( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20090730

गृहमन्त्री भीम रावलले व्यवस्थापिका संसदको बैठकमा सभासद्हरुलाई जानकारी गराए - तीन महिनामा ५८० पटक बन्द हड्ताल र ४६५ पटक सडक अवरुद्ध



सशस्त्र समूहको संख्या १०९ वटा
११ महिनाको अपराध वृद्धि दर १०.७७ प्रतिशत
११ महिनाको अपहरण वृद्धिदर २५० प्रतिशत
तीन महिनाको बन्द हडताल ५८० पटक
तीन महिनाको सडक अवरोध ४६५ पटक



गत ११ महिनामा अपराधका घटनामा १०.७ प्रतिशतले र अपहरणका घटनामा २५० प्रतिशतले वृद्धि भएको छ। गृहमन्त्री भीम रावलले बुधबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै यस्तो जानकारी दिएका हुन्। उनले वि.स.२०६५ फागुनदेखि २०६६ वैशाखको तीन महिनामा ५८० पटक बन्द हड्ताल भएको र ४६५ पटक सडक अवरुद्ध भएको समेत जानकारी सदनलाई दिए।
गृहमन्त्रीले सरकारले ल्याउन लागेको विशेष सुरक्षा योजनाको बारेमा सदनलाई जानकारी गराउने क्रममा यस्तो जानकारी दिएका हुन्। सरकारले शान्ति सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना पनि लागू गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले शान्तिसुरक्षाको प्रभावकारी कार्यान्वयन, दण्डहीनताको अन्त्य र मानवअधिकारको रक्षाका लागि करिब ३ खर्ब ८० करोड १० लाख खर्च अनुमानको विशेष कार्यक्रम स्वीकृत गरेको हो। सरकारको विषेश सुरक्षा योजनाका विषयमा बुधबार नै गृहमन्त्री भीम रावलले व्यवस्थापिका संसदको बैठकमा सभासद्हरुलाई जानकारी गराएका थिए। संसदमा जानकारी दिदैं गृहमन्त्री रावलले तराई, पूर्वी तराई तथा मध्यपश्चिमी पहाडमा शान्ति सुरक्षालाई सुदृढ बनाउन र सार्वजानिक सेवा तथा सडकको अवरोध, अपहरण तथा गम्भीर प्रकृतिका अपराधलाई नियन्त्रण गर्न विषेश सुरक्षा योजनालाई अघि सारेको बताएका थिए। उनले राजनीतिक, अपराधिक, विखण्डनकारी र धार्मिक ४ समुहमा बाँडिएका १०९ समूहको पहिचान गरिएको जनाकारी दिए। विशेष सुरक्षा योजनामा अपराधका गतिविधि बढी हुने क्षेत्रमा कर्डन एन्ड सर्च अपरेशन गर्ने तथा गस्ती कार्यलाई बढाउने उल्लेख छ। यसबाहेक उपत्यकामा विमानस्थलमा विशेष सुरक्षा योजना, सवेंदनशील क्षेत्रमा सीसीटीभी जडान, आकस्मिक जाँच, मोटरसाईकलमा हतियारसहितका सुरक्षाकर्मी परिचालन, गुप्तचर परिचालमा वृद्धि जस्ता योजना छन्। उनले सुरक्षाकर्मीको दरबन्दीमा वृद्धि गरेर सुरक्षा योजनालाई प्रभावकारी बनाईने उल्लेख गरेका छन्।

सरकारले शान्ति सुरक्षाको प्रभावकारी कार्यान्वयनका लागि विशेष सुरक्षा रणनीति अघि सारेको छ। बुधबारको मन्त्रिपरिषदबाट पारित विशेष कार्यक्रमका लागि करिब पौने चार अर्ब रुपैयाँ थप खर्च चाहिने जानकारी गृहमन्त्री भीम रावलले दिए।
'शान्ति सुरक्षाको प्रभावकारिता, दण्डहीनताको अन्त्य तथा मानवअधिकारको रक्षाका लागि विशेष कार्यक्रम २०६६' नाम दिइएको सुरक्षा रणनीतिलाई बुधबारको मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। पारित कार्यक्रममा तराई, पूर्वी पहाड र मध्य पश्चिमको पहाडी जिल्लाको सुरक्षा सुदृढीकरणका लागि विशेष कार्ययोजना अघि सारिएको छ। ती जिल्लामा १ सय ९ सशस्त्र समूहको पहिचान गरेको जानकारी गृहमन्त्रीले संसद्लाई जानकारी दिए। ती समूहलाई गृह मन्त्रालयले राजनीतिक, अपराधिक, विखण्डनकारी र धार्मिक गरी चार समूहमा विभाजन गरेको छ।







एन आर एन कोरियाको दोश्रो

साधारण सम्पन्न,

अध्यक्षमा कुवर आई सि सिमा राई

- उमेश बस्नेत/पुरु जोशी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाको दोस्रो साधारण सभा यहि अगष्ट २ तारिख आईतबार सम्पन्न भएको छ । एन आर एन कोरियाका निवर्तमान अध्यक्ष गंगा राज राईको सभापति्वमा सम्पन्न उक्त दोस्रो साधारण सभामा नेपाली राजदूतावासका उपनियोग प्रमुख यादव खनालको प्रमुख आतिथ्य तथा एन आर एनका केन्द्रीय उपसभापति देवमान हिराचनको बिशेष आतिथ्यमा सम्पन्न भएको थियो । एन आर एन कोरिया कै निवर्तमान राष्ट्रिय संयोजक डा देवी बस्नेत तथा महिला संयोजक सरस्वती राईद्वारा सञ्चालन गरिएको उक्त साधारण सभा सफलताका लागि जापानबाट अतिथिको रुपमा एन आर एन जापानका अध्यक्ष भवन भट्ट एन आर एन जापानका प्रतिनिधी अरुण कुमार श्रेष्ठ उपस्थित हुनु भएको थियो भने पावर नेपाल २००९ का लागि कोरिया आउनु भएका एफ एन सी सीका ज्ञानेन्द्र प्रधान समेत उपस्थित हुनु भएको थियो । नेपाली राजदूतावासका उपनियोग प्रमुख यादव खनाल तथा एन आर एनका केन्द्रीय उपाध्यक्ष देवमान हिराचन र एन आर एन एसिया प्यसिफिकका सहसंयोजक रुद्र शर्माद्वारा संयुक्त रुपमा गरिएको दीप प्रज्वलनसंगै एन आर एन कोरियाका उपाध्यक्ष ध्यान राईले स्वागत भाषण मार्फत उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नु भएको थियो ।
अतिथिको रुपमा आसित बिभिन्न संघसंस्थाहरुका प्रतिनिधीहरुद्वारा मन्तब्य राख्ने क्रममा जनअधिकार मञ्च अध्यक्षः डी आर भण्डारी जनसम्पर्क समिति अध्यक्षः सुनील कर्माचार्य प्रवासी नेपाली संघ अध्यक्षः बिक्रम राई नेपाली सम्मर्क समिति अध्यक्षः डेविट राई त्यसैगरि जापानबाट पाल्नु भएका एन आर एन केन्द्रीय उपसभापतिः देव मान हिराचन एन आर एन जापानका अध्यक्षः भवन भट्ट एन आर एन जापानका प्रतिनिधीः अरुण कुमार श्रेष्ठले आ आफ्नो मन्तब्य राख्नु भएका थिए । त्यसैगरि एन आर एन एसिया पेसेफिक सह संयोजकः रुद्र शर्मा एन आर एन आईसीसी प्रतिनिधीः तेन्जी शेर्पा नेपालबाट पाल्नु भएका एफ एन सी सीका ज्ञानेन्द्र प्रधान नेपाली र राजदूतावास उपनियोग प्रमुख यादव खनालद्वारा दोस्रो साधारण सभाको पूर्ण सफलताका लागि शुभकामना मन्तब्य दिनु भएको थियो ।
एन आर एन कोरियाका निवर्तमान अध्यक्ष गंगाराज राईद्वारा पहिलो चरणको कार्यक्रम समापन गरिए लगत्तै उम्मेदवारी दर्ता गर्ने प्रकृया अगाडी बढाइएको थियो । यसका लागि निर्वाचन मण्डल आवश्यक भएको हुंदा जापानबाट पाल्नु भएका अरुण कुमार श्रेष्ठका साथ रुद्र शर्मा शुनील कर्मचार्य र गणेश अधिकारी गरी ४ जनाको निर्वाचन मण्डल बनाइएको थियो । शुरुमा थुप्रै जनाले उम्मेदवारी दिएपनि एन आर एन कोरियाको नयाँ कार्यसमितिलाई सहमतिमा अगाडी बढाउनु नै उपर्युक्त हुने भएका कारण बिनोद कुंवरको अध्यक्षतामा १३ जनाको कार्यसमिति निर्माण गरिएको थियो । नबनिर्मित कार्यसमितिमा
आइ सी सी सदस्य
गंगाराज राई
अध्यक्षःबिनोद कुंवर
उपाध्यक्षद्वयः
ध्यान राई
दिनेश हिराचन
राष्ट्रिय संयोजकः
आनन्द गुरुङ
राष्ट्रिय सह संयोजकः
दिपकराज रेग्मी
कोषाध्यक्षः
एल बी प्रधान
सदस्यहरुः
रोशन भट्टराई
खगेन्द्र बुढामगर
मनोज कुमार भारती
काजी बावु पोखरेल
खेम कार्की
अक्कल तामाङ
र कुश राज राई रहनु भएको छ।
सर्वसम्मतिद्वारा नयाँ कार्यसमिति निर्माण भएपछि एन आर एनका केन्द्रीय उपाध्यक्ष देवमान हिराचनद्वारा सबै पदाधिकारीहरुलाई सपथ गराउनु भएको थियो ।साथै
उक्त साधारण सभामा बिषेश आतिथि कारुपमा आउनु भएका केन्द्रीय उपाध्यक्ष देवमान हिराचनको योपाला एन आर एन केन्द्रीय अध्यक्षमा एसियाबाट हुनुपर्नेकुरामा जोडदिन्दै आगामि अक्टुबरमाहुने एन आर एनको चौथो सम्मेलनमा सहयोग गर्न हार्दिक आपिल गर्नु भएको छ ।




