( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20091031

हाम्रा मित्र रामकृष्ण दाहाल र कमल भट्टराईलाई मात्री शोक


अमेरिका को मनासस निवासी हाम्रा मित्र राम कृष्ण दाहाल र कमल भट्टराई लाई मात्री शोक परेकोछ ।  दाहालकी ममतामयी माता नन्दकुमारी  दाहाल को ६८ बर्षको उमेर मा मनासस मा र भट्टराईकी ममतामयी माता रमादेवी भट्टराईको गुल्मी भट्कुवामा ७८ बर्षको उमेरमा असामयिक् दु:खद निधन भएकोछ। शोकको यस् घडीमा स्वर्गिय आत्माहरुको चिर शान्तीको कामना गर्दै दुबै मित्र हरुलाई  हार्दिक समबेदना प्रकट गर्दै ईश्वर ले धैर्य धारण् गर्ने शक्ती प्रदान गरुन भनी हामी ईश्वर सँग प्राथना गर्दछौं ।यसैगरी अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष्य सागर कंडेलले पनि राम कृष्ण दाहाल र समाजका उपाध्यक्ष्य कमल भट्टराई दुबै मित्र हरुलाई लाई समबेदना प्रकट गर्दै स्वर्गिय आत्माहरुको चिर शान्तीको कामना गर्नुभएकोछ ।
अमेरिकामा Halloween पर्ब


नेपालको गाइजात्रा सँग करीब करीब मिल्ने खालको जस्तो लाग्छ मलाई अमेरिकाको Halloween पर्ब । भुत को वा त्यस्तै अनुभुती हुने ड्रेस लगाएर मान्छे तर्साउने गरिन्छ र साँझमा बच्चाहरु चक्लेट माग्न हिड्छन।यदी तपाईं हेर्न सक्नुहुन्छ भने तलका भिडियो पनि हेर्नुस्, भिडियोहरुका लागि Read More >>>  मा क्लिक गर्नुस्

20091030

माओवादीद्वारा मन्त्रीहरुलाई प्रबेस निसेध, एमाले कार्यकर्ता भक्कुमार कुटिए, सरकारी कार्यालयमा आगो, माओवादीको उल्टै धम्की, जनता त्रस्त

सत्तारुढदलद्वारा सरकारलाई माओवादी आन्दोलन दबाउन निर्देसन्      
एमाले महासचिबद्वारा माओवादीको प्रतिकारमा उत्रने चेतावनी
एकीकृत नेकपा (माओवादी) को संयुक्त राष्ट्रिय जनआल्दोलन समिति, दोलखाका संयोजक विशाल खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो कुरा जनाइएको छ। यसैगरी दोलखाका गाविस सचिवहरु कात्तिक १६ गते बिहान १० बजे गाविस कार्यालयमा हाजिर हुनुपर्ने अन्यथा जनन्याय समितिको कठघरामा उभ्याउन जनसुरक्षा समिति बाध्य हुने धम्की सोही विज्ञप्तिमार्फत दिइएको छ। यता एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै शुक्रवार धनकुटामा सरकारी कार्यालयहरु र सवारी साधनमा आक्रमण गरी क्षति पुर्‍याएका छन्। माओवादी कार्यकर्ताले

देशमा दोहोरो भिडन्तको तयारी, माओवादी वाइसियल पारिचालन् गर्दै, सरकार प्रहरी र सेनालाई उतार्दै !?


सरकारले एकीकृत नेकपा माओवादीलाई वैधानिक ढंगबाट अगाडि बढ्न र वार्ताको माध्यमबाट समस्या समाधान गर्न औपचारिक आह्वान गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले माओवादी आन्दोलन विधिसम्मत तवरमा अघि नबढे कानुनी कारबाही कडाइका साथ

20091029

आज ठुलो एकादसी: एकैछिन भगवान सम्झेर यो मिठो भजन सुन्ने कि !



साउदीमा नेपाली-नेपालीबीच झगडा हुँदा एकको मृत्यु, चार जना जेलमा !
साउदी अरब- साउदी अरबको रियादस्थित पुरानो रियादको बाटॊमा पर्ने अल सुलईमान मजराहा कृषिमा तिहार मनाउने क्रममा नेपाली-नेपालीबीच टि भि च्यानलबारे झगडा हुँदा एकको मृत्यु भएको छ। चार जना साउदी अरबको जेलमा परेका छन् । विगत ५/ ६ महिनादेखि काम गर्दै आएका डिलबहादुर श्रेष्ठ तनहुँ, रामबहादुर तामाङ सिन्धुपालचोक, सन्तोषकुमार जमरकटेल बैरबन्द मोरङ खिपुरी, चित्रबहादुर चितवन छन्। ५ जना एकैसाथ काम गर्दै आएका थिए । तिहारको बेलुका भएको रात्रिभोजनमा टि.भि च्यानलबारे झगडा हुँदा ३४ वर्षीय सन्तोषकुमार जमरकट्टेललाई तनहुँका डिलबहादुर श्रेष्ठ र सिन्धुपाल्चोकका रामबहादुर तामाङले पहिला हातपात गरेपछि रिसको झोकमा सन्तोषकुमार जमरकट्टेलले कोठाबाट धारिलो छुरी ल्याई सिन्धुपाल्चोकका रामबहादुर तामाङलाई पहिलो प्रहार गर्दा देब्रे खुट्टामा लागेको थियो । दोस्रो प्रहार तनहुँका डिलबहादुर श्रेष्ठलाई पेटमा प्रहार गरी छुरी पेटबाट ननिकालिकन छुरी माथि उचालिदिएका थिए ।

राष्ट्रसङ्घीय मिसन (अनमिन) बन्दैछ माओवादीको मतियार, होसियार एमाले र कङ्रेसहरु

रक्षामन्त्रीले शान्ति स्थापनालाई साूच्चिकै तार्किक निष्कर्षमा पुर्याकउने हो भने तीन वर्षअघि भएको शान्तिसम्झौताको पुनरावलोकन गर्ने प्रस्ताव गर्नेबित्तिकै नेपालको शान्तिप्रक्रियामा सहजकर्ताको भूमिका निर्वाह गर्न (फेसिलिटेट गर्न) नेपाल भित्रिएको संयुक्त राष्ट्रसङ्घीय मिसन (अनमिन) सम्बद्ध व्यक्तिहरूमा छटपटी सुरु भएको छ। अनमिनप्रमुख क्यारिन ल्याङ्ग्रेनले प्रधानमन्त्रीसूग भेट गरी रक्षामन्त्रीको प्रस्तावविरुद्ध अभिव्यक्ति दिएकी छिन्। रक्षामन्त्री विद्या भण्डारीले भिन्न राजनीतिक परिस्थितिमा ६ महिनाका लागि गरिएको शान्तिसम्झौता तीन वर्ष पुरानो भइसकेकोले पुनरावलोकन आवश्यक रहेको बताउनुभएको थियो। काङ्ग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो पार्टीको रूपमा हुूदा गरिएको शान्ति–सम्झौता अहिले माओवादी पहिलो पार्टी भइसकेको अवस्थामा सान्दर्भिक नभएको उहाूको भनाइ थियो।

'ख्यालख्यालमै' सत्ता छोडेर बाहिरिएका माओवादी अध्यक्ष प्रचण्डका निम्ति पुनः सत्ताप्राप्ति फलामको च्युरा चपाउनुसरह

माओवादी दृष्टिमा 'कठपुतली' बनेको माधव नेपाल नेतृत्वको सरकार दिनप्रतिदिन बलियो हुँदै गएपछि अन्ततः न्वारानदेखिकै बल निकालेर भए पनि सरकार बदल्ने निष्कर्षमा माओवादी नेतृत्व पुगेको छ। 'ख्यालख्यालमै' सत्ता छोडेर बाहिरिएका माओवादी अध्यक्ष प्रचण्डका निम्ति पुनः सत्ताप्राप्ति फलामको च्युरा चपाउनुसरह हुन पुगेको छ। तर, जतिसुकै र जस्तासुकै कठिनाइहरूको सामना गर्नुपरे पनि माओवादीका निम्ति सत्ताको पुनर्प्राप्ति अनिवार्य आवश्यकता बनेको छ। त्यसैले अध्यक्ष प्रचण्डले एकातिर विगत ६ महिनादेखि संसद्को बैठक अवरुद्ध गरिरहनुभएको छ भने अर्कोतर्फ सडक–सङ्घर्षको तयारीमा पनि जुट्नुभएको छ। यसबाहेक सत्ता प्राप्तिका निम्ति कूटनीतिक तहमा पनि विभिन्न ढङ्गले पहल गरिएको देखिन्छ भने संसद्भित्र बहुमत  (३०१) प्राप्त गर्ने प्रयासलाई पनि माओवादीले भित्रभित्रै जारी  राखेको छ।

चीन ले खाली हात फर्काए पछी प्रचन्डको अमेरिका सँग हार गुहार, अमेरिकाले पत्याउला ?

एकीकृत माओवादीले अमेरिकासँग कूटनीतिक सम्बन्ध विस्तारको प्रस्ताव गरेको छ । यसका निम्ति उसले आफूलाई आंतककारी सूचीबाट हटाउन औपचारिक आग्रहसमेत गरेको छ । दुई साताअघि चीन भ्रमणका क्रममा त्यहाँको सरकार र चिनियाँ कम्युनिस्ट पार्टीसँग कूटनीतिक सम्बन्ध विस्तारसम्बन्धी औपचारिक छलफल गरी फर्केका माओवादी नेतृत्वले अमेरिकासँग पनि सम्बन्ध विस्तारका लागि हात बढाएको हो । बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास नयाँबजार पुगेका नेपालका लागि अमेरिकी राजदूत जेफ्रि मोनसँग माओवादीले यस्तो प्रस्ताव राखेको हो । भेटमा माओवादी अध्यक्ष प्रचण्ड, विदेश विभागप्रमुख कृष्णबहादुर महरा र राजदूत मोन मात्र थिए । दोस्रो चरणको आन्दोलन घोषणा गरेलगत्तै माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न राजदूत मोन प्रचण्डनिवास पुगेका हुन् ।

20091028

मुलुक डरलाग्दो भडखालोतिर धकेलिदै !


