रीमती मन्जुला हरिकै घरमा बस्दै आएका छन् ।
घटनालगत्तै विवाह खर्च र नगदसहितको दाबी गर्दै शिवकुमारले हरिप्रसादका विरुद्ध प्रहरीचौकी कर्सियामा उजुरी दिएका थिए । चौकीमा भएको प्रारम्भिक छलफलमा गत २० माघभित्र जारीबापतको रकम बुझाउने सहमति हरिप्रसादले गरेका थिए । सहमतिमा प्रहरीचौकी रोहबरमा बसेको थियो । हरिप्रसाद जारीबापतको रकम नबुझाई फरार भएपछि शिवकुमारको परिवारले प्रहरीचौकीले नै जारीबापतको रकम उपलब्ध गराउनुपर्ने भन्दै प्रहरीविरुद्धको प्रदर्शनमा उत्रेको हो - मोहन भट्टराई

20090225

माओवादीका धम्की र चेतावनीका ताँती !!!???

* सरकार ढाल्ने ´दिवा सपना´ नदेख्न चेतावनी,
* ´न्यायिक विद्रोह´ गर्ने चेतावनी ,
* भ्रष्टचारी र अत्याचारीको पत्तासाप गर्ने चेतावनी


माओवादीको संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले निर्धारित समयमा संविधान लेख्न अवरोध गरिए ´न्यायिक विद्रोह´ गर्ने चेतावनी दिएका छन्। राजधानीमा बिहीबार आयोजित पूर्व माओवादीको सहायक संगठन वाईसीएल र पूर्व एकता केन्द्र मसालको अखिल नेपाल जनवादी युवा संघको एकता घोषणा सभामा उनले प्रतिक्रान्तिकारी र यथास्थितिवादी शक्तिहरुले समयमै संविधान बन्न नदिने षड्यन्त्र गरिरहेको दाबी गरे। ´निर्धारित समयभित्र संविधान लेख्न नदिए न्यायिक विद्रोह गरिनेछ´ नेता श्रेष्ठले भने। जस्तो अवरोध गरे पनि आफूहरुले जनसंविधान बनाएरै छाड्ने उनको दाबी थियो। ´हामी क्रान्ति छाड्दैनौं नेपाली जनता साथ लिएर जनसंविधान लेखेरै छाड्छौं´ श्रेष्ठले भने।
उनले संसदीय कालमा जस्तो सरकार ढाल्ने र बनाउन नहुने जिकिर गर्दै सरकार ढाल्ने ´दिवा सपना´ नदेख्न चेतावनी दिए। यसअघिका सरकारमा नेतृत्वको संकट रहेको र देशी विदेशी शक्तिसँग सम्झौता परस्त रहेकोसमेत श्रेष्ठले आरोप लगाए। यो सरकार नढाल्न संभव नभएको दाबी गर्दै उनले भने ´यो सरकार इतिहासको कायापलट गर्न इतिहासले नै पठाएको सरकार हो।´
नेपाल पूर्ण स्वाधीन नभएको बताउँदै नेता श्रेष्ठले राष्ट्रिय स्वाधीनता र नेपाली क्रान्तिका लागि माओवादीले कुनै सम्झौता नगर्ने बताए। यसअघि गरिएका सम्पूर्ण असमान सन्धि सम्झौता खारेज गरेर देशलाई पूर्ण स्वाधीन बनाउने भनाइ श्रेष्ठको थियो। उनले सीमा अतिक्रमणको अन्त गरिने र खोसिएका भूभाग जस्तोसुकै मूल्य चुकाएर भए पनि फिर्ता गरिने दाबी श्रेष्ठले गरे।
´सीमा अतिक्रमण अन्त गरिनेछ। अतिक्रमित भाग जुनसुकै मूल्यमा पनि फिर्ता गरिनेछ। हाम्रो भूमिमाथि परेड खेलेको सहदैनौं´ श्रेष्ठले भने। उनले देशभित्र र बाहिरका शक्तिले जति अवरोध पुर्‍याए पनि क्रान्ति आमूल परिवर्तन नछाड्ने दाबी गरे। तर उनका अनुसार त्यो क्रान्ति भनेको यो देश मजदुर किसानको हुने बताए।
´क्रान्ति आमूल परिवर्तन त छाड्ने छैनौं तर त्यो हाम्रो मौलिक बाटो हुनेछ´ श्रेष्ठको भनाइ थियो। उनले अहिले बचेका सामन्तवादको समूल नष्ट गरेर किसान मजदुरको देश हुने बताए। ´प्रतिक्रियावादीहरु आफ्नै तरीकाले लड हामी हाम्रा तरीकाले लड्छौं। हाम्रो तरीका भनेको दिगो शान्ति स्थापना गर्ने र संविधानसभाबाट जनसंविधान बनाउने हो´ उनले भने।
उनले सबै दललाई सहमत बनाएर अघि बढ्न चाहेको बताउँदै अनावश्यक अड्को थापेर सहमति र सहकार्य तोड्नेहरुको हालत पूर्व राजा ज्ञानेन्द्रको जस्तै हुने चेतावनी दिए। ´जनमुखी संविधान बनाऔं। सहमति र सहकार्य गरौं भनेका छौं। तर सहमतिमा नआउनेको हालत ज्ञानेन्द्रको जस्तै हुनेछ। र नेपालमा नयाँ क्रान्ति हुनेछ´ श्रेष्ठले भने।
कार्यक्रममा सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री कृष्णबहादुर महराले संसदवादी दलहरु पुरानै संविधान बनाउने र जनताको नयाँ नेपाल हेर्ने चाहना तुहाउन षड्यन्त्र गरिरहेको आरोप लगाए। ´सकेसम्म पुरानै संविधान संसदीय संविधान बनाउने दिगो शान्ति जनताको सपना तुहाउने षड्यन्त्र भइरहेको छ´ उनले भने। माओवादी एकीकृत हुन थालेपछि तर्सिएर उनीहरु विभिन्न निहुँ बनाएर अवरोध गर्दै षड्यन्त्रका तानाबाना बुनेकोसमेत उनले आरोप लगाए।
´उनीहरु फौजीरुपले पनि यो वा त्यो रुपले हाम्रा साथीमाथि सांघातिक घटना घटाउने षड्यन्त्र गरिरहेका छन्´ उनले भने। महराका अनुसार प्युठानको स्याउलीबाङ प्रहरी चौकीमाथिको आक्रमण र प्रधानमन्त्रीका स्वकीय सचिव शक्तिबहादुर बस्नेतमाथिको गोली प्रहार त्यसकै उदाहरण हुन्। उनले यसलाई जनताको शान्तिपूर्णरुपले जिउने सपना पूरा हनु नदिने सुनियोजित षड्यन्त्र भएको समेत दाबी गरे। ´संविधान बन्न नदिने सुनियोजित षड्यन्त्र हो´ महराको कथन थियो।
वाईसीएल अध्यक्ष गणेशमान पुनले भ्रष्टचारीहरुलाई कारबाही गर्ने चेतावनी दिए। उनले आफूहरुले आफैं कारबाही नगर्ने र सरकारलाई बुझाउने बताए। ´भ्रष्ट र ठगहरु हिसाब किताब मिलाउन थाल्नू। सरकारले स्वयं कर घोषणा गर्न भनेको छ। होइन भने हामी खोजीखोजी कानुनी कारबाही गर्छौं´ पुनले भने। उनले आफूहरु ९० लाख भएको दाबी गर्दै भ्रष्टचारी र अत्याचारीको पत्तासाप गर्ने समेत चेतावनी दिए। ´९० लाख शक्ति लगाएर भ्रष्टचारी र अत्याचारीलाई पत्तासाप गराउनेछौं´ उनले भने। अहिले वाईसीएल चुप नलागेको बताउँदै आफूहरु उठे देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी बाँकी नरहने दाबी गरे। ´रछ्यानमा ढुंगा किन हान्नु हामी उठे यहाँका प्रतिगामी कोही पनि बाँकी रहन्नन्´ उनले भने। देशको सीमा मिचिएको बताउँदै अब वाइसीएल सीमा रक्षाका लागि जुट्ने बताए। उनले सबै युवालाई सीमा रक्षाका लागि तयार रहन आग्रह गरे। जनसंविधान लेख्न युवाहरु लाम लाग्ने बताउँदै अब वाइसीएल गाउँ जाने बताए। पूर्व माओवादीको सहायक संगठन वाईसीएल र पूर्व एकताकेन्द्र मसालको अखिल नेपाल जनवादी युवा संघको एकीकरणपछि गणेशमान पुनको संयोजकत्वमा २५५ सदस्यीय केन्दीय समिति गठन गरिएको छ।

पूर्वराजा भारत भ्रमण् मा निस्किदा पार्टीहरुको सातो गयो
पूर्वराजा ज्ञानेन्द्र तीन हप्तासम्म भारतमै रहने



पूर्वराजा ज्ञानेन्द्र विहेको निम्तो मान्न आज भारत जानुभएको छ । नारायणहिटी दरवार छोडेको आठ महिनापछि ज्ञानेन्द्र शाह पूर्वरानी कोमलका साथ दिउासो पौने चारबजे जेट एयरको विमानवाट भारत जानुभएको छ । शाही पाश्र्ववर्ती भरतकेशर सिंहको फुपुको छोराको विवाहको निम्तो मान्न उहााहरु भारतको उडिसा जानुभएको हो । नारायणहिटीवाट वहिर्गमन भएपछि पहिलोपटक विदेश भ्रमणमा निस्किएका राजदम्पति तीन हप्तासम्म भारतमै रहने थाहा भएको छ ।