नेपाल एसोसियसन को जलपान तथा

अभिनन्दन र धन्यबाद कार्यक्रम सम्पन्न


भेनिस / नेपाल एसोसियसन को आयोजना तथा यस क्षेत्रबाट अधक्ष लगायत निर्वाचित सदस्यहरुको प्रायोजनमा शनिवार जलपान तथा अभिनन्दन र धन्यबाद कार्यक्रम सम्पन्न भयो । कार्यक्रम निर्बाचित हरुलाई आसनग्रण गराउदै शुरु गरिय पछी नेपाल एसोसियसनका सलाहकारहरु सर्बज्ञ लम्साल , रेशम लाल अधिकारी र नेपाल एसोसियसनका सदस्य छत्र बहादुर गुरुङ ले बधाई दिदै एन आर एन को कार्यकालको सफलता , आपसी मेलमिलाप राख्न र सर सल्लाहमा काम गर्न सुझाब दिएका थिए । भने रेशम लाल अधिकारी र मंदारी भट्टले अबिर लगाएर अबिनान्दन गर्नु भएको थियो। तेसै गरि मञ्जु सापकोटा ( खरेल ) , छत्र गुरुङले पनि अध्यक्षलाई फुल र खादा लगाई बधाई र शुभकामना दिनुभएको थियो । यसरी नै शुभकामना दिनेहरुमा लक्ष्मी अधिकारी र मंदरी भट्टले एन आर एन गठन तथा भेनिस बासीहरुको तर्फबाट अन्य ६ सदस्य पदमा बिजय हासिल भएकोमा खुसि ब्यक्त गर्दै यो खुसि सम्पूर्ण इटालीवासी नेपालीको शुसी बनाउन प्रयास गर्नुपर्ने बताउनु भयो । र निर्वाचन समितिको तर्फबाट रामकुमार राई ले निर्वाचन सम्पन्न हुदा देखिका प्रयासहरुका बारेमा प्रस्ट पारेपछि अभिनन्दनको पालो सकिएको थियो । भने धन्यबाद दिने क्रममा निर्बाचितहरु बिष्णु प्रसाद पाण्डे , अम बहादुर पुन ( लक्कु ) सुमन रिमालले निर्बिरोध गराउन र निर्बाचित गराउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनुभएको थियो र अन्त्यमा नब निर्बाचित अध्यक्ष शेर बहादुर तुम्बापोले नेपाल एसोसिएसन , मतदाता , सहयोगी , शुभचिन्तक , सदस्यहरु , निर्बाचन समिति र अधिबेसन आयोजक रोमलाई समेत धन्यबाद दिदै आफु र आफनो टिम नेपाल र नेपालीका लागि काम गर्न सबैसग हातेमालो र सरसहयोग आदान प्रदान गर्दै जिम्बेवारी बहन गर्न तयार रहेको बताउनु भयो . कार्यक्रम संचालन नगेन्द्र मान खत्रीले गरेका थिए ।र कार्यक्रमको अन्त्यमा विभिन्न गीतहरुमा डिस्को गर्नेहरु रातको ११ बजेसम्म पनि भरपुर मनोरंजन लिएका थिए यसरि लगभग १०० को सख्यामा उपस्थितहरुले एन आर एन गठन भएको प्रति शुसी मनाएका थिए ।
सोही अबसरमा महिलाहरुको हरितालिका मनाउने बारेमा छलफल भएको थियो भने सेप्टेम्बर १२ मा नेपाल एसोसिएसन को आयोजनामा शक्ति लामाको सम्योजनमा हुन गैराहेको दसै तथा सास्क्रतिक कार्यक्रमको सूचना समेत गरिएको थियो सो कार्यक्रम मा अबिनास घिसिंग , रोज मोक्तान र ..नीमा लामाको उपस्थिति हुने तथा रात्रि भोज सहित प्रबेस शुल्क २० तोकियकोले सबैलाई सहयोगको लागी अनुरोध गरिएको छ ।

नगेन्द्र मान खत्री/मिलान इटाली

20090729

झाडा पखाला र हैजाको महामारीले कैयौंको ज्यान गैरहँदा सरकार भने मन्त्रालय फुटाउन र मन्त्री थप्न ब्यस्त

प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार छैठौं पटक मन्त्रिपरिषदको विस्तार गरेका छन्। नेकपा संयुक्तका नेता ठाकुर शर्मालाई वातावरण मन्त्री बनाएर उनले सरकार विस्तार गरेका हुन्। संयुक्तका तर्फबाट उनलाई बुधबार नै सपथ ग्रहण गराइएको छ। उनलाई मन्त्री बनाउन सरकारले एउटा अर्को मन्त्रालय फुटाएको हो। वातावरण मन्त्रालय यसअघि वन तथा वातावरण मन्त्रालयमा समाहित थियो। वन मन्त्रालय चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिएर वातावरण चाहिँ संयुक्तलाई दिइएको हो। विस्तारसँगै मन्त्रिपरिदषदको संख्या ३३ सदस्यीय पुगेको छ। तर मन्त्रिपरिषदले भने अझै पूर्णता पाएको छैन। विजय गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमबाट अझ पनि मन्त्री बनाउन बाँकी रहेको छ।

तीन महिनादेखि फैलिएको हैजाले बुधबार जाजरकोट र रुकुममा थप आठ जनाको मृत्यु भएको छ । जाजरकोटमा मृत्यु हुनेमा आमा र छोरासमेत छन् । बुधबार जाजरकोट नायकबाडा-४ की लालकली सिह, नायकबाडा-९ का बाले चलाउने, सोही ठाउँकी अशौदी चलाउने र चक्मी चलाउनेको मृत्यु भएको हो । त्यस्तै दह-९ का ३५ वर्षिया हिमकली पुन र उनका १० वर्षे छोरा रामबहादुरको पनि हैजाले मृत्यु भएको जाजरकोट प्रशासनले जनाएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी रेशमबहादुर पाण्डेले दुई दिनयता रुकुमको चौरजहारी विमानस्थलमा रहेको औषधी सेनाको हेलिकॊप्टरले नबोक्दा समस्या भइरहेको बताए । पछिल्लो पटक मृत्यु भएका ६ जनासहित जाजरकोटमा मृत्यु हुनेको संख्या १ सय ७२ पुगेको छ । तर प्रजिअ पाण्डेले आफूकहाँ अहिलेसम्म १ सय ४९ जना मरेको रेकर्ड रहेको बताए । उता जाजरकोटको छिमेकी जिल्ला रुकुममा पनि बुधबार हैजाले थप २ जनाको मृत्यु भएको छ । जनश्वास्थ्य कार्यालय रुकुमका अनुसार आठबीसकोट-२ का ६२ वर्षका तस्वीर दमाई र ४ वर्षीय काले नेपालीको मृत्यु भएको हो । यी दुईसहित रुकुममा हैजाबाट मृत्यु हुनेको संख्या चालीस पुगेको छ ।

सरकारद्वारा विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक जिवेन्द्र झालाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एसियाली विकास बै‌कको वैकल्पिक निर्देशकमा गोविन्दबहादुर थापालाई सिफारिस गरेको छ। यसैगरी खाद्य संस्थानमा महाप्रवन्धक हरिनारायण साहलाई नियुक्त भएका छन्। नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरिक्षकमा मदन, नरेश गुरुङ, किरण गौतम, प्रकाश कुँवर, अर्जुनजंग शाही बढुवा भएका छन्। सशस्त्र प्रहरीको अतिरिक्त महानिरिक्षकमा कृष्ण विष्ट, शैलेन्द्र श्रेष्ठ, कोशराज वन्त, ठाकुरमोहन श्रेष्ठ बढुवा भएका छन्। राष्ट्रिय अनुसन्धान विभागमा अतिरिक्त अनुसन्धान महानिर्देशकमा मोतीबहादुर गुरुङ र जितबहादुरलाई नियुक्त गरेको छ।

20090728

नेपाली कती अभागी !, यी नेता, देसको यो हालत, कि खडेरी, कि बाढी पहिरो, हरे शिव !!!

धनुषामा खोलाले बगाएर पाँच जनाको मृत्यु भएको छ भने राजधानी काठमाडौंमै पनि खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। त्यस्तै कैलालीमा पहिरोले दुई दिदीबहिनीको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या आठ पुगेको छ भने संखुवासभामा पहिरोमा परी १३ जना बेपत्ता भएका छन् । कयौं घर बग्नुका साथै थुप्रै विस्थापित भएका छन्। वर्षाका कारण सोमबार राजधानी काठमाडौंको जनजीवन अस्तव्यस्त भएको थियो। अविरल वर्षाका कारण ढाङ खोलाको बाढीले झोरमहांकाल गाविस-७ बस्ने रामेश्वर दुलालकी ९ वषीर्या छोरी नर्मदा दुलालको मृत्यु भएको प्रहरीले जनाएको छ। अविरल वर्षाले देशका विभिन्न स्थानमा ठूलो परिमाणमा जनधनको क्षति गराएको छ।

बाढीले भीमसेनगोलामा बागमतीको कर्ल्भर्ट बगाएको छ। हनुमानस्थानमा धोबीखोलाको बाढीले घरहरू डुबानमा परेका छन् भने कपन आकाशेधारामा ढल भत्केर चारवटा घर डुबानमा परेका छन्। तिलगंगानजिक बागमतीको किनार कटानमा परेको छ। बालाजुको अजिमा हलमा ढल पसेको छ। धोबीखोला, मनोहरा र टुकुचा खोलाको बाढीले किनारका टहराहरू बगाउँदा सुकुम्बासीको बिचल्ली भएको छ। वर्षाका कारण राजधानीको ट्राफकि व्यवस्थासमेत दिनभरजसो नै अस्तव्यस्त भएको थियो। बाढीले सीतापाइलाको दुर्गानगर कोलोनीसमेत डुबानमा परेको छ। स्थानीय संवाददाताका अनुसार सोमबारको भीषण वर्षाले भक्तपुरका सल्लाघारी, थिमी, ब्राइटर र भक्तपुरनगरको हनुमानघाट, राममन्दिर क्षेत्र डुबानमा परेका छन्। हनुमन्ते र खस्याङखुसुङ खोलाको बीच सल्लाघारी, दुवाकोटमोड छेउको एक पक्कीघर पानीले आधा छोपेपछि परिवार घरको छतमा बस्न बाध्य भएका छन्।

भीषण वर्षाले धनुषाको कमला नदीमा एक्कासि पानी बढेपछि पाँच जना तीर्थालुलाई नदीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनँएको छ।धनुषाको पोर्ताहा गाविसको कमला नदीमा पानीको सतह एक्कासि बढेपछि नुहाउन गएका पाँच जना तीर्थयात्रुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिन्धुली जिल्लामा रहेको लंगुरखोलामा जानका लागि जल लिन गएको श्रद्धालुहरूको मृत्यु भएको हो। प्रहरीका अनुसार धनुषा र सिरहाको सीमा रहेको कमलाको उत्रायनीमा प्रत्येक साउनमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ। प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरी माइस्थानका बबिता साह, सोही गाविसका रामचन्द्र महतो, महोत्तरी खयरमाराका रामबाबु मण्डल र धनुषा बेंगाडावरका सन्तोष मण्डल रहेका छन् भने एक जनाको सनाखत हुन सकेको छैन।

उता संखुवासभा जिल्लाको ताम्कु-९ मा पहिरोमा परी १३ जना बेपत्ता भएका छन् भने पहिरोले ४ घर बगाएको छ। जिल्लाको ताम्कु-९ सिकदिममा आइतबार राति ११ बजे एक्कासि माथिबाट आएको पहिरोले बगाउँदा सो क्षति भएको हो। पहिरोले लालबहादुर र्राई, आसबहादुर र्राई, लक्ष्मीप्रसाद र्राई र रनकुमार र्राईको घर बगाएको र अन्य तीन घरमा समेत क्षति पुर्याएको स्थानीय नन्दकुमार र्राईले बताएका छन्।

पहिरोमा ४ घरका अहिलेसम्म १३ जना बेपत्ता भएको र बेपत्ता हुनेहरूमा लालबहादुर र्राईसमेत एकै घरका लक्ष्मीमाया र्राई, हर्कराज र्राई, उन्नति र्राई र एक बालकको नाम खुल्न नसकेको बताइएको छ। त्यसैगरी लक्ष्मीप्रसाद र्राईसमेत एकै घरका मनिबहादुर र्राई, जसमानी र्राई, पुष्प र्राई, लालबहादुर र्राई, मेनुका र्राई रहेका छन् भने रनबहादुर र्राईको दुई छोराको नाम खुल्न नसकेको स्थानीय नन्दकुमार र्राईले बताउनुभयो।

