( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20090531

छैन निको चाला २२ दलिय गठबन्धनको पनि

सबैलाई कुर्सी चाहियाछ,अस्वस्थ होडबाजी, २२ दलीय गठबन्धन पनि लाचार !

सत्ता साझेदार दलका नेतृत्वको अक्षमता र नेताहरुको निहित स्वार्थका कारण प्रधानमन्त्री निर्वाचित भएको एक हप्तापछि सम्म पनि सरकार बन्न सकेको छैन। माओवादीको अधिनायकवादविरुद्ध एकजुट भएका राजनीतिक दलको नेतृत्वबीचको आपसी स्वार्थ र भागबन्डामा केन्द्रित हुँदा सरकारले पूर्णता पाउने दिन लम्बिंदै गएको छ। सत्ता साझेदार दलबीच सबभन्दा बढी विवाद मधेशी जनाधिकार फोरममा देखियो भने गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि अहिलेसम्म निर्णय गर्न सकिरहेको छैन।

यो दलको केन्द्रीय बैठकलेे सरकारमा सहभागी हुने निर्णय गर्योर। तर, कसको नेतृत्वमा कुनकुन मन्त्रालय सम्हाल्ने गरी व्यक्ति पठाउने भन्नेबारे यसको संसदीय दलको बैठकले हिजो अबेरसम्म पनि निर्णय गरिसकेको थिएन। कांग्रेसले संविधानसभा सदस्य नरहेका व्यक्तिलार्ई मन्त्री नबनाउने सोच बनाएको बुझिएको छ। चौथो ठूलो दल तमलोपाको हिजो बसेको कार्य सम्पादन समितिको बैठकले आगामी शुक्रवार बस्ने केन्द्रीय समितिको बैठकले सरकारमा आफ्नो सहभागिताबारे निर्णय गर्ने गरी एक हप्ता समय लम्ब्याएको छ। यसले गर्दा नयाँ सरकार गठनप्रति जनतामा सुरुमा देखिएको उत्साह र हर्षमाथि तुषारापात भएको छ। यति हुँदाहुँदै पनि २२ दलीय यो गठबन्धनका साझेदार दलहरु सरकारलाई स्थायित्व दिन भने कटिबद्ध रहेका छन्। सूत्रहरुका अनुसार सरकार बन्न केही समय लागे पनि आजै सत्ता साझेदार दलबीच साझा कार्यक्रमलाई चाहिं अन्तिम रुप दिने तय भएको छ।
माओवादीको सत्ताकब्जा गर्ने एउटा ठूलो षड्यन्त्रबाट देशलाई मुक्त गर्ने नेताहरुमा सरकार निर्माण गर्ने क्रममा यो हदसम्मको अक्षमता प्रकट हुनुले परिवर्तित अवस्थामा देखिएको उत्साह निराशामा परिणत हुँदै गएको छ। माओवादी अधिनायकवादविरुद्धको यो नयाँ गठबन्धनमा महत्त्वपूर्ण भूमिका नेपाली कांग्रेसले निर्वाह गरेको थियो। तर, प्रधानमन्त्री निर्वाचित भइसकेपछि हप्ता दिनसम्म यो दलले सरकारमा सहभागी हुने व्यक्तिहरुको पहिचानसमेत गर्न सकेन। उक्त दलका लागि यो एउटा लाजमर्दो स्थिति हो। नयाँ गठनबन्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको यो दलले सरकारमा आफ्नो नेतृत्व किन दावी गरेन भन्ने प्रश्न उठिरहेको र आफूभन्दा सानो दललाई अवसर दिएर सत्तालोलुपताबाट केही हदसम्म टाढा रहेको देखिएको थियो। प्रधानमन्त्री निर्वाचित भइसकेपछि तत्काल त्यो सरकारमा आफ्नो सहभागिताको स्वरुप दिएको भए प्रधानमन्त्रीसँगै कांग्रेसका मन्त्रीहरुले पनि सपथ खाने थिए। यो एउटा स्वाभाविक अवसर गुम्यो मात्र होइन यसबीचमा सरकारमा जाने/नजाने भन्नेसम्मका विवाद उब्जिए। केन्द्रीय समितिले मन्त्रीहरु छान्नुपर्नेजस्ता विषय उठ्यो।
माओवादी अधिनायकवादविरुद्ध गठबन्धनको नेतृत्वको दलभित्र यस्तो किचलो देखापर्नु आफैंमा सहज होइन। यसमा दुई जना महामन्त्रीबीच नै सरकारमा नजान र जान भनी दुईवटा धार केन्द्रीय समितिमा प्रकट भए। यसले माओवादीको कब्जाबाट देशलाई बचाइएको हर्षबिस्मात र शंकामा परिणत गरिदियो। सबैभन्दा ठूलो दल नै मन्त्री छान्ने काममा यति अन्यौलग्रस्त रहेपछि सत्ता साझेदार अन्य साना दलमा विवाद बढ्नु अस्वाभाविक होइन। त्यसकारण पनि पर्यवेक्षकहरुले कांग्रेसका कारण साना दलमा हानाथाप बढेको अड्कल काट्न थालेका छन्। सूत्रहरु भन्छन्– कांग्रेसले व्यक्तिहरु दिइसकेको भए यो हप्ता नै सरकार बनिसक्ने थियो। सरकारको नेतृत्व पाएको एमालेको नेतृत्व यो विषयमा झन अक्षम देखियो। कम्तिमा उसले त आफ्ना मन्त्रीहरुलाई प्रधानमन्त्रीसँगै सपथ खुवाउन सक्तथ्यो। सरकारको नेतृत्व पाएको
यो दलको पार्टी नेतृत्व नै यो सरकारविरुद्ध भित्रभित्र अभियानमा लागेका दृश्यहरु प्रकट भइरहेका छन्। एमालेका अध्यक्ष झलनाथ खनाल र उनको समूह आफ्नो पार्टीको वरिष्ठ नेता प्रधानमन्त्रीमा चयन भइसकेपछि पनि यो सरकारलाई सहयोग गर्न अरुसँग अपिल समेत गर्न कन्जुस्याइँ गरिरहेको अवस्था छ। यो सरकारविरुद्ध खुला रुपले उत्रिएको माओवादीसँग खनालको भित्रभित्रै मन्त्रणाहरु चलिरहनु त्यसको उदाहरण हो। खनाल अहिले पनि वर्तमान गठबन्धनको विपक्षमा वकालत गरिरहेका छन्। आफ्नो दलको नेतालाई संसद्का कांग्रेससहित २२ दलले समर्थन गरिसकेको अवस्थामा त्यही नेतृत्वमा सामेल हुन उनले कसैसँग पनि आग्रह र अनुरोध गरेका छैनन्। यसको अर्थ हो सरकारको नेतृत्व पाएकेा दल एमालेभित्र उक्त दलका अध्यक्ष नै प्रतिपक्षीजस्तो बन्नु। एमालेभित्र आफ्नै नेतृत्वको सरकारविरुद्ध अभियान सुरु भएको संकेत हो त्यसले समेत आफ्ना भागमा पर्नेजति व्यक्तिहरुको छनौट नहुनु। दुईजना छानिएका व्यक्तिमध्ये एकजना यो गठबन्धनमा नै रहेका व्यक्ति पठाइए। त्यसले यो दलभित्र सुरुमै विवाद सृजना गर्योक। एमालेबाट मन्त्रिपरिषद्मा ल्याइएका दुईमध्येका एक सुरेन्द्र पाण्डे यो गठबन्धनको विपक्षी धारबाट पठाइएका व्यक्ति हुन् भन्ने सबैले बुझेको तथ्य हो। एमालेभित्र यस्तो छनोटको तीव्र प्रतिक्रिया प्रकट भइरहेको छ। एमालेकै एकथरीले सरकारलाई सुरुदेखि नै अप्ठेरोमा पार्न यो दलभित्रको माओवादी पक्षधरले यस्तो छनौट गरेको आरोप लगाइरहेका छन्।
माओवादीका अध्यक्ष प्रचण्डको सरकारले निर्वाचित भएको १७ औं दिन पूर्णता पाएको थियो। उनले साउन २९ गते निर्वाचित भएर भदौ १४ गते मन्त्रिपरिषद विस्तार गरेका थिए। पछिल्लो गठबन्धनले यति लामो समय लिंदैन भन्ने आम जनतामा आशा थियो। सरकार संसद्मा सर्वसम्मतिबाट छानिएको र अधिनायकवादी शैलीविरुद्ध सबै एकजुट भएको सन्देश थियो। तर, गठबन्धन दलभित्र मन्त्री बन्ने होडबाजी र नेताहरुको काखी च्याप्ने प्रवृत्तिले त्यस्तो हुन सकेन। यसले सरकारको भविष्यलाई सुनिश्चित गर्दैन। पर्यवेक्षकहरु यस्तो ढिलासुस्ती र सहज कुरालाई असहज बनाउने प्रवृत्तिविरुद्ध टिप्पणी गर्न थालेका छन्। यो पटकको सत्ताको महत्त्वपूर्ण पक्ष फोरम भएको छ। त्यसैकारण पहिले माओवादीले यसलाई फोर्न नै खोज्यो। त्यसमा असफल भएपछि उसले सरकारमा यसको सहभागितालाई बिथोल्न गरेको प्रयासचाहिं जारी छ। नयाँ गठबन्धनका पक्षमा यसका सांसदहरुको संख्या कम भएको भए माओवादी सफल भइसक्ने रहेछ। अहिलेसम्म त्यस्तो हुन सकेको छैन। तर, सरकार नबन्दासम्म यो दलभित्र कुन बेला के हुने हो भन्ने अन्यौल कायमै छ। संसदीय दल र केन्द्रीय समितिबीच हानथापमा सरकार नबनेको अवस्था लम्बिंदै गयो भने नयाँ गठबन्धनमा संकट नआउला भन्न सकिन्न। फोरमका माओवादी पक्षधर व्यक्तिहरु अझै ताक हेरेर बसिरहेका छन्। त्यसका लागि फोरमले नै सरकारको नेतृत्व गरोस् भन्ने चासो माओवादीले थापि नै रहेको अवस्थामा छ। त्यसै पनि स्थिति अन्यौलपूर्ण रह्यो भने जुन उद्देश्य र तथ्यका साथ माओवादीबाहेकको सम्पूर्ण शक्तिको गठबन्धन बन्यो– त्यसमाथि जनताको विश्वास र भरोसा टुट्दै जाने पक्का छ। सरकारले तत्काल पूर्णता पाएर त्यसले माओवादीले खडा गरेका विश्रृंखलतालाई सच्याउन छिटो प्रयास हुन्छ। लोकतान्त्रिक पद्धतिको जग त्यति नै बलियो बन्दै जाने पक्का छ। यस्तो संक्रमणका बेला जसका हातमा जस्तो जिम्मेवारी परेको छ– त्यो तहबाट आफ्ना मान्छेभन्दा लोकतन्त्रलाई बलियो बनाउने अभियानतर्फ अग्रसर हुनुपर्ने हुन्छ। अहिले नेतृत्वमा सबैभन्दा खड्किएको विषय नै यही बनेको छ। देशमा जनता लामो समयदेखि माओवादी सरकारबाट मुक्ति चाहिरहेका थिए। सत्तामा बसेर पनि माओवादी कार्यकर्ताहरुले जनतामाथि गरिरहेको जोरजुलुम जनताको लागि असह्य बनेको थियो। एकातिर सत्तामा नबसेका कार्यकर्ताहरु कानुन हातमा लिएर प्रशासनयन्त्रलाई पनि तर्साउँदै मनपरि गरिरहेका थिए भने अर्कातिर सत्तासीन नेताहरु राज्यकब्जा गरेको शैलीमा सर्वसत्तावादी मान्यताअनुसार साझेदार दलहरुलाई पनि उपेक्षा र अपमान गरी एकलौटी शासन चलाइरहेका थिए। यहाँसम्म कि उनीहरुले संविधानको संरक्षक सर्वोच्च अदालत र राष्ट्रपतिसमेतको हुर्मत लिन बाँकी राखेनन्। जनतालाई लोकतान्त्रिक गणतन्त्र र सुशासनको अनुभूति गराउनुपर्नेमा जनताले आफ्नो मौलिक अधिकार पनि उपभोग गर्न नपाउने, पत्रकारहरु र विरोधीहरुको हत्या गर्ने, अपराधीहरुलाई संरक्षण दिनेजस्ता जघन्य कार्यलाई सरकारले निरन्तरता दिइ नै रह्यो। त्यसैले जनताले उक्त सरकार छिट्टै सत्ताच्युत होस् भन्ने कामना गरिरहेको र सत्तारुढ दलहरुलाई माओवादीको नेतृत्वमा नबस्न दबाब दिइरहेको बेला माओवादीकै निर्णय र व्यवहारका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता छाड्न बाध्य हुने परिस्थिति बनेकोमा जनता निकै उत्साही भएका थिए। जनभावनालाई ध्यानमा राखी २२ राजनीतिक दलले माधवकुमार नेपाललाई प्रधानमन्त्री पदका लागि समर्थन गरेका हुन्। नयाँ सरकारले छिट्टै पूर्णता प्राप्त गरी माओवादी नेतृत्वको सरकारले यसअघि गरेका गलत निर्णयलाई उल्ट्याउँदै नयाँ वातावरण निर्माण गरोस् भन्ने सबैको चाहना छ। जनता शान्तिसुरक्षा सुशासन, महँगी नियन्त्रणजस्ता दिशामा नयाँ सरकारले दु्रतगतिमा प्रभावकारी कदम चालोस् भन्ने चाहन्छन्। तर, प्रधानमन्त्री नेपाल आफ्नै दलभित्रका नेता र अन्य पार्टीभित्र देखिएको अनपेक्षित विवाद र अस्वस्थ होडबाजीले गर्दा कुनै निर्णय गर्न नसकी लाचारजस्तो भएका छन्। नयाँ गठबन्धनले सरकार गठन हुनुभन्दा पहिले नै जनतालाई पुरानै विसंगति पूर्ण मानसिकता दोहोर्यााएर खिन्न तुल्याएको छ।







माओवादी सरकारले गरेको ३८ बटा निर्णयमा कारण देखाउन सर्वोच्चको आदेश

एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले गरेको ३८ बटा निर्णय बदर गर्ने मागसहित दायर रिट निवेदनमा आइतबार सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न आगामी आइतबार पेस गर्न आदेश दिएको छ।
अल्पमतमा रहेको सरकारले गरेका निर्णयहरू गम्भीर त्रुटीपूर्ण रहेकाले ती निर्णय खारेज हुनुपर्ने माग गर्दै अधिवक्ताद्वय दिनेशराज सत्याल र युवककुमार गौतम तथा पत्रकार दीपक पाठकले संयुक्तरूपमा यही जेठ १२ गते दायर गर्नुभएको रिट निवेदनमा न्यायाधीश राजेन्द्रप्रसाद कोइरालाको एकल इजलासले आइतबारको प्रारम्भिक बहसपछि सो आदेश जारी गरेको हो।
रिटमा अघिल्लो मन्त्रिपरिषद्ले रुकमाङ्गद कटुवाललाई प्रधानसेनापतिबाट हटाई रथी कुलबहादुर खड्कालाई सो पदमा कायममुकायम मुकरर गर्नेलगायतका ३८ वटा निर्णय बदर गर्न माग गरिएको थियो।

कांग्रेस सभापति माओवादी

आक्रमणमा घाइते

जुम्लामा काग्रेसका स्थानीय नेतालाई हत्या गरेको घटना सेलाउन नपाउँदै माओवादीले कर्णालीकै अर्को जिल्ला कालिकोटका कांग्रेस जिल्ला सभापति मुक्तिप्रसाद न्यौपानेलाई आइतवार आक्रमण गरी घाइते बनाएका छन् । आफनो घर बदालकोटबाट सदरमुकाम मान्म आउँदै गर्दा न्यौपानेलाई एकीकृत माओवादीका स्थानीय नेता तथा वाइसीएलका कार्यकर्ताले लाठी र खुकुरी प्रहार गरेको बताइएको छ। सदरमुकामदेखि १० कोस पर बदालकोटमा आक्रमण गरिएपछि सभापति न्यौपाने घटनास्थलमै लडेका थिए। तत्पश्चात सदरमुकामबाट प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेलाई मान्म पुर्याएको थियो। कालिकोटका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेका अनुसार घाइते कांग्रेस सभापतिको टाउको र हातखुट्टमा चोट लागेको छ। जिल्ला अस्पतालमा घाइतेको टाउकोमा चार वटा टाँका लगाइएको छ ।

घाइते न्यौपानेले आक्रमणकारी वाइसीएल र माओवादीका कार्यकर्ता भएको बताएका छन्। त्यसकै आधारमा बदालकोटमा २० जना प्रहरीलाई अनुसन्धानका लागि खटाइएको प्रजिअ घिमिरेले बताए।
कांग्रेस जिल्ला सचिव हर्षराज बमले उक्त आक्रमण वाइसीएलका बदालकोट इन्चार्ज बर्म ऐडी र जिल्ला कमिटी सदस्य पदम ऐडीको नेतृत्वमा भएको बताएका छन् । तर माओवादी कालीकोट सेक्रेटरी दुर्ग रावतले उक्त घटनाबारे थाहा नभएको बताएका छन् ।

20090530

२०६५ भदौ २ देखि ०६६ जेठ ११ गतेसम्ममा ३०६ जनाको हत्या !!!