हार्दिक समबेदना


हाम्रा परम मित्र, अमेरिका नेपाल सोसाइटी का दोस्रो बर्शका लागि अध्यक्ष्य खेम भट्टचन् का परमपुज्य पिता २००७ सालको सशस्त्र क्रान्तीका लड़ाकू-योद्धा श्री शेर बहादुर भट्टचनको म्याग्दीको सिंगा स्थित आफ्नै घरमा निधन भएको खबरले हामी दुखित भएकाछौँ, यस् दु:खद घडीमा स्वर्गिय आत्माको चिर सान्तिको कामना गर्दै शोक शान्ताप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौँ ।
- रामप्रशाद खनाल, अध्यक्ष्य एबम
अन्तराष्ट्रिय कलाकार मन्च अमेरिका परिवार

20090224

केपी ओलीले हारेपछि माओवादीले रातभर विजय उत्सव मनाए

झलनाथ खनाल एमालेको अध्यक्षमा निर्वाचित

नेकपा एमालेको आठौ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनबाट नेता झलनाथ खनाल अध्यक्षमा निर्वाचित भएका छन्। आफना प्रतिद्वन्द्वी नेता केपी शर्मा ओलीलाई १ सय १७ मतले पछि पार्दै नेता खनाल विजयी भएका हुन्। खनालले ९ सय १३ र ओलीले ७ सय ९६ मत प्राप्त गरेका थिए। निर्वाचनको मत गणना भएदेखी नै खनालले नेता ओलीलाई पछि पार्दै आएका थिए। खनाल निवर्तमान महासचिव हुन्। । महासचिवमा नेता ईश्वर पोखरेल विजयी भएका छन्। उनले आफना प्रतिस्पर्धी प्रदीप नेपाललाई २ सय ३ मतले पछि पार्दै विजयी भएका हुन्। पोखरेलले ९ सय ३५ र नेपालले ७ सय ५१ मत प्राप्त गरेका थिए। एमालेमा खनाल र ओली समूहबीच प्यानल बनाएर प्रतिस्पर्धा भएको थियो । पोखरेलले खनाल र नेपालले ओली समूहबाट प्रतिस्पर्धा गरेका थिए। पार्टीमा संगठन विभाग प्रमुख भइसकेका पोखरेल पछिल्लो समय प्रचार विभाग प्रमुख थिए।
तीन उपाध्यक्ष पदमा अशोक राई, वामदेव गौतम र विद्या भण्डारी निर्वाचित भएका छन्। उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका गौतम खनाल प्यानलबाट तथा भण्डारी ओली प्यानलबाट उम्मेदवार भएका थिए। राई दुवै प्यानलका साझा उम्मेदवार हुन्। त्यही कारण उनले उपाध्यक्षमा सबभन्दा बढी मत ल्याएका छन्। उपाध्यक्षमा राई सबभन्दा बढी मत ल्याउने नेता बनेका छन्। राईले ११ सय ९९, गौतमले ८ सय ६५ र भण्डारीले ८ सय ५१ मत प्राप्त गरेका छन्। पराजित प्रधानले ६ सय १८, अधिकारीले ६ सय र रावलले ७ सय २२ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा वरिष्ठ नेतात्रय साहना प्रधान, भरतमोहन अधिकारी र भीम रावल पराजित भए। रावल ओली समूहबाट र प्रधानले खनाल समूहबाट प्रतिस्पर्धा गरेका थिए। अधिकारी कुनै समूहले पनि समर्थन गरेको थिएन। अधिकारी र प्रधान निवर्तमान स्थायी कमिटीका सदस्य र रावल केन्द्रीय कमिटीका सदस्य थिए। तीन जना सचिव पदमा विष्णु पौडेल, शंकर पोखरेल र युवराज ज्ञवाली निर्वाचित भएका छन्। उनीहरुले क्रमश: १२ सय ६२, १ हजार ५८ र ८ सय ३५ मत प्राप्त गरेका छन्। पराजित रामचन्द्र झाले ४ सय ८७, रघुवीर महासेठले ६ सय ९७ र राजेन्द्र श्रेष्ठले ६ सय ७२ मत प्राप्त गरेका थिए।

अध्यक्ष झलनाथ खनालमा पार्टी अप्ठ्यारो मोडमा पुगेको बेला होस् वा राष्ट्रिय राजनीतिमा संकट उत्पन्न भएको स्थितिमा एमालेलाई नेतृत्व दिएको अनुभव मा छ। जस्तो माघ १९ मा शाही कदमपछि तत्कालीन महासचिव माधव नेपाल थुनामा पर्दा होस् वा संविधानसभाको निर्वाचनमा एमालेले भोग्नुपरेको पराजयमा तत्कालीन महासचिवले राजिनामा दिदा नै होस् पार्टीलाई खनालले नै नेतृत्व दिए। पंचायतकालीन भूमिगत कालमा महासचिव बनी पार्टीलाई २०३९ सालदेखि २०४६ सालसम्म नेतृत्व दिएको अनुभव पनि उनमा छ। २०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका खनाल २०३२ सालमा तत्कालीन कोअर्डिनेसनमा आवद्ध थिए। जेल ७ वर्ष भूमिगत १२ वर्ष भए। प्रतिनिधिसभा तीनपटक सांसद र हाल संविधानसभाका सदस्यमात्र नभई एमाले संसदीय दलको नेतासमेत छन्।
उनसँग मन्त्री २ पटक भएको अनुभवसमेत छ। २०४७ सालमा कृषि वन तथा भुसंरक्षण मन्त्री थिए। ०५३ मा लोकेन्द्रबहादुर चन्द नेतृत्वको एमालेराप्रपा सरकारमा उनी सूचना तथा संचार मन्त्री थिए। संविधानसभाको निर्वाचनपछि दलको नेता भए। २००६ साल चैत्र ७ गते इलाममा जन्मिएका हुन्। महासचिव खनाल सैद्धान्तिक विषयमा चासो राख्छन्। उनीसँग लामो समय विदेश विभाग प्रमुख भएका अनुभपसमेत छ। महासचिव हुनुअघि पार्टीका विभिन्न अध्ययन कार्यदलमा संयोजकको हैसियतले काम गरेका खनाल अध्ययनशील नेताका रुपमा समेत परिचित छन्। पार्टीभित्र उनी तार्किक र भद्र नेताका रुपमा चिनिन्छन् ।
खनाल जति अध्ययनशील छन् त्यतिकै सकि्रयतामा भने उनको कमजोरी रहेको उनका आलोचक बताउँछन्। कार्यकर्ताबीच उतिसारो घुलमिल नगर्ने कमजोरी उनीमा छ। पार्टीका गतिविधिहरुमा उनको सहभागिता कमै रहेको आरोप उनीमाथि थियो। तर पछिल्लो समय महासचिवको जिम्मेवारी सम्हालेपछि चाहिँ पार्टीमा उनको सक्रियता बढेको थियो।

अपडेट : नेकपा एमालेको आठौं महाधिवेशनबाट निर्वाचित आठ पदाधिकारीसहित केन्द्रीय कमिटीका सबै १ सय १५ सदस्यको परिणाम घोषणा भएको छ। एमालेको निर्वाचन आयोगले बिहीबार अपराह्न बाँकी सबै केन्द्रीय सदस्यको निर्वाचित भएको परिणाम घोषणा गरेको हो। पूर्व महासचिव माधव नेपालसहित ३५ जना सदस्यहरु केन्द्रीय निर्वाचन क्षेत्र खुल्ला तर्फबाट निर्वाचित भएका छन्। पूर्व महासचिव नेपालले सबभन्दा बढी मत प्राप्त गरेका छन्। उनले १ हजार ४ सय १६ मत प्राप्त गरेका छन्। बुटवलका पत्रकार भवानीप्रसाद पाण्डेले दिएको जानकारीअनुसार अध्यक्षमा पराजित केपी शर्मा ओली केन्द्रीय सदस्यमा भने भारी मत ल्याएर निर्वाचित भएका छन्। उनले १ हजार ३ सय १३ मत प्राप्त गरेका छन्। उनी केन्द्रीय सदस्यमा दोस्रो बढी मत ल्याउने सदस्य बनेका छन्। उपाध्यक्ष, महासचिव र सचिवमा पराजित सबै नेता पदाधिकारीमा केन्द्रीय सदस्य भने विजयी भएका छन्। महासचिवमा पराजित प्रदीप नेपाल १ हजार २ सय १४ मत प्राप्त गरी केन्द्रीय सदस्यमा विजयी भएका छन्। उपाध्यक्षमा पराजित नेतात्रय भरतमोहन अधिकारी १ हजार २ सय ७९ मत, साहना प्रधान ९ सय ८० मत र उपाध्यक्षमा पराजित भीम रावल १ हजार १ सय ९६ मत प्राप्त गरी केन्द्रीय सदस्यमा विजयी भएका छन्। अधिकारी तेस्रो बढी मत ल्याई निर्वाचित हुने नेता बनेका छन्। सचिवमा पराजित नेतात्रय रघुवीर महासेठ ९ सय ४७ मत, राजेन्द्र श्रेष्ठ ७ सय ३९ मत र रामचन्द्र झा १ हजार १ सय ३० मत प्राप्त गरी केन्द्रीय सदस्य निर्वाचित भएका छन्। पूर्व महासचिव नेपाल र पदाधिकारीमा पराजित हुने ओली, अधिकारी, रावल, महासेठ, श्रेष्ठ, झा र प्रधान सबैलाई केन्द्रीय सदस्यमा भने झलनाथ खनाल र केपी शर्मा ओली दुवै समूहले साझा उम्मेदारका रुपमा प्रस्तुत गरेको थियो । केन्द्रीय सदस्यमा विजयी भएकामा केशव बडाल, मुकुन्द न्यौपाने, अग्नि खरेल, अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, उर्मिला अर्याल, किरण गुरुङ, कृण्णगोपाल श्रेष्ठ, गोकर्ण बिष्ट, गुरु बराल, घनश्याम भुषाल, तुलबहादुर गुरुङ, प्रदिप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, बेदुराम भुसाल, विष्णु रिमाल, विजयकुमार पौडेल, विन्दा पाण्डे, वाचस्पति देवकोटा, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, रघुजी पन्त, रवीन्द्र श्रेष्ठ, राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे छन्। शाक्य, अर्याल, वडाल, रिमाल, महेन्द्र पाण्डे, न्यौपाने, पन्त र श्रेष्ठलाई खनाल र ओली दुवै समूहले केन्द्रीय सदस्यका लागि साझा उम्मेदारका रुपमा प्रस्तुत गरेको थियो। अरुण नेपाल, किरण गुरुङ, गोकर्ण विष्ट घनश्याम भुषाल, विजयकुमार पौडेल, रकम चेम्जोङ, राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे चाहिँ खनाल पक्षबाट प्रतिस्पर्धा गरेका थिए। यसरी खनाल पक्षमा मात्र नाम भएका ८ जनाले खुल्लातर्फको केन्द्रीय सदस्य हुने मौका पाएका छन्।
अग्नि खरेल, कृष्णगोपाल श्रेष्ठ, गुरु बराल, तुल बहादुर गुरुङ, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, बेदुराम भुषाल, विन्दा पाण्डे, वाचस्पति देवकोटा, भानुभक्त ढकाल र शंकर पोखरेल ओली पक्षबाट निर्वाचित भएका हुन्। यसरी ओली पक्षबाट खुल्ला कोटाबाट निर्वाचित भएकामा ११ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

