( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20090430

बाराक ओबामाका सय दिन यसरी बिते

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले राष्ट्रपतिको कार्यभार सम्हालेको बुधबार सय दिन पूरा भएको छ । उनको हनिमुन अवधिलाई पूर्वअमेरिकी राष्ट्रपति प|mयांक्लिन डी रुजभेल्टसँग तुलना गरिएको छ । रुजभेल्टको शासनकालयता सय दिनको अवधिमा सबैभन्दा बढी सम्झौता र घोषणापत्रमा हस्ताक्षर गर्ने राष्ट्रपति ओबामा बनेको युनिभर्सिटी अफ क्यालिफोर्नियाको अमेरिकन प्रेसिडेन्सी प्रोजेक्टको तथ्यांकले देखाएको छ । यस अवधिमा सबैभन्दा बढी समय विदेशमा बिताउनेमा पनि ओबामाले आफूअघिका अन्य ४३ अमेरिकी राष्ट्रपतिलाई उछिनेका छन् । प्राइम टाइम -मुख्य समय) मा पत्रकार सम्मेलन गर्नमा पनि ओबामा अब्बल दरिए । यसअघिका राष्ट्रपति जर्ज डब्लु बुसले आफ्नो चारवर्षे पहिलो कार्यकालमा गरेजतिको पत्रकार सम्मेलन ओबामाले एक सय दिनमा गरे । पूर्वराष्ट्रपति बिल क्लिन्टन र ह्यारी ट्रुम्यानले मात्रै हनिमुन अवधिमा धेरै पत्रकार सम्मेलन गरेका थिए । ओबामाले यसै अवधिमा प्रगतिशील घरेलु एजेन्डालाई चाँडोभन्दा चाँडो कार्यान्वयन गर्न लगाए । यस एजेन्डाभित्र महिलाका लागि समान कामका लागि समान तलब, स्वास्थ्य सेवा विस्तार आदि कानुन रहेका छन् ।
यसका साथै आर्थिक मन्दीबाट अमेरिकालाई बचाउन ओबामाले सात सय ८७ विलियन डलरको प्याकेज पेस गरे । हनिमुन अवधिमा नै कंग्रेसको दुवै सदनले ३.६ टि्रलियन डलरको बजेट योजना पास गर्‍यो । त्यसमध्ये दुई सय ७५ विलियन डलर घर लिलामी रोक्न र सय बिलियन डलर टाट पल्टन लागेका बैंक जोगाउन प्रयोग गरिनेछ । यी सय दिनमा ओबामाले अमेरिकाको छवि सुधार्नतर्फ पनि पहल गरे । उनले क्युबा, इरान तथा भेनेजुएलासँगको सम्बन्ध सुधार्न कदम चाले । भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजसँग हात मिलाउँदा कयौं रिपब्लिकन नेताले ओबामाको आलोचनासमेत गरे । बुस प्रशासनका वेला कुख्याति कमाएको ग्वान्टानामोवे जेललाई एक वर्षमा बन्द गर्ने आदेश ओबामाले दिए ।

20090427

अमेरिकाको मनाससमा भब्य नेपाली कार्यक्रम सम्पन्न , सबैजना नाच्न थालेपछी ....

-सुरेश शर्मा र कमल भट्टराईको संयुक्त रिपोर्ट

* अमेरिका नेपाल सहयोगी समाजद्वारा धन्यवाद र आभार ब्यक्त
* राजिब,सुनन्दा मैनाली परिवारले सबैभन्दा बढी ३००० अमेरिकि डलर नेपाली मन्दिर निर्माणका लागि सहयोग,
* बिभिन्न ब्यक्तिहरुबाट जम्मा ११५२२.११ डलर मन्दिर निर्माणका लागि सहयोग


थाहा छैन कस्तो भयो! तर उपस्थित धेरैले भने "मनाससको जस्तो राम्रो र ब्यबस्थित कार्यक्रम अमेरिकामा आज सम्म कमै देखिएको छ ।" टन्नै नेपालीहरुको उपस्थिती, केही अमेरिकनहरुको पनि सहभागिता र नाच, नायिका अनुपामा प्रसाइ, लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, गायकहरु खेम सङ्रौला, गुरु ओली, डा. अनुप पहाडी का प्रस्तुती हरु, त्यस्तै अनुपामा प्रसाइद्वारा निर्देसित न्रित्यहरु ले दर्सकको मन खुबै जितेको देखियो। बर्सौं नेपाल टेलिभिजन मा सफल कार्यक्रम संचालक रहेका रामप्रशाद खनालको आकर्सक कार्यक्रम सन्चालन र ठट्यौलि सैली ले दर्सक ले भर्पुर मनोरन्जन मात्र गरेनन प्रसस्त हास्न र हास्य कलाकारको भूमिका पनि महसुस गरे । राम प्रसाद खनाल ले गाउदा सरा दर्सक गीत संगै झुमेर नाचे भने अनुपामा का छोरी र अन्य साना साना फुच्ची हरु को नाच आँखा झिम्म नगरि हेर्न लायक थियो । हुन त प्रस्तुत गीत हरु र न्रित्य कुनै एउटा पनि छि भन्नु पर्ने थिएन , भोले मान्दैनन भन्ने पप गीत मा र आयुस खरेल को अङ्रेजी नाच बेग्लाई प्रकारका थिए । कबिता कम् भएको राम्रै भयो भन्दै थिए दर्सक तर थाहा छैन संचालक राम प्रसाद खनालले कती कबी हरुका कबिता नबोलाएर गाली खाए । कार्यक्रममा कृष्ण निरौला, महेन्द्र कार्की, मेदिनी अधिकारी, अनुप पहारी , प्रेम सङ्रौला, राम खरेल, को उपस्थिती र शुभ कामना उल्लेख गर्न लायक थिए ।
मनासस को उक्त कार्यक्रम मा गीत न्रित्य कबिता प्रस्तुत गर्ने अन्य कलाकार तथा कबी हरुमा कमला खरेल, कबिन्द्र सिटौला, भिम रेग्मी , टेक राज ग्यावाली, राम्चन्द्र भट्टराई , रुजु पराजुली , दिक्षा खनाल , आक्रिती खनाल, ज्योति कार्की, मनस्वी कोइराला , मानसी उप्रेती, स्विक्रिती दाहाल, रित सङ्रौला, स्रेया दाहाल , स्रितिका दाहाल , सम्पदा बुढाथोकी , सराना, सुहानी पन्त , सृस्‍टि ग्यावाली , सुस्मा खनाल , बिजय थापा, प्रग्या सिटौला, धरती पोख्रेल , जिना , पारस, पारी खनाल, स्वस्तिका बुढाथोकी, कृति भट्टराई थिए ।
अमेरिका नेपाल सहयोगी समाज (America Nepal Helping Society ) को आयोजना र नेपाल एजुकेस्नल कल्चरल सेण्टर ( Nepal Educational Cultural Centre ) को सपोर्टमा नेपाली नयाँ बर्ष २०६६ को उपलक्ष्यमा अप्रिल २६ मा मनाससमा भब्य नेपाली साँस्कृतिक कार्यक्रम, पटलक पिक्निक सफलतापूर्बक सम्पन्न भयो। Manassas, Chantilly, Fairfax, Woodbridge, Gainesville, DC, Maryland, Virginia Area मा बस्ने 8०० सय भन्दा नेपालीहरु र केही बिदेसी पाउनहरुले समेत कार्यक्रमबाट भरिपूर्ण आनन्द लिएका थिए।
वर्षभरीका दुख पिडा भुलेर अत्यन्त हर्सोल्लासका साथ सम्पन्न सो कार्यक्रम स-साना बालबालिका स्वरमा नेपाली राष्ट्रिय गीतबाट शुरु भएको थियो। संस्थाका अध्यक्ष सागर कडेलले नेपाली बिचको सम्बन्ध सूदृढ र प्रबल हुनु पर्ने कुरामा जोड दिंदै नयाँ नया बर्षको शुभकामना दिई कार्यक्रमको बिधिवत शुभारम्भ गर्नुभएको थियो । संस्थाको तर्फबाट कमल भट्टराईले उपस्थित सम्पूर्ण ब्यक्तिहरुलाई स्वागत गर्दै अमेरिकाबासी नेपालीहरुको सम्बन्धलाई गाढा, अझै उपलब्धिमुलक बनाउनु पर्ने कुरामा प्रतिबद्ध हुनु पर्ने कुरामा जोड दिनु भयो । उक्त सांस्कृतिक कार्यक्रमको प्रमुख अथिती डा अनुप पहाडी ज्यु हुनुहुन्थ्यो भने कार्यक्रममा NECCका पूर्व अध्यक्ष कृष्ण निरौला,प्रेम सङ्रौला महेन्द्र कार्की,मेदिनी अधिकारि, स्थानीय समाजसेवी राजीव तथा गोविन्द मैनाली लगायतका बिशिस्ठ ब्यक्तिहरुले सस्थाको यो यो कार्यक्रमको सर्हाना गर्नुभएको थियो।
बिभिन्न गितहरुमा स्थानिय नेपाली कलाकारहरुले प्रस्तुत गरेको नृत्यले दर्शकहरुलाई जुरुक जुरुक उचालेको थियो । सुरिलो स्वरका धनी लोकगायक राम प्रसाद खनालले प्रस्तुत गर्नुभएको रेसम फिरिरी ...रेसम फिरिरी ,अमेरिका ग्रिनकार्डको खेल,त्यसैगरी कार्यक्रमको बिच-बिचमा बाचन गरिएका कबिता, गजल, मुक्तकहरुले पनि उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा उपस्थित सबैलाई पटलक पिक्निक खानाको ब्यबस्था गरिएको थियो। सो अवसरमा नेपाली मन्दिर निर्माण सहयोगार्थ बिभिन्न ब्यक्तिहरुबाट जम्मा ११५२२.११(एघार हजार पाच् सय बाइस डलर एघार सेण्ट) डलर उठेको र अत्याबस्यक कामले अनुपास्थित केही साथीहरुले सो कार्यमा आफ्नो पूर्ण समर्थन रहेको आफुहरुले मन्दीरको लागि सग्दो सहयोग राशी दिने प्रण गर्नुभएको कुरा जानकारी गराइएको थियो। सो कार्यक्रमको डि सि नेपाल डट्कमले प्रतक्ष प्रसारण गरेको थियो।
उक्त कार्यक्रममा नेपाली ब्यबसायी राजिब मैनाली, सुनन्दा मैनाली परिवारले सबैभन्दा बढी ३००० अमेरिकि डलर नेपाली मन्दिर निर्माण का लागि सहयोग प्रदान गर्नुभयो वहाँ लगायत सबै दाता हरुलाई नेपाल मदर डट कम पनि हार्दिक धन्यवाद दिन चाहन्छ र सबै नेपाली हरुलाई मन्दिर निर्माणमा सक्दो सहयोगको लागि अनुरोध पनि गर्दछ ।

>यसै बिच समाज का तर्फ बाट अध्यक्ष्य सागर कंडेल ले एक प्रेस रिलिज जारी गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै नेपाली समुदाय र मन्दिर निर्माण मा सहयोग प्रदान गर्ने सबै धनबिर हरुलाई धन्यवाद ब्यक्त र आभार प्रकट गरेकाछन ।

अमेरिका मनाससको चर्चित कार्यक्रमको भिडियो



एउटा सानो र रफ भिडियो तपाईंको मनोरन्जन्का लागि ।

मनाससमा आयोजित उक्त कार्यक्रममा नेपाली मन्दिर निर्माण मा सहयोग गर्ने सबै को नामावली अमेरिका नेपाल सहयोगी समाज बाट आधिकारीक् ढंगले प्राप्त भए पछी हामी ले यस् www.nepalmother.com मा राख्ने छौं ।
अमेरिकाको मनासस मा आयोजित नेपाली कार्यक्रम फोटो मा यसरी बोल्छ ।




























फोटोहरु: www.nepalhorizons.com / Mukta Paudel / Gyanan Khanal / Devendra Parajuli

20090425

प्रधानसेनापति कारबाही प्रकि्रयाबाट पछाडि हट्नुपरे सत्ता छाड्ने माओवादी चेतावनी

प्रधानसेनापति हटाउने प्रकरण राष्ट्रिय राजनीतिमा अझै गहिरिदैं गएको छ। आइतबार प्रकाशित सबै दैनिक पत्रिका हेर्ने हो भने यो प्रकरणलाई राम्ररी बुझ्न सकिन्छ। प्रधानसेनापतिको विषयमा सम्पूर्ण राजनीतिक दल केन्द्रीत भएका छन्। संविधान लेख्न व्यस्त हुनुपर्ने समय प्रधानसेनापतिको विषयमा अलमलिएको छ। जनदिशा राष्ट्रिय दैनिकको आइतबारको अंकमा एकीकृत नेकपा माओवादी ले प्रधानसेनापति रुक्माङ्गद कटवालको स्पष्टीकरणपछि गरिने भनिएको कारबाहीबाट पछि नहट्न सरकारलाई सुझाव दिएको समाचार प्रकाशित गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार विहान बसेको सचिवालय बैठकले जनताको सर्वोच्चता कि सैनिक सर्वोच्ता भन्ने सवाल अहिलेको महत्वपूर्ण विषय भएको ठहर गर्दे सरकारलाई उक्त सुझाव दिएको हो ।
राजधानी राष्ट्रिय दैनिकले स्पष्टीकरण प्रकरणलाई राष्ट्रिय सहमति आवश्यकु भएको समाचार प्रकाशित गरेको छ । समाचार अनुसार माओवादीबाहेक सत्तासीन अन्य दल र प्रमुख प्रतिपक्ष कांग्रसका नेताहरुले प्रधानसेनापतिमाथिको कारबाहीसम्बन्धी निर्णय राष्ट्रिय सहमतिका आधारमा लिनुपर्ने बताएका छन् ।
सद्भावना पार्टीको २० औं स्थापना दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित चियापान कार्यक्रममा सहभागी नेताहरुले सो धारण सार्वजनिक गरेका हुन् । सत्तासीन दोस्रो ठुलो दल एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानसेनापति राख्ने वा हटाउने विषयमा राष्ट्रिय सहमति जुटाउनुपर्ने बताए ।
आइतबारको अन्नपूर्ण पोष्टमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानसेनापति रुक्मांगद कटवालले सरकारका नीतिनिर्देशन पालना नगरकोले उनलाई पदबाट हटाएरै छाड्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री उपेन्द्र यादवसँग शनिबार बिहान भएको भेटमा कटवाललाई कारबाही गर्ने अडानमा आफू कायमै रहेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दे मन्त्री यादवले अन्नपूर्ण पोष्टलाई प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाएरै छाड्ने दृढता व्यक्त गरेको जानकारी दिए ।
क्युवाको राजधानी हवानामा हुने असंलग्न राष्ट्रका परराष्ट्रमन्त्रीहरुको १६ औं सम्मेलनमा भाग लिन शनिबार त्यसतफ प्रस्थान गर्नुअघि मन्त्री यादवले प्रधानमन्त्रीसँग भेट गरेका थिए । परराष्ट्रमन्त्रीले आफूले भने प्रधानसेनापति कटवाललाई फालेर मुलुकमा उत्पन्न हुने परिस्थितिप्रति समेत गम्भीर हुन र सहजरुपमा समस्याको निकास खोज्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।
नयाँ पत्रिकाले सेनापतिलाई सोधिएको प्रस्टीकरणले शान्तिप्रकि्रयालाई दूरगामी प्रभाव पार्ने भएकाले त्यससँग सरोकार राख्ने मुख्य राजनीतिक दलहरुसित समेत परामर्श गरी टुंगोमा पुग्न आइतबारसममका लागि एमाले बैठक स्थगित गरिएको महासचिव ईशवर पोखरेलले जानकारी दिएको समाचार प्रकाशित गरेको छ । सेनापति प्रस्टीकरण प्रकरणमा भएको राजनीतिक धु्रवीकरणले मुलुकलाई नोक्सानी गर्ने हाम्रो निष्कर्ष छ त्यसैले राष्ट्रिय सहमतिसाथ अगाडि बढ्न अन्य दलहरुसँग समेत छलफल गर्नुपर्छु महासचिव पोखरेलले भने ।
नेपाल समाचारपत्रले कटवाललाई सरकारले कारबाही गर्ने शिर्षकमा प्रमुख सत्रारुढ दल एकीकृत नेकपा माओवादी ले सिंगो मन्त्रिपरिषद्ले एकमतबाट प्रधानसेनापति रुक्मांगद कटवाललाई स्पष्टीकरण लिने निर्णय गरेकाले सरकारालाई कटवालको कारबाही अगाडि बढाउन निर्देशन दिएको छ भने दोस्रो सत्तारुढ दल नेकपा एमाले को दुई दिनसम्म बसेको बैठक निष्कर्षविहीन भएको छ।
नेकपा एमालेले कटवालसँग स्पष्टीकरण लिइसकेको अवस्थामा अब तयसभन्दा अगाडि नबढौं भन्ने निर्णय गरे पनि सरकाले कटवाललाई कारबाही गरेरै छोड्नुपर्ने माओवादीको अडान झन् दहो रुपमा आएको समाचार प्रकाशित गरेको छ ।
कान्तिपुर दैनिकमा सरकारबाट हटनु परेपनि प्रधानसेनापति रुकमांगद कटवाललाई कारबाही गरेरै छोड्ने निष्कर्षमा माओवादी पुगेको समाचार प्रकाशित छ । स्पष्टीकरण प्रकरण लम्बिरहेको बेला शनिबार बालुवाटारमा कारबाहीबाट पछि नहट्ने निष्कर्ष निकालेको हो ।
सत्ता साझेदार दलको साथ नपाए पनि सेनापतिलाई कारबाहीगर्नुपर्ने अडान अधिकांश नेताले बैठकमा राखेका थिए । बैठकले राजनीतिक सहमति जुटाउन दलहरुसँग प्रयत्न गर्ने र त्यसो नभए एक्लै कारबाहीमा जाने निर्णय गरेको समाचारमा उल्लेख छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले सेनापति कटवाललाई पदमुक्त गरिए त्यसको प्रतिरोधमा सडक संघर्ष गर्ने तयारी गरेको समाचार कान्तिपुरमा प्रकाशित छ । सेनापति हटाउन माओवादी अडान पूरा हुन नदिन उसले सत्तासाझेदार एमालेसँग सहयोगको आग्रह पनि गरेको छ।
एकीकृतमाओवादी नेता एवं अर्थमन्त्री बाबुराम भट्टराईले प्रधानसेनापति कारबाही प्रकि्रयाबाट पछाडि हट्नुपरे सत्ता छाड्ने चेतावनी दिएको समाचार नागरिक दैनिकमा छापिएको छ । नागरिक सर्वोच्चताका लागि प्रधानसेनापति स्क्मांगत कटवालको कारवाहीमा माओवादीले अडान लिएको भट्टराईले बताए ।