................................................नयाँ नेपाल , गणतन्त्र नेपाल , लोकतान्त्रिक नेपाल , बिस्वकै नमुना १९ दिने जन आन्दोलन देखी दस बर्से महान जनयुद्ध भएको भनिएको नेपाल , २३८ बर्से सामन्ती राजतन्त्रले खोक्रो बनाएको भनिएको , राजतन्त्र गमन संगै र अग्रगमन संगै अब सब कुरा ठीक हुन्छ भनेर हाम्रा महान नेता हरुले भासण् खोकी रहेका बेला गत एक बर्षमा ३०६ जना को हत्या भएको खबर आयो , त्यस पछी भन्न मन लाग्यो वाह् कस्तो गजब को नेपाल, मान्छे को मुल्य कुकुर सरि ! बधाई छ हाम्रा महान नेता हरुलाई भन्न मन लाग्यो !?........................................

अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) द्वारा प्रस्तुत प्रतिवेदनमा विभिन्न राजनीतिक दलहरुबाट नै पटकपटक मानवअधिकार उल्लङ्घन हुने खालका कामहरु भएको उल्लेख छ। विसं. २०६५ भदौ २ देखि ०६६ जेठ ११ गतेसम्ममा ३०६ जनाको हत्या गरिएकामा राज्यबाट ३५, एकीकृत नेकपा (माओवादी) बाट चार, नेकपा (एमाले) बाट दुई तथा अन्यबाट २६५ जनाको हत्या भएको इन्सेक प्रतिवेदनमा उल्लेख छ। त्यस्तै अपहरणको घटनामा एनेकपा (माओवादी) बाट ५९, नेकपा (एमाले) बाट दुई र अन्यबाट १९५ जना अपहरणमा परेका थिए।
त्यस्तै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालबाट वैशाख २१ गते भएको राजीनामापश्चात् एकीकृत नेकपा माओवादीका कार्यकर्ताले रामेछापमा एमाले जिल्ला कार्यालय तथा बर्दियामा नेपाली काङ्ग्रेसको गाउँ विकास समिति कार्यालय तोडफोड गर्नुका साथै रामेछापमा एमालेका महासचिवलगायत कार्यकर्ताहरुलाई र नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुलाई कुटपिट तथा आक्रमण गरेको उल्लेख छ।
सो प्रतिवेदनमा नेपालले हालसम्म संयुक्त राष्ट्रसङ्घका ६ वटा प्रमुख महासन्धिसमेत २२ वटा मानवअधिकारसम्बन्धी महासन्धिहरुको अनुमोदन गरी दक्षिण एसियामा सबैभन्दा बढी महासन्धिको पक्षराष्ट्र हुने मुलुकका रुपमा स्थापित गरेता पनि कार्यान्वयन भने साह्रै कमजोर रहेको जनाइएको छ।
जसका कारण आधा दर्जनभन्दा बढी मानवअधिकारसम्बन्धी विषेश कार्यविधिहरुद्वारा नेपाल भ्रमणका लागि आमन्त्रण गर्न गरिएको अनुरोधलाई नेपाल सरकारद्वारा हालसम्म स्वीकार गर्न नसकेको उल्लेख छ।
नेपालमा हत्या, अपहरण, चन्दा आतङ्क, महिला तथा बालबालिकामाथिको हिंसामा वृद्धि, जातीय आधारमा विस्थापन, शान्ति प्रक्रिया आशाअनुरुप फलदायी नहुनु, संविधान निर्माण प्रक्रियामा व्यवधान हुनुको मुख्य कारण मानवअधिकार उल्लङ्घन हुनु नै रहेको उल्लेख छ।
माओवादी तथा सरकारबीच भएको १२ बुँदे समझदारीपत्रमा उल्लेखित शान्ति सम्झौतालाई कार्यान्वयन गर्ने हो भने मात्र देशमा पुनः शान्ति छाउने निष्कर्ष इन्सेकले निकालेको छ।

तपाईं र तपाईंका आफन्तलाई पनि अमेरिकी डिभि पर्‍योकी, हेर्नुसत तल ?

१ सय ५२ नेपालीका लागि अमेरिका जाने ढोका खुलेको छ। सन् २०१० का लागि डिभी भरेकामध्ये दोस्रो चरणको परिणाम सार्वजनिक हुँदासम्म १ सय ५२ नेपालीलाई डिभी परेको छ। चरणबद्ध रुपमा विजेताको नाम सार्वजनिक गर्ने हुनाले डिभी विजेताको संख्या अझै बढ्ने छ। सन् २००९ मा १ हजार ८ सय ९१ नेपालीहरुलाई डिभी परेको थियो भने सन् २००८ मा भने २ हजार ५ सय ६५ नेपाली डिभीमार्फत् अमेरिका पुगेका थिए। थप नामावली आऊना साथ नेपाल मदर डट कम ले प्रकासित गर्नेछ हेर्दै गर्नु होला ।

डिभी पर्नेहरुको विवरण :
Lot 1

S. No. Name Address
1 Ananda Bidari Nawalpur-11, Makwanpur
2 Anil Awale 3204
3 Anil Lama 3204
4 Anil Thapa 3204
5 Anima Shakya Anamangar-32, Kathmandu
6 Anita K.C. 3204
7 Anita Mainaly Gpo-1, Thimi-16, Lokanthali, Bhaktapur
8 Anup Bikram Shah Butwal-6, Rupandehi
9 Arjun Kumar Katuwal Gpo-1, Hardiya-1, Saptari
10 Arun Kumar Shah Gpo-1, Janakpur-15, Janakpur
11 Ashish Man Buddhacharya 3204
12 Bachhu Kailash Bista Gpo-1, Shifal-7, Kathmandu
13 Bhesh Raj Shiwakoti 3204
14 Bigyan Shrestha 3204
15 Bimala Acharya 1044
16 Bimala Paudel Agriculture Inputs Company, Nepalgunj-16
17 Bindiya Pradhan Joshi 3204
18 Binod Prasad Basaula 24114
19 Binod Tiwari 3204
20 Birendra Guvaju Shakya Pokhara-1, Kaski
21 Biru Gurung Kathmandu, Laliguras Marg-96
22 Chetan Neupane 24114
23 Chiranjibi Adhikari Tintoliya-13, Biratnagar, Morang
24 Chitra Man Thapa Biratnagar-7, Morang
25 Devashree Bashyal 3204
26 Dhruba Prasad Rimal Mahankal-9, Mandikhatar
27 Dhrur Narayan Yadav Madar-6, Siraha
28 Dil Kumar Tharu Neulapur-9, Bardiya
29 Dinesh Shakya 3204
30 Dipendra Jung Thapa 3204
31 Gopal Krishna Sharma 3204
32 Harka Bahadur Rai 8975 Epc-5036
33 Ishwari Prasad Marahatta 2857
34 Jagannath Wagle Pipalmord-5, Kathmandu
35 Jagantha Subedi 3204
36 Janardan Tiwari 1213
37 Jatin Man Amatya 5141
38 Jyoti Bishwakarma 8975 Epc 814
39 Jyoti Karki Gpo-1, Taksar-1, Syangja
40 Kamala Sapkota (Kandel) Bharatpur-8, Chitwan
41 Khagendra Bhattarai Gherabari-7, Jhapa
42 Kishor Sharma Gpo-1, 9841743720, General Post Office
43 Krishna Prasad Pandey 1213
44 Kumar Bahadur Thapa Chhetri Baglung-2, Dhaulagiri Computer Institute
45 Lalit Chaudhary Anarmani-3, Jhapa
46 Laxman Bhandari New Dhalulagiri Stationary, Rupandhei
47 Laxman Rana 2680
48 Lekh Nath Bhandari Gpo-1, Bharatpur-10, Chitwan
49 Madhu Paudle Bharatpur-4, Chitwan
50 Mandira Nepal 1213
51 Mandira Poudyal 3204
52 Manisha Baral Nepal Sbi Bank, Biratnagar
53 Manohar Kumar Sah Sundarpur-2, Sarlahi
54 Manoj Basnet 3204
55 Manoj Khatiwada 3204
56 Mira Maharjan Kathmandu-12, Teku
57 Nabaraj Thapa 3204
58 Nancy Khadka 3204
59 Nanuka Bhattarai Dillibazar-33, Kathmandu
60 Nilu Neupane Hatkhola-10, Biratnagar, Morang
61 Nirajan Kumar Yadav Bashbari, Kathmandu, H.No-161
62 Pabita Bhandari 3204
63 Pallav Paudel Madhyapur Thimi, Bhaktapur
64 Parmeshwar Chaudhary Ph.N.: 9841567346, G.P.O.
65 Parshu Ram Bhandari 1213
66 Pasang Lama 3204
67 Prakash Khanal 15129, Spc 188
68 Prakash Pokhrel Gpo-1/19090, Kathmandu
69 Prakash Poudel Bageswori-2, Nepalgunj, Banke
70 Purnima Bhattarai 5893
71 Radhika Subedi Parbatipur-1, Chitwan
72 Raju Adhikari Gpo-1, 14323
73 Raju Kc Zerokilometer-5, Pokhara
74 Rakesh Rajbanshi 12540
75 Ram Binehi Yadav 3204
76 Ramchandra Sapkota 24114
77 Rashila Lamsal Hetauda, Makwanpur
78 Rishi Kumar Dhakal 8625
79 Rita Shrestha 3204
80 Ritesh Ghimire 8973 Npc 584
81 Roshani Bhari Pokhara-2/7, Kaski
82 Rudra Luitel Itahari-1, Sunsari
83 Sabitri Basnet 3204
84 Sachet Prasad Karmacharya 3204
85 Sagar Gautam Rajapur-1, Bardiya
86 Sajana Dhakal Ghimire 5178
87 Samjhana Regmi Walling-8, Syangja
88 Sanjay Singh Thapa Ph.N.: 9841668125, G.P.O.
89 Santosh Pandey 3204
90 Sapana Pokharel Amarpath-6, Rupandehi
91 Saroj Kumar Yadav Bagada-2, Mahottari
92 Saroj Maka Crystal International, Bhaktapur
93 Saugat Bhattarai 24233
94 Shailesh Dongol New Road Pako, Kathmandu
95 Shakuntala Subedi Motipur, Bardiya
96 Som Nath Adhikari P.O.B. No.-541, Pokhara
97 Subash Oli 3204
98 Sudarshan Sharma Tutepani-14, Lalitpur
99 Sudhir Khanal 3204
100 Suman Lama 3204
101 Summy Pandey 24114
102 Sundar Mani Poudel Sunu Enterprises, Chitwan
103 Surya Kanta Sapkota Aruchour-4, Syangja
104 Surya Mani Mishra Ratnanagar-01, Chitwan
105 Sushil Thapa 8973 Npc 584
106 Sweety Pradhan Aviwadan Tole-17, Morang, Biratnagar
107 Tara Devi Shakya 3204
108 Tek Bahadur Gurung 8973
109 Tek Bahadur Kami Bhimgithe-3, Dhaulagiri



Lot 2

S. No. Name Address
1 Aditya Prakash Yadav 8973 Npc 584
2 Anupama Sharma 3204
3 Archana Sapkota 3204
4 Arun Kumar Panta 3204
5 Bal Chandra Pokhrel Jhapa
6 Chudamani Niroula Morang
7 Damber K Thapa Magar Butwal
8 Dhan Kumari Shrestha Butwal
9 Dhananjaya Dhakal 3204
10 Durga Kumari Rana Syangja
11 Gyanu Ghale 3204
12 Hari Prasad Rijal 8828
13 Janita Rai 3204
14 Jyoti Dhakal 3204
15 Muktika Tamang Chitwan
16 Nirmala Kumari Pandey 3204
17 Ongdi Sherpa 24114
18 Pawan Kumar Sharma Sunsari
19 Pradip Shrestha 3204
20 Prakash Poudel 3204
21 Pramod Poudel 12719
22 Preem Sharma Pokhara
23 Priyank Katwal 1213
24 Purnakala Bhandari 24114
25 Puspa Pandey 3204
26 Rabi Mainali 3204
27 Rashmi Thakur 20756
28 Sagar Dev Lakhe Kathmandu
28 Saguna Shrestha 2880
29 Samjhana Khadka 3204
30 Sanjib Pant Gorkha
31 Sharada K.C. 6501
32 Shyam Hari K.C. 3204
33 Shyam Kaji Shrestha Kathmandu
34 Srijana Kharel Sindhupalchwok
35 Suman Bahadur Ale 1213
36 Sundar Pra Dhakal Butwal
37 Suraj Bohara 8531
38 Tek Bahadur Karki 3204
39 Ujjwal Kc 6142
40 Umesh Rijal Kathmandu
41 Upendra Sapkota 24114
42 Vijay Karki Chitwan
43 Yuba Raj Pokhrel 3204



20090529

माओवादीको तीन सूत्रीय रणनीति तय, सजिलो छैन माधव नेपाललाई सरकार चलाऊन !

प्रधानमन्त्रीबाट राजीनामा दिएलगत्तै आक्रामक व्यक्तिगत गालीगलौजमा उत्रेको माओवादीले तीन सूत्रीय रणनीति तय गरेको छ। आफ्नो सरकारजस्तै संसदको मतदान गरेर निर्माण गरेको वर्तमान सरकारलाई अवैध कठपुतली सरकार भन्ने नारा देशव्यापी पुर्याीउने, आफ्ना लडाकुको समायोजनलाई संक्रमणकालीन चुनौतीको रुपमा खडा गर्ने र सँगसँगै संसदीय गणितको खेल खेलेर सरकार असफल पार्ने रणनीति माओवादीले तय गरेको हो।
सरकारविरुद्ध तत्कालै विरोधका कार्यक्रम नल्याएरै संघर्ष र प्रतिरोधको भित्री तयारीमा माओवादी लागेको छ। संसदबाट बहुसंख्यक दलको समर्थन भर्खरै पाएकाले तत्कालै सरकारविरुद्ध संघर्षमा जानुभन्दा अहिले बहादुरीपूर्वक चुप लागेर बस्ने र सरकारका सय दिन नपुग्दै प्रतिरोधका कार्यक्रमको लागि अहिल्यैदेखि भित्री तयारी गर्ने निर्णयमा माओवादी पुगेको हो।

अहिले माओवादीले वर्तमान सरकार संसदबाट बने पनि विदेशीहरूले बनाएको कठपुतली सरकार बताउँदै आएको छ र यसलाई नाराको रुपमा तल्लोस्तरमै स्थापित गर्ने तयारी माओवादीले गर्दैछ। संविधान निर्माण र राज्य पुनर्संरचनाका प्रक्रियागत कुरामा पनि विवाद उत्पन्न गर्ने र त्यसमार्फत् सरकार साझेदार दलहरूबीच अविश्वास पैदा गर्न सकिने माओवादीको ठहर छ।
अहिले नै सरकारविरुद्ध संघर्ष घोषणा गर्दा पार्टी सत्तामुखी देखिने र जनविश्वास घट्ने भएकाले हाल प्रतिरोधी संघर्षको भित्री तयारीमा लाग्ने निष्कर्षमा ऊ पुगेको हो। आफ्नै कारणले हठात सत्ताबाट राजीनामा दिनुपरे पनि नयाँ सरकारलाई मान्यता नदिने माओवादीले बताउँदै आएको छ। सरकारलाई मान्यता नदिने मौखिक घोषणा गरे पनि त्यही सरकारले आफ्ना लडाकुको भरणपोषण गरेकाले सरकारका वैधानिक फोरमहरूलाई बहिष्कार गरेरै जान नसकिने माओवादी निष्कर्ष छ।
माओवादीले वर्तमान सरकारका सामु भरपर्दो अवरोधका रुपमा आफ्ना लडाकुको समायोजनको विषयलाई अघि सार्ने भएको छ। संक्रमणकालको मुख्य चुनौती सेना समायोजन भएकाले त्यसमा आफूले उत्पन्न गर्न सक्ने दबाबबाट सरकारको गठबन्धन कमजोर हुने उसको निष्कर्ष छ। संसदको विशेष समितिको मातहत रहिसकेका लडाकुहरूको संरचना र जिम्मेवारीमा माओवादी सचिवालय बैठकले हेरफेर गरेको छ। संविधान निर्माणमा अवरोध नगर्ने सार्वजनिक प्रतिबद्धता आइरहे पनि विस्तारै राज्य मातहत पुगेको आफ्नो लडाकु समूहलाई आफ्नो मातहतमा चलाएर माओवादीले सेना समायोजनमा अवरोध गर्ने संकेत दिइसकेको छ। सेना समायोजनसम्बन्धी संसदीय विशेष समितिको अनुमति बिना नै बुधबारको माओवादी सचिवालय बैठकले सातै डिभिजनको जिम्मेवारीमा हेरफेर गरेको थियो।
एकातिर आफ्नो सरकार जसरी बनेको थियो त्यसैगरी संविधानसभाको प्रबल बहुमतबाट बनेको सरकारलाई अवैध र विदेशी कठपुतली भन्ने नारा जबर्जस्त लैजाने र अर्कोतिर सेना समायोजनमा नयाँ विवाद हुलेर संविधान निर्माण र राज्य पुनर्संरचनामा अवरोध उत्पन्न गर्ने अनि त्यही बीचमा संसदीय गणितलाई प्रभावित पार्न सकिन्छ भन्ने माओवादीको ठहर छ। अहिले चुपचाप जस्तै देखिएको माओवादीले आफूबाहेक साना ठूला दलका केही नेताहरूलाई आफ्नो योजना मुताविक प्रयोगको सुरुवात गरी पनि सकेका छन्। साना पार्टीभित्र चलाइदिने विवादले ती पार्टीका एउटा पक्ष आफूमै मिल्न आउने र ठूलो पार्टी विवादमा फस्ने अनि सरकार कमजोर हुने माओवादीको ठहर छ। अन्य पार्टीहरूलाई पुराना संसदीय पार्टी भन्दै सत्ता खेलको दोष लगाएरै आफूले सत्ताखेलमा उनीहरूलाई जित्न सकिन्छ भन्ने विश्वास साथ माओवादी सत्ता खेलमा पनि लाग्ने भएको हो। राष्ट्रपतिको कदम नसच्चिए नयाँ सरकार गठनको औचित्य नहुने बताउँदै आएको माओवादीले पछिल्लो समय मधेसवादी दलहरूसँग गरेको समीकरण प्रयासले संसदवादीलाई जित्न गतिलैसँग संसदीय खेलमा लाग्नुपर्ने माओवादी निष्कर्षको छनक दिइसकेको थियो।
अर्कोतिर सरकारबाट बाहिरिएको अवसरलाई माओवादीले पार्टीभित्रको समस्या हल गर्ने अवसरको रुपमा पनि उपयोग गर्ने भएको छ। एकचोटी सत्ता स्वाद चाखिसकेपछि छोड्न माओवादी अध्यक्षलाई पनि धौधौ परेको थियो। उनले वर्तमान प्रधानमन्त्रीविरुद्ध सुरु गरेका व्यक्तिगत गालीगलौजले पनि त्यसको छनक दिएको थियो। आफूबाहेकको सरकारलाई प्रतिक्रान्तिको मतियार बताएर कार्यकर्ताहरूमा तेज घटाउन नदिने माओवादी योजना छ।