पराजित हस्ती :
यसअघि केन्द्रीय कमिटीमा रहेका काशीनाथ अधिकारी, केदार न्यौपाने, गोपाल शाक्य, घनेन्द्र बस्नेत, देवराज घिमिरे, भीम आचार्य, युवराज कार्की, शान्ता मानवी, सिद्धिलाल सिंह, सुरेश कार्की, हेमराज राई र त्रिलोचन ढकाल पराजित भएका छन्।
पराजित हुनेहरुमा अधिकारी घिमिरे र कार्की ओली पक्षका हुन् । त्यस्तै न्यौपाने, बस्नेत, आचार्य, कार्की, सिंह राई र ढकाल खनाल पक्षबाट प्रतिस्पर्धा गरेका थिए। शाक्य र मानवीलाइ दुवै पक्षले आफनो समूहमा राखेका थिएनन्। शाक्य एमालेका तर्फबाट वर्तमान सरकारमा युवा तथा खेलकुद मन्त्री छन्।
केन्द्रीय निर्वाचन क्षेत्र वैकल्पिकमा अच्युत मैनाली, टुकराज सिग्देल, ठाकुर गैरे र रामेश्वर फुयाल निर्वाचित भएका छन्। मैनाली, सिग्देल र फुयाल ओली पक्षबाट प्रतिस्पर्धा गरेका थिए। गैरे भने दुवै पक्षको सूचीमा थिएनन्। यद्यपि उनी खनाल निकट मानिन्छन्। महिला निर्वाचन क्षेत्र पूर्णतर्फ कल्याणी खड्का, गंगादेवी डाँगी, गौरा प्रसाईं, जयन्ती राई, टुंका हमाल, थम माया थापा मगर, राधा ज्ञवाली र श्रीमाया थकाली निर्वाचित भएका छन्। प्रसाईं, राई, ज्ञवाली खनाल पक्षबाट र खड्का, डाँगी, हमाल, थापामगरले चाहिँ ओली पक्षबाट प्रतिस्पर्धा गरेका थिए। थकालीलाई दुवै पक्षले आ-आफनो सुचीमा राखेका थिए ।
महिला निर्वाचन क्षेत्र वैकल्पिक तर्फबाट निर्वाचित हुनेमा कल्पना चापागाईं, कमला सुवेदी, गरिमा शाह, गौरी वली, ममता गिरी, महिन लिम्वु र सुसिला नेपाल छन्। सुवेदी, शाह र गिरी खनाल पक्षबाट र चापागाईं, वली र नेपालले ओली पक्षबाट प्रतिस्पर्धा गरेका थिए । लिम्बु भने दुवै समूहको सूचीमा थिइन्। आदिवासी जनजातिबाट पूर्ण सदस्यमा गंगालाल तुलाधर, दलबहादुर राना, नागेन्द्र चौधरी थारु, परशुराम मेघी गुरुङ, विजय सुब्बा, विनोद श्रेष्ठ र वीरबहादुर लामा निर्वाचित भएका छन्। राना र गुरुङ खनाल पक्षबाट र तुलाधर, चौधरी, सुब्बा र श्रेष्ठ ओली पक्षबाट प्रतिस्पर्धा गरेका थिए । लामा भने दुवै पक्षको सुचीमा समावेश थिए । आदिवासी जनजातिबाट वैकल्पिक सदस्यमा अजम्बर राई काङ्गवाङ, कमल प्रकाश सुनुवार, गोकुल घर्ती मगर, जीवनराम श्रेष्ठ, विषमलाल अधिकारी दनुवार र वैजनाथ चौधरी थारु निर्वाचित भएका छन्। काङ्गवाङ, श्रेष्ठ र थारु खनाल पक्षबाट र सुनुवार र घर्तीमगर ओली पक्षबाट निर्वाचित भएका हुन् । अधिकारी भने दुवै पक्षको सूचीमा थिए।
मुस्लिम पूर्ण सदस्यमा महमुद आलम निर्वाचित भएका छन् भने वैकल्पिक सदस्यमा नजीर मियाँ छन्। आलम दुवै पक्षका साझा उम्मेदार थिए भने मिया ओली पक्षबाट चुनावी मैदानमा उत्रिएका थिए। पिछडिएको क्षेत्र पूर्ण सदस्यमा निर्वाचित हुनेमा कर्ण बहादुर थापा र वैकल्पिकमा गोरखबहादुर बोगटी चुनिएका छन्। थापा ओली पक्षबाट र बोगटी खनाल पक्षबाट प्रतिस्पर्धा गरेका थिए।
मधेशी तराईबासीका तर्फबाट पूर्ण सदस्यमा धर्मनाथ प्रसाद शाह, वंशीधर मिश्र, रामचन्द्र यादव, लालबाबु पण्डित र सत्यनारायण मण्डल निर्वाचित भएका छन्। मिश्रले ओली पक्षबाट प्रतिस्पर्धा गरेका थिए। अन्य निर्वाचित सदस्य शाह, यादव, पण्डित र मण्डलको नाम भने दुवै पक्षको सूचीमा समावेश गरिएको थियो । त्यस्तै मधेशी तराईवासीका तर्फबाट वैकल्पिक सदस्यमा कमला देवी महतो, गंगाप्रसाद यादव, योगनारायण यादव, रामचन्द्र साह तेली, शत्रुघन महतो र श्रीप्रसाद साह निर्वाचित भएका छन्। गंगाप्रसाद यादव, योगनारायण यादव र तेली खनाल पक्षका हुन् । कमलादेवी महत्तो, शत्रुधन महत्तो र शाहको नाम भने दुवै पक्षले आफनो सूचीमा समावेश गरेका थिए ।
दलित पूर्ण सदस्यमा छविलाल विश्वकर्मा, जितु गौतम र रामप्रित पासवान चुनिएका छन्। पासवान खनाल पक्षका र गौतम ओली पक्षका हुन् । विश्वकर्मालाई भने दुवै समूहले सूचीमा समावेश गरेका थिए।
वैकल्पिक सदस्यमा जगत् विश्वकर्मा, दलबहादुर सुनार, भागवत विश्वासी नेपाली र रविन्द्र बैठा निर्वाचित भएका छन्। नेपाली र बैठा खनाल पक्ष र विश्वकर्मा ओली पक्षका हुन्। सुनार भने दुवै पक्षको सुचीमा समावेश थिए ।
अनुसाशन आयोगमा निर्वाचित भएकामा अमर गिरी, अर्जुन राई, ओम थपलिया, खेम नारायण ढुंगाना, गणेश विक, जुटबहादुर खड्गी, जेबी टुहुरे, धर्मनाथ यादव, भरत प्रधान, भरतराज पहारी, भीम न्यौपाने, मंगलसिद्धि मानन्धर, राजकुमार राई, शान्तिदेवी खनाल, शेषमणि आचार्य र हरि सापकोटा छन्।
लेखा परीक्षण आयोग सदस्यमा चुनिएकामा किशोर अधिकारी, जागृतप्रसाद भेटवाल, टहलबहादुर खड्का, टंक पनेरु, धनेन्द्रराज घिमिरे, नरेश पोख्रेल पुष्प कँडेल, बलराम बास्कोटा, विष्णुबहादुर राउत, विष्णु पन्थी, विरोध खतिवडा, मस्तबहादुर गरन्ज. सरेश नेपाल, शिराज अहमद थारुकी र हरि पराजुली छन्।
अञ्चल निर्वाचन क्षेत्रतर्फको १६ स्थानका लागि खनाल पक्षधर ९ जना र ओली पक्षधर ५ जना निर्वाचित भएका छन् । २ जना भने त्यसअघि नै निर्विरोध भएका थिए। खनाल समूहबाट निर्वाचित भएकामा नरेश खरेल मेची, राजेन्द्र गौतम कोशी, केशवराज देवकोटा जनकपुर, पशुपति चौंलागाईं बागमती, योगेश भटराई उपत्यका, प्रकाश ज्वाला राप्ती, डिल्लीबहादुर महत कर्णाली, भानुभक्त जोशी सेती र झिल्लुप्रसाद तिवारी भारत प्रवास छन् । ओली समूहबाट जगन्नाथ खतिवडा सगरमाथा, देवीप्रसाद ज्ञवाली नारायणी, गणेश तिमिल्सिना धवलागिरी, खगराज अधिकारी गण्डकी र देवराज भार भेरी छन्। कुनै समुहमा नलागेका नेत्र पन्थी लुम्बिनी र उर्वादत्त पन्त महाकाली चाहिँ र्निविरोध निर्वाचित भएका थिए।

