( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20090831

के गर्दै छन पूर्व राजा ज्ञानेन्द्र शाह नागार्जुनको एकान्तमा ??

नेपालमा राजतन्त्रको जरो उखेल्ने राजनीतिक दलहरु मुठभेडको तयारीमा जुटेका बेला शाहवंशीय राजतन्त्रका जीवित नेता पूर्वराजा ज्ञानेन्द्र शाह भने नागार्जुनको एकान्तमा प्रसन्न मुद्रामा भेटिएका छन्। यसै साता पूर्वराजालाई भेट्न पुगेका एक टेलिभिजन पत्रकार तथा केही गैरआवासीय नेपालीहरुसँगको भेटमा पूर्वराजाले आफ्नो प्रसन्नता लुकाउन नसकेको चर्चा अहिले व्यापारिक घरानाहरुमा समेत चलेको छ। पूर्वराजा ज्ञानेन्द्र शाह आफूलाई जनताले बोलाउने आशा सँगालेर बसेको उनलाई भेट्नेहरुले बताएका छन्। संविधानसभाको निर्णयलाई स्वीकार गर्दै विना रक्तपात राजगद्दी त्यागेर शान्तिपूर्ण रुपमा नागरिक जीवनमा फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह करिब एक वर्ष मौन रहेका थिए। आफन्तको बिहेमा भाग लिन नयाँदिल्ली जाँदासमेत उनले 'जनताले जे चाहन्छन्, म त्यही गर्छु' भन्ने जवाफ दिएपछि ज्ञानेन्द्र शाहतिर सबैको ध्यान आकर्षित भएको थियो। यसबीचमा उनले केही वरिष्ठ पत्रकार, नेता, कुटनीतिज्ञ तथा कतिपयबुुद्धिजीवीहरुलाई पनि भेटेर अहिलेको अवस्थाप्रति असन्तुष्टिमात्र जनाएनन्, नेपाल साम्प्रदायिक विखण्डनको सँघारमा पुगेको टिप्पणीसमेत गरे।
पूर्वराजा ज्ञानेन्द्रले करिब अढाई सय वर्ष लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य गरिँदासमेत कुनै प्रतिवाद नगरी जनताको निर्णय स्वीकार गर्छु भन्दै नारायणहिटीबाट हाँसी–हाँसी बिदा लिएका थिए। उनले श्रीपेचलाई नेपाली जनताको नासो र शाहवंशको इतिहास हो भन्दै त्यसको संरक्षणका लागि नेपाल सरकारको विशेष ध्यानाकर्षण पनि गरेका थिए। धेरै मानिसले श्रीपेचप्रतिको मोहलाई त्यति धेरै महत्त्व दिएनन्, तर प्रकारान्तरले पूर्वराजा पुनः जनताले आफूलाई बोलाएमा तयार छु भन्ने तहमा पुगेको सन्देश प्रवाह गर्न थालेका छन्। जसरी पृथ्वीनारायण शाहसँग पराजित भएपछि तत्कालीन मल्ल राजाले छाता र जुत्ता मागेका थिए। त्यसैगरी ज्ञानेन्द्रले राजगद्दी त्याग्ने बेला श्रीपेचको सुरक्षामा चासो दिएको अर्थमा पनि इतिहासविद्हरुले चर्चा गरेका छन्।
विशेषतः पूर्वराजा ज्ञानेन्द्र गत असार २३ गतेको आफ्नो ६३औं जन्मदिनका अवसरमा देखिएको सर्वसाधारणको भीड र बुद्धिजीवी तथा पत्रकारहरुबाट समेत आफूले पाएको सद्भावबाट हौसिएको स्रोतको दाबी छ। त्यसयता पनि उनले केही विदेशी मिडियालाई आफू कुनै पनि बेला जनताले चाहेको खण्डमा पुनः शक्तिमा आउन सक्ने आशयको अन्तर्वार्ता दिइसकेका छन्। हालै पनि नेपाली मिडियाका केही पत्रकार तथा मालिकहरुसँगको अलग–अलग भेटमा 'जुन अपेक्षाका साथ मैले संविधानसभाको निर्णय मान्दै गद्दी त्यागेको थिएँ तर जनताले आज दलहरुबाट धोका पाएका छन्। देशको आकार खुम्चिने खतरा देखिएको छ' भन्दै आफूमाथि जनताबाट दबाब आइरहेको बताएका छन्। त्यतिमात्र होइन, हालै केही व्यक्तिहरुसँगको भेटमा उनले जनताले बोलाएमा आफूलाई नागार्जुनबाट तल झर्न समय नलाग्ने खालको कूटनीतिक जवाफ दिएको भेटमा सहभागी एक पत्रकारले बताए। पूर्वराजा ज्ञानेन्द्रले आफू पुनः जनताको आग्रहअनुसार अगाडि आउने स्पष्ट संकेत गरिसकेका छन्। तर श्रीपेचसहित आउने वा कुनै दलको झन्डा बोकेर आउने भन्नेबारेमा उनी निर्णयमा पुगेका छैनन्। किनकि, उनलाई समर्थन गर्ने भित्री र बाहिरी शक्तिले अहिलेसम्म उनलाई कुनै स्पष्ट सल्लाह नदिएको जानकारहरु बताउँछन्। त्यसैले उनी अझै पर्खेर हेर्ने मनःस्थितिमा रहेको उनलाई भेटेर फर्केकाहरु बताउँछन्। पूर्वराजा अहिलेको अवस्थाबाट भलिभाँती जानकारमात्र छैनन्, यसले ल्याउने परिणामको बारेमा पनि विज्ञ छन्। गणतन्त्र ल्याउने दलहरु मुठभेडका दिशामा जाँदा उनी खुसी हुनु स्वाभाविक हो, तर संघीयताको नाममा देश विखण्डनतिर गइरहेकोमा भने पूर्वराजा साँच्चिकै चिन्तित रहेको जानकारहरु बताउँछन्। हुन त, उनलाई राजनीतिक दल खोलेर अघि बढ्न पनि कतिपयले सुझाव दिएका छन्। अहिले नै राजनीतिक पार्टी खोल्ने पूर्वराजाको कुनै योजना नभएको उनी निकट स्रोतले जनाएको छ। संविधानतः अब नौ महिनाभित्रमा नेपालमा नयाँ संविधान निर्माण भइसक्नुपर्छ। तर दलहरुबीचको दूरी यसरी बढेको छ कि, अहिलेको सम्बन्ध कायम रहेमा नयाँ संविधान कुनै पनि हालतमा बन्नेछैन। थप ६ महिनाको अवधि थप्ने भनेको संकटकाल लागू गर्ने हो, त्यसमा पनि दलहरुबीच सहमति नहुन सक्छ अनि देशमा लडाइँ चरमोत्कर्षमा पुग्ने अनुमान राजाको पनि छ। त्यसैले उनी अहिले पार्टी खोलेर राजनीतिमा जानेभन्दा पनि आफ्नो र राजतन्त्रको बारेमा विदेशीहरुले राखेको धारणामा परिवर्तन गराउने खेलमा चाहिँ सामेल हुने सम्भावना छ। नेपालमा गणतन्त्र स्थापना गराइएकोमा भारतीय कांग्रेस पार्टीभित्रै समेत केही न केही गल्ती भएको महसुस गराउन पूर्वराजा सफल भएको स्रोतको दाबी छ। अहिलेको अवस्थामा जनताको सहानुभूति लिने र विदेशीहरुको धारणा परिवर्तन गराउने नै ज्ञानेन्द्रको रणनीति हो भन्छन् विज्ञहरु। दलहरुले सत्ताका लागि गणतन्त्र बन्धक राख्ने काम नछाड्ने हो भने नेपालमा ठूलै राजनीतिक दुर्घटना हुने खतरा चाहिँ देखिदैछ। -साँघु

अमेरिकाको न्युयोर्कबाट प्रकासित हुने विश्व सन्देस पत्रिका लेख्छ

डिसी नेपाल डट कमको अमेरिका को पिक्निक र चौथो वार्षिक समारोह यस्तो थियो

डिसी नेपाल डट कमको अमेरिका को पिक्निक र चौथो वार्षिक समारोह हिजो भब्य रुपमा सम्पन्न भयो । प्रधान सम्पादक राम हरी सुबेदी को सभापतित्व खेम भट्टचन् को उध्घोसण् मा सम्पन्न कार्यक्रममा कार्यबाहक राजदुत् काली प्रसाद पोख्रेल, नायक सरोज खनाल,रमेश उप्रेती, गायक राम प्रसाद् खनाल, प्रेमराजा महत, यमन श्रेष्ठ, नायिका सारंगा श्रेष्ठ,पूजा चन्द, रबी लामिछाने, हरी शर्मा, सकुन्तला अधीकारी, बिद्या गुरुङ, टिका पुन, सागर कंडेल, लक्ष्मी गौडेल, नबिन केसी, बिष्णु थापा, खेम भट्टचन्, गिरिस पोख्रेल, होमराज आचार्य, माधबी बस्नेत, राम्चन्द्र भट्टराई, लगायतका बक्ताहरुले शुभकामना ब्यक्त गर्नुभएको थियो । नेपाली खान पान, नाच गान प्रस्तुत कार्यक्रम रमाइलो थियो, बाँकी तल भिडियो र फोटोमा हेर्नेकी !!!