सदन र सडकबाट तेस्रो जनआन्दोलन गरेर जनगणतन्त्र स्थापना गर्ने माओवादी दावी

माओवादी वरिष्ठ नेता डा. बावुराम भट्टराईले माओवादीले अब सदन र सडकबाट अर्को आन्दोलन गरेर सरकारलाई पछार्ने चेतावनी दिएका छन् । नवनिर्वाचित सरकारले पूर्णता नपाउदै उनले सदन र सडकबाट तेस्रो जनआन्दोलन गरेर जनसंविधानमार्फत जनताको गणतन्त्र स्थापना गर्ने दावी गरे । प्रथम गणतन्त्र दिवसको अवसरमा माओवादी वरिष्ठ नेता डा. भट्टराईले राजधानीमा माओवादीले शुक्रबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको किनबेचको आधारमा गठन भएको सरकारले जनताका आकांक्षा पूरा गर्न नसक्ने आरोप पनि लगाए । उनले सरकारका हरेक निर्णय विदेशीको हातमा पुग्ने बताउदै आफु सरकारबाट बाहिरिएपछि मात्र यो कुरा थाहा भएको समेत खुलाशा गरे । नेपाली कांग्रेस र एमालेको गठबन्धनले राजतन्त्र पुनस्र्थापित गर्न भनेर नारायणहिटीमा स्थापना गर्ने भनेको स्मारक रत्नपार्कमा निर्माण गर्न लागेको आरोप लगाए ।

पूर्व प्रधानमन्त्री तथा एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माधवकुमार नेपालको नेतृत्वमा बनेको सरकार 'बेबी किङ'लाई फर्काउने षडयन्त्र भएको आरोप लगाएका छन । शुक्रबार ललितपुरमा गणतन्त्र दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले संविधानसभामा कांगेस दोस्रो दल र स्वयम् एमालेका अध्यक्ष झलनाथ खनाल हुँदाहुँदै नेपाललाई प्रधानमन्त्री बनाउनु ठूलो 'ग्रायण्ड डिजाइन' भएको बताएका छन ।
उनले विभिन्न अनुहारका प्रतिक्रियावादी शक्तिहरु माओवादीलाई फेरि जंगल लखेट्न लागेको आरोप लगाउदै फेरि आफूहरुको बलिदाल गर्ने बेला आइसकेको बताए ।
उनले माओवादीलाई कसैले लखेटेर नलखेटिने र जनतासागै काम गर्ने बताउदै संघर्षमा तयार हुन सबै जनतालाइ आव्हान उल्लेख गर्दै शिशु गणतन्त्रलाई बचाउन सबैलाई आग्रह गरे । उनले आफूहरु अरुले भनेको सहमति र सहकार्यको बाटो नहिड्ने जिकिर गरे ।

नेपालमा गणतन्त्र घोषणा भएको एक वर्ष पूरा भएको अबसरमा सरकारले गरेको विशेष समारोहमा माओवादीका शीर्ष नेताहरु भने कोही पनि सहभागी भएनन् ।
गणतन्त्र घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले शुक्रबार राजधानीको टुडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । नेपालमा ०६५ जेठ १५ गते बुधबार संविधानसभाको प्रथम बैठकले गणतन्त्रको घोषणा गरेको थियो ।
सरकारको आव्हानमा भएको गणतन्त्र विशेष समारोहमा माओवादीका भने कोही पनि नेताहरु सहभागी भएनन् । माओवादीले नै गणतन्त्र र संविधानसभाको एजेण्डा आफ्नो भएको दावी गर्ने गरेको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उच्च कुटनीतिक अधिकारीहरुको सहभागिता रहे पनि माओवादीको भने सहभागिता रहेन ।
सरकार र माओवादीबीच दूरी बढीरहेका बेला महत्वपूर्ण कार्यक्रममा माओवादी सहभागी नहुनुलाई संयोगमात्र नभएको अन्य दलका नेताहरुको प्रतिकृया छ । माओवादी नेता नारायणकाजी श्रेष्ठले भने माओवादीले कार्यक्रम बहिस्कार नगरेको स्पष्ट पारे ।
उनले माओवादीले बहिस्कार नगरेको बताउदै आन्तरिक छलफल नभएका कारण को जाने भन्ने टुंगो नलाग्दा सहभागी हुन नसकेको बताए । उनले माओवादीले पनि मुलुकभर शुक्रबार गणतन्त्र दिवस मनाइरहेको बताए ।

20090528

"राजतन्त्र पुनर्स्थापना गर्न षडयन्त्र, बेबी किङ बिउँत्याई नारायणहिटी ल्याउने" : माओवादी

एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले अनेकौँ तानावाना र षड्यन्त्र गरी राजतन्त्र पुनर्स्थापना गर्न प्रतिगमनकारी तत्व सक्रिय भएको बताएका छन्। नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन निजामती राष्ट्रिय समितिद्वारा गणतन्त्र घोषणा भएको प्रथम वर्षगाँठको उपलक्ष्यमा बिहीबार आयोजित कार्यक्रममा दाहालले भने- 'लोकतन्त्र र परिवर्तनका विरुद्ध जुनसुकै मूल्य चुकाउन परे पनि कोही कसैसँग घुँडा टेकिन्न।'

आफ्नो पार्टी प्रतिगमनकारी पक्षविरुद्ध एकढिक्का भई राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने पक्षमा रहेको बताए। प्रतिगामी तत्वका चलखेलका कारण स्वाभिमानी प्रधानमन्त्री वीपी कोइराला पदबाट अनाहक अपदस्थ हुनुपरेको स्मरण गर्दै निवर्तमान प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वाभिमानका पक्षमा कसैसँग आत्मसमर्पण नगर्दा आफूले पनि राजीनामा दिनुपरेको बताए।

एकिकृत नेकपा माओवादीले नारायणहिटी दरबारबाट गणतन्त्र शालिक हटाउने सरकारको पछिल्ला निर्णयलाई बेबी किङ बिउँत्याउने षडयन्त्र भनेको छ। राजधानीमा जारी माओवादी सचिवालय बैठकले राज्य पुनःसंरचना र संविधानसभा मन्त्रालय खारेज गर्ने सत्तारुढ दलहरुको निर्णयलाई परिवर्तन आत्मसाथ गर्न नसकेको रुपमा व्याख्या गरेको छ।

बिहीबार बिहान बसेको सचिवालय बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले बेबी किङ बिउँत्याई नारायणहिटी ल्याउने षडयन्त्रमा सरकार लागेकाले नारायणहिटीभित्र शालिक नबनाउने निर्णय गरिएको जिकिर गरे।

प्रधानमन्त्री माधव नेपालको सरकारले सर्वसाधारण सबैले सजिलै देख्‍न सकून् भन्दै नारायणहिटीभित्र बनाउन लागिएको गणतन्त्र शालिक रत्‍नपार्कमा बनाउन लागेको प्रधानमन्त्रीले बताएका थिए। माओवादी नेतृत्वको सरकारले नारायणहिटी परिसरमा नै त्यस्तो शालिक बनाउन बजेटसमेत छुट्याएको थियो।

राष्ट्रपतिविरुद्ध माओवादीले संसदमा सूचना दिएको संकल्प प्रस्तावमा छलफल भएमात्र संसद चल्न दिने अन्यथा बिहीबार पनि संसद अवरुद्ध पार्ने जानकारी प्रवक्ता शर्माले दिए।
नयाँ बन्ने संविधानमा पार्टीका तर्फबाट बुझाउने मस्यौदा निर्माणका लागि माओवादी सचिवालयको बैठक बसिरहेको हो। बैठकमा शासकीय स्वरुप र राज्य पुनःसंरचनाका विषयमा नेताहरुले धारणा व्यक्त गरे। बैठक शनिबारसम्मका लागि स्थगित भएको छ।



यो पाटीले'नि शान्ति प्रक्रियामा खूब राम्रो भूमिका खेल्यो बा । - राजेश

माधव नेपाल जि लाई हेर्नुस त वहाँ ले शपथ ग्रहणमा नै इमान्दारिता देखाउनु भएन


- शेखर ढुङेल, अमेरिका


एउटा कहावात छनी ' बाघ ले प्रत्यक बिहान ईश्वर सित प्राथना गर्दछ रे हे ईश्वर आज पनी कुनै मान्छे सित भेट नहोस ' त्यस्तै म पनी लेख्न लाई कलम को बिर्को उघार्नु अगी भन्ने गर्दछु कसै को बिरोध मा लेख्न नपरोस जता ततै सुखद समाचार , राम्रा काम का गरेको लेखेको पाइयोस तर के गर्ने ? कि त जानी जानी अबुझ बन्नु पर्‍यो वा सुन्या नसुन्यै गर्नु पर्‍यो नत्र त समर्थन मा लेख्ने बिषय मिलेको भए मरी जाउ ल ।

ताजा प्रसँग जोडौ नब निर्वाचित ? प्रधान मन्त्री माधव नेपाल जि लाई हेर्नुस त वहाँ ले शपथ ग्रहण मा नै इमान्दारिता देखाउनु भएन वहाँ लाई न त ईश्वर प्रती आस्था न त जनता प्रती भरोसा त के मन मनै श्रीमती , वा पित्री कस्का नाम लिए होलान शपथ मा कि कि गर्दै ? कि गर्न सक्ने केही होइन के को झुठो सपथ लिनु भन्ठाने कि ? हो त नि पहिले पनी संबिधान को ( २०४७ ) रक्षा गर्छु भनेका थिए नि सकेन त्यसै भएर यो झुटो कसम नखाएका होलान ?कस्तो बाठो ?वा आफ्नो मनोकामना पुरा भैगो देश र जनता जाउन भाड्मा भन्न खोज्या हून ? उन्को पहिलो सम्बोधन पनी कुन त बुहारी भटमास खाएकी जस्तो पट्यार लाग्दो र निरासा जनक रह्यो र भन्नु पनी भयो लोक तन्त्र मा नागरिक सर्बोच्चता हुन्छ रे वहाँ निर्बाचित प्र म रे लौ पत्याउनु पर्‍यो यत्ती कै मा हास्नु पर्ने त केही थिएन तर म हात खुट्टा फ्याकेर त्यस बेला हासे जब वहाँ ले सरकार को पहिलो निर्णय मा हस्ताक्षर धस्काउनु भयो । रत्न पार्क ? शहिद उत्पादन पार्क ? ढुङ्गा मुडा हान्ने प्रशिक्षण पार्क ? नगर बधु को स्वर्ग स्थल पार्क ? मा '' गणतन्त्र स्तम्भ '' ठड्याउने रे वहाँ का भजन मन्डली ले त यो निर्णय अती गम्भिर , जनता र देश लाई दुरगामी असर् पार्ने , राजनैतिक स्थाइत्व र शान्ती अनी बिकास को मुल फुटाउने स्तम्भ हो भनी व्याख्या गर्लान मलाई भने एमाले सत्ता बाट सडक मा पुगेको भोली पल्ट को लागि आबस्यक ढुङ्गा मुडा को अग्रिम जोहो वा अती नै उदारबादि भएर अन्य दल बिशेष गरी माओवादी लाई दु:ख नहोस भनेर ढुङ्गा मुडा को ब्यबस्था गरी दिए जस्तो लाग्यो ।


एक पटक सोचौ त संसार को कुन तन्त्र यस्ता स्तम्भ ले जोगिएको छ ? रुसिया का सालीक हुन कि जर्मनी पर्खाल के तिन्ले कुनै तन्त्र को रक्षा गर्न सक्यो ? टाढा किन जानु राणा हरु का सालीक हुन कि पञ्चायत काल मा चौक चौक मा ठडिएका राजा का सालीक हुन कि पन्चायति रजत जयन्ती स्तम्भ के राणा र पञ्चायति शासन टिक्यो ? के मा छोडि के मा हात भने झै प्रधान मन्त्री को पहिलो निर्णय कस्तो सस्तो र अर्थ हिन ? '' जब सम्म कुनै तन्त्र को लागि जनता को मनमा विश्वाश को स्तम्भ खडा हुँदैन तब सम्म कुनै पनी तन्त्र को नाम मा गरिने यस्तो काम को खर्च फजुल ठहरिने छ '' ।

सालीक वा स्तम्भ ढलाउनु र बनाउनु ले कुनै पनी तन्त्र , जनता र देश राहत पाउने होइनन । जनता ले के दु:ख भोगेका छन तिन्को निराकरण को लागि यो गर्ने भनी कुनै निर्णय भएन । राज्य कारण जनता ले दु:ख पाएका सैऔ बिषय छन ति बाधा अडचन फुकाइ दिनु पर्‍यो भन्ने सोच किन राखेको होला ? ल एउटा उधाहरण हेर्नुस लगभग दुई बर्ष देखी सरकार ले गुठी अधिनस्थ जग्गा मा किन बेच , कित्ता काट , घर निर्माण कार्य रोक्का गरी लाखौं जनता लाई सरकारी सुकुम्बासी बनाइ राखेको छ त्यस्ता र अन्य समस्या लाई प्राथमिकता मा राख्नु पर्ने की नपर्ने ? एक पटक जनता लाई सम्झौत निर्णय गर्ने बेलामा के गर्दा तिन्ले राहत पाउद छन ?


केटा केटी बेला मा एउटा गफ हो कि सत्य कुन्नी सुनेको थिए तत्कालिन राजा महेन्द्र ले अरनिको राज मार्ग ? जन मार्ग ? बनाउन लाग्दा भारत ले भनेको थियो रे त्यसो नगर त्यो बाटो बाट कमुनिस्ट छिर्छ र तिमी लाई खान्छ अनी महेन्द्र ले जवाफ दिए रे कमुनिस्ट मोटर चढेर आउने होइनन देश मै जन्मने हुन , बरु यो बाटो र अन्य बिकास को काम गरिन भने जनता ले मलाई खान्छन भने रे । त्यस्तै माधव जि हरु ले बुझ्नु जरुरी छ , स्तम्भ ले गणतन्त्र लेराउने र जोगाउने होइन '' जब सम्म दल हरु ले जनता को मन मा यो ब्यबस्था नै हाम्रो निर्बिकल्प आस्था हो भन्ने विश्वाश को स्तम्भ खडा गर्न सक्दैनन् '' । खोइ के भनौ केही महिना अगी जानी नजानी हो कि झुक्किएर हो पूर्व प्रधान मन्त्री प्रचन्ड ले भनेका थिए ''नेता होइन जनता ठिक हुनु पर्दछ सहि नेता लाई चूनेर पठाउनु पर्दछ '' कुरो त सोर्है आना ठिक हो नि होइन र ? तर तर ले खायो घरबार भन्दथ्यो एउटा ले ल भन्नुस हामी मुर्ख कि नेता ?

Shekhar1962@gmail.com


कमरेड प्रचन्डले नरुचाएको नेपाली पोसाकमा अमेरिकि राष्ट्रपती ओबामा !



यो फोटो हामीले Face Book बाट लिएकाहौँ ।

कविता , एकता
- अनिल पाण्डे

ए कता
बि कता
सि कता
अलमलमा परेको छ नेपालीको एकता
नेपालभित्रै दल-दलमा विभाजित छ एकता
संविधान लेख्छु भन्ने तर नलेख्नेहरुमा खण्डित छ एकता
सङ्क्रमणकाल भन्ने तर स्वयं महाकाल बन्ने प्रवृत्तिमा पल्किदा
मन रोएको छ तिम्रो मेरो र उसको- नेपालीको अन्तस्करणमाथि डढेलो सल्किदा
ए यता
बि उता
सि त्यता
कसरी हुन्छ अव एकता
भित्र भए पो एकता बाहिर देखिन्छ त्यसको प्रतिविम्व
बाहिर भए पो एकता भित्र देखिन्छ त्यसको प्रभाव
राम्रो रोजगारीसँग नेपालमै एकता भैदिएको भए
सम्मान शान्ति र समृद्धिको सम्भावनाबीच नेपालमै एकता पाएको भए
“अ” एकाक्षरी मिलनका लागि अमेरिकामा “अुनिल” पाण्डेको अवतरण हुने थिएन

ए एमाले हुनसक्छ !
ए एकीकृत माओवादीले लानसक्छ !
ए ! नेकाले कम्युनिष्टलाई चिनेपछि झस्केर बोलेको स्वर पनि हुनसक्छ !
गिरिजाको काँधमा चढेका माधवले लड्छुकि भनेर डराएको बेला पनि हुनसक्छ !
फोरमलाई सीमापारिको मोहभङ्ग भएपछि नेपालीत्व जागृत भएको क्षण पनि हुनसक्छ
ए ! उछ्वास बनेर प्रकट भएको आत्मपहिचानको अविस्मरणीय क्षण पनि हुनसक्छ !