मैले हारेपछि माओवादीले म बसेनजिकै रातभर विजय उत्सव मनाए : ओली

अध्यक्षका प्रत्यासी केपी ओलीले अनिर्वाचित गैर प्रतिनिधिका कारण आफू चुनावमा पराजित भएको बताएका छन्। बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनले महाधिवेसनमा संस्थापन पक्षले विभिन्न बहानामा मनोनीत गरेका साढे ५ सय प्रतिनिधि पराजयको कारक रहेको बताए। उनले आफू पराजित भए पनि पार्टीलाई लोकतान्त्रीकरण गर्न भने सफल भएको बताए। ´हारजित व्यक्तिका लागि महत्वपूर्ण होला तर प्रक्रिया र पद्धति पार्टीका लागि महत्वपूर्ण हुन,´- नेता ओलीले भने। ´मैले चुनाव हारेपछि माओवादीहरुले म बसेनजिकै रातभर विजय उत्सव मनाए´- उनले थपे।
शान्ति प्रक्रिया र नयाँ संविधान लेखन कार्य संकटमा पर्ने हो कि भन्ने शंका बढेको बताउँदै उनले त्यसमा आफू सजग रहेको वताए। उनले राष्ट्रिय सरकारमा जोड दिँदै भने- कांग्रेसलाई प्रतिपक्षमा राखेर संविधान लेख्न सकिँदैन। पत्रकार सम्मेलनमा ओलीसँगै नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य रामनाथ ढकाल थिए।

माओवादी खहरे हो एमाले निरन्तर बग्ने नदी : खनाल

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष झलनाथ खनालले महाधिवेशनले पार्टीमा लोकतान्त्रिक पद्धतिको विकास गरेको उल्लेख गर्दै हार र जीतको मानसीकताबाट बाहिर आउन सबै नेता र कार्यकर्तालाई आग्रह गरेका छन्।
निर्वाचित भएको भोलिपल्ट बिहीबार प्रेस चौतारीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले योग्यता र क्षमता भएका हरेक नेता र कार्यकर्तालाई आफूले जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुटवलबाट पत्रकार भवानीप्रसाद पाण्डेले दिएको जानकारीअनुसार उनले वर्तमान सरकार ढलाएर अराजकता निम्त्याउने पक्षमा एमाले नरहेको बताएका छन्। खनालले नया संविधान बनाउने कार्यमा सरकार बनाउने र गिराउने खेलले नकारात्मक प्रभाव पार्ने बताए।
खनालले माओवादी र कांग्रेससँग एमालले सहकार्य गर्ने तर सम्बन्धलाइ समदुरीमा राखिनॆ बताए।
उनले माओवादीलाई खहरे खोलाको उपमा दिंदै आफनो पार्टी एमाले भने निरन्तर बगिरहने नदी भएको दाबी गरे। संविधान निर्माण राज्यको पुर्नसंरचना शान्ति सुरक्षा तथा राष्ट्रियताको सुदृढीकरण गर्नु अहिलेका लागि प्रमुख दायित्व भएको बताउदै अध्यक्ष खनालले माओवादी लडाकुको समायोजन र पुनःस्थापना १२ वुदे सहमतिअनुसार हुने बताए।
पत्रकार सम्मेलनमा नव निर्वाचित महासचिव ईश्वर पोख्रेल पूर्वमहासचिव माधवकुमार नेपाल र अनुशासन समितिका नवनिर्वाचित संयोजक अमृतकुमार बोहोरा सहभागी थिए। तर अध्यक्षका पराजित प्रत्यासी केपी ओली कार्यक्रममा अनुपस्थित थिए। - तिलक पाठक

ऋषि धमला बिरुद्ध अदालतमा मुद्दा दायर

तीन हप्ताअघि पक्राउ परेका रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला बिरुद्ध प्रहरीले काठमाण्डू जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । हातहतियार तथा खरखजना ऐन अर्न्तर्गत पक्राउ परेका धमलालाई जिल्ला प्रशासन कार्यालयबाट पटकपटक म्याद थपेर प्रहरीले अनुसन्धान गरेको थियो । पछिल्लो पटक जिल्ला प्रशासन कार्यालयले धमलालाई थुनामा राख्न लिएको म्याद आज सकिँदैछ । महानगरिय प्रहरी परिसर हनुमानढोकाका प्रहरी उपरीक्षक नवराज सिलवालले दिएको जानकारी अनुसार धमलाको अपराधबारे प्रहरीको तर्फाट गरिने अनुसन्धानको काम सकिएको छ । सशस्त्र गतिविधि सन्चालन गरिरहेको रणवीर सेना समूहसँग सम्बन्ध राखेर फिरौती उठाउन सक्रिय भएको आरोपमा धमलालाई प्रहरीले गएको माघ २१ गते पक्राउ गरेको थियो ।

20090222

जय सम्भो, बाबा भोले कैलाशपतीनाथ ! नेपाल र नेपालीको रक्षा गर प्रभु, तिमी बाहेक अरु को नै रहेछ र !, हुनत तिमी आफै माओवादी संकटमा छौ ....


शिवरात्रीको अबसरमा नेपालको पशुपतीनाथमा कती रमाइलो छ, तर बिदेशमा बसेर यिनै फोटोहरु हेरेर भए पनि शिवरात्री मनाउँ कि कसो ?

महाशिवरात्रि पर्व कैलाशवासी शिवको पूजा-आराधना गरी आज (सोमबार) नेपालभर मनाइँदै छ । हिन्दु धर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा-आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणमा वणिर्त छ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्त्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरूवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्त्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिनामा शिवरात्रि मनाउने गरिएको विश्वास छ ।
ब्रतोत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी ब्रत बस्ने र शिवको पि्रयवस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।