कार्यक्रममा डीसी मेट्रो (डीसी, भर्जिनिया र बाल्टिमोर) क्षेत्रका नेपाली सामाजिक संघ संगठनका प्रतिनिधि तथा स्थानीयबासी नेपालीहरुको उपस्थितिरहेको थियो । उक्त अवसरमा डीसी मेट्रो क्षेत्रका नेपाली सामाजिक संघ संगठनका पदाधिकारीहरुले डीसी नेपाल डटकम चौथो वर्षमा प्रवेस गरेकोमा शुभकामना व्यक्त गरेका थिए । डीसीस्थित नेपाली दूताबासका कार्यवाहक राजदूत कालि प्रसाद पोखरेलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बनभोज कार्यक्रममा भर्जिनियाबाट डेमाक्रय्राट पार्टीका लागि १३औं डिस्ट्रिक हाउस डेलिगटका उम्मेदवार जोन बेलले समेत आफ्नो मन्तव्य दिंदै आफूलाई निर्वाचित गर्न नेपाली समुदायसमक्ष अनुरोध गरेका थिए । कार्यक्रममा डीसी नेपाल डटकमलाई सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई आयोजकका तर्फबाट प्रशंसापत्र समेत प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा नाचगान गरी रमाइलो गरिएको थियो । यसैबीच डिसी नेपालले चोथो बर्ष प्रवेशको अबसरमा एक विज्ञप्ति प्रकाशित गर्दै अमेरिकामा रहेका नेपालीहरुलाई लक्ष्यित गरेर शुरु गरिएको भए पनि यसको प्रभाव विश्वभर छरिएर रहेका नेपालीहरुमाझ पुगेको जनाएको छ । वाशिङटन डिसिबाट रामहरी सुबेदीले शुरु गर्नु भएको यस अनालाईनमा हाल नेपालबाट दिनेश बडुको नेतृत्वमा सुमन गैरे, सुनिता कार्की, राजेन्द्र पोखरेल,अनुशा दवाडिको टिम कार्यरत रहेको छ ।















href="http://2.bp.blogspot.com/_QKMr20G_v_Q/SptijQVjApI/AAAAAAAADs8/PewYu3JdisA/s1600-h/6.JPG">


20090830

नयाँ नेपाल, गणतन्त्र नेपाल अझ के के जती हो कुन्नी... का महामहिम उपरास्ट्रपतीको चर्तिकला हेर्नुसत !!!

मन्त्रिपरिषद्को निर्णयपछि उपराष्ट्रपति परमानन्द झा सपथ खान आइ हाल्लान कि भनेर राष्ट्रपति कार्यालय पुगेका प्रधानमन्त्री मन्त्रीहरुसहितका अन्य विशिष्ट अधिकारीहरु चिया पिएर फर्केका छन । उपराष्ट्रपति झाले दिउँसै आफूले सपथ ग्रहण नगर्ने बताइसके पनि सबै तयारी भएकाले प्रधानमन्त्रीसहितका अधिकारीहरु राष्ट्रपति कार्यालय पुगेका थिए । राष्ट्रपतिको कार्यालयमा पूर्वनिर्धारित कार्यक्रम बमोजिम आइतबार दिउँसो उपराष्ट्रपतिलाई सपथ गराउने समारोह आयोजना भए पनि उपराष्ट्रपति झा भने त्यहाँ गएनन् । झालाई सपथ गराउने कार्यक्रममा प्रधानमन्त्री, प्रधानसेनापति, सभामुख, र केही मन्त्रीहरु पुगेका थिए । ४ बजे सपथ ग्रहण कार्यक्रम राखिए पनि त्यहाँ पुगेकाहरु १ घन्टा भन्दा लामो समय कुरीरहे । ५ बजेर १० मिनेट जाँदा झा नआउने जानकारी प्रधानमन्त्रीको कार्यालयबाट आएपछि सबैजना फर्केका थिए । उक्त कार्यक्रममा राजनीतिक दलका नेताहरु र नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरु भने गएका थिएनन् ।

उपराष्ट्रपति परमानन्द झाले मन्त्रिपरिषद्ले आग्रह गरे पनि नेपालीमा सपथ नलिने भएका छन् । आइतबार दिउसो पत्रकार सम्मेलन गरी झाले नेपालीमा सपथ नलिने बताएका हुन् । उनलाई एक हप्ताभित्र नेपालीमा सपथ लिन सर्वोच्चले दिएको आदेशको अवधि आइतबार सकिन्छ। सर्वोच्चको फैसला बमोजिम सोमबारदेखि उपराष्ट्रपतिको पद स्वत: निष्क्रिय हुनेछ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपतिलाई नेपालीमा सपथ लिन आग्रह गर्दै अपराह्न ४:१५ बजेका लागि सपथको तयारी गरिरहेका बेला उपराष्ट्रपति झाले पत्रकार सम्मेलन गरी पुन: सपथ लिनुको औचित्य नभएको बताएका हुन् । पत्रकार सम्मेलनका क्रममा उपराष्ट्रपतिले राजिनामा दिने या नदिनेबारे भने केही बताएनन् । उनले सर्वोच्च अदालतका न्यायाधीशहरुले कानुनको अपव्याख्या गरी आफूमाथि घोर अन्याय गरेको आरोप पनि लगाए। पत्रकार सम्मेलनको अधिकांश समय उपराष्ट्रपतिले सर्वोच्चको आदेशको खण्डन र भाषिक अधिकारको बचाउ गर्न बिताएका थिए । सर्वोच्चको आदेशको उद्देश्य भाषिक विवाद सिर्जना गर्नु रहेको आरोप पनि उपराष्ट्रपति झाले लगाए ।

झलनाथ खनाल र केपी ओली पक्षबीच बिबाद

नेकपा एमालेमा अध्यक्ष झलनाथ खनाल र नेता केपी ओली पक्षधरहरुबीच चर्केको बिबाद शनिबार राजधानीमा फेरि देखिएको छ। एमालेका शिर्ष नेताहरुबीच आपसमा आरोप प्रत्यारोप र घोचपेच मात्र भइरहेका बेला काठमाडौं जिल्लामा फरक फरक संगठन र भेला समेत भयो। राजधानीमा काठमाडौं जिल्लाको छुट्टै भेला डाकेर नेकपा एमाले नेता ओलीले पार्टी अनुशासनभन्दा माथि आफूले अहिलेसम्म केही पनि नगरेको बताउँदै कारवाही धम्की नदिन अध्यक्ष खनाललाई चेतावनी दिए। आफू पार्टीको जुनसुकै कमिटी बसेर काम गर्न तयार रहेको भन्दै उनले अहिले हाँगाको टुप्पामा बसेर पार्टीका नेताहरुले हाँगा काटेर अनुशासनको धम्की दिइरहेको बताए। डमरुलाई चलाए बघिनीले नछोड्ने भन्दै ओलीले आफूलाई चलाए दर्हो झाप्पु हान्ने चेतावनी दोहोर्याए। वर्तमान सरकार आफ्नै पार्टी भित्रका कतिपय नेताहरुले असंवैधानिक भनिरहेको प्रति टिप्पणी गर्दै ओलीले संसदबाट बनेको सरकार संवैधानिक नभए रोल्पाबाट ल्याएको सरकार संवैधानिक हुन्छ त भन्दै प्रश्न गरे। माओवादी र खनाल पक्षका नेताहरुप्रति अत्यन्त आक्रमक रुपमा प्रस्तुत भएका उनले भने, "माओवादीका दुईटा बन्दुकका छेस्का देख्ने बित्तिकै उसलाई क्रान्तिकारी देख्नुपर्दैन।"
अध्यक्ष खनालले पार्टीको म्यान्डेटभन्दा बाहिर गएर देशव्यापी भेला र बैठक गरिरहेको उनले बताए।

यस्तै सोही भेलामा एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले अनुशासनको कारवाही सबैभन्दा पहिला अध्यक्ष खनाल र दुइ जना उपाध्यक्षलाई गर्नुपर्ने बताए । अध्यक्ष खनाल, उपाध्यक्ष वामदेव गौतम र अशोक राईलाई गुटबन्दी गरेको अभियोगमा कारवाही गर्नुपर्ने श्रेष्ठले बताए। श्रेष्ठले पार्टी अध्यक्ष खनालले जनताको बहुदलीय जनवादको सिद्धान्तभन्दा विपरीत काम गरिरहेको आरोप लगाए। साथै उनले मालेबाट आएका गौतमले एमालेमा रहेर माओवादीमा कार्यकर्ता पठाउने गरेको आरोप लगाए। आफूहरुले गरेको भेला वैधानिक र आधिकारिक भएको दावी गर्दै उनले यही भेला आउँदो असोज ३ र ४ गते जिल्ला अधिवेशन गरी सबै विवाद टुंगो लगाउने बताए। डिल्ली बजार स्थित सांस्कृतिक केन्द्रमा चलिरहेको भेलामा एमाले स्थायी समिति सदस्य ओलीलगायत केन्द्रीय सदस्यहरु रहेका छन् । एमाले संस्थापन पक्षले काठमाण्डौ जिल्ला कमिटी पुनरगठन गरेपछि पार्टीमा बिवाद चुलिदै गएको हो । संगठन पुनरगठनका क्रममा अध्यक्ष खनालले ओली पक्षका सचिव रामेश्वर फुयाललाई हटाएपछि असन्तुस्ट पक्षले शनिबार अलग भेला बोलाएको थियो। दुई दिन अघि संस्थापन पक्षको कार्यकर्ता भेलाले जिल्ला संगठन कमिटीको संयोजक गोविन्द कृष्ण अधिकारीलाई चयन गरेको थियो । खनाल पक्षले ओली पक्षको शनिबारको भेलालाई गुटबन्दी मात्रै भएको बताएका छन्। ७३ मध्य २६ जना सदस्य मात्रै ओली पक्ष संग भएकाले उनले गरेको भेला गुटबन्दी भएको खनाल पक्षको दावी छ।

20090828

नयाँ नेपाल र संबिधान बनाउने बहानामा बैठकै नबसी साँसदहरुले एक करोड त भत्ता मात्र पचाए अरु त कती हो कती !!!