नेका एमाले फोरम र माओवादीको साझा ए एकताको ए
प्रेम प्रसन्नता र प्रगतिको प्रारम्भ बनेको ए
एकको ए
एउटै नेपालमा जन्मिएर पचासौं मुलुकमा पुगेको ए
अनेकतामा एकताको ए
माथि लुकुनीमा लुक्ने र तल धोतीमा छोपिने ए
आम नेपालीको पर्याय हो ए
ए कता बि यता र सि उता होइन
एकाबिहानैको स्वच्छ ए एकताको ए !
हिमालमा बख्खु लगाउने ए
पहाडमा कछाड बाँध्ने ए
तराईमा कुर्था पहिरिने ए
अमेरिकामा टाई लगाउने ए
एकताको ए

जहाँ जस्तो परिस्थितिमा जे पहिरन लगाएपनि सत्य केवल एउटै छ ए !

दूधकोसी कसरी छुट्याउने सप्तकोसीमा
इन्द्रावती किन छान्ने समुद्रमा
दूधकोसीको सेतो रंग नदेखेर किन झगडा गर्ने सिमानामा
एकता नै बल होइन र सीमापारिको विशाल सागरमा


ANA-Convention 2009 Organizing Committee Councils/Subcommittee Chair(s) email phone


Simon Dhungana The Convening Council simondhungana@yahoo।com (202)352-1146 (c)


Govind Shahi The Convening Council shahigovind@gmail.com (510)207-6935
Sandeep Puri The Convening Council lexlapax@gmail.com (408)242-1650 (c)
Sajesh Giri The Convening Council/Venue sajesh.giri@gmail.com (408)505-6502 (c)
Anup Srivastav The Convening Council (NAFCA) anupsri2002@yahoo.com (530)220-7997 (c)
Ajay Dev The Convening Council (NAFCA) devunite@gmail.com (530)220-7772 (c)
Sagar Koirala The Convening Council (NANC) ksagar.vp1@gmail.com (650)438-8655 (c)
Santosh Lama Blon The Convening Council (NANC) nancsecretary@gmail.com (415)298-5853 (c)
Aashish Jha The General Secretary nepaliaashish@hotmail.com (650)218-2746 (c)

Anil Pandey Advisory Board motherland-nepal@hotmail.com (510)457-8991
Gopal Khadgi Advisory Board gopal_khadgi@hotmail.com (510)334-2578 (c)
Dorji Lama Advisory Board dorji.lama@gmail.com (510) 421-5290 (c)
Pukar Malla Advisory Board pukar_malla@hotmail.com (650)279-9025 (c)
Reeta Stecklein Advisory Board reetastecklein@gmail.com (408)947-1030
Nima Sherpa Advisory Board nksherpa@hotmail.com (707)815-6964
Bhakta Thapa Advisory Board thapa.bhakta@gmail.com (650)315-8979
Gajendra Adhikari Advisory Board gnepal@hotmail.com (916) 226-2571
Uddhav Giri Advisory Board uddhavgiri@gmail.com (916)716-3200

Back Up Advisory
Rachana Singh Advisory Board rachanasingh_np@yahoo.com (408)625-9087
Tej Rai Advisory Borad tshamhang@hotmail.com

Niley Shrestha Finance Chair Niley.Shrestha@opco.com (415)438-2957
Ajay Dev Key Note Speaker devunite@gmail.com (530)220-7772 (c)
Jiwan Subba Info/Help desk limbujiwan@yahoo.com 510 452 7572 (c)
Usha Lama Vendors, Cultural Program usha@thirdeyetravel.com (510)487-6399
Pukar Malla Technology/CAN-USA pukar_malla@hotmail.com (650)279-9025
Reeta Stecklein Forums reetastecklein@gmail.com (408)947-1030
Pooja sharma Fashion 82.sharma@gmail.com (408) 391-5971
Sudha Shah Cultural Program sudhashah@sbcglobal.net (650)255-7100
Milli Gurung Cultural Program milligrg@gmail.com (415)269-5092
Smriti Gurung Cultural Program smritiguru@gmail.com (408)679-2126
Harihar Dahal Cultural Program / Volunteer hariharnp@yahoo.com (650) 483-9127
Gum Gurung Cultural Program gamtamu@yahoo.com
Bibeck Basnet Entertainment harkay@hotmail.com (510)690-7010
Jay Malla Entertainment jay_malla@hotmail.com (415)613-8810 (c)
Anil Pandey Media anilmelvin@hotmail.com (510)457-8991
Bashudev Baskota Photography/Video basu.baskota@gmail.com
Govind Shahi Sports shahigovind@gmail.com (510)207-6935
Sajesh Giri Sports sajesh.giri@gmail.com (408)505-6502
Aashish Jha Sports/Basketball nepaliaashish@hotmail.com (650)218-2746
Ajit Rana Sports/soccer lorirana@sbcglobal.net (510)381-7340
Santosh Pradhan/Tej Rai Sports/Volleyball
Dorji Lama Sports/Golf dorji.lama@gmail.com (510)421-5290
Rabindra Rai Local Affairs rabindrakrr@gmail.com (510)366-6399
Harihar Dahal Volunteers hariharnp@yahoo.com (650) 483-9127
Iswor Sapkota Registration alpineiswor@yahoo.com (650)714-6114
Bishwo Bhatta Security bishowbhatta@yahoo.com
Mani Nepali Kids camp maninepali@yahoo.com (510) 325 3264
Dhurba Giri Food dhrubarajgiri@yahoo.com (415)412-9171
Basu Dhakal Literary basu_dhakal@hotmail.com (530) 574-5993
Binod Bhatta Reunion binodnitu@gmail.com (650)504-4745
Ashish Hada Medical Booth ahada@cisco.com
Dhurva Thapa Souvenirs/Theme and Logo/Publications dhruvathapa@gmail.com (510)710-4438
Bhakta Thapa Logistics thapa.bhakta@gmail.com (650)315-8979
Shekhar Dhungel, Welome committee (multi-ethnic cultural procession) shekhar1962@gmail.com (510)537-4014
Ashika Giri Welome committee (multi-ethnic cultural procession) ashikagiri@yahoo.com 650 224 8730



-anil pandey
media chair-
ANA-Convention 2009
http://ana-convention.org

20090527

प्रधानमन्त्री माधव नेपालका साझा न्युनतम कार्यक्रम

सरकारले संयुक्त सरकारका साझा न्युनतम कार्यक्रम प्रस्ताव गरेको छ। प्रधानमन्त्री माधव नेपालले २२ दलको बैठकमा प्रस्तुत गरेका उक्त कार्यक्रमका बुँदामा निर्धारित समयभित्रै नयाँ संविधान निर्माण गरिने पूर्व राजपरिवारको सम्पत्ति छानविन गरी राष्ट्रको हितमा उपयोग गर्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएका सम्झौता कार्यान्वयन गर्नेलगायत् छन्। यसैगरी राष्टिय हित प्रतिकूल रहेका सन्धि-सम्झौताको पुनरावलोकन गर्ने भूटानी नागरिकलाई ससम्मान स्वदेश फर्काउन प्रयत्न गर्ने नेपाललाई संघात्मक प्रणालीमा रुपान्तरण गर्ने स्थानीय निकायको निर्वाचन नभएसम्म राजनीतिक दलहरुको सहमतिका आधारमा सञ्चालनको अन्तरिम व्यवस्था गरिनेलगायत् छन्।
सहिदको परिभाषा, पहिचान र सम्मानका लागि एउटा उच्चस्तरीय आयोग गठन गर्ने, माओवादी लडाकुहरुको समायोजन तथा पुन:स्थापना र हतियार व्यवस्थापन गर्ने, शान्तिकालमा सेनालाई विकास निर्माणमा लगाइने, दण्डहीनता अन्त्य गर्ने, जमिनमा भूमिहीन तथा जोताहा किसानको पहुँच कायम गर्ने, रुग्ण उद्योगलाई पुन:सञ्चालन गर्न विशेष सुधारको नीति अवलम्बन गर्ने, लोडसेडिङ अन्त्य गर्ने जस्ता बुँदा पनि यो प्रस्तावमा उल्लेख छन्।
यसैगरी पूर्व-पश्चिम रेलमार्ग निर्माण र सञ्चालन, नयाँ अन्तर्राष्ट्रिय हवाइ अड्डा निर्माण जस्ता विषयलाई पनि यसमा समावेश गरिएको छ।

यसरी नै सरकार सञ्चालनको सामान्य विधि र मान्यता पनि प्रस्ताव गरिएको छ। जसमा सेना र प्रहरी जस्ता सुरक्षा निकायको सञ्चालन सरकारमा सहभागी दलहरुको सहमतिका आधारमा गर्ने, सम्बन्धित पार्टील पदबाट फिर्ता बोलाएको खण्डमा मन्त्रीले राजिनामा नदिए प्रधानमन्त्रीले स्वत: पदमुक्त गर्नुपर्ने, भ्रष्टाचार, अनियमितता जस्ता गलत काम भए र गरे/गराएमा सम्बन्धित मन्त्रालयले विषय हेरी अविलम्ब सार्वजनिकरुपमा स्पष्ट गर्नुपर्ने आदि छन्।
यसैगरी सोही कार्यक्रममा मन्त्रीहरुले पालना गर्नुपर्ने आचारस‌ंहिता पनि प्रस्ताव गरिएको छ। जसमा भनिएअनुसार मन्त्रीहरुले पदमा बहाल हुँदा र पदमुक्त हुँदा सम्पत्ति विवरण पेश गर्नुपर्ने, आफन्त वा परिवारका सदस्यका लागि कुनै किसिमको अनुचित र गैरकानुनी सुविधा उपलब्ध गराउन नहुने, कसैबाट पनि महंगा उपहार र आर्थिक लाभ लिन नहुने, अनावश्यक र औचित्यहीन महंगा भ्रमण कार्यक्रममा संलग्न नहुने, सम्बन्धित राजनीतिक दलबाट फिर्ता बोलाइएको अवस्थामा पदबाट राजिनामा गर्ने, कुनै पनि मनोनयन र नियुक्ति आग्रह वा पूर्वाग्रहबाट मुक्त रही सार्वजनिक हितअनुरुप निष्पक्षरुपमा गर्ने आदि छन्।

20090526

माओवादी जंगल जाउन् वा सहरी बिद्रोह गरुन्, नझुक माधव नेपाल माओवादी गलत कृयाकलाप सँग !

राजालाई दाम राखे होलान्, दरबारमा बिन्तीपत्र पनि चढाए होलान्, प्रधानमन्त्री हुनलाई माधवकुमार नेपालले। धेरै कुरा गरे हुनन् तर कुनै अमानवीय कार्य गरेको थाहा भएन। एक पुरोहितका राजनीतिज्ञ छोराले बेलाबखत आफ्नो सपना साकार हुने दिन आए भनेर केही फुर्ती पनि लाए होलान्, कुनै बेला दलमा आफ्नो वर्चश्व राख्न केही दायाँबायाँ पनि गरेनन् होला भन्न सकिन्न तर कसैलाई बन्दुक देखाएर वा अपहरण गरेर आफ्नो स्वार्थपूर्ति गरेको सुनिएको छैन।

पन्ध्रौं वर्ष एउटा ठूलो दलको शक्तिशाली महासचिव भएर बस्दा होस् वा एमालेको नौ महिने शासन कालमा उपप्रधानमन्त्रीको पदमा रहँदा होस्, कसैले पनि नेपाललाई घुस्याहा, फटाहा र जालसाज भनेर प्रमाणित गरेको याद भएन। यी ५६ वषीय वामपन्थी नेताले आफ्नो जीवन नै कम्युनिष्ट सिद्धान्तका लागि अर्पण गरे पनि बहुदलीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका पूरा गरेकै हुन्। नेपालले आफ्नो युथ फोर्सको कोठे सम्मेलनमा यो देशमा र्सवहाराको अधिनायकवाद ल्याउनुपर्छ भनेर फलाकेको भिडियो कुनै टेलिभिजन च्यानलमा कसैले हेन पाएका छैनन्।

यी नेपालका कथा नेपालीको जस्तै खुल्ला छ। यिनले स्याटेलाइटबाट बिजुली निर्यात गर्न सकिन्छ भनेर बचकना कुरा गरेकै हुन्, नौ महिने शासन कालमा सम्पूर्ण सरकारी संयन्त्रलाई एमालेकरण गर्ने गल्ती गरेकै हुन्, अनि मौका पाउनासाथ प्रतिगमन आधा सच्चियो भनेर राजाले नियुक्त गरेको सरकारमा आफ‌नो पार्टीलाई सामेल पनि गराएकै हुन्। २०४७ मा स्थापित प्रजातन्त्र र संविधानलाई यिनको दलले आलोचनात्मक र्समर्थन मात्र गरेको हो, २०५२ सालमा ९ महिने सरकारबाट निकालिंदा सर्वोच्च अदालतको विरुद्ध जुलुस पनि निकालेकै हुन्।

तर एमालेले कस्तो राजनीतिक धार लिन्छ, जनताको अधिकारका विषयलाई कसरी अगाडि लैजान्छ, बहुदलीय जनवादको भावनालाई कसरी आत्मसात् गर्छ भनेर मदन भण्डारीको मृत्युपछि देखिएको अन्योलमा धैय र जिम्मेवारीपूवक कार्य गरेर एमालेको लोकतान्त्रिक छवि बनाउने श्रेय माधव नेपाललाई नै जान्छ। साथै माओवादीलाई जंगलबाट शान्तिपूर्ण राजनीतिमा ल्याउन पनि उनको दलले र नेपाल आफैँले पनि कम महत्वपूर्ण जिम्मेवारी बहन गरेका थिएनन्।

गत वर्षसम्पन्न चुनावमा यिनको दल तेस्रो स्थानमा ओल्र्यो र उनी आफै पनि दुइदुइ ठाउँबाट चुनाव हारे। त्यसैले अहिले प्रधानमन्त्री बन्दा धेरैले जनताबाट तिरस्कृत भनेर नेपालको बदख्वाइँ गर्दैछन्। तर हारेको बेला नेपालले आफ्नो पदबाट राजिनामा दिएर छेउ लागेकै थिए। उनलाई माओवादी र अरू दलले नै बोलाएर देशको भविष्यमा दीघकालीन असर पार्ने संविधान निर्माण समितिको अध्यक्ष बनाएका हुन्। यस्तो महत्वपूर्ण पदमा बस्न चाहिँ हुने तर प्रधानमन्त्री बन्न नहुने भन्ने माओवादीको तर्क पनि बुझिनसक्नु नै छ। त्यसैले जनताको सर्वोच्चता स्थापना गर्ने बहानामा कम्युनिस्ट अधिनायकवाद ल्याउन चाहने दलका नेताले जति चर्को स्वरमा यिनको बदख्वाइँ गरे पनि तिनको भन्दा माधव नेपालको व्यक्तित्व अझै पनि अग्लो छ।

त्यसैले प्रधानमन्त्री माधव नेपाललाई विरोधीले के भन्छन् भनेर बस्ने बेला छैन। अहिलेको अवस्थामा प्रधानमन्त्रीको रूपमा उनको मुख्य जिम्मेवारी माओवादीलाई शान्ति भंग गर्न नदिने, तिनलाई जिम्मेवार राजनीतिक दलको रूपमा व्यवहार गराउने, देशमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी विधिको शासन स्थापना गर्ने, र संविधान निर्माणको क्रम अघि बढाउने हो।

विधिको शासनका लागि सक्षम, सबल र स्वच्छ व्यक्ति मन्त्रिपरिषद्मा राखिनु पर्छ। राष्ट्रिय सहमति भंग हुन्छ भनेर कमजोर गृहमन्त्री नियुक्त गर्ने हो, आफ्नै दलका महासचिवर् इश्वर पोखरेल माथि रामेछापमा हमला गर्नेलाई सजाय दिन नसक्ने हो, जुम्लामा नेपाली कांग्रेसको महासमिति सदस्यलाई अपहरण गरेर ज्यान लिने कार्यलाई राजनीतिक रंगमात्र दिने हो भने माधव नेपाल प्रधानमन्त्री हुनु वा वामदेव गौतम हुनुमा केही फरक हुँदैन।

माओवादी जंगल जाउन् वा सहरी व्रि्रोह गरुन्, जबसम्म तिनले जनताको बाँच्न पाउने अधिकारको इज्जत गर्न जान्दैनन्, जबसम्म कब्जा गरेको सम्पत्ति फिर्ता दिन सहमत हुँदैनन्, राजनीतिक विरोधीलाई विस्थापित गरिरहन्छन्, एक दलीय अधिनायकवादको सपना त्याग्दैनन् तबसम्म राष्ट्रिय सहमतिको लागि भनेर सम्झौता गर्नु भनेको केलाई लिस्ने जस्तै हुनेछ।