शिवरात्री र पशुपतिनाथको महिमा
- Digharaj Prasai

पशुपतिनाथ बारेमा पौराणिक इतिहासमा उल्लेखछ- प्रथम गोपालबंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको थियो । हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाण्डौं उपत्यका रुद्रको अतिनैं प्रिय क्षेत्र हो । पशुपतिनाथकै प्रतापले गोर्साईकुण्ड,पिण्डेश्वरलाई पबित्र क्षेत्रको रुपमा लिइन्छ । त्यस्तै अमरनाथ, विश्वनाथ, कैलास-मानसरोवरलाई शिवजीको तपोभूमिकारुपमा विश्वभरका हिन्दु तथा बौद्धहरु मान्ने गर्छन् । पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शंम्भु,ज्योतिलिङ्ग आदि विभिन्न नामले पुकारिन्छ । पशुपतिनाथका तीन नेत्र हुन्छन्, तीनलाई ज्ञानचक्षु मानिन्छ । पशुपतिनाथका पाँच मुख मध्ये पर्ूव तत्पुरुष,ृउत्तर वामदेव, दक्षिण अघोर, पश्चिम सद्योजात र आकाशतर्फफर्केको मुखको नाम इशान हो । महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरुले प्रायश्चितस्वरुप पशुपतिनाथको पूजा गरेका र लिच्छविबंशका पहिला राजा 'विक्रमादित्य' को उपाधि धारण गरेर 'वैशालाधिपति' को रुपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तिसपुलतीमा आफ्नो सिंहासन कायम गरेका र उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला बंशावली र हिमवतखण्डमा उल्लेख छ । लिच्छवि राजाहरुमध्ये मानदेव प्रथमले सम्वत् ३८९मा पशुपतिनाथप्रति भक्ति गरेर आफ्नी आमाको विक्रान्तिमर्ूर्ति स्थापना गरेको लिच्छविकालीन अभिलेखहरुमा पाइन्छ ।
विक्रम सम्वत् १७१४ भन्दा अगाडि सन्यासीहरु पशुपतिनाथका पुजारी थिए । त्यसपछि यहीकै राजोपाध्यायहरुबाट पशुपतिनाथको पूजा गरिन्थ्यो । पछि सोम शेखनानन् नामका एक स्वामीलाई यक्षमल्लका छोरा रत्नमल्लले पशुपतिनाथका पुजारी नियुक्त गरे । यिनको सहायताका लागि बनेपाबाट नेवार जातिका पुजारीहरुलाई पशुपतिको भण्डारे बनाइए । पछि प्रतापमल्लले कर्नाटकको राजासँग सर्म्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रुपमा तान्त्रिकहरु ज्ञानानन्द र लुम्मकर्ण्र्ााट्ट नेपालमा दाइजोका रुपमा आएका र पछि तिनै तान्त्रिक भट्टहरुको माग अनुसार भट्टहरु पशपतिनाथका पुजारी बनाइए । अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मलभट्ट सहित दक्षिण भारतका चारजना भट्ट पुजारी र १०६ जना नेवार भण्डारीहरु छन् । पशुपतिक्षेत्र देवपाटनमा जन्मिएका भण्डारीहरुलाई मात्र पशुपतिनाथका पूजामा चलाइन्छ । भण्डारीहरु गृहस्त हुन्छन् । पशुपतिनाथको चार ढोका बिहान चार बजे खुल्छ । बिहान साडे आठ बजे भट्टहरु भित्र प्रवेश गर्छन् । पशुपतिनाथको क्षेत्रफल २६४ हेक्टर भूभाग छ र यस क्षेत्रभित्र ५१८ वटा मन्दिर र धार्मिक स्मारकहरु छन् ।
पशपतिनाथमैं विद्यावारिधि गरेका डा. गोविन्द टण्डन भन्छन्- 'विन्ध्याञ्चल पर्वतदेखि दक्षिणका तैलिङ्ग ब्राम्हण पशुपतिनाथको पुजारी हुनुपर्ने परम्परा छ । ऋग्वेद वा साम्वेदी हुनसक्छन् । मंदिरको पुजारी कृष्ण यजर्ुवदीय परम्पराका हुन्छन् । यजर्ुर्वेदीय परम्पराका नेपाली विद्वान पशुपतिनाथको पुजागर्न योग्य व्यक्तिहरु अहिले उपलब्ध छन् जस्तो लाग्दैन । मंदिरमा राजनीति घुस्यो भने धार्मिक आस्था र विश्वास घट्दै जान्छ । पशुपति मंदिरमा चढ्ने भेटीमा पारदर्शीता छैन, पारदर्शीता तुल्याउन, विकृति हटाउन पुजारी र भण्डारीहरुलाई पारिश्रमिक तोक्ने' लगायतको सुव्यवस्थापनको खाँचो छ भन्नु भएको छ । विक्रम सम्वत् १४०० तिर बंगालका नबाव सुल्तान समसुद्दिनले एकतिस हजार मुसलमान पल्टन लिएर नेपालका मन्दिर तथा विहारहरु ध्वस्त गर्दै जनकपुर, पनौती हुँदै पशुपतिनाथको मन्दिर समेत ध्वस्त पार्ने धृष्टता गरे । अन्तिम लिच्छवि राजा जयर्जुनदेवको शासन कम्जोर थियो । मुसलमानको आक्रमणले सारा हिन्दु तथा बौद्धहरुमा कोलाहल मच्चियो । यस्तो विकराल अवस्थाबाट यसक्षेत्रलाई बचाउन पाल्पा, कास्की,गोरखा, लमजुङ्गका राजाहरुको सहयोग लिएर खसराजा जयस्थिति मल्लले मुसलमान फौज माथि आक्रमण गरे, तीसहजार चारसय मारिए र ६सय जति बाँचेर भागेका थिए भन्ने कुरा भक्तपुर तजेलु स्तम्भमा उल्लेख छ ।--योगी नरहरिनाथ) त्यसपछि जयस्थिति मल्ल काठमाण्डौं उपत्यकाको राजसिंहसानमा बसेर पशुपतिक्षेत्रमा जीर्र्णोद्घार र पुनरुत्थान गरी बाग्मतीपारी राम मन्दिरको निर्माण गरेर कुम्भेश्वर महादेवको स्थापना गरी कोटीहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दु तथा बौद्ध बाहेक अरुहरुको प्रवेश निषेध गर्ने नियम चलाएका थिए । यद्यपि कतिले पशुपतिमा अन्य धर्मावलम्वीहरुलाई रोक लगाएकोमा असंतुष्ठी व्यक्त गरेको पनि पाइएको छ । तर यो परम्परागत मान्यता बनिसकेकाले अध्यावधि प्रचलनमा छ । विश्वका सबै धर्मका परम्परालाई संविधान र कानून भन्दा माथि राखिएको हुन्छ ।
विक्रम सम्वत् १४६५ मा राजा ज्योतिर्मल्लले पशुपति अभिलेखमा उल्लेख गरेका थिए- 'पूण्यभूमि नेपालखण्डमा वत्सलेस पाँचमुख भएका परम पशुपति बाग्मतीको तिरमा हुनुहुन्छ र यहींं पूज्य बाशुकीनाग पनि हुनुहुन्छ ।' राजाहरुमा प्रतापमल्लले पशुपतिनाथको धेरै सेवा गरेको पशुपतिनाथमा प्रसस्त शिलालेखहरु पाइन्छन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दाको समयमा पशुपतिनाथको पूजाअर्चना गरेको कुरा भाषा बंशावलीमा उल्लेख छ । पृथ्वीनारायण शाहको काठमाण्डौं उपत्यका विजयपछि विक्रम सम्वत् १८२६ मा बसन्तपुर दरबारको अभिलेखमा उल्लेखछ- 'राजा पृथ्वीनारायण शाहको बंश गुहृयेकाली र पशुपतिको दर्ुर्इृपाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस् ।' यसैगरी शाहबंशीय राजाहरुमा रणबहादुर शाह र विक्रम सम्वत् १८६७ मंसिरमा राजा गिर्वाणयुद्ध विक्रम शाहबाट पुजारीहरुको अलग अलग खान्की तोकिदिएका थिए । भने शाहबंशीय राजाहरु लगायत राजा महेन्द्र तथा राजा वीरेन्द्रबाट पनि साविक बमोजिम चल्दै आएका पशुपतिनाथका पूजाआजा संवन्धि अनेकौं लालमाहेहरु लागुहुँदै आएका छन् । सन् १९७९देखि युनेस्कोले पशुपतिनाथ गुहृयेश्वरी लगायत लगभग चार हेक्टर जमीनलाई अत्यन्त सम्वेदनशील कोर क्षेत्रमा राखेको छ ।
कैलाश मानसरोवर शिवजीको क्रिडा तथा तपस्थान हो । यो क्षेत्र पनि हिमवतखण्डको भूभाग हो । मानवकल्याणको लागि बिषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशुलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोर्साईकुण्डको पनि ठूलो महीमाछ । अठार पुराणहरु सबैमा शिवको महीमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो । हिमवतखण्डको पुस्तकमा- 'मरिचि,पुलह,ऋतु,भृगु,अत्री आदि ऋषिहरुले पशुपतिनाथको पुूजा गरेर बसेको उल्लेख छ । नेपालका राजाहरु आफ्नो संदेश र भाषणको अन्त्यमा 'पशुपतिनाथले हामी सबैको कल्याण गरुन्' भन्ने उद्गार गर्ने परम्परा थियो । पशुपतिनाथका अनेकौं जात्राहरु मध्ये शिवरात्री, बालाचतर्ुदशी, साउने सोमबारहरु अतिनैं प्रिय मानिन्छन् । शिवरात्रीमा विश्वभर छरिएर रहेका हिन्दुहरु लगायत खास गरेर नेपाल र भारतका लाखौं साधु-सन्त लगायत हिन्दु धर्मावलम्वीहरु पूजा अर्चना र दर्शनको लागि आउँछन् । शिवरात्रीमा पशपतिनाथ लगायत नेपाल भारत र विश्वका अनेकौं शिवालय, महादेवस्थानहरुमा धुमधामका साथ जागृत बसेर आराधना गर्ने परम्पराछ । आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्तिकहरु आत्मागौरव मान्छन् भने नास्तिकहरु यसलाई परम्परागत अस्तित्व ठान्छन् । पशुपतिनाथले सबैको कल्याण गरुन् । Email: dirgharajprasai@gmail.com

माओवादी जनसेनालाई नेपाली सेनासरह हेलिकोप्टरको माग, युद्ध कलेज र 'वार' कलेज खोल्दै !!!

