( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20090930

"प्रचन्ड अन्तत भैंसी चराउने राष्ट्रपती सँग गएर लल्याक लुलुक गलेर माफि मागे"


आफैले भैंसी चराउने भन्दै गाली र सत्तोसराप मात्र होइन बहिस्कार गरेका प्रचन्ड अन्तत तिनै भैंसी चराउने राष्ट्रपती सँग गएर लल्याक लुलुक गलेर माफि मागेका छन। भारत ले प्रचन्डलाई त्यसरी नुगाइ दिएको माओवादीकै नेता हरुले बताउदै उनी हरु प्रचन्ड सत्ता का लागि भारत सँग झुकेको आरोप लगाउन थालेका छन । भारतीय आदेश पालक प्रचन्ड को प्रभु बिरोधि नारा ले पनि अब हावा खाएको देखिन्छ । जे सुकै भए पनि सबै पार्टी एक भै दिए, देश मा शान्ती भैदिए हुन्थ्यो भन्ने जनताको चाहना छ ।

राजनीतिक गतिरोध अन्त्यका लागि तीन प्रमुख दलहरुबीचको संवादले तीब्रता लिइरहेको बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार साँझ एक्कासी राष्ट्रपति डा. रामबरण यादवसँग भेटवार्ता गरेका छन्। सेनापति प्रकरणमा माओवादीको निर्णय राष्ट्रपतिले उल्ट्याइदिएपछि सरकार छोडेर प्रमुख प्रतिपक्षी दलको नेता बनेका प्रचण्डले पाँच महिनामा पहिलोपटक राष्ट्रपतिसँग भेट गरेका हुन्। राष्ट्रपति निवास शीतलनिवासमा साँझ करीब छ बजे पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति यादवसँगको भेटवार्तालाई राम्रो शुरुवात भएको बताए। उनले समस्याबारे राष्ट्रपति गंभीर रहेको र आफुहरुबीचको संवादले निकास निकाल्न सहयोगी हुने बताए। छलफलमा पाँच महिना यताको घटनाको समीक्षा भएको र निकासतिर कसरी जान सकिन्छ भन्नेबारे कुराकानी भएको प्रचण्डले सन्चारकर्मीहरुलाई जानकारी दिए। उनले भने, “एक अर्काको अनुभव साटासाट भयो । कसरी निकासतिर जान सकिन्छ भन्नेबारे छलफल भयो”। समाचार स्रोतका अनुसार आफ्ना दुइजना सहयोगीसहित राष्ट्रपति निवास पुगेपनि झण्डै एकघण्टा लामो कुराकानी भने राष्ट्रपति यादव र प्रचण्डबीच मात्र भएको थियो। स्रोतका अनुसार दशैंको अवसर पारेर एक आपसमा शुभकामना आदानप्रदान गरेपछि उनीहरुबीच भेटघाट गर्ने योजना बनेको थियो। सेनापतिलाई बर्खास्त गर्ने तत्कालीन प्रधानमन्त्री प्रचण्डको निर्णयलाई उल्ट्याइदिएपछि राष्ट्रपतिले असंवैधानिक निर्णय लिएको भन्दै माओवादीहरु राष्ट्रपतिप्रति आक्रोशित रहँदै आएका छन्।
यसैबीच राजनीतिक गतिरोध अन्त्य गर्न माओवादीले आफ्ना वरिष्ठ नेताहरु रहेको वार्ता टोली गठन गरेको छ। यस अघि नै गठित एमाले र कांग्रेसका वार्ता टोलीबीच बुधबार दिउंसो भएको छलफलपछि माओवादीसँग मिलेर संसदमा साझा सहमतिको प्रस्ताव लाने निर्णय भएको छ। प्रचण्डले राष्ट्रपतिसँगको भेटवार्ता पछि पनि राष्ट्रपतिको कदम असंवैधानिक भन्ने अडान कायमै रहेको बताएकाले गतिरोध अन्त्य कसरी हुने हो भन्ने प्रष्ट भइसकेको छैन।

२३ जनाको मृत्यु, ६३ जना घाइते ,मृत्यु हुने अधिकांश महिला


क्रिष्चियन धर्मावलम्बीहरुको एक कार्यक्रमस्थलमा बस्नको लागि बनाइएको दुई तले टेन्ट भत्कँदा २३ जनाको मृत्यु भएको छ। घटनामा परी ६३ जना घाइते भएका छन्। घाइते सबैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ। घटना धरान १९ चौकिबारीस्थित सियोन प्रार्थना भवनमा मंगलबार राति करिब साढे एघार बजे भएको हो। सो स्थानमा असोज १२ गतेदेखि २० गतेसम्मको लागि पवित्र महासभा कार्यक्रम आयोजना भइरहेको थियो। मंगलबारको कार्यक्रम सकी सुत्ने तरखर भैरहँदा अचानक बाँसको टेन्ट भत्किएको आयोजकले जनाएको छ।