व्यवस्थापिका-संसद्को ७२ वटा बैठक डाकिएकोमा ५२ वटा बैठक बस्न सकेनछन्। यो विगत पाँच महिनाको आँकडा हो। यसरी हेर्दा बैठक बोलाइए पनि ७२ प्रतिशत दिनहरूमा बैठक बस्न सक्दो रहेनछ। श्रमको सामान्य नियम हो- श्रम गरेका दिनको पारिश्रमिक पाउने। सभासद्हरू बैठक बस्दैनन् तर पनि भत्ता लिइरहेका छन्। २०६५ सालको चैत १६ गतेबाट संसद्को हिउँदे अधिवेशन शुरू भएको थियो र शुरूमा सत्तामा रहेको एमालेले प्रचण्ड थैवको हत्यारालाई कारबाही हुनुपर्ने तथा नेपाली कांग्रेसले युद्धका समयमा कब्जा भएको घरजग्गा फिर्ता गर्नुपर्ने माग गर्दै सदन अवरुद्ध गरेका थिए। यस कारण प्रारम्भमा दुई दिन सदन अवरुद्ध भएको थियो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै यही विषयमा पछि ६ वटा बैठक पनि अवरुद्ध गरेको थियो। माओवादी सरकार ढलेपछि एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन भयो र संसद् अवरुद्ध गर्ने क्रम माओवादीले शुरू गर्यो। माओवादीले नागरिक सर्वोच्चताको नाममा लगातार ३३ वटा बैठक अवरुद्ध गरिसकेको छ। यसबीचमा ११ वटा बैठक सूचना टाँस गरेर स्थगित गरिएका छन्।

अवरुद्ध सदनलाई खुलाउन प्रधानमन्त्री स्वयम्ले दुई पटक संसद्लाई सम्बोधन गर्नुपरेको थियो तर समस्या जहाँको तहीँ छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका माग सम्बोधन गर्न वैशाख २ मा र माओवादीका मागलाई सम्बोधन गर्न प्रधानमन्त्री माधवकुमार नेपालले असार २२ मा संसद्लाई सम्बोधन गर्नुभएको थियो। बैठक अवरुद्ध हुने क्रम जारी छ। तर, सभासद्हरूले बैठक भत्ता २ सय र यातायात खर्च १ सय ५० रुपियाँ भने छोडेका छैनन्। पाँच महिनाका करिब १ सय ५० दिनमध्ये २० दिन मात्रै बैठक चल्नुलाई संसदीय इतिहासमा नरमाइलो रूपमा सभासद्हरूले नै चर्चा गर्ने गरेका छन्। बैठक नभए पनि सबै सभासद्का खातामा मासिक सभासद् तलबबापत २३ हजार ५ सय रुपियाँ, स्वकीय सचिव तलबबापत १४ हजार ८ सय रुपियाँ, आवासबापत ६ हजार, टेलिफोन २ हजार रुपियाँ, मसलन्द १ हजार रुपियाँ, बिजुली तथा पानी १ हजार २ सय रुपियाँ र पत्रपत्रिकाबापत ३ सय रुपियाँ जाने गरेको छ। यो २० दिनको बैठक राज्यलाई अत्यन्त महँगो साबित भएको छ र यो बीचमा राज्यले सभासद्हरूलाई १ करोड ९ लाख रुपियाँ भत्तामा खर्च गरिसकेको जानइएको छ। -दीपक रिजाल/रीता सापकोटा



Join ANA Leadership Team

- Make a Difference!


Association of Nepalis in Americas is the national platform organization of Nepali Diaspora in North Americas. It has storied history and a unique place among lives of the Nepalis. In concert with local and regional associations, ANA can be the most consequential organization.
Fellow well wishers of ANA, you made it clear during the recent election for ANA President that ANA leadership needed to be opened up so anyone interested had an opportunity to serve the community. This message is to ask you to come join the team to make a difference through community service. This is a direct result of the election mandate given by you.
For the first time in the history of ANA a public call is being made to join the leadership team to serve the Nepali community. In this new ANA we are seeking for transparency, accountability, and dynamic methods for having greater say by the members in the direction of building a better than ever organization.
ANA is the single national organization of all Nepalis in Americas therefore it has the biggest responsibility for the betterment of the entire community.

If your answer is yes to following questions, you are the change we need!
Are you passionate about volunteer work?
Are you a people’s person?
Do you love team work?
Do you want to make a difference in your community?
Do you love networking?
Do you consider yourself vibrant, full of energy, active and self-motivated?

You can immediately start making a difference as functional managers, project leads, and at-large volunteers working on your own schedule. If you are a professional or an expert with specialties and do not want to commit long term, or take a formal role, Nepali community needs you as well. Even a couple hours a month will make a major difference in so many of our lives.
Thank you for participating in the recent survey! We now have some definitive ideas on where you want ANA to go. Following are some of the programs that many of you have said that you would want ANA to get involved more in.
a. Online services
b. Legal and Professional help
c. Arts and Literature
d. Membership
e. Communication
f. Government Relations
g. Student Affairs
h. Youth Affairs
i. Senior Affairs
j. Finance
k. Technology
l. Community Regional liaisons ( Canada, Pacific West, West, Central, Mid West, Mid South, South East, Mid Atlantic, North East)
m. Fundraising
n. Sports
o. NRN Issues
p. Emergency Solutions
q. Culture and Entertainment
r. Plus your ideas!


Some of these programs will be jointly worked with other institutions and advocacy groups as per your suggestions.

Do not miss this opportunity to be the change you sought for. We are building ANA with renewed dedication and commitment towards Nepali and Friends of Nepal community in North America.

Send an email to ChangeANA@gmail.com asking to send more information and rest will follow.

We are charting new territory, come blaze the trail!

ANA Leadership Search Committee 2009

Medini Adhikari, VP, ANA
Sushma Manandhar, past President, Nebraska Nepali Society
Abhijeet Shrestha, past President, Friends of Nepal- Los Angeles

www.ANAonline.org

If you are tech savvy, we need you immediately to help set up the program

20090826

धिक्कार छ तिमीहरुलाई.......

- नेपाली भएर नेपालीमा सपथ खान्न भन्ने हरुलाई
- नेपाली भाषामा सपथ लिनु पर्छ भनेर सपथ दिलाउन नसक्नेलाई
- सत्ता मा टिकिरहन जे कुरा मा पनि सम्झौता गर्दै जाने नालायक प्रधानमन्त्री र मन्त्री हरुलाई
- नेपाली भएर नेपाली भाषा को बिरोध गर्दै भारत को राष्ट्रिय भाषा हिन्दिलाई नेपाली भाषा बनाउन उचाल्ने कुपुत हरुलाई
- जात जाती र भाषा भासी का नाममा नेपाल लाई बिभाजन गर्न खोज्ने हरुलाई
- पहाड, मधेस, हिमाल लाई अलग गर्न खोज्ने भारत का प्रिस्ठपोसक नेपाली गद्दार हरुलाई
- नयाँ नेपाल का नाममा नेपाललाइ गृहयुध्हमा फसाउने नालायक सत्ता संचालक हरु लाई
- हतियार बोकेर हिंड्ने आतंक कायम राख्ने हरु लाई केही गर्न नसक्ने सरकारलाई
- टुलु टुलु हेरेर बस्ने माओवादी कै गोटी बनेको अनमिनलाई
- यती हुँदा पनि यिनै नालायक हरु का बोली मा लोली मिलाउने र हात मा दही जमाएर बस्ने हामी सबै हिजडा नेपाली हरुलाई


20090825

माओवादीबाट सम्झौताको गम्भीर उल्लघंन

- राष्ट्रसंघीय निकाय अनमिन

राष्ट्रसंघीय निकाय अनमिनले कपिलवस्तु घटनामा एकिकृत नेकपा (माओवादी) ले हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौतामा व्यक्त प्रतिबद्धताको उल्लङ्घन गरेको जनाएको छ। माओवादी लडाकुले बोकेर लगेका हतियार शिविरका सुरक्षाका लागि भएको अनमिनले प्रष्ट पारेको छ। नेताका सुरक्षाका लागि भन्दै माओवादीले ती हतियार शिविर बाहिर निकालेकोमा असन्तुष्टि जाहेर गर्दै अनमिनले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। "यसमा माओवादी सेनाको शिविरको सुरक्षाका लागि हतियारको प्रयोगसम्बन्धी प्रावधान ४.१.२, हतियार राख्ने तथा बोक्नेसम्बन्धी प्रावधान ५.१.१ तथा अनाधिकृत सैनिक गतिविधिसम्बन्धी प्रावधान ५.३.२ लगायतका सम्झौताका प्रावधानहरू सान्दर्भिक छन्" अनमिनले वक्तव्यमा भनेको छ, "यससम्बन्धमा अन्मिनले अनुसन्धानलाई जारी राख्नेछ।" अनमिनले हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको पालना भए-नभएको अनुगमन गर्ने जिम्मेबार निकाय संयुक्त अनुगमन समन्वय समिति (जेएमसीसी) को भविष्यमा हुने बैठकमा यो घटनाका बारेमा छलफल गरिने उल्लेख गरेको छ।
यसअघि कपिलवस्तुमा एकीकृत नेकपा माओवादीका लडाकु शिविरबाट हतियारसहित बाहिर निस्केको घटना शान्तिसम्झौताको गम्भीर उल्लंघन भएको अनमिन प्रमुख करिन ल्याण्डग्रीनले बताएकी थिइन्। पूर्वाञ्चल भ्रमणमा रहेकी ल्याण्ग्रीनले मंगलबार विराटनगरमा मानवअधिकारकर्मी र नागरिक समाजसँग कुरागर्दै माओवादी जनसेना हतियारसहित शिविर बाहिर निस्कनु शान्ति सम्झौताको गम्भीर उल्लघंन भएको बताएकी थिइन्। दाङबाट रुपन्देही आउँदै गर्दा नौ थान हतियारसहित कपिलवस्तु पिपरामा सोमबार प्रहरीले १९ जना माओवादी जनसेनालाई पक्रेको थियो। 'माओवादी जनसेना वर्दी र हतियारसहित बाहिर निस्कनु शान्ति सम्झौता विपरीत हो'-ल्याण्डग्रीनले भनिन्। शिविरको सुरक्षाको लागि राख्न अनुमति दिइएको हतियार शिविर बाहिर लैजान नमिल्ने ल्याण्डग्रिनले बताइन्।
संसदीय दलले नेपालमा शान्ति प्रकियालाई सहज पार्न बसेको संयुक्त राष्ट्रस‌घीय मिसन अनमिनको काम चित्त बुझ्दो नभएको निश्कर्ष पनि निकालेको छ। शिविरमा रहेका माओवादी लडाकु र तिनका हतियारको अनमिनले अनुगमन गर्नुपर्नेमा त्यसअनुसारको व्यवहार नपाएको भन्दै संसदीय दलले असन्तुष्टि व्यक्त गरेको छ।