माओवादी जनमुक्ति सेनाले स्टाफ कलेज र 'वार' कलेज सञ्चालन गर्ने भएको छ । जनसेनालाई नेपाली सेनासरह व्यावसायिक बनाउन कलेज सञ्चालन गर्न लागिएको उसले जनाएको छ । १४ भागको पाठ्यक्रम, सहरी युद्धसमेत समेटिने 'जनमुक्ति सेनालाई दक्ष बनाउन काठमाडौंमा स्टाफ कलेज सञ्चालन गर्ने तयारीमा छौँ,' जनमुक्ति सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल बलदेवले भने । बलदेवका अनुसार जनसैन्य प्रतिष्ठानले तयार गरेको पाठ्यक्रम स्टाफ कलेजमा पढाइनेछ । 'वार कलेजको अवधारणा पनि लागू गर्ने हाम्रो योजना छ,' उनले भने, 'स्टाफ कलेजमा सैद्धान्तिक कुरा मात्रै सिकाइन्छ, तर वार कलेजमा सैद्धान्तिक र व्यावहारिक दुवै ।' जनयुद्धकालमै वार कलेजको कोर्स तयारी भएको उनको भनाइ छ । नन्दकिशोर पुन पासाङको नेतृत्वमा रहेको जनसैन्य प्रतिष्ठानले १४ भागको वार कलेज कोर्स तयार गरेको छ । त्यसमा सहरी युद्धको समेत पाठ्यक्रम समेटिएको बलदेवले जानकारी दिए । प्रतिष्ठानको केन्द्रीय कार्यालय नवलपरासीको हात्तीखोरस्थित चौथो डिभिजनअन्तर्गतको परिवर्तन स्मृति बि्रगेडमा रहेको छ । छापामार युद्ध सञ्चालन, चलायमान मोर्चा र त्यसको विकसित स्वरूप, सानो टुकडीले कसरी आक्रमण गर्नेलगायतका विषय कोर्समा समेटिएको उनले बताए ।बलदेवका अनुसार वार कलेज कोर्स जुनियर अधिकृत र जनसेनाका सदस्यका लागि तथा स्टाफ कलेज कोर्स बि्रगेड, सहकमान्डर र त्यसभन्दा माथि डिभिजन कमान्डरसम्मका लागि हुनेछ । 'हामीले अफिसर कोर्स, इन्फेन्ट्री कोर्स, सप्लाइ कोर्स, निर्माण कोर्स, लजिस्टिक कोर्ससमेत समावेश गरेका छौँ,' बलदेवले भने । यी कोर्समा युद्धमा बम निर्माण, बम तथा सामान आपूर्ति, लत्ताकपडा व्यवस्थापनसँग सम्बन्धित विषय जनसेनालाई सिकाइन्ोछ । बलदेवका अनुसार जनसेनाले हाल आर्टिलरी र इन्फेन्ट्री बटालियन स्थापना गरिसकेको छ । राजनीतिक दलका नेताहरूको प्रतिक्रिया, विविध राजनीतिक गतिविधि एवं वैदेशिक चासोका बारेमा अध्ययन/विश्लेषण गर्न जनसेनाको गुप्तचर विभाग सक्रिय रहेको छ । 'यो पहिलेदेखि नै थियो, अहिले पनि सक्रिय छ,' बलदेवले भने । जनमुक्ति सेनाले गत वर्षको १ फागुनदेखि यस वर्षसम्मलाई तालिम वर्षका रूपमा लिएको र अब पूर्ण व्यावसायिक बन्न लागेको बलदेवको भनाइ छ । 'हामी डेपुटी कमान्डर, कमान्डरले समेत विभिन्न सैन्य तालिम लियौँ,' उनले भने ।
जनसेनालाई पार्टीको कमान्डबाट क्रमशः अलग गरिँदै लैजानेसमेत बलदेवले बताए । 'जनसेना अब सेना समायोजनसम्बन्धी विशेष समितिअन्तर्गत रहन्छ, पार्टीको फ्याक्सन वा कमान्डबाट अलग्गिन्छ,' उनले भने ।
हतियार तथा सामग्री अभावका कारण पर्याप्त तालिम गर्न नसकिएको गुनासो जनमुक्ति सेनाको छ । उसले सरकारसँग हेलिकोप्टरको मागसमेत गरेको छ । 'तालिमसँग बुलेट, हतियार पनि छैन, हतियार चलाउने अनुमति पनि सम्झौतामा छैन,' बलदेवले भने, 'काठका डमी हतियार बनाएर तालिम दिइरहेका छौँ ।' जनसेनाका सदस्य तथा कमान्डरहरूको तलब समान रहेका कारण दज्र्यानी चिह्न नलगाइएको बलदेवले बताए । 'सरकारसँग तलबको माग गरेका छौँ, पदअनुसारको तलबको व्यवस्था भएपछि मात्रै त्यहीअनुसार दज्र्यानी चिह्न लगाउँछौँ,' उनले भने । ०६० सालमै दज्र्यानी चिह्नसम्बन्धी अवधारणा बनाइएको तर युद्धकालमा कमान्डरको पहिचान हुँदा सुरक्षामा खतरा हुने त्रासका कारण नलगाइएको उनको भनाइ छ । बलदेवका अनुसार नेपालका जाति, क्षेत्र, वर्ग र माओवादीको विचारसमेत समेटेर जनसेनाका सबै तहका लागि फुली छुट्टयाइएको छ र त्यससम्बन्धी निर्णय जनरल स्टाफको बैठकले गर्नेछ ।
सेना समायोजनका क्रममा आफ्ना बटालियनस्तरसम्म सामूहिक समायोजन गर्नुपर्ने जनमुक्ति सेनाको धारणा छ । 'सकेसम्म बि्रगेडस्तरमै समायोजन गर्ने कोसिस हुनेछ,' डेपुटी कमान्डर बलदेवले भने, 'बटालियनभन्दा तल समायोजन हुन सक्दैन । व्यक्तिगत रूपमा समायोजन गर्ने त प्रश्नै आउँदैन ।'
नयाँ सेनाको उच्च तहमा समानुपातिक रूपमा दुवै सेनाका कमान्डरहरू रहनुपर्नेमा उनले जोड दिए । 'तर सबैको कमान्ड एउटै रहनुपर्छ, आ-आफ्ना फौजको कमान्ड आफ्ना कमान्डरले गर्नुपर्छ भन्ने हाम्रो धारणा हो,' बलदेवले भने, 'यससम्बन्धी धारणा विशेष समितिले नै बनाउनेछ ।' उनले सेनाको संख्या प्याकेज बनाएर घटाउनुपर्ने पनि बताए । 'एउटा अवधारणा बनाएर सेनाको संख्या ३० हजारजति बनाए पुग्छ,' उनले भने, 'त्यसमा नेपाली सेना र जनमुक्ति सेना दुवैको संख्या समानुपातिक रूपमा घटाउनुपर्नेर्छ ।' -पर्शुराम काफ्ले

नौ दिनअघि गठित नेपाल प्रज्ञा प्रतिष्ठान विघटन !

सरकारले नौ दिनअघि गठित नेपाल प्रज्ञा प्रतिष्ठान विघटन गरेको छ। संस्कृति तथा राज्य पुनसंरचना मन्त्री गोपाल किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहालले विरोध बढ्दै गएपछि आफैंले गठन गरेको सभा विघटन गरेका हुन्। तर, ललित कला र संगीत नाट्य प्रतिष्ठानको नियुक्ति भने यथावत् राखिएको छ। गोरखापत्रमा प्रकाशित समाचारअनुसार प्रज्ञाका पदाधिकारी र सभासद् नियुक्तिसँगै साहित्य जगतमा यसको आलोचना भएको थियो। साथै सरकारले गठन गरेको प्रज्ञासभा नियुक्ति सिफारिस समितिका रमेश भट्टराई र बलराम तिम्सिनाले पनि बिनासल्लाह मन्त्रीले एक्लै नियुक्ति गरेको भन्दै विरोध गरेका थिए। मन्त्रीले आफ्नै अध्यक्षतामा रहेको सिफारिस समिति पनि विघटन गरेका छन्। माओवादी निकट इश्वचन्द्र ज्ञवालीलाई कुलपति तथा भूपाल राई उपकुलपति नियुक्त भएका थिए। ज्ञवाली यसअघि चलचित्र विकास बोर्डको अध्यक्ष थिए। ´यसलाई अझै समावेशी बनाउनका लागि अहिलेलाई नियुक्ती स्थगन गरिएको हो´ विघटनका बारे मन्त्री किराँतीले भनेका छन्।

20090219

ऋषि धमलाको गिरफ्तारी कानुनसम्मत रहेको सर्वोच्च अदालतको ठहर

सर्वोच्च अदालतले रिपोर्टर्स् क्लबका अध्यक्ष ऋषि धमलाको गिरफ्तारी कानुनसम्मत रहेको ठहर गर्दै उनलाई रिहा गर्न परेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ। न्यायाधीशत्रय मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र गौरी ढकाल रहेको विशेष इजलासले बिहीबार अपराह्न धमलालाई दिइएको थुनुवा पुर्जी नियमअनुसार भएको उल्लेख गर्दै फ्रिडम फोरमद्वारा दायर बन्दीप्रत्क्षीकरण रिट खारेज गरेको हो। इजलासले दिएको निर्णयमा धमलाविरुद्ध प्रहरीद्वारा लगाइएको मुद्दामा अनुसन्धान तहकिकात धेरै अगाडि बढिसकेकाले त्यसमा अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था नरहेको उल्लेख छ। ´धमलालाई दिइएको थुनुवा पुर्जी र थुनामा राख्‍न तथा थुनाको म्याद थप्न प्रमुख जिल्ला अधिकारीले दिएको आदेश नियमअनुसार छ। सम्बन्धित कानुनले मुद्दा हेर्ने अधिकारी प्रमुख जिल्ला अधिकारीलाई नै तोकेको छ। मुद्दाको तहकिकात धेरै अगाडि बढिसकेको हुँदा अदालतले हस्तक्षेप गरिहाल्नुपर्ने देखिएन। रिट खारेज हुन्छ´ रिट खारेजीको निर्णयमा भनिएको छ। निर्णयअघि धमलाको रिहाइको माग गर्दै परेको रिटमा सुनुवाइ भएको थियो। धमलाको पक्षबाट अधिवक्ताहरु माधव बाँस्कोटा, हरिहर दाहाल, भीमार्जुन आचार्य, टिकाराम भट्टराई र ऋषिराम घिमिरे तथा विपक्षबाट सरकारी वकिल युवराज सुवेदी र कुमार चुडालले बहस गरेका थिए।

मलाइ छातीमा गोली हानिएको थियो
-ज्ञानेन्द्रराज मिश्र (वीरगन्जमा बिहीबार गोली हानिएका पत्रकार)


बिहान साँढे सातमा घरबाट अफिसका लागि निस्किएँ। त्यहाँ दैनिक कार्य गरें। साथीभाइसँग रमाइला कुरा पनि भए। अफिसमै नास्ता पनि खाइयो। मोटरसाइकल अघिल्लो दिनै रिजर्भमा आएको थियो। त्यसैले ११:३० तिर तेल भर्न पम्पतर्फ लागें। सुरेश आयलमा तेल भरें। अफिस फर्कन मोटरसाइकल घुमाएँ। अनि पावरहाउस हुँदै अफिस जाने क्रममा प्रतिमा चोकछेउ पुगें। नियमित गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै थिएँ। बाटोमा खाल्डा-खुल्डी थिए। त्यसैले गति निकै कम गरें। अचानक उत्तरतर्फबाट केही ´सनसनाएर´ आएको महसुस भयो। हैण्डिलबाट हात छुट्यो। पाखुरा पोल्न थाल्यो। फेरि हैण्डिल समाएँ। पछाडि फर्कें, ३-४ जना बन्दुकसहित देखें। अनुहार कसैको पनि याद भएन। बन्दुकमा मात्र आँखा पर्‍यो।
हातबाट रगत निस्कियो। मनमा डर बढ्यो। पछाडि दोहोर्‍याएर फर्कने आँट गरिन किनकि उनीहरु गोली हानिसकेपछि पनि भागेका थिएनन्। बरु म नै डरले भागें। छिट्टै सडकछेउ रहेको भारतीय महावाणिज्य दूतावासछेउ आइपुगें। अनि साथी सुदीप र आकारलाई फोन गरेर बोलाएँ। उनीहरु तुरुन्तै आए। रगत बगिरहेको पाखुरामा उनीहरुले रुमाल निकालेर बाँधिदिए।
छिट्टै वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुर्‍‍याए उनीहरुले नै। चिकित्सकले गोली निकाल्ने प्रयास गरे। गोली वारपार भइसकॆको रैछ। पट्टी बाँधेर आराम गर्न थालें। त्यतिञ्जेल अस्पतालमा सञ्चारकर्मीको भीड लागिसकेको थियो।
यतिबेलासम्म घरमा रहेकी बिरामी आमालाई केही पत्तो थिएन। जानकारी दिन पनि चाहिन। भाइलाई चाहिँ खबर गरेर बोलाएको थिएँ। डाक्टरले खतरामुक्त भन्दै २ बजे डिस्चार्ज गरे। घरमा पुग्दा आमाको आँखामा गहभरि आँसु देखें। आमाले रुँदै अंगालो हाल्नुभयो।
अहिले घरको ओछ्यानामा आराम गरेर बसिरहेको छु। दिनभर सोच्न नसकेका कुरा अहिले सोचिँदैछ। मोटरसाइकलको सन्तुलन अलिकति मात्र बिग्रॆको भए…? अहिले पो मन आत्तिरहेको छ।
ठूलो भाग्यले बाँच्न सकेको महसुस भइरहेको छ। मलाई कसले किन गोली हाने त्यो त थाहा छैन। तर अहिले अनुभव हुँदैछ, मलाई तिनीहरुले मार्न खोजेका थिए। अहिले म प्रष्ट हुँदैछु- उनीहरुले गोली चलाएको दिशा र मेरो मोटरसाइकलको गतिबारे। तिनीहरुको निशाना मेरो पाखुरा हैन, छाती थियो। जुन संयोगले पाखुरामा लाग्न पुग्यो। नत्र ‌‌‌...