सरकारमा एक मिनेट पनि बस्न लायक छैनन् दाहाल

- शेखर ढुङेल

संसार को ईतिहास पढ्ने लाई थाहा छ क्रान्ति बाट सत्ता मा आएको समुह वा राजनैतिक् दल ले सकारात्मक् बढी र अपबाद मा मात्र नकारात्मक काम गर्दछ । क्रान्ति भनेकै अब्यबस्था , अशुरक्षा , अस्तब्यस्तता , भ्रस्टाचार , अरास्ट्रियता बाट राष्ट्र लाई मुक्त गरी नागरिक सर्बोच्चता र कानुनी राज को स्थापना गर्न को लागि हो । नेपाल मा एक निरन्कुसता को बदला मा अर्को अधिनायक बाद लादने प्रयास हुन गैराखे को छ । माओवादी ले जन युद्ध जितेको होइन परिस्थिती ले सम्झौता मार्फत उस्लाई यहाँ सम्म लेराइ पुर्याएको हो । झुक्याएर , फकाएर , धम्काएर उपयोग गर्दै आफ्नो एकल निती लागु गर्न खोज्नु जनता र देश माथि घात हो । नेपाली जनता ले शान्ती , स्थिरता , र शुसासन् को आशा मा सम्पूर्ण अपराध माफ गरी सत्ता मा पुग्न मौका दिएका हुन । भयो के ? देश कता गैराखेको छ ? खोइ शान्ती सुरक्षा ? खोइ राष्ट्रिय एकता ? खोइ जनता का खोसिएका सम्पत्ति फिर्ता ? खोइ दन्ड हिनता को अन्त ? खोइ सहमति को राजनीति ? खोइ भबिस्य प्रती को आशा ? खोइ जनता का सम्बेदनसिल भावना को कदर ? तत्कालिन ७ दल को सहमति र सहयोग मा सत्तासिन हुन पुगेका प्रचन्ड को एक्लै शिखर चड्ने दुस्प्रयास ले उनी माथि को विश्वाश उठ्न गै उनी झुठा नन्द बन्न पुगेका छन ।

सभ्य समाज , कानुनी राज को कुरा गर्ने हो भने एक कुख्यात आतंककारी जस्ले करिब ३० हज्जार जनता लाई बली चढायो , लाखौं लाई अपाङ्ग बनायो , लाखौं लाई आफ्नो सम्पत्ति को हक भोग बाट बिमुख बनाइ बिदेश र स्वदेश मै शरणार्थि बन्न वाध्य बनायो , २० औ खर्ब बराबर को बिकास निर्माण का सम्रचना ध्वस्त बनायो , हासी खुशी आफ्नो प्रजातान्त्रिक अभ्यास गर्दै गरेका जनता मा जातियता र छेत्रीयता को बिष पिलाई देश तहस नहस बनायो अन्त राष्ट्रिय अदालत मा उभ्याएर दन्ड दिनु पर्ने झुठानन्द लाई सत्ता मा पुर्याउन सहायक् तत्व पूर्व राजा ग्यानेन्द्र , पूर्व प्र म कोइराला , एमाले नेता नेपाल , र भारत लाई नेपाली ले धिकार्नु पर्दछ । सडक , सदन र सरकार मा बसेर बिध्वन्स मच्चाउन मौका दिनु महा गल्ती थियो कि थिएन ? सरकार प्रमुख भएर इन्ले बोलेका निम्न र धम्की का भाषा ले नेपाली जनता लज्जित भएका छन । संबैधानिक र व्याबहारिक रुप मा हुनै नसक्ने बिषय मा पनि तत्काल लाई सत्ता टिकाउने मात्र उदेस्य ले बिभिन्न समुह सित सम्झौता गर्दै देश लाई खाडल मा हाल्दै छन । आफु सरकार प्रमुख भएर आफ्नै उग्र लठैत कार्यकर्ता लगाएर विश्वा बिद्यालय का प्रतिष्ठित पदाधिकारी लाई असभ्य व्यबहार गर्नु , राष्ट्रिय शेना जस्तो गौरबसाली सस्था को बिरुद्ध मा जुलुस निकाल्ने के यो नयाँ नेपाल को जनता को माग हो ?

प्रतिबद्धता , बिचित्र , चमत्कार ,हदै सम्म को लचिलो , सम्झौता जस्ता साब्दाबलि प्रयोग गर्दै अलेटाले , ढुलमुल , अबिस्वसनिय निती लिएर अगाडि बढेको झुठानन्द दाहाल को बिगत ७ महिना का केही झुठो प्रतिबद्धता का उदाहरण हेर्ने हो भने उनी सरकार मा एक मिनेट पनि बस्न लायक छैनन्।
१ राम हरि श्रेष्ठ को हत्यारा लाई कार्यबाही गर्ने प्रतिबद्धता तर अभियुक्त लाई सुरक्षा र पुरस्कार ( केन्द्रिय सदस्य ) दिनु
२ प्रज्ञा प्रतिस्ठान को नियुक्ती र खारेजी
३ कब्जा गरिएको घर जग्गा फिर्ता गर्ने प्रतिबद्धता र सुन्य कार्यान्वयन
४ प्रचन्ड थैब को हत्यारा लाई कारबाही गर्ने प्रतिबद्धता र काम ?
५ काङ्रेस ले राखेको ९ बुदे माग पुरा गर्ने सदन मा गरेको प्रतिबद्धता र सुन्य काम
६ पशुपती नाथ को भट्ट को नियुक्ती कान्ड
७ अपराधी को सम्रक्ष्यण र उन्मुक्ती
८ शेना पती प्रकरण र नैतीक संकट को प्रस्न
९ बिभिन्न आन्दोलन कारी सित गरेको सम्झौता र व्यबहार
१० जातिय र छेत्रीय द्वन्द को बीषाक्त बीउ छर्नु र उपचार नगर्नु
११ आँफै सरकार मा हुँदा पनि आफ्ना बिभिन्न रुपका लठैत लाई सडक मा पठाएर सरकार ( आँफै ) बिरुद्ध उचाल्ने बिचित्र को निती
११ एक स्वतन्त्र राष्ट्र को प्रधान मन्त्री को हैसियत समेत भुली बिदेशी राजदुत को अगाडि निरिह र एक इमान्दार कारीन्दा जस्तो बनी देश र जनता लाई लज्जित बनाउनु जस्ता सैऔ कारण ले सरकार को नेत्रित्व को लागि प्रचन्ड योग्य र इमान्दार देखिएनन । आफ्नो युद्ध कालिन सस्कार , अदुर्दर्सिता , असफलता , अदक्षता को दोष अरु लाई दिएर सत्ता मा बसिरहन अब प्रचन्ड लाई सुहाउदैन यदी वहाँ मा राजनैतिक सस्कार र नैतिकता भन्ने तुष छ भने ।
इमान्दारिकता का साथ भन्नु पर्दा यो समय सरकार गिराउने र बनाउने होइन । तर झुठा नन्द दाहाल को एक लौटी र एकल काट्य अदुरदर्सी निती को कारण देश को प्रजातन्त्र , मानबाधिकार , प्रेस एबम ब्यक्ती गत स्वतन्त्रता , नागरिक सर्बोच्चता , कानुनी राज को भबिस्य मात्र होइन देश कै अस्तित्व समेत जोखिम मा परेको हुँदा राष्ट्र र प्रजातन्त्र को रक्षार्थ झुठानन्द लाई सत्ता बाहिर पुर्‍याउनु को बिकल्प छैन । यदी प्रचन्ड गणतन्त्र बलियो भएको देख्न चाहन्छन र प्रजातन्त्र मा बिस्वास राख्दछन भने सत्ता बाट निस्की सहज् राजनैतिक बातावरण बनाउन सहयोग गर्नु पर्दछ ।
Shekhar1962@gmail.com

सेनामा विभाजन ल्याउनु माओवादीको ठूलो सफलता

- अनिल पाण्डे

नेपाली सेनामाथि लगातार अपमान भएको छ र यसलाई भित्रभित्रै चिरा पारिएको छ । प्रष्ट रुपमा बाहिर आएको समाचार के हो भने, एक चिराको नेतृत्व प्रधान सेनापति रुक्मांगद कटवालले गरेका छन् भने अर्को खेमाको नेतृत्व रथी कुलबहादुर खड्काको हातमा पुगेको देखिएको छ ।
नेपाली सेनामा विभाजन ल्याउनु एकीकृत माओवादीको ठूलो सफलता हो । किनभने ऊ आज पनि युद्धमैदानमै छ । फरक यत्ति हो- हिजो उसको हातमा बन्दुक थियो तर आज छैन । यद्यपि सफलता भन्ने होभने उसले हिजोभन्दा आज नै बढी पाइरहेको छ । हिजो नेपाली सेना सशस्त्र प्रहरी र जनपदको समेत नेतृत्व गर्दै एकीकृत ढंगले लडिरहेको थियो भने आज सेना एक्लो मात्र परेको छैन, त्यसभित्र पनि चिरा पार्ने सफलता माओवादीले हासिल गरेको छ । तर झट्ट हर्ेदा माओवादीले जितेको देखिए पनि राष्ट्रले भने दिनप्रतिदिन हारिरहेको छ । अन्ततः यसले माओवादीस्वयंलाई पनि दर्ीघकालिक रुपमा लाभ दिनेछैन ।
अखबारमा आएको समाचारलाई विश्वास गर्नेहो भने ऐतिहासिक रुपमा सम्पन्न संविधानसभालाई समेत खारेज गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत नजरबन्दमा राख्ने हदसम्मको तयारी वा षयडन्त्र बुनिएको थियो । यसका लागि कटवाललाई छिमेकी भारतले सघाउने र खड्कालाई माओवादीले मद्दत गर्ने तयारी रचिएको थियो । यदि यस्तो भएको भए मुलुक निश्चयनै अपर्ूव भड्खालोमा जाकिने थियो । एकैसाथ सयौंको संख्यामा नेपालीको जीवन समाप्त हुने अवस्था त थियो नै, साथमा मुलुकभित्र विदेशी सेनाको प्रवेश प्रष्ट थियो ।
माओवादीले सत्ता हातमा लिएपछि अर्थात आठ महिनाअघिदेखि नै हरेक पक्षलाई चिढाउने खेल खेलिरहेको छ । सबैलाई चिढाउने तर सफलता हासिल नगर्ने उसको नियती नै भएको छ । पशुपतिनाथका पुजारी, सैनिक जर्नेलहरुको अवकास र विभिन्न विधेयकआदि यसका उदाहरण हुन् । पछिल्लो समयमा माओवादीले सञ्चारकर्मीलाई पनि नराम्रोसँग चिढाएको छ ।
गत चैत २५ गते प्रधानमन्त्री दाहालले प्रेस जगतमाथि जसरी टिप्पणी गरे त्यो हर्ेदा माओवादी नेतृत्व पत्रकारले विगतमा लगाएको गुन सम्झन चाहँदैन भन्ने प्रमाणित हुन्छ । 'यहाँका ठूला सञ्चारमाध्यमहरु तस्करको हातमा रहेका छन्' भन्ने आरोप प्रधानमन्त्री दाहालले जसरी खुला रुपमा प्रकट गरे, त्यसले एकसाथ रेडियो, टेलिभिजन र प्रेसकर्मी सबैको स्वाभिमानमा आघात पुर्‍याएको छ । एकातिर सरकारले तस्करहरु छन् भनेर स्वीकारेको छभने अर्कोतिर तस्करहरुलाई कारबाही गर्न नसकेको कमजोरी पनि उजागर हुन पुगेको छ । मुलुकमा तस्करहरुको अस्तित्व रहँदा रहँदै पनि सरकार कारबाही चलाउनुको साटो खुला अभिव्यक्ति दिंदै हिंड्छ भने समस्याको समाधान कसले गर्ने - के सरकार प्रमुखको काम समस्याको खुलासा गर्ने मात्र हो - यदि यसो होभने समाधानका लागि कसलाई बोलाउने त -
नेपाली प्रेस जगतमा इमान्दारीका साथ सबै लगानीकर्ताले धन खर्च गरेका छन् भनेर ठोकुवा गर्न सकिन्न । विगतमा 'प्रेस जगतमा चोरबाटोबाट लगानी भएको छ' भनेर तत्कालीन मन्त्री जयप्रकाश गुप्ताले स्वीकार गरिसकेको यहाँ स्मरणीय छ । प्रेसमा लगानी गर्ने कतिपय साहूहरुका विविध उद्योग तथा व्यापार व्यवसाय पनि समानान्तर रुपमा चलिरहेका छन् । यसरी लगानी गर्ने व्यक्तिहरुले प्रेसको प्रभाव अन्य व्यवसायमा लगाएका छैनन् भन्न सकिन्न ।
अन्त्यमा सेनालाई चलाउन पुगेको माओवादीले सबैतिरबाट धक्का खाएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीले सबैलाई मिलाएर जाने व्यवहार देखाउनुको साटो भूमिगत कालमा जस्तै व्रि्रोही बनेर राजनीतिक भाषण दिंदै हिंड्नु र अन्य राजनीतिक तथा कूटनीतिक शक्तिलाई समेत बेवास्ता गरेर निर्ण्र्ााा पुग्नु असफलता निम्त्याउनु मात्र हो ।
यद्यपि कटवाललाई अवकास दिन माओवादीले ठूलै 'काउन्सिलिङ' नगरेको भने होइन । दर्ुइ दिनअघि मात्र सरकारमा आओवादीका तर्फाट दोस्रो वरियतामा रहेका डा. बाबुराम भट्टर्राईले एमालेका दोस्रो प्रभावशाली नेता खड्ग ओली र प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत उनीहरुकै घर-घरमा पुगेर रुक्मांगद कटवाललाई अवकास दिने तयारी गरेका थिए । विगत केही सातायता कारवाहीका लागि उच्च काउन्सिलिङ भएको थियो । तर अन्तरिम विधायिका संसद्मा रहेका २५ मध्ये नेपाली कांग्रेससहित १७ दल राष्ट्रपति डा. रामवरण यादवकहाँ गएर सेना नचलाउन दबाब दिएपछि माओवादी पछि हट्न वाध्य भएको हो । यस परिणामले माओवादीलाई जुन हीनताबोध गराएको छ, त्यो अवश्य कतै पोखिनेछ । अन्ततोगत्वा पीडित हुने मुलुक नै हो ।