प्रमुख राजनीतिक दलका शर्ीष्ा नेताहरू राजनीतिक गतिरोध अन्त्य गर्ने गरी सहमतिको बिन्दु पहिल्याउन विफल भएका छन् । मुलुक फेरि भीषण आन्दोलनको दिशातिर उन्मुख हुनलागेको छ । नेताहरूमा दूरगामी सोचको प्रचूर अभाव रहेको र सहकार्यको संस्कार वरण गर्ने प्रवृत्ति शून्य प्रायः रहेकाले मुलुक अन्योल र अनिश्चितताका अनेक लहरहरूबाट गुज्रिँदै डरलाग्दो भडखालोतिर धकेलिदंै गएको छ । संसद्बाट बजेट पारित नहुने निश्चित भएको छ । माओवादी जनयुद्धलाई विश्रान्तिमा पुर्‍याउने आधार बनेको शान्ति सम्झौता अहिले भङ्ग प्रायःको नियति भोगिरहेको छ । नेपालको शान्ति प्रक्रियालाई सघाउन खटिएको राष्ट्रसंघीय मिसन -अनमिन)को भूमिका पनि शान्ति स्थापनाका लागि परिणामदायी बन्न नसकेको उदाङ्ग भएको छ । शान्ति प्रक्रिया अवरुद्ध छ, नागरिक सुरक्षाको कुनै प्रत्याभूति छैन । राज्यको उपस्थिति नागरिक समुदायले अनुभूत नै गर्न छोडिसकेको छ ।

माओवादीको नागरिक सर्वोच्चताको नारा सत्ताका लागि बार्गेनिङ, "नागरिक सर्वोच्चताको शत्रु प्रचण्ड" : मातृका यादव


"माओवादीको वितण्डाको अगाडि हात बाँधेर चूप लागेर बस्न सक्दैनौ" : ओली
"माओवादीको ज्यादतीविरुद्ध आफ्नो पार्टी पनि प्रतिकारमा उत्रने" : देउवा
"नेपाली कांग्रेस र नेकपा एमाले जिम्मेवार नबन्दा आन्दोलन" : माओवादी
"माओवादी आन्दोलनको उद्देश्य जनतालाई दुःख दिनु मात्रै" : मन्त्री महत

नेकपा माओवादीका संयोजक मातृका यादवले एकीकृत माओवादीको नागरिक सर्वोच्चताको नारा सत्ताका लागि बार्गेनिङ भएको बताएका छन्। आफ्नो पार्टीलाई मजबुत बनाउन तराई र पहाडमा रहेका भूमिगत संगठनसँग सहकार्य गरिने जानकारी उनले दिए।

20091027

१५ गते देखि गाउँदेखि सहर केन्द्रीत धर्ना, घेराउ, नाकाबन्दी, जुलुस र चक्काजाम, २३ गते स्वायत्त गणराज्य माओवादी आफैले घोषणा गर्ने रे !

'प्रचण्ड' को शान्ति प्रकृया भाड्ने  योजना भएको आरोप
अवरुद्ध हुदै आएको ब्यवस्थापिका संसदको बैठक मंगलवार  पनि  अवरुद्ध
रक्षामन्त्रीले दिएको अभिब्यक्ति सरकारको  आधिकारीक नभएको प्रस्ट
शेरबहादुर देउवालाई कालो झण्डा देखाई गाडीमा ढुङ्गा मुढा


आफ्ना माग पुरा गर्न कात्तिक १५ गतेको अल्टीमेटम दिएको एकीकृत नेकपा माओवादीले आन्दोलनका कार्यक्रम तय गरेको छ । राजधानीमा बसेको माओवादीको राष्ट्रिय जनआन्दोलन समितिको सचिवालय वैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो । मंगलबार बिहान बसेको पदाधिकारीहरूको बैठकले आन्दोलनका कार्यक्रमहरू तय गरेको र राष्ट्रिय जनआन्दोलन समितिको बैठकले यसलाइ अन्तिम रूप दिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । कांग्रेस र एमालेले माओवादी मागका विषयमा सहमति नजनाउने निणर्य गरेपछि माओवादीले आन्दोलन गर्ने निस्कर्ष निकालेको हो ।

20091026

खकुरी हानाहान हुँदा सात युवती सहति १४ घाइते, गाईघाट बजार तनावग्रस्त

त्रियुगा नगरपालिका-२ को शिवालय मन्दिर परिसर ढिम्कीमा सोमबार दिउँसो पिकनिक खाने समूहबीच खकुरी हानाहान हुँदा सात युवती सहति १४ घाइते भएका छन्।घाइतेमध्ये २२ वर्षीय पुष्प अधिकारी र १७ वर्षीया उषा अधिकारीको स्थिति गम्भीर छ। उनीहरु दाजुबहिनी हुन्। बेहोस अवस्थामा उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। ढिम्कीमा छुट्टाछुट्टै तीन समूह पिकनिकमा नाचगान गर्दै रमाइलो गरिरहेका बेला एक्कासि अर्को समूहले खुकुरी, रड र ढुङ्गाले प्रहार गरेको पीडितले आरोप लगाएका छन्। उनीहरुबीचमै झगडा परेपछि आफूहरुलाई आक्रमण गरेको लालपत्ताका सन्तोष कार्कीले बताए।

माओवादीले फेरी अर्को कुटिल पासा फ्याँक्यो, माधव नेपाल लाई हटाएपछि मात्र कुरा गर्ने रे !


राष्ट्रपति डा. रामवरण यादवले गत वैशाखमा प्रधानसेनापति प्रकरणमा चालेको कदमलाई घुमाउरो ढंगले नाम उल्लेख नगरी त्रुटिपूर्ण थियो भन्ने आशयसहितको शब्द साझा संकल्पप्रस्तावमा राख्न नेपाली कांग्रेस र नेकपा (एमाले) सहमत भए पनि आइतबार एक्कासि प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) ले सरकार परिवर्तनको अर्को नयाँ प्रस्ताव राखेपछि दलहरूबीच हुने भनिएको सहमति थप जटिल मोडमा पुगेको छ।
कात्तिक ८ गते आइतबारसम्म राजनीतिक सहमति हुने र १० गतेबाट संसद् चल्ने घोषणा चार दिनअघि सिंहदरबारमा भएको बैठकपछि एमाले, कांग्रेस र माओवादीका नेताले गरेका थिए। तर आइतबार बिहान एमाले र माओवादी, दिउँसो एमाले र कांग्रेस र साँझ कांग्रेस र माओवादीबीच भएका वार्ता निष्कर्षवहीन बने। यद्यपि शीर्ष नेतृत्वबीच वार्ता गरी अन्तिम प्रयत्न गर्ने नेताहरूले बताएका छन्।

अन्तराष्ट्रिय नेपाली साहित्य समाजद्वारा अमेरिकामा महाकबी देवकोटाको सतबार्सिकी यसरी मनाइयो


Video by Mr. Tilak Kharel
कार्यक्रमका सबै भिडियो र फोटोहरु एबम समाचारका लागि यसको ठीक तल Read more » मा क्लिक गर्नुहोस् 

20091025

कांग्रेस र एमालेले नै आफूलाई दोषी देखाउने कोसीस गरेर धोका दिएको राष्ट्रपति डा रामवरण यादवको गुनासो


राष्ट्रपति डा रामवरण यादवले आफ्नै नेतृत्वमा १८ दलको सहमति लिएर सेनापतिको बारेमा प्रधानमन्त्रीको गलत कदम सच्याउन सुझाव दिने दलहरु कांग्रेस र एमालेले नै आफूलाई दोषी देखाउने कोसीस गरेर धोका दिएको गुनासो गरेका छन्।
सेनापति प्रकरणका बारेमा माओवादीले जारी राखेको संसदको अवरोध हटाउन सहमति गर्ने क्रममा कांग्रेस र एमालेले राष्ट्रपतिको कदम गलत थियो भनेर कुनै न कुनै रुपमा सम्बोधन गर्न लागेको भन्ने विषयमा राष्ट्रपतिले असन्तुष्टि पोखेका हुन्।

20091024

प्रचन्ड को चेतावनी, माधव नेपाल को पनि चेतावनी, सबैले सबै लाई दिदैछन चेतावनी तर केपी ओली को घर मा चल्दैछ भोज !
"तलब खान नपाएर भोली प्रहरी, सेनाले विद्रोह गरे भने के हुन्छ?"

सामान्य प्रशासन मन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रभाकर प्रधानांगले अहिलेकै अडान कायम राखे माओवादीसँग सहमती हुन नसक्ने भएकाले सरकारले विकल्प सोचिरहेको बताएका छन्। "तलब खान नपाएर भोली प्रहरी, सेनाले विद्रोह गरे भने के हुन्छ?", समयमै बजेट पास नहुँदा अप्ठयारो स्थिति आउन सक्ने संकेत गर्दै मन्त्री प्रधानांगले भने, "कात्तिकभित्र सहमती नभए अन्य विकल्पमा जाने तयारी भइरहेको छ।" राजनीतिक सहमती नभएमा संसद सुचारु गरी बजेट परित गर्न तीनवटा विकल्पको बारेमा छलफल भइरहेको बताउँदै प्रधानांगले भने, "माओवादी सभासदमाथि मार्शल लगाउने, हल्ला गर्दागर्दै बहुमतले पारित गर्ने वा माओवादीले बहिस्कार गरेपछि अरु बसेर पारित गर्ने।"


दक्षिण कोरियाको राजधानी सोलमा सार्वजनिक प्रशासन सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (यूरोपा)को सम्मेलनमा सहभागी भएर नेपाल फर्कने क्रममा शनिबार हङकङ आइपुगेका मन्त्री प्रधानांगले नागरिकसँग कुराकानी गर्दै माओवादी झन् कडा हुँदै आएकाले सहमती हुन नसक्ने दावी गरे। प्रमुख दलहरूबीच राष्ट्रपतिको कदम गलत, अलिअलि गलत र ठिक भन्ने तीन वटा धारणा रहेको बताउँदै उनले सबैले संसदमा आफ्ना भनाई राख्न पाउनु पर्ने तर्क गरे।