अन्मीन र जनमुtmी सेनाप्रति धेरै आशंका

कपिलवस्तु, संयुtm राष्ट्रसंघको अनुगमन टोली -अन्मीन) को जिम्मामा रहेका जनमुtmि सेना हतियार सहित शिविर -क्यान्टोन्मेन्ट) बाट बाहिर निस्केको खवरले र्सवसाधारण आतंकीत भएका छन् । यस घटनापछि र्सवसाधारणको दृष्टीकोणमा अन्मीन र जनमुtmि सेनाप्रति धेरै आशंका उत्पन्न भएको छ । जनमुtmिसेनाको चौथो डिभिजन अर्न्तर्गत रुपन्देहीको सैनामैना र नवलपरासी जिल्लाको अरुणखोला स्थित झयाल्टुङडाडा शिविरबाट रहेका २० जना सेनालाईसोमवार हतियार सहित कपिलवस्तुको जितपुरमा संस्त्र प्रंहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुवाट प्रहरीले अत्याधुनीक विभिनन प्रकृतीका नौ थान हतियार समेत वरामद गरेको छ । यसघटनापछि पुनः युद्ध हुने आशंकामा र्सवसाधारण आतकीत र त्रस्त छन् । सोमवारको घटनाप्रति सडकमा हिडडुल गर्ने, दर्ुइ चार जना भएका विच होस वा चियापसल, कार्यालयहरु जताततै अन्मीन एवं सेना तथा सरकारको क्रियाकलापप्रति विभिन्न टिकाटिप्पणी गदै चिन्ता व्यtm गरेका छन् । शान्ति संझौता, १२ बुदे सहमती र अन्तरीम संविधानलाई सवैपक्षले पालना गर्दै नया सहमती र संमझदारीको पालना गर्न र्सवसाधारणले आग्रह गरेका छन् । मधेशी जनअधिकार फोरमका संविधानसभा सचेतक एवं सभासद अभिषेक प्रताप शाहले अन्मीनको क्रियाकलाप दोधारे प्रवृतीको रहेको र माओवादीको धम्की आउनुले फेरी युद्ध निम्तीने आशंकामा जनता त्रसीत भएको बताउनुभयो । यसैगरी तमोलोपाका संचेतक बृजेश कुमार गुप्ताले सरकार, माओवादी र अन्मीनको विचमा असमझदारी बढदै गएको हुदा र माओवादीको हिसांत्मक क्रियाकलाप गर्न उदत देखिएको स्थितीमा जनतामा डरको स्थिती कायमै रहेको गुनासो गर्नुहून्छ । नेपाली काग्रेसका जिल्ला सभापति राजेश आचार्याले शान्ति संझौता उल्लधन गरेर जनतालाई हतियार देखाएर त्रसाउदै हिडने जनमुtmि सेनालाई कार्वाही गर्नुपर्ने र उनीहरुको अतियार राज्यले जफद गर्नुपर्ने बताउनुहुन्छ । नेकपा माओवादीका जिल्ला संयोजक संतोष पाण्डेयले शान्ति संझौता विपरीत क्यान्टोनमेनबाट जनमुtmि सेना अतियार सहित वाहीरीनुमा अन्मीनको लापर्वाही भएको र कानुन तथा संझौता उलघन गर्नेपक्षलाई राज्यो कावाही गर्न नसक्दा जनतामा भय र त्रास बढेको बताउनुहुन्छ । एनेकपा माओवादीका जिल्ला सहसचिव संजिव कुमारले जनमुtmि सेना युएनले प्रमाणीकरण गरेर दिएको हतियार लिएर हिडदा अनर्गल प्रोपोगण्डा गरेर राज्यपक्षले वास्तवमा शान्ति प्रक्रिया भत्काउने कार्य गरेको आरोप लगाउनुभयो । जनताको सेना जनताको हितमा लड्ने हुदा कोही पनि डराउन पर्दैन् । उनीले भने । प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले भन्नुभयो- कुनै अनुमती तथा सिफारीश पत्र जनमुtmि सेनालाई नदिई शिविरबाट हुलकाहुल सेनालाई हतियार सहित शिविरवाट बाहीर निस्कन दिनु अन्मीनको रोल ठिक भएन् । शान्ति संझौता कुनपक्षले उलंघन गरेको छ, त्यो स्पष्टसग अन्मीनले अनुगमन गर्न सकेको देखिदैन र त्यस्ता पक्षको वारेमा पनि केही बोलेको पाईदैन । यसले गर्दाको उसको व्यवहारप्रति धेरै आशंका उठेका छन् । अन्मीनले उनीहरुलाई सोमवार राती ११ वजे हतियार सहित जिम्मा लिएको छ । कपिलवस्तु प्रशासन कार्यालयको गेटमा राती अवेरसम्म वसेर माओवादी र्समर्थक तथा वाईसिएल एव र्सवसाधारणहरुले यस घटनालाई वडो कौतुहलपर्ुवक हेरेका थिए । तर उनीहरुलाई त्यसै छोडेकोमा र्सवसाधारणले सरकारको कडा आलोचना गरेका छन् । जनमुtmि सेना हतियार सहित कपिलवस्तुमा पक्राउ परेपछि अनुगमन गर्न आएका संयुtm राष्ट्रसंघ अनुगमन टोली नेपालगंज क्षेत्रिय कार्यालयका प्रमुख कलाउडीस फेएला ढअबिमगक ाभयबिण् ले भन्नुभयो- पिएलए ले -जनमुtmि सेना)ले शान्ति संझौता उलघंन गरेर शिविरबाट भागेको छ । तर उनीहरुले कुनै क्राईम -अपराध) नगरेको हुदा हामी जिम्मा लिन्छौ । यो चिन्ताको विषयसगै राजनैतिक विषय भएको हुदा अरु केही बोल्न मिल्दैन् ।
-From Santosh Neupane

तीज गयो अब दशै र तिहारको आगमन संगै गाउँ तिर सुरु हुन्छ मारुनी, एकै छिन् यि भिडियो हेरेर नेपाल पुगौं कि !







हो।

20090824

"अब हामी अविस्वासको प्रस्ताव ल्याउँछौ"

क्रान्तिकारी पत्रकार संघको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारका विरुद्धमा अविस्वासको तयारी भइरहेको खुलासा गरेका छन्। पुनः हरुवाहरुको सरकार भन्दै दाहालले भने हरुवाहरुले बहुमतको समर्थन गुमाइ सकेका छन् अब हामी अविस्वासको प्रस्ताव ल्याउँछौ। अविस्वासको प्रस्ताव ल्याउन लागेको कारण बारे बोल्दै सत्ता गठबन्धनका २२ दलहरुमध्ये केहि दल हामीलाई सरकार बनाउनुहोस् भन्दै आइरहेका छन् दाहालको भनाई थियो। संसदमा राष्ट्रपतिको विरुद्धमा संकल्प प्रस्तावमा छलफल हुनु पर्ने बताउँदै राष्ट्रपतिको असंवैधानिक कदम सच्चिने वित्तिकै अविस्वासको प्रस्ताव लाउने तयारी भइरहेको पनि बताए। प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणका दाहालले प्रधानमन्त्रीको असफल भइसकेको भ्रमण रोइकराइ वाणिज्य सन्धि रोइकराइ गरेर सन्धि गरेर इज्जत जोगाउने कोसिस गरेको दाहालको भनाई थियो ।

एक गाडी हतियार लिएर माओवादी भागे, माओवादीको नागरिक सर्बोच्चता यस्तो पो !!!

प्रहरीले माओवादीका बिग्रेड कमाण्डर सूर्य घर्तीसहित ३५ जना लडाकुलाई सोमबार पक्राउ गरेको छ । उनीहरुको साथबाट हतियार र गोलीगट्ठा बरामद गरेको दाबी पनि प्रहरीले गरेको छ । दाङबाट रुपन्देहीको सैनामैना क्याम्पतिर जाँदै गरेका माओवादी लडाकुहरु चढेका चार वटा गाडीसहित प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । उनीहरुका साथमा २५ वटा एस एल आर र तिनमा लाग्ने गोलीगट्ठा बरामद गरेको कपिलवस्तु प्रहरीले गरेको छ । १५ जना माओबादी लडाकु सैनिक पोशाकमा र २० जना सिभिल पोशाकमा रहेको बताइएको छ । आफूहरु सैनामैना क्याम्पमा हिंडेको र दुई वटा साना तथा ६ वटा ठुला हतियार मात्रै आफूहरुसँग रहेको दाबी माओवादी कामण्डर घर्तीले गरेका छन् । यसैबीच, प्रक्राउ गरिएको बा ५ च ८८४८ नम्वरको गाडी भने प्रहरीको आँखा छलेर भागेको छ । सो गाडीमा थप हतियार रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यता, आफ्ना कार्यकर्ता प्रक्राउ गरेको बिरोधमा वाइसीएल कार्यकर्ताले चितवनमा सडक जाम गरेका छन् । नारायणघाट, रत्ननगर, लोथर लागायतका मुख्यमुख्य बजार र चोकमा माओवादीले सडकमा टायर बालेर सडक जाम गरेका छन् ।

पाँच जनाको निधन, ३५ जना घाईते

दमौलीदेखि लमजुङको भोर्लेटारतर्फ जाँदै गरेको ग १ ख ११६१ नं को यात्रुवाहक बस ब्यास नगरपालिका ―९ खहरेमा दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ। मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ। मृत्यु हुनेमा तनहुका प्रेम श्रेष्ठ, महेन्द्र मा. वि. स्याङ्जाका शिक्षक कृष्ण भुषाल, गोर्खाकी चन्द्रा गुरुङ, तनहुँकी वीरमाया कुमाल, नाम नखुलेकी ११ बर्षीय बालिका र एक जनाका एक सय जनाभन्दा बढी यात्रु बोकेको उक्त बसमा ३५ जना घाईते भएका छन्।बस सडकभन्दा १५० मी. तल खसेको थियो। घाईतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

'आफ्नै नियम र कानुन' बनाएर, आफ्नै नागरिकता वितरण गर्ने जातीय संगठन थरुहटको तयारी, थुप्रै हतियार भएको दावी