नेपाल आमा - मेरी मायालु लाई
-म्ोहन अर्याल (Mohan Aryal)
ब्र्राम्टन, क्यानडा

नेपाल आमा - मेरी मायालु लाई सम्झेर मैले यो सानो सम्झनाको दर्ुइ चार अक्षरहरु मेरी मायालुलाई ,,,,,,,,,,,,,,,,,,,,,,,,,।

धन्य छौ मेरी मायालु पिर ब्यथाहरु सहेर पनि अचल भएर बसीरहने ढल्के परेर मुस्कुराउदै बुट्टे अनी रेखा रेसा परेको साडि लगाएर जस्तै पीर ब्यथा भए पनि हासिरहेकी तिमी । सेता हिमालहरुको तातले सजीएकि हरियाली पहाडहरुले अर्को छोटो मीठो नयन पैल्याएकी नदि अनि झरनाहरुले आफ्नो सुस्यावट गरिरहेकी खर्ुर्पेटो, कछाड, चोली, लेहेङ्गाले सामुदायिक परिचय सहित संस्कृति झल्काएकी मेरी मायालु ।

त्यो मीठो बासुरीको धुनहरु ती वन पाखाहरुमा सुरीलो स्वरमा सुनाइ दिने, साथमा मादल र सारङ्गीको धुनमा मनमङ्गन गराइ दिने मेरी मायालु । जस्तै दुःख आइ परेपनि पीर व्याथाहरुलाई सामना गरी आफ्नो आवरणलाई जोगाई राख्नु है मेरी मायालु । शरिरको विभिन्न सजिएका गहनाहरु जस्तो शिरको लाली गुराँस, सुनौला मुनाल, डाँफे साथमा, कर्ण्ााली, सेती, कोसी, मेची, महाकाली अनि नारायणीका सम्पदा साथै आरक्षहरुमा शान्तिपर्ूण्ा जीवन विताई रहेका ती सन्ततीहरुलाई पाखा नपार्नु है मेरी मायालु ।
र्
र्सपहरुलाई नाग भनी बसेकी छौ मेरी मायालु, टोक्ने प्रयास गर्दैछन् तर टोक्न नदिनु है मेरी मायालु । त्यो त्रि्रो शरिरलाई अंङ्ग-भङ्ग हुन नदिनु है मेरी मायालु । जति वाधा र अड्चन आए पनि अचल भएर सामना गर्नु तर जति नै कष्ट भएपनि हात खुट्टा काटी मलाई बचाऊ नभन्नु है मेरी मायालु ।

बुद्घ जस्ता ज्ञानीहरु पनि जन्म दिन्छौ तर राक्षसलाई जन्म नदेऊ मेरी मायालु । बौद्धिक विचारहरुलाई अंङ्गाल्न सिकाउनु तर पशुहरुलाई हैन मेरी मायालु । आफ्नो घर छाडी घर बाहिर जाने आफ्ना सन्ततीलाई डाकी ब्ोलाउ , अचल भएर बस मायालु रत्तिभर नडगमगाउ ।।।

20090424

नेपालमा फेरी सेनाद्वारा "कु" को प्रयास ! ?

प्रधान सेनापती प्रकरण् मा माओवादी हारेको निस्कर्स धेरै ले निकाले पनि माओवादी ले जितेकोछ किनकी अब सेनामा पनि माओवादी छिराएर सेना फुटाल्ने योजना सफल भएकोछ । कुल बहादुर खड्का र उनका केही सहयोगिहरु माओवादी सँग घाटी जोड्न तयार देखिएकाछन भने कटवाल का सहयोगी माओवादी सँग भिडन तयार देखिएका छन । प्रहरी , ससस्त्र प्रहरी कम्जोर बनाइसकेका माओवादीले न्यायालयमा पनि धावा बोलेर न्यायाधिसको हुर्मत लियीसकेका छन । उनिहरु जसरिपनी सेना लाई कमजोर पार्न चाहन्थे त्यो अहिले भएकोछ । माओवादीले खोजेको यही नै हो । देश अझै संकटग्रस्थ हुने पक्का देखिएकोछ । यसै बिच कान्तिपुरले आज एउटा आस्चर्य जनक समाचार छापेर तहल्का पिटेकोछ । यो समाचार माओवादीकै डिजाइन हो या साच्चै यो पुस्टि हुन अब सेना को प्रतिकृया पर्खिनै पर्छ । जे होस् कान्तिपुर को यो चर्चित समाचार तल जस्ताको तस्तै :

के-के भयो सेनाभित्र ?
- सुधीर शर्मा

हरेक साता बस्ने नेपाली सेनाको 'पmाइडे मिटिङ' मा बिहीबार जे भयो, त्यस्तो पहिले सायदै भएको थियो । शुक्रबार बिदा परेकाले अघिल्लै दिन बोलाइएको बैठकमा केही जर्नेलले आफ्नै एक वरिष्ठ सहकर्मीमाथि तीव्र प्रहार गरे । उनी थिए, रथी कुलबहादुर खड्का, जसलाई माओवादी नेतृत्वको सरकारले रुक्मांगद कटवालको ठाउँमा प्रधानसेनापति बनाउन चाहेको छ ।
बैठकको सुरुमै युद्धकार्य महानिर्देशक -डीजीएमओ) गौरवशमशेर राणाले सेनामा सुनामी ल्याउन खोजिएको उल्लेख गर्दै भने, 'सेनालाई सिध्याउन खोज्ने भाइरस यही कोठाभित्र छ ।' अनि नम्बर १ बाहिनीका प्रमुख हिमालय थापाले थपे, 'समस्याको मूलजरो हामीभित्रै छ, त्यसलाई खोज्नुपर्छ र समाप्त पार्नुपर्छ ।' दुवैको संकेत रथी खडकातर्फ थियो ।

सेनाको सर्वोच्च निकाय पीएसओज -पि्रन्सिपल स्टाफ अफिसर्स) का सदस्य र उपत्यका क्षेत्रका कमाण्डर गरी झन्डै २५ जर्नेलहरू उपस्थित बैठकमा खडकामाथि सेनालाई नियन्त्रणमा लिने माओवादी मिसनको मतियार बनेको घुमाउरो आरोपसमेत लाग्यो । तैपनि उनले कुनै प्रतिक्रिया जनाएनन्, डेढ घन्टा लामो बैठकभरि आँखा चिम्लेर कुर्सीमा हल्लिरहे ।
बैठकको समापन गर्दै सेनापति कटवालले कटाक्ष गरे, 'हाम्रो घरमा कसैले राजनीति छिराउन खोज्दैछ । तर एउटा प्रमोसनका लागि नेताका घरघर चाहार्ने अवस्था कदापि आउन दिनुहुन्न । मैले आज जे गर्दैछु, त्यो मेरो लागि होइन, संस्था र राष्ट्रका लागि हो ।' नेपाली सेनामा अहिले सरकारप्रति नरम कुनै धार छ भने त्यसको अगुवाई यिनै रथी कुलबहादुर खडकाले गरेका छन् । 'त्यसैले हामी केबीलाई घरभित्रको माओवादी भन्छौं,' एक उच्च सैन्य अधिकृतले बताए ।

सेनामा 'विप्लव निम्त्याउन लागेको' आरोपमा तीन साताअघि खडका लगायत उनी पक्षधर २० जर्नेललाई सैनिक प्रहरीमार्फत थुन्ने आदेश जारी गरिएको दाबीसमेत अर्का अधिकृतले गरे । 'तर सबैलाई एकैचोटि कारबाही गर्दा सेना टुक्रिनसक्ने देखेर अन्त्यमा त्यो कदम रोकियो,' उनले बताए ।

सरकारले म्याद नथप्दा अवकाश पाएका आठ सहायकरथीलाई सेनापतिविरुद्ध उक्साएको आरोप खडकामाथि लगाइएको थियो । 'उनीहरूलाई चिफ -कटवाल) ले म्याद थप्न सकेन भन्ने लागिरहेको बेला केबीले आफू चिफ भएमा थमौति गरिदिने आश्वासन दिएका थिए,' सैनिक स्रोतले दाबी गर्‍यो, 'त्यसपछि दिलीपशमशेर राणालगायत केही भूपू जर्नेलमार्फत कटवाललाई राजीनामा दिन दबाबसमेत दिइएको थियो ।'

स्रोतअनुसार खडकाले माओवादीलाई आफू सेनापति भएमा गर्ने कामको सूची नै दिएका छन् ः सेनापतिको सेवाअवधि ३५ र अन्यको ३० वर्ष तोक्ने, असारभित्र माओवादी छापामारलाई सेनामा लिने, जनसेना प्रमुख पासाङलाई मेजर जनरल र अन्य माओवादी कमाण्डरलाई बि्रगेडियर र त्यसमुनिका पद दिने, ५० प्रतिशत सैनिकलाई विकास निर्माणका काममा खटाउने आदि ।

सरकारको योजना मंगलबार कटवालबाट स्पष्टीकरण आएपछि उनलाई त्यसैदिन पदमुक्त गरेर खडकालाई सेनापति बनाउने भन्ने थियो । 'त्यस क्रममा कटवालले मानेनन् भने उनी र अरू केही जर्नेललाई समात्नुपर्ने हुनसक्छ भनेका थिए खडकाले,' माओवादी स्रोतले बतायो, 'तर त्यो प्रक्रियालाई सकेसम्म सहज ढंगले गर्ने योजना थियो ।'

स्रोतअनुसार खडकाको योजनाअनुसार उपरथी शिवराम प्रधान -हाल पोखरा) लाई सम्भाररथी, उपरथी डम्बर गुरुङ -दिपायल) लाई प्रबन्धरथी, उपरथी राम गुरुङ -पूर्वी पृतना) लाई युद्धकार्य महानिर्देशक, सहायकरथी दीपक गुरुङलाई सैनिक सहायक आदि बनाउने ठानिएको थियो । तर सेनापति कटवालको प्रतियोजनाले खडकाको योजनालाई अगाडि बढ्न दिएन ।

भारतीय राजदूत राकेश सुदले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अभूतपूर्व कूटनीतिक दबाब दिएपछि खडकालाई सेनापति बनाउने योजना मंगलबार रोकिएको थियो । तर बुधबार बिहान ८ः३० मा बस्ने मन्त्रिपरिषद बैठकले कटवाललाई हटाउने निश्चित प्रायः थियो । सुद बिहान ६ः३० मै राष्ट्रपति निवास पुगे । अघिल्लो राति १०ः३० मा सूचित गरिएअनुसार प्रधानमन्त्री दाहाल पनि ७ः३० मा त्यहाँ पुगे । त्यसपछि माओवादी पछाडि हट्नाले मात्र मुलुक ठूलो दुर्घटनाबाट जोगियो ।

त्यतिबेला सेना 'सफ्ट कू' गर्ने टुंगोमा पुगिसकेको थियो । त्यसका निम्ति निर्धारित 'एच आवर' थियो ः बुधबार बिहानको राति । 'एच आवर अत्यन्त गोप्य राखिने हुनाले ठ्याक्कै समयचाहिँ धेरै कमलाई मात्र थाहा छ,' स्रोतले भन्यो ।

योजनाअनुसार प्रधानमन्त्री दाहाल, विपक्षी नेता गिरिजाप्रसाद कोइराला, मन्त्रीहरू, अन्य नेता र केही छानिएका व्यक्तिलाई फोन, भेटघाटलगायत सबैखाले सम्पर्कबाट वञ्चित गरी 'लाइन एरेस्ट' गरिन्थ्यो । 'पूर्वराजा ज्ञानेन्द्रलाई पनि नागार्जुनमै थुनेर राखिन्थ्यो,' योजना निर्माण संलग्न स्रोतका अनुसार, 'सिंहदरबार, बालुवाटार, वाईसीएल अफिस, मन्त्री निवास आदि सिज गरिन्थ्यो ।'

माओवादी लडाकुको हतियार राखिएका सबै कन्टेनरलाई घेरेर राख्ने तर क्यान्टोनमेन्टमा बसेका लडाकुलाई चाहिँ केही नगर्ने, बरु बाहिर निस्केर गाउँ र्फकन वा अन्यत्र जान प्रेरित गर्ने भन्ने योजना थियो । 'शिविरमा रहेका अनमिनका अनुगमनकर्तालाई चाहिँ हेलिकप्टरमा राखेर सीधै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित अनमिन मुख्यालयमा ल्याएर राख्थ्यांै,' उच्च सैन्य स्रोतका भनाइमा, 'उनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्नेमा विशेष ध्यान दिइएको थियो ।'

तयारीअन्तर्गत काठमाडौंस्थित १० नम्बर बाहिनी -स्पेसल फोर्स) र भ्याली कमाण्डलाई तम्तयार राखिएको थियो भने उपत्यका बाहिरका डिभिजन कमाण्डरहरूलाई मंगलबारै बिदाबाट बोलाइएको थियो । 'हाम्रो योजना सैनिक कू नझल्कने किसिमबाट जाने भन्ने थियो,' स्रोतका अनुसार, 'केही जर्नेलले नमान्न सक्थे । तर चिफको आदेशविरुद्ध जोजो तगारो बन्छन्, उनीहरूलाई कारबाही गर्दै गइन्थ्यो ।' स्रोतको दाबीमा रक्तपातचाहिँ सकेसम्म कम गर्ने भन्ने थियो ।

स्रोतका अनुसार सैन्य कारबाहीको पहिलो खाकाबारे आइतबार दिउँसो सैनिक मुख्यालयमा छलफल भएको थियो । त्यहाँ कटवालनिकट अधिकृतहरूले उनलाई जतिसक्दो चाँडो एक्सनमा गइहाल्न दबाब दिएका थिए । 'जति ढिलो भयो, हामीलाई माओवादीले खान्छन् भन्ने थियो,' सहभागी एक सैनिक अधिकृतले भने, 'अहिलेजस्तो राम्रो माहौल र यति चुलिएको राजनीतिक अवस्था कहिल्यै आउँदैन भन्ने धारणा थियो । त्यसैले हामीले भन्यौं, चिफसाब, तपाईं अगाडि नसर्ने भए -स्लिपिङ) ट्याब्लेट खाएर सुत्नुस्, बाँकी काम हामी गर्छाै ।'

उनका अनुसार सबैको कुरा सुनिसकेपछि कटवालले त्यसरी सोझै 'कू' गरेर जाँदा ठूलो संकटमा परिने भएकाले 'संवैधानिक डोरीमा टेकेर अगाडि बढ्नुपर्ने' योजना विस्तृत रूपमा सुनाए । 'त्यो डोरी राष्ट्रपतिलाई बनाउने उनको धारणा थियो,' ती अधिकृतले खोले, 'नेपालमा राष्ट्रपति शासन लागू गर्न बंगलादेशलाई एउटा मोडल मानिएको थियो ।'