मृत्यु हुनेहरुमा अधिकांश महिला छन् भने ४ जना बालबालिका परेका छन्। मृत्यु हुने सबैको सनाखत भैसकेको छ।  मृत्यु हुनेहरुमा बेलडागी शिविर झापाकी ८२ बर्षीया दिलमाया ल्वागुन, उदयपुर ठोक्सिला ८ का राजेश राई, झापा महेशपुर ३ का १६ बर्षीया सलमी तामाङ, मोरङ बेलबारी ३ का ३६ बर्षीया राजेन राई, मिगौली रुपन्देहीकी ४० बर्षीया कलावती खौसीयार, मोरङ डागीहाट,लक्ष्मीमार्गका ६० बर्षीय किसन चौधरी, सोही स्थानकी ५० बर्षीय पुनम मगर, मोरङ चन्द्रपुरकी ५५ बर्षीया कुमारी तामाङ, यासोक ७ पाचथरका ४८ बर्षीय पिटर लावती, कास्कीकी २५ बर्षीया कल्पना गंगामी, मोरङ बौकाझोडाका ४५ बर्षीय नन्दकिसोर लिम्बु, झापा भद्रपुरकी ४० बर्षीय सरोजा लिम्बु, झापा सैन्यमोडमा १२ बर्षीया आशा राई र इमाडोल ८ ललितपुरकी ४८ बर्षीया सरिता दियाली रहेकी छिन्। यसैगरी, मृत्यु हुनेहरुमा सुर्यनगर ३, झापाकी सिपोला सुब्बा, मोरंग बेलडागीकी नन्दीमाया विक, भारत गेरुवाथानकी ३५ बर्षीया निर्मला राई, शान्तिनगर १ झापाका १० बर्षीया अविशेक राई, गाडीहाट ५,मोरंगकी पवित्रा लिम्बु, तरहरा २ सुनसरीकी ६० बर्षीया गोमा भुजेल, पाचकन्या गाविस सुनसरीकी ५५ बर्षीया आर्टिमाया राई, झापा विर्तामोडका २८ बर्षीया मरसी मेचे र काठमाण्डौं का ७ बर्षीय सुलेमान तामांग रहेको प्रहरीले जनाएको छ। कार्यक्रम आयोजकले जनाए अनुसार सो घटना महिलाहरु बस्नको लागि बनाइएको टेन्टमा भएको हुनाले मृत्यु हुने र घाइतेहरुमा महिलाको संख्या बढी छ। घाइते मध्ये ५३ जना महिला र १० जना पुरुष रहेको वीपी प्रतिष्ठानस्थित प्रहरी विटले जनाएको छ। मोरंग लक्ष्मी मार्गका राजु राई गम्भीर छन्।- रोहित राई

20090928

कारागारबाट भागेका १३ कैदीमध्ये ३ कैदी पक्राउ

सोमबार कञ्चनपुर कारागारबाट भागेका १३ कैदीमध्ये ३ कैदी पक्राउ परेका छन्। साँझ ६ बजे भागेका कैदीहरु मध्ये योजनाका नाइके कमल चौधरी 'डेन्जर' लाई एक थान पेस्तोलसहित घट्ना लगत्तै वडा प्रहरीको टोलीले महेन्द्रनगर बजारस्थित ट्राफिक चोकबाट तथा रामबहादुर चन्द र करन नाथलाई भीमदत्त नगरपालिका-९ मटेना गाउँबाट प्रक्राउ गरेको छ। महिला बन्दीहरुलाई थुनुवा कोठामा राखेर मूलगेट खोल्ने क्रममा ज्यान मुद्दाका आरोपी कमल चौधरीले ड्युटीमा रहेकी एक महिला प्रहरीको कञ्चटमा पेस्तोल राखेपछि कैदी भाग्न सफल भएका थिए। फरार अभियुक्तहरु ज्यान मुद्दा, जर्वजस्ति करणी र चोरी डकैतीका रहेका छन्।फरार हुने कैदीमा कमल चौधरी 'डेन्जर', रामबहादुर चन्द, करन नाथ, रघुवीर चन्द, गणेश महतो, खेम बुढा, छत्रपति राना, उत्तम राना, दिपेन्द्र भण्डारी, धन बहादुर राना 'अविरल', प्रकास चन्द, उग्रसेन राना र गणेश धामी रहेका छन्।प्रहरीको दुई थान पेस्तोल र एउटा थ्री नट थ्री राइफल लुटेर उनीहरू फरार भएका थिए । तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एकथान थ्री नट थ्री राइफलमात्रै लुटिएको बताएको छ। यसैबीच घटनाको छानबीनका लागि गृहमन्त्रालयले मंगलवार छानबीन समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव शँकर कोइरालाको सँयोजकत्वमा गठित समितिमा प्रहरी वरिष्ठ उपरिक्षक पूर्णसिँह खड्का र राष्ट्रिय अनुसन्धान विभागका केशवबहादुर सिँह सदस्य रहेका छन्। फरार अन्यको खोजी भइरहेको कञ्चनपुरका प्रहरी उपरीक्षक माधव नेपालले बताए।






हाम्रा प्रधानमन्त्री माकुने दम्पत्ती र अमेरिकि राष्ट्रपती ओबामा दम्पत्ती को यो फोटो हामीलाई पनि राम्रो लाग्यो


यो फोटो को बारेमा तपाईं को पनि केही कमेन्ट भए हामीलाई ईमेल गर्नुस्

राष्ट्रपती , प्रधानमन्त्रीको माभन्दा बढी जनता बिहान देखी साँझ सम्म पूर्व राजा ज्ञानेन्द्रकोमा दशै टिका थाप्न लाम लागे रे !!!