समानान्तर सरकारको अभ्यासस्वरुप जातीय संगठन थरुहट राज्यपरिषदले एक महिनाभित्र आफ्नै कानुन बनाएर आफ्नै नागरिकता वितरण गर्ने तयारी गरेको छ। तराईका २२ जिल्लालाई थरुहट राज्यपरिषद घोषणा गरेको उसले यी जिल्लाहरुलाई आफ्नो 'आफ्नो आधार' इलाका बनाएर 'आफ्नै नियम र कानुन' बनाउने तयारी गरेको हो। जिल्लाजिल्लाबाट आइतबार दाङमा भेला भएका थरुहटका सेनालाई सम्बोधन गर्दै थरुहटका अध्यक्ष लक्ष्मण थारुले त्यस्तो जानकारी दिएका हुन्। उनले संविधान घोषणा हुन बाँकी रहेको आठ महिनाभित्र 'जसरी भए पनि' थरुहट प्रदेश बनाएरै छोड्ने उदघोष पनि गरे। भेलामा सहभागी थरुहटका सेना। २२ जिल्लाका करिब ५ सय सेना दाङमा पहिलो 'सैन्य भेला' गर्दैछन्। उनीहरु निशस्त्र सार्वजनिक भए। अध्यक्ष थारुले थरुहटमा अन्य जातिलाई सम्मान गरिने बताए। 'हामी आफ्नो अधिकार चाहन्छौं कसैको अधिकार खोस्न होइन' थारुले भने, 'हाम्रो नागरिकता अरु जातिले पनि पाउनेछन्।' आफ्नो छुट्टै राज्य स्थापनाका लागि नै थरुहट सेना गठन गरेको उनले बताए। तत्काल हतियार नउठाउने तर निरन्तर दमन गर्दै गए 'बाध्य भएर हतियार' उठाउने पनि उनले चेतावनी दिए। जनआन्दोलनलगत्तै माओवादीबाट विद्रोह गरेर थरुहट गठन गरेका उनले आफूसँग थुप्रै हतियार भएको दावी पनि गरेका छन्। उनले देश टुक्र्याउने सोच थारुहरुको नभएको भन्दै अधिकार दिनुको सट्टा सरकार अझै दमनमा उत्रेको आरोप लगाए। उनले सरकारले भर्खरै ल्याएको विशेष सुरक्षा नीतिको पनि कडा आलोचना गरे।

त्यो नीति आदिवासी तथा अधिकारका लागिरहेकाहरुलाई 'दबाउन' ल्याएको उनको आरोप छ। तर जति नै दमन गरेपनि आफ्नो आन्दोलन भने जारी राख्ने उनले बताए। आफ्ना सेनाहरुलाई सम्बोधन गर्दै थरुहटका उपाध्यक्ष योगेन्द्र थारुले बहुभाषिक र बहुसांस्कृतिक देशमा आदिवासका रुपमा रहेको थारुजाति सबै प्रकारका अधिकारबाट वञ्चित रहेको भन्दै त्यसलाई खोस्नका 'थरुहट' सेना परिचालन गरिने बताए। थरुहटले आइतबार र सोमबार दाङमा पहिलो 'राष्ट्रिय भेला' गर्दैछ। २२ जिल्लाबाट करिब ५ सय 'सैन्यप्रमुख' तथा अन्य 'सेना'हरु दाङको देउखुरीमा भेला भएका छन्। 'थरुहट राज्य' स्थापनाका लागि सेनाका रणनीतिबारे उनीहरुले आज(सोमबार)छलफल गर्नेछन्। यो भेलामा थरुहट सेनाभित्र जिम्मेवारीको बाँडफाँड पनि गरिने थरुहटले जनाएको छ। आगामी नीतिहरुका बारेमा छलफल गरेर तयार गरेको घोषणापत्र भने थरुहटले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएको छ। थरुहटको सैन्य भेलाको खबर सार्वजनिक भएपछि आइतबार बिहानै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुलाई उसका समाचारहरु प्रकाशन-प्रसारण नगर्न नगराउन आग्रह गरेको थियो। थरुहटको सैन्य भेला भइरहेको ठाउँ नजिकै ठूलो संख्यामा प्रहरीहरु राखिएको थियो भने नजिकै थरुहटका सेनाले चेकजाँच गरेर मात्रै कार्यक्रम स्थलभित्र छिर्न दिएका थिए। भेलाको लागि थरुहटले ठाँउठाउँमा राखेको स्वागत गेटहरु प्रहरीले भत्काए पनि कुनै अप्रिय घटना भने हुन पाएन। थरुहटले दुई दिनको लागि देउखुरीस्थित बालजनता उच्चमाविको भवन लिएको छ। त्यहाँ ५ सय थरुहट सेना र १ हजारभन्दा बढी थारु कार्यकर्ताहरुलाई खानेबस्ने व्यवस्था मिलाइएको छ। गत माघमा दाङमा केही युवाहरुलाई सेनाका रुपमा सार्वजनिक गरेको थरुहटले एकमहिनाअघि सबै जिल्लामा सेना भर्ना पनि खोलेको थियो। करिब १ लाख सेना बनाएको उसले जनाएको छ। तीमध्ये प्रमुख जिम्मेवारीमा रहेका सेनाहरुमात्रै दाङको राष्ट्रिय भेलामा सामेल छन्। आइतबार उनीहरु निशस्त्र सार्वजनिक भएका थिए। -गजेन्द बोहरा/नागरिक

20090823

उपराष्ट्रपति परमानन्द झालाई सात दिनमा पुनः नेपाली भाषामा सपथ खान सर्वोच्च अदालतको निर्देशन

सर्वोच्च अदालतको पूर्ण इजलासले उपराष्ट्रपति परमानन्द झालाई सात दिनमा पुनः नेपाली भाषामा सपथ खान निर्देशन दिएको छ। बहस सकिएपछि सर्वोच्चको पूर्ण इजलासले आइतबार गरेको फैसलामा उनले सात दिनभित्र सपथ नलिए उनको कार्यभार निस्कृय हुने भन्दै नेपालमा सपथ नलिएको खण्डमा पदमा रहन नमिल्ने ठहर गरेको छ। उनले नेपालीमा पुनः शपथ नलिए पदबाट हटाउन माग गर्दै सञ्चारकर्मी नवराज न्यौपाने र विष्णुप्रसाद वास्तोलाले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले यसअघिको निर्णयलाई नै निरन्तरता दिदै‌ यो निर्णय सुनाएको हो । रिटको पक्षमा अधिवक्ता टीकाराम भट्टराई, बालकृष्ण न्यौपाने, रामचन्द्र शर्मा, कुमार रेग्मी तथा बिपक्षमा हिम्मत सिंह, मिथिलेशकुमार सिंह, सीताराम अग्रवाललगायतका अधिवक्ताहरुले बहस गरेका थिए । सरकारले पनि उपराष्ट्रपति झालाई नेपालीमा शपथ लिन आग्रह गरिसकेको छ

Gaijatra 2066 from Ramhari Subedi on Vimeo.

Source : dcnepal




" Behind the scene Action"Dashain Nite@Fairfax from kishorchhetri on Vimeo.


अमेरिकामा शिवराजजी को

ज्यानमारा खुर्सानी र भाउजु

सुनिताले बनाएको दर खांदा.....

हिजो राजधानी मन्दिर नजिकै घर भएका एक जना मित्र शिवराज जि र भाउजु सुनिता को निम्तो मान्दै तिजको लागि यो बर्ष को सम्भबत अन्तिम दर खान हामी त्यहा पुगेका थियौं । एक महिना अघी देखी उफ्रिन थालेका हाम्रा चेलीबेटिहरु दर खाने दिन त झन के बाँकी राख्थे र उफ्रिनु उफ्रिए । जे सुकै होस् नेपाल मिस गरिरहेको म र अरुलाई यस् पाली को अमेरिका को तिजले भुल्यायो । तपाईं हरु पनि एकै छिन् यो भिडियो हेरी मज्जा लिने कि


बरु शिवराज जि को ज्यानमारा खुर्सानी को पिरो र भाउजु नमिता को मिठो दर हामी सधैं सम्झी रहने छौं । हिंड्ने बेला शिवराजजी ले एउटा लामो न लामो लट्ठी लिएर किन हामी तिर आउनुभयो भन्या त यसो हेर्दा त लौका पो रहेछ आम्मै कती लामो, धन्यवाद है लामो लौकाको लागि पनि .....अस्ती बाबुदाई र बिष्णु भाउजुले ख्वाएको दर, कमला खरेलले एक दिन बिराएर ख्वाउने दर पनि नमिठा थिए भनेको होइन है तर वहाँहरुले हाल्ने खुर्सानी ज्यानमारा थिएन अर्कै थियो भन्या मात्र..., हे हे हे ....