बंगलादेशमा त्यहाँका सेनाप्रमुख मोइन अहमदले दुई वर्षअघि राष्ट्रपतिमार्फत नागरिक सरकार गठन गराई आमनिर्वाचनमार्फत केहीअघि मात्र राजनीतिक दललाई सत्ता हस्तान्तरण गरेका थिए । ती मोइन सेनापति कटवालका पुराना परिचित हुन् । दुई महिनाअघि -फागुन ४/७) उनलाई सुटुक्क काठमाडौं झिकाएर बंगलादेशी अनुभवबारे छलफल गरिएको थियो ।

'तर राष्ट्रपति शासनको प्लान र हामी होइनौं, मिलिटरी साइडको योजनामा मात्र हामी संलग्न हौं,' कान्तिपुरको सम्पर्कमा आएका सैन्य अधिकृतले भने, 'त्यसका निम्ति बाहिरैबाट योजना आएको थियो ।' उनको संकेत भारततर्फ थियो । त्यसबीच सेनापति कटवालले आफ्ना मित्र एवं भारतीय सेनाका प्रमुख दीपक कपुरमार्फत दिल्लीमा निणर्ायक लबिइङ गरिसकेका थिए । भारतीय संस्थापनले 'नेपाली सेनामा हात हाल्ने' माओवादी प्रयासलाई गम्भीरतापूर्वक लियो ।

'कटवाललाई पदमुक्त गर्न खोजेमा राष्ट्रपतिज्यू देशवासीको नाममा सम्बोधन गरेर कठोर कदमसमेत चाल्ने मनस्थितिमा मंगलबारसम्ममा पुगिसक्नुभएको थियो,' राष्ट्रपतिनिकट स्रोतले स्वीकार्‍यो । आफू अपि्रय कदम चाल्न बाध्य हुने औपचारिक जानकारी राष्ट्रपतिले प्रधानमन्त्रीलाई समेत दिएका थिए । राष्ट्रपति शासनका योजनाकारले प्रत्यक्ष शासन, सर्वदलीय सरकार वा अराजनीतिक व्यक्तिहरू सम्मिलित नागरिक सरकारको विकल्प अगाडि सारेका थिए । 'त्यस्तो अवस्थामा संविधानसभा विघटन गरेर नयाँ संविधान निर्माणको छुट्टै प्रक्रिया प्रारम्भ गर्ने सोचाइ थियो,' स्रोतको दाबीमा, 'यो विकल्प अहिले पनि पूर्ण रूपमा बन्द भइसकेको छैन ।'

20090423

माओवादी सँग दिल्ली तर्सियो, राजदुत सुद अकस्मात् दिल्ली प्रस्थान

भारतीय सरकारको आकस्मिक् बैठक, माओवादी सरकार ढल्ने अधिक सम्भावना

भारतका काठमाडौंस्थित राजदुत राकेश सुद बिहीवार अकस्मात नयाँ दिल्ली प्रस्थान गरेका छन् । दिउसो ३ बजे काठमाडौंबाट नयाँ दिल्ली लागेका सुदले आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । आठ देशका राजदुतस‌गै प्रधानमन्त्रीलाई भेट्न गएका राजदुत सुदले करिव आधा घन्टा कुराकानी गरेका थिए । पछिल्लो पटक निकै विवादित बनेको प्रधानसेनापति स्पष्टिकरण प्रकरणका बारेमा राजदुत सुदले यसअघि पनि प्रधानमन्त्री प्रचण्डलाई पटकपटक भेटिसकेका छन् । प्रधानसेनापति स्पष्टिकरण प्रकरणकै बारेमा प्रधानमन्त्रीसग बुधवार भेट गरेका सुदले कारवाही फिर्ता लिन आग्रह गरेका थिए ।
त्यस्तै भारतीय विदेश मन्त्रि प्रणव मुखर्जीले बुधवार नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई फोन गरी प्रधानसेनापतिलाई कारवाही गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका थिए । अध्यक्ष खनाल बिहिबार चीनबाट फर्किएलगत्तै राजदुत सुद नयाँ दिल्लीतर्फ लागेका हुन । नेकपा एमालका अध्यक्ष झलनाथ खनालले सेनासँग सरकारको विवाद उपयुक्त नभएको बताएका छन् । मुलुकमा देखिएको राजनीतिक प्रतिकुलताका कारण साताव्यापी चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फिर्ता भएका खनालले मुलुकमा सेनाको महत्व बढी भएको बताउँदै यस बारेमा छलफल गरेर मात्र प्रतिक्रिया दिने धारणा ब्यक्त गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले ब्यबस्थापिका संसदको बिहीबारको बैठक पनि अवरुद्ध गरेका छन् । प्रधानसेनापतिको स्पष्टीकरणको विषयलाई लिएर आज दोस्रो दिन पनि संसद अवरुद्ध गरेका हुन् ।नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले सरकारले प्रधानसेनापतिको स्पष्टिकरण मागेर सैन्य तानाशाहावाद लाद्न खोजेको आरोप लगाएलगत्तै कांग्रेसका सभासदले रोष्ट्रम घेरेपछि संसद स्थगित भएको हो । बिहीबारको बैठकमा राष्ट्रिय जनशक्ति पार्टीका डा. प्रकाशचन्द्र लोहनीले एकदलीय सर्वसत्तावाद कायमगर्न खोजेको बताउँदै सेनापति प्रकरणको आलोचना गरे । एमालेका रवीन्द्र अधिकारीले नागरिक सर्वोच्चताका विरुद्ध कुनैपनि सम्झौता गर्न नसकिने स्पष्टगर्दै शान्ति प्रक्रिर्या नबिथोलीने गरि निर्णयमा पुग्नुपर्ने आफ्नो पाटीैको धारणा रहेको उल्लेख बताए । उनले माओवादी विद्यार्थी संगठनद्वारा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. माधव शर्मा र रेक्टर डा. सूर्यलाल अमात्यलाई नियन्त्रणमा लिएर कालोमोसो दल्ने कार्यले सबैलाई लज्जित बनाएको टिप्पणी गरे ।




आगो नियन्त्रणमा लिन गएका नेपाली सेनाका १४ जना जवानको मृत्यु

रामेछाप पुरानो सदरमुकाम नजिकैको जंगलमा लागेको आगो नियन्त्रणमा लिन गएका नेपाली सेनाका १४ जना जवानको मृत्यु भएको छ । बिहान ११ बजे जंगलमा आगो लागेको थाहा पाई श्रीजंग गणबाट आगो नियन्त्रण गर्न सेनाको टोली त्यसतर्फ गएको थियो । अहिलेसम्मको प्रारम्भिक जानकारीअनुसार १५ जवानको मृत्यु भएको छ भने आगलागी नियन्त्रण गर्न गएका श्रीजंग गणका सेनामध्ये अझै केही सम्पर्कमा नआएकाले अझै यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मृतक सैनिक जवानको १५ वटै सव अहिले ब्यारेकमा राखिएको छ । जंगलमा लागेको आगो अस्पतालनजिकै पुग्न थालेपछि सेना नियन्त्रणका लागि त्यसतर्फ गएको थियो । सेनाको सक्रियताका कारण आगो अस्पताल नपुग्दै नियन्त्रणमा आएकाले अस्पतालमा कुनै क्षति हुन पाएन ।

मलाई हटाउने अधिकार प्रधानमन्त्रीलाई छैन : प्रधानसेनापती रुक्मागत् कटवाल

जंगली स्वभाब नछाडेका प्रधानमन्त्री प्रचन्डलाई प्रधानसेनापती रुक्मागत् कटवालले सभ्य भाषामा निकै दनक पुग्ने गरी स्पष्टिकरण पठाएकाछन । उनको स्पष्टिकरण यती दम्दार छ कि प्रचन्ड ले कही नेर चुकाउन सक्ने अवस्था छैन , कटवालले मलाई हटाउने अधिकार प्रधानमन्त्री लाई छैन भनेर दिनु सम्म दनक दिएछन हेरौन यो प्रधानसेनापतिको स्पष्टीकरण जस्ताको तस्तै :


श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरबार, काठमाडौं ।

सफाइ पेस गरिएको ।


१. सम्बन्ध पत्रः प.सं. म.प.बै. ०६६, च.नं. १५, मिति २०६६।१।६ गते ।
२. नेपाली सेनाले सदैव नेपाल सरकारको निर्देशनहरूलाई पालना गर्दै आफ्नो भूमिकाहरू निर्वाह गर्दै आएको छ । आफ्नो कार्य सञ्चालनको क्रममा प्रधानसेनापतिको हैसियतमा सदैव सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा १ तथा दफा १० को उपदफा १ बमोजिम कार्य गर्दै आएको छु । यस सिलसिलामा प्रतिनिधिसभा घोषणा कार्यान्वयन, शान्ति सम्झौताको अक्षरशः पालना तथा गणतन्त्र कार्यान्वयनमा सहयोग पुर्‍याएको तथ्य सादर जानकारी गराउँछु । आफ्नो कर्तव्य निर्वाहको क्रममा मैले नेपाल सरकारलाई उपेक्षा गरेको नभई शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि सकारात्मक सोच तथा हदैसम्मको व्यावहारिक लचकता अपनाई पूर्ण सहयोग गर्दै आएको र सोसम्बन्धी प्रतिबद्धतासमेत बारम्बार व्यक्त गर्दै आएको छु ।

३. सर्वप्रथम यो स्पष्टीकरण प्रस्तुत गर्ने क्रममा निम्नलिखित संवैधानिक एवं कानुनी प्रश्नहरूको बारेमा निवेदन गर्दछु ः

-क) नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४४-२) मा नेपाली सेनाको प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्नेछ भन्ने व्यवस्था रहेको छ भने उपधारा -३) मा नेपाली सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन कानुनबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्नेछ भन्ने प्रावधानसमेत रहेको छ । यस स्थितिमा म निवेदक कार्यरत रहेको प्रधानसेनापति पदको नियुक्ति गर्ने अधिकारी सम्माननीय राष्ट्रपतिज्यू रहनुभएको र कानुन व्यवस्थासम्बन्धी ऐन, २०१० को दफा १६ अनुसार नियुक्ति गर्ने अधिकारीमा नै सेवाबाट हटाउने अधिकारसमेत रहेको कुरा निवेदन गर्दछु ।

-ख) म निवेदकको नियुक्ति पुनस्र्थापित प्रतिनिधिसभाको घोषणाबाट संशोधित तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम भएकोले साविक संविधानबमोजिम नियुक्त भएको प्रधानसेनापतिको सेवालाई निरन्तरता दिनको लागि हालको सैनिक ऐन, २०६३ को दफा ११-४) मा व्यवस्था भएको परिप्रेक्ष्यमा अवकाश दिने दृष्टिकोण बनाई म निवेदकको हकमा सैनिक ऐन, २०६३ को दफा ११-३) को व्यवस्था प्रयोग गर्न नमिल्ने देखिएको बेहोरा सादर निवेदन गर्छु ।

४. उपरोक्त संवैधानिक एवं कानुनी प्रश्नहरूमा प्रतिकूल प्रभाव नपर्ने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६६।१।६ गतेको निर्णयप्रति प्राप्त भएको सम्बन्धमा मेरो सफाइ विवरण निम्नअनुसार भएको बेहोरा सादर अनुरोध गर्छु ।

-क) नेपाल सरकार, रक्षा मन्त्रालयको निर्देशनविपरीत सैन्य भर्ना गरेको भन्ने सम्बन्धमा, नेपाली सेनामा विभिन्न कारणबाट -राजीनामा, निवृत्तभरण, उपदान, मृत्यु तथा अन्य) विभिन्न पदहरू रिक्त हुन गएकोले स्वीकृत दरबन्दी संख्या घट्न गई सेनाको दैनिक कार्यमा कठिनाइ उत्पन्न भइरहेको हुँदा रिक्त हुन गएका पदहरूमा भर्नाको लागि नेपाली सेना, बलाधिकृत विभाग -व्य.यु.) व्यवस्था तथा नीति निर्देशनालय, योजना तथा नीति शाखाको प.सं. १४६१।६३।५१, मिति २०६४।२।८ गतेको पत्रबाट नेपाल सरकार, रक्षा मन्त्रालयलसँग पत्राचार गरिएको थियो । उक्त मन्त्रालयको च.नं. ४८, मिति २०६४।२।९ गतेको पत्रबाट स्वीकृत दरबन्दी संख्याभित्र रिक्त हुन आएका पदहरूमा रिक्त राख्नुभन्दा नियमानुसारको प्रक्रियाहरू पूरा गरी माग अनुरूपको खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाबाट नियमित रूपमा पदपूर्ति गर्दै जाने स्वीकृति दिने गरी मिति २०६४।२।९ मा नेपाल सरकार -सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री) को निर्णय भएकोले सोही अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध गरिन्छ भन्ने बेहोराको पत्र प्राप्त भएकोले विस्तृत शान्ति सम्झौता हुँदाको बखत कायम रहेको नेपाली सेनाको स्वीकृत दरबन्दीमा नबढ्ने गरी रिक्त रहेका पदहरूमा मात्र सीमित रही नियमित रूपमा भर्ना गरिंदै आएको र यसैक्रममा मिति २०६५।६।२९ गते जंगी अड्डाबाट श्री रक्षा मन्त्रालयलाई रिक्त दरबन्दीहरू पूर्ति गर्न विज्ञापन गरी भर्ना झिक्नेबारे जानकारी गराइएको थियो । सोही बमोजिम मिति २०६५।०७।१७ र १८ गतेको गोरखापत्रमा सैन्य भर्नासम्बन्धी विज्ञापन गरी लोकसेवा आयोगको परामर्शबमोजिमको बोर्ड बसी नेपालको विभिन्न स्थानहरूमा भर्ना झिक्ने कार्य सुरु भई धेरै चरणहरू समाप्त भइसकेको अवस्थामा मिति २०६५।९।९ गतेमात्र रक्षा मन्त्रालयबाट भर्ना झिक्ने प्रक्रिया स्थगन गर्ने पत्र प्राप्त भएकोले नियमित रूपले भर्ना झिक्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको अवस्थामा भर्ना रोक्दा नेपाल सरकार तथा नेपाली सेनाप्रति नकारात्मक भावना पैदा भई अराजक स्थिति उत्पन्न हुन सक्ने हुँदा भर्ना झिक्ने प्रक्रिया रोक्न उचित नहुने बेहोरा उल्लेख गरी नेपाली सेना, जंगी अड्डाको पं.सं. ११९७६।क।३भ.छ.।०६५।६६।३२, मिति २०६५।९।१६ गतेको पत्रबाट श्री रक्षा मन्त्रालयलाई जानकारी गराइएको थियो । तत्पश्चात रक्षा मन्त्रालयबाट सो सम्बन्धमा कुनै पनि थप निर्देशन प्राप्त नभएको हुँदा भर्नासम्बन्धी प्रक्रिया जारी राखी मिति २०६५।१०।२४ मा छनोट भएका व्यक्तिहरूलाई नियुक्ति पत्र प्रदान गरी तालिममा पठाइएकोले उक्त भर्ना प्रक्रिया नेपाल सरकार, रक्षा मन्त्रालयको निर्देशन अनुरूप नै नियमित प्रक्रियाअन्तर्गत स्वीकृत दरबन्दी र स्वीकृत बजेटको परिधिभित्र रही गरिएको तथा विस्तृत शान्ति सम्झौताको दफा ५.१.२ को प्रतिकूल थप सैन्य भर्ना गरिएको नभई नेपाल सरकार रक्षा मन्त्रालयको रिफ. नं. १५५८।०६४।६५ मिति जनवरी ७, २००८ को पत्रबाट नेपालका लागि संयुक्त राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधिलाई जानकारी दिइएको नेपाली सेनाको स्वीकृत दरबन्दी संख्या "९५७५३" को परिधिभित्र रहेको र सो सम्बन्धमा जेएमसीसीमा समेत कुनै विवाद नभएकोले शान्ति सम्झौताको उल्लंघन नभएको स्पष्ट देखिन्छ । उक्त सैन्य भर्नासम्बन्धी कार्यलाई संवत् २०६५ सालको रिट नं. ०४८६ मा सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट मिति २०६५।११।३० मा भएको आदेशले वैधता दिइसकेको र तत्पश्चात् कुनै पनि भर्नासम्बन्धी कार्य सञ्चालन नगरिएको बेहोरा अनुरोध गर्दै उक्त मुद्दा हाल सम्मानित अदालतमा विचाराधीन रहेकोले अदालतमा विचाराधीन विषयका सम्बन्धमा सम्मानित अदालतबाट हुने अन्तिम आदेश फैसलाबमोजिम नै गर्ने बेहोरा जानकारी गराउँदछु । तसर्थ सैन्य भर्नासम्बन्धी कार्य सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा -१) तथा दफा १० को उपदफा -१) अनुकूल भएको बेहोरा सादर अनुरोध गर्दछु ।