माओवादीले हरेक ठाउँमा आफ्ना विश्वासपात्र नियुक्त गरेर गएका छन्। त्यसैले अब जुनसुकै निहुँमा होस् काठमाडौंको फोहोर उठ्दैन, राजमार्ग बन्द भएर मट्टतिल, ग्यास र पेट्रोलको हाहाकार हुन्छ, यो वा त्यो बहानामा राजधानीका सडक प्रायः सधै बन्द हुन्छन्, सदन चलाउन सकिन्न, र जिल्ला जिल्लाबाट गैरमाओवादीलाई यातना दिने र विस्थापित गर्ने कार्य हुन्छ।

नौ महिना पहिले पनि एमालेका नेता माओवादीलाई परिवर्तन गर्ने बहानामा उनीहरुको गलत क्रियाकलापलाई बेवास्ता गर्दै मन्त्री पद थाप्न गएकै कारण माओवादीलाई लोकतान्त्रिक चरित्र आत्मसात् नगर्न सजिलो भएको हो। अब पनि राष्ट्रिय सहमति मात्रै भन्दै माओवादी शक्तिसंँग झुकेर देश चलाउने सजिलो बाटो खोज्ने हो भने उनीहरु फेरि शक्तिखोर शिविरमा पुष्पकमल दाहालले बोलेको लागु गर्न नै अगाडि बढ्नेछन्। त्यसैले यी समस्यासँंग जुध्नेबाहेक नेपालसँग अरु विकल्प छैन।

माधवकुमार नेपाल लोकतन्त्रको स्थापना गर्न पट्टी नलागी सजिलो बाटो खोज्न लागे भने उनी प्रधानमन्त्री हुनुको देश र प्रजातन्त्रको लागि केही अर्थ रहदैन। फेरि पनि गैरराजनीतिक, अमानवीय र गैरजिम्मेवार कार्य गर्नेकै बोलावाला हुन्छ र सिद्धान्तभन्दा हतियारको धारले जनताको भाग्यरेखा कोर्छ भने माओवादीलाई सरकारबाट ओराल्नुको कुनै अर्थ रहँदैन। यसै पनि नेपाल करिबकरिब राजनीतिबाट सन्यास लिने अवस्थामा पुगिसकेका हुन्। त्यसैले केही राम्रो गर्न चाहने हो भने अहिले उत्तम मौका छ। सही काम गर्दागर्दै निकालिनु पर्‍यो भने पनि जनताले त्यस्ता व्यक्ति वा दललाई उपयुक्त समयमा पक्कै पुरस्कृत गर्नेछन्।

हुनत, माधव नेपाल भारतका मनमोहन सिंहजस्तो बलियो प्रधानमन्त्री होइनन्। कांग्रेस, फोरम र अरू दलको कुरा त परैजाओस् उनले आफूले छानेर मन्त्री बनाउनसक्ने अवस्था उनको आफ्नै दलमा पनि छैन।। तर पनि उनको मन्त्रिपरिषद् कस्तो बन्छ त्यसले पनि उनको सरकारले जनताको र्समर्थन पाउने वा नपाउने कुरामा धेरै फरक पार्छ। पुरानै गन्हाएका व्यक्ति मन्त्रीका रूपमा आउने हो भने जस्तोसुकै ठूलो वाचा गरेपनि जनता पत्याउनेवाला छैनन्। भ्रष्टाचार गर्न पल्केका पुराना सिकारीले आफ्नो बानी छोड्नेछन् भनेर ठान्नु हास्यास्पद हुनेछ। त्यसैले नेपालले मन्त्री छान्ने प्रक्रियामा निकै ध्यान दिई सबै पार्टर्ीीट सही मान्छेमात्र लिने अडान राख्नुपर्छ। अहिलेको जनताको माग सरकारमा स्वच्छ छवि भएका, युवा नेताको नेतृत्व हो।

नेपालका लागि नेपालमा केही गरेर देखाउने मौका आएको छ। यसलाई उनले पूरा गर्न सके भने सम्पूर्ण नेपालीले सँधै सम्झनेछन्। होइन, कुनैपनि रूपमा आफ्नो पद जोगाउन सम्झौता मात्रै गर्ने हो भने उनको आगमनले पनि नेपालीलाई त्राण दिने अवस्था देखिँदैन। - प्रतीक प्रधान prateekp@gmail.com

राष्ट्रका नाममा प्रधानमन्त्रीको सन्देश

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
हामीले शान्त, समृद्ध, लोकतान्त्रिक र न्यायपूर्ण नेपालको सपना देख्यौँ र त्यसको प्राप्तिका लागि सम्पूर्ण नेपाली एक भएर निरङ्कुशतन्त्र विरुद्ध संघर्षमा रगत बगायौँ। हामीहरूमध्ये अनगिन्तीले यस पवित्र उद्देश्यका लागि आफूलाई बलिदान गर्‍यौं, कैयौं हामीहरू आन्दोलनको मैदानमा घाइते भयौं। यस क्रममा हराएका हाम्रा कैयौं प्रियजनहरू कहाँ हुनुहुन्छ- हामी अझै पनि बेखबर छौं। लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रूपमा यहाँहरूलाई सम्बोधन गरिरहँदा मेरो मानसपटलमा ती आदरणीय योद्धाहरूको आदर्श प्रतिविम्वित भइरहेको छ। म आफ्नो अमूल्य जीवन उर्त्र्सग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु। घाइते योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु। वेपत्ता, विस्थापित र द्वन्द्वपीडित परिवारका अकल्पनीय पीडामा आफूलाई पनि सामेल गराउँछु।

म आफ्नो पहिलो सम्बोधन नेपाली जनताद्वारा निर्वाचित र्सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका-संसदभित्र गर्न चाहन्थेँ। तर, सरकारले पूर्णता नपाइसकेको र अन्य दलहरूसँग नीति तथा कार्यक्रमलगायतका विषयहरूमा अझै छलफल चलिरहेको अवस्थालाई ध्यानमा राख्दै नेपाली जनता समक्ष आफ्ना विचारहरू राख्न चाहेको हुँ।

संघर्षका लामा, कठीन र ऐतिहासिक चरणहरू पार गर्दै नेपाल नयाँ युगमा प्रवेश गरेको छ। सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। हिंसा र प्रतिहिंसाको पीडापूर्ण शृङ्खला अन्त्य गर्दै हामी शान्तिको मार्गमा अघि बढेका छौं। पहिलो चोटी र्सार्वभौमसत्ता सम्पन्न नेपाली जनता आफ्नो संविधान आफैले निर्माण गर्न संविधानसभा गठन गर्न सफल भएका छौँ। हामीले गठन गरेको संविधानसभा समावेशीकरणका दृष्टिले अनुपम छ। महिला, आदिवासी-जनजाति, मधेसी, थारु, दलित, मुस्लिम, पछाडि पारिएका क्षेत्रका जनतालगायत नेपाली जनताले विगतमा गरेका आन्दोलनमा विभेदकारी राज्यसंरचनाको अन्त्य गर्दै सङ्घीय, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने इच्छा प्रकट भएको छ। विगतका सरकारले विभिन्न पक्षसँग गरेका सहमति र सम्झौतालाई मैले नयाँ नेपाल निर्माणको आधारका रूपमा लिएको छु। म जोड दिएर भन्न चाहन्छु- अहिलेसम्म हामीले जे जति उपलव्धिहरू प्राप्त गरेका छौंँ, यो तपाई हाम्रो साझा मिहिनेतको प्रतिफल हो। भविष्यप्रतिको हाम्रो आशाको आधार पनि यही नै हो।

न्यायप्रेमी जनसमुदाय,

नयाँ युग निर्माणका निम्ति कर्ीर्तिमानी योगदान गर्नुहुने तपाईहरू सबैलाई म हार्दिक अभिनन्दन गर्दछु।

ऐतिहासिक जनआन्दोलनको सफलतापश्चात् हामीले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएका थियौँ। सङ्क्रमणको अत्यन्त जटिल र असहज मोडमा शान्ति स्थापना, संविधानसभा निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। म उहाँप्रति हार्दिक आभार प्रकट गर्दछु।

सविधानसभाबाट गणतन्त्रको कार्यान्वयन गरिएपछि त्यसको संस्थागत विकासका लागि महत्वपूर्ण आधारशीला निर्माण गर्नु अर्को चुनौतीपूर्ण काम थियो। राष्ट्रपतिको निर्वाचनपछि जीत-हारको असहज परिस्थितिका बीचमा पनि मेरो दलले संविधानसभाको जनादेशलाई हृदयङ्गम गर्दै नेकपा (माओवादी) लाई नेतृत्वको जिम्मेवारी दिन पहल गरेको थियो। निवर्तमान प्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले झन्डै नौ महिना उक्त जिम्मेवारी निर्वाह गर्नुभयो। म उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। मेरो नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका सकारात्मक कामहरूलाई उत्तराधिकारमा लिँदै अगाडि बढ्नेछ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवज्यूले राष्ट्रिय एकता, अखण्डता र संविधानको संरक्षणका लागि अभिभावकीय भूमिका खेलिरहनुभएको छ। म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

मुलुकले गम्भीर चुनौती सामना गरिरहेको यस घडीमा प्रधानमन्त्रीको जिम्मेवारी बहन गर्नका लागि ममाथि विश्वास सुम्पिनु हुने सबै राजनीतिक दलका नेताहरू, राजनीतिक दलहरू र माननीय सभासद्हरूप्रति म कृतज्ञ छु। मलाई थाहा छ- नयाँ सरकारको आगामी बाटो सहज छैन। तर, जब म विगतमा परस्पर निषेधकारी सम्बन्ध रहेका हामीले दिगो शान्तिको खोजीमा ज्यान हत्केलामा राखेर तय गरेको मुलुकभित्र र बाहिरका कष्टपूर्ण यात्रा सम्झिन्छु, लोकतन्त्र स्थापनाका निम्ति संयुक्त शान्तिपूर्ण आन्दोलनमा हामी सबै एक भएको कुरा सम्झिन्छु र टुट्न लागेका वार्ता र समझदारीको धागोलाई जोड्न सफल भएका अनेकौं पलहरू सम्झिन्छु। मलाई लाग्छ, आजका चुनौतीका पहाडहरू तिनका तुलनामा निकै होचा छन्। मेरो दृढ विश्वास छ- जस्तोसुकै प्रतिकूलतालाई पनि अनुकूलतामा बदल्दै हामी युगले सुम्पेका ऐतिहासिक अभिभाराहरू पूरा गर्न सफल हुनेछौँ।

संविधान निर्माण यतिबेला हामी सबैको र्सवाधिक महत्वको अभिभारा हो। जनताले राम्रो मात्र होइन, 'हाम्रो' पनि भन्न पाउने गरी एक बर्षभत्र संविधान निर्माण गर्नु चुनौतीपूर्ण अवश्य छ। तर, असम्भव छैन। राज्यको सङ्घीय र समावेशी संरचना, शासकीय स्वरूप, राज्यका सामाजिक-आर्थिक-सांस्कृतिक चरित्र जस्ता महत्वपूर्ण विषयमा रहेका विविध मान्यताबाट सहमतिका आधार पहिल्याउन सरकारले कुनै कसर राख्ने छैन। सहमति, सहकार्य र सहयात्राका विगतका दिनहरूका अनुभवका आधारमा हामी पुनः एकतावद्ध भएर अघि बढ्न र्समर्थ हुनेछौँ। राजनीतिक विवादका वीचमा पनि विना कुनै अवरोध हामीले संविधान निर्माणको कामलाई निरन्तरता दिन सकेका छौँ। आगामी दिनमा पनि संविधानसभा सदस्य र राजनीतिक दलहरूका तर्फाट यसरी नै संविधान निर्माणको काममा सकारात्मक योगदान रहने कुरामा म विश्वस्त छु। म यहाँहरू सबैलाई आश्वस्त तुल्याउन चाहन्छु- हामी निर्धारित समयभित्रै नयाँ संविधान निर्माण गर्नेछौँ।

बाह्र बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता हुँदै अगाडि बढेको शान्ति प्रक्रियाले महत्वपूर्ण सफलता प्राप्त गरेको छ। तर पनि, यसलाई पूर्णता दिन अझै धेरै गर्न बाँकी छ। पछिल्ला दिनमा देखा परेका असमझदारीले नेपालको शान्ति प्रक्रियालाई खल्बलाउने पो हो कि भन्ने आशङ्का पैदा भएको छ। सङ्क्रमणकाल लम्बिदै जाँदा नेपाली जनताले अकल्पनीय पीडाको अनुभूति गर्नु परिरहेको छ। तर, म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु- नेपाली आकाशमा देखा परेका काला बादल छिट्टै हटेर जानेछन्। नेपाली सेनाले लोकतान्त्रिक परिवर्तन र गणतन्त्रलाई आत्मसात गरी खेलेको सकारात्मक भूमिकाको म प्रशंसा गर्दछु। शान्ति प्रक्रियाको प्रत्येक चरणमा नेपाली सेनाको संवेदनशीलताप्रति सरकार सचेत रहनेछ। सेना समायोजन विशेष समिति मातहत रहेका माओवादी सेनाका लडाकुका संवेदनशीलतालाई आत्मसात गर्दै रेखदेख, पुनर्स्थापना र समायोजन मार्फ् उनीहरूको भविष्यलाई सुनिश्चित गर्ने दायित्व सरकारले गम्भीरतापूवक बहन गर्नेछ।

हिंसा र प्रतिहिंसाले सिर्जना गरेका घाउहरू पुर्दै समाजमा नयाँ स्तरको एकता र मेलमिलाप निर्माण गरिनेछ। विस्थापित र द्वन्द्वको पीडा भोगिरहनुभएका आदरणीय जनसमुदायहरू ∕ ढुक्क हुनुहोस्, राज्यले तपाईंहरूलाई न्याय दिनेछ।

राजनीतिक उद्देश्यका निम्ति हिंसाको प्रयोग र अपराधको राजनीतिकरण हाम्रा सामु गम्भीर चुनौती बनेको छ। मध्यतर्राई र पूर्वी पहाडी भेकमा देखिएका हिंसात्मक गतिविधिले त्यहाँकै जनजीवन कष्टप्रद वनेको छ। जसको हितका लागि हिंसाको सहारा लिइएको दावी गरिएको छ, उनीहरू नै पीडित रहेको तथ्यलाई मनन गर्न म सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछु। जनताको शान्तिपूर्ण आन्दोलनबाट बिराट राजनीतिक परिवर्तन गर्न सफल निकट अतीतको स्मरण गराउँदै म सबै पक्षलाई अनुरोध गर्न चाहन्छु- आफ्ना माग पर्ूर्तिका लागि हिंसाको सहारा लिनु बिल्कुलै उचित छैन। वार्ताबाटै समस्याको समाधान खोज्न सकिन्छ। सरकार यसका लागि हदैसम्म लचिलो भएर प्रस्तुत हुनेछ। तर, नागरिक सुरक्षाका प्रश्नमा सरकारले कुनै अनुचित सम्झौता गर्ने छैन।

विगतमा राज्यले विभिन्न समूहहरुसँग गरेका सहमति र समझदारीहरुलाई दलहरुबीच समन्वय गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ।

आदरणीय जनसमुदाय,

इतिहासले हामीलाई विभेदकारी र केन्द्रीकृत राज्यसंरचना दिएको छ। हामी यसलाई रूपान्तरण गर्न लागेका छौँ। त्यसैले सबै खाले वर्गीय, जातीय, लैङ्िगक, क्षेत्रीय र सांस्कृतिक विभेदको अन्त्य र सामाजिक न्यायले युक्त, समावेशी, सङ्घीय र लोकतान्त्रिक नेपालको निर्माण यतिबेला हाम्रो मुख्य कार्यसूची बनेको छ। राज्यको अग्रगामी पर्ुनर्संरचनाको अर्थ समाजको विविधतालाई राज्यमा प्रतिबिम्बित गर्नु हो, नेपालको नयाँ र लोकतान्त्रिक परिभाषा निर्माण गर्नु हो। तर, आफ्नो पहिचान स्थापना गर्न खोज्दा अरूको पहिचानलाई नामेट या अवमूल्यन गर्नु उचित हुँदैन। त्यसैले मेरो विनम्र आग्रह छ- समग्र राष्ट्रको हितलाई ध्यानमा राखेर पहिचान, पहुँच र प्रतिनिधित्वको विषयलाई नयाँ नेपाल निर्माणको आधारका रूपमा स्थापित गरौँ। हाम्रो सामाजिक-सांस्कृतिक विविधतालाई सम्मान र संरक्षण गर्दै राष्ट्रिय एकतालाई अझ बलियो पारौँ र उन्नत नेपालको निर्माण गरौँ।

नेपाली जनताको महानता, सौर्य र त्यागका लागि 'धन्यवाद' भनेर मात्र पुग्दैन भन्ने मैले राम्रोसँग बुझेको छु। गणतन्त्र र शान्ति प्रक्रियाको लाभांश जनताको घरआँगनसम्म पुग्न सकेन भने यसप्रति जनताको अपनत्व स्थापित हुन सक्दैन र जनताले आफ्नो ठान्न नसकेको राजनीतिक प्रणाली वा प्रक्रिया दर्ीघजीवी हुनसक्दैन भन्ने तथ्यप्रति पनि म सजग छु। राजनीतिक परिवर्तनपछिको समयमा देखिएको अराजकता, असुरक्षा, वढ्दो दण्डहीनता, छाडा र अनियन्त्रित वजारका कारणले आम नेपाली जनताले निकै ठूलो कष्टको सामना गर्नु परिरहेको तथ्यप्रति मेरो गम्भीर ध्यान गएको छ। त्यसैले म आश्वस्त पार्न चाहन्छु- सरकारले जनतालाई अनुभूत हुने गरी राहत र सुधारका तात्कालिक कार्यक्रम अगाडि बढाउनेछ। हामीसँग सामाजिक आर्थिक रूपान्तरणका कार्यक्रमहरू छन्, जसलाई कार्यान्वयन गर्न सरकार गम्भीरतापूवक लाग्नेछ। श्रमजीवी,, सीमान्तीकृत र विपन्न वर्गको हित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी अभियान सञ्चालन गर्नेछ।