पहिरोले लगाएको अन्नबाली र चौपायासमेत बगाएको, चौपाया के-कति क्षति भएको यकिन नभएको बताइएको छ भने सोमबार बिहान एक जना (पन्जीकुमारी र्राई) लाई सख्त घाइते अवस्थामा जीवितै गाउँलेले पहिरोबाट उद्धार गरेको बताएका छन्। पहिरो राति आएको र पानी परिरहेकाले थप पहिरो जाने आशंकाले बेपत्ताहरूको खोजी र उद्धारमा समस्या भएको र पहिरोले १५ घरपरिवार विस्थापित भएको गाउँलेले बताएका छन्। सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल टाढा रहेको उक्त क्षेत्रमा सदरमुकाम खाँदबारीबाट नेपाल रेडक्रसको प्राथमिक उपचार टोली र प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोलीसमेत त्यसतर्फसोमबार बिहानै उद्धारका लागि गएको रेडक्रस सभापति सरोज वज्राचार्यले जानकारी दिनुभयो। यसैबीच कैलालीमा अविरल वर्षाका कारण दार्चुलाको खार गाविसमा पहिरो जाँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ। सदरमुकाम खलंगाबाट दुई दिनको पैदल दूरीमा रहेको खार गाविस-५ मा पहिरो जाँदा पहिरोमा पुरिएर १७ वषीर्या हरिना धामी र १५ वषीर्या निर्मला धामीको मृत्यु भएको छ।
माथिबाट पहिरो गएर घर पुरिँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनँएको छ। पहिरोमा च्यापिएर मृतकहरूका बुबा गगनसिंह धामी र आमा उज्जली धामी घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।
लालबकैया नदीमा सोमबार डुंगा पल्टँदा सवार यात्रुमध्ये एक जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको आशंका गरिएको छ।

स्थानीय बासिन्दाले दर्जनौं बेपत्ता भएको दाबी गरे पनि प्रहरीले दुई जना मात्र बेपत्ता भएको हुन सक्ने जनाएको छ। मृत्यु हुनेमा मर्यादपुर-२ की अनरकलिया देवी रहेकी छन् भने मर्यादपुर-३ का अजरबरिया देवी यादवलगायत बेपत्ता रहेको प्रहरीले जनाएको छ।

कटहरिया बजारमा किनमेल गरेर र्फकंदै गरेका यात्रुसवार डुंगा लालबकैयाको बाढीमा पल्टिएको स्थानीय कृष्ण तिवारीले बताए। वर्षाको समयमा उक्त नदीमा पानीको सतह बढ्ने र बाढी आउने भएकाले स्थानीय बासिन्दाको आवतजावतका लागि कटहरिया बजार र मर्यादपुरका लागि डुंगाको व्यवस्था गरिएको थियो।

अँध्यारो र पानीले गर्दा उद्धार कार्यमा कठिनाइ भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक शिव शर्माले जनँएका छन्। रात परेकाले आज मंगलबार मात्रै थप प्रहरी परिचालन गरिने उनले बताए।

20090727

"माओवादी लडाकुलाई राष्ट्रिय सेना बनाउने र नेपाली सेनामा गाभ्ने कुरा मुर्खतापूर्ण"

माओवादी सुविधाभोगी भएका र पजेरो जङ्गलमा नगुड्ने भएकाले माओवादी फेरि जङ्गल जाने कुरा असम्भव

नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादी लडाकुलाई राष्ट्रिय सेना बनाउन नसकिने बताएका छन्। प्रेस चौतारी नेपाल काभ्रेले सोमबार धुलिखेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ओलीले माओवादी लडाकुलाई राष्ट्रिय सेना बनाउने र नेपाली सेनामा गाभ्ने कुरा मुर्खतापूर्ण भएको दाबी गरे। उनले माओवादी लडाकुलाई सेनामा गाभेर राष्ट्रिय सेना बनाउने कुरा असम्भव भएको बताउँदै उनीहरुका क्षमता र योग्यताअनुसार समायोजन र व्यवस्थापनमात्र गर्नसकिने तर्क अघि सारे। नेता ओलीले विगतमा माओवादीले जनयुद्ध गरेको नभई जनता हत्या गर्ने काम गरेको र अहिले पनि ६२ वटा सशस्त्र समूह रहेकाले सबै सशस्त्र समूहका लडाकुलाई राष्ट्रिय सेना बनाउने भन्ने कुरा असम्भव रहेको स्पष्ट पारे।

रक्षामन्त्री हतियार लिन भारत गएको भन्ने निहुँमा माओवादीले संसद अवरुद्ध गरेकोप्रति लक्षित गर्दै उनलॆ माओवादीको व्यवहार पहिले आफ्नो कान नछामी कागले कान लग्यो भनेर कागतिर दगुरेको उखानसँग मिल्दोजुल्दो भएको टिप्पणी गरे। नेता ओलीले माओवादीको उद्देश्य सत्ताकब्जा नै हो भन्दै त्यो कुनै पनि हालतमा सफल नहुने बताए। माओवादी सुविधाभोगी भएका र पजेरो जङ्गलमा नगुड्ने भएकाले माओवादी फेरि जङ्गल जाने कुरा असम्भव भएको नेता ओलीको दाबी थियो। सरकारले माओवादीले सिफारिस गरेका सहिदका नाममा दिएको रकम रोकेकोबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले माओवादीले हचुवाका भरमा सहिदको नामावली पेस गरी रकम लिएकाले सो नामावली खारेज गर्नुपर्ने धारणा पनि व्यक्त गरे।

अमेरिकामा नेपाली पिक्निक र जमघट सम्पन्न, भिडियो र फोटोहरु :

अमेरिका नेपाल सोसाइटी को आयोजना नेपाली मन्दिर को सपोर्टमा अमेरिका को म्यारिल्यान्डको बेल्स्भिल मा आईतवार भब्य उपस्थिती मा पिक्निक र जमघट सम्पन्न भयो । उक्त कार्यक्रम भब्य सफल भएकोमा बिष्णु थापाको अध्यक्ष्यतामा रहेको ए एन एस् टिम सबैलाई हार्दिक बधाई नेपाल मदर डट कमका तर्फबाट । तलका भिडियो र फोटोहरु आँफै यसरी बोल्छन :

ans from Ram Prasad Khanal on Vimeo.




object width="400" height="300">

Untitled from Ram Prasad Khanal on Vimeo.



























यही फेरी मा गाढी चढाएर पोटोम्याक पार गर्दै म पनि उक्त कार्यक्रममा सरीक भएँ

20090726

साच्चै तीज आउन लाग्यो है, अमेरिका मा त क्यालेन्डर नहेरी थाहा हुँदैन !







कता जाँदैछ नेपाल ? कता जाँदैछ नेपालीको भबिस्य ???

नियोजित राजनीतिक परिवर्तनले नेताहरूको संस्कार र व्यवहारलाई परिवर्तित गर्न नसकेको र नेपाली जनताले चाहेको आमूल परिवर्तनको अग्रगामी दिशामा मुलुक अगाडि बढ्न नसकेको कटु यथार्थबोध विकसित घटनाक्रमले नै गराउँदै आएको छ । सेना समायोजनबारे तीन दलका तीनथरि धारणा नै निर्धारित समयमा नयाँ संविधान बन्न नदिने र देशलाई अन्योल, अस्थिरता र अनिश्चितातिर धकेल्ने कारकतत्व रहने यथेष्ट संकेत हो । संविधान निर्माणको कार्यतालिका पाँच पाँचपटक बदल्नुका पछाडि रहेका अन्तर्निहित कारणहरूलाई ओझेलमा पार्दै अझै पनि निर्धारित समयमा नै संविधान बन्छ भन्ने सुगा रर्टाईप्रति स्वयं संविधानसभाकै सदस्यहरू विश्वस्त हुनसकेका छैनन् भने प्रमुख राजनीतिक दलका नेताहरू त समयमा संविधान बन्न नसक्नुको दोष एक अर्काको थाप्लोमा थुपार्ने प्रयासमा अहिलेदेखि नै जुटेका छन् । देशको भविष्य अन्धकारकै दिशातिर मात्र धकेलिंदै गएको छ । संविधान बन्ला-नबन्ला - बने कस्तो बन्ला - त्यो र्सवस्वीकार्य होला-नहोला - यस्ता आशंकाहरू संविधानविज्ञ, विधिवेत्ताहरूकै तार्किक अभिव्यक्तिहरूमा आएका आयै छन् ।

अर्कातिर मुलुकमा अहिले पनि बहिष्कार र तिरस्कारको राजनीति चलिरहेको छ । 'विदेशी प्रभु'को रणनीतिक खेल र सहयात्री राजनीतिक दलहरूको दाउपेच र घेरावन्दीको घनचक्करमा परेर आत्मनिर्ण्र्ाााट नै सत्ता वहिर्गमन गरी प्रतिपक्षमा रुपान्तरित भएको एनेकपा माओवादीले 'कठपुतली' सरकारलाई नीति तथा कार्यक्रम र बजेट ल्याउन अवरुद्ध संसदको ढोका खोलिदिएको भए पनि राजनीतिक सहमतिका विरुद्ध खडा भएको हिउँको पहाड पग्लिनेभन्दा चुलिने नै क्रममा छ । सरकारलाई माओवादीले दिएको एक महिनाको म्याद छोटिदै गए पनि राजनीतिक संवादले सहमतिपर्ूण्ा निकासको बाटो पहिल्याउने कुनै संकेत छैन । माओवादीले बजेट वहिष्कार मात्र नगरी सिंहदरबारभित्रै कर्मचारी आन्दोलनको सूत्रपात गर्न प्रेरक भूमिका खेल्यो । 'तलव वृद्धि'को आन्दोलनमा प्रकारान्तरले विभिन्न दलका भातृ संस्थासरह रहेका कर्मचारी संगठनहरूले सहभागिता जनाए पनि परम्परा तोडेर क्रमभंगताको स्थिति सिर्जना गर्ने प्रेरणाको स्रोत माओवादी नै रहेको मान्नै पर्दछ । स्थायी सरकार मानिने प्रशासनिक यन्त्रमा 'चेन अफ कमाण्ड'को संस्कार तोडिंदै गएको र राजनीतिक पहुँच एवं गुटगत प्रभाव स्थापित हुँदैगएकाले सरकार सिंहदरबारभित्रैबाट नैतिक संकटमा परेको अपर्ूव स्थिति पर््रदर्शन भएको छ । संसद्मा छलफल नहुँदै बजेट संशोधनको अपरिहार्यता नैतिक संकटको ज्वलन्त उदाहरण हो । नैतिक स्खलन र पथविचलनलाई राजनीतिक सौदावाजीको आधार बनाउने अपसंस्कृतिको विकासले देशलाई कुन धरातलमा पुर्‍याउने हो - कसैले पर्ूवानुमान गर्नसक्ने अवस्था छैन । यस्तो विलखवन्दमा अरु थप अनहोनी अकल्पनीय घटनाको शृङ्खला सुरु हुनसक्ने थप आशंका राजनीतिक क्षितिजमा मडारिनाले जनताले आश गरेको शान्तिपर्ूण्ा सरल जीवनको आश बग्रबास भएर त्रासमा परिणत भएको छ ।