-ख) प्रधानसेनापतिबाट नेपाली सेनाका केही सहायक रथीहरूको पदावधि थप गर्न सिफारिस भएकोमा सोबमोजिम पदावधि थप नगर्ने भनी नेपाल सरकारबाट भएको निर्णय कार्यान्वयन नगर्न नगराउन सम्मानित सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएकोमा सो आदेश कार्यान्वयन गर्ने सम्बन्धमा सैनिक ऐन, २०६३ को दफा १७ को उपदफा -३) विपरीत सहायक रथीहरूलाई काममा लगाएको भन्ने सम्बन्धमा, नेपाली सेनामा कार्यरत ८ जना वरिष्ठ सहायक रथीहरूको पहिलो पदावधि २०६५।१२।१३ गतेबाट सकिने हुँदा उहाँहरू शारीरिक तथा मानसिक रूपमा सक्षम रहेको र उहाँहरूको सेवा नेपाली सेनालाई अति आवश्यक भएको भनी पदावधि थप गर्न ज्येष्ठ रथीको अध्यक्षतामा गठित बोर्डको रायअनुसार निजहरूको अन्तिम ३ वर्षे पदावधि थपका लागि मिति २०६५।१०।१३ गते नेपाल सरकार, रक्षा मन्त्रालयसमक्ष लेखी पठाइएकोमा उक्त मन्त्रालयको मिति २०६४।१२।६ गतेको पत्रबाट पदावधि थप नगर्ने सम्बन्धमा लेखी आएबमोजिम नेपाली सेना, सैनिक सचिव विभागको प.सं. ३०००।१।रि।खा।सै।स।७३, मिति २०६५।१२।०७ को पत्रबाट निज सहायक रथीहरूलाई अवकाशको पत्र दिइएको थियो । सो सम्बन्धमा उहाँहरूले सम्मानित सर्वोच्च अदालतमा उत्प्रेषणसमेतको रिट निवेदन दायर गरी सो रिट निवेदनमा मिति २०६५।१२।११ गते सम्मानित अदालतबाट 'पछि लिखित जवाफ परेपछि पुनः विचार गर्ने गरी प्रस्तुत मुद्दामा निवेदकहरूलाई अवकाश दिने गरेको रक्षा मन्त्रालयको मिति २०६४।१२।०६ को च.नं. २३६२ को पत्र, नेपाली सेना, सैनिक सचिव विभागको २०६५।१२।०७ को पत्रसमेत तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी भएको हुँदा सो बमोजिम गर्नु गराउनु हुनका लागि समेत जानकारी गराइन्छ' भन्ने समेत अन्तरिम आदेशसहितको म्याद मिति २०६५।१२।१२ गते प्राप्त भएकाले सम्मानित अदालतको आदेशअनुसार उहाँहरूलाई काममा लगाइएको र सो बारेमा रक्षा मन्त्रालयलाई प.सं. ३०००।१।रि।खा।सै।स मिति २०६५।१२।१२ गतेको बोधार्थ पत्रबाट जानकारी गराइएको थियो । सो सम्बन्धमा पछि सम्मानित अदालतबाट हुने अन्तिम आदेश तथा फैसलाबमोजिम हुने नै हुँदा अदालतको आदेशबमोजिम भएको काम कारबाहीबाट सैनिक ऐन, २०६३ को दफा १७ को उपदफा -३) विपरीत नभएको व्यहोरा सादर अनुरोध गर्दछु ।

-ग) हालै सम्पन्न पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रधानमन्त्रीको निर्देशनविपरीत नेपाल सरकारलाई जानकारी नदिई सो प्रतियोगिताका केही इभेन्ट्समा नेपाली सेनाको त्रिभुवन क्लबलाई भाग लिन रोक लगाएको भन्ने सम्बन्धमा, श्री रक्षा मन्त्रालयको प.सं. क.प्र.।०६५।६६, च.नं. २५४२, मिति २०६५।१२।२६ गतेको पत्रबाट राष्ट्रिय खेलकुद महोत्सवमा नेपाली सेनाको टिमबाट केही खेलहरूमा सहभागिता नभएको सम्बन्धमा जानकारी माग भएकोमा नेपाली सेना बलाधिकृत विभाग, सैनिक विनय महानिर्देशनालय, समारोह तथा प्रतियोगिता शाखा जंगी अड्डाको प.सं. १००६।रा.खेल।०६५।६६।१२८, मिति २०६५।१२।३० गतेको पत्रबाट राष्ट्रिय खेलकुद परिषद्द्वारा पाँचौं राष्ट्रिय खेलकुद सञ्चालन सम्बन्धमा जारी निर्देशिका तथा अन्तर्राष्ट्रिय खेलकुदको मान्यताविपरीत खेल सञ्चालन भएको व्यहोरा जनाई ६ वटा इभेन्ट्समा भाग नलिएको व्यहोरा जानकारी गराइएको थियो । पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिता नियमावलीको नियम ५ को सहभागिता भन्ने शीर्षकमा राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको क्षेत्रीय प्रतियोगिताबाट ५ क्षेत्रीय टिम तथा विभागीय टिमहरूमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टिम गरी जम्मा ८ टिमको सहभागिता रहनेछ भन्ने व्यवस्था रहेको र प्रतियोगिता सुरु भइसकेपछि राष्ट्रिय खेलकुद प्रतियोगिता नियमावलीविपरीत अन्य टिमलाई सहभागी गराइएकोमा नेपाली सेनाको तर्फबाट प्रतियोगितामा सहभागी भएका खेलाडीहरूले खेलमा भाग नलिने भनी निवेदन दिएकोमा सम्बन्धित विभागीय प्रमुखहरूको राय सल्लाह र सहमतिअनुसार केही इभेन्ट्सहरूमा त्रिभुवन क्लबका खेलाडीहरूले भाग नलिएको मात्र हो । लामो अन्तरालपछि आयोजना भएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्न नेपाली सेनाबाट उद्घाटन र समापन समारोहलगायत खेल व्यवस्थापनको लागि आवश्यक सहयोगसमेत उपलब्ध गराई अन्य खेलहरूमा सक्रिय सहभागिता जनाइएको र नेपाली सेनााबट प्रतियोगितामा भाग लिन रोक नलगाइएको व्यहोरा सादर अनुरोध गर्दछु ।

५. नेपाली सेना सदैव नागरिक प्रशासन एवं विधिको शासनप्रति प्रतिबद्ध भएकाले विगतमा भएका सबै राजनैतिक परिवर्तनहरूलाई सहजतापूर्वक ग्रहण

गरिआएको र त्यसको प्रमुखको हैसियतले म समेतले संवैधानिक सर्वोच्चता र राजनैतिक परिवर्तनलाई स्वीकार गरिआएको र भविष्यमा समेत यो अडानमा आफू अविचलित रहने व्यहोरा सादर अनुरोध गर्दछु । नेपाली सेना नेपाल सरकारको मातहतको अंग भएको हुँदा यसले नेपाल सरकार, रक्षा मन्त्रालयको जुनसुकै आदेश र निर्देशनलाई उच्च प्राथमिकताका साथ अनुशासित र पेसेवार ढंगले पालना गर्दै आएको र भविष्यमा पनि पालना गर्दै जाने कुरामा विश्वस्त गराउन चाहन्छु । नेपाल सरकारकै निर्देशनबमोजिम राष्ट्रिय महत्त्वका विकास निर्माण कार्यहरूमा सेनाको सहभागिता, राष्ट्रिय निकुञ्जहरूको सुरक्षालगायत सेनालाई तोकिएको जिम्मेवारीका कार्यहरूको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्दै राष्ट्रिय जिम्मेवारी वहन गर्न मेरो अन्तर्गतका सकल दर्जालाई निर्देशन दिने कार्य मबाट भइरहेको छ । नेपाल सरकार र नेपाली सेनाबीचमा कुनै पनि प्रकारको असमझदारी नभएको र नेपाली सेनालाई विधिको शासन र नागरिक सर्वोच्चताका लोकतान्त्रिक मान्यताअनुसार नेपाल सरकारको कर्तव्यनिष्ठ र अनुशासित अंगको रूपमा विकसित गर्दै लैजाने कुरामा म सदैव प्रयत्नशील रहिरहने छु । नेपालमा जारी वर्तमान शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि विगतमा भएको द्वन्द्वका सबै किसिमका कटुतापूर्ण अवशेषहरूलाई क्रमिक रूपमा समाप्त पार्दै व्यावहारिक रूपमा सद्भाव र मेलमिलापका बिन्दुहरू पहिल्याउँदै जाने क्रममा केही अप्ठेराहरू भएको भान हुनु स्वाभाविकै हो । तर यसलाई क्रमशः निराकरण गर्दै दिगो शान्तिको लक्ष्य हासिल गर्न नेपाली सेना र नेपाली सेनाको प्रधानसेनापतिको हैसियतमा म प्रतिबद्ध रहेको कुरा जानकारी गराउँदै सम्बन्धित पत्रहरूको छायाँप्रति पाना २१ -सूचीअनुसार) यसैसाथ प्रेषित गरी सादर अनुरोध गर्दछु ।

रुक्मांगद कटवाल
महारथी, प्रधानसेनापति



वाईसीएल बाधकः अमेरिका

पोखरा, नेपालका लागि अमेरिकी राजदूत नान्सी जे पावेलले संविधान निर्माणमा माओवादी भ्रातृ संगठन वाईसीएलको अराजक गतिविधि बाधक बनेको बताउनुभएको छ। पोखरामा बुधबार दुइ छुट्टछुट्टै ठाउँमा बोल्दै राजदूत पावेलले संविधान निर्माण अहिले सरकारको मुख्य चुनौतीको विषय रहेको उल्लेख गर्नुभयो। वाईसीएलको गतिविधिले संविधान निमर्णमा बाधा पुर्याउन सक्ने उहाँको जिकिर थियो। वाईसीएल कानुनभन्दा बाहिर छ, उहाँले दिउँसो पोखराको महेन्द्रपुलस्थित र्सार्वजनिक पुस्तकालयका सञ्चारकर्मीसितको छोटो अन्तरक्रियामा भन्नुभयो- कानुनको दायरामा नभएकाले संविधान निर्माणमा सपोर्ट गरेको छैन।

20090422

प्रचण्ड महाराजको जय होस्, जय होस !