20091023

माओवादी आन्दोलनलाई कसैले रोक्न नसक्ने दाबी , 'विदेशी प्रभु'लाई विगतजस्तो नठान्नसमेत चुनौती


एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले थाल्ने आन्दोलनलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन्। यसअघि नेपालमा सत्तामा कसलाई ल्याउने विषयमा बाह्य हस्तक्षेप हुने भए पनि अब माओवादीलाई सरकारमा आउन कसैले रोक्न नसक्ने उनले ठोकुवा गरे। उनले पटकपटक भन्दैआएको 'विदेशी प्रभु'लाई विगतजस्तो नठान्नसमेत चुनौती दिए। 'विदेशी प्रभुहरू नेपालमा कसको सरकार बनाउने कसलाई प्रधानमन्त्री, मन्त्री बनाउने भन्ने साँचो आफ्नो हातमा भएको ठानेका होलान्। तर त्यो अब सम्भव छैन,' नेपाल संवत् ११३० को अवसरमा नेवाः राष्ट्रिय मुक्तिमोर्चाले शुक्रबार राजधानीमा आयोजना गरेको चियापानमा उनले भने, 'कसलाई सरकारको नेतृत्व दिने भन्ने नेपाली जनताको आन्दोलनले नै छिनोफानो गर्छ।' स्थायी समितिको बैठकले आफ्ना माग पूरा गर्न कात्तिक १५ सम्मको म्याद दिने निर्णय गरेको थियो। आन्दोलन राष्ट्रिय सहमतिको सरकार बनाउनसमेत केन्द्रित हुनेछ।

एकीकृत नेकपा (माओवादी)को स्थायी समितिको बैठकले सशक्त आन्दोलन गर्ने सहमति !

एकीकृत नेकपा (माओवादी)को बिहीबार बसेको स्थायी समितिको बैठकले राजनीतिक दलहरूसँग जारी सहमतिको प्रयासलाई सार्थक बनाउने विषयमा पहल गरेर पनि सहमति हुन नसके आजै आन्दोलन घोषणा गर्ने निर्णय गरेको छ। बैठकमा राजनीतिक सहमतिका लागि पार्टीले अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल भएको जानकारी पार्टीका प्रवक्ता दिनानाथ शर्माले दिनुभयो। बैठकमा राजनीतिक सहमतिका लागि पार्टीले हदैसम्मको लचकता अपनाउने र यदि त्यसो गर्दापनि सहमतिको बाटो निस्किन सकेन भने सशक्त आन्दोलन गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो। म्ााओवादीसहित तीन प्रमुख राजनैतिक दलका बीचमा आज हुन लागेको संयुक्त बैठकमा राजनैतिक सहमति कायम हुन नसके स्थायी समितिको आज बस्ने बैठकले आन्दोलनको कार्यक्रम तय गर्ने निर्णय भएको छ। सो बैठकमा वर्तमान समसामयिक राजनीति, सो पार्टीले अघि सारेको नागरिक सर्वाेच्चताको नारा एवम् पार्टीको आगामी महाधिवेशनका विषयमा छलफल भएको उहाँले बताउनुभयो।

नयां नेपाल र हाम्रा नेता हरुको असली रुप तितो सत्यमा ब्यँग गरिए भन्दा बढी नै होला हगी ! 






आशफोर्डमा "अन्तराष्ट्रीयमण्चको खुल्ला दिवश"

२२ ओक्टोबर २००९ सगरमाथा गोरखा/नेपाली कम्युनिटी आशफोर्ड, केन्ट SGCAK ले स्थानिय आशफोर्ड बरो काउन्सिल को मातहातमा अन्तराष्ट्रीयमण्चको खुल्ला दिवशमा सदा झैं भाग लिई आफ्नो कम्युनिटीको भव्य रुपमा सहभागिता जनाएको थियो। उक्त दिवशको लागी स्थानिय बरो काउन्सिलका सम्पुर्न कम्युनिटीका समुदएहरुको सहभागी जनाउदै आ-आफ्नै शंस्कृत अनि परमपरा अनुसारको भेषभुशा साथै आफ्नै किसिम्को खानपिन अनि आफ्नै चलनचल्ती अनुसारको सरसमान हरुले सजिसजावट यो दिवश ज्यादै चाख लाग्दो र मनोरन्जानात्मक भयको थियो।
आशफोर्ड अन्तराष्ट्रीय मण्चकि अधक्ष श्रीमती जेनिफर ले कार्यक्रम दिंउसोको ४ बजेतिर सम्पुर्न कम्युनिटीका सह्भागि समुदायका माहानुभावहरुमा स्वागत गरी मेयर श्री जोन होलाण्डजिउ लाई सो कार्यक्रम अघी बडाउन को लागी सम्बोधन आग्रह गर्नु भयको थियो। मेयर श्री जोन होलाण्ड को सम्बोधनमा वाहांले यस अन्तराष्ट्रीयमण्च खुल्ला दिवशको मह्त्वोकांक्षी बुंदाहरु लाई प्रष्ट्याउदै यस्को मह्त्वो बारे प्रसंशा अनि अति खांचोको परिणाम हरु भन्नुभएको थियो। श्री मेयर जिउले उक्त दिवशको सम्बोधन मा "यदी आज संशार भरिनै यसरि हामी आशफोर्ड् बासी झैं एकर्कामा परसपर आदर, हातेमालो र सहयोगी भावाना बांड्दै लानेहो भन्देखी यो दुनिया आज जो छ त्यो भन्दा धेरै सान्ती र शुरक्षाको आभाष हुन्थ्यो " भन्नुभयो। वांहाले यो हाम्रो ठांउमा यसरिनै आंउदादिन हरुमा पनि एकर्कामा आंत्मासाथ गरी भेद्बभाव लाई होईन आदर र सहयोग लाई अगाडी सारी सान्तिशुरक्षा कायम भई रहोस भनेर कामना गर्नु भयो।

हुनपनी यो हाम्रो आशफोर्ड्, देशको पुर्बी सिमानामा पर्ने भएर होला यांहा हामी थुप्रै किसिम्का जातजातिहरु छौं जस्मा पुर्बीएसिया देखी लियर मध्यपुर्बी देशहरुबाट अनि साउथअमेरिका देखीलिएर प्रायजसो सबै युरोपियनहरु यांहा मिलेर बसेका छौं।

कम्युनिटीका अधक्ष श्री गोम्बा शेर्पा जिउको स्वागत्-धन्यबाद सबै उपस्थित माहानुभाव हरुसँग साटासाट भएपछाडी २००९ अन्तराष्ट्रीयमण्चको खुल्ला दिवश कार्यक्रम शुरु भएर सांझ ७ बजे तिर यस बर्षको उक्त कार्यक्रम लाई बिदाई गरिएको थियो।

पोपीराज राई,


SGCAK

20091022

वाग्मती नदीलाई तीन महिनाभित्र सफा र स्वच्छ बनाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दियो

 पवित्र मानिएको वाग्मती नदीलाई तीन महिनाभित्र सफा र स्वच्छ बनाउन बुधबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। प्रधान न्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश कल्याण श्रेष्ठको संयुक्त इजलासले तीन महिनाभित्र सफा भएको देखिने गरी वाग्मती नदीलाई स्वच्छ बनाउन आदेश दिएको हो। यसअघि वाग्मती नदी सफा गर्न न्यायालयले पटक-पटक आदेश दिएको भए पनि सरकारले त्यसप्रति वास्ता गरिरहेको थिएन। यस पटक भने तीन महिनाको अवधि तोकी ‘सफा भएको देखिने गरी’ भन्ने वाक्यांशसमेत प्रयोग गरी अदालतले सरकारलाई आदेश दिएको छ। ....बाँकी समाचार हेर्न तलको  Read More मा क्लिक गर्नुस्  

तपाईं वा तपाईंको कोही मान्छे लाई पनि २०१० को डिभी पर्‍यो कि हेर्नुस् !

 हरेक बर्ष डिभी परेर अमेरिका आउने नेपालीको संख्या बढ्दो छ। यसै क्रममा सन २०१० का लागि डिभी भरेकाहरु मध्ये निम्न नेपालीहरुलाई डिभी परेकोछ । हेर्नुस् तपाईं को पनि कोही पर्‍यो कि !  

Lot 1
S. No. Name Address
1 Ananda Bidari Nawalpur-11, Makwanpur
2 Anil Awale 3204
3 Anil Lama 3204
4 Anil Thapa 3204
5 Anima Shakya Anamangar-32, Kathmandu
6 Anita K.C. 3204
7 Anita Mainaly Gpo-1, Thimi-16, Lokanthali, Bhaktapur
8 Anup Bikram Shah Butwal-6, Rupandehi
9 Arjun Kumar Katuwal Gpo-1, Hardiya-1, Saptari
10 Arun Kumar Shah Gpo-1, Janakpur-15, Janakpur
11 Ashish Man Buddhacharya 3204 ....बाँकी समाचार हेर्न तलको  Read More मा क्लिक गर्नुस्  

20091021

काङ्ग्रेसका कञ्चनपुर क्षेत्र नं.४ का उपसभापतिको रहस्यमय हत्या

कञ्चनपुर क्षेत्र नं.४ नेपाली काङ्ग्रेसका उपसभापति विष्णुप्रसाद मिश्रको रहस्यमय ढङ्गले हत्या गरिएको छ। मिश्रलाई गतरात अज्ञात व्यक्तिहरूले कुटपिट गरी बेहोस् बनाई घर नजिकैको खेतमा फालेको थियो। परिवारजनले उनलाई खेतमा लडिरहेको देखेपछी उपचारार्थ अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्युभएको हो। मृतकको शरीरका विभिन्न ठाउँहरुमा निलडाम रहेको प्रहरीले जनाएको छ। मृतकको महाकाली अञ्चल अस्पताल, महेन्द्रनगरमा पोस्टमार्टम गरिएको छ । प्रहरीले अपराधीको तदारुकताकासाथ खोज गर्न प्र.ना.निरीक्षकको नेतृत्वमा टोली गठन गरीएको छ।



"Be the right example before expecting to see changes in others"
-Prem Guragain, Anaheim, California


I would like to start with the following quote by Confucius, a Chinese philosopher :“To put the world right in order, we must first put the nation in order; to put the nation in order, we must first put the family in order; to put the family in order, we must first cultivate our personal life; we must first set our hearts right.”