- दीपक पाण्डे


विजया दशमीको अवसरमा आफूभन्दा ठूलासँग टिका थाप्नका लागि सोमबार राष्ट्रपतिदेखि पूर्वराजा ज्ञानेन्द्रको निजी निवाससम्म सर्वसाधारणको भीड देखियो। राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपतिको हातबाट सेनाप्रमुख छत्रमानसिंह गुरुङ र प्रधानमन्त्री माधवकुमार नेपालसमेतले टिका लगाएका थिए। पूर्वराजा कहाँ राजावादीहरुको भीड लागेको थियो। पोहोर परार भन्दा पनि आश्चर्यजनक ढंग ले राष्ट्रपती प्रधानमन्त्री को माभन्दा बढी जनता बिहान देखी साँझ सम्म पूर्व राजा कोमा दशै टिका थाप्न लाम लागेको देखे पछी राजनीतिक ब्रित्त मा तहल्का मात्र मच्चिएको छैन नेताहरुको निन्द्रा पनि हराउन थालेकोछ । राष्ट्रपती को मा भन्दा दश गुना बढी जनताले पूर्व राजाको मा टिका लगाएको प्रत्यक्ष्य देखियो ।    फोटो पत्रकार दीपेश श्रेष्ठको क्यामेरामा कैद आजका केही दृश्य - नागरिक

 
 
 

रातो टिका र जमरा लगाउदै यस् पालिको दशैंलाई अमेरिकाबाट पनि यसरी बिदाइ गरियो : एक झलक तस्बीरमा पनि हेर्नुहुन्छ कि !


 
 
 
 
 
 


 

 



20090927

हर्षोल्लासका साथ विजया दशमी मनाइँदै , बिहान १०:५५ बजे टिका ,झगडामा दुईको ज्यान गयो ,




 
नेपालीको महान चाड बडादसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ। विजयादशमीका दिन आफ्ना मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ। आज नौदिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजा आराधना गरी राखिएको जमरासहितको टिका लगाउने प्रचलन छ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ।
विजयादशमीको उपलक्ष्यमा सोमबार बिहान १०:५५ बजे टिका लगाउने शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। दुर्गामाताको प्रसाद लगाउन र आर्शिवादका लागि साइत जुराउन अवश्यक नरहेको तर साइत खोज्नेहरूका लागि भने साइत जुराइएको समितिले बताएको छ। सो समितिका अनुसार सोमबार बिहान ९:३५ बजे देवी विसर्जन, दिउँसो १२:२१ बजे तुलजा भवानी यात्रा र दिउँसो १:०५ बजे शिराशनको साइत रहेको छ।

आपसी सदभाव, सुख समृद्धी र दीर्घायुको लागि शुभकामना बाँडेर रमाइलो गरी मनाइनुपर्ने दशैँको अवसरलाई कैलाली जिल्लाको दुर्गम पहाडी गाविस सहजपुर- ९ का युवाहरूले अपराधमा परिणत गरिदिएका छन्। घटनाक्रम अनुसार कैलालीको पहाडी गाविस सहजपुर-९ तलियामा शुक्रबार साँझ स्थानीय शाह र साउद थरका युवाहरूबीच सहजपुर बजारमा रक्सीसेवन गरी एकआपसमा विवाद भएको थियो। विवादपश्चात झगडाले हिंसात्मक रूप लिन थालेपछि ज्यान जोगाउन घरतर्फ भागेका स्थानीय अन्दाजी ५० वर्षका एकबहादुर शाहको भीरबाट खसेर मृत्यु भएको बताईएको छ। शाह पक्षले एकबहादुर शाहको हत्या डम्बरबहादुर साउदले गरेको आरोप लगाउँदै शनिबार दिउसो २ बजे ज्यानको बदला ज्यानै लिने भन्दै घरमा बसिरहेका निर्दोष ३१ बर्षका उज्जलबहादुर साउदलाई मीनबहादुर शाहले टाउकोमा लट्ठीले हिर्काएको उज्ज्वलकी दिदी धनसरा साउदले जानकारी दिइन्। लट्ठी प्रहारपछि गम्भीर अवस्थामा रहेका साउदलाई एम्बुलेन्समा राखी तत्काल सेती अञ्चल अस्पताल धनगढी पुर्‍याएलगत्तै उनको अस्पतालमै मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

नेपालको पो दशैं, अमेरिका को दशैं के दशैं, तर पनि रमाइलो मान्नु पर्ने बाध्यता, यसैले अमेरिका मा हामी दशैं यसरी मनाउदैछौं


यो जमघटका आयोजक बाबुराम शर्मा र भाउजु बिष्णु शर्मालाई हार्दिक धन्यवादहै सबै सहभागिका तर्फबाट
 