सेना समायोजन प्रमुख समस्याका रुपमा विद्यमान नै छ । अनमिनको प्रमाणिकरणमा अयोग्य घोषित लडाकुको समायोजन समेत जटिल बनिरहेको अवस्थामा प्रमाणिकरणमा योग्य सावित भएका लडाकुहरूको समायोजन कहाँ र कसरी भन्ने विवाद चर्किदै आएको छ । गएको असारमा नै समायोजनकार्य सकिने घोषणा बेतुकको सावित भैसक्यो । वर्तमान सत्ता समीकरणका शर्ीष्ा नेता गिरिजाप्रसाद कोइराला माओवादी लडाकुको राष्ट्रिय सेनामा समायोजन हुनै नसक्ने ठोकुवा गर्दै सेनालाई राजनीतिकण हुनबाट जोगाउने आफ्नो अडान प्रस्तुत गरिरहनुभएको छ भने सत्तारुढ नेकपा एमालेको संस्थापन पक्षले योग्यताका आधारमा समायोजन हुने धारणा प्रस्तुत गरिरहेको छ । माओवादीको चाहना भने शिविरमा राखिएका 'जनसेना' र सरकारी सेना मिलाएर राष्ट्रिय सेना बनाउनुपर्ने पर्ूव धारणालाई यथावत राखी संविधान निर्माणपर्ूव समायोजन नहुने भन्दै समायोजन र संविधान निर्माण एकसाथ हुनुपर्ने मान्यता राख्न अग्रसर छ । संविधान निर्माणपर्ूव नै सेना समायोजन गर्न खोज्नु माओवादीलाई निशस्त्र पारेर समाप्त पार्ने षड्यन्त्र हो भन्ने बुझाइमा माओवादीका नेताहरू पुगेका छन् । अदृश्य शक्तिले विपरीत ध्रुवका राजनीतिक शक्तिहरूलाई फेरि नाटकीय शैलीमा एकै ठाउँमा राख्ने चमत्कार पर््रदर्शन गर्‍यो भने भिन्नै कुरा नत्र भने अहिलेकै स्थिति र गतिले बृहद राजनीतिक सहमति स्थापित हुने र शान्ति प्रक्रियालाई निष्कर्षा पुर्‍याएर संविधान निर्माण हुनसक्ने विश्वसनीय वातावरण नै सिर्जित छैन । नेता गिरिजाप्रसाद कोइरालाले माओवादीलाई उत्तेजित पार्ने शैलीमा प्रचण्डको बोलीको ठेगान नभएको, उहाँमाथि विश्वास गर्न सकिने स्थिति नरहेको, माओवादी लडाकुलाई कुनै हालतमा राष्ट्रिय सेनामा समायोजन गर्न नसकिने र माओवादीमा सुधार नखेदिएकाले जिल्ला जिल्लामा संयन्त्र नै बनाएर माओवादीविरुद्ध अभियान छेड्ने हुँकार गर्नुभएको छ । नेता कोइरालाको हुँकारले नै सहमतिको राजनीति टुटिसकेको र राजनीतिक द्वन्द्वको नयाँ चरण गतिशील रहेको पुष्टि गरेको छ । नेता कोइरालाका छद्म रणनीतिका परिणाम आउँदा अकल्पनीय ढङ्गले आउने गरेको विगतका सर्न्दर्भले यहाँ कतिपय राजनीतिक विश्लेषकहरु झस्कन्छन् ।

माओवादीलाई बाहिर राखेर सत्ता चलाउन नसक्ने तत्वज्ञानले कांग्रेस र एमाले दुवैलाई छटपटिमा पारेको छ । माओवादीलाई माधव नेपालकै सरकारमा सामेल हुन गरिएको आग्रहले पनि कुनै नतिजा ल्याउने सम्भावना छैन । माओवादीका नेताहरू खुलारुपमा निरन्तर के भनिरहेका छन् भने- 'यो सरकारले सेना समायोजन पनि गर्दैन, शान्ति प्रक्रियालाई पनि अगाडि बढाउँदैन र संविधान पनि लेख्दैन' । यो सरकारलाई हटाएर आफ्नै नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार नबनाएसम्म शान्ति प्रक्रिया अगाडि नबढ्ने र संविधान नबन्ने ठोकुवा माओवादीका नेताहरूले गर्दैआएका छन् । सत्ता समीकरणका शर्ीष्ा नेता कोइरालाले यो सरकारले नै संविधान निर्माणकार्य पूरा गर्ने र पूरा अवधि टिक्ने दावी गरे पनि माओवादीले यो सरकार धेरै नटिक्ने र आफूले टिक्न नदिने भनिरहेको छ । माओवादीको नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार बनेन भने शान्ति प्रक्रिया अवरुद्ध हुने र संविधान नबन्ने मात्र होइन कुनै न कुनै रुपमा सैनिक शासन स्थापित हुने दावी माओवादीले गर्न थालेको छ । माओवादी पाए सत्ता नपाए आन्दोलनको मनस्थितिमा छ । माओवादीको नेतृत्वमा नयाँ सरकार बन्ने वा एमालेको नेतृत्वमा नै माओवादी सरकारमा जाने कुनै विश्वसनीय आधार देखिएको छैन । एक अर्काविरुद्धको लक्षेदार कथन र राजनीतिक कटुताको विस्तारले शान्ति प्रक्रिया भाँडिदै गएको पर्याप्त संकेत गरेको छ । प्रमुख राजनीतिक दलका नेताहरूको ताल देखेर जनता वाक्क-व्याक्क हुँदै विरक्तिन पुगेका छन् । सरकार हरेक क्षेत्रमा निरीह सावित हुँदैछ ।

सरकारको उपस्थितिमा यस्तो राजनीतिक कम्पनले स्थिरताको सन्देश दिंदैन र विकास, शान्ति तथा सुरक्षा लगायतका प्रसङ्ग र जनजीविकाका मुद्दा उठ्न छोडेर सदैव हिंसा र तदजन्य विषम परिस्थितिमा जनताले आर्तनाद गरिरहनपर्ने यस्तो दर्ुर्दिन टुंग्याउन नेताहरूको प्रभामण्डल असक्षम हुँदै जानु विडम्वना मात्र नभै राजनीति नै अभिशप्त भएको संकेत हो । यसको परिणाम 'बाह्र वर्षरामायण पढेर सीता कसकी जोई' भन्ने उखान चरितार्थ गर्ने गवाँर शैलीजस्तै मुलुकको सत्तापक्ष हाँक्ने राजनीतिक दल र त्यसका नेता तथा प्रतिपक्षमा बसेर सत्तासिनलाई बाटो नविराउन खबरदारी गर्ने राजनीतिक दल वा नेताहरुको राजनीतिमा सशक्त उपस्थिति नै छैन र उनीहरु आफैं खुट्टा कमाउँदै वैशाखीकै सहारामा तातेताते गर्दै छन् भन्ने यो कालखण्डको राजनीतिक इतिहासको थप विश्लेषण गर्न कर्मचारी आन्दोलन र त्यसले उत्पन्न गरेको परिस्थितिले आगामी प्रशासनिक यन्त्र तथा त्यसको गतिशीलता कस्तो होला - भविष्यकै गर्भमा लुकेको छ

20090725

अरुलाई मार्ने वाइ सि यल नेता आफै मारिए, आफनै स्टाइलमा !

अज्ञात समूहले शनिबार दिउसो एकिकृत माओवादीको भातृसंगठन वाइसिएलका केन्द्रीय सदस्य लक्ष्मणराय यादवको गोली हानी हत्या गरेको छ । चन्द्रनिगाहपुरबाट मोटरसाइकलमा विश्रामपुर-४ स्थित घर फर्किरहेका यादवलाई ३ जनाको समूहमा आएको हतियारधारी समूहले दिउसो १२ बजे गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । भोजपुरा राज्य समितिका सदस्यसमेत रहेका ३९ वर्षीय यादवको टाउकोमा दुई गोली तथा पाखुरामा एक गोली लागेको घटनास्थल पुगेका भोजपुरा राज्यसमिति सदस्य समिरले बताए । प्रहरी चौकीभन्दा २ सय मिटर पर उक्त घटना भएकाले प्रहरीसमेत शंकाको घेरामा रहेको समिरको आरोप छ । उनले उक्त चौकीका इन्चार्ज सम्पर्कमा नरहेकाले शंका बढेको जनाए । उक्त समूह हत्यापछि वागमती नदीतर्फ भागेको प्रत्यक्षदर्शीले बताए । यसैबीच तराई मुक्ति मोर्चाले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी हत्याको जिम्मेवारी लिएको छ । यादवका ५ सन्तान तथा श्रीमती रहेका परिवार श्रोतले जनाएको छ । घटनास्थल र त्यस वरपरका क्षेत्रमा प्रहरी बाक्लोरुपमा परिचालित गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।


माइला साहुले ठुला दाई ढलाए

हेर्नुस् भिडियोमा तल .......


Watch Tito Satya-July 23, 2009 in Comedy View More Free Videos Online at Veoh.com

मुन्द्रे र राता मकै जेल बाट रिहा .....


Watch Jire Khursani-July 20, 2009 in Comedy  |  View More Free Videos Online at Veoh.com

20090724

गभर्नर दीपेन्द्रबहादुर क्षेत्री पदमुक्त, भागबँडा लगाएर २४ सचिब नियुक्त, घिमिरेलाई क्यानडा, अमात्यलाई श्रीलंकाको लागि राजदूत नियुक्त

काठमाडौं/ शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले मूख्य सचिवमा माधवप्रसाद घिमिरेलाई नियुक्त गरेको छ । बैठकले निवर्तमान मूख्य सचिव भोजराज घिमिरेलाई क्यानडाका लागि राजदूत बनाएको छ । यसैगरी बैठकले नेपाल राष्ट्र बैंकको गभर्नमा विजयनाथ भट्टराईलाई पुनर्बहाली गरेको छ । भट्टराईमाथि लागेको भ्रष्टाचार सम्बन्धी मुद्धामा सर्वोच्चले सफाइ दिए पछि उनी पु:न पदमा बहाल हुन बाटो खुलेको थियो । भट्टराई गभर्नरमा नियुक्त भए पछि बहालवाला गभर्नर दीपेन्द्रबहादुर क्षेत्री पदमुक्त भएका छन् ।

मन्त्री परिषद् बैठकले उमेशप्रसाद मैनालीलाई राष्ट्रपति कार्यालयका प्रमूख सचिवमा सरुवा गरेको छ । यसअघि उनी वातावरण मन्त्रालयमा थिए । यसैगरी बैठकले श्रीलंकाको लागि राजदूतमा सुशिलचन्द्र अमात्यलाई नियुक्त गरेको छ ।
लामो समयदेखि रिक्त सचिव पदमा सरकारले आज २४ सहसचिवलाई बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो। जसअनुसार सचिव हुनेमा युवराज भुषाल, दीप बस्नेत, नवीनकुमार घिमिरे, कृष्ण ज्ञवाली, मोदराज डोटेल, रामस्वरुप सिन्ह्वा, नाथुप्रसाद चौधरी, विनोदकुमार ज्ञवाली, दिनेशहरि अधिकारी छन्। यसैगरी सचिव हुने अन्यमा मदनकुमार भट्टराई, रुद्रकुमार श्रेष्ठ, निरञ्जन बराल, ध्रुवप्रसाद शर्मा, केशव भट्टराई, प्रतापकुमार पाठक, सुशील घिमिरे, किशोर थापा, कृष्णहरि बास्कोटा, यज्ञ गौतम, गणेशराज जोशी, नगेन्द्र घिमिरे, श्रीराम पन्त छन् । यसैगरी स्वास्थ्य मन्त्रालयका सचिवमा डा. सुधा शर्मा र डा. प्रवीण मिश्रलाई बढुवा गरिएको छ । सरकारले धनराज रताला,लाई कामु सचिव बनाएको छ ।