We hear many talks, watch shows, read in newspapers, watch on TV and read articles on the internet about changing this and changing that. When we sit down and think, it is very obvious that we should start with us before doing anything for others. As we see in the history books, we find that those great leaders in any field had worked hard to change their daily routines, worked hard to change their own habits, behaviors and finally, were able to influence others.

20091020

जिरे खुर्सानी हेरेर एकैछिन मनोरन्जन लिउँ





we were able to raise around twenty thousand dollars  for late Mr. Rabindra Sharma : ANA



Dear All,


After the consultation of the family, we are going to discontinue the donation campaign for late Mr. Rabindra Sharma effective 20th Oct, 2009.  With your overwhelming support, we were able to raise around $20.000.00 (twenty thousand dollars) in this critical time.  His wife, brother and daughter are staying at their relative’s house in CA for the time being.
Our kudos goes to all of those who made the contribution.  We would like to thank Mr. Ganesh Basnet and SCAN team, Mr. Tek Thapa and NASeA team, Bishnu Thapa and ANS team as well as CK Parajuli and NAG team.  Our appreciation also goes to Sunita Siwakoti, laxmi Goudel, Kiram Sharma, Saswot Parajuli, Ram Basyal, Keshav Sharma, Bishnu Budathoki, Sudip  Tiwari, Rup Karki, Surya Poudel, Pradip Timilsina, Laxman Sedai and Bijaya Acharya for taking ownership of the crisis and travelling all the way to SC from DC Area to attend the last rites.
Finally, we would also like to appeal once again to donate for late Mr. Balaram Aryal’s case by clicking here.  ANA is also dealing this crisis simultaneously.
With full appreciation as usual,

ANA Family

20091019

अमेरिका मनाससबाट नेपालीहरुले तिहारलाई यसरी बिदाइ गरियो.......


tihar ko deusi bhailo in america by www.nepalmother.com from Ram Prasad Khanal on Vimeo.

Video By Tilak Kharel/Gyanan Khanal

Deausi Bhailo by Namita Sharma: video by by www.nepalmother.com from Ram Prasad Khanal on Vimeo.
कार्यक्रमका सबै भिडियो र फोटोहरु एबम समाचारका लागि यसको ठीक तल Read more मा क्लिक गर्नुहोस् 

20091017

तिहारको अन्तिम दिन भाइटीका मनाइँदै









काठमाडौँ। हिन्दुको महान् चाड तिहारको अन्तिम दिन सोमबार  देशभरि परम्पराअनुसार दिदीबहिनीबाट आफ्ना दाजुभाइको सुख, समृद्धि तथा दीर्घायुको कामनाका साथ टीका लगाई भाइटीका मनाइँदैछ। भाइटीकाका लागि  सोमबार बिहान ११.५३ बजेसम्मको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले  जनाएको छ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिँदा धार्मिक विधिअनुसार मण्डप  बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला लगाइदिएर चिरायुको कामना गर्छन्।   सत्ययुगमा बहिनी यमुनाले दाजु यमराजलाई निम्ता गरी पूजाआजाका साथ विभिन्न प्रकारका खानेकुरा खुवाएकाले खुसी भई बहिनीको इच्छानुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाइले परस्परमा पूजाआजा गरी इच्छासिद्धि गर्न पाऊन् भनी यमराजले वरदान दिएकाले त्यसैबेलादेखि कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका गर्ने परम्परा बसेको धार्मिक विश्वास छ।

एकपटक भाइटीकाकै दिन आयु समाप्त भइसकेको आफ्नो भाइलाई यमराजसहित उनका दूतले लिन आउँदा दिदीले भाइपूजा गरी तेल नसुकुन्जेल र मखमलीको माला नओइलाउन्जेल नलैजान यमराजलाई वाचा गराएअनुरूप भाइले दीर्घजीवन पाएको पौराणिक किंवदन्तीअनुसार पनि दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले भाइटीका लगाउने परम्परा चल्दै आएको बताइन्छ।   दिदीबहिनीले आफ्ना दाजुभाइलाई सात रङका टीका लगाई सगुन, मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने चलन छ।  दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गर्छन्।   दिदीबहिनी नभएका दाजुभाइले टीकाका दिन निधार खाली नराख्न तुलसीको डाँठले आफैँ टीका लगाउने पनि चलन छ भने कसैकसैले धर्म दिदीबहिनी बनाई तिनीहरूबाट टीका लगाउने पनि गर्दछन्।   दाजुभाइ नहुने दिदीबहिनी तथा अरूले काठमाडौँस्थित रानीपोखरीको बीचमा अवस्थित मन्दिर गई दर्शन गर्छन्।


दीपावली (तिहार) २०६६  को  हार्दिक मंगलमय शुभकामना

दीपावली (तिहार) २०६६ को पावन अबसरमा तपाईं र तपाईंको परिवारलाई सुख शान्ति एबम उत्तरोत्तर् प्रगतीका लागि हार्दिक मंगलमय शुभकामना


  * रामप्रसाद खनाल - अध्यक्ष्य
           अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका
              प्रधान सम्पादक - नेपाल मदर डट कम 
       www.nepalmother.com
   एबम समस्त परिवार जन

Address: 9726 Loudoun Ave Manassas Virginia USA
Email: rampdkhanal@gmail.com
Websites: www.nepalmother.com
www.ramprasadkhanal.blogspot.com
www.youtube.com/rampdkhanal
www.iafusa.blogspot.com


आहै भनभन भाईहो - देउसी रे ! आहा भन भन बहिनी हो - देउसी रे ! आहै राम्ररी भन - देउसी रे !










हे भगवान तिहार को मुखमा यो के सुन्नु परेको ? पुजारीको हत्या, ५० घाइते, लाखौँ लुटियो !!!

रुकुम र बागलुङ जिल्लाको सिमाना पर्ने ढोरपाटन वन्यजन्तु आरक्षण केन्द्रभित्र रहेको गुम्बामा सशस्त्र समूहले आक्रमण गरी पुजारीको हत्या गरेको छ। उनीहरुले गुम्बाभित्र रहेको लाखौँ रुपैयाँ मूल्यबराबरको चल तथ अचल सम्पत्ति लुटेर लगेको प्रहरीले बताएको छ। हत्या भएका पुजारीको सनाखत हुन सकेको छैन। घटनामा गुम्बामा रहेका ५० जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय, रुकुमका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर धानुकले जानकारी दिए। हत्यामा संलग्न समूहको खोजीका लागि इलाका प्रहरी कार्यालय, टक्सेराबाट प्रहरीको ठूलो समूह खटाइएको उपरीक्षक धानुकले बताए। आक्रमणमा संलग्न समूहको अहिलेसम्म पहिचान हुन सकेको छैन। - रासस

अन्तराष्ट्रिय कलाकार मंच पोल्याण्ड शाखा गठन


अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाको मातहतमा रहने गरी मन्चको बिधान अनुसार पोल्यान्डमा नेपाली कला, साहित्य, गीत संगीत एब कल्चरका बिभिन्न बिधामा कार्यरत कलाकारहरुको एक भेलाले अन्तराष्ट्रिय कलाकार मन्च पोल्यान्ड शाखा गठन गरिएको छ। जस मा अध्यक्ष मित्र लाल पार्दे, उपाध्यक्ष श्री टोप बहादुर गैरे क्षेत्री, श्रीमती किर्ती पोख्रेल्, महासचिब्
श्री इन्द्र कुमार हिराचन, सचिब् श्री सुभाश घिसिङ्, कोषाध्यक्ष श्री अजय लामा, सदस्य श्री श्रीधर कार्की रहनु भएको कुरा अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाले जनाएको छ ।
यसै बिच अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाका अध्यक्ष्य रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै मन्चको पोल्यान्ड शाखा लाई हार्दिक बधाई र संलग्न सबैलाई नेपाली कला, गीत संगीत, संस्क्रिती, साहित्यलाई अन्तरराष्ट्रियकरण गर्ने मन्च को महान पवित्र उद्देस्य परिपुर्तीका लागि काम गर्न शुभकामना दिनुभएको छ।

अध्यक्ष्य खनाल ले प्रेस रिलिजमा अगाडि भन्नु भएको छ "हामी छिट्टै अब संसारका बिभिन्न देस हरुमा पनि मन्चका शाखा बिस्तार गर्दै छौं त्यसैले इच्छुक सबै कलाकार साहित्यकार गीत संगीत का क्षेत्र मा काम गर्न चाहने सबैलाई हाम्रो ईमेल internationalartistsforum@gmail.com मा अथवा www.iafusa.blogspot.com मा संपर्क गर्न अनुरोध गर्दछौं"

यी बुढा त लास्टै हरामी नै रहेछन हो , ३३ पटक सम्म बिहे गरे रे, आफै के भन्छन यी हिरो का बाउ हेर्नुस् !!!


काठमाडौं / एउटा नेपाली पुरुषले बढीमा कति पटकसम्म बिहे गर्न सक्छ ? दुईपटक, चारपटक वा पाँचपटक ? या दर्जनपटकसम्म ! तपाईं यस्तै सोच्दै हुनुहुन्छ भने अनुमान निकै कम छ । धादिङ, निगालेका कर्णमानसिंह बस्नेतले आफ्नो जिन्दगीमा ३३ पटकसम्म बिहे गरे । सुन्दा अपत्यारिलो लागे पनि वास्तविकता भने यही हो । 'जवानीमा ३३ वटी बिहे गरेँ । अहिलेकी चम्पालाई ल्याएपछि पनि अरू एउटी ल्याएँ । पछि धपाइदिएँ,' अहिले काठमाडौं, थानकोटमा स्थायी बसोवास गर्दै आइरहेका ८७ वर्षीय वृद्ध कर्णमानसिंहले गर्विलो शैलीमा भने, 'चम्पालाई बिहे गरेपछि उनको शीलस्वभाव, माया तथा घरपरिवारप्रतिको जिम्मेवारी बहन गर्नुपर्दा त्यति अन्त मन डुलाउन मन लागेन ।'
उनकी हालकी श्रीमती चम्पा कर्णमानको जीवनमा ३२औँ श्रीमतीका रूपमा आएकी हुन् । चम्पाले भने आफूलाई बिहे गरेपछि पनि श्रीमान्ले अन्य चारजना ल्याएको बताइन् । 'काजीसँग बिहे गरेपछि मासुभात खान पाइन्छ भनेर आउँथे । मैले कुटेर धपाइदिएँ । म आएपछि एउटी विधवालाई बिहे गरेर ल्याएका थिए, पछि भगाइयो उनलाई पनि,' उनले भनिन्, 'बिहे हँुदा म तेह्र वर्षकी थिएँ । उहाँ ४३ वर्षको । बढो मुस्किलले घर धानेँ ।'  थप् समाचारका लागि तल Read More मा क्लिक गर्नुस्  ......

20091016

बाराक ओबामा लाई दीपावली लागेपछी ...


यो कठपुतली सरकार छिट्टै ढल्छ : बाबुराम भट्टराई

ढल्ने आस माओवादीको दिवा सपना : प्रधानमन्त्री


प्रधानमन्त्री माधवकुमार नेपालले सरकार ढल्छ भन्नु दिवा सपना मात्र भएको टिप्पणी गरेका छन्। २२ दलको समर्थनमा बनेको सरकार ढल्ने आशमा नबस्न प्रधानमन्त्रीले माओवादीलाई आग्रह गरेका छन्। 'वर्तमान सरकार २२ दलको समर्थनले बनेका हुँदा यो ढल्ने आसमा बस्नु माओवादीको दिवा स्वप्न हो'- प्रधानमन्त्रीले भने, 'वर्तमान सरकार मजबुद छ।' सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाएपछि नेपाली कांग्रेसमा देखिएको विवाद छिट्टै समाधान हुने विश्वास उनको थियो। प्रधानमन्त्रीले वर्तमान सरकार अब झन बलिय बनेको दावी गरे। 'यो सरकारले ७ महिनापछि संविधान बनाएर दिनेछ', उनले भने-'यसमा कसैले शंका नगरे हुन्छ।'संसदलाई बन्धक बनाएर, सडक अवरोध गरेर राष्ट्रलाई फाइदा हुँदैन' माओवादीतर्फ लक्षित गर्दै उनले भने- 'यस्तै हिसाबले अघि बढे सबै दोषको जिम्मेवारी माओवादीले लिनुपर्छ।'रौतहट सदरमुकाम गौरमा शुक्रबार आयोजित तिहार तथा छठपर्वको शुभकामना आदान-प्रदान कार्यक्रममा प्रधानमन्त्रीले सुन्दर भविष्यको कल्पनालेमात्र मुलुकले समृद्ध गर्ने बताए।


एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउँदैमा वर्तमान सरकार ढल्नबाट जोगिन नसक्ने बताएका छन्। सर्लाहीको हरिवनमा आयोजित आमसभालाई सम्वोधन गर्न जाने क्रममा शुक्रबार बिहान सिमरा आइपुगेका उनले नागरिक सर्वोच्चताको स्थापनासँगै नयाँ सरकार गठन हुने बताए। 'सरकार जोगाउन विभिन्न कसरत हुन थालेको छ ', उनले भने -' तर वर्तमान सरकार कुनै पनि बेला ढल्छ। ' वर्तमान सरकारको आधार मजवुत नभएकाले यसको औचित्य नरहेको उनको कथन थियो। ' यो कठपुतली सरकार हो ', उनले भने -' काठको खुट्टाले चलेको यो सरकार जसलाई जुन मन्त्री बनाएपनि छिट्टै ढल्छ।'


"सुरूमा प्रचण्ड हिरो थिए, अहिले जोकर भइसकेका छन्, जनादेशको सबैभन्दा ठूलो उपहास प्रचण्डले नै गरेका हुन्" : मातृका यादव

बाबुराम भट्टराई र हिसिला यमीले सबैभन्दा ठूलो भ्रष्टाचार गरेको आरोप


एकीकृत नेकपा माओवादीबाट विद्रोह गरी गएका मातृका यादवले माओवादीले क्रान्तिकारी बाटो छोडेर, झुटको साहरा लिएर आफूहरुलाई बदनाम गरेको बताएका छन्। उनले एकीकृत नेकपा माओवादीले गलत बाटो लिएको भन्दै अहिले माओवादीका नेताहरू एमाले कांग्रेसकै बाटोमा हिडेका आरोप लगाए। एमाओवादी पाल्पाबाट विद्रोह गरी माओवादीमा प्रवेश गरेका कार्यकर्ताहरूलाई समेट्न र प्रशिक्षण दिन आफू पाल्पा आएको उनले बताए। पाल्पाको दोभानमा आफ्ना कार्यकर्ताहरूलाई सम्बोधन गर्दै यादवले आफू पार्टी लाइन विपरित नगएको स्पष्ट पारे। उनले भने 'बरू एकीकृत माओवादी नै लाइन विपरीत गएको छ। ’ निर्वाचनमा हारेकाहरुको प्रसंग उठाउदै यादवले भने'जनादेशको सबैभन्दा ठूलो उपहास प्रचण्डले नै गरेका हुन्। ' उनले प्रचण्डप्रति लक्षित गर्दै भने– सुरूमा बालुवाटार छिर्दा प्रचण्ड हिरो थिए, अहिले जोकर भइसकेका छन्।’ माओवादीमा बिद्रोह गरी आफ्नो पार्टीमा प्रवेश गरेकाहरूलाई लक्षित गर्दै उनले भने–साथीहरू आर्थिक हिनामिना या क्रान्ति बाहेक कुनै उद्देश्य लिएर आउनुभएको छ भने तपाई गलत ठाउँमा आउनु भएको छ ,बदमासी गर्ने भए पुरानै एकीकृत माओवादीमा फर्किए हुन्छ यहाँ बसेर बदमासी गर्न पाइदैन।’ यादवले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा बाबुराम भट्टराई र हिसिला यमीले सबैभन्दा ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका छन्।
मोहन वैद्यलाई आफूले आदर्श नेता मान्ने गरेको तर वैद्य पनि पद र सुख सुविधामा सती गएकाले अब आदर्श नेता नरहेको यादवको भनाइ थियो।
जनताको क्रान्ति पूरा नभएको भन्दै आफ्नो पार्टीले क्रान्ति अघि बढाएको दाबी गरेका छन्। उनले अहिल्यै आफूहरुले दुई चार प्रहरी चौकी ध्वस्त पार्न सक्ने दाबी पनि गरे। माओवादी जनयुद्ध सुरु हुँदाको अवस्थामा अहिले आफूहरु रहेको र भीषण क्रान्तिको तयारी भैरहेको यादवले दाबी गरे। उनले आफूहरु लड्न सक्नेगरी तयार भैसकेको भन्दै चाहेमा दुई चार प्रहरी चौकी अहिल्यै ध्वस्त पार्ने चेतावनी दिए। तर आफूहरु भूमिगत हुने र सशस्त्र संघर्ष गर्ने पक्षमा नरहेको पनि उनले बताए।भोलानाथ बश्याल सचिव रहेको १३ सदस्यीय जिल्ला कमिटी पाल्पाको गठन गरिएको उक्त कार्यकर्ता प्रशिक्षण तथा पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। पाल्पाबाट केही दिन पहिले एकीकृत माओवादीमा बिद्रोह गरी २१ जिल्ला स्तरीय नेताहरु मातृकाको पार्टीमा प्रवेश गरेका थिए।- यज्ञमूर्ति तिमिल्सिना

20091015

दिक्दार बनाउने समाचार मात्र कती पढ्ने ? आजलाई यो मिठो गीत बाट आनन्द लिने कि !




Donation appeal for Balram Gautam, Nepali student lost during a tragic motor accident

Dear All,
As you already know a tender Nepali life was lost during a tragic motor accident on 10/03/2009.  He was just 24.  Balram Gautam was on his way to join Dashain party in Alva, OK.  Suddenly, he lost control of his vehicle and met fatal accident.  In similar error of destiny, Balram lost his elder brother nine months back in Nepal in a Bike accident.

Now his friends Kundan, Rumy, Sujeet, and Sontosh are working with us to raise funds to cover cost for his funeral & other expenses.   We would like to appeal to Nepali Diaspora to help this cause.  We are in urgent need of cash. Please click here to donate,
If you have any questions, please contact:
Kundan Rai @580-748-1302
Sujeet Shrestha @580-484-0030
Santosh Lamichhane @ 405-418-4422

Thanking all of you in advance,
Association of the Nepalese in the Americas (ANA)

20091014

"सुशिल कोइराला र रामचन्द्र पौडेल बेकारका नालायक मान्छे" : सुजाता कोइराला

उपप्रधानमन्त्री सुजाता कोइरालाले सुशिल कोइराला र रामचन्द्र पौडेललाई २० बर्षदेखि नेतृत्वमा रहेर पनि केहि गर्न नसकेका बेकारका मान्छे भन्दै आफूले अब अधिवेशनमा देखाई दिने चेतावनी दिएकी छिन्।
बुधबार पार्टी कार्यालय सानेमा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा यसअघि एक छिन पनि नबस्ने सुजाता पूरै समय बसेर हरेक केन्द्रीय सदस्यले बोल्न सुरु हुने वित्तिकै विचमा नै बोलेर हैरान परेकी थिइन।
बैठकमा रामचन्द्र पौडेललाई हात नै हाल्न तम्सिएकी कोइरालाले सुशिल कोइरालालाई समेत नालायकसमेत भन्न भ्याइन।  उता रामशरण महतले बोल्न सुरु गर्नासाथ विचमा महतको विरोध सुरु गरेपछि महतको हप्काईपछि केहिबेर चुप लागे पनि अन्य कसैलाई पूरा बोल्न नै दिइनन्।  तिमीहरुको हैसियत के हो भन्दै बोल्न सुरु गर्ने गरेकी कोइरालाले पौडेल, सुशिललगायतलाई उम्लोले देखाउँदै तिमीहरुलाई कावा सभापति, उपसभापति आदि सभापति जीले बनाउन हुने मलाई उपप्रधानमन्त्री बनाउन नहुने को हौ भन्दै पार्टी फुटाउन लाग्नेहरु भनेर आरोप लगाएकी थिइन।  पार्टीमा ग्रुपिजम बढाएर पार्टीलाई कमजोर बनाएको आरोप लगाउन थालेपछि पौडेलले तपाई आफूलाई के ठान्नु हुन्छ। तपाईको पार्टीमा हैसियत के हो थाहा छ भन्ने वित्तिकै सुजाता पौडेललाई हातपात गर्न नै तम्सिएकी थिइन।  बैठकमा पौडेल, सुशिलका अलवा प्रकाशमान सिंह, विमलेन्द्र निधी, नरहरि आचार्यलगायतले पार्टी सभापतिलाई बैठकमा नै बोलाएर स्पष्टिकरण लिनु पर्ने बताएका थिए। दुई दिनपछि नै बैठक बोलाएर यो विषय टुंग्याउने पौडेल र सुशिलको अडानलाई सुजाताले तिहारपछि मात्र बैठक राख्न धम्की दिएरपछि अनिश्चितकालका लागि बैठक टुंग्याइएको छ।



20091013

"माओवादीबाट माधवकुमार नेपालको विकल्पमा प्रधानमन्त्रीको प्रस्ताव आएको छ, जिम्मेवारी सुम्पे भाग्ने कुरा भएन" : झलनाथ खनाल

विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि एकीकृत नेकपा माओवादीले आफूलाई माधवकुमार नेपालको विकल्पमा प्रधानमन्त्रीको प्रस्ताव गरेको एमाले अध्यक्ष झलनाथ खनालले खुलासा गरेका छन्। उनले जिम्मेवारी आए सम्हाल्न पछि नहट्ने समेत बताए। एमाले म्याग्दीको सातौ जिल्ला अधिवेसनको उद्घाटन अघि मंगलबार बिहान बेनीमा आयोजित पत्रकार सम्मेलनमा उनल भने–“माओवादीबाट प्रधानमन्त्रीको प्रस्ताव धेरैपटक आएको छ, तर म पदको आकाँक्षी हैन। यदि परिस्थितिले जिम्मेवारी सुम्पे भाग्ने कुरा भएन।” उनले अहिलेको प्रमुख आवश्यता भनेको तीन ठूला दल एमाले, काँग्रेस र माओवादीबीच एकताको खाँचो रहेको औल्याए। “जनताले अहिलेको सरकारलाई संविधान बनाउने प्रमुख जिम्मेवारी दिएका छन्” उनले भने–तीन मेजर पार्टीबीच एकता नभए समयमा संविधान बन्नेमा शंका छ।” उनले २०६७ जेठ १४ गतेभित्र मुलुकमा नयाँ संविधान जारी नभए ठुलो दुर्घटना निम्तिने समेत चेतावनी दिए। माओवादी अबरुद्ध संसद खुलाएर संसदबाट बजेट पास हुन नदिए कार्तीकको पहिलो सातादेखि नै देश चल्न नसक्ने बताउँदै बजेट पास नगर्नुको विकल्प नभएको उनको जोड थियो।
सोमबारमात्रै उपप्रधानमन्त्रीमा बढुवा हुनुभएकी परराष्ट्रमन्त्री सुजाता कोइारालालाई आफ्नो समर्थन भएको कुरा घुमाउँरोमा पारामा उनले भने, “बल्ल दोस्रो उपप्रधानमन्त्री आउनुभएको छ, सफल कार्यकालको शुभकामना।”


गैरआवासीय नेपाली संघको चौथो विश्व सम्मेलन
"प्रजातन्त्रमा कसैलाई घोक्र्याउने अधिकार हुदैन" 

विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुको सञ्जाल गैरआवासीय नेपाली संघको चौथो विश्व सम्मेलन आजबाट राजधानीमा सुरु भएको छ। सम्मेलनको राजधानीस्थित सैनिक मुख्यालयको आर्मी अफिसर्स क्लवमा राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गरे । कार्यक्रममा पहिलो पटक राष्ट्रपति यावदले अहिलेसम्मको असन्तुष्टि एकै पटक व्यक्त गरे । लिखित वक्तव्यका बीचबीचमा उनले मौखिक अहिलेको राजनीतिक अन्योललाई हटाउनु पर्नेमा जोड दिए । सो अवसरमा राष्ट्रपति यावदले सबैलाई संविधानसभाबाटै सबै समस्याका हल खोज्न आग्रह गरे । "संविधानसभालाई मन्थन गरेर अमृत निकालौं हलाहल हैन"- राष्ट्रपति भने । उनले अहिलेको निषेधको राजनीतिप्रति तिक्कता व्यक्त गर्दै "प्रजातन्त्रमा कसैलाई घोक्र्याउने अधिकार हुदैन" भने । पहाड, तराई, हिमाल एक अर्कामा आत्मनिर्भर भएकाले देश संघीयतामा गइरहेका बेला वैज्ञानिक ढंगले राज्यको पुर्नसंरचना गर्नुपर्ने राष्ट्रपतिको भनाई थियो । उनले २१ औं शताब्दी सुहाउँदो र जनजभावना अनुसारको संविधान र शान्ति आवश्यक रहेकाले त्यसैअनुसारको संविधान समयमा बनाउन आग्रह गरे । राष्ट्रपति यादवले ६ दशकदेखि संस्थागत रुपमा लोकतन्त्रको लडाईं भइरहेको तथा लोकतान्त्रिक गणतन्त्र पाएको उल्लेख गर्दै यसका सबै मौलिकअधिकार स्वतन्त्र समानता सबै तत्वहरु लोकतन्त्रमा होउन भन्ने नेपालीको चाहाना रहेको बताए । राष्ट्रपति यादवले संसारलाई चकित गरेर परिवर्तन गर्न सकेपनि त्यसका देखिएका अप्ठ्यारालाई सहजरुपमा ब्यवस्थापन गर्न नसके अर्थ नहुने समेत स्पष्ट पारे । उनले आफू राष्ट्रिय एकताको पक्षमा रहेको उल्लेख गर्दै पहिला नेपाली त्यसपछिमात्र पहाडी मधेशी हिमाली भएको धारणा राखे । रा्ष्ट्रपतिले अन्य क्षेत्रमा लगानीसहित चुरे सृङ्खला बचाउने अभियानमा लगानी गर्न पनि आग्रह गरे ।
उद्घाटन कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सरकारले गैरआवासीय नेपालीहरुको हितसम्बर्धनका लागि सरकार प्रतिवद्ध रहेको बताइन ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतोले छ वर्षअघि सुरु गरिएको अभियान अहिले ५५ देशमा फैलिइसकेको उल्लेख गरे । उनले आफू जीवन रहिञ्जेलसम्म नेपालको हरियो पासपोर्ट नछाड्ने प्रतिवद्धता जनाए । तीन दिनसम्म चल्ने सो सम्मेलनमा उद्घाटनका अतिरिक्त विभिन्न १० वटा शत्रहरुमा बैदेशिक रोजगारी, आप्रवास, रेमिटेन्स, यसका चुनौति तथा असरहरु, आर्थिक कुटनीतिमा गैरआवासीय नेपालीहरुको योगदान, आगामी संविधान निर्माण तथा यसमा एनआरएनहरुको हक हित संरक्षण, नेपालमा लगानी तथा अवसर जस्ता महत्वपूर्ण विषयहरुमा विभिन्न विद्वानहरुबाट कार्यपत्र प्रस्तुत हुनुका साथै त्यसमाथि व्यापक छलफल गरिने कार्यक्रम छ । सम्मेलनका क्रममा विभिन्न प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुबाट संविधान निर्माण प्रक्रियाका विषयमा सम्बोधन हुने कार्यक्रम छ । प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा असोज २९ गते सम्मेलन समापन हुनेछ भने यस वर्षको चौथो विश्व सम्मेलनले गैरआवासीय नेपाली संघको आगामी नेतृत्व चयन गर्नुका साथै एनआरएन चौथो विश्व सम्मेलनको काठमाडौ घोषणापत्र जारी गर्ने कार्यक्रम छ । सम्मेलन पूर्व र तत्पश्चात पनि सम्मेलनमा भाग लिन आएका गैरआवासीय नेपालीहरुको सहभागितामा शिक्षा, स्वास्थ्य, विकास निर्माण, कला, संस्कृति, भाषा, साहित्य लगायतका विषयमा विभिन्न कार्यक्रमहरु आयोजना हुनेछन्। गैरआवासीय नेपाली संघको चौथो विश्व सम्मेलनमा विश्वका ५५ बढी मुलुकबाट ५ सय प्रतिनिधिले भाग लिने अपेक्षा गरिएको छ । गैरआवासीय नेपाली संघको हालसम्म अस्ट्रेलिया, अस्टि्रया, बहराइन, बेलारुस, बेल्जियम, कम्बोडिया, क्यानाडा, चाइना, साइप्रस, डेनमार्क, फिनल्याण्ड, प|mान्स, जर्मनी, हङकङ, हंगेरी, इण्डोनेसिया, आयरल्याण्ड, इजरायल, इटाली, जापान, दक्षिण कोरिया, कुवेत, लेवनान, लिसोथो, लिविया, लग्जम्बर्ग, मकाउ, मलेसिया, म्यान्मार, मोजाम्बिक, द नेदरल्याण्डस, न्यजिल्याण्ड, नाइजेरिया, नर्वे, ओमान, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, रोमानिया, रसिया, साउदी अरेविया, सिंगापुर, स्लोभानिया, साउथ अफ्रीका, स्पेन, स्वीडेन, स्वीटजरल्याण्ड, ताइवान, थाइल्याण्ड, युक्रेन, संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका र यमनमा राष्ट्रिय समन्वय परिषद गठन भइसकेको छ । गैरआवासीय नेपाली अभियानको सुरुवात सन् २००३ मा सुरु भएको हो । सम्मेलनले नेपालको आर्थिक, सामाजिक विकासमा गैरआवासीय नेपालीहरु कसरी साझेदार बन्न सक्छन् भन्ने कुराको मार्गचित्र बनाउने अपेक्षा गरिएको छ ।



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ

गैरआवासीय नेपाली संघको चौथो विश्व सम्मेलनको सन्दर्भमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ।
अनेसासले राजधानीमा आयोजना गरेको दोस्रो गैरआवासीय नेपाली साहित्य उत्सवका अवसरमा स्रष्टाहरुलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले पुरस्कार तथा सम्मान वितरण गरे । कार्यक्रममा बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी, बरिष्ठ संगीतकार अम्बर गुरुङ, बरिष्ठ चित्रकार मनुजबाबु मिश्र, बरिष्ठ उपन्यासकार डायमण्ड शमशेर, बरिष्ठ समालोचक डा. तारानाथ शर्मा, बरिष्ठ साहित्यकार वानिरा गिरी र बरिष्ठ लेखक तथा साहित्यकार मोदनाथ प्रश्रितलाई सम्मान गरिएको थियो। सो अवसरमा समको सुखान्त नाट्यकारिता नामक समालोचना ग्रन्धका लागि डा. देवीप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य, सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान गरियो। पुरस्कारको राशी १५ सय अमेरिकी डलर रहेको छ। त्यस्तै आमा जानुहोस् नामक कथा संग्रहका लागि कथाकार माया ठकुरीलाई सर्वोत्कृष्ट नारी हस्ताक्षर अनेसास डिल्लीराम तिमसिना स्मृतिक पुस्तक पुरस्कार प्रदान गरिएको छ। सो पुरस्कारको राशी ४ सय अमेरिकी डलर रहेको छ। त्यसैगरी रिता खत्रीको फूल रोएपछि नामक कविता कृतिका लागि सर्वोत्कृष्ट नवप्रतिभा पुरस्कार प्रदान गरिएको छ। सो पुरस्कारको राशी ३ सय १० अमेरिकी डलर छ। त्यसैगरी मूलको सङ्लो पानी गीतसंग्रहका लागि हरिभक्त बुढाथोकीलाई सर्वोत्कृष्ट नेपाली गीति कविता अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार प्रदान गरियो। सो पुरस्कारको राशी २ सय अमेरिकी डलर रहेको छ। सोही कार्यक्रममा चन्द्रमामा खरायो नामक बालसाहित्यका लागि डा. सुष्मा आचार्यलाई अनेसास शारा उत्कृष्ट बाल पुस्तक पुस्कार प्रदान गरियो। पुरस्कारको राशी २ सय अमेरिकी डलर छ।

त्यसैगरी तस्वीरहरु कविताका लागि ध्रुवलाल शर्मालाई २ सय अमेरिकी डलर राशी रहेको अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट पुस्तक पुरस्कार, अन्तिम घुड्को कथाका लागि नगेन्द्र नेउपानेलाई २ सय अमेरिकी डलर राशीको अनेसास रमाकान्त सर्वोत्कृष्ट पुस्तक पुरस्कार, म गोपाल र अर्थात गोपालहरु नामक कविता कृतिका लागि वियोगी बुढाथोकीलाई २ सय अमेरिकी डलर राशीको अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, विखण्डित प्रवाह नामक कथाकृतिका लागि नवराज रिजाललाई २ सय अमेरिकी डलर राशीको गोविन्द गिरि प्रेरणा सर्वोत्कृष्ट पुरस्कार, जसको जोत उसको पोत प्रबन्धका लागि विमल भौकाजीलाई अनेसास ठाकुर प्रसाद रेग्मी सर्वोत्कृष्ट पुस्तक पुरस्कार, अमेरिका नामक कविताकृतिका लागि शैलेद्र साकारलाई २ सय अमेरिकी डलर राशीको अनेसास चेतनाथ घिमिरे पुस्तक पुरस्कार, हिमवत् खण्ड नामक महाकाव्यका लागि भानुभक्त पोखरेललाई अनेसास सिता पाण्डे सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले वितरण गर्दै आएको डायस्पोरा साहित्य पुरस्कार भने यसअघि नै वितरण गरिसकिएको छ। जसमा नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार बरिष्ठ साहित्यकार कृष्णप्रसाद श्रेष्ठ, खेमलाल हरिकला लामिछाने पुरस्कार डा. गोविन्दराज भट्टराई, फूलकुमारी महतो स्मृति पुरस्कार त्रिभुवन विश्व विद्यालय नेपाली केन्द्रीय विभाग र नारायण जयन्ता प्रसाई वेभ पत्रकारिता पुरस्कार कृष्ण बजगाईलाई प्रदान गरिसकिएको छ। पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष डा. कुमार बस्नेतलगायतले सम्बोधन गरे। कार्यक्रममा साधना कला केन्द्रका कलाकारहरुले नृत्य तथा गीत प्रस्तुत गरेका थिए।- दैनिकी

गोली हानी मारिनुभएका रविन्द्र शर्माको 
अमेरिकामा अन्त्येष्टी सम्पन्न



गत साता साउथ क्यारोलाइनको स्पार्टनवर्गमा गोली हानी मारिनुभएका रविन्द्र शर्माको स्पार्टनवर्गस्थित ’फ्ल्योयड फ्यूनरल होम’मा अक्टोबर ११ का दिन अन्त्येष्टी सम्पन्न भयो । उक्त अबसरमा ७५ नेपालीहरु उपस्थिति भएर स्व. शर्माप्रति श्रद्धाञ्जली प्रकट गर्दै स्व. शर्माको आत्माको चीर शान्तिको कामना गरेका थिए । अन्त्येष्टी कार्यक्रमका लागि भर्जिनिया डीसी क्षेत्रका शर्माका नजिकका साथीहरुको समेत विशेष उपस्थितिरहेको थियो । नर्थ क्यारोलाइना निबासी पं पुण्यप्रसाद खतिवडाले मन्त्रोच्चारणसहित स्व. शर्माको नेपाली परम्पराअनुसार दाहसंस्कार सम्पन्न गराउनु भएको थियो ।
सो अवसरमा आयोजित श्रद्धान्जली सभा-कार्यक्रममा स्व. शर्माप्रति सद्भाव राख्ने विभिन्न राज्यका प्रतिनिधि व्यक्तित्वहरुले उहाँको मिलनसारिता र असल गुणको चर्चा गरिएको थियो । स्व.शर्मालाई संझिदै उहाँको विविध पक्षमा चर्चा गर्नेहरुमा साउथ क्यारोलाइनाका डा.रामचन्द्र बराल र गणेश बस्नेत, आलाबामाका माधव मैनाली, मेरिल्याण्डकी सुनिता शिवाकोटी र जर्जियाका चेतनाथ घिमिरे हुनुहुन्थ्यो । भर्जिनियाका राम बस्यालले नेपाली दूतावास, अमेरिकाकाबाट तर्फबाट स्व.रविन्द्र शर्माका लागि प्रकट रिएको समवेदना सन्देश सुनाउँदै उहाँप्रति भापपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुभयो । कार्यक्रममा स्व.शर्माका बालककालदेखिका मित्र एवं नातेदार किरण शर्माले रविन्द्र शर्माको परिचय दिँदै उहाँ एक संघर्षशील व्यक्तित्व हुनुभएको कुरा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा स्व. शर्माकी पत्नी यशोदाले विहृवल हुँदै यस किसिमको दुखद घडीमा सहयोग गर्ने सबै प्रति धन्यवाद प्रकट गर्नुभएको थियो । समारोहमा स्व.रविन्द्रका भाइ पीताम्बर शर्माले पनि बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन शाश्वत पराजुलीले गर्नुभएको थियो ।-  Nepali post

20091012

सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त


प्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन ।           प्रधानमन्त्री नेपालले सोमबार आठौं पटक मन्त्रिमण्डल विस्तार गरेका हुन । नेपाली कांग्रेसकी नेतृ परराष्ट्र मन्त्री सुजाता कोइरालाले सोमबारदेखि देशको उप प्रधानमन्त्री बनेकी छिन्। प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको अनुरोधमा कोइरालालाई उप प्रधानमन्त्री पद दिएको बताए। कोइरालाले सोमबार साँढे ६ बजे राष्ट्रपति कार्यालयमा उपप्रधान मन्त्रीका रुपमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री माधव नेपालबाट सपथ लिइन्। सपथ पछि प्रधानमन्त्रीले भने, 'कांग्रेसले के निर्णय गरेको छ मलाई केही थाहा छैन। मैले गिरिजाबाबुले भनेअनुसार गरेको हुँ।'
सपथ ग्रहण पछि प्रतिक्रिया दिदैं कोइरालाले भनिन् - "मलाई पार्टी सभापति गिरिजाबाबुको पूर्ण समर्थन र सहयोग छ। यो पार्टीले गर्ने काम पनि होइन। प्रधानमन्त्रीले बनाउने हो उप प्रधानमन्त्री। मलाई माधवजीले भनेपछि म उप प्रधानमन्त्री बनेकी हुँ। पार्टी भित्र पनि कसैले विरोध गरेको छैन। जिल्ला जिल्लाबाट शुभकामना र बधाई आइरहेको छ। अब म थप शान्ति र स्थायित्वका लागि प्रयास गर्नेछु। सरकारलाई कांग्रेस र मेरो पूर्ण सहयोग रहनेछ।" कोइरालालाई यसअगाडि उप प्रधानमन्त्री बन्न नपाएकोमा प्रधानमन्त्रीसँग दुई महिना अगाडि भारत नगएको आरोप कोइरालालाई लागेको थियो। नेपाली कांग्रेसका नेताहरुले कोइरालालाई उप प्रधानमन्त्री बनाउन प्रधानमन्त्रीलाई आग्रह नगरेको पटक पटक दोहोर्याएका थिए। नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले भने आफ्नी छोरीलाई कोइरालालाई उप प्रधानमन्त्री बनाउन पटक पटक दबाब दिंदै आएको सञ्चार माध्यमले उल्लेख गरेका थिए। सपथ ग्रहणमा गएका अर्का उप प्रधानमन्त्री विजय गच्छदारले भने आफूसँग भन्ने कुनै कुरा नभएको भन्दै सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिएनन्। नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेकी कोइराला उप प्रधानमन्त्री बने पनि मन्त्रिपरिषदको वरियाता क्रममा उप प्रधानमन्त्री विजय गच्छदार भन्दा पछि हुनेछिन्।

20091011

अमेरिकामा दसैं तिहार मेला, देउसी भैलो र सास्कृतिक कार्यक्रममा रमाए नेपाली


अमेरिका नेपाल सोसाइटीको आयोजना, अध्यक्ष्य बिष्णु थापाको सभापतित्व, काबा नेपाली राजदुत् काली प्रशाद पोखरेलको प्रमुख आतिथ्यमा नयाँ मन्दिर निर्माणस्थल मेरिल्यान्ड को बेल्स्विल मा नेपाली हरुले भब्य रुपमा दशै तिहार मेला सम्पन्न गरेका छन । सचिब नेत्र घिसिङ को सन्चालन मा सम्पन्न औपचारिक कार्यक्रममा अध्यक्ष्य बिष्णु थापा, काबा नेपाली राजदुत् काली प्रशाद पोखरेल, पत्रकार गोपाल थपालिया, संगीतकार सम्भुजित बास्कोटा, ए एन ए का भुपु अध्यक्ष्य कृष्ण निरौला, कबिन्द्र सिटौला, खेम भट्टचन, माधबि बस्नेत, डा श्याम कार्की, प्रकाश नेपाल लगायत का बक्ता ले शुभकामना मन्तब्य दिनुभएको थियो ।

दोस्रो चरणको कार्यक्रममा टिका पुन को मिठो उध्घोसण् मा सुरु भएको थियो जसमा अनूपमा प्रसाइ को न्रित्य निर्देसन् मा थुप्रै साना ठुला कलाकारले न्रित्य प्रस्तुत गरेका थिए । लोक तथा दोहोरी गायक राम प्रसाद खनाल को सम्योजकत्वमा लोक गायक भगवान भण्डारी, मन्जु सङ्रौला , कमला खरेल, अनिता लामिछाने, मन्जु पुन, अम्बिका खरेल, नारायण खरेल लगायत का थुप्रै कलाकार ले देउसी भैलो लाइभ प्रस्तुत गर्दा मन्दिर निर्माण का लागि ९६० डलर सहयोग उठेको थियो । कार्यक्रममा राम प्रसाद खनाल, भगवान भण्डारी, अनिता लामिछाने, मन्जु पुन,   लगायत का अन्य कलाकार हरुले पनि गीत प्रस्तुत गर्नुभएको थियो । टिका पुन, खेम सङ्रौला, बिस्व थापा लगायत का बाद्यबादक कलाकार हरुले बाद्यबादन्मा सहयोग गर्नुभएको थियो ।

खोल गणतन्त्र को भित्री व्यबहार आतंकको यहिनै हो माओवादीको असलियत, फेरी धम्क्याए माओवादीले

माओवादीले हात हतियार र लडाकुको आडमा बारम्बार धम्क्याउने, जनगणतन्त्रका का नाममा उसको अधिनायकबाद लाध्न बारम्बार कोशीस गरिरहेको कुरात थाहा नहुने को होला र ! खोल गणतन्त्र को भित्री व्यबहार आतंकको यहिनै हो माओवादीको असलियत। फेरी माओवादीले राज्य लाई नराम्ररि धम्क्याएकोछ एक प्रेस बक्तब्य मार्फत । त्यो धम्की तल जस्ता को तस्तै छ पढ्नुहोस् ।

"केही समय यता वर्तमान कठपुतली सरकार र त्यसका मन्त्रीहरुले बृहत शान्ति–सम्झौता र अन्तरिम संविधानको प्रावधान तथा स्पिरिट विपरित एक पछि अर्को निर्णय गर्ने र अभिव्यक्ति दिने गरेको घटनाप्रति एकिकृत ने.क.पा.(माओवादी) र संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल, को गम्भीर ध्यानाकर्षण भएको छ।

१. रक्षामन्त्री विद्या भण्डारीले व्यवस्थापिका–संसदको राज्य–व्यवस्था समितिमा बृहत शान्ति–सम्झौता र सेना तथा हतियार अनुगमन सम्झौतामा भएका सेना सम्बन्धी कतिपय प्रावधान संशोधन गर्नुपर्छ भनी दिएको लिखित मन्तव्य असाध्यै गैरजिम्मेवारपूर्ण, दुराशययुक्त र आपत्तिजनक छ। यसबाट वर्तमान कठपुतली सरकारको शान्ति प्रक्रिया भाँड्ने र देशमा पुनः द्वन्द्व निम्त्याउने कुत्सित उद्देश्य र मनसाय रहेको पुनर्पुष्टि हुन्छ। हामी रक्षामन्त्रीको यो दुराशयपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति र विरोध प्रकट गर्दछौं र त्यस्ता हर्कतमा संलग्न नरहन गम्भीर चेतावनी दिन्छौं।

२. यस कठपुतली सरकारले बृहत शान्ति–सम्झौताको अभिन्न अङ्ग रहेको र राजनीतिक सहमतिका आधारमा गठन भएको उच्चस्तरीय वैज्ञानिक भूमिसुधार आयोगलाई एकपक्षीय ढंगले विघटन गरेर मनोमानी प्रकारले अर्को आयोग गठन गरेको घोषणा गरेको छ। यो बृहत शान्ति–सम्झौताको ठाडो उल्लंघन र घोर आपत्तिजनक कार्य हो। यसरी नै अन्य कतिपय राजनीतिक सहमतिका आधारमा गठित आयोग र संस्थाहरु पनि विघटन गर्ने घोषणा गरिएको छ। हामी यस्तो बृहत शान्ति–सम्झौता र राजनीतिक सहमति विपरित कार्यको घोर भर्त्सना गर्दछौं र यस्तो एकपक्षीय निर्णय मान्य नहुने सार्वजनिक जानकारी गराउँदछौं।

३. स्थानीय निकायहरुको गठन राजनीतिक सहमतिका आधारमा र संविधानसभा निर्वाचनमा अभिव्यक्त जनादेश अनुरुप गठन गर्नुपर्नेमा अहिलेसम्म त्यसो नगरी उल्टै यो कठपुतली सरकारले आफ्नै मनोमानी ढंगले स्थानीय संयन्त्रहरु गठन गर्ने जुन प्रयत्न गरेको छ, त्यो शान्ति–सम्झौता र अन्तरिम संविधान विपरित भएकाले त्यसको हामी घोर विरोध र भर्त्सना गर्दछौं। स्थानीय निकायहरु शान्ति–सम्झौता र अन्तरिम संविधान बमोजिम यथाशिघ्र गठन नगरिएमा हामी बैकल्पिक पहल गर्न बाध्य हुने चेतावनी पनि दिन चाहन्छौं।

४. बृहत शान्ति–सम्झौताको प्रावधान, मूल्यमान्यता र स्पिरिट विपरित कार्यहरु गर्दै जाने क्रममा यस कठपुतली सरकारले विगतको सरकारले विधिसम्मत ढंगले नियुक्ति गरेका स्थानीय शान्ति समितिमा कार्यरत सचिव र अन्य कर्मचारीहरुलाई मनपरी ढंगले हटाउने र एकपक्षीय ढंगले नयाँ नियुक्ति गर्ने कार्य अघि बढाएको छ। एकिकृत ने.क.पा.(माओवादी) शान्ति प्रकृयाको आधा हिस्सा भएकोले उसको सहमति र संलग्नता विना विभिन्न स्तरका शान्ति समितिको कुनै अर्थ र औचित्य नरहने स्वतःसिद्ध छ। यस्तो हुँदाहुँदै शान्ति समितिसंग सम्बन्धित व्यक्तिहरुलाई एकपक्षीय ढंगले हटाउने र नियुक्ति गर्ने कार्य गरिनु बृहत शान्ति–सम्झौताको मर्म र भावनामाथि नाङ्गो आक्रमण हो र त्यो हामीलाई किमार्थ स्वीकार्य छैन। त्यसैले यस्तो हर्कत तत्काल रोक्न र शान्ति समितिका सचिव र कर्मचारीहरुलाई निरन्तरता दिन हामी आग्रह गर्दछौं। अन्यथा विभिन्न तहका शान्ति समितिहरुमा हाम्रो संलग्नता र सहभागिता नरहने र त्यस पछिको परिणामको सम्पूर्ण जिम्मेवारी यस कठपुतली सरकारले बहन गर्नुपर्ने गम्भीर चेतावनी पनि दिन चाहन्छौं।"

मिति : २०६६/६/२५

(बाबुराम भट्टराई)
उपाध्यक्ष, एकिकृत ने.क.पा (माओवादी)
तथा अध्यक्ष, संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल

हतियारधारी समूहले गोली हानी एक व्यापारीको हत्या

अज्ञात समूहले वीरगन्जमा गोली हानी एक व्यापारीको हत्या गरेको छ। वीरगन्जको मेनरोड माइस्थानस्थित नारायणी टुडे पत्रिकाको कार्यालयसँगै रहेको कपडा पसलका व्यापारी ५२ वर्षिय विनोदकुमार अग्रवालको हत्या भएको हो। हतियारधारी समूहले पसल रहको घरको मूल प्रवेशद्धारको च्यानल गेट तोडर पसल आडैको प्यासेजमा सुतिरहेका अग्रवाललाइ राति गोली हानी हत्या गरेको हो। उनको छातीमा एक राउण्ड गोली लागेको छ। अग्रवालको हत्या राति नै भए पनि घटनाका सम्बन्धमा बिहान मात्र थाह भएको हो। हत्या कसले र किन गरेको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन।


चितवनस्थित कालिका एफएमद्वारा आयोजित खुला रिक्सा दौड प्रतियोगिताको रिक्सा चलाएरै उद्घाटन गर्दै चितवनका प्रहरी प्रमुख ज्ञानबिक्रम शाह । तस्वीरः नारायण ढुङ्गाना/रासस

माओवादीको नागरिक सर्बोच्च्ता: काङ्रेस् माथि आक्रमण, पाँच गम्भीर घाइते, प्रहरी चौकी