 






 











अमेरिका बाल्टिमोरमा नेपाली भाषा कक्षा सञ्चालन


बाल्टिमोरमा रहेका स्थानीय नेपालीहरुको सामुदायिक संगठन बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) ले पहिलोपटक बाल्टिमोरमा नेपाली भाषा कक्षा सञ्चालन सेप्टेम्बर २७ देखि शुरु गरेको छ । आइतवार स्थानीय रोजडेल पब्लिक लाइब्रेरीमा औपचारिक कार्यक्रमको आयोजना गरी आरम्भ गरिएको भाषा कक्षा सञ्चालनसँगै बाल्टिमोर आसपास बसोवास गर्ने नेपालीहरुका बालबच्चाले अब आफ्नै भाषामा पढ्न र लेख्न सिक्ने अवसर पाउने भएका छन् । हाल अमेरिका भ्रमणमा रहनु भएका योगी आत्मानन्द गिरीले नेपाली भाषा र संस्कृतिको आवश्यकता र महत्वमाथि चर्चा गर्नुभएको थियो । यस्तो महत्वपूर्ण कार्य शुरु गरेकोमा बाना नेतृत्वको सह्राहना गर्दै सबै नेपाली अभिभावकहरुलाई आफ्नो घरमा बालबच्चालाई नेपाली बोल्न अभ्रि्रेरित गर्न समेत गिरीले आग्रह गर्नुभयो । उहाँले वैदिक मन्त्रोच्चारण गरी भाषा कक्षा शुभारम्भ गर्नु भएको थियो ।

बानाले आरम्भ गरेको भाषा कक्षा सञ्चालनको शुभारम्भका अवसरमा बानाकी अध्यक्ष रबिना थापाले सबैलाई स्वागत गर्दै आफ्ना बालबच्चाहरुलाई भाषा कक्षामा भर्ना गर्राई भाषा सञ्चालन कार्यलाई सहयोग पुर्याउन अभिभावकहरुलाई आग्रह गर्नुभएको बानाका महासचिव गौतम दाहालद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार भाषा कक्षा सञ्चालक उपसमितिका संयोजक डा. श्याम कार्कीले भाषा कक्षा सञ्चालनको प्रक्रिया बारे जानकारी दिनु भएको थियो । कार्कीले दिनुभएको जानकारी अनुसार हाललाई महिनाको दुइपटक कक्षा सञ्चालन गरिनेछ र हरेक कक्षा सञ्चालन बापत प्रत्येक विद्यार्थीबाट पाँच डलर शुल्क लिइनेछ । भाषा कक्षा सञ्चालन उपसमितिका सदस्य डा. भीम कट्टेलले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रममा उपसमितिका सदस्य एवं बानाका पूर्व अध्यक्ष कृष घिमिरले बालबच्चाका लागि अभिभावकले पुरा गर्नुपर्ने जिम्मेवारीका बारे प्रकाश पार्नुभएको थियो ।

४० जना विद्यार्थीबाट आरम्भ गरिएको भाषा कक्षा सञ्चालनको शुरुवातमा शिक्षकहरु बानाका महासचिव गौतम दाहाल, नायिका एवं भाषा कक्षा सञ्चालक उपसमितिका सदस्य पूजा चन्द,बानाका सूचना निर्देशक एवं भाषा कक्षा सञ्चालक उपसमितिका सदस्य चेतन पौड्याल र भाषा कक्षा सञ्चालक उपसमितिका सदस्य यज्ञमान शाक्यले राष्ट्रिय गानसहित पहिलो कक्षा सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको अन्तमा कलाकार एवं नृत्य निर्देशक यज्ञमान शाक्यले मञ्जुश्री नृत्यको एक अंश प्रस्तुत गर्नु भएको थियो । पहिलो कक्षाका सहभागी विद्यार्थीहरुलाई बानाका संस्थापक मध्येका एक गणेश मलेगोले जुस उपलब्ध गराउनु भएको थियो । यसअघि नै अमेरिकाका भर्जिनिया, टेक्सास लगायतका अन्य केही भागमा समेत नेपाली बालबच्चाका लागि नेपाली भाषाको कक्षाहरु संचालनमा आइरहेका छन् ।

बिचरा माकुने लाई अमेरिकामा पनि हैरान पारे माओवादीका कार्यकर्ता र केही अन्य नेपालीले


प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्ट्रसङ्घको ६४औँ महासभालाई सम्बोधन गर्दैगर्दा राष्ट्रसंघ भवनबाहिर विद्यार्थीहरुले कालो झण्डा देखाएका छन्। प्रदर्शनकारीहरुले निर्धारित समयमा संविधान बन्नुपर्ने लगायतका नाराहरु लगाएका थिए। स्वतन्त्र विद्यार्थी समूहको नाममा आयोजित कार्यक्रमलाई प्रगतिशील नेपाली फोरम अमेरिका र एलायन्स फर डेमोक्रेसी जस्ता संस्थाहरुले समर्थन र ऐक्यवद्धता जनाएका थिए । अमेरिकी समय अनुसार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म ड्याग ह्यामर्सोल्ड प्लाजा (यू्. एन. प्लाजा) को सडक नं पूर्व ४७, पथ १ र २ बीचमा बसेर उनीहरुले प्रदर्शन गरेका थिए। स्थानीय प्रशासनसँग अनुमति लिएर प्रदर्शन गरेका हुनाले प्रदर्शनमाथि प्रहरी हस्तक्षेप भएको थिएन। आयोजकहरुको अनुरोध अनुसार सहभागीहरुले कालो टि-सर्ट लगाएर र कालो झन्डा बोकेर आएका थिए।