- रविराज आचार्य


शान्तिको ढ्वाङ फुक्नेहरूले बन्दुकको धाक लगाउने, वृद्धको दर्शन छाँट्नेहरूले हिंसामा निर्लिप्त रहने, सदाचारका कुरा गर्नेहरू व्यभिचारमा मस्त रहने, लुटाहा फटाहा ज्यानमाराहरू आदर्श र आचरणका कुरा गर्ने, उत्तमकोटिका सर्वश्रेष्ठ प्राणी भन्ठान्ने सरकारका ठेकेदारहरू निर्लज्ज रूपमा तल्लो श्रेणीका भाषा प्रयोग गरी आफ्नै बाउको बिर्ता जसरी अरूलाई धारेहात लगाउनेबाट नेपालका प्रत्येक नागरिक सचेत र सावधान हुन ढिला गरियो भने देश खरानीको थुप्रोमा परिणत हुनेछ। यदि देश खरानी भयो भने न त्यो टिप्न सकिन्छ न त साँच्न नै त्यसर्थ यो देशमा पेट्रोल छर्केर आगो लगाउन उद्यत् बनेका अमूक सङ्गठनहरू र रमितेहरूसँग बेलैमा सावधान रही पानीको धनी देश भए पनि दुर्लभ पानी प्रदेशका नागरिकहरू साक्षी बसेर आफ्नै धर्म निर्वाह गर्ने होइन कि अत्यन्त सचेत रहनु आवश्यक छ अबका दिनमा।
नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले 'तिनीहरूको बाउको बिर्ता हो र!' भनेर खुलामञ्चमा साँढेझैं डुक्रँदा हजार पाँच सयको तालीको गड्गडाहटमा आफ्नो कद उँचो भएको भाषण गरे पनि संसारभरका नेपाली र करोडौं विदेशी नागरिकले उनको भाषणमा सुगन्ध भेटे कि दुर्गन्ध त्यो त उनी आफैं अहिले मन्थन गर्दै होलान्। कारण प्रचण्डज्यूको आदत नै यस्तो छ कि दैलो पछि मात्र देख्ने। पर्म–पधेँरा, आँगन–करेसामा झगडा पर्दा ग्रामीण भेगतिर प्रचलित रहेको प्रचण्ड हुँकार छिमेकी–छिमेकीबीचको दोहोरो भनाभनको अन्तिम पराकाष्टा हो। त्यसपछि मुख होइन पाखुरा सुर्क्याउँदै लड्ने भिड्ने तयारीको पहिलो शृङ्खला हो। महिला–महिलाबीचको झगडा हो भने चुल्ठो समात्न सुरु हुन्छ र पुरुष–पुरुषबीचको हो भने मुड्की लात्तीको वर्षा हुन थाल्छ। त्यही महानवाणी प्रचण्डले खुलामञ्चबाट उद्घोषण गर्दा उनलाई रमाइलो नै लागेको हुनुपर्छ। अन्यथा देशको सम्माननीय व्यक्तिले त्यस्तो कुरा बोल्नु भनेको हाड नभएको जिब्रो लखराएको भन्ने भनाइसँग मेल खाएको कसरी मान्न सकिन्छ। प्रचण्ड र प्रचण्ड सरकारका माओवादी मन्त्रीहरू आफू सरकारमा रहेको तथ्यलाई सपना मात्रै ठानिरहेको अवस्था देखिन्छ। उनीहरूको एकपछि अर्को बर्बराई लक्षणबाट पुष्टि हुन्छ – सत्ता साझेदार दल र सत्ताबाहिर रहेका दलहरूले प्रचण्ड प्रधानमन्त्री र माओवादी नेतृत्वमा सरकार छ भन्ने कुरा आभास दिलाउन ढिला भइसकेको छ। साथै स्वयम् माओवादीले पनि आभास गर्नुपर्ने हो बरु जनतालाई थाहा छ – उनीहरू सरकारमा छन् र त रामहरि हत्याकाण्डदेखि पत्रकार हत्या अनि थैव हत्यामा आरोपितसमेत दर्जनौं यस्ता घटनामा संलग्न अभियुक्त खुलेआम घुमिरहेका छन्। आफ्नो संलग्नता अस्वीकार गर्दै आएको माओवादीले थैव हत्या–प्रकरणको नाटक नेपथ्यमा बसेर मञ्चन गर्दा गर्दै अन्त्यमा आफैंले पटाक्षेप गर्योौ तर विडम्बना! जनतालाई कानुनी राज्यको परिचय दिनु त कताकता अत्यन्त निन्दनीय शैलीमा सुजीत विकलाई कारबाही गर्न जोडदार माग माओवादी स्वयम्ले गरिदिँदा नागरिकलाई घनले टाउकोमा हानेझैं भएको हुनुपर्छ। मार्नेको भन्दा मर्नेको गल्ती छ त्यसलाई मर्नु भनेर कसले भनेको थियो? यस्तै क्रान्तिकारी विचार बोकेको छ माओवादीले भन्ने कुरा उसका व्यवहारबाट प्रस्ट देखिन्छ। मार्ने त साहसिक मान्छे हो मर्ने पो कायर यस्तै विचारलाई प्रधानता दिँदै गएको छ अहिलेको सरकारले अनि त्यस्तैलाई पुरस्कृत पनि गर्दै लगेको छ यसर्थ पनि माओवादीले रामै्र आभास पाएको हुनुपर्ने हो सरकारमा छौँ भन्ने कुराको।
यसदेखि बाहेक राज्यका जति पनि अवयव छन् त्यसमा माओवादीकै पाइन त चढेका छन् यसर्थ पनि प्रचण्डज्यू र मन्त्रीज्यूहरू देश तपाईंहरूकै हो। तपाईंहरू सरकारमा हुनुहुन्छ। नागरिकभन्दा कति हो कति गुणा माथि। बिचरा! नागरिक त के हुन् र ती भनेका खलमा पिसिन लाग्दाका जिराजस्तै हुन्। तपाईंहरू खल हुनुहुन्छ, लोहोरो हुनुहुन्छ जिरालाई जसरी पनि पिस्न पाउने अधिकार तपाईंहरूसँग सुरक्षित छ। दगलच्याउनोस्, धुलोपिठो पार्नुहोस् इच्छाअनुसारको आकार–प्रकार दिनुहोस्। कुनै जिराले दायाँबायाँ गर्यो् भने अझ खलमा हालेर लोहोरोले थिलथिल्याउनुहोस् सरकारमा तपाईंहरू नै हुनुहुन्छ। सम्पूर्ण कुरा तपाईंहरूले चाहे जसरी नै अगाडि बढ्छ यी धेरथोर निस्किएका समस्या त बाइप्रोडक्ट त हुन्। लम्कनोस्, चम्कनोस् नागरिकसँग के वास्ता अनि केको सरोकार? अगाडिको बाटो पहिल्याउनुहोस् भोलि आफ्नो र कार्यकर्ताको भविष्य सुरक्षित गर्नुहोस् भोलि कसले देखेको छ। सेकेण्डमै मान्छे जीवनबाट मृत्युमा परिणत हुन्छ। बरु कालगतिले मान्छे नमर्न सक्छ मर्नेभन्दा मार्ने ठूलो भन्ने नजिर कायम भएको देशमा बचाउनेभन्दा बाँच्ने ठूलो हो, ईश्वरभन्दा राक्षस ठूलो, साँधुभन्दा चोर ठूलो, विद्वान्भन्दा मूर्ख ठूलो नागरिकभन्दा नेता ठूलो, शान्तिभन्दा अशान्ति ठूलो, त भन्दा म ठूलो, कामभन्दा कामचोर ठूलो, धर्मभन्दा पाप ठूलो अनि कलमभन्दा बन्दुक त कति बलशाली मापन नै गर्न सकिँदैन। तर कलमभन्दा जुत्ता बलशाली पो हो कि भन्ने लाग्छ हिजोआज। जर्जबुसका टाउकोबाट अफगानमा प्रहार गरिएका क्षेप्यास्त्रझैं गएका एक जोर जुत्ता चीनको प्रधानमन्त्रीका अगाडिबाट पनि गुजि्रए त्यसैगरी भारतका गृहमन्त्री पी चिदाम्बरमलाई पनि जुत्ता हानेका हुन् कि उपहार दिएका हुन् एक शिख पत्रकारले बुझ्नै नसक्ने गरी फुत्त मञ्चतर्फ फ्याँकिदिए। पत्रकारिता क्षेत्रमा देखिएको जुत्तामोह र नेपालमा देखिएको बन्दुकमोह झन्डैझन्डैै एकै प्रकारको देखिन्छ। हिजो बाल्यकालमा तरबारभन्दा कलम बलियो भनेर निबन्ध लेख्ने आजका राजनेताहरू पछुतो मान्दैछन् र कलम तिखार्नुभन्दा तरबारको धार मिलाउन व्यस्त बन्न थालेका छन्। त्यति मात्र कहाँ हो र बन्दुकपुराण नागरिकलाई सुनाउन थालेका छन्। कलम शक्तिशाली बनाउन हामी जस्तै कैयन विद्यार्थी गिदी फुलाउँदै लेख्ने गरेको निबन्धलाई काउन्टर एट्याक दिँदै आजका स्कुले विद्यार्थी तरबार पनि होइन नाइक स्टिक अझ पेस्तोलतर्फ लम्कँदै छन्। बिहान ओछ्याउन छोडेदेखि बेलुका ओछ्यान नभेटेसम्म विद्यार्थी केटौलेहरू र 'आवारा' बन्न राज्यद्वारा बाध्य पारिएका नागरिकसमेतका काँधमा बोकिएका झोलामा किताब कपी होइन भिडन्त गर्दा चाहिने अत्यावश्यक सामग्रीहरू भेटिन्छ। आवश्यक पनि छ सरकारले दिएको तालिम नै त्यस्तै छ। मह जोडीले भनेका पनि छन् पञ्चायती शासनमा लगेर थुनिदेला भन्ने डर थियो अहिले त मरिएला भन्ने डर छ। अगाडि नै भनिसकियो आखिर मर्नेभन्दा मार्ने पो ठूलो। जसले जति धेरै मान्छे मार्न सक्छ उति नै अब्बल ठहरिने अहिलेको राजनीतिक मेसोमा सज्जन बन्नुको भ्यालु नै दुर्जन बन्नुमा गएर खप्टिदिँदा संसारभर आर्थिक मन्दीले गर्दा उपभोग्य वस्तुको मूल्यमा गिरावट आए पनि नेपालमा भने तेञ्जिङले सगरमाथा आरोहण गरेझैं मूल्य उकालो लागेको लाग्यै छ। दुर्जनताको पद प्रतिष्ठामा बडोत्तरी भइरहँदा इष्ट बन्नुभन्दा दुष्ट बन्नुमा शतप्रतिशत लाभांश पाइन्छ। यसरी नै देश सप्रनुभन्दा बिग्रनुमा कल्याण देख्नेहरू र बिगार्न उद्यत् रहेकाहरूको गठजोड भएको छ। एउटै मूलको पानी र एउटै ड्याङका मूलामा रूपान्तरण भएका आजका यी अत्यन्त तमतमिदा प्राणीहरू एक–अर्काको छायामा उसले–उसलाई र उसलाई उसले देख्न थालेका छन्।

प्रचण्ड कटवाललाई पदमुक्त गर्न न्वारानदेखिको बल निकालेर किन लागिपर्नुभयो ?

लोकतन्त्र स्थापनापछि माओवादीसमेत संलग्न सरकारद्वारा नियुक्त प्रधानसेनापति रुक्मांगद कटवालले आफ्नो तीन वर्षको कार्यकाल पूरा गर्न केवल चार महिना बाँकी हुँदा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड कटवाललाई पदमुक्त गर्न न्वारानदेखिको बल निकालेर किन लागिपर्नुभयो? चार महिनापछि सेनापति कटवालको स्वतः अवकाश हुने र 'आफूले चाहेको' व्यक्तिलाई नियुक्ति गर्न पाइने स्थिति हुँदाहुँदै प्रधानमन्त्री प्रचण्ड अहिले नै सेनापति परिवर्तन गर्न किन हतारिनुभयो? के कटवाललाई 'जबर्जस्ती' पदमुक्त गरिएको अवस्थामा नेपाली सेनामा त्यसको नकारात्मक असर पर्दैन? यस्तो स्थितिमा सेना कठोर प्रतिवाद र प्रतिरोध गर्न कुनै न कुनै रूपमा तयार भयो भने देशको शान्ति स्थापना प्रक्रियामा पूर्णविराम लाग्दैन? यस्ता दर्जनौं प्रश्न एकसाथ उठ्ने गरी माओवादी सरकारले नेपाली सेनासँग निहुँ खोज्नुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्ले आश्चर्यजनक विष्मयका रूपमा लिएको छ।

सरकारको आदेश पालना नगरेको अवस्थामा सेनापतिलाई राजनीतिक सहमति बनाएर पदमुक्त पनि गर्न सकिने संवैधानिक प्रावधानलाई आफ्नो इच्छाअनुकूल उपयोग गर्ने रणनीतिक चालअनुरूप चार महिनाअघि सेनाको रिक्त पदपूर्ति गरेको आरोपमा सेनापति रुक्मांगद कटवाललाई पदमुक्त गर्ने योजना बनेकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत प्रधानमन्त्री प्रचण्डलाई 'त्यसो' नगर्न दबाब परेकोले त्यसबेला माओवादी पछि हटेको थियो। त्यसयता आठ जनरलको एकसाथ अवकाश तथा पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट सेना बाहिरिएको विषयले सरकार र सेनाबीचको दूरी अरू बढाएको छ। सेनासँग दूरी बढ्ने स्थिति आफैंले सिर्जना गरेपछि प्रचण्ड सरकार यही अवसरलाई उपयोग गर्दै सेनापति परिवर्तन गर्ने निर्णयमा पुगेको हो। प्रधानसेनापति कटवालसँग चौबीसघन्टे समय–सीमा (मंगलबार बिहान दस बजे, वैशाख आठ गते) तोकेर गत सोमबार स्पष्टीकरण मागेपछि लोकतन्त्र स्थापनायता नेपाली राजनीतिमा सबैभन्दा ठूलो तरङ्ग पैदा गरेको छ। प्रजातन्त्रपे्रमी खेमाले यस घटनालाई अधिनायकवाद लाद्ने गम्भीर षड्यन्त्रको रूपमा लिएको छ। नेपाली काङ्गे्रसले पार्टी केन्द्रीय समितिको आपतकालीन बैठक बोलाई माओवादीले सेनापति बदले कठोर प्रतिवाद गर्ने निर्णय गरिसकेको छ भने राष्ट्रपति डा. रामवरण यादवलाई भेटी काङ्गे्रसले राष्ट्रपतिका रूपमा निर्भीक भूमिका निर्वाह गर्न र अधिनायकवाद लादिनबाट मुलुकलाई जोगाउन आग्रह गरेको छ। खासगरी एमाले नेताहरू केपी ओली र माधव नेपालले यस अभियानको अग्रसरता लिनुभएको छ। तर, सो पार्टीका अध्यक्ष झलनाथ खनाल भने कटवाललाई हटाउन सहमति दिएर चीनतर्फ लाग्नुभएको छ। यस प्रकरणमा खनालको भूमिकालाई लिएर एमाले केन्द्रीय कमिटीको आगामी बैठकमा गम्भीर आलोचना हुने र खनालले संयमता नअपनाए कुनै पनि अप्रिय घटना हुनसक्ने देखिएको छ।
प्रधानमन्त्री प्रचण्डलाई छिमेकी मुलुकसहित अन्य देशका कूटनीतिक नियोगका प्रतिनिधिहरूले भेटी सेनालाई नजिस्क्याउन र कुनै पनि प्रकारको हस्तक्षेप नगर्न चेतावनी दिएका छन्। छिमेकी मित्रराष्ट्र भारतले त सोमबार नै विशेष दूत पठाई प्रधानमन्त्री प्रचण्डलाई सचेत गराएको छ। प्रचण्डलाई चिनियाँ राजदूत र चीन भ्रमणमा रहनुभएका झलनाथ खनालले मात्र सेनापति बदल्न सम्मति दिएको बुझिएको छ। बाँकी सबै निकाय र क्षेत्र यसप्रति गम्भीर आलोचक बनेको देखिएको छ।
किन हतारियो माओवादी?
वैधानिक र शान्तिपूर्ण ढङ्गले नै सत्ता कब्जाको रणनीतिमा लागेको माओवादीले अब जनवादी राज्यप्रणाली र जनगणतन्त्रको पक्षमा हाकाहाकी अभिमत जाहेर गर्न थालिसकेका छन्। सेनामाथि सम्पूर्ण नियन्त्रण कायम गर्न माओवादी सिद्धान्तद्वारा दीक्षित केही हजार आफ्ना लडाकुलाई राष्ट्रिय सेनामा घुसाउन माओवादी नेतृत्वले अत्यावश्यक ठानेको
छ। राजनीतिक विचारले भरिपूर्ण आफ्ना लडाकुहरू सेनामा प्रवेश भएपछि राष्ट्रिय सेनाका अराजनीतिक सेनालाई सजिलै 'कन्भिन्स' गर्न सकिने र त्यसपछि सेनाको तलदेखि माथिसम्म आफ्नो पकड कायम हुने विश्वास माओवादी नेतृत्वले लिएको छ। त्यसैले संविधान निर्माणभन्दा लडाकुहरूलाई राष्ट्रिय सेनामा समायोजन गराउने कार्य माओवादीको उच्च प्राथमिकतामा परेको छ। तर, आफ्नो यसप्रकारको रणनीतिअनुरूप काम गर्न प्रधानसेनापति रुक्मांगद कटवाल अड्चन बनेको प्रधानमन्त्री प्रचण्डको ठहर छ। कटवाललाई पदमुक्त गरेर अरू कोहीलाई सेनापति नबनाएसम्म शान्तिपूर्ण क्रान्तिको ढोका तत्काल खुल्न मुस्किल हुने ठानिरहेको माओवादीले कटवाललाई हटाउन सक्नुलाई आफ्नो रणनीतिक विजय ठान्ने स्थिति छ। हुन पनि सेनाबाट कटवालको बहिर्गमनपश्चात् नेपाली सेना माओवादीको नियन्त्रणबाट मुक्त कसरी हुन सक्ला? एउटा गम्भीर प्रश्न खडा भएको छ।
रुक्मांगद कटवाल जनवादी क्रान्ति यात्रामा एउटा शक्तिशाली व्यवधान बनेर उभिएको ठान्ने माओवादीले उहाँलाई बाँकी चार महिनाको पदावधि पनि पूरा गर्न नदिनुको अर्को कारण कतै यही चार महिनाभित्रै 'सैन्य कु' हुने हो कि भन्ने चिन्ता भएको पनि बताइएको छ। रुक्मांगद सेनापति छइन्जेल ढुक्क हुनसक्ने स्थितिमा प्रधानमन्त्री प्रचण्ड हुनुहुन्न र उहाँले आफ्नो यसप्रकारको चिन्ता आफ्ना सहकर्मी मित्रहरूसँग प्रकट गर्दै आउनुभएको पनि छ। आफूले पटक–पटक चिढ्याइसकेको व्यक्तिलाई सेनापतिमा राखिरहँदा निर्भयका साथ बालुवाटारमा निदाउन पनि नसक्ने अवस्थामा रहनुपरेकोले कटवालको पदमुक्ति प्रचण्डको अति उच्च प्राथमिकतामा परेको हो। ढुक्क भएर बालुवाटारमा निदाउन मात्र सक्ने स्थिति रहेको भए पनि प्रचण्डले कटवाललाई हटाउन यति हतार गर्नुहुने थिएन भन्ने उहाँका निकटवर्तीहरूको भनाइ छ। अर्कोतर्फ सेनामा पकड नभई आफूले चाहेजस्तो संविधान बनाउन र लागू गर्न नसकिने स्थिति भएकोले पनि प्रचण्ड सेनासँग भिड्न तयार हुनुभएको बताइन्छ। उता सेनापति कटवाल भने गणतन्त्र स्थापनाजस्तो ऐतिहासिक कार्यमा समेत नेपाली सेना व्यवधान नबनेर सघाएको र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हरतरहले सघाइरहँदा पनि सेनालाई तेजोबध गर्न सरकारी तहबाट नै प्रयास हुनु आफैंमा 'दुःखपूर्ण' ठान्दै हुनुहुन्छ। सेना राष्ट्रियता र प्रजातन्त्रको पक्षमा दर्बिलो ढङ्गले उभिएकै कारण माओवादीको कोपभाजनमा परेको ठहर पनि सेनाको रहेको बताइन्छ।
प्रधानमन्त्री प्रचण्ड छिमेकी मित्रराष्ट्र भारतको निर्वाचनपछि त्यहाँ जसको सरकार गठन भए पनि नेपालमा आफ्नो सरकारले निरन्तरता पाउने कुरामा विश्वास गर्नुहुन्न। भारतको चुनावपछि नेपालमा सरकार बदल्ने खेल तीव्र रूपमा सुरु हुनसक्ने खतरा महसुस गर्दै प्रचण्ड त्यसअघि नै आफूलाई सुदृढ र सुरक्षित तुल्याउन चाहनुहुन्छ। नेपाली राष्ट्रिय सेनालाई आफ्नो नियन्त्रणमा लिएपछि मात्र सुरक्षित ठान्ने मानसिकतामा रहनुभएका प्रचण्डले भारतमा नयाँ सरकार बन्नु अगावै आफूलाई बलियो बनाइसक्नुपर्ने ठान्नुभएको छ र उहाँको यही चाहना नै सेनासँग तनाव र टक्कर बढ्ने कारण बन्न पुगेको छ।
कटवाललाई हटाउन सक्दा मात्र आफू र आफ्नो सरकार सुरक्षित एवम् सुदृढ हुने सोचमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड यस प्रकरणमा विजयी हुनुभएमा नेपालमा जनवादी क्रान्तिको ढोका खुल्ने निश्चित मानिन्छ भने पछि हट्नुपर्ने अवस्था आएमा माओवादीलाई अर्को एक धक्का पुग्ने ठानिएको छ। यस प्रकरणमा प्रचण्ड विजयी हँुदा यो मुलुकबाट आगामी केही कालका निम्ति 'प्रजातन्त्र र शान्ति' विस्थापित हुने विश्वास राजनीतिक विश्लेषकहरूले गरेका छन्।

प्रधान सेनापती फेरे माओवादी सरकार ढालिदिने भारतीय चेतावनी

प्रधानमन्त्री धर्म संकटमा, बामदेव माओवादी तिर, ओली काङ्रेस तिर, सम्सद अबरुद्ध,

अपडेट:

प्रधानसेनापतिको विषयमा कुनै ठोस निर्णय नगरी बुधबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करीब आधा घण्टा बसेको बैठकमा प्रधानसेनापतिले दिएको स्पष्टिकरणको गम्भीर अध्ययन गर्ने र अर्को बैठकबाट त्यससम्बन्धी निर्णय लिने सहमति भएको सूचना तथा संचारमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा फोरमका मन्त्रीहरु भने सहभागी थिएनन् । प्रधानसेनापतिले दिएको स्पष्टीकरण सबै मन्त्रीहरुलाई अध्ययन गर्नका लागि बाँडिएको छ ।
के साच्चै जोरी खोजेकै हो प्रचन्ड जि मसँग, देखाइदिउत ?????