युवाहरू बेरोजगारीबाट आक्रान्त छन्। सुकुम्वासीहरू घरवारविहीन हुनुको पीडामा छन्। मुक्त घोषणा गरिए पनि कमैयाहरूको पुनःस्थापना हुन सकेको छैन। दलितहरूमाथि अहिले पनि अमानवीय व्यवहार कायमै छ। महिला हिंसामा कमी आएको छैन। बाढी-पहिरो पीडितहरुले उचित राहत पाउन सकेका छैनन्। शारीरिक रुपमा अपाङ्ग नागरिकहरुका पनि उस्तै समस्या छन्। यीलगायतका ज्वलन्त सामाजिक समस्याहरूप्रति म पूर्ण रूपमा संवेदनशील र सचेत छु। यी समस्या समाधान गर्नेतर्फमैले पर्याप्त ध्यान केन्द्रित गर्नेछु।

लोकतन्त्रमा राजनीति भनेको प्रतिष्पर्धा र पहलकदमीवाट नेतृत्व लिने कुरा हो। यो विवाद, सम्वाद र सहमतिका आधारमा सहकार्यको दिशामा अघि वढ्ने प्रक्रिया पनि हो। यही प्रक्रियाबाट नै राजनीतिक दलहरूका बीचमा उच्चस्तरको समझदारी निर्माण गर्न सकिन्छ। सहकार्य र एकताबाट मात्रै चुनौतीका पहाडहरूलाई छिचोल्दै गन्तव्यमा पुग्न सकिन्छ। यही मान्यतामा उभिएर मेरो दलले विगतदेखि नै आफूलाई राष्ट्रिय सहमतिका पक्षमा र कुनै पनि रूपको धु्रवीकरणका विपक्षमा उभ्याउँदै आएको हो। आज त्यस मान्यताको सहीपना झन् टड्कारो गरी पुष्टि भएको छ। त्यसैले राष्ट्रिय सहमति नयाँ सरकारको पहिलो प्राथमिकता हुनेछ। यसको कार्यसम्पादनको मुख्य आधार पनि यही हुनेछ। म एकीकृत नेकपा (माओवादी) लगायतका दलहरूलाई परिस्थितिजन्य परिघटनाका रूपमा देखा परेका असमझदारी र तिक्तताबाट माथि उठेर राष्ट्रिय सहमतिका आधार निर्माण गर्न नयाँ अग्रसरताका साथ अघि बढ्न हार्दिक अपिल गर्दछु। यसका लागि सरकार आफ्नो तर्फाट आवश्यक सबै प्रक्रिया र कामहरू अघि बढाउन तत्पर रहने कुरामा विश्वास दिलाउँछु।

लोकतन्त्र, कसैका लागि 'प्रयोग' वा 'उपयोग' गरेर कुनै पनि प्रकारको अधिनायकवादी शासन शैलीमा फड्को मार्ने खुड्किलो होइन। लोकको चाहना र इच्छा अनुसार राजनीतिक दल र नेताहरूले आफूलाई रूपान्तरण गर्दै र देशको नेतृत्व गर्न योग्य सावित गर्दै लैजाने अवसर एवम् विधि हो- लोकतन्त्र। एक बन्दुकका विरुद्ध अर्को बन्दुकको प्रयोग, हिंसाका विरुद्ध प्रतिहिंसा, सैनिक बर्दीमा होस् वा सादा पोशाकमा थोपरिने कुनै पनि प्रकारको अधिनायकवाद लोकतन्त्र वा नागरिक सर्वोच्चता हुन सक्दैन। न त कार्यकारीको स्वेच्छाचारिता नै नागरिक सर्वोच्चता हुनसक्छ। लोकतन्त्र त विधिद्वारा निर्देशित तथा 'नियन्त्रण र सन्तुलनमा' आधारित प्रणाली हो। यसको आफूलाई पायक पर्ने व्याख्या हुन सक्दैन। सामाजिक रूपान्तरण शान्तिपूर्ण ढङ्गले सम्भव छ भन्ने मान्यताको प्रतिनिधिका हैसियतले म यो विश्वास दिलाउन चाहन्छु- नयाँ सरकारको स्थापनाको आधार नागरिक सर्वोच्चता नै हो। यो सरकार नागरिक सर्वोच्चताको प्रतीक हो, जसको निर्माण जनताद्वारा निर्वाचित व्यवस्थापिका-संसद्बाट भएको छ। नागरिक सर्वोच्चताप्रति यो सरकारको प्रतिबद्धता अटल रहनेछ।

नेपाल राष्ट्र कहिल्यै पराधीन रहेन। तर, नेपालको सत्ताकेन्द्रमा द्वन्द्व चर्केका बेला वा आन्तरिक राजनीतिक शक्तिहरू विभाजित भएको बेला हाम्रो स्वतन्त्र अस्मिता, निर्णय क्षमता र अधिकारलाई कुण्ठित पार्न खोजिएको इतिहास छ। पूर्खाहरूले हामीलाई सिकाएका छन्- 'आफ्नो थैलीको मुख बलियो गरी बाँध, अरूलाई दोष नदेऊ।' यही शिक्षालाई आत्मसात गर्दै हामी एकजुट भएर आफ्नो देशको सुरक्षा, स्वार्थ र स्वाभिमानको रक्षा गर्न सक्छौं। राष्ट्रवाद र विदेशी हस्तक्षेपको विषयलाई पनि आफ्नो निहित स्वार्थमा आधारित वनाएर व्याख्या गर्नु हुँदैन, अनि यसलाई हामीले राजनीतिक दाउपेचको विषय बनाउनै हुँदैन। नेपालको राष्ट्रिय हित, र्सार्वभौमसत्ता, स्वतन्त्र अस्मिता, भौगोलिक अखण्डता, र स्वाभिमानमा ठेस लाग्ने कुनै पनि काम वर्तमान सरकारले गर्नेछैन। राष्ट्रिय हितको संरक्षण र सर्म्बर्द्धन मेरो पहिलो दायित्व हुनेछ। राष्ट्रिय हितका प्रत्येक विषयमा एकताबद्ध हुन सबै राजनीतिक दललाई म हार्दिक अनुरोध गर्दछु।

नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति र समृद्धिका लागि मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायको निरन्तर साथ र ऐक्यवद्धताबाट हामी लाभान्वित हुँदै आएका छौं। म नेपाली जनताको तर्फाट उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। हामी छिमेकी मुलुकहरू र अन्तर्राष्ट्रिय समुदायसँग मित्रवत्, हार्दिक र सम्मानपूर्ण सम्बन्धलाई अझ विकसित गर्न चाहन्छौँ।

अहिले तपाईंहरूका सामु गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्रीका रूपमा खडा भएको म माधवकुमार नेपाल, तपाईहरू जस्तै एक नेपाली नागरिक हुँ। मेरो पनि अरूको जस्तै सफलतामा खुशी साटासाट गर्ने र दुःखका बेला आँशु बहाई आफूलाई हल्का बनाउने मन छ। आम नेपाली नेताजस्तै मेरो भागमा पनि कहिले विजयश्री र कहिले पराजय परेको छ। जुनसुकै अवस्थामा पनि राष्ट्र र जनताले आवश्यक ठानेको समयमा मेरो सामर्थ्यको अधिकतम लगानी गर्दै आएको तथ्य यहाँहरूलाई अवगतै छ। म न विषवृक्ष हुँ, न त कल्पवृक्ष नै। तर, म त्यस्तो एउटा वृक्ष बन्न चाहन्छु, जसले नेपाली जनतालाई सकेसम्म मीठो फल दिन प्रयत्न गर्नेछ, नसके बाटो हिँड्ने बटुवालाई छहारीसम्म अवश्य दिनेछ। मेरा निम्ति राजनीति कहिल्यै पनि छलकपट, षडयन्त्र या दाउपेचको बिषय रहेन। राजनीतिमा दोहोरो मापदण्डलाई मैले सधैँ घृणा गरेको छु। राजनीतिलाई जहिले पनि राष्ट्र र जनताको सर्वोत्तम हित गर्ने एउटा महत्वपूर्ण माध्यमका रूपमा मैले लिँदै आएको छु। एउटा खुल्ला किताबको पाना जस्तै तपाईँहरूका सामु उभिएको यो माधवकुमार नेपाल प्रधानमन्त्रीका रूपमा आफ्नो क्षमताको पल्लै छेउसम्म हाम्रो प्यारो राष्ट्र नेपाल, हामी जनता र हाम्रो उज्ज्वल भविष्य र साझा समृद्धिका लागि समर्पित हुनेछ।

दिदीबहिनी तथा दाजुभाइहरू

म पुनः जोड दिएर भन्न चाहन्छु- शान्ति प्रक्रिया अहिले पनि अधुरै छ। त्यसमा अनेकौँ प्रकारका जटिलता देखा परेका छन्। हामीले संयुक्त रूपमा यहाँसम्म ल्याइपुर्‍याएको शान्ति प्रक्रियालाई मिलेरै टुङ्गोमा पुर्‍याउनर्ुपर्छ। बाह्रवुदे सहमतिदेखि हामीले आरम्भ गरेको सहमति,, सहकार्य र एकताको यात्रालाई विश्राम लगाउने समय यो होइन। म एकीकृत नेकपा (माओवादी) का मित्रहरूलाई टाढा होइन, सँगै बसेर एक-अर्काका कुरा सुन्न र बुझ्न आह्वान गर्दछु। सँगै बसेर कुरा गर्ने हो भने कटुतालाई पनि हार्दिकतामा परिणत गर्न सकिन्छ। हिजो मेरो दल राष्ट्रपति निर्वाचनका सर्न्दर्भमा पाएको धोकाका वावजुद राष्ट्र र जनताप्रतिको दायित्ववोधलाई आत्मसात गर्दै एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा सरकार गठन गर्न सहयोगी बनेको हो र सरकारमा सहभागी पनि भएको हो। अहिले परिस्थितिजन्य कारणले एकीकृत नेकपा (माओवादी) का अध्यक्षले प्रधानमन्त्रीवाट राजीनामा दिनुपरे पनि सहमति र सहकार्यको यात्रालाई विराम लगाउनुपर्ने अवस्था होइन। तर्सथ, म नेपालको शान्ति प्रक्रिया अघि वढाउन एकीकृत नेकपा (माओवादी) लाई वर्तमान सरकारमा सामेल भएर सहयोग गर्न आग्रह गर्दछु।

अन्त्यमा, सपना नदेख्ने कुनै पनि राष्ट्र, संस्था वा नेताले प्रगति गर्न सक्दैन। मेरो पनि एउटा सपना छ- लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल बनाउने। यो सपना तपाई हामी सबैको साझा सपना हो। यो सपना पूरा गर्न पार गर्नुपर्ने लामो यात्राबारे म सचेत छु। मेरो आग्रह छ- आउनुहोस्, लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल निर्माणको यो साझा सपना हामी सबै मिलेरै साकार पारौँ।

धन्यवाद।


माधवकुमार नेपाल, प्रधानमन्त्री

१२ जेठ, २०६६



जग्गा कब्जा गर्ने मा‌ओवादी घोषणा

नेकपा माओवादीले व्यक्तिको बाँझो जग्गामा खेती गर्ने घोषणा गरेको छ । माओवादीको भातृ संगठन अखिल नेपाल किसान संघ (२००७) को मंगलबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले खेती नै नगरि बाँझो छाड्नेहरुको जग्गामा सामुहिक खेती गर्ने निर्णय गरेको हो ।
सचिवालयले 'जमिनमा अनुपस्थित भूमाफियाको बाँझो जग्गामा समुहिक खेती गरि पीडित जनतालाई अन्न वितरण गर्ने' निर्णय गरेको छ । त्यसैगरी श्रमिक किसान ज्यालामा ठग्नेलाई कारवाही गर्न स्थापना गरिएको स्वयम सेवक दललाई सक्रिय पार्ने निर्णय गरेको छ ।
संघले कुखुरा तथा त्यसको अण्डा र धूलो दूधको निर्वाधरुपमा नेपालमा भित्रिदा नेपाली किसान संकटमा परेका बताउँदै त्यस्ता वस्तुहरु रोक्ने भएको छ। यसका लागि सरकारलाई ध्यानाकर्षण गराएर नाका नाकामा गरी रोक्ने निर्णय गरेको छ। सो संघले नेपालमै पर्याप्त मात्रामा उत्पादन भएकाले नेपाली उत्पादनले बजार नपाउने तर विदेशी उत्पादनलाई प्रश्रय दिइएकाले रोक्ने जनाएको हो ।
असोजसम्मका संघर्ष विभिन्न कार्यक्रम कार्यक्रम सार्वजनिक गर्दै सो संघले असोज ७ गते उपत्यका तथा असोज २ गते थारुहट, २९ गते भोजपुरा र मिथिला राज्यको बन्दको घोषणा गरेको छ । संघले भदौ २४ गते देशभरी नै एक घण्टा चक्का जाम गर्ने बताएको छ।

माओवादी निर्णय बदर गर्न सर्वोच्चमा रिट

माओवादी सरकारले अल्पमतमा परिसकेपछि दीर्घकालिन असर पर्ने गरी भएका ३८ निर्णय बदर गर्न सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरिएको छ। अल्पमतमा परिसकेको सरकारले महत्वपूर्ण निर्णय गर्न नहुने भनी ती निर्णय बदर गर्न माग राखी अधिवक्ताद्वय दिनेशराज सत्याल युवक कुमार गौतम र मार्गदर्शन खवरपत्रिकाको प्रधान सम्पादक दिपक पाठकले रिट दायर गरेका हुन्। रिटमा विश्वास नै नभएको सरकारले जाँदाजाँदै गरेको निर्णय लागु नगर्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ। सरकारले सशस्त्र प्रहरी प्रमुख राष्ट्रिय अनुसन्धान विभागका निर्देशक नियुक्त गर्ने निजामति सेवामा २० वर्ष सेवा अवधि र ५० वर्ष उमेर पुरा भएकालाई स्वेच्छिक अवकाशको योजना ल्याउने कर्मचारी सरुवा बढुवा गर्ने आपराधि मुद्दा फिर्ता लिने माओवादी अस्पताललाई एक करोड अनुदान दिने लगायतको ३८ निर्णय गरेको थियो। बाहिरिने बेलाको सरकारले उद्योग व्यापार अस्पताल प्रहरीप्रशासनलगायतका क्षेत्रलाई प्रभाव पार्ने निर्णय गरी नागरिक सर्वोच्चताको उपहास गरेको र यस्तो परम्पराले विधिको शासनलाई परवाह नगरेको रिटमा उल्लेख छ। माओवादीका मात्र मन्त्री सहभागि बैठकले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन र मन्त्रीपरिषद्को निर्णय अनुसार नियुक्त भएका व्यक्तिलाई पनि कुनै काम गर्न नदिन आदेश जारीको माग गरिएको छ। मन्त्रीपरिषद्ले गत वैशाख २० मा प्रधानसेनापति रुक्मांगत कट्वाललाई हटाउने निर्णय गरेपछि त्यसमा असहमति जनाई सत्ता साझेदार दलले नै समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । त्यसको भोलीपल्ट सरकार छोडेकै दिन माओवादी मन्त्रीमात्र सहभागि बैठकले ती निर्णय गरेको थियो।