वीरगञ्जका पत्रकार ज्ञानेन्द्र मिश्र माथि गोली प्रहार

वीरगञ्जका पत्रकार ज्ञानेन्द्र मिश्रलाई अपरिचित समूहले गोली हानेको छ । वीरगन्जको गढीमाई एफएमका कार्यक्रम संयोजक ज्ञानेन्द्र मिश्रलाई सवा १२ बजे ५ जनाको संख्यामा रहेका युवाले गोली हानेको प्रहरीले जनाएको छ । देव्रे हातमा गोली लागेका मिश्रको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । पावर हाउसवाट प्रतिमा चोक जाने बाटोको बीचमा मिश्र माथि गोली हानिएको थियो ।

भारतको डिजाइनमा प्रचण्ड : देश टुक्राटुक्रा हुने मातृका यादवको दाबी


नेपालगन्जमा आयोजित नयाँ नेपालमा क्रान्तिकारीको भूमिका विषयक कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी परित्याग गरेका नेता मातृका यादवले "उत्पीडितलाई अधिकार नदिए देश टुक्राटुक्रा हुन्छ, सेना समायोजन गरिनुहुँदैन, प्रचण्ड वैचारिकसँगै बोलीमा पनि विचलित हुँदै गएका छन्, बालुवाटारमा अमेरिकी र भारतका सिआइडी बस्छन्, उत्पीडित मधेशी पहाडी मिलेर उत्पीडकविरुद्ध लड्नुपर्छ, माओवादी पार्टी कांग्रेस र एमालेकै लाइनमा गएकाले जनयुद्धका बेला उत्पीडितहरुको मुक्ति गर्न बाँडेको सपना पूरा गर्न क्रान्तिको झण्डा बोकेर आफू अगाडि बढेको" बताए । ´राणाकालदेखि अहिले प्रचण्ड (पुष्पकमल दाहाल) प्रधानमन्त्री भएको बेलासम्म एउटै वर्गको हालीमुहाली रहेको छ। सिपाहीबाट क्रान्तिको झण्डा उठाउने कमान्डर बनेको छु´ उनले भने। उनले प्रधानमन्त्री दाहालमा वैचारिक विचलन आएको दाबी गरे। ´प्रचण्ड वैचारिक विचलनसँगै बोलीमा पनि विचलित हुँदै गएका छन्। प्रचण्ड पुष्पकमल दाहालमा झरिसके। प्रचण्ड मुक्तिका लागि लड्थे। दाहाल आफ्नो परिवार र आफ्ना लागि काम गर्छन्´ उनले भने। यादवले प्रधानमन्त्रीमाथि जनविरोधी काम गरेको र भ्रष्टलाई अघि बढाएको आरोप लगाए। ´मुखले प्रचण्ड सबभन्दा बढी क्रान्तिकारी छन्। व्यवहारमा अवसरवादी र जनविरोधी काम गरिरहेका छन्। भ्रष्टाचार, कमिसनखोर र चाकरी चाप्लुसी गर्नेलाई अघि बढाइरहेका छन्।´

´क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी सेना, क्रान्तीकारी पार्टी र क्रान्तिकारी मोर्चा हुनुपर्छ´ भन्दै उनले माओवादीले तीनै कुरा त्यागेको दाबी गरे। यादवले प्रधानमन्त्रीसहित माओवादीका नेता काग्रेस, एमालेका जस्तै सुविधाभोगी र कुर्सीभोगी भएको आरोप लगाए । ´भ्रष्टाचार, तस्करी र कमिसनखोरीमा माओवादीका नेता नै संलग्न छन्´ भन्दै उनले पहिले आफूले रक्तचन्दन तस्करीमा पक्रिएकालाई समेत माओवादी नेताले छाड्न दबाब दिएको दाबी गरे। माओवादीले क्रान्तिकारीसँग संयुक्त मोर्चा बनाउनुपर्नेमा राष्ट्रघाती र अवसरवादीसँग मोर्चा बनाएको आरोपसमेत उनले लगाए । प्रधानमन्त्री दाहालले सत्तालोलुप भएर बालुवाटारमा नै बलिदानी दिने कुरा गरिरहेको उनले बताए। सत्ताका लागि प्रधानमन्त्री भारतलगायत्र जसले भनेको पनि मान्न तयार रहेको दाबीसमेत उनले गरे। प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी र भारतका सीआईडी बस्ने गरेको दाबीसमेत यादवले गरे। प्रधानमन्त्रीले भारत भ्रमणमा रहेका बेला जनमुक्ति सेना विघटन गर्ने भनेर भारतीय प्रधानमन्त्रीसँग सम्झौता गरेको दाबीसमेत नेता यादवले गरे। ´बिरामी भएर उपचार गर्न त्यही बेला भारत गएको थिएँ। प्रचण्डले त्यो सम्झौता गरेको विशेष दूतले मलाई बताएका थिए´ उनको दाबी थियो। माओवादी सुधारवाद, संशोधनवाद हुँदै विसर्जनवादतिर उन्मुख भइरहेको दाबीसमेत यादवको थियो। उनले प्रधानमन्त्रीबाट मधेशलाई भारतीय दलालको जिम्मा दिन लागिएको उल्लेख गर्दै उत्पीडित मधेशी र पहाडी मिलेर उत्पीडकका विरुद्ध लडेमात्र मुक्ति सम्भव हुने बताए। ´मधेशमा सबभन्दा उपेक्षित थारु जाति छन्। थारु र मधेशीलाई फुटाउन षडयन्त्र भइरहेको छ´ उनले भने ´संघर्ष गर्नु रहर होइन, मुक्तिका लागि हो।´
´भ्रष्ट हाकिमको विरोध गर्ने प्रहरी जेलमा छन्´ भन्दै उनले भ्रष्टाचारविरुद्ध काम गर्ने इमानदारी देखाउने भए ती जेलमा रहेका पूर्व प्रहरीलाई रिहा गरेर देखाउन नवनियुक्त प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई चुनौती दिएका छन्।
केही दिनअघि घोषणा गरेर मातृकालाई समर्थन गरेका थारुवान् राज्यसमितिका सचिवालय सदस्य र मधेशी मुक्ति मोर्चाका सचिव परमानन्द झाले पत्रकार सम्मेलन आयोजना गरेका थिए। सभाकक्षमा उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा केही कार्यकर्ताले मञ्चमा नै यादवको समर्थन गरेको घोषणा गरेका थिए। -दिलबहादुर छत्याल

20090218

पूर्वराजा ज्ञानेन्द्रको सन्देश !


राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले आज एक शुभकामना सन्देश दिनुभएको छ। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्बोधन गरी दिनुभएको सन्देशमा पर्ूवराजाले राजा र जनताबीचको सहकार्यबाट २००७ सालमा प्रजातन्त्र आउन सम्भव भएको स्मरण गर्नुभएको छ। ँजनता र राजाको सहकार्यद्वारा प्रजातन्त्र स्थापना गरिएको यस दिनले हामी सबैलाई राष्ट्रिय दायित्व र कर्तव्यको बोध सदा गराइराख्नेछ’, पूर्वाराजाले जारी गर्नुभएको सन्देशमा उल्लेख छ- ँ२००७ साल फागुन ७ गते नेपाल एकीकरणपछिको र्सवाधिक महत्त्वपूर्ण राष्ट्रिय दिन हो।’ पर्ूवराजाले प्रजातन्त्र प्राप्तिको महान् अभियानमा जीवन उर्त्र्सग गर्ने ज्ञात-अज्ञात शहीदहरू तथा स्वर्गीय श्री ५ त्रिभुवनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। ँयस दिनले सबै नेपालीलाई राष्ट्रिय अखण्डता, स्वतन्त्रता, राष्ट्रियता र प्रजातन्त्र सर्ंवर्द्धन र संरक्षण गर्ने थप प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास मैले लिएको छु’ -पूर्वराजाको सन्देशमा भनिएको छ।
पूर्वराजा ज्ञानेन्द्र मंगलबार भक्तपुरको उत्तरी भागमा रहेको प्राचीन मन्दिर चाँगुनारायण पुगेर पूजाअर्चना र दर्शन गरी र्फकनुभएको छ। निजी नम्बर प्लेटको बा ४ च ३८०७ नम्बरको गाडीमा सादा पोशाकका सुरक्षागार्डका साथ बिहान ९ बजेर ५१ मिनेट जाँदा पूर्वराजा ज्ञानेन्द्र चाँगुनारायण मन्दिरमा प्रवेश गर्नुभएको थियो। मन्दिरभित्र उहाँले भगवान् विष्णु, गरुड र वासुकी नागको पूजा गरी मुख्य पुजारी चक्रबहादुर घरानन्द राजोपाध्यायबाट टीका, फूलपाती र प्रसाद ग्रहण गर्नुभएको थियो। चाँगुनारायण आसपासमा रहेको छिन्नमस्ताको मन्दिरलगायत विभिन्न देवी देवताका मर्ूर्तिलाई दर्शन गरी पूर्वराजा १० बजेर ३० मिनेटमा गुनारायणबाट र्फकनुभएको थियो। जाँदा अरनिको राजमार्ग हुँदै भक्तपुर व्यासीबाट चाँगुनारायण पुग्नुभएका ज्ञानेन्द्र र्फकंदा सल्लाघारीबाट पुरानो बाटो ठिमी हुँदै जडीबुटी निस्कन लाग्दा आधाघण्टा ट्राफिक जाममा पर्नुभएको थियो। जाम हटाउन ट्राफिक प्रहरीलाई निकै हम्मे परेको थियो। प्रहरी प्रशासनलाई थाहै नदिइ चाँगुनारायण पुग्नुभएका पर्ूवराजाको चाँगुमा भाकल रहेकाले त्यही भाकल बुझाउन जानुभएको चर्चा मन्दिर आसपासमा चलेको थियो। सामान्य पोशाकमा चाँगु पुगेका पर्ूवराजालाई हेन स्थानीयवासी भेला भएका थिए भने केही सञ्चारकर्मीसमेत उक्त स्थानमा पुगे पनि उहाँबाट कुनै प्रतिक्रिया आएन।