प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्टसंघको ६४ औँ महासभालाई शनिबार राति सम्बोधन गरेका छन्। बाह्रौँ वक्ताका रुपमा समय निर्धारण गरिए पनि एघारौँ वक्ताका रुपमा निर्धारित समयभन्दा झन्डै पौने घन्टा ढिलो सम्बोधन थियो।

प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकामा पनि सुख पाएनन्। न्युयोर्कमा भएको एउटा कार्यक्रममा सहभागीहरुले व्यापक हुटिङ गरेपछि प्रधानमन्त्री लुसुक्क टाप कस्न बाध्य भए। प्रमलाई सुरक्षाकर्मीले बाहिर निकाल्न भ्याउँदा नभ्याउँदै कार्यक्रम स्थल पूरै सिठीको साइँसुइँ र डाङडुङ आवाजले भरियो। यस्तो अवस्थामा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई गाडीसम्म पुग्नै हम्मेहम्मे पर्यो।


दुई दिन भित्रमै राजनीतिक गतिरोध अन्त्य हुनेछ कोइरालाले भने

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले दुई दिन भित्र मै राजनीतिक गतिरोध अन्त्य हुने बताएका छन्। राजनीति गतिरोध अन्त्यका लागि उनले आज साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहालसित कुराकानी गर्दैछन्। ‘दुई दिनभित्र राजनीतिक गतिरोध अन्त्य हुनेछ, त्यसका लागि म आज साँझ प्रचण्डजीसित कुरा गर्दैछु'-तीनदिने विराटनगर बसाईको अन्तिम दिन आइतबार सञ्चारकर्मीसित कुरा गर्दै कोइरालाले भने। उनले भने-‘दलहरुबीचको असझदारी चाँडै अन्त्य हुनेछ।'
कोइरालाले साँझ दाहालसित सार्थक वार्ता हुने विश्वास व्यक्त गरे। उनले भने-‘माओवादी पनि गम्भीर देखिएका छन्, राजनीतिक गतिरोधको अन्त्य दुई दिनभित्रमा नै हुनेछ।' सहमतिका साथ सबै अगाडि बढे सबै समस्याको समाधान हुने तर्क गर्दै कोइरालाले भने-‘वार्ता, सहमति र सहकार्यलाई नयाँ तरिकाले अगाडि बढाउने समय आइसकेको छ।'

उनले भने-‘सरकार र प्रधानमन्त्री बनाउनु र बन्नु ठुलो कुरा होइन्, सबै मिलेर समयमा संविधान बनाउनु नै आजको आवश्यकता हो।' उनले सहमति, सहकार्य र एकतामा फेरि पनि जोड दिए। यसअघि शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि बुटवलमा दशैँका बेला सहमति जुट्ने परम्परा रहेको बताउँदै उल्लासका साथ दशैँ मनाउन आग्रह गरेका थिए।

यस् पालीको दसैँ पनि मान्न मैले पाइन

ए आमा दशै आको होकी होइन थाहै भएन 



नेपाल ऐतिहासिक संक्रमणको संघारमा : प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले जनआकांक्षाअनुसारको संविधान निर्माण गर्नु, राष्ट्रिय सहमतिका आधारमा चालू शान्ति प्रक्रियालाई सार्थक टुंगोमा पुर्याउनु र आर्थिक सेवाको सुनिश्चितता गर्न सबै उपाय अपनाउनु नै वर्तमान सरकारका प्राथमिकता भएको बताउनुभएको छ। अमेरिकामा कोलम्बिया विश्वविद्यालयद्वारा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले सो धारणा व्यक्त गर्नुभएको हो। ‘माओवादी लडाकाहरूको सुपरिवेक्षण, समायोजन र पुनः स्थापनाका लागि विशेष समिति तथा व्यवस्थापनलगायतका लागि प्राविधिक समिति पुनर्गठन गरिएको छ’, प्रम नेपालले भन्नुभयो- ‘शान्ति प्रक्रियालाई गति दिन यी समितिहरूले आफ्नो कामसमेत शुरू गरिसकेका छन्।’