सर्बोच्च अदालतद्वारा उपरास्ट्रपतीलाई झापड

न्यायाधीश पृष्ठभूमिबाट उपराष्ट्रपति बनेका परमानन्द झाले हिन्दी भाषामा लिएको शपथलाई सर्वोच्च अदालतले 'गैरसंवैधानिक' भन्दै बदर गरिदिएको छ। 'नेपाली भाषालाई संविधानले राष्ट्र भाषाको रुपमा तोकेको र सपथको ढाँचा समेत दिएको अवस्थामा हिन्दी भाषामा लिएको उपराष्ट्रपतिको सपथ गैरसंवैधानिक ठहर्छ'- शुक्रवार निर्णय सुनाउँदै सर्वोच्चले भनेको छ। प्रधान न्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश बलाराम केसीको इजलासले गरेको फैसलामा उपराष्ट्रपति झालाई पुनः सपथ गर्न 'आदेश' त दिएको छैन। तर संविधानको रक्षाका लागि फेरि शपथ लिने 'विश्वास' व्यक्त गरिएको छ। 'अर्को सपथ लिने/नलिने व्यक्तिको स्वेच्छाको कुरा हो'- फैसलामा भनिएको छ- 'पुन सपथ लिनुपर्छ भनेर परमादेश जारी गर्न मिल्दैन तर संविधानको पालना उपराष्ट्रपतिले गर्नुहुने हुँदा फेरि सपथ लिनुहुनेछ भन्ने विश्वास छ।''अदालतको आदेशपछि पुनः सपथ गर्ने वा पद छाड्ने दुई विकल्प उहाँका अघि देखिएको छ'- फैसलापछि उक्त रिटका निवेदक बालकृष्ण न्यौपानेले नागरिकन्यूजसँग भने। रिटको पक्षमा निवदेशक न्यौपाने सहित अधिवक्ताहरू टीकाराम भट्टराई, माधवकुमार बस्नेत, कुमार रेग्मी, राजकुमार थापा र कञ्चनकृष्ण न्यौपानेले बहस गरेका थिए। उपराष्ट्रपति झाले अन्तरिम संविधानको धारा ३६ को 'झ' २ को अनुसूची २ को प्रतिकुल हुने गरी सपथ लिएकाले नेपाली भाषामा सपथ लिन रिटमा माग गरिएको थियो। रिटमा नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय र राष्टपतिको कार्यालयलाई विपक्ष बनाइएको थियो।हिन्दीमा सपथ लिएपछि २०६५ साउनमा उपराष्ट्रपतिले देशव्यापी विरोध सामना गर्नुपरेको थियो। मुलुकबासीबाट चर्को विरोध भएपछि त्यसलाई मत्थर पार्न १४ साउनमा उपराष्ट्रपति झाले देशबासीका नाममा अपिल जारी गर्नुपरेको थियो। उनले अपिलमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र सबै नागरिकको सम्मानमा कुनै पनि प्रकारको प्रतिकूल प्रभाव पार्ने मनसाय नरहेको प्रस्टीकरण दिएका थिए। हिन्दी भाषामा शपथ लिएको विरोधमा तराईका मैथिलिभाषीले समेत विरोध जनाएका थिए। उपराष्ट्रपति झाभन्दा अघि संविधान सभा सदस्यहरुले आफूखुशी भाषामा शपथग्रहण गरेका थिए। उक्त विषय भने विवादमा आएको थिएन।सर्वोच्चको अस्थायी न्यायाधीश हुँदा ६ सय ६९ किलो चरेससहित पक्राउ परेका व्यक्ति दिलबहादुर गुरुङलाई २०६३ असार १५ मा निर्दोष ठहर गर्दै रिहाइको आदेश दिएपछि झा विवादमा तानिएका थिए। आर्थिक प्रलोभनमा परेर लागूऔषध तस्करलाई सफाइ दिएको विवादपछि अनुसन्धानका लागि सर्वोच्च अदालतले न्यायाधीश अनुपराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।चरेस काण्डकै कारण स्थायी न्यायाधीश बनाउन अनुपयुक्त ठहर गर्दै न्यायपरिषदले पुनरावेदन अदालत बिराटनगर सरुवा गरेपछि कानुन व्यवसायीहरूले उनको बेन्च बहिष्कार गरेका थिए। त्यसपछि न्यायसेवाबाट बाहिरिएका झालाई फोरमले उपराष्ट्रपतिको रुपमा अघि सारेर राजनीतिमा प्रवेश गराएको थियो।-कृष्ण ढुंगाना/नागरिक

अब चेतावनी दिने पालो कमल थापाको !


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था, धर्म निरपेक्ष राज्य तथा संघीयताको विषयमा जनमतसंग्रह गरी अन्तिम निर्णयनगरे पुनः द्वन्द्व निम्तिने चेतावनी दिनुभएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा थापाले राजाले पुनःस्थापित गरेको संसद्का टिके सभासद्हरूले गरेको निर्णये राजसंस्था बाहिर हुन नसक्ने दाबी गर्नुभयो। उहाँले बाहय शक्तिको दबाबमा आएर जनतामा जथाभावी धर्म निरपेक्ष तथा संघीयता लाद्न खोजे डरलाग्दो द्वन्द्वबाट नेपाललाई कसैले बचाउन नसक्ने बताउनुभयो। सरकारले भित्र्याउन लागेको हतियारबारेको विवादमा भने उहाँले शान्तिसुरक्षा कायम गर्न सरकारले आवश्यक हतियार भित्र्याउन सक्ने टिप्पणी गर्नुभयो। आफूहरू राजावादी मात्र नभएर राष्ट्रवादी भएको दाबी गर्दै अध्यक्ष थापाले हिजो भएका गल्तीबाट सिक्नुपर्नेमा अहिले झन् गल्ती दोहोरिने काम भएको बताउनुभयो।

सात दलबीच विगतमा भएका विभिन्न सम्झौताको अहिले कुनै औचित्य नरहेको उल्लेख गर्दै उहाँले शान्ति स्थापनाका लागि शुरू भएको सहयात्रा किन हिंसातर्फअग्रसर हुन लाग्यो भनी सम्झौता गर्ने दलहरूलाई नै प्रश्न गर्नुभयो। संविधान निर्माण खेलकुद प्रतियोगिता नभएकाले कार्यतालिका बनाएर भन्दा पनि राजनीतिक सहमतिका आधारमा गर्नुपर्ने अध्यक्ष थापाको भनाइ थियो।




20090723

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले चेतावनी दिए प्रमुख दलका शीर्ष नेताहरुलाई


दलहरुबीच सहमति नजुटेका कारण संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख दलका शीर्ष नेताहरुलाई संविधानसभा सचिवालयमा बोलाएर संविधान निर्माणलाई प्राथमिकता दिन चेतावनी दिएका छन्। बैठकमा पछिल्लो पटक परिवर्तन गरेको कार्यतालिकाले एकदमै गम्भीर बनाएको बताउँदै नेम्वाङले संविधान निर्माणमा दलका शीर्षनेताहरुलाई गम्भीर हुन आग्रह गरे। उनले भने 'संविधानसभाका समिति पूर्ण बैठक सबै ठाउँमा दलका प्रमुख नेताहरु उपस्थित भएर क्रियाशील हुन आवश्यक छ।' संविधानसभामा चारवटा अवधारणापत्रमाथि १२० घण्टा लामो छलफल भैसक्दा पनि कुनै पनि तीन प्रमुख दलका संविधानसभा दलका नेता छलफलमा सहभागी भएका छैनन्। समितिको बैठकहरुमा पनि उनीहरुको उपस्थिति एकदमै कम मात्र हुने गरेको तर्फ नेम्वाङको संकेत थियो।
बैठकमा संविधानसभा दलका नेतासमेत रहेका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल उपस्थित थिए। त्यस्तै उपनेताहरु माओवादीका नारायणकाजी श्रेष्ठ र कांग्रेसका प्रकाशमान सिंह, प्रमुख सचेतकहरु माओवादीका पोष्टबहादुर बोगटी, एमालेका भीम आचार्य र कांग्रेसका लक्ष्मणप्रसाद घिमिरे बैठकमा सहभागी थिए।
तीन वटै दलका संविधानसभा दलका नेता उपनेता प्रमुख सचेतक र कानूनका ज्ञातालाई बोलाइएको उक्त बैठकमा कांग्रेसका राधेश्याम अधिकारी र एमालेका अग्नि खरेल उपस्थित थिए। नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधि पनि बैठकमा आमन्त्रित थिए।
विषयगत समितिले अवधारणापत्र र प्रारम्भिक मस्यौदा तयार गर्न नसकेका कारण स्थगित भएको जानकारी दिँदै नेम्वाङले दलको शीर्ष नेतृत्वको बैठक बसेर केही विषयमा सहमति जुटाएमा तीन-चार वटा समितिका प्रतिवेदन तत्काल तयार हुने अवस्थामा रहेको बताए । नेम्वाङले भने 'राज्यको पुनःसंरचना लगायतका महत्वपूर्ण विषय बाँकी छन् गम्भीर विषयहरु निष्कर्षमा पुर् याउन दलहरुबीच आपसी छलफल हुनुपर्छ ।'
संविधान जारी भएपछिमात्र सेना समायोजन भन्ने माओवादीको र सेना समायोजन भएपछि मात्र संविधान बन्छ भन्ने सत्तारुढ गठबन्धनको परस्पर विरोधी भनाइ आइरहेको सन्दर्भमा नेम्वाङले यस्ता विषयमा तत्काल टुंगोमा पुग्न पनि नेम्वाङले आग्रह गरे।
माधवकुमार नेपाल प्रधानमन्त्री भएदेखि रिक्त भएको संवैधानिक समितिको सभापति साउन ९ गते दुई महिना पुग्ने बताउँदै नेम्वाङले भने 'एक महिनाभित्रै पदपूर्ति गर्नुपर्ने नियमावलिले व्यवस्था गरेको छ यति समयमा सभापति तोक्छौं भनेर दलहरुले भन्नुपर् यो।'
संसद्को लगातार अवरोधका कारण पनि संविधान निर्माण प्रभावित भएकोतर्फ ध्यानाकर्षण गर्दै नेम्वाङले भने 'बजेटका कारण साउन १ गतेसम्म संविधानसभा स्थगन गरिएको थियो।' विगतमा एमाले कांग्रेस हुँदै माओवादीसमेतले सदन अवरुद्ध गरेकोतर्फ उनले टिप्पणी गरे। साउन २२ गते सदन खुलाउँदा माओवादीसँग गरेको सम्झौतामा एक महिनाभित्र धेरै चिज टुंग्याउने भनिएको तर्फ पनि उनले शीर्षनेताको ध्यानाकर्षण गरेका थिए।
संसद् र संविधानसभा एक साथ सञ्चालन गर्नुपर्ने बाध्यता रहेकोले संसद् अवरुद्ध नगर्ने वातावरण तयार गर्न पनि उनले सुझाव दिए। उनले शीर्ष नेतृत्वमा छलफल र सहमति खोज्न पनि आग्रह गरे।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणको वातावरण बनाउन समस्या समाधानले गति लिन नसकेको बताए। देशमा अनपेक्षित घटनाहरु घटेको बताउँदै दाहालले सहमति गरेर जान आफू विपक्षी दलको नेताका हैसियतले गरेको बैठकका लागि गरेको प्रयत्न केही दलका नेताले टार्न चाहेको पनि बताए।
संविधान लेखन शान्तिप्रकि्रयाकै अंग भएको बताउँदै उनले अहिले शान्तिसम्झौताविपरीत क्रियाकलाप भैरहेको आरोप पनि लगाए। समय ढेपिंदै गएकोतर्फ आफ्नो दल गम्भीर रहेको पनि बताए। राजनीतिक दलले संविधानसभा सचिवालयलाई घच्घच्याउनुको साटो उल्टै सचिवालयले दललाई घच्घच्याउनुपर्ने अवस्था आएको दाहालले बताए।
नेपाली कांग्रेसका रामचन्द्र पौडेलले संविधान निर्माणमा समयको पहिरोले किच्दै आएको बताउदै राज्य पुनसंरचना आयोग बनाएर टुंगोमा पुग्ने प्रतिबद्धता संविधानमा नै गरेकोतर्फ ध्यानाकर्षण गरे। उनले भने 'गम्भीर राष्ट्रिय बहसबाट यो नटुङ्ग्याई संविधान बन्दैन।' उनले माओवादी सेनाका लडाकू समायोजन गरेपछि मात्र संविधान बनाइनुपर्नेमा जोड दिए। दलहरुबीच छलफलबाट संविधानका आधारभूत सिद्धान्त नबनाई संविधान बनाउन थालिएकोले कामले गति लिन नसकेको पौडेलको स्वीकारोक्ति थियो।
पौडेलले आफ्नो दुवैतर्फ बसेका माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष झलनाथ खनाललाई प्रस्ताव गरे 'आजै चार बजे बसौं।' दाहालको प्रतिक्रिया थियो,'शान्तिप्रक्रिया विपरीतका कुरा पनि आएका छन् तपाई मात्र हैन गिरिजाबाबु पनि बैठकमा हुनुपर्छ।'
एमाले अध्यक्ष झलनाथ खनालले पार्टी-पार्टीबीच मात्र हैन एकै दलभित्र पनि नयाँ संविधानका विषयमा फरक-फरक धारणा रहेको बताए। उनले भने 'राष्ट्रिय महत्वका विषयमा पार्टी धारणाभन्दा माथि उठेर छलफल गर्नुपर्छ।' अहिले असझदारी बढ्दै गएको अवस्थालाई अन्त्य गरी दलहरुबीच साझा धारणा बनाउन तत्कालै छलफल गर्नुपर्ने उनले बताए।
सभामुखसँगको बैठकलगत्तै तीनै दलका नेताहरु तत्कालै बैठक बसेका थिए। रामचन्द्र पौडेलले पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई बैठकका लागि मनाउने बताएका थिए। बिहीबार साँझसम्ममा तीन दलको शीर्ष नेतृत्वबीच शुक्रबार बिहान ८ बजे बैठक बस्ने सहमति भएको छ।
एमाले अध्यक्ष झलनाथ खनालले संवैधानिक समितिको सभापतिका लागि सहमतिबाट अघि बढ्न आग्रह गर्दै त्यसमा एमालेको कुनै ठोस दाबी नरहेको बताए। उनले भने 'जसले कुशलतापूर्वक नेतृत्व गर्छ एमाले समर्थन गर्न तयार छ।'
नेपाली कांग्रसका रामचन्द्र पौडेलले एमालेको अध्यक्ष, माओवादीको उपाध्यक्ष रहेको बताउँदै नयाँ संविधान निर्माणमा कांग्रेसको पनि महत्वपूर्ण भूमिका हुनुपर्ने भएकाले संवैधानिक समितिको सभापति पाउनुपर्ने दाबी गरे।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियत दिएकाले संवैधानिक समितिको सभापति आफ्नो दलले पाउनुपर्ने उनको दाबी थियो। उनले भने 'संवैधानिक समितिको सभापतिमा बाबुराम भट्टराईलाई पठाउने निर्णय गरिसकेका छौं।'-माधव ढुङ्गेल