20090822

महिलाहरू दर खान र नाचगान गर्नमा व्यस्त छन् न्यूयोर्कमा पनि







न्यूयोर्कका सडक-सडक, गल्ली अनि सवारी साधनमा रातो साडी,ब्लाउज र चुरा पोते लगाएका महिलाहरूको चहलपहल देखिएको छ । न्यूयोर्कमा नेपाली महिलाहरूको महान चाड हरितालिका तीजका सन्दर्भमा महिलाहरू दर खान र नाचगान गर्नमा व्यस्त छन् । परापूर्वकालमा पार्वतीले भगवान महादेवलाई पति पाउन ब्रत लिएको र सोही अनुसार महादेवलाई पति पाएको भन्ने धार्मिक विश्वास बोकेको तीज पर्व मनाउन न्यूयोर्ककमा यतिबेला विवाहित महिला र युवतीहरू मात्रै हैन पुरुषहरू पनि तीज पर्व मनाउन व्यस्त देखिन्छन् । यसै अवसरमा नेपाली नारिहरुको महान चाड हरितालिकाको उपलक्षमा अमेरिकाको न्यूयोर्क राज्य स्थित रिजउडमा बसोबास गर्ने नेपालिहरुले भव्य रुपमा तिज मनाएका छन् । तिजको रहर आयो बरिलै भाकामा तिजको गित गाउदै नाच्दै गरेर नेपालि महिलाहरुले नारिको परम्परालाई भव्य रुपमा मनाएका छन् । रिजउड नेपलिज सोसाइटिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपfmी बाहेक विदेशी महिलाहरुले समेत रातो साडी,ब्लाउज र चुरा पोते लगाएर नाचेका थिए । हरेक वर्षmै यस पटक पनि रिजउड नेपलीज सोसाइटिले महिला दिदी बहिनीहरुलाई तिज मनाउने,दर खुवाउने काम गरेर अमेरीकामा महिला दिदी बहिनीको माइतिको भूमिका खेलेको छ । तीज पर्व महिलाहरूको चाड भएपनि रिजउड नेपलीज सोसाइटिका अध्यक्ष श्री पराजुलिले भन्नु भयो चाडपर्वलाई विकृतिरहित बनाउँदै संरक्षण गर्नेतर्फ हामी सबै लाग्नुपर्छ ।त्यसै गरि हरेक पटक झै यस पटक पनि रिजउड नेपालीज सोसाइटिले स्थाजिय नेपालीहरु महिलाहरुलाई सामुहिक रुपमा तिज एवं शुभकामना आदान प्रदानको व्यवस्था मिलाएर नेपालीहरुलाई विदेशमा रहेर पनि मनाउने तिज अवसर प्रदान गरेको थियो ।-रबी कोइराला


20090821

यी आईमाईका जात के बिधी उफ्रिन सकेका हुन मत दंग परेँ !!!


"अघी पछी थकाई लाग्यो भनेर काम गर्न अल्छि गरे पनि तीजका बेलामा यि आईमाईका जात के बिधी उफ्रिन सकेका हुन मत दंग परेँ" भनेर मेरा एक जना मित्र किशोर जि ले हिजो मलाई फोनबाट भन्दा मन मनै मलाई पनि घत लाग्यो, मेरी श्रीमती र छोरी पनि २ हप्ता हुन लाग्यो उफ्रेका उफ्रै छन, मरी गए थाकेको देख्दिन बरु उनिहरु उफ्रेको देख्दा देख्दै मै थाकी सकेँ । मेरो छिमेकी कमला खरेल, बिष्णु भाउजु, नमिता बहिनी, प्रमिलाजी,बिजयाजी, कल्पनाजी, मन्जु कार्कीजी, जोजो देख्छु आमै नाचेको नाचै । एकजना उर्मिला बहिनी सुत्केरी भएको तिन चार महिना पुगेकोछैन नाच्न के कम् । त्यस्तै अरु हरु पनि । यो तिज नसकिउन्जेल लोग्ने मान्छेलाई हैरानै हुने भो तर के गर्ने आईमाई टोली मात्र किन नाच्न दिने हामी पनि नाचौन भनेर म पनि उफ्रें एक दिन त, तर भोली पल्ट काममा जादा कम गार्हो भयो काम गर्न थकाई लागेर, "तीज नसकिदा सम्म यि आईमाईका जातलाई मालिस गर्दा हैरान हुने भो" भन्ने मेरो अर्को साथी अनिल लाई त बिचरा अहिले साँझमा मालिस गर्दा ठीक्क छ रे उनैले भनेको मलाई । जे सुकै होस मत मालिस गर्न सक्दिन बाबै, बरु बाबु दाई र तिलक खरेल जि, बोधराज जि, मुकेस जि , किशोर जि , ब्रजेश् जि, शिवराज दाई , बासुजी, लगायत तपाईंहरु को को लाई मालिस गर्नु पर्याछ कुन्नी !!!!!, कट्टी कट्टी.........!!!????

अली अस्ती मेरो घरको तल्ला हल्लियो, कमला खरेल को त दिनदिनै । हिजो बाबु दाई को तल्ला हल्लिदा तल भाडामा बस्नेले कम्प्लेन गरेकिनाइ कुन्नी !!, आईमाईहरु उफ्रिदा अमेरिकाका कच्चा घर हल्लिएर मात्र त केही हुनेथिएन भात्किने हुन कि भन्ने डर कसो बाबु दाई, तिलक जि ?? ख्याल गर्नुस है !!!

माओवादीले कांग्रेस र एमालेलाई सखाप गर्न जातीय क्षेत्रीय मुद्दा खोज्ने नीति अख्तियार

सेनापतिवाट रुकमाङगद कटवालको विदाईपछि नागरिक सर्बोच्चताको नाराको अवसान भएकाले माओवादीले आफ्नो आन्दोलनलाई सरकारमा प्रवेश गर्ने आन्दोलनमा बदल्ने भएको छ। बुधवार माओवादीको आन्दोलन सम्बन्धी मोर्चाको भेलामा अध्यक्ष पुष्पकमल दाहालले तत्काल आफ्नो नेतृत्वमा सरकार गठनका लागि आन्दोलन गर्ने र आन्दोलनको सफलता र सरकार गठनपछि त्यही मोर्चालाई राज्यसत्ता कब्जामा लगाईने वताएका थिए। अघिल्लो सरकारको नेतृत्व आफैंले गरे पनि सरकारको नीति कार्यक्रम लागु गर्न विभिन्न जिल्ला र राज्यसमितिस्तरमा यस्तो फोर्स नभएकोले माओवादी असफल भएको दाहालको विश्लेषण थियो। आन्दोलनमार्फत बनेको सरकारले जन गणतन्त्र, समाजवाद हुँदै समाम्यवादसम्मको यात्रा छिचोल्ने शैलीमा दाहालले त्यसका लागि सरकार परिवर्तन गर्न आन्दोलन चर्काउनु पर्ने वताएका थिए। माओवादीको पछिल्ल्ाो भनाईले माओवादी जनआन्दोलनको कार्यभार पुरा गर्न संविधान निर्माणतिर लाग्ने नभएर कुनै पनि हालतमा संविधान निर्माण हुन नदिने र स्थायी रुपमा गठित आन्दोलनको संयन्त्रलाई नै सत्ता कब्जाको औजारका रुपमा स्थापित गर्ने मुडमा रहेको छ। उसले मुख्य शत्रु कांग्रेस एमालेलाई सखाप गर्न जातीय क्षेत्रीय मुद्दा खोज्ने नीति अख्तियार गरेको छ। आन्दोलनको तात्कालीन लक्ष वर्तमान सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने भए पनि दीर्घकालीन लक्ष समाजवाद र साम्यवाद भएको अवधारणा नै माओवादीले तय गरेको छ। आफ्नो सरकार बन्नासाथ आन्दोलनको वर्तमान मोर्चा सरकारी नीति कार्यान्वयन गराउन युद्धस्तरमा तल्ला तहसम्मै लाग्ने अवधारणामा छ। माओवादीको यो अवधारणाले कानुनको शासन लागु गर्ने पक्षमा संस्थागत रुपमै नरहेको संकेत गरेको छ। वाईसीएलको नाममा लडाकु दस्ता परिचालन गर्दा पार्टी कुटनैतिक रुपमा पराजित हुँदै गएकाले आन्दोलनको मोर्चालाई लडाकु दस्ता बनाउने र यो आफ्नो सरकार बनेपछि पनि आफ्ना नीति लागु गर्न र अन्य राजनीतिक शक्तिहरूमाथि हस्तक्षेप गर्न प्रयोगमा ल्याइने योजना माओवादीले बनाएको छ।

माओवादीका जनवर्गीय संगठन र मोर्चाहरू 'सत्ता कब्जा' का लागि तयारीमा


एकीकृत नेकपा माओवादीका जनवर्गीय संगठन र मोर्चाहरू सम्मेलित संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालले 'सत्ता कब्जा' का लागि तयारी गर्ने लक्ष्यसहितको घोषणापत्र जारी गरेको छ। उपाध्यक्ष बाबुराम भट्टराईले बिहीबार सार्वजनिक घोषणापत्रमा संयोजकत्वमा गठित उक्त संयुक्त मोर्चाले सत्ता प्राप्तिका लागि साधनका रूपमा काम गर्दै जाने उल्लेख छ। 'यो क्रान्तिकारी संयुक्त मोर्चा मुख्य रूपमा संघर्षको साधन हो तापनि आवश्यकता अनुसार र क्रमशः यसले सत्ताको साधनका रुपमा पनि काम गर्दै जानेछ', घोषणापत्रमा छ 'केन्द्रीयस्तरमा यसले भावी सत्ता र सरकारको तयारीको साधनका रुपमा समेत कार्य गर्नेछ।'
स्थानीय (गाउँ/नगर तथा जिल्ला) स्तरमा र स्वायत्त गणराज्य स्तरमा सत्ताका संयन्त्रहरु भएमा तिनको पूरकका रुपमा, नभएमा तयारीको साधनका रुपमा यसले भूमिका निर्वाह गर्नेछ। बुधबार राति अबेर सम्पन्न मोर्चाले १ सय ४४ सदस्यीय समिति गठन गरेको छ। आन्दोलनको लक्ष्य, स्वरुप र कार्यभार, आन्दोलनका तात्कालिक र राष्ट्रियतासँग सम्बन्धित मागहरू सार्वजनिक गरेको छ। घोषणापत्रमा जनताको जनवादी र समाजवादी प्रणालीमा निश्चित संवैधानिक परिधिभित्र बहुदलीय प्रतिस्पर्धालाई संस्थागत गर्ने उल्लेख छ।