20090524

तीन जनाको मन्त्रिमण्डल, अरु छिट्टै थपिने

नवनिर्वाचित प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार बिहान ११ बजेर पाँच मिनेट जाँदा राष्ट्रपति रामवरण यादवसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्। नेपालले सोमबार नै अर्थमन्त्री सुरेन्द्र पान्डे र रक्षा मन्त्री विद्या भन्डारीलाई सपथ गराए। दौरा सुरुवाल र भादगाउँले कालोटोपीमा शितलनिवास पुगेका नेपालले नेपाली भाषामा सपथ लिएका थिए। राष्ट्रपति यादवले ईश्वरको नाममा सपथ ग्रहण गराउन खोजेका थिए। तर, नेपालले ईश्वरको नाममा भन्ने शब्द छाडेर अन्य शब्दमात्र सपथ लिएका थिए। नेपालको अन्तरिम स‌विधानमा ईश्वर वा जनताको नाममा सपथ लिन पाइन्छ। यसअगाडि एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको नाममा सपथ लिएका थिए। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँगै प्रधानमन्त्री नेपालका ९० वर्षीय बुबा मंगलकुमार उपाध्यायले पनि शितलनिवासमा नै बधाइ दिए। पूर्व प्रधानमन्त्री दाहाल अनुपस्थित भए पनि माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरासहितका नेताहरु सपथ ग्रहण कार्यक्रममा थिए।
नेपाली कांग्रेसले भने मन्त्रीका लागि सोमबार कसैको पनि नाम पठाएन। कांग्रेसका केन्द्रीय नेताहरु सोमबार बिहान सभापति गिरिजाप्रसाद कोइराला निवासमा छलफल गरे पछि नाम नपठाउने सहमति भएको हो। कांग्रेसले एमालेकै केही मन्त्रीहरु राखेर काम गर्न प्रधानमन्त्री नेपाललाई सुझाव पठाएको थियो। प्रधानमन्त्री नेपालले नेपाली कांग्रेससँग पनि पहिलो चरणका लागि मन्त्रीको नाम पठाइदिन अनुरोध गरेका थिए। कांग्रेस महामन्त्री विमलेन्द्र निधिले सरकारका साझा सहमतिका कार्यक्रम, आचारसंहिता, सरकार संचालनका लागि बनाइने संयन्त्र, मन्त्रालय वितरणलगायतका कार्य सकिएपछि मात्र कांग्रेसले मन्त्रिपरिषद्‍मा जाने सदस्यहरुको नामावली सार्वजनिक गर्ने निर्णय भएको बताए। यसैबीच सरकार सञ्चालनको संयन्त्र तथा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा नेपाली कांग्रेस तथा एमाले नेताहरुबीच छिट्टै छलफल हुने भएको छ। सपथ ग्रहण कार्यक्रममा भाग लिन प्रमुख दलका नेता, सभासद्, विदेशी कूटनीतिक नियोगका पदाधिकारीलाई शितल निवास पुगेका थिए। प्रधानमन्त्री नेपाल सपथ ग्रहणपछि लैनचौरस्थित शहीद पार्कमा गई शहीदहरुप्रति श्रद्धान्जली अर्पण गरे। त्यसपछि प्रधानमन्त्री नेपालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गई पदभार गरे।
रक्षामन्त्री विद्यादेवी भण्डारीले राष्ट्रिय एकता अखण्डता र सार्वभौमिकताको रक्षाका लागि आफूले कसैसँग सम्झौता नगर्ने बताएकी छिन्। नेपाली सेना मुलुकको एकमात्र राष्ट्रिय सेना भएको उनले बताइन्। सोमबार रक्षा मन्त्रालयको कार्यभार सम्हाल्दै नेपालको राजनीतिक इतिहासमा पहिलो पटक महिला रक्षामन्त्री भएकी भण्डारीले राष्ट्रिय एकता अखण्डता र सार्वभौमिकताको रक्षाका लागि नेपाली सेनाले पुर्याएको योगदानको उच्च प्रशंसा गरिन्।
यसैगरी नवनियुक्त अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि सोमबारै कार्यभार सम्हालेका छन्। सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले पूँजिगत खर्च गर्ने तर्फ आफूले ध्यान दिने बताए। पूर्व अर्थमन्त्री बाबुराम भट्टराईले गरेको राजस्व संकलनको उनले प्रश‌सा गर्दै धन्यवाद दिए।
प्रधानमन्त्री माधवकुमार नेपालले हालको मन्त्रिमन्डल तत्कालका लागि मात्र भएको र विभिन्न पार्टी सरकारमा सहभागी भइसकेपछि उनीहरुको कार्यभार समेत परिवर्तन हुनसक्ने बताएका छन्।

नव राष्ट्रिय गान

सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली
सार्वभौम भई फैलिएका YCL र माओवादी ।

बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल
जो कोहि वादी आए पनि भारतकै दलाल ।

कान्ति छैन शान्ति छैन अभावै छ केवल
नेपालीपन बाँकि छैन नामको मात्रै नेपाल ।

गुटवन्दी र फुटवन्दी छ समस्या छन् विशाल
प्रतिगामि राष्ट्र हाम्रो कठै विचरा नेपाल !!!
- email from shivalamichhane


स्थानीय निकाय आफैं गठन गर्ने धम्की

पूर्व अर्थमन्त्री एवम् माओवादी नेता बाबुराम भट्टराईले स्थानीय निकाय छिटै गठन गर्न सरकारलाई सुझाव दिएका छन्। सरकारले नगरे आफैं गठन गर्ने पनि भट्टराइले बताए। स्थानीय निकाय गठन गरेर विकास निर्माणका काम अघि बढाउने पनि उनले बताए। यसअघि एमालेले स्थानीय निकाय गठन गर्न अवरोध गरेको आरोप लगाउँदै संविधानसभा चुनावमा दलहरुले पाएको मतका आधारमा स्थानीय निकाय गठन गर्नुपर्ने माग पनि उनले गरे ।
'एमालेले रोकेकाले स्थानीय निकाय गठन हुन सकेन गत वर्षको चुनावको समानुपातिक मतका आधारमा स्थानीय निकाय गठन नगरिए बाध्य भएर माओवादीले आफ्नै पहलमा जनभेला गरेर स्थानीय सत्ता गठन गरी विकास निर्माणका काम गर्छौं', जनसंचार अभियानद्वारा सोमबार राजधानीमा आयोजित जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघको राष्टिय सम्मेलन समापनलाई सम्बोधन गर्दै नेता भट्टराईले भने- यो कठपुतली सरकारलाई चुनौती हो।
माओवादीले यसअघि चलाएको 'जनसत्ता चलाउन थालेको त होइन' भन्ने प्रश्नमा त्यस्तो नभएको दाबी उनले गरे। सरकारमा जानुअघिसम्म माओवादीले केन्द्रीय स्तरमा बाबुराम भट्टराईको अध्यक्षतामा क्रान्तिकारी जनपरिषद् गठन गरेको थियो । स्थानीय र जिल्ला जनसरकार पहिले नै विघटन गरे पनि क्रान्तिकारी जनपरिषद् भने संविधानसभा चुनावपछि मात्र विघटन गरेको थियो।
उनले आफू अर्थमन्त्री हुँदा ल्याएको स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै सरकारले कार्यान्वयन नगरे आफ्नै पहलमा अघि बढाउने बताए।
माओवादीले एमाले नेतृत्वको सरकारलाई वैधता नदिए पनि सामान्य शिष्टाचार निभाउन मात्र प्रधानमन्त्री माधवकुमार नेपाल सपथ ग्रहण गर्ने समारोहमा माओवादी मध्यमस्तरका नेता पठाएको प्रतिक्रिया दिए।
'यसले वैधता पाउन त जननिर्वांचित सरकारको निर्णय लागू गरेर कटवाललाई कारबाही गर्नुपर्छ र राष्ट्रपतिको कदम सच्याउनुपर्छ'- उनले भने ।


देस हाक्ने ढंग नभएका तर धम्की दिन माहिर प्रचण्ड भन्छन - यो सरकार धेरै दिन टिक्दैन

................................................
राजतन्त्र रहँदासम्म राजालाई सबैले मालिक मानेको तर अहिले मालिक भूमिगत भएको हुनाले समस्या समाधानमा अप्ठेरो परेको बताउँदै उनले भने, 'तर खोजेरै ल्याउनै पर्छ, किनभने समस्या त समाधान गर्ने ठूलो जिम्मेवारी सबै नेपालीको काँधमा आएको छ।'
.....................................................

देस हाक्ने ढंग नभएका तर धम्की दिन माहिर, आतंक र बन्दुकको बलमा माओवादी पार्टी चलाइरहेका नेकपा माओवादीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले यो सरकार नेपालको राजनीतिक धरातलभन्दा बाहिरबाट बनेकाले धेरै दिन नटिक्ने बताएका छन् । सहमतिका आधारमा भन्दा पनि गणितीय खेलबाट सरकार बनेकाले त्यसैअनुसार फेरि ढल्ने उनले बताए । आइतबार बिहान जनयुद्ध र जनआन्दोलनका घाइते तथा अपाङ्गहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले नयाँ सरकारको गठनसँगै प्रतिक्रान्तिको खतरा रहेको पनि उल्लेख गरे ।

अहिले नागरिक सर्वोच्चता कि सैनिक सर्वोच्चता भन्ने प्रश्न मुख्य रहेकाले नागरिक सर्वोच्चताका लागि लड्न बाँकी रहेको दाहालको भनाइ थियो । ललितपुरको खन्ना गार्मेन्टमा जारी सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ सरकार गठनपछि राजनीतिक जटिलता थप चुलिएको पनि बताए ।

यस्तै अर्को कार्यक्रममा बोल्दै दाहालले काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ढोका बन्द गरेर सहमति र सहकार्यका लागि आह्वान गरेको आरोप पनि लगाए । "मुलुकलाई अहिले सहमति र सहकार्य आवश्यक भए पनि कोइरालाले ढोका बन्द गर्नुभएको छ"- नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने- "ढोकामा ताल्चा लगाएर भित्र आइज भन्ने, घरबाहिर करेन्टजडित काँडेतार लगाएर भित्र आऊ सहमति गरौँ भन्ने- अनि कसरी सहमति हुन्छ ?"

कसैले भड्काउन खोजे पनि उत्तेजनामा आएर माओवादी युद्धमा नर्फकने र शान्ति प्रक्रियाका लागि लडिरहने उनले प्रष्ट पारे । निरङ्कुशता ल्याएर लुट मच्चाउने र भ्रष्टाचार गर्न खोज्नेले युद्ध भड्काउन खोजेको उनको आरोप थियो । माओवादीले सत्ता कब्जा गर्न थालेको भनेर भ्रम फैलाउन खोजेको भन्दै उनले जनताको मन जितेर शान्ति प्रक्रिया र संविधान निर्माण गरेरै सत्ता कब्जा गर्ने बताए ।

शान्ति प्रक्रिया र संविधान लेखनका लागि माधवकुमार नेपाललाई संविधानसभामा ल्याइएको भए पनि अहिले घात भएको उनको गुनासो थियो । उनलाई स‍ंविधानसभामा ल्याइनु गल्ती भएको उनले बताए ।

दाहालले सत्ता कब्जा गर्ने आफ्नो पार्टी रणनीति अहिले पनि यथावत रहेको बताएका छन्। 'सत्ता कब्जा गर्नै आएका हौँ हामी',उनले भने, कसैलाई ढाँटेर सत्ता कब्जा गर्न लागेका हैनौँ। सेना समायोजन एवम् संविधान लेखन कार्य हाम्रो नेतृत्वमा भयो भने अहिले थोरथोरै सत्ता कब्जा भएको छ, त्यसपछि धेरै कब्जा हुन्छ भनेका हौँ, उनले भने। हल्ला भए अनुसारको सत्ता कब्जा अहिले गर्न लागेका हैनौँ, उनले स्पष्ट पारे।

राजतन्त्र रहँदासम्म राजालाई सबैले मालिक मानेको तर अहिले मालिक भूमिगत भएको हुनाले समस्या समाधानमा अप्ठेरो परेको बताउँदै उनले भने, 'तर खोजेरै ल्याउनै पर्छ, किनभने समस्या त समाधान गर्ने ठूलो जिम्मेवारी सबै नेपालीको काँधमा आएको छ।'

"माओवादी त देशैभरिका नखरमाउला छन्"

माओवादी त साँच्चै 'मापाका' रहेछन्
रामेछापका राजन दाहाल र काठमाडौंका पुष्पकमल दाहालबीच भिन्नता छ भनेर अब कसरी भन्ने ?

- ईश्वर पोखरेल, महासचिब - एमाले

माओवादी त देशैभरिका नखरमाउला छन् । त्यसमा पनि रामेछापका माओवादी अझ बढी हिंस्रक छन्, आफ्ना कार्यकर्तामाथि पटक-पटक सांघातिक आक्रमण भएपछि एमालेपंक्तिको ठहर हो यो । देवशंकर पौडेल, राजनीतिमा लागेका त्यस्ता गौप्राणीमाथि रामेछापका माओवादीले आक्रमण गरे, दुई-दुईपटक । पहिले भदौ ०६४ मा पौडेललाई मोसो लगाई जुत्ताको माला लगाएर डुलाए । त्यतिले नपुगेर चुनावअघि ज्यानै मार्ने उद्देश्यले आक्रमण गरे । देवशंकरजी मरे भनेर उनीहरूले त भीरबाट फालिदिएका थिए, माओवादीको थप ज्यादती भोग्नु रहेछ, उहाँ बुट्यानमा अडिनुभयो । एमाले कार्यकर्ताले उद्धार गरे, भैँसी खेल्ने आहालको पानी नपाएको भए उहाँको ज्यान बच्थ्यो कि जान्थ्यो, भन्न कठिन छ ।

देवशंकर रामेछाप एमालेका सबैभन्दा सोझा प्रतीक हुन् । त्यस्ता सोझा मान्छेलाई कुट्न कसरी हात उठे होला माओवादीका भनेर मेरो मनमा पहिले नै कौतुहल थियो । तर, यसपालि आक्रमणको निसाना आफैँ भएपछि थाहा भयो, माओवादी त साँच्चै 'मापाका' रहेछन् ।

माओवादी अध्यक्ष प्रचण्डले काठमाडौंमा प्रधानमन्त्रीबाट राजीनामा दिएकै दिन रामेछापमा राजन दाहालले अरू दलका नेता-कार्यकर्तालाई जिल्ला छाड्न 'फतवा' जारी गरे । विपक्षी दलका नेता-कार्यकर्तालाई गाउँ छाड्न आदेश दिने र नमाने आफँ लखेट्ने भनेर तिनले माओवादी र वाइसिएलका कार्यकर्तालाई निर्देशन दिए । देशैभरि त्यसको निन्दा भयो, तर पनि माओवादी सुधि्रएनन् ।

३ जेठ, मदन आश्रति स्मृति दिवसमा एमाले जिल्ला कमिटी रामेछापले कार्यकर्ता भेला आयोजना गरेको थियो । केन्द्रबाट म, पशुपति चौलागाईं, रवीन्द्र श्रेष्ठ, कमला सुवेदी, कमलप्रकाश सुवेदी, केशव देवकोटा, टेलिभिजनका र अन्य पत्रकार साथीहरू हिँड्याँ । नयाँपुलदेखि प्रहरीको स्कर्टिङ थियो, बाटोमा कुनै अवरोध भएन, साँझ मन्थली पुगेर तामाकोसी गेस्ट हाउसमा बस्यौँ ।

जिविस हल हाम्रा साथीहरूले बुक गरिसकेका थिए । तर, माओवादीले जिविसमा त हामीले कार्यक्रम गर्ने हो, तिमीहरूलाई कहाँ छाडिन्छ भनेर दादागिरी देखाएछन् । तर, साथीहरूले महिनादिनअघि नै बुक गरेको हल छाड्थे किन ? साथीहरूले कार्यक्रम फिर्ता गरेनन्, ठाउँ पनि सारेनन्, जिविस हलमा कार्यक्रम भयो ।

ढुंगा पल्टाउनेहरू हतियारसहित तल झर्दै थिए, हवाई फायर भएपछि भागे
चार/पाँच सय कार्यकर्तालाई हामीले सम्बोधन गर्‍यौँ । हलबाहिर पनि लाउडस्पिकर थियो, श्रोता धेरै थिए । त्यसमा माओवादी पनि होलान्, उनीहरूले पनि सुने होलान् ।

कार्यकर्तालाई सम्बोधन गर्दा सामयिक राजनीतिको चर्चा नगर्ने कुरै भएन । माओवादीको सर्वसत्तावाद र दादागिरीको हामीले विरोध गर्‍यौँ । कार्यक्रम सफल भयो ।

३ गते मन्थलीमै बस्ने, बेलुका कर्मचारी र पत्रकारलाई भेट्ने कार्यक्रम थियो । तर, अन्तिममा मन्थलीमा रात नबिताउने निर्णय भयो । कारणः सुरक्षा । माओवादीले यति धेरै लफडा गरेका रहेछन् कि प्रहरी अधिकारीहरू पनि आजित भएका रहेछन् । हामी बस्यौँ भने माओवादीले केही लफडा गर्लान् र सुरक्षाका लागि चुनौती होला भनेर प्रहरी डराएका रहेछन् । प्रहरी अधिकारीहरूले र्फकनोस् त भन्न सकेनन्, तर नबसिदिए शान्ति हुन्थ्यो भन्ने आशय व्यक्त गरे । प्रहरी पनि त्यति त्रस्त छन्, निहत्था नागरिकको हालत के होला ?