साहित्यकार होमनाथ सुवेदीलाई

अस्वीकृत सम्मान-०९ प्रदान गरिने

अस्वीकृत विचार साहित्य गुठीले अमेरिका निवासी वरिष्ठ साहित्यकार श्री होमनाथ सुवेदीलाई उहाँले डायस्पोरामा रही नेपाली साहित्यको प्रवद्र्धनमा अथक योगदान दिएको उच्च मूल्यांकन गरी अस्वीकृत विचार साहित्य सम्मान- ०९ ले विभूषित गर्ने निर्णय गरेको छ । श्री सुवेदीले हालसम्म १८ पुस्तकहरु (८ उपन्यास, २ कविता संग्रह, १ गजल संग्रह, २ खण्डकाव्य, २ कथा संग्रह, १ समालोचना, र २ अन्य) प्रकाशित गरिसक्नु भएको छ । त्यस्तै हालसम्म उहाँलाई विभन्नि प्रतिष्ठित सँस्थाहरुले ८ वटा सम्मान तथा अभिनन्दनहरु समेत प्रदान गरेको छ ।

गुठीद्वारा ०५४ सालमा स्थापनापर्यन्त यस्तो सम्मान गरिएको यो तेस्रो अवसर हो । यस गुठीले हरेक वर्ष एक बिर्सिएका अस्वीकृत लेखक कविलाई पुरस्कार प्रदान गर्ने भए पनि यस्तो सम्मान भने निक्कै कम तर जीवनको वहुधा भाग नेपाली साहित्य प्रवद्र्धनको लागि व्यतित गर्ने विशिष्ट व्यक्तिलाई प्रदान गर्ने गर्दछ । हालसम्म यसले ११ जना लेखक कविलाई पुरष्कृत गर्यो भने दुइजनालाई सम्मान गरिसकेको छ ।
स्मरण रहोस् केही महिना अघि यस गुठीले यसको बाह्रौँ अस्वीकृत विचार साहित्य पुरस्कार-६५ साहित्यकार श्री भवानी क्षत्रीलाई दिने निर्णय गरेको थियो । यी दुवै सम्मान तथा पुरस्कार यही श्रावण १८ गते दिनको ५।०० बजे वालमंच नेपालको हल अनामनगरमा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
बिदेश मा रहेर पनि नेपाली भाषा साहित्य का लागि मरिमेट्ने यि लोकप्रिया साहित्यकार एबम अन्तरराष्ट्रिय नेपाली साहित्य समाज का जन्मदाता होमनाथ सुबेदीलाई नेपाल मदर डट कम पनि हार्दिक बधाई दिन चाहन्छ ।

20090722

कालीबाबा अचानक नेपाल आए ! कालिबाबाका पछाडि हिंडेको नेपाल र हाम्रा नेताहरु !

यी बाबा ले जोगाउन सक्ने भए राजा लाई किन जोगाउन सकेनन, यी बाबा ले सक्ने भए भारत मा भाजपा किन चुनाव हार्यो ? यीनका भक्त हरु किन सडकमा छन ? तर पनि हाम्रा महान नेता हरु मात्र होइन नेपाल नै किन यी काली बाबा को पछाडि छन, बुझ्न सकिएन ।

भारतमा समेत ख्याति कमाएका कालीदास दाहाल अर्थात् कालीबाबा अचानक नेपाल आएका छन्। मानिसको व्यक्तिगत जीवनको भूत, भविष्य, वर्तमान खुट्याउन सक्ने मात्र नभएर उनी राजनीतिलाई समेत तलमाथि बनाउन सक्ने 'बाबा'का रूपमा चर्चित छन्। सिद्धि प्राप्त मानिएका तान्त्रिक कालीबाबासँग आफ्नो शासनकालमा राजा ज्ञानेन्द्रले पनि अनेकौंपटक भेटघाट तथा सरसल्लाह गर्ने गर्नुहुन्थ्यो। भारतीय नेताहरूसमेत आफ्नो पद र प्रतिष्ठा प्राप्त गर्न र जोगाउन कालीबाबालाई भेट्ने गर्छन् भनिन्छ। कालीबाबा नेपाल आउँदा उनलाई भेट्न नेताहरूको तँछाडमछाड नै हुने गर्दछ। गत सोमबार उनी नेपाल आउँदा नेपाली काङ्गे्रसका नेता खुमबहादुर खड्का, देवेन्द्र कँडेल र तमलोपाका नेता हृदयेश त्रिपाठीले विमानस्थलमै कालीबाबाको स्वागत गरेका थिए। प्राप्त जानकारीअनुसार कालीबाबा अहिले पशुपतिस्थित वनकाली धर्मशालाको कोठा नं. १६ मा बसेका छन्। विमानस्थलमा स्वागत गरेपछि हिजो मंगलबार बिहान नेपाली काङ्गे्रसका नेता खुमबहादुर खड्काले धर्मशालामै गएर कालीबाबालाई भेट्नुभएको छ। मुलुकमा गणतन्त्र स्थापनापश्चात् धेरै ठूलो अन्तरालमा नेपाल आएका कालीबाबाको आगमनलाई विशेष अर्थपूर्ण मानिएको छ। उनको आगमनको अर्थ विशुद्ध धार्मिक हो या राजनीतिक पनि छ यो सर्वाधिक चासोको विषय बनेको छ।


हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र

र सङ्घीयताका विषयमा

जनमतसङ्ग्रह माग

नेपालमा लोकतन्त्र र गणतन्त्र प्राप्तिको केही समय राजाको बारेमा बोल्नसमेत हिच्किचाउनेहरू अहिले संवैधानिक राजतन्त्रको माग गर्न थालेका छन्। मुलुकको सार्वभौमिकताको जगेर्नाका निम्ति पनि राजसंस्थाको आवश्यकता बोध भएको बताउनेहरूको सङ्ख्या बढ्दै गएको बेला राप्रपा नेपालले हस्ताक्षर अभियानको सुरुवात गरेको छ। गत सोमबार राजधानीको वसन्तपुरबाट आरम्भ भएको हस्ताक्षर अभियान आगामी भदौ मसँन्तसम्म जारी रहने र हस्ताक्षर गर्नेहरूको सङ्ख्या न्यूनतम १० लाख हुने राप्रपा नेपालका प्रवक्ता समेत रहनुभएका सहमहामन्त्री राजाराम श्रेष्ठले बताउनुभयो। अध्यक्ष कमल थापाद्वारा शुभारम्भ गरिएको हस्ताक्षर अभियानको मुख्य माग हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा जनमतसङ्ग्रह गरिनुपर्ने रहेको छ। हस्ताक्षर कार्यक्रम मुलुकका १४ अञ्चल ७५ जिल्लामै गरिनेछ। राष्ट्रव्यापी हस्ताक्षरको शुभारम्भ
कार्यक्रमलाई पार्टी अध्यक्ष कमल थापा, महामन्त्री गणेश शेरचन, सहमहामन्त्री राजाराम श्रेष्ठ र सभासद् चन्द्रबहादुर गुरुङले सम्बोधन गर्नुभएको थियो।
मुलुकमा हत्या, हिंसा, बन्द, हड्ताल, महँगीजस्ता कुराहरू बढ्दै गएपछि मानिसहरूमा राजनीतिक पार्टी र नेताहरूप्रति वितृष्णा बढ्दै गएको बताउँदै नेकपा एमालेका पूर्वकार्यकर्तासमेत रहिसकेका सीताराम भट्टराईले भने, 'मुलुकमा कुनै नयाँ कुरा हुँदा पहिला–पहिला दरबारले के निर्णय गर्ला, राजाले के भन्लान् भन्ने थियो, अब त चीन र भारतले के गर्लान् भनेर सिधैं छिमेकी मुलुकहरूको मुख ताक्न थालियो। राष्ट्र बचाउन पनि राजसंस्था चाहिन्छ जस्तो लागेर हस्ताक्षर गर्न आएको।' सङ्घीयताको भरमार विरोध गर्दै उनले हिन्दू राष्ट्रको वकालतसमेत गरेका थिए। गाउँघर, सहर, बजार सबैतिर राजतन्त्रको माग भइरहेकोले संविधानमा राजसंस्था राखिनुपर्ने माग कार्यक्रममा गरिएको थियो।


प्रचन्डले गाली गर्ने बाबुरामले

माफि माग्ने, कस्तो नौटँकी हो

झलनाथ ले बुझेनन

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले वैचारिक बहसको थलोमा आफ्नो पार्टीको नामै लिएर आलोचना गरेपछि आफू कार्यक्रमस्थलबाट हिँडेको एमाले अध्यक्ष झलनाथ खनालले बताएका छन्। 'माओवादी निकट 'रातो झिल्को' त्रैमासिकको सार्वजनिकीकरण समारोहमा सोमबार मलाई त्यस पत्रिकाका पूर्व सम्पादक तथा माओवादी नेता बाबुराम भट्टराईले माक्स्रवादबारे वैचारिक बहसका लागि निम्त्याएका हुन्'- खनालले मंगलबार नागरिकसँग भने 'प्रचण्ड (अध्यक्ष दाहाल) ले हाम्रो पार्टीको नामै लिएर स्तरहीन आलोचना गर्न थालेपछि त्यसको प्रतिक्रियामा म कार्यक्रमस्थलबाट बाहिरिएको हुँ।' खनालले मञ्चमा बस्दा आफू अर्को कार्यक्रममा जानुपर्ने भएकाले माओवादी अध्यक्ष दाहाललाई 'कति लामो बोल्दै हुनुहुन्छ ?' भन्ने सोधेका थिए। 'उहाँ मलाई भनेभन्दा बढी समय मात्र बोल्नु भएन गालीगलौजमै उत्रिनुभयो' खनालले भने- 'सैद्धान्तिक बहस गर्ने हो भने त्यसको मर्यादा र स्तर पालना गरिनुपर्छ मैले आफ्नो बोल्ने पालोमा सैद्धान्तिक विचारमात्र प्रकट गरेको थिएँ।' माओवादी नेता भट्टराईले घटनाको भोलिपल्ट बुधबार टेलिफोन गरी खनालसँग आफ्नातर्फबाट क्षमायाचना गरेका छन् ।