उहाँले नेपाल भारत र चीनका बीचमा अवस्थित रहेको र दुवै राष्ट्रहरूसँग सहयोग र मित्रताको सुमधुर सम्बन्ध रहेको बताउँदै यहाँको विदेश नीति विश्वका सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध स्थापना र विस्तार गर्ने हाम्रा आकांक्षाहरूद्वारा निर्देशित छ भन्नुभयो। बहुपक्षीयता परराष्ट्र नीतिको आधारतत्त्व भएको र संयुक्त राष्ट्रसंघका सिद्धान्त र आदर्शहरूप्रति अगाध आस्था रहेको पर्रि्रेक्ष्यमा अन्तर्राष्ट्रिय मामलाहरूमा संयुक्त राष्ट्रसंघको भूमिकाको सधैँ र्समर्थन गरेको पनि प्रमको धारणा थियो। ‘हाम्रो शान्ति प्रक्रिया र विगतका सम्झौताअनुसार हतियार व्यवस्थापनमा राष्ट्रसंघीय नियोगको भूमिकाका लागि हामी र्समर्थन गर्दछौं’ -प्रमले भन्नुभयो। नेपाल ऐतिहासिक संक्रमणको संघारमा रहेको बताउँदै उहाँले नेपाली जनताको निर्भयपूर्ण दृढता र अन्तर्राष्ट्रिय समुदायको निःस्वार्थ सहयोगविना यो सम्भव थिएन भन्नुभयो। ‘शासन व्यवस्थाको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक प्रकृति र सबै मौलिक अधिकारहरू तथा सीमान्तकृत समूहको समावेशी प्रक्रियाको प्रत्याभूति निश्चित गर्ने नयाँ शासनस्वरूपको निर्माणमा कुनै सम्झौता गर्दैनौं’ -प्रमले भन्नुभयो।


कम्प्युटरको दुनियाँ एनिमेसोन को कमाल, दाजुभाइ दिदी बहिनी आफ्नो मन समाल



अर्काको ज्यान मारेर मासु खानु राम्रो होइन तर पनि दशै का बेला भुटुवा खान चाँही ठिकै हुने है !  
 



यस्तो पनी दशै को शुभकामना



मेरो एक जना पत्रकार मित्र छन गणेश बस्नेत काठमाडौंमा । उनिले एउटा दशै को शुभकामना अत्यन्त रोचक ढंगले पठाएका रहेछन । हेर्दा सुरुमा होइन गणेश लाइ के भएछ भन्दै थिएँ,अन्तिम तिर पुग्दा थाहा भयो उनिले रोचक ढंगले प्रस्तुत गरेका रहेछन , रमाइलो लाग्यो, गणेश भाई तपाईंलाई पनि शुभकामना ....,

उनिले पठाएको शुभकामना ,,,

"घरमा धमिरा परोस्, प्रेममा बिछोड होस्, ज्यान सुकेर मुरली होस्, ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्, खानामा िझंगा परोस्, निन्द्रा नलागोस्, आँखा फुटोस्, कान बैरो होस्, ग्रलफेन्ड पोइला जाओस्, ब्याइफैन्डले सौता ल्याओस्, सधै कलह छाओस्,  किरा परेर मर्न परोस्,................भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् यहि नै मेरो बिजया दशमी तथा दिपावली 2066 को मंगलमय शुभ कामना......................"