देशलाई माओवादी ज्यादतिबाट मुक्त गर

राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष र्सर्ूयबहादुर थापाले माओवादी देशलाई माओवादी ज्यादतिबाट मुक्त गरेर अगाडि बढाउन बृहत् प्रजातान्त्रिक शक्ति निर्माण अपरिहार्य भएको बताउनुभएको छ। पार्टीे बागमती अञ्चल स्तरीय कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै थापाले माओवादीले धाक र धम्की देखाएर सत्ता सञ्चालन गरिरहेको बताउनुभयो। नेपालमा बृहत् प्रजातान्त्रिक शक्ति नहंुदा शक्ति सन्तुलन हराउँदै गएका कारण प्रजातान्त्रिक शक्तिहरू कमजोर बन्दै जाने र तानाशाही र निरंकुशतावादीहरू भने बलिया हुँदै जाने स्थिति देखिएको स्पष्ट गर्दै थापाले शक्ति सन्तुलन ब्रि्रँदै जाँदा प्रजातन्त्रमाथि नै खतरा हुने टिप्पणी गर्नुभयो।
पार्टीहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बृहत् प्रजातान्त्रिक शक्ति निर्माणको अवधारणा आफनो पार्टी ल्याए पनि लोकतन्त्रको रक्षाका लागि यो एक मात्र उचित बाटो भएको बताउनुभयो।

20090217

आज फेरी सपनामा आमालाई देखेँ !

* जन्म दिने आमा र जन्मेको देश दुबै निकै प्यारा हुँदा रहेछन *

जन्म दिने आमा र जन्मेको देश दुबै निकै प्यारा हुँदा रहेछन, अझ आमा र देश छाडेर बिदेशमा बस्दाको पिडा को त कुरै नगरौँ, जब म अमेरिका बस्न थालेँ तब त्यो पिँडा मैले नजिकबाट अनुभब गर्दैछु । यसै सन्दर्भमा मैले केही समय अगाडि अमेरिकामै कोठा मा तयार पारेर लेखेको गीत मेरो छोरा ज्ञानन र छोरी सुस्मा को अनुरोधमा, छोरा ज्ञाननले सामान्य क्यामराले कोठा भित्र खिचेर वेबसाईटमा राखेको थियो, यो रफ गीत एक लाख भन्दा बढी दर्सकले हेरेछन बिभिन्न वेबसाईटमा गएर । यो गीत http://revver.com/video/873911/ram-prasad-khanals-nepali-folk-song-mothers-day-special/ मा मात्र ६४ हजार दर्सकले हेरेछन भने अन्य बिभिन्न वेबसाईटमा गएर हेर्नेको संख्या ४० हजार भन्दा बढी देखेर ए आमालाई माया गर्नेको संख्या पनि कम् रहेनछ भनेर खुशी लाग्यो । त्यही गीत तपाईंहरुको लागि यहाँ प्रस्तुत गर्दै बिदेशमा रहेपनी आमा नभुल्न सबैलाई आग्रह पनि गर्दछु । रफ सुटिङ र कम् गुणस्तरका लागि माफ गरिदिनु होला है !कृपया ....


टाउको काटेर हत्या : टाउको र शरीर छुट्टाछुट्टै

टाउको काटेर हत्या गरिएको एक व्यक्तिको बेवारीसे शव नवलपरासीको गैडाकोटमा मंगलबार फेला परेको छ। अन्दाजी २२/२३ वर्षको पुरुषको शव गैडाकोट गा.वि.स.७ गैरीगाउँ स्थित नारायणी नदी किनारको खेतमा फेला परेको जानकारी स्थानीयवासीले दिएका छन्। टाउको र शरीर छुट्टाछुट्टै भएको अवस्थामा शव फेला परेको शवको अहिलेसम्म सनाखत हुन नसकेको गैंडाकोट प्रहरीले जनाएको छ। बिहान साँढे नौ बजेतिर शव देखेपछि स्थानीयले खवर गरेपछि प्रहरीको एक टोलीले घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ। गए राति टाउको काटेर शव फालिएको हुनसक्ने आशंका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हत्या कसले गरेको हो भन्ने थाहा हुन नसकेको प्रहरीको बताएको छ। पोष्टमार्टमका शब भरतपुर अस्पताल ल्याइएको छ।

भारतीय विदेश सचिव काठमाण्डू आउने बित्तिकै ...

भारतीय विदेश सचिव शिवशङ्कर मेननले काठमाण्डू आउने बित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । अन्तर्रर्ााट्रय विमानस्थलबाट सीधै बालुवाटार पुगेर भारतीय विदेश सचिव मेननले प्रधानमन्त्रीलाई भेट्नुभएको हो । भेटमा दर्ुइ पक्षीय सम्बध र शान्ति प्रक्रिया, संबिधान निर्माण प्रकृया लगायत विषयमा छलफल भएको छ । मेननले परराष्ट्रमन्त्री, नेपाली काँग्रेसका सभापति लगायत विभिन्न दलका नेतासँग छलफल गर्नुहुनेछ । यसअघि विमानस्थलमा पत्रकारहरुसित मेननले द्विपक्षीय हितका बिषयमा छलफल हुने बताउनुभयो । गएको मंसिरमा भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले द्विपक्षीय व्यापार पर््रवर्द्धन, हुलाकी राजमार्ग निर्माण, नौ मुरे जलविद्युत आयोजना निर्माण, आपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा गरेको प्रतिवद्धता कार्यान्वयनका पक्षबारे सचिव मेनन्ले अनुगमन गर्ने भारतीय दूतावासले जनाएको छ ।



एमाले केन्द्रीय कमिटी विघटन

एमाले आठौं महाधिवशेनको बन्द सत्रमा केन्द्रीय कमिटी लगायत सम्पूर्ण केन्द्रीय निकायहरु भंग गरी महाधिवेशन साचालनको सम्पूर्ण जिम्मा अध्यक्ष मण्डलले लिएको छ । एमाले महाधिवेशन साचालनको लागि फागुन ६ गते शुरु बन्द सत्रमा ११ सदस्यीय अध्यक्ष मण्डलको धोषणा गरिएको छ । पूर्व केन्द्रीय कमिटीका महासचिव झलनाथ खनालद्धारा घोषित अध्यक्ष मण्डलका सदस्यहरुमा अमृतकुमार बोहरा, भरतमोहन अधिकारी, मोदनाथ पश्रित, साहना प्रधान, अशोक राई, पृथ्वी सुब्बा गुरुङ्ग, रामचन्द्र झा, विद्या भण्डारी, रामपि्रत पासवान, मोहनिसं राठौर र महेश चौधरी रहेका छन् । बन्द सत्रमा अध्यक्ष मण्डलले पूर्व केन्द्रीय कमिटीका महासचिव खनाललाई राजनीतिक प्रतिवदेन प्रस्तुत गर्न अनुमति दिनेछ । प्रतिवेदन माथि समूह विभाजन गरेर छलफल गर्ने कार्यक्रम रहेको छ । बन्द सत्रका विभिन्न कार्यक्रम गर्नको लागि बहसनोट कमिटी, माइनोट कमिटी, निर्वाचन कमिटी र स्टेरिङ्ग कमिटी घोषणा गरिएको छ । महाधिवेशनमा एक हजार ८ सय १६ प्रतिनिधिहरु सहभागी छन् ।



धमलालाई थप पाँच दिन हिरासतमा राखिने

भूमिगत आपराधिक गिरोह रणवीर सेनासँग संलग्न रहेको अभियोगमा प्रक्राउ परेका रिपोटस्र क्लबका अध्यक्ष ऋषी धमलालाई थप पाँच दिन हिसरातमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटीले धमलालाई फागुन ६ गते थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले अनुसन्धानको लागि १० दिन हिरासतमा राख्न अनुमति मागेको थियो । प्रहरीले भूमिगत आपराधिक गिरोह रणवीर सेनासँग संलग्न रहेको अभियोगमा दुई हप्ताअघि धमलालाई पुतलीसडकस्थित रिपोर्टस क्लबको कार्यालयबाट पक्राउ गरेको थियो । हिरासतमा राख्ने म्याद थप गर्न जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउँदा धमलाले आफू प्रेस स्वतन्त्रताको पक्षधर रहेको तथा राज्यले आफूमाथि षडयन्त्र गरिरहेको बताएका थिए ।

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________