बैचारिक बहस र छलफलका लागि आयोजित कार्यक्रम भनिए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले व्यक्तिगत आक्रोश पोखेपछि एमाले अध्यक्ष झलनाथ खनाल मञ्च छोडेर हिडेका थिए। खनाल लगत्तै बोल्ने क्रममा दाहालले बेइमानी, पाखण्डी, दलाल, नोकशाही, संसदवादी, बुर्जुवा दलहरुका विरुद्ध अहिले संघर्ष गरिरहेकाले त्यही नै आजको माक्स्रवाद भएको भनेपछि उनी मञ्चबाट हिडेका थिए। "एउटा पार्टी एमालेका अध्यक्ष यही हुनुहुन्छ । म माओवादीको अध्यक्ष यही छु तर फरक यति मात्रै हो एउटाले साम्राज्यवादीहरुसँग आत्मसर्मपण गरेको छ । मैले नागरिक सर्वोच्चता भनिरहेको छु । अर्कोले नागरिक सर्वोच्चतालाई बुथले कुल्चेको छ" - दाहालले भने । दाहालको उक्त भनाईसँगै कार्यकर्ताले ताली बजाउँदै हुटिङ्ग गरेपछि खनाले मञ्चबाट उठेर हिडेका थिए । खनाल हिंडेपछि दाहालले भाषणकै क्रममा भने- "खनाल जी नहिडेको भए राम्रो हुने थियो । अझै भन्न बाँकी छ।"

20090721

प्रतिकारमा उत्रिए जनता, माओवादी सभासद्लाई कुटपिट !

तामाङसालिङ राज्यको माग गर्दै पासाङल्हामु शेर्पा राजमार्ग बन्द गर्न पुगेका माओवादी सभासद्लाई तीनपिप्लेका स्थानीय जनताले राजमार्ग अवरोध गर्न नपाउने भन्दै कुटपिट गरेका छन्। रसुवा र नुवाकोट बन्द गर्न पुगेका माओवादी कार्यकर्ताले एउटा मिनीबस र माइक्रोबसमा आगजनी गरेपछि आक्रोशित बनेका स्थानीय जनताले माओवादी सभासद् प्रेमबहादुर तामाङलाई कुटपिट गरेका हुन्। कुटपिटबाट घाइते भएका सभासद् तामाङको शिक्षण अस्पतालमा उपचार भएको थियो। आफनो माग पूरा गराउने नाममा राजमार्ग बन्द गर्ने, तोडफोड गर्ने प्रवृत्ति बढेर गएको भन्दै बन्दको प्रतिकारमा उत्रिएको स्थानीय बासिन्दाले जानकारी दिए। राजमार्ग बन्द गर्न गएकी माओवादीकी अर्की सभासद् सन्तमाया तामाङसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

20090720

माओवादीले जन्माए एक सय नौ अपराधिक् र ससस्त्र समुह नेपालमा !!!

माओवादीले जन्माए एक सय नौ अपराधिक् र ससस्त्र समुह नेपालमा । उनीहरु ठ्याक्कै माओवादीकै सैलीमा चन्दा माग्ने, धम्क्याउने , अपहरण गर्ने , मार्ने जस्ता अपराधिक् काममा सकृय छन ससस्त्र रुपमा ।

नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरुले सुरक्षा व्यवस्था प्रभावकारी हुन नसकेको प्रति गहिरो चासो जनाएका छन् । सुरक्षा अवस्थाप्रति चिन्तित अन्तर्राष्ट्रिय समुदायस“ग सोमबार गृह र परराष्ट्र मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको भेटका क्रममा उनीहरुले त्यस्तो चासो देखाएका हुन् ।४० भन्दा बढी राजदूत तथा प्रतिनिधि सहभागी सामूहिक भेटमा गृहमन्त्री भीम रावलले सुरक्षा प्रभावकारी बनाउन कार्ययोजना निर्माण भइसकेको जानकारी दिएका थिए । गृहको अनुरोधमा परराष्ट्रले प्रबन्ध मिलाएको उक्त छलफलमा बन्दका क्रममा कुटनीतिक क्षेत्रका सवारी साधनहरु आक्रमणको निशाना बनेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षा गराएका थिए ।

जवाफमा गृहमन्त्रीले सडक अवरोध हटाउन तथा अपराध नियन्त्रणका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै त्यस्तो समस्या भए प्रहरीको विशेष टोलीलाई सर्म्पर्क गर्न अनुरोध गरेका थिए । सुरक्षा कार्ययोजना लागू गर्दा मानवअधिकार हनन हुन नदिन अपनाउनुपर्ने उपायबारे उनीहरुले जिज्ञासा राखेको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका प्रवक्ता मदन भट्टर्राईले जानकारी दिए ।
सशस्त्र समूहहरुबारे राखिएको जिज्ञासामा रावलले हाल १ सय ९ वटा सशस्त्र समूह सकृय रहेको र ती मध्ये राजनीतिक समूहको पहिचान गरी सरकार अघि बढ्ने प्रतिबद्धता जनाए । भेटमा मन्त्री रावलस“गै गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । अस्वस्थ्य भएपछि भेटमा सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री सुजाता कोइरालाले लिखित सन्देश पठाउदै शान्ति प्रकृयालाई निष्कर्षा पुर्‍याउन र स्थायित्व कायम राख्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन । उनले अर्न्तराष्ट्रिय समुदायस“गको सहयोगको प्रशंसा समेत गरिन ।

नेपालमा भुलेपनी अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा बिभिन्न कार्यक्रमका साथ अमेरिकामा भानु जयन्ती सम्पन्न

कार्यक्रमलाई सम्बोधनगर्दै अ ने सा स का सस्थापक अध्यक्ष्य एबम प्रसिद्ध साहित्यकार होमनाथ सुबेदी साथमा कार्यबाहक नेपाली राजदुत काली प्रसाद पोख्रेल
कार्यक्रम मा उपस्थित साहित्य प्रेमीहरु


प्रबुद्ध ब्यक्तित्व एबम साहित्यप्रेमी डा श्याम कार्की अङ्रेजीमा नेपाली कबिता बाचन् गर्दै

साहित्यकार कमला प्रसाइ जो उक्त कार्यक्रम को सम्योजक पनि हुनुहुन्थ्यो, सम्बोधन गर्दै, कमला प्रसाइ र आयोजकहरुलाई कार्यक्रमको भब्य सफलताको लागि हार्दिक बधाई ।

अनेसासको सम्मान ग्रहणगर्दै अन्तरराष्ट्रिय कलाकार मन्चका अध्यक्ष्य रामप्रसाद खनाल

सगरमाथा टि भी का संचालक राम खरेल र अन्य सहभागी

अनेसासका सस्थापक हस्ती मध्ये एक भीम रेग्मी सम्मान ग्रहण गर्दै, जसको योगदान अबिस्मरानीय छ ।

डिसी नेपाल का सम्पादक रामहरि सुबेदी सम्मान ग्रहण गर्दै



कार्यक्रममा बिमोचित चार कृति हरु



कार्यक्रममा अप्रतियोगी कबिता प्रस्तुत गर्दै रामप्रसाद खनाल

कार्यक्रममा प्रतियोगी कबिता प्रस्तुत गर्दै कमला खरेल, जसको कबिता प्रतियोगितामा प्रथम भएको थियो ।

उक्त कार्यक्रमलाई भिडियोमा हेर्नुहोश


INLS picnic 2009 from Ramhari Subedi on Vimeo.




INLS HQ Washington DC celebrates 196th Bhanu Jayantee


The International Nepali Literary Society Head Quarters organized 196th Bhanu Jayantee with a grand manner. The manner this celebration was organized and the celebration was participated clearly indicate the growing love for the mother-tongue, Nepali. The credit must go to the INLS for its continuous efforts making national official language, ‘Nepali’ developed and spread in all continents of the world where Nepalese reside. The Bhanu Jayantee celebration’s grand success also goes to the organizers in persons. Ms. Kamala Prasai, the INLS HQ’s Treasurer and the Coordinator of the 196th Bhanu Jayantee made very sincere efforts to make the celebration successful. She was encouraged in her efforts by the prominent writer Mr. Hom Nath Subedi, referred as the Bhanu Bhakta in Diaspora who chaired the celebration.

Bhanu Jayantee coined after the Bhanu Bhakta Acharya, the first poet in Nepali language is the one who made the Nepali language so popular after he translated the very famous Hindu epic ‘Ramayana’ from Sanskrit to Nepali. Since then, the tradition of teaching and writing Sanskrit has been changed and the pride of the Nepali language began rising. Now, it is the lingua franca of Nepal. It is considered the most scientific and sweet language of the world. It is therefore, the prominent figures during the celebration have raised the issue against the intentions of attacking on Nepali language. Mr. Hom Nath Subedi, Dr. Shyam Karki, Ms. Kamala Prasai and the Chief Guest Mr. Kali Prasad Pokhrel, the Acting Envoy at the Nepal Embassy, USA, strongly objected the idea that undermines the language of the people of Nepali origin. They said in one voice that paying tribute to Bhanu Bhakta Acharya every year should also mean that it is an effort to protect and promote the Nepali language and to this end, the efforts of INLS must be applauded.

One of the very important parts of the celebration was poetry competition for both adults and children. Mrs. Jayanta Devi Prasai poetry competition for adults was sponsored by Ms. Kamala Prasai and Mr. Chetan Sitaula sponsored the renowned Astrologer Trilochan Sitaula children’s poetry competition. The Judges of the poetry competitions, Mr. HB Bhandari, Mrs. Ganga Ligal, Mr. Narayan Adhikari, Mr. Ram Prasad Khanal, Mr. Sharad Nirola, Mr. Tirtha Pandey scored the Astrologer Trilochan Sitaula children’s poetry competition winners as Mr. Bhandari (First- I am Handsome), Mr. Ashish Sitaula (Second), Mr. Anmol Sitaula (Third), Ms. Priya Subedi (Consolation). All these children received prizes and the certificates. Ms. Kabita, Ms. Sapana and Mr. Vikalpa Satyal also recited beautiful poems. Mrs. Jayanta Devi Prasai poetry competition was concluded with the poets reading their very touchy and beautiful poems. The winners of the competition were Ms. Kamala Kharel (First), Mr. Manish Bastakoti (Second), Ms. Shristi Humagain (Third) and Mr. Kishore Dhungana (Consolation). Among adult competitor and non-competitor poets and poetesses, Mr. Madhav Prasad Regmi, Mrs. Maiya Dhakal, Mr. Raj Kumar Khadka, Journalist Ritu Ashik, Mrs. Bhagwati Neupane, Mrs. Ganga Ligal, Mr. Sharad Nirola, Mr. Puru Subedi, Mr. Narayan Adhikari, Mr. Chetan Sitaula, the national award winner Mr. Madan Kumar, Mr. Ram Sharan Humagain, Mr. Kamal Bhusal and Mrs. Durga Sitaula recited their poems.

During the Bhanu Jayantee many prominent figures among Nepalese were honored for their special contributions made in their respective fields. Among them, Mrs. Gita Khatri was honored as the Best President among the INLS chapters. Mrs. Khatri successfully led the INLS New York chapters for more than four years. Mr. Ramhari Subedi of DC Nepal.com was also honored for his contributions in the field of web media. DC Nepal.com had a live cast of Bhanu Jayantee celebrations and viewed by the Nepalese living in the different parts of the world. Mr. Govinda Giri Prerana, Mrs. Ganga Ligal, Dr. Shyam Karki, Mr. Bhim Regmi, Mr. HB Bhandari Prabhat, Mr. Nagendra Neupane, and Mr. Ram Prasad Khanal were honored for their role in the promotion of Nepali language, arts, culture and literature. Mrs. Nanda Devi Subedi was also honored for her encouragement and continued support towards the cause of the Nepali language and literature. All of them were honored for their outstanding contributions for the year 2008.