प्रधानसेनापतिलाई स्पष्टीकरण सोधिएको विषयपछि बढेको राजनीतिक ध्रुविकरणकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहान राष्ट्रपति डा. रामवरण यादवलाई भेटेका छन् । शितल निवासमा भएको भेटवार्तामा प्रधानसेनापतिका विषयमा सरकारले लिने निर्णयबारे छलफल भएको बुझिएको छ । भेटपछि प्रधानमन्त्रीले राष्ट्रपतिसंग सकारात्मक छलफल भएको छोटो प्रतिक्रिया दिए । भेटमा राष्ट्रपतिले विभिन्न दलहरुले स्पष्टीकरण विषयमा जनाएको चिन्ताबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए । प्रत्युत्तरमा प्रधानमन्त्रीले गतिरोध अन्त्य गर्न सबैसंग मिलेर आफू अघि बढ्ने प्रतिवद्धता जनाएको स्रोतले जनाएको छ । राष्ट्रपतिलाई भेटे लगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ । बैठकले प्रधानसेनापतिको स्पष्टिकरणपछि सरकारले चाल्ने कदमबारे छलफल गर्नेछ ।
स्पष्टिकरण प्रक्रियापछि विकसित राजनीति घटना क्रमबारे छलफल गर्न अहिले माओवादी सचिवालयको बैठक पनि बसेको छ । यसैबीच, प्रधानसेनापतिलाई अवकाश दिने प्रस्ताव मन्त्रिपरिषद्मा आए एमाले मन्त्रीहरुले त्यसलाई समर्थन गर्ने गृह एंव उपप्रधानमन्त्री बामदेव गौतमले जनाएका छन् । प्रधानसेनापतिलाई स्पष्टीकरण सोध्ने सरकारी निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले रोष्टम घेराउ गरेपछि व्यवस्थापिका संसदको बैठक मंगलबार पनि अवरुद्ध भएको छ ।
सरकारी निर्णयप्रति कांग्रेसले गरेको विरोधमा सत्तारुढ घटक एमाले, मधेसी जनअधिकार फोरम लगायतका दलहरुले समेत ऐक्यबद्धता जनाएका छन् । यसअघि स्पष्टीकरण सोध्ने निर्णयको विरोधमा कांग्रेसले बहिष्कार गरेपछि सोमबार पनि संसद अबरुद्ध भएको थियो । माओवादीबाहेक एमाले, फोरम, सदभावना लगायतले कांग्रेसको भनाइप्रति ऐक्यबद्धता जनाएका छन् ।
कांग्रेस सभासद् शेरबहादुर देउवाले सरकारले खराब नियतका कारण स्पष्टीकरण लिएको आरोप लगाउदै तत्काल त्यसलाई फिर्ता लिनुपर्ने माग गरे ।एमाले सभासद् प्रदीप ज्ञवालीले सत्तारुढ दलसँग समेत छलफल नगरी प्रधानसेनापतिलाई स्पष्टीकरण सोधेको भन्दै आफ्नो दलको सहमति नभएको बताए । फोरमका सभासद् शरतसिंह भण्डारीले जनताको सर्वोच्चताको नाममा माओवादीले सर्वसत्तावाद लाद्न खोजे स्विकार्य नहुने बताए । आरोपको प्रतिवाद गर्दै माओवादी सभासद् सीपी गजुरेलले स्पष्टीकरण फिर्ता लिनुपर्ने माग गणतन्त्रको उपहास भएको टिप्पणी गरे । कांग्रेसले जनताभन्दा माथि राखेर सेनालाई महत्व दिएको गजुरेलले आरोप लगाए । सोमबार प्रधानसेनापतिलाई स्पष्टीकरणका लागि पत्र पठाएदेखि छिमेकी देश भारतका राजदूत राकेश सूद पनि बेचैन छन्। प्रधानसेनापतिको कुरामा पनि भारतबाट आएको निर्देशनका कारण सूदको व्यस्तता भ्याइनसक्नुको छ। सोमबार, मंगलबार दिउँसो र साँझ गरी तीन पटक भेटिसके सूदले प्रधानमन्त्रीलाई। मंगलबार दिउँसो भेटपछि ‘ज्वरो आएर’ मन्त्रिपरिषद्‍को बैठक स्थगित भएको थियो। स्थगित भएपछि फेरि सूद बालुवाटार छिरेका थिए। बालुवाटार सूत्रबाट प्राप्त जानकारी अनुसार हरेक भेटमा सूदले प्रधानमन्त्रीलाई थर्काउने गरेका छन्। सूदले एक हप्ताभित्र सरकार ढाल्ने चेतावनी पनि दिएका रहेछन्।
“प्रधानसेनापतिलाई बर्खास्त गर्ने काम तत्काल रोक, हैन भने एक हप्ताभित्र तिमीहरुको सरकार अस्थिर हुनेछ। अनि त्यो अस्थिरताको जिम्मेवार तपाईँ हुनुहुनेछ, सिर्फ तपाईँ,” यसो भनेर सूदले हिजोको अन्तिम भेटमा प्रधानमन्त्रीलाई थर्काएका रहेछन्। भारतको असन्तुष्टि खुल्ला रुपमा भारतीय मिडियामा पनि आइसकेको छ। त्यही चारैतिरबाट दबाब आएर होला, सँधै रातोपिरो देखिने प्रधानमन्त्री हिजो निन्याउरो देखिएका थिए। पछि ज्वरो आएको भनेर साँझ ५ बजे बस्न लागेको भनिएको मन्त्रिपरिषद्को बैठक पनि बस्न सकेन। अब आज बैठक बस्दैछ। राष्ट्रपति डा.रामवरण यादवले प्रधानसेनापतिलाई अहिले अवकास संविधान र कानुनविपरित हुने भएकाले त्यसलाई रोक्न सुझावसहितको पत्र प्रधानमन्त्रीलाई मंगलबार पठाएका छन् । संविधानको संरक्षकको हैसियतले गैरसंवैधानिक कदम रोक्नु आफ्नो कर्तव्य रहेको उल्लेख गर्दै पत्र पठाएको दावी राष्ट्रपति कार्यालयले बतायो ।माओवादी नेतृत्वको सरकारले प्रधानसेनापति रुकमांगद कटवाललाई स्पष्टीकरण लिई हटाउन लागेको बेला राष्ट्रपतिले यस्तो कदम चालेका हुन् ।

छोरी पोइला गएको झोकमा चक्का जाम !

छोरीले पोइला गएको झोकमा अभिभावकले गौर-चन्द्रनिगाहपुर सडक मंगलबार अवरुद्ध गरेका छन् । जिङडिया- २ का जयमंगल मण्डललाई सडक अवरुद्ध गर्न केटी पक्षका गाउँवासीले सघाएका थिए । मण्डलकी छोरी रञ्जुकुमारी गाउँकै सेख नैसाद अलीसँग प्रेमविवाह गरी भागेकी हुन् । मण्डलले छोरीको अपहरण गरेको आरोप लगाए । छोरी भगाउने केटालाई तत्काल पक्राउ गर्नुपर्ने उनको माग छ । प्रहरीले दुवै केटाकेटी राजीखुसीले प्रेम गरेर भागेको जनाएको छ । छोरीलाई प्रहरीले फेला नपारेसम्म बाटो नखोल्ने अडान केटीपक्षको छ .

20090421

प्रधान सेनापती बिबाद चरम उत्कर्समा, एमाले, काङ्रेस सहित् धेरै दल रुकमाङत कटवालको पक्षमा

प्रधान सेनापती लाई बर्खास्त गर्ने तयारी, नेपालमा अब झनै अस्थिरता बढ्ने संकेत

प्रधानसेनापति रुक्मांगद कटवालले मंगलबार सरकारलाई स्पष्टीकरणको जवाफ दिएका छन् । स्रोतका अनुसार सेनाको कानुन विभाग प्रमुख बीएकुमार शर्माको संयोजनमा सोमबार अपराह्नसम्ममा रक्षालाई दिने जवाफको मस्यौदा तयार पारिएको थियो । २४ घन्टाभित्र जवाफ दिन भनेकाले मंगलबार १० बजेभित्रै दर्ता गर्नुपर्ने थियो । रक्षा मन्त्रालयले स्पष्टीकरण सोधेलगत्तै सेनापति कटवालले उच्च सैनिक अधिकारीहरूको अनौपचारिक बैठक बोलाएका थिए ।
सेनापतिको प्रस्टीकरणमा नागरिक सर्वोच्चता र निर्वाचित सरकारको निर्देशनलाई आफूले सधैं मान्ने र स्पष्टीकरणका लागि उठाइएका विषयमा गरिएका कार्यहरू लोकतान्त्रिक मूल्यमान्यता, जननिर्वाचित निकायले बनाएको कानुन र जननिर्वाचित सरकारको निर्देशनअनुसार नै भएको उल्लेख गरिएको स्रोतले दाबी गर्यो । पत्रमा उठाइएको सैन्य भर्ना विवादमा रक्षाले दिएको निर्देशन नमानेको भन्ने आरोपमा कटवालले सेनाको स्वीकृत दरबन्दीभित्रै रहेर भर्ना लिइएको, रोक्न निर्देशन आउँदा प्रक्रिया अगाडि बढिसकेको र यसअघि पनि यसरी नै भर्ना लिइसकेको उल्लेख गरेको स्रोतको दाबी छ । त्यसैगरी आठ सहायकरथीलाई अवकाश दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशका सम्बन्धमा रक्षा मन्त्रालयसँग कुनै किसिमको समन्वय र निर्देशनबिनै उनीहरूलाई पुनर्बहाली गराएको सम्बन्धमा स्पष्टीकरण माग गरिएको छ । त्यसमा सेनापतिले सर्वोच्चको आदेश नमान्दा अवहेलना हुनसक्ने हुँदा अदालतको आदेशअनुसार मन्त्रालयबाट पनि निर्देशन आउने अपेक्षा राखेर उनीहरूलाई पुनर्बहाली गरिएको उल्लेख गरेका छन् । त्यसैगरी पाँचौं राष्ट्रिय खेलकुदमा उदघाटन र केही खेल सुरु भइसकेको अवस्थामा नयाँ खेल टोली समावेश गरिएपछि खेलाडीहरूकै इच्छामा सहभागी नभएको स्पष्टीकरण दिएका छन् । 'यी सबै कार्यमा आफूले जननिर्वाचित सरकारको आदेशको अवज्ञा गर्ने वा कानुनको बर्खिलाप जाने मनसाय नराखेको कटवालले उल्लेख गरेका छन्,' स्रोतले भन्यो ।

...................................

एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले सरकारले सेनापतिलाई सोधेको स्पष्टीकरण गलत भएको र त्यसमा आफ्नो पार्टीको संस्थागत संलग्नता नरहेको बताएका छन् ।मंगलबार पार्टी मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गरी नेता ओलीले सेनापतिलाई सोधेको स्पष्टीकरण खारेजीको माग गर्दै माओवादीको यस्ता क्रियाकलाप शान्ति सम्झौता विरुद्ध भएको बताए । उनले आफ्नो पार्टी अध्यक्ष विदेश भ्रमणमा रहेका बेला सरकारले यस्तो निर्णय गरेकाले त्यसलाई विशेष परिस्थिति भन्दै आफूले पत्रकार सम्मेलन गरेको बताए । तर उनले सम्भवत भोली बुधबार पार्टीको केन्द्रीय कमिटि वा स्थायी कमिटिको बैठक बसेर पार्टीको संस्थागत धारणा अघि सार्ने बताए । परिस्थिति तिव्रताका साथ अघि बढेकाले तत्कालै धारणा सार्वजनिक गर्नु परेको उनको भनाइ थियो । उनले भने,'आजको लागि स्पष्टीकरण थाति रहेको भन्ने थाहा पाएको छु । त्यो खारेजीनै हुनुपर्छ ।' उनले रक्षा मन्त्रालयको स्पष्टीकरणलाई 'गैर कानुनी' र 'बेतुक' को भनि टिप्पणी गरे ।'माओवादीले लडाईको तयारीका लागि हातहतियार, गोलाबारुद भित्र्याउँदै छ,' विशेष सम्पर्क सुत्रबाट उक्त जानकारी पाएको बताउँदै उनले भने,'यो खतरनाक संकेत हो ।'माओवादी गुरिल्लाका कमाण्डर सरकारका प्रधानमन्त्री र रक्षामन्त्री रहेको बताउँदै उनले त्यसको प्रत्यक्ष प्रमाण सेना माथिको हस्तक्षेप भएको दाबी गरे । माओबादीले सरकार गठनको बेला रक्षा मन्त्रालयको दाबी गरेको रहस्य अहिले खुलेको उनले बताए । नेता ओलीले सैनिक ऐन २०६३ को दफा ११ मा सेनापतिलाई रक्षामन्त्रालयले स्पष्टीकरण सोध्न सक्ने अधिकार नभएको बताए । उनले उक्त प्रावधानमा ऐन लागू हुँदाको बहालवाला प्रधानसेनापतिलाई स्पष्टीकरण सोध्ने व्यवस्था नभएको जिकिर गरे ।

.........................................