'माओवादीले अघि सारेको एक्काइसौं शताब्दीमा जनवादको विकासको अवधारणाअनुरुप जनताको जनवादी र समाजवादी प्रणालीमा समेत निश्चित संवैधानिक परिधिभित्र बहुदलीय राजनीतिक प्रतिस्पर्धालाई संस्थागत गर्न प्रयत्न गर्नेछ', घोषणापत्रमा छ। घोषणापत्रअनुसार सत्तामा आम जनसमुदायको निरन्तर सहभागिता, निगरानी र हस्तक्षेप सुनिश्चत गर्न र त्यसको निरन्तर जनवादीकरण गरिरहन यस आन्दोलनले विशेष संयन्त्र र विधिको विकास गर्न पनि अहिलेदेखि नै पहल गर्नेछ। जनवादी प्रतिस्पर्धा, सर्वहारा वर्गको एकीकृत र केन्द्रिकृत नेतृत्वबीच सही सन्तुलन र संयोजन कायम गर्नु नै नयाँ सन्दर्भमा जनवादको विकास गर्ने र प्रतिक्रान्ति रोक्ने निर्णायक तत्व हुने भएकाले त्यस दिशामा अहिलेदेखि नै आवश्यक र गम्भीर पहल गर्ने मोर्चाले घोषणा गरेको छ। माओवादी नेतृत्व सरकारका पालामा कार्यान्वयन गर्न पहल गरिएका तात्कालिक माग पूरा गराउन मोर्चाले सडक, सदन र सरकारका मोर्चाबाट विविध संघर्षका कार्यक्रम संचालन गर्ने घोषणा गरिएको छ। वर्तमान सरकार तुरुन्त भंग गरी संविधानसभा निर्वाचनमा अभिव्यक्त जनादेशअनुरुप माओवादीको नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार निर्माण गरिनुपर्ने माग मोर्चाले राखेको छ। घोषणापत्रमा भनिएको छ- 'अहिले मात्र होइन भविष्यमा पनि लामो समयसम्म जनसमुदायका त्यस्ता स्वायत्त सचेतना संयन्त्रहरु निर्माण गर्न र क्रियाशील वनाइ राख्न विशेष ध्यान दिइनेछ।' भारतसँगको सन् १९५० को शान्ति तथा मैत्री सन्धी खारेज हुनुपर्ने, गोरखा भर्ती बन्द गर्न, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संघसंस्थालाई प्रभावकारी ढंगले नियन्त्रण गरिने घोषणापत्रमा उल्लेख छ। धर्म-निरपेक्ष राज्यको प्रभावकारी कार्यान्वयनका लागि मुस्लिम, क्रिस्चियनलगायतका अल्पसंख्यक धार्मिक समुदायमाथिको भेदभाव पूर्ण रुपले अन्त्य गरिनुपर्ने माग मोर्चाले राखेको छ। त्यस्तै पशुपतिनाथको मूलभट्ट विदेशीलाई नै बनाउने परम्पराको अन्त्य गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ। संचार माध्यममाथि राज्य र केही ठूला घरानाको एकाधिकारको अन्त्य गरी त्यसमा आम जनसमुदायको पहुँच वृद्धि गरिनुपर्ने मोर्चाले माग राखेको छ। संचार क्षेत्रमा विदेशी लगानी अन्त्य गरी श्रमजीवी पत्रकारहरुको हकहितको सुरक्षा गरिनुपर्ने उसले माग राखेको छ। - उजिर मगर

राम खरेल र सगरमाथा टिभी लाई हार्दिक बधाई


ASSOCIATION OF NEPALESE IN AMERICAS (ANA) NEPCAN- ANA Presidential Award of Excellence बाट बिभुसित हुनुभएका हाम्रा परम मित्र अमेरिका को वासिङ्टन डिसी बाट प्रसारण् हुने सगरमाथा टिभी का संचालक राम खरेल र सगरमाथा टिभी लाई हार्दिक बधाई एबम शुभकामना


राम प्रसाद खनाल - अध्यक्ष्य, अन्तरराष्ट्रिय कलाकार मन्च, अमेरिका , प्रधान सम्पादक - www.nepalmother.com and Family

20090820

प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न सुझाव दिए

प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न सुझाव दिएका छन् । बिहीबार नयाँदिल्लीको हाटेल ओवरायमा भारतीय बुद्धिजीवि र सम्पादकहरुसँगको छलफलमा उनले राजाले मनलागे पार्टी खालेर खुला राजनीतिमा आए राम्रो हुने बताए ।
नेपालले नेपालमा राजतन्त्र फर्किने सम्भावना १०१ प्रतिशत नभएको समेत स्पष्ट पारे। उनले नेपालको शान्ति प्रक्रियामा केही अवरोध आए पनि सफल रुपमा ब्यवस्थापन हुने विश्वास व्यक्त गरे । माओवादीलाई पनि यो सरकारमा ल्याई शान्ति प्रक्रिया सफल बनाइने उनको भनाई थियो । प्रधानमन्त्री नेपालले सेना समायोजन प्रक्रिया छिट्टै शुरु हुने पनि बताए ।

20090819

माओवादीले आफूविरुद्ध भयङ्कर खतरा देखे

एकीकृत नेकपा माओवादीले शान्तिपूर्ण राजनीतिमा आफ्नो विश्वास नै नरहेको झल्को देखिने गरी एउटा गोप्य दस्तावेज राज्य समितिका सदस्यहरूसम्मका लागि सर्कुलर गरेको छ। संविधानसभाको चुनावमा भाग लिएर सरकारको नेतृत्व गरेको र अहिले संसद्को प्रतिपक्षी रहेको माओवादीको यो दस्तावेज हेर्दा लाग्छ, माओवादी आफ्नो राजनीतिक लाइनप्रति अत्यन्तै 'कन्फ्युज्ड' छ। अचम्म त के छ भने अहिलेको सबैभन्दा शक्ति र स्रोतको हिसाबले सबैभन्दा बलियो पार्टी मानिने माओवादीले आफूविरुद्ध भयङ्कर खतरा देखेको रहेछ। माओवादीले मुलुकको परिस्थितिलाई तीनवटा विशेष परिस्थितिमा विभाजन गरेर त्यहीअनुसारको तयारी गर्न कार्यकर्तालाई लिखित निर्देश्ान दिएको छ। जसमा पुनः भूमिगत हुनुपर्नेसम्मको कुरा उल्ल्ोख गरिएको छ। तर, खतरा कोबाट र केका लागि भन्ने कुरामा माओवादी आफैं दिग्भ्रमित छ। माओवादीले जारी गरेको निर्देशिकासम्बन्धी सर्कुलरमा भनिएको छ, 'पार्टीले आफ्नो दैनिक कामकारबाही सञ्चालन गरिरहादा वर्गसङ्घर्षको तात्कालिक अवस्थालाई ध्यान पुर्यातई तपसिलका विशेष परिस्थिति घोषणा गर्नेछ। क. सामान्य सतर्कताको विशेष परिस्थिति, ख. मध्यम सतर्कताको विशेष परिस्थिति, ग. उच्च सतर्कताको विशेष परिस्थिति।' सामान्य सतर्कताको विशेष परिस्थितिको तयारीका बारेमा माओवादीले थप भनेको छ, 'पार्टी प्रतिबन्धित नभएको, अर्ध वा पूर्ण भूमिगत भएको हालतमा पार्टीले सामान्य सतर्कताको विशेष परिस्थिति घोषणा गर्नेछ। क. यस अवस्थामा पार्टीले आफ्ना कार्यहरू वर्गदुश्मनबाट हुन सक्ने हानिनोक्सानीबाट जोगाउने प्रयत्न गर्नेछ।' यो अवस्थामा पार्टी आदेशहरू, परिपत्रहरूको कडा सुरक्षा गरिने, पार्टी सम्पर्क थलोहरूमा निरन्तर निगरानी गरिने, शङ्कास्पद चरित्रहरूमाथि प्रवेश निषेधाज्ञाहरू लागू गरिने उल्लेख गरिएको छ। तर, शङ्कास्पद चरित्रमा के–के पर्ने भन्ने विषयमा चाहिा माओवादीले केही पनि बोलेको छैन। सामान्य सतर्कत्ााको विशेष परिस्थितिलाई माओवादीले थप व्याख्या गरेको छ, 'पार्टीका जिम्मेवार कमरेडहरूको बसउठ र भेटघाटलाई सतर्कतापूर्वक मिलाइनेछ। ङ. सम्पूर्ण लिखतहरूमा पार्टी नामको प्रयोग गरिनेछ।' पार्टीमाथि प्रतिबन्ध लाग्ने आशङ्का भएमा वा आन्दोलन सङ्घर्ष चलिरहेको अवस्थालाई माओवादीले मध्यम सतर्कताको विशेष परिस्थितिका रूपमा व्याख्या गरेको छ। यो परिस्थितिमा के गर्ने भन्नेबारेमा माओवादीले गरेको बाुदागत व्याख्या यस्तो छ– 'पार्टी सम्पर्क स्थलहरू भनेर चिनिएका स्थलहरूमा पार्टी जिम्मेवार कमरेडहरूको चहलपहल बन्द गरिनेछ। पार्टीभित्र सम्बोधन गर्दा पार्टी नामको प्रयोग गरिनेछ। आफूसाग असम्बन्धित क्षेत्र, व्यक्ति, विषयका बारेमा जिज्ञाशाहरू निषेध र गोपनीयतालाई कडाइका साथ पालना गरिनेछ।'

एकीकृत माओवादीले पार्टी प्रतिबन्धित भएमा वा सशस्त्र विद्रोहको थालनी भएको घोषणा भएमा उच्च सतर्कताको विशेष परिस्थिति घोषणा हुने उल्लेख गरेको छ। त्यस परिस्थिति कतिबेला आउने भन्नेबारेमा किटान नगरीकन माओवादीले गरेको व्याख्या यस्तो छ– 'राष्ट्रिय मुक्तियुद्ध, गृहयुद्ध, आन्तरिक पार्टी विग्रह, प्राकृतिक प्रकोप, महामारी आदि परिस्थितिहरूमा पार्टीले उच्चस्तरको विशेष परिस्थिति घोषणा गर्नेछ। पार्टी केन्द्रीय समितिको बहुमतले महाधिवेशन वा सम्मेलनको दृष्टि, भाव र व्यवहारविपरीत कार्य गरेको लागेमा अन्य पार्टी सदस्यहरू र समितिहरूले रीत पुर्यासई उच्च सतर्कताको विशेष परिस्थिति घोषणा गर्न सक्नेछन्।' विशेष उच्च सतर्कता अपनाउने बेलामा गर्ने पार्टी कामका बारेमा माओवादीले बुादागत रूपमा यस्तो व्याख्या गरेको छ– 'सबै नियमित खुल्ला कार्यक्रमहरू पार्टीको नाममा गरिने छैन। नियमित सम्मेलन वा महाधिवेशनहरू अघिपछि सर्न सक्नेछन्। पार्टी गोपनीयतालाई कडाइकासाथ पालना गरिनेछ। ६ महिनाको विशेष परिस्थिति घोषणा गर्न सकिनेछ। आवश्यक भएमा अर्को ६ महिना थप्न सकिनेछ।' तर, यो परिस्थितिको व्याख्या माओवादीले कार्यकर्तालाई भुल्याउनका लागि हो कि सााच्चिकै क्रान्ति गर्नका लागि भन्ने कुराचाहिा स्पष्ट हुन सकेको छैन।