The Bhanu Jayantee which continued throughout the day was diligently moderated by Mr. Bhim Regmi. The celebration inaugurated by Acting Nepalese Envoy, Mr. Kali Prasad Pokhrel was followed by the beautiful song, ‘Maiti Ghar (House of the parents)’ with a melodious voice of Ms. Pabita Pariyar. The celebration was attended by many prominent Nepali figures presently residing the different parts of the United States. Mrs. Bharati Gautam, INLS HQ Vice President, Mr. Sharad Nirola, Mr. Chetan Sitaula, Mr. Puru Subedi, Mr. Ram Khatri, Mr. Kabindra Sitaula, Mr. Madan Kumar, Mrs. Manju Nirola, and the diplomats at Nepal Embassy also enjoyed the celebrations with enthusiasm. Mr. John, Chief of the venue management welcomed appreciation provided him by the INLS and asked children as well as nature lovers to come to the surroundings to experience the beauties of the nature adjacent to the venues whenever they wish. During the celebration Dr. Shyam Karki, who has been playing the role of INLS Ambassador announced the winners of the INLS Book Awards, given every alternative year to the writers in different categories including the best book award. Mr. Hom Nath Subedi’s two books and INLS book, ‘Insight’ have also been released.

The Bhanu Jayantee included Bhanubhakta memorial volleyball competition. Mr. Khem Bhattachan, the sports coordinator, the winners, the runner-up and the best volleyball player received the certificates.

The Bhanu Jayantee which was marked to celebrate 196th birth anniversary of the first Nepali Poet Bhanu Bhakta Acharya with the aim to highlight the importance of Nepali language and literature had a profound message for those who are trying to undermine Nepali language in the land of its origin। This was the message imparted by the prominent speakers, Mr. Hom Nath Subedi, Dr. Shyam Karki, Mrs. Gita Khatri, Govinda Giri Prerana, the Chief Guest, Acting Envoy Mr. Pokhrel and by Ms. Kamala Prasai, who made the 196th Bhanu Jayantee remarkable and memorable.


रमाइलो जमघट र बनभोज

बाल्टिमोरमा सम्पन्न

बालबच्चाको गर्मी छुट्टी अनि आफूहरुको पनि हप्ताभरिको थकानलाई रमाइलोमा भुलाउने रहर । यसै रहर अनि नयाँ,पुराना साथीहरुलाई भेट्ने सामुहिक थलो अर्थात् बनभोजको रमाइलो । यस्तै रमाइलो अवसर बन्यो यहाँ बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका बानाले आइतबार आयोजना गरेको वनभोज कार्यक्रम । बानाले हरेक वर्षयसरी आफ्ना सदस्य र शुभेच्छुकहरुलाई सहभागी गराएर रमाइलो बनभोज गर्दै आईरहेको छ । हरेक वर्षहुने यस्तो वनभोजमा नेपालीहरुको सहभागितामा पनि वृद्धि हुँदै गईरहेको छ । यस वर्षो वनभोजमा करीब तीन सय नेपालीहरुको सहभागिता रहेको थियो । वनभोज आयोजक संस्था बानाका पदाधिकारीहरु सबै उत्साहित देखिन्थे । अध्यक्ष रबिना थापा सहभागीहरुलाई स्वागत गर्न व्यस्त थिईन् भने उपाध्यक्ष राम्रप्रकाश भण्डारी खानपिनको प्रवन्ध गर्दै कार्यकारी सदस्य उपला उपाध्यायलाई साथै लिएर खेलकुदका कार्यक्रमका लागि दौडधुप गरिरहेका देखिन्थे । यस्तै महासचिव गौतम दाहाल सहभागीहरुलाई स्वागत र कार्यक्रम बारे जानकारी दिन कहिले माइकमा बोलिरहेका देखिन्थे त कहिले खानपीनको स्टलतिर केही कमी पो छ कि भन्दै यताउता गर्दै थिए । एकैछिनमा खेल स्थलमा पुग्ने उनी वनभोजकै बीचमा डि.सी. क्षेत्रबाट प्रसारण भईरहेको रेडियो दोभानको कार्यक्रममा वनभोज सम्बन्धि जानकारी दिन प्रत्यक्ष प्रसारण पनि भ्याईरहेका थिए ।
संस्थाका सचिव सञ्जय घिमिरे सहभागीहरुको नाम र विवरण दर्ताका लागि व्यस्त थिए भने कोषाध्यक्ष राजन केसी कुनै सामानको अभाव भयो कि अर्थात् केही गर्न छुटेको पो छ कि भन्दै खटिरहेका थिए । छेवमै रहेको बार्र्बिक्यु चिकन बनाउन सहयोग गरिरहेका बहादुर पुनः सहभागीहरुलाई स्वादिष्ट चिकन खुवाउन त्यो गर्मीको धुपमा पनि कुनै परवाह नगरी जुटिरहेका थिए । यता पदाधिकारीहरु चेतन पौड्याल र श्रीजन ताम्राकार फोटो खिच्न व्यस्त थिए भने कार्यकारी सदस्यहरु अन्सुया वन्त खानपीन र विनोद उप्रेती राफल चिठ्ठा बेच्न सहभागीहरुका माझ पुगिरहेका थिए ।
स्थानीय गनपाउडर स्टेट पार्कमा सम्पन्न वनभोजमा सहभागीहरुबीच पुरुष र महिला भलिबल प्रतियोगिता,बालबच्चाको चकलेट टिप्ने खेल,ठेलो हान्ने खेल र महिला तथा पुरुषहरुको सहभागितामा डोरी तान्ने खेल जस्ता मनोरन्जनात्मक खेल पनि आयोजना गरिएको थियो । यसैगरी राफल चिठ्ठा समेत सञ्चालन गरिएको थियो । सबै प्रतियोगितामा विजयी टीम तथा खेलाडीहरुलाई बानाका अध्यक्ष रबिना थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । यसैगरी बानाले आयोजना गरेका कार्यक्रमहरुमा स्वयंसेवकको रुपमा सहयोग गर्नेहरुलाई पनि अध्यक्ष थापाले प्रशंसापत्र वितरण गर्नुभएको थियो । वनभोजमा सहभागी हुनेहरु आफैंले खानाका विभिन्न परिकारहरु बनाएर वनभोजमा लिएर आएका थिए । यसरी सबैले बनाएर ल्याएका खानाका परिकारहरु एकै ठाउँ भेला भएर रमाइलो वातावरणमा खानपीन गर्न पाउँदा सहभागीहरु निकै खुशी देखिएका थिए । नेपाली खानाका विभिन्न परिकार,नेपालीपनको झझल्को यस्तो रमाइलोमा भुलेकाहरु कहिले डिजेडीले प्रस्तुत गरेको गीत संगीतमा मस्त देखिन्थे त कहिले साथीभाईसँगको भेटघाटमा दुःखसुख साटासाट गर्दै गरेका । यस्तै रमाइलोमा सहभागी हुन आइपुगेका थिए सदावहार वरिष्ठ गायक दीप श्रेष्ठ अनि एशोसियसन अफ नेपलिज इन अमेरिका एएनएका नवनिर्वाचित अध्यक्ष,जो बानाका आजीवन सदस्य पनि हुन् सिमोन ढुंगाना । उहाँहरु दुवैलाई खादा पहिर्याएर बाल्टिमोरको नेपाली आँगनमा स्वागत गरेकी थिइन् बाना अध्यक्ष रबिना थापाले । दिनभरिको रमाइलो माहौलको अन्त्यमा खानाका विभिन्न परिकार लिएर वनभोजमा सहभागी सबैलाई धन्यवाद दिंदै अध्यक्ष थापाले बानाका आगामी गतिविधिहरुमा पनि आफ्ना सदस्य र शुभेच्छुकहरुबाट यस्तै सहयोग र सक्रियताको अपेक्षा गरेको भनाई व्यक्त गरेकी थिइन् । सोही अवसरमा अमेरिकाका लागि नेपाली दूतावासका प्रथम सचिव हरिश्चन्द्र घिमिरे, एएनएका अध्यक्ष सिमोन ढुंगाना,एएनएसएका अध्यक्ष विष्णु थापा,म्याग्दी समाजका अध्यक्ष पारसमणी श्रेष्ठ,बानाका पर्ूव अध्यक्ष मोहन थापा सहितले रमाइलो, व्यवस्थित,भव्य र सफल वनभोजको आयोजना गरेको भन्दै बानाका आगामी कार्यहरु अझ प्रभावकारी हुन सकोस् भन्दै शुभेच्छा व्यक्त गर्नुभएको थियो ।
पिकनिकको सम्पर्ूण्ा तस्वीर हर्ेनका लागि क्लिक गर्नुहोस् ः - http://www.banaonline.org/index.php?option=com_easygallery&task=category&cid=65

"झलनाथजी को हुन् माओवादीका कमान्डर ?" - गिरिजाप्रसाद कोइराला

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी लडाकूहरूलाई सेनामा समायोजन गर्न नसकिने बताउनुभएको छ। राजधानी र्फकनुअघि विराटनगरस्थित आफ्नै निवासमा आइतबार बिहान स्थानीय सञ्चारकर्मीहरूसितको भेटमा सभापति कोइरालाले माओवादी लडाकूहरूलाई सेनामा होइन, समाजमा मिलाउनुपर्ने धारणा प्रकट गर्नुभयो। ‘उनीहरू समाजबाट टाढा भएका छन्, त्यसैले समाजसित ‘इन्टिग्रेट’ गर्नुपरेको छ’, कोइरालाले भन्नुभयो- ‘सेनालाई राजनीतीकरण गर्नुहुँदैन र राजनीतिबाट टाढा राख्नुपर्छ भन्ने कुरामा म सधैँ अडिग छु।’माओवादी लडाकूहरूलाई सेनामा समायोजन नगर्दा बाह्रबुँदे सम्झौतालगायतका सम्झौताको विपरीत हुँदैन र भन्ने प्रश्नमा उहाँको जबाफ थियो- ‘हुँदैन, कुनै सम्झौतामा पनि उनीहरूलाई सेनामा ‘इन्टिग्रेट’ गर्ने कुरा लेखिएको छैन।’

एमालेका अध्यक्ष झलनाथ खनालले लडाकूहरूलाई सेनामा समायोजन गर्न सकिने भनी दिएको अभिव्यक्तिप्रति रोष र अनभिज्ञता प्रकट गर्दै कोइरालाले भन्नुभयो- ‘झलनाथजी को हुन् र त्यो पार्टी (माओवादी) का कमान्डर हुन् - उनले के भने मलाई थाहा छैन। म जे भन्छु त्यसमा अडिग छु।’ ओवादीहरू सरकारमा आए पनि नआए पनि वर्तमान सरकार अर्को निर्वाचन नहुन्जेलसम्म चल्ने दाबा गर्दै उहाँले ‘हात्ती हिँड्दै गर्छ, कुकुर भुक्तै गर्छ’ भनेजस्तो जतिसुकै विरोध गरे पनि यही सरकारले संविधान बनाएर छाड्ने घोषणा गर्नुभयो। ‘प्रचण्डजीले धेरै कुरा गर्नुभा’छ- कहिले के बोल्ने, कहिले के - जसबाट उहाँप्रति मेरो पत्त्यार कम भएको छ,’ कोइरालाको भनाइ थियो।

एकै छिन् मनोरन्जन लिन

भिडियो हेर्नेकी !











Nepali funny tv show pabankali show
by CanadaNepal
________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________