वेल्जियममा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Bikal adhikari @ नेपाली जनसम्परक समिति वेल्जियमको आयोजनामा वेल्जियमको अन्त्रोपेन शहरमा विजया दशमीको अधिल्लो दिन महानवमीमा वेल्जियममा रहेका नेपाली संघ सस्थाहरुहरु विच आपसी भाइचारा अभिवृद्धि तथा शु्भकामना आदान प्रदान तथा विशेष जलपान समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
सुस्ताएको नेपाल जनसम्पर्क समितिलाइ उल्का घिमिरेको नेतृत्वमा पुनर्गठित भए पछि पहिलो पटक आयोजना गरिएको सार्वजनिक कार्यक्रमा वेल्जियमा रहेका सवै संघ सस्थाका जिम्मेवार पदाधिकारीहरु तथा समाजका लव्ध प्रतिष्ठित महानुभावहरुको विशेष उपस्थितिले कार्यक्रमलाइ थप रोचकता प्रदान गरेको थियो ।
विजया दशमी तथा शुभ दिपावली २०६६को पावन अवसरमा आयोजना गरिएको सो शुुभकामना आदान प्रदान तथा जलपान समारोहको औपचारिक कार्यक्रमको समापतित्व सस्थाका अध्यक्ष उल्का घिमिरेले गर्नुु भएको थियो भने कार्यक्रमको संचालन सस्थाका महासचिव कमल सिटौलाले गर्नुभएको थियो ।
कार्यक्रमा स्वागत मन्त्यव्य सस्थाका वरिष्ठ उपाध्यक्ष घनवहादुर शाहीले गर्नु भएको थियो भने धन्यवाद सस्थाका अर्का उपसभापति सुदर्शन सिंखडाले गर्नुभएको थियो ।
सो शुभकामना आदान प्रदान समारोहका प्रमुख अतिथि एनआरएन वेल्जियमका सस्थापक अध्यक्ष तथा वर्तमान एनआरएन केन्द्रीय समितिका केन्द्रीय सदस्य रविन्द्रमान श्रेष्ठ हुनुहुन्थ्यो ।विगत लामो समय देखि वेल्जियममा वसोवास गरेर नेपाली समाजमा निष्पक्षपुुुर्ण र गैरराजनैतिक चरित्र प्रर्दशन गर्नु भएका प्रमुख अतिथि श्रेष्ठलाई उहाले गैरआवासीय नेपालीहरु विचमा पुराउनु भएको योगदान स्वरुप सस्थाका सभापति उल्का घिमिरेले दोसल्ला ओढाइ विशेष सम्मान गरिएको थियो । विदेशको भूमीमा रहेका नेपालीहरु विच आपसी भातृत्व अभिवृद्धि उजागर गरि नेपालमा हुने र भएका जस्तै राजनैतिक द्धेष र कलहलाइ विर्सेर केवल नेपाली भएर वाच्न प्रेरणा मिलोस भन्ने अभ्रि्रायले उहालाई गरिएको सम्मान प्रतिविम्विति भएको कार्यक्रममा सहभागी एक नेपाली मिन मगरले जनाए ।
सो कार्यक्रममा वेल्जियमवाट एनआरएन आइसिसीका नवनिर्वाचित सदस्य अर्जुन कुमार श्रेष्ठ ,एनआरए एन वेल्जियमका भुपु अध्यक्ष युवराज गुरुग ,पासापुच की अध्यक्ष रजनी प्रधान ,एनडिफ वेल्जियमका वर्तमान अध्यक्ष तुलसी नाथ सुवेदी ,नेपाल महिला संघ वेल्जियम की विमला अधिकारी , एनआरएन वेल्जियमका उपाध्यक्ष लिलाधर पन्त ,नेपाली जनप्रगतिशिल मंचका उपाध्यक्ष चित्र सुवेदी ,नेपाली जनसम्पर्क समितिका पुर्व अध्यक्ष तथा सल्लाहकार गोपाल सापकोटा लगायतकाले आफ्नो शुभकामना मन्त्यव्य राख्नु भएको थियो । अधिकांश अतिथिहरुले नेपाली जनसम्पर्क समितिको यो परम्पराको खुलेर समर्थन गर्नु भएको थियो , उहाहरुको अधिकांशको एउटै चाहाना थियो विभिन्न सस्थाहरुमा जहावाट काम गरे पनि मुल लक्ष नेपाल र नेपालीकै हक हित र उत्थानका लागि लाग्नुपर्ने आवस्यकता रहेको भावना व्यक्त गर्नु भएको थियो ।
विजया दशैको अवसरमा आयोजना गरिएको सो जलपान समारोहमा नेपाली काग्रेसका महामानव विश्वेश्वर प्रसाद कोइरालाको तस्विरमा प्रमुख अतिथि तथा अतिथिहरु लगायत उस्थित सवैले माल्यार्पण गरेका थिए भने नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न चरणहरुमा शहीद भएका वीर ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनेट मौन धारणा पनि गरिएको थियो ।
सो कार्यक्रममा इनेपाल न्युज डट कमा प्रधानसम्पादक कृष्णप्रसाद रेग्मी , प्रवासी पत्रकार संघका संयोजक पुरुषोतम सुवेदी ,विश्व मगर संघका अध्यक्ष मार्के मगर , उपाध्यक्ष विशाल मगर , तामांग समाजका संरक्षक भरत तामांग ,एनडिएफका सस्थापक अध्यक्ष कृष्ण खतिवडा , नेपाली जनसम्पर्क समितिका सल्लाहाकार अनन्त शर्मा , विनोद घिताल , चितवन सहायता कोषका उपाध्यक्ष तथा जनसम्पर्क समितिका उपासभापति दिनेश भण्डारी , म्याग्देली समाज वेल्जियमका ढढ शर्मा , नेपाल वेल्जियम सास्कृतिक समाजका मदन गुरुग लगायतका समाजका विभिन्न क्षेत्रका व्यक्तीत्वहरुको उपस्थित रहेको थियो ।

सो समारोहमा प्रमुख अतिथि तथा अन्य सस्थाका प्रतिनिधिहरुलाई सस्थाका सभापति उल्का घिमिरे खाता ओढाइ सम्मान गर्नु भएको थियो भने प्रमुख अतिथिलाइ खाता र दोसल्ला ओढाइ सम्मान गरिएको थियो । भने प्रमुख अतिथि र अतिथिहरुलाई सविता शाही र राधा घिमिरेले व्याज वितरण गर्नु भएको थियो ।
शुुभकामना आदान प्रदान समारोह पश्चात जनसम्पर्क समितिले तयार पारेको मासु , चिउरा , अचार र सेल रोटी लगायतका परिकारहरु सहभागीहरुले स्वादमानी खादै एक आपसमा शुभकामना आदान प्रदान गरेको क्षण अविष्मरणीय थियो ।
स्मरणीय छ नेपाली जनसम्पर्क समिति वेल्जियमले नेपाली समाजका विभिन्न संघ सस्था तथा नेपाली समाजमा लक्षित गरेर गरेको यो पहिलो सार्वजनिक कार्यक्रम हो । आजको कार्यक्रमको पुर्ण सफलता पश्चात पुनर्गठित समिति थप उस्साहित भएको छ ।

20090925

प्रधानमन्त्री माधव नेपाल अमेरिकामा के के गर्दैछन तपाईंलाई थाहाछ ?