बेल्जियममा तिजको रमझम

- सन्तोष न्यौपाने




वर्षदिनकौ एक पटक आउने तथा आफना माइति लाई भैटने चाड हरितालिका को उपलक्ष्यमा यहा रहेका नेपालि दिदि बहिनि हरुमा रौनक छाएको छ । प्रत्येक शहर शहर मा तिज को रमझम ले आफना माइति को कम मात्रामा भएपनि सम्झना लाई प’रा गरिदिएकौ छ । ल’भेन एन्तरपेन सिन्त’रदेन तथा बर्’र्गि सहरमा अझ बढि चहलपहल बढैको छ ।स्वदेश मा तिज कै दिन मा मनाउने भए पनि यहा काम गनर्’ पर्नै ह’नालै अघि पछि मनाउदै आएका छन । प्रवाशमा चार्डपर्व मनाए पनि स्वदैश को र घरपरिवारको याद मेटाउन नसकिने अधिकासं दिदिबहिनि हरु बताउछन । उनिहरुका अन’सार प्रवाशमा मनाइने नेपालि चार्डपर्व हरुलै नेपालिपन बचिराख्ने तथा परिवारको तिर्सना मैटिने क’रामा दर्’इ मत छैन ।
लामो समय सम्म बसेका तथा नया आएका दिदि बहिनि हरुको तिज आउदाको हर्षर विस्मात द’वै रहेको छ । भर्खर भर्खर आएका दिदिबहिनि हरु माइत र गाउ परिवार कौ साह्रै याद आउने ह’दा स्वदेशको पिडा भ’ल्न नसकिने बताउछन भने यहा १० १२ वर्षसम्म बस्दै आएका हरु को पहिले भएपनि अहिले त्यस्तो नह’ने उनिहरुको भनाई रहैको छ । यसै क्रममा बर्’र्गि सहरका दिदि बहिनि हरुलै तिज पर्व हर्षौल्लासका मनाए। रातौ साडि च’रा पोते मा सजिएका उनिहरुले नया तथा प’राना तिज का गित गाई नाचैका थिए। तिज महिलाको मात्र भएपनि उत्त कार्यक्रममा दाजभाई हरुलै गित तथा नृत्य मा साथ दिएका थिए ।
बेल’कि पाच बजे बाट स’रु भएको कार्यक्रममा मजालै दर को स्वाद चाखे । विभिन्न परिकार हरु ले नेपालको दर को तिर्सना मैटाएको उनिहरुले बताए । तिज नाचगानले वरपरको वातावरण संगितमय बनाएको थियो । कार्यक्रम मा सबै दिदि बहिनिहरु रातो साडिमा सजिएर आउदा एकैछिन सहर नै नेपालिमय भएको थियो । साना देखि ठ’ला सम्म सहभागि दिदिबहिनि तथा दाज’भाइ हरुको सहभागिताले कार्यक्रम स्थल नै भरिभराउ भएको थियो ।

20090818

देसको हालत जेसुकै भए पनि बिदेस घुम्नमै मस्त छन हाम्रा नेता र मन्त्रीहरु


मुलुकको कार्यकारी प्रमुखसँगै मंगलबारदेखि यो साता एक तिहाईभन्दा बढी क्याबिनेट मन्त्रीहरू विदेश भ्रमणमा हुने भएका छन्। प्रधानमन्त्री माधवकुमार नेपालसहित २५ सदस्यीय क्याबिनेट मन्त्रीमध्ये ९ जना यो सात मुलुक बाहिर हुनेछन्। 'एकै पटक यतिधेरै मन्त्रीहरू विदेश भ्रमणमा भएको यो ऐतिहासिक हो' विदेश भ्रमणको समन्वय गर्ने परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने। प्रधानमन्त्री नेपालसहित अर्थमन्त्री सुरेन्द्र पाण्डे, उर्जामन्त्री प्रकाशशरण महत, वाणिज्यमन्त्री राजेन्द्र महतो, पर्यटनमन्त्री शरदसिंह भण्डारी र उद्योगमन्त्री महेन्द्र राय यादव मंगलबारदेखि भारतको पाँच दिने औपचारिक भ्रमणमा छन्। उनीहरू शनिबारमात्रै स्वदेश फर्किने कार्यक्रम छ। प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री सुजाता कोइराला पनि भ्रमणमा जाने कार्यक्रम भए पनि अन्तिम समयमा 'स्वास्थ्य' को कारण देखाउँदै उनले नजाने निधो गरिन्। नत्र एकैसात विदेश यात्रा गर्ने 'फूल' मन्त्रीहरू ४० प्रतिशत हुने थिए। संघीय मामिला, संविधानसभा, स‌सदीय व्यवस्था तथा संस्कृती मन्त्री मिनेन्द्र रिजाल एसियाका संस्कृति मन्त्रीहरूको राउन्ड टेबल बैठकमा भाग अन्य तीन सभासद्हरूको नेतृत्व गरी पत्नीसहित शुक्रबारदेखि चीन भ्रमणमा छन्। एसिया-प्रशान्त क्षेत्रका कानुन व्यवसायीहरूको वैठकमा भाग लिन सोमबार कानुनमन्त्री प्रेमबहादुर सिंह पनि एक साताका लागि मलेसिया उडिसकेका छन्। श्रम तथा यातायातमन्त्री मोहमद अफताव आलम औपचारिक निम्तोबिनै बुधबार एक साताका लागि इजरायल जाँदैछन्। फर्केर आउने क्रममा उनी दुवई जाने कार्यक्रम निश्चित भए थप दुई दिन त्यहाँ बिताउनेछन्। इजरायल सरकार र परराष्ट्र मन्त्रालय तत्काल भ्रमण निम्ति अनिच्छुक हुँदा-हुँदै मन्त्री आलमले नेपाली म्यानपावर व्यवसायीको 'लबिङ्' का आधारमा जाने हतार गरेका हुन्। रोचक त के भने प्रधानमन्त्रीसँगै जाने सबैजसो वरिष्ठतम् १० मन्त्रीभित्रका हुन्। उद्योगमन्त्री यादवमात्र यो सूचिभन्दा तल २२ औं नम्बरका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेभसाइट अनुसार प्रधानमन्त्री नेपाल, पर्यटनमन्त्री भण्डारी, वाणिज्यमन्त्री महतो, अर्थमन्त्री पाण्डे र उर्जामन्त्री वरिष्ठताका क्रममा क्रमशः पहिलो, पाँचौं, सातौं, आठौं र १० औं स्थानमा छन्। यादव २२ औं स्थानमा छन्। मलेसिया यात्रामा रहेका सिंह पनि वरिष्ठता क्रममा ९ औं स्थानमा छन्। संघीय मामिलामन्त्री रिजाल १३ औं र श्रममन्त्री आलम १७ औं नम्बरका हुन्।
प्रधानमन्त्रीको अनुपस्थितिमा उपप्रधान र भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारलाई कार्यबहाकको जिम्मेवारी दिइएको छ।
तर, स्थायी सरकार मानिने कर्मचारीतन्त्रका प्रमुख, मुख्य सचिव माधव घिमिरे, भारत भ्रमणमा मन्त्रीहरूसँगै उनीहरूले सम्हालेका मन्त्रालयका सचिव र मन्त्री नगए पनि परराष्ट्रका दुवै सचिव भ्रमणमा भएकाले 'निर्णय प्रक्रिया र कामकाज ठप्प हुने' एक प्रशासन विज्ञले औल्याए। मुलुकको प्रशासन हेर्ने प्रमुख पदाधिकारीका नाताले प्रधानमन्त्री नभएका बेला मन्त्रीहरूबीच समन्वय गराउने दायित्वसमेत मुख्य सचिवमा हुन्छ। 'त्यसैले प्रधानमन्त्रीका अरू भ्रमणमा समेत सामान्यतया मुख्य सचिव सहभागी हुँदैनन्,' उनको भनाई छ। 'मन्त्री र सचिवहरू एकै चोटी विदेश जाँदा कामकाज ठप्पै हुन्छ' एक सचिवले भने, 'सद्भावना भ्रमणका लागि प्रधानमन्त्रीसँग पनि यति धेरै मन्त्रि र सचिव जानुपर्ने हो वा होइन, त्यसमाथि सोचविचार गरिनुपर्थ्यो।'

साताव्यापी युरोप भ्रमणका निस्केका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आइतबार दिउसो बेलारुसबाट रुसको राजधानी मस्को फर्किए। मस्कोमा पुग्नासाथ उनी रेडस्क्वायर क्षेत्रमा राखिएको लेनिनको शव हेर्न पुगेका थिए। पत्नी सीता र पुत्र प्रकाशसँगै दाहाल आइतबार अपरान्ह रुसी इतिहासको युद्धको झझल्को दिने पनारोमा ठाउँ हेर्न गए। त्यसलगत्तै दाहाल परिवारले मस्कोको भिक्ट्री पार्क अवलोकन गरेका थिए । एक साता लामो युरोप भ्रमण सकेर मंगलबार नेपाल फर्किने क्रममा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रायः सरकार प्रमुखको विदेश भ्रमणमा पराराष्ट्रमन्त्री अनिवार्य हुने भए पनि यस पटकको माधवकुमार नेपालको भ्रमणमा परराष्ट्र मन्त्रीले अन्तिम चरणमा भ्रमण स्थगित गर्नुले सरकार भित्रको विवाद सार्वजनिक भएको उनको टिप्पणी थियो। - नागरिक, लेखनाथ पाण्डे

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________