माओवादी सरकार सेना ध्वस्त पार्ने अन्तिम अभियानमा
माओवादीले सेना, अदालत र प्रेसलाई ध्वस्त पारी सुनियोजित ढंगमै विद्रोहीको भूमिका निर्वाह गरिरहेको आरोप, संसद बैठक बहिष्कार

आदेश पालना नगरेको भन्दै रक्षा मन्त्रालयले प्रधानसेनापति रुक्माङ्गद् कट्वालसँग स्पष्टीकरण मागेको छ । रक्षा मन्त्रालयले स्पष्टिकरण माग गर्दै पठाएको पत्रमा २४ घन्टाभित्र चित्त बुझ्दो जवाफ दिन भनिएको छ । सरकारका निर्ण्र्ाापालना र कार्यान्वयनमा प्रधानसेनापतिले अवरोध पुर्‍याएको रक्षाको निष्कर्षछ । सरकारको आदेश विरुद्ध सेनामा भर्ति खोलेको, अवकाश दिएका आठ जर्नेललाई रक्षा मन्त्रालयको निर्देशन बिना हाजिर गराएको र राष्ट्रिय खेलकुदमा माओवादी जनमुक्ति सेनाको सहभागिता पछि नेपाली सेनाका खेलाडीलाई फिर्ता बोलाएको विषयमा उचित कारण पेश गर्न भनिएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ । सैनिक ऐन २०६३ अनुसार स्पष्टीकरण सोधिएको रक्षामन्त्रालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानसेनापति कट्वाललाई निलम्बन गर्ने विषयमा विभिन्न पक्षसंग छलफल सुरु गर्नुभएको छ । सरकारको आदेश पालना नगरेको भन्दै प्रधानसेनापति कटवाललाई स्पष्टीकरण सोध्ने निर्ण्र्ाागरे लगत्तै प्रधानमन्त्रीले विभिन्न पक्षसंग छलफल थाल्नु भएको हो । प्रधानमन्त्रीले प्रधानसेनापति कटवाललाई सोधिएको स्पष्टीकरण र निलम्बन प्रकृयाका विषयमा राष्ट्रपति डाक्टर रामवरण यादवसंग पनि छलफल गर्नुभएको छ । त्यस्तै स्पष्टीकरणका विषयमा छलफल गर्न बिहान बालुवाटारमा बसेको सरकार सञ्चालनका लागि बनेको राजनीतिक संयन्त्रको बैठकमा दलहरुबीच प्रधानसेनापतिको जवाफ कर्ुर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानसेनापतिलाई स्पष्टीकरण सोध्ने सरकारी निर्ण्र्ाासही भएको निष्कर्षनिकालेको छ । क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा आज यहाँस्थित राँझा विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. भट्टर्राईले सरकारको निर्णय र निर्देशन नमान्ने नेपाली सेनाका प्रधान सेनापतिलाई सरकारले सोधेको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआए सेवामुक्त गरिने छ भन्नुभयो । राजनीतिक सहमति बिना राज्य पुर्नसंरचना आयोग गठन भएको र राष्ट्रिय सेनालाई ध्वस्त पार्ने रणनीति अनुरुप प्रधान सेनापतिसँग स्पष्टिकरण सोधिएको भन्दै प्रमुख विपक्षी दल काँग्रेसले सोमबार संसद बैठक बहिष्कार गरेको छ । शान्ति प्रक्रियाप्रति एकीकृत माओवादीले विश्वसनीय प्रतिवद्धता नजनाएसम्म बैठक बहिष्कार गर्ने चेतावनी काँग्रेसले दिएको छ ।

काँगे्रसका उप-सभापति रामचन्द्र पौडेलले माओवादी गतिविधि राज्यलाई ध्वस्त पार्ने खालको भएको दावी गर्नुभयो । माओवादीले सेना, अदालत र प्रेसलाई ध्वस्त पारी सुनियोजित ढंगमै विद्रोहीको भूमिका निर्वाह गरिरहेको आरोप उहाँको थियो ।
प्रधानमन्त्रीले प्रतिवद्धता जनाए अनुसार कब्जा गरिएका घरजग्गा फिर्ता नगर्ने माओवादी नेताहरुको अडानले जनताको मौलिक अधिकार हनन भएको उहाँको दावी थियो । काँग्रेसले बहिष्कार गरेपछि संसद बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबार ३ बजे सम्मका लागि स्थगित गरिएको थियो । यसैबीच, प्रधानसेनापतिलाई गर्ने कारबाहीको टुंगो लगाउन सोमबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । एक मन्त्रीका अनुसार, सेना र सुरक्षा अंगबारे निर्णय लिनुअघि गम्भीर छलफल आवश्यक ठानिएकाले मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो ।


नेपाली विवाह र विवाहको नाचका केही झलकहरु तपाईंको मनोरन्जनका लागि मात्र


माओवादीले एमालेलाई सरकारबाट बाहिर निकाल्ने, अल्पमतको सरकार चलाउने प्रयास

एकीकृत नेकपा माओवादीले एमालेको विकल्प खोज्न सुरु गरेको छ। एमालेले सरकारमा बसेर पनि माओवादी नेतृत्वको सरकारलाई असफल बनाउन षडयन्त्र गरिरहेको भन्दै माओवादीले विकल्प खोजेको हो। माओवादीले पहिलो विकल्पका रूपमा नेपाली कांग्रेसलाई सरकारमा सामेल गराउने प्रयास गरेको छ। यदि कांग्रेस सरकारमा नआएको खण्डमा एमालेलाई सरकारबाट बाहिर निकाल्ने र अल्पमतको सरकार चलाउने विकल्प पनि माओवादी नेतृत्वले सोचेको छ। तेस्रो विकल्पका रूपमा माओवादीको एक पक्षले सरकारबाट हटेर सडकमा जाने र देशमा जनविद्रोहको आँधीबेहेरी सिर्जना गर्ने प्रस्तावलाई अघि सारेकेा छ। तर तेस्रो प्रस्तावमा माओवादी पंक्ति एकढिक्का छैन। विशेषगरी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारबाट हट्ने पक्षमा छैनन्। एमालेलाई साथमै लिएर अघि बढ्ने सवालमा माओवादीभित्रका हार्डलाइनर मानिने मोहन वैद्य 'किरण', नेत्रविक्रम चन्द पक्षबीच समान विचार देखिएको छ। तर बाबुराम भट्टराई पक्ष एमालेप्रति अत्यन्तै अनुदार रहेकाले गर्दा एमालेसँगको सत्ता सहकार्य पनि पटक–पटक विवादमा आउने गरेको माओवादीकै नेताहरू पनि स्वीकार गर्छन्। पछिल्लो समयमा बुटवलमा एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्याकाण्डका कारण एमालेसँगको सम्बन्ध चिसिनुमा पनि बाबुराम पक्षकै दोष रहेको चर्चा माओवादी–वृत्तमा चल्ने गरेको छ। एमाले कार्यकर्ता प्रचण्ड थैवका हत्यारा भनिएका वाईसीएल रूपन्देहीका अध्यक्ष सुजित विकलाई बाबुराम पक्षधर सचिवालय सदस्य टोपबहादुर रायमाझीले नै लुकाएर राखेको दाबी माओवादीका अन्य नेताहरूले गरिरहेका छन्। रायमाझीले एमालेलाई सरकार छाडेर माओवादीलाई एकल सरकार चलाउन दिन खुलेआम आग्रह गर्नुले पनि माओवादीको एउटा पक्ष एमालेलाई सरकारबाट फाल्न चाहन्छ भन्ने स्पष्ट हुन्छ। सायद यही रणनीति बुझेर हुनुपर्छ एमालेका अध्यक्ष झलनाथ खनाल र सचिव शंकर पोखरेलले अहिलेको सरकारबाट एमाले हट्ने वा यसलाई ढाल्नेभन्दा पनि कांग्रेसलाई समेत सरकारमा ल्याउनुपर्छ भनेर एमालेविरोधी माओवादी धारलाई चुनौती दिन खोजेको अनुमान लगाउन सकिन्छ। एमालेका एक नेताका अनुसार एमालेले अहिले सरकार छाडेको खण्डमा एक त संविधान निर्माण र शान्ति प्रक्रिया दुवै धरापमा पर्छन् र देश झन् ठूलो अन्योलमा फस्छ। दोस्रो माओवादीलाई सरकारमा एकलौटी गर्न दिँदा सम्पूर्ण संरचना नै कमजोर बनाउने र प्रशासनिक अराजकता सिर्जना गर्ने खतरा रहेकाले पनि उनीहरूलाई चेक एन्ड ब्यालेन्सका लागि पनि सरकारमा बस्नुपर्ने बाध्यता एमालेको रहेको छ। एमालेले माओवादीलाई अझ कस्नका लागि कांग्रेसलाई पनि सरकारमै सामेल हुन र नयाँ संविधान लेखनमा सहयोग गर्न आग्रह गरिरहेको छ। तर कांग्रेस माओवादी नेतृत्वको सरकारमा कुनै पनि हालतमा सहभागी नहुने स्रोतहरूले जनाएका छन्। त्यसैले उसले एमालेको नेतृत्व भएमा सरकारमा जान सकिने भन्ने नयाँ तुरूप फालेको छ। तर अहिलेको अवस्थामा माओवादी नेतृत्वका विकल्प खोज्नु भनेको शान्ति प्रक्रिया, संविधान निर्माण र जनताको जनादेशको विपरीत हुने भएकाले त्यसमा सहमति हुने सम्भावना तत्कालै देखिँदैन। यद्यपि एमालेभित्र वामदेव गौतमको नेतृत्वको टिमलाई सरकारबाट फिर्ता बोलाएर माओवादीसँग टक्कर लिने तथा माओवादीविरुद्धको रुझान प्रस्ट रूपमा देखाउँदै आएका नेताहरूलाई सरकारमा पठाउने कसरत भइरहेकाले, यदि त्यस्तो अवस्था आएमा एमालेलाई सरकारबाट हटाउनुपर्छ भन्ने मत माओवादीभित्र प्रकट भइरहेका छन्। वामदेव गौतम स्वयंले पनि त्यस्तो वातावरण बनाइरहेको विश्लेषण पनि कतिपयले गरेका छन्। अहिले देशमा जुन खालको अराजकता, अन्योल र दिशाहीनता उत्पन्न भएको छ, यसबाट कोही सन्तुष्ट छ भने त्यो पनि माओवादी पंक्ति नै हो। किनकि असली माओवादीले चाहेको पनि यही स्थिति हो। 'हामीले चाहेकै यस्तै हो, हामी चाहन्छौं यस्तै अराजकता र कांग्रेस एमालेले भनेजस्तै सेना, प्रहरी अदालत सबैतिरको कथित हस्तक्षेप नै हो हामीले चाहेको, त्यसपछि हुन्छ जनविद्रोह अनि हुन्छ सत्ता कब्जा' माओवादी सभासद्समेत रहेका नेता शालिकराम जमरकट्टेलको यो भनाइले पनि कतै योजनाबद्ध रूपमा त अहिलेको स्थिति विकास भइरहेको छैन? भन्ने प्रश्नलाई मलजल गरेको छ। जमरकट्टेलको यो घोषणा र बाबुराम भट्टराई, टोपबहादुर रायमाझीहरूले एमालेलाई सरकार छाड्न दिएको चेतावनीबीच ठूलो तादात्म्य छ भन्ने बुझ्न सकिन्छ।

20090419

पूर्वराजा ज्ञानेन्द्रको जस्तै हालत गराउने चेतावनी

एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले प्रतिक्रियावादी शक्तिहरूले पर्दा पछाडि बसेर नयाँ संविधान लेख्न नदिने र सरकार ढाल्ने खेल खेलिरहेको भन्दै त्यस्ता षड्यन्त्रकारी शक्तिलाई नेपाली जनताले पहिचान गरी तिनको हालत पनि पूर्वराजा ज्ञानेन्द्रको जस्तै गराउने चेतावनी दिनुभएको छ।
सो दलसँग आवद्ध गणतान्त्रिक सम्पर्क मञ्चको एकतासभालाई आज यहाँ सम्बोधन गर्दै नेता प्रकाशले जनताको पक्षमा संविधान बन्ने देखेर देशी विदेशी शक्तिहरू संविधान निर्माण प्रक्रियालाई अवरुद्ध पार्न लागिपरेकोले त्यसप्रति सच्चा गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो। एकीकृत नेकपा माओवादी राष्ट्रिय सहमतिका आधारमै अघि बढ्न चाहेको तर नेपाली काङ्ग्रेस र नेकपा (एमालें) नै सहमति तोडेको बताउँदै सहमतिको आधारबाट वर्तमान सरकारकै नेतृत्वमा नयाँ संविधान बनाउनुको अर्को विकल्प नभएको पनि स्पष्ट गर्नुभयो।
जनसेनालाई नेपाली सेनामा समायोजन गरी नयाँ राष्ट्रिय सेना बनाउने सम्बन्धमा शान्ति सम्झौता एवम् नेपालको अन्तरिम संविधानमा उल्लेख भइसकेकाले जतिसक्दो चाँडो सेना समायोजन गरिने नेता प्रकाशले बताउनुभयो।
एकीकृत नेकपा माओवादीले परम्परावादी गणतन्त्र नभई जनताको गणतन्त्र स्थापना गर्न चाहेको र यसमा कुनै सम्झौता नहुने पनि उहाँले स्पष्ट गर्नुभयो। सो दलका सचिवालय सदस्य एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले नेपाली जनताको महान बलिदानबाट प्राप्त गणतन्त्रलाई कसरी संस्थागत गर्ने भन्नेबारेमा गणतान्त्रिक मञ्चले राष्ट्रव्यापी बहस चलाउनुपर्ने र जनपक्षीय निर्णयलाई अघि ल्याउनुपर्ने धारणा राख्नुभयो। माओवादीले अघि सारेको गणतन्त्र बुर्जुवा प्रकृतिको र परम्परागत ढर्राको नभई जनपक्षीय रहेको बताउँदै नयाँ संविधानको निर्माणमार्फत शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र वास्तविक गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी वर्तमान सरकारका काँधमा रहेको मन्त्री महराले स्पष्ट गर्नुभयो।

एकैछिन धितमरुन्जेल हांस्नेकी !




देशलाई सँघीयता का नाममा बिखन्डन गर्न पाइदैन भन्दै राष्ट्रिय जनमोर्चाले काठमाडौं मा यसरी खबर्दारी गरेको छ ।






इलामको मावु गाविसमा तीन जनाको हत्या !

इलामको मावु गाविसमा तीन जनाको हत्या भएको छ । मावु ७ का ८३ वषर्ीय मोतिवहादुर गुरुङ, मावु ६ का ७२ वषर्ीय गञ्जबहादुर गुरुङ र ४२ बषर्ीया पर्ूण्ा कुमारीको नचिनेका मान्छेको समूहले हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरुको मोतीबहादुर गुरुङकै घरमा धारिलो हतियारले हत्या गरेको अवस्थामा तीन शव आज बिहान फेला पारेको सहकर्मी रोशन साँवाले जनाएका छन । गञ्जबहादुर मोतीबहादुरको घरमा पाहुना लाग्न गएको र मोतीबहादुरकै घरमा पर्ूण्ा कुमारी गुरुङपनि बस्दै आएको स्थानियबासिन्दाले बताएका छन् । तीनै जनाको शव बिहान फेला परेपछि थप अनुशंन्धानका लागि अहिले प्रहरी टोली मावु गएको छ ।


युवकको हत्या

जनकपुरमा शुक्रबार अपरान्ह अज्ञात समूहले एक युवकको हत्या गरेको छ । छिन्नमस्ता डिष्टिलरी नजिकै अपरान्ह १२ बजे तिर उक्त समूहले चलाएको गोली लागेर ३० वर्षीय सुरज महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थल मै मृत्यु भएको थियो ।



गृहमन्त्री गौतमले पोखरामा धान रोपेर धान बचाउ अभियानको सुरुवात

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सत्ता साझेदार दलका भ्रातृ संगठनहरुले नियम विपरित काम गरेको आरोप लगाउनु भएको छ । दलहरुको भ्रातृ संगठनको कामका कारण देशको शान्ति सुरक्षा नै अस्तव्यस्त बनेको उहाँको भनाई छ । एमाले निकट अखिल नेपाल किसान महासंघले आजदेखि शुरु गरेको धान बचाऊ अभियान उद्घाटन गर्न पोखरा पुगेका गृहमन्त्री गौतमले देशमा दिगो शान्ति स्थापनाका लागि भ्रातृ संगठनको अराजक कामलाई पार्टर्ीी रोक्नुपर्नेमा जोड दिनुभयो । देशमा अझै पनि आर्थिक सामन्तवाद कायम रहेकाले कृषि क्रान्ति आवश्यक रहेको गौतमको भनाई छ । गृहमन्त्री गौतमले पोखरा १५ को टुटंुगामा धान रोपेर धान बचाउ अभियानको सुरुवात गर्नुभयो ।
________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________