सिडिओको कार्यालयमा कर्मचारी साथीहरूलाई भेटेर साँझ नपर्दै हामीले मन्थली छाड्यौँ । सुरक्षाका लागि इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली खटियो ।

अगाडि पशुपतिजीको गाडी थियो, बीचमा प्रहरीको, पछाडि मेरो । मेरो गाडीमा रवीन्द्र श्रेष्ठ, टेलिभिजनका साथीहरू र मेरा सुरक्षागार्ड थियाँ ।

खिम्ती जलविद्युत् आयोजना, देवीटार आइपुग्न दुई किलोमिटर उता तिल्पुङ भीरमा हाम्रा गाडी गुड्दै थिए । माथि भीर छ, तल तामाकोसी छ, बीचमा कच्ची सडक ।

हामी आफ्नै सुरमा गफ गर्दै थियौँ, माथिबाट आएको गड्याङ र गुडुङ आवाजले स्तब्ध भयौँ, ढुंगा बर्सन थाले । भीरको बाटो गाईबस्तुले एक/दुईवटा ढुंगा पल्टाएको हो कि भन्ने भान भयो । तर, यति धेरै ढुंगा आए, गाईबस्तुले होइन मान्छेले पल्टाएको भन्ने प्रस्ट भयो ।

पशुपतिजीको गाडी स्पिडमा स्वाट्टै अगाडि बढ्यो, तर लगातार ढुंगा आएपछि हाम्रो गाडी अगाडि बढ्न सकेन । संयोग नै भनौँ सायद, भीरको बाटा ढुंगो कपेर सडक बनाइएको रहेछ, कोपेको ढुंगामुनि गाडी ओत लाग्ने ठाउँ देखियो, गाडी अलिकति ब्याक गरेर हामी सुरक्षित हुने प्रयास गर्‍यौँ ।
ड्वाङ-ड्वाङ गर्दै ढुंगा आइरहेका छन् माथिबाट, तल तामाकोसीमा छप्लाङ्ग आवाज आउँछ । अब के हुने हो भन्ने सन्त्रास छ । तैपनि प्रहरी साथीहरू गाडीबाट बाहिर निस्किएर भीरतिर हवाई फायर गर्न थाले ।

साहसपूर्वक प्रहरी गाडीबाहिर निस्किएर फायरिङ नगरेको भए ढुंगा पल्टाउनेहरू अझ तल-तल आएर हामीमाथि आक्रमण गर्ने सम्भावना थियो । हामी त गाडीभित्र थियौँ, प्रहरी साथीहरू भन्दै थिए- ढुंगा पल्टाउनेहरू हतियारसहित तल झर्दै थिए, हवाई फायर भएपछि भागे ।

ढुंगा आउन कम भएपछि हाम्रो गाडी अगाडि बढ्यो । पशुपतिजीहरू कुन अवस्थामा हुनुहुन्छ, चिन्ता त्यो पनि थियो । पर पुगेपछि थाहा भयो, ढुंगाले उहाँहरूको गाडी त कुच्याइदिएछ । जुन ढुंगाले लाग्यो, त्यो अलिकति सानो रहेछ, उहाँहरूको गाडीको एक हातपछाडि त भैंसी जत्रो ढुंगा खसेको रहेछ, त्यसले लागेको भए त गाडी र मान्छेको नामो निसान नै सकिन्थ्यो ।

भवितव्य टर्‍यो भन्दै हामी फटाफट अघि बढ्दै थियौँ, अलिक वर आउँदा केही मान्छे फूलमाला लिएर स्वागतमा उभिएका छन् । हाम्रो कार्यक्रम त मन्थलीमा थियो, बाटोमा केही कार्यक्रम थिएन, त्यहाँका कार्यकर्तालाई हामी आउने पत्तो पनि थिएन । त्यसो भए फूलमाला र मुस्कानसहित स्वागतमा उभिएका ती मान्छे को हुन् आखिर ? हामी सशंकित भयौँ, गाडी रोक्न लागेका थियौँ, तर अचानक दगुरायौँ । उनीहरू हेरेको हेर्‍यै भए ।

पछि थाहा भयो, पहिले ढुंगा बर्साउने पनि माओवादी हुन्, पछि फूलमाला लिएर उभिएका पनि माओवादी । ढुंगामुढामा कसको टाउको फुट्यो, कसको हात भाँचियो, को मर्‍यो, को जिउँदै छ भनेर विवरण संकलन गर्न खटिएका रहेछन् उनीहरू । फूलमाला त निहुँ मात्रै हो ।
आक्रमणबाट बचेर अलिक वर सानो बस्तीमा आएपछि हामीले गाउँलेसँग सोधपुछ गर्‍यौँ । माओवादीले गाउँ भेला छ भनेर मान्छेहरू जम्मा गरेर भीरतिर लगेका रहेछन् । दिउँसैदेखि गल लगाएर ढुंगा उठाएर पल्टाउन ठिक्क पारेका रहेछन् । अब पक्का भयो, त्यो कुनै तर्साउने चाल मात्र थिएन, हत्या गर्ने षड्यन्त्र नै थियो ।

हामी दाबीका साथ भन्न सक्छौँ, आक्रमणबारे केन्द्रका नेताहरूलाई पनि थाहा थियो । हामी मन्थलीमै भएका वेला रवीन्द्रजीलाई एउटा फोन आएको थियो । फोन गर्ने माओवादी कार्यकर्ता हुन् । उनले रवीन्द्रजीलाई सोधिछन्, 'दाइ ! तपाईंहरू कहाँ हुनुहुन्छ ? कुन अवस्थामा हुनुहुन्छ ? तपाइंहरूमाथि हमला हुने खबर छ ।'

रामेछापका कुनै कार्यकर्ताले सनकका भरमा आक्रमण गराएको भए त्यसको खबर काठमाडौंसम्म आइपुग्थ्यो कसरी ? काठमाडौंसम्म खबर पहिले नै आएको थियो भनेपछि घटना नियोजित हो भन्नेमा शंकै छैन ।
त्यसरात हामी चरिकोट बस्यौँ, त्यहाँ पत्रकार सम्मेलन भयो । नेताहरूलाई पनि आक्रमणबारे जानकारी दियौँ । देशैभरि हल्लाखल्ला भयो, धेरै साथीले फोन गरे । तर अचम्म, कुनै पनि माओवादी नेताले फोन गरेर शिष्टाचार व्यक्त गर्ने जाँगर देखाएनन् । त्यति ठूलो आक्रमण भएको छ, प्रेस, मानवअधिकारवादी सबैले विरोध गरेका छन् । तर, माओवादी नेताले शिष्टताको औपचारिकता पूरा गर्न पनि आवश्यक ठानेनन् । रामेछापका राजन दाहाल र काठमाडौंका पुष्पकमल दाहालबीच भिन्नता छ भनेर अब कसरी भन्ने ? प्रस्तुति : उमेश चौहान

20090523

माधव नेपाल निर्बिरोध प्रधानमन्त्री, माओवादी आतंक मच्च्याएर धेरै दिन टिक्न नदिने खेलमा, प्रचन्डलाई जबाफ दिए गिरिजाले !

माधव नेपाल नयाँ प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित भएका छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले व्यवस्थापिका संसदको बैठकमा नेपाल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरे। प्रधानमन्त्री चुनाव प्रक्रियामा माओवादी सहभागी नभएपछि नेपाल निर्विरोध भएका हुन्। निर्वाचित भएपछि कडा सुरक्षाका साथ आफ्नो निवास कोटेश्वर जानुअघि नवनिर्वाचित प्रधानमन्त्री नेपालले सञ्चारकर्मीहरुसित छोटो कुराकानी गर्दै सहकार्य र सहमतिमा जोड दिए। "अत्यन्त अप्ठेरो घडीमा एउटा गम्भीर अविभारा मेरो काँधमा आएको छ । यो अविभारालाई सबैको सहयोगबाट पूरा गर्न सकिन्छ भन्ने विश्वासका साथ जिम्मेवारी सम्हालेको छु । मलाई विश्वास छ देशको राजनीति सहमतिका साथमै अगाडि बढ्नेछ । सहमतिको यो यात्रा लक्ष्य पूरा नभएसम्म जारी रहनेछ, " नव निर्वाचित प्रधानमन्त्री नेपालले भने।
एमाले नेता नेपालले ३५५ सभासदको समर्थनको हस्ताक्षरसहित बिहान १० बजेपछि मनोनयन दर्ता गराएका थिए। बिहान १० बजेदेखि दिउसो १ बजेसम्म प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने समयमा अन्य कुनै दलले मनोनयन दर्ता गरेनन्।

नेपालको प्रस्तावक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला थिए। उनलाई २१ दलको औपचारिक समर्थन रहेका छन्। आफ्नो उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग नेपालले कुनै प्रतिक्रिया दिएनन्। 'म सपथ ग्रहणपछिमात्र बोल्छु'- नेपालले भने। नेपालले मंगलबार मात्रै शपथ लिनेछन्।
प्रधान सेनापति रुक्माङ्द कटवाललाई पदमा बहाल रहन राष्ट्रपतिले दिएको निर्देशन नसच्चाएसम्म माओवादीले नयाँ सरकार गठनको प्रक्रियामा सहभागी नहुने भन्दै उम्मेदवारी नदिने र मतदान बहिस्कार गर्ने बताएको छ। माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले सदनलाई सम्बोधन गरेपछि माओवादी सभासदले सदन बहिष्कार गरेर बाहिरिएका थिए। उनले सैनिक सर्वोच्चता स्थापित गर्न गठन हुन लागेको सरकारलाई समर्थन नरहने प्रस्ट पारे।

संसदका ६ सय १ सदस्यमध्ये ३ सय ५५ सांसदको साथ पाएर नेकपा एमालेका नेता माधवकुमार नेपाल नयाँ प्रधानमन्त्री बने। प्रधानमन्त्री बन्नका लागि नेपालले सडक जाम तुरुन्त रोक्ने, खानेपानीको अभाव र लोडसेडिङ तत्काल अन्त्य गर्नेदेखि नेपाली सेनामा सामूहिक प्रवेश गराउनेसम्मका प्रतिवद्धता व्यक्त गरेका छन्।
नेपाललाई प्रधानमन्त्री बन्नुअगाडि उनको पार्टी एमाले तथा नयाँ सरकार गठनका लागि बनेको कांग्रेस एमाले गठवन्धनले विभिन्न दलसँग व्यक्त गरेका प्रतिद्धतामा साना ६ दलका एक एक जनालाई मन्त्री बनाउनेदेखि २४ जना भित्रैको मन्त्रिपरिषद् बनाउने पनि छ। स्थानीय निकायको निर्वाचन तत्काल गर्ने प्रतिवद्धता पनि गठवन्धनले व्यक्त गरेको छ।
नेपाल मजदुर किसान पार्टीलाई एमाले अध्यक्ष झलनाथ खनालले व्यक्त गरेको लिखित प्रतिवद्धताको पहिलो बुँदा नै स्थानीय स्रोत परिचालन गरी खानेपानीको अभाव तत्काल अन्त्य गर्ने हो। भारत निर्यात भइरहेको बिजुली नेपालमै उपयोग गरी तत्काल लोडसेडिङको अन्त्य गर्ने र सडक जाम हटाउने प्रतिवद्धता पनि नेमकिपाको समर्थन लिनका लागि व्यक्त भएका छन्।
भारतबाट भएको सीमा अतिक्रमण रोकी अतिक्रमित भूमि फिर्ता लिन भारतसँग वार्ता गर्ने प्रतिवद्धता पनि एमालेले नेमकिपासँग गरेको छ।
क्रान्तिकारी भूमिसुधारमार्फत् जमिन जोत्‍नेलाई वितरण गर्ने र स्वास्थ्य र शिक्षा निः शुल्क बन्दोबस्त गर्ने प्रतिद्धता पनि खनालले बिहीबार लिखित रुपमा नेमकिपासँग व्यक्त गरेका थिए।
एमाले - कांग्रेस गठबन्धनले बहुमत सांसद पुर्‍याउन स्वायत्त मधेश प्रदेशको चाहना पूरा गर्ने प्रतिद्धता व्यक्त गरेको छ। यस्ता प्रदेश पूर्ण रुपले स्वायत्त र अधिकार सम्पन्न हुनुपर्ने २०६४ साल फागुन १६ गते संयुक्त मधेशी मोर्चासँग सरकारले गरेको सम्झौतामा उल्लेख छ जसलाई पूरा गरिदिने लिखित प्रतिवद्धता कांग्रेस - एमाले गठबन्धनले माओवादी सरकार ढलेपछि २ पटक व्यक्त गरेका छन्।
सोही सम्झौताको पाँच नम्बर बुँदामा "नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेशी लगायत अन्य समुदायको समानुपातिक समावेशी र समुहगत प्रदेशलाई सुनिश्चित गरिनेछ" उल्लेख छ।
स्वायत्त मधेश प्रदेश र सेनामा सामूहिक प्रवेशको विषयमा एमाले अध्यक्ष खनालले नै असन्तुष्टि व्यक्त गरेका छन्। तर, मधेशी मोर्चासँग भएको सम्झौता पालना गर्ने प्रतिवद्धता व्यक्त पछि मात्र मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्‍भावन पार्टीले एमाले नेता नेपालको नेतृत्वलाई समर्थन गरेका हुन्।
सरकारले सुरक्षा अंग लगायत राज्यका सबै निकायमा मधेशी, आदिवासी, जनजाती, महिला दलित पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदायको समावेशी समानुपातिक सहभागिता हुने गरी नियुक्ती, बढुवा र मनोनयन अनिवार्य रुपमा गर्नुपर्ने पुरानो सम्झौतालाई पनि यसपटक प्रतिवद्धता व्यक्त गरिएको छ।
प्रधानमन्त्रीमा समर्थन लिन नेपालले राष्ट्रिय जनमुक्ति पार्टी, समाजवादी प्रजातान्त्रिक जनता पार्टी, चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल, नेपाल परिवार दल र नेपाः राष्ट्रिय पार्टीसँग गरेका सम्झौता पनि रोचक छ। एमालेले मन्त्रिपरिषद र राजनीतिक नियुक्तिमा ती पार्टीका सहभागिता सुनिश्चित गरिने प्रतिवद्धता व्यक्त गरेको छ।
सरकारको समर्थन गर्ने सबै दलको सहमतिमा सरकारको नीति तथा कार्यक्रम तयार गर्ने प्रतिवद्धता पनि महासचिव नेपालले व्यक्त गरेका छन्। स्थानीय निकाय तत्काल गठन गर्ने सहमति पनि नेपालले प्रधानमन्त्री बन्नु अगाडि आफ्नो दलका तर्फबाट ती दलसँग गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एमालेले गरेको लिखित प्रतिवद्धता भने अलिक सजिलो छ। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने र राष्ट्रियताको पक्षमा लाग्ने
तथा प्रजातन्त्रको संरक्षण गर्ने प्रतिवद्धता लिखित रुपमा एमालेले राप्रपा नेपाल समक्ष व्यक्त गरेको छ।
यी प्रतिवद्धता पूरा गर्नुबाहेक प्रधानमन्त्री नेपालले ‌महत्वपूर्ण तीन चुनौति त सामना गर्नु नै पर्नेछ। जसमा जटिल बन्दै गएको राज्यको पुनर्संरचनामा दलहरुबीच सहमति गराई एक वर्षभित्र नयाँ संविधान निर्माण गर्नु, शिविरमा रहेका माओवादी लडाकुलाई व्यवस्थापन गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनु र सरकारबाट भर्खरै हटेका एकीकृत माओवादीसहित सशस्त्र दल र समूहबाट जनतालाई सुरक्षित महसुस गराउनु।
प्रधानमन्त्रीका रुपमा वर्तमान नेपालमा नेपाललाई मात्र हैन जोसुकैलाई पनि यी चुनौति रहन्छन्।

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले व्यवस्थापिकाको शनिबारको बैठकमा कसैलाई होच्याएर शक्तिशाली हुन नसकिने बताए। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार गरेको भाषणप्रति इंगित गर्दै उनले भने- ‘गाली गरेर कसैलाई होच्याएर शक्तिशाली भइन्न ।' उनले सहमति, सहकार्य र एकता अहिलेको पनि आवश्यकता भएको दोहोर्‍याउदै पुनः नयाँ सहमतिका लागि तयार हुन माओवादी अध्यक्ष दाहाललाई आग्रह गरे।
नेता नेपाललाई हारेको ब्यक्ति भनेर होच्याएकोमा गुनासो गर्दै कोइरालाले थपे,- ‘सहमति, सहकार्य र एकतामा कसैले पनि हार्दैन ।' सहमतिका लागि आफू अझै पनि सकृय रहने उल्लेख गर्दै कोइरालाले शान्तिप्रकृया टुंगोमा पुग्ने बेलामा सहमतिबाट टाढा नजान माओवादीलाई आग्रह गरे।

नेपालका पक्षमा रहेका दल र सभासद्हरु

नेपाली कांग्रेसः ११३
नेकपा एमालेः १०९
मधेशि जनअधिकार फोरमः ५३
तराई मधेश लोकतान्त्रिक पार्टीः २१
नेपाल सदभावना पार्टीः ९
नेकपा -माले)ः ९
राष्ट्रिय प्रजातन्त्र पार्टीः ८
नेमकिपाः ५
नेकपा संयुक्तः ५
राष्ट्रिय जनमोर्चाः ४
राप्रपा नेपालः ४
राष्ट्रिय जनशक्ति पार्टीः ३
राष्ट्रिय जनमुक्ति पार्टीः २
संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चः २
सद्भावना -आ)ः २
नेपाली जनता दल ः १ -विश्वनाथ अग्रवाल)
समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालः १
चुरे भावर राष्ट्रिय एकता पार्टीः १
नेपाल लोकतान्त्रिक समाजवादी दल१
नेपाः राष्ट्रिय पार्टीः १
नेपाल परिवार दलः १
दलित जनजाति पार्टीः १
स्वतन्त्रः २

विपक्षमा भएका दलहरु

एकीकृत नेकपा माओवादीः २३८
नेकपा एकीकृतः २
नेपाली जनता दल ः १-गायत्री शाह)


बम बिस्फोटमा दुइको मृत्‍यु कैयौ घाइते



सगरमाथा टि भी अमेरिकाको प्रेस रिलिज

नेपालको ललितपुर स्थित "द असम्प्सन्" चर्चमा आज मे २३ तरिकका दिन भएको बम आकर्मणको सगरमाथा टेलिभिजन परिवार घोरनिन्दा गर्दछ। साथै उक्त घट्नमा मृत्‍यु हुनेहरुको दिवागत आत्मको चिरशान्तिको कामना गर्दै, घाइतेहुनेहरुको सिघ्र स्वस्थलाभका लागि परमेश्वर सग प्रार्थाना समेत गर्दछ। साथै यस् घट्ना बाट बिच्चलितभै कुनै पनि धर्मिकद्ङा तर्फ नलाग्न समेत सबै धर्म्रावलम्बिहरुमा सगरमाथा टेलिभिजन परिवार हार्दिक अनुरोध गर्दछ।
रामचन्द्र खरेल
सस्थापक/संचालक
सगरमाथा टेलिभिजन
वाशिङ्टन डिसी, संयुक्त राज्य अमेरिका
________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________