प्रधानमन्त्री माधवकुमार नेपालले विश्वका विभिन्न नेताहरुसँग भेट गरेका छन। संयुक्त राष्टसंघको ६४ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री नेपालले बुधबार र बिहीबार ती भेटहरु गरेका हुन। उनले अमेरिकी राष्टपति बाराक ओबामा, चीनका राष्टपति हु जिन्ताओ, बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन, फिनल्यान्डका राष्टपति तार्जा हालोनेन, कतारका प्रधानमन्त्री शेख हमद विन जसम विन जावर अल थानी, दक्षिणकोरियाका राष्टपति ली म्युंग ब्याक, थाइल्यान्डका प्रधानमन्त्री अभिसित भेजाजिभा, नाउरुका राष्टपति मार्कस स्टेफेन, अस्टियाका राष्टपति हेन्ज किसर, बोलिभियाका राष्टपति इभो मोरालेसलगायतसँग भेट गरेका छन।


काठमान्डौमामा कलाकारहरुको शुभकामना आदान प्रदान


नेपाल चलचित्र कलाकार संघको आयोजनामा काठमाडौंमा आयोजित दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम लाई सम्बोधन गर्दै अन्तरराष्ट्रिय कलाकार मन्च, अमेरिकाका उपाध्यक्ष्य बरिस्ठ कलाकार हरी बहादुर थापाले सबै कलाकार हरुको एकता मा जोड दिनु भयो। कुनैबेला नेपालमा सर्बाधिक लोकप्रिय बनेको मालती मंगलेका नायक समेत् रहेका श्री थापाले दशैका उपलक्ष्य मा देश बिदेशमा रहेका सबैकलाकार र नेपाली हरुलाई शुभकामना दिदै छिट्टै अन्तरराष्ट्रिय कलाकार मन्च को नेपाल शाखा र अन्य देश हरुमा पनि शाखा खोलिन लागेको बताउनु भयो ।

संघका अध्यक्ष्य रमेश बुढाथोकी को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नायक भुवन केसी, शिव श्रेष्ठ , साहित्यकार उन्नती बोहोरा, लगायत का कलाकारहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो।
साथै काठमाडौं मै अभियान संस्थाद्वारा अन्तरराष्ट्रिय कलाकार मन्चका उपाध्यक्ष्य हरी बहादुर थापालाई अभिनन्दन पनि गरिएकोछ । यस् अबसरमा अभिनन्दित उपाध्यक्ष्य लाई मन्चका तर्फबाट बधाई र अभियान लाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।

एकै छिन यो बच्चाको चर्तिकला हेरेर हास्ने कि !!!






गोली हानाहान हुँदा तीन जनाको मृत्यु


सप्तरीको बैरवा ६ मा आज बिहान प्रहरी र मधेसी मुक्ति टाइगर्स कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोली लागि तीन जना टाइगर्स कार्यकर्ताको मृत्यु भएको छ। घटनामा प्रहरीतर्फ दुई जना घाइते भएको सप्तरी प्रहरी प्रमुख गोपाल भण्डारीले बताए। मारिने मध्ये भवानी सिंह भनिने पोरताहा ७ निवासी उनाइ यादवको मात्र सनाखत भएको छ। घटनास्थलबाट एक थान पेस्तोल दुई थान कटुवा र पाँच राउन्ड गोली बरामद भएको प्रहरीले बताएको छ। तराईमा सशस्त्र स‌‌घर्ष गर्दै आएको टाइगर्सले दशैँ र तिहारको अवधिमा युद्धविराम घोषणा गरेको थियो। टाइगर्सका संयोजक प्रताप सिंहले युद्धविरामको अवधिमा आफ्नो कार्यकर्तालाई नियन्त्रणमा लिई हत्या गरेको जिकिर गरेका छन्।

एक नेपाली शान्तिरक्षक सैनिकलाई

गोली हानी हत्या

लाइबेरियामा राष्ट्रसंघीय शान्ति सेनामा तैनाथ एक नेपाली शान्तिरक्षक सैनिकलाई बिहीबार राजधानी मोन्रोभियामा अज्ञात बन्दूकधारीहरुले गोली हानी हत्या गरेका छन्। मृतक ओखलढुंगा गाविस कुन्ता देवी गाविस ७ घर भएका मिलनकुमार कार्की रहेको प्रहरी स्रोतले जनाएको छ। कार्कीको पेटमा दुई वटा गोली लागेको बताइएको छ। अन्मिलका उपप्रवक्ता माइकल साहले मध्यरातमा कुनै 'घटना' भएर उनको मृत्यु भएको प्रतिक्रिया दिएका छन्। राष्ट्रसं‌घले यसबारे छानबिन गरिरहेको छ। सन् १९८९ र २००३ मा गृहयुद्ध चर्किएपछि लाइबेरियामा राष्ट्रसंघीय सेना तैनाथ गरिएको थियो। हाल त्यहाँ १० हजार शान्तिसैनिक तैनाथ छन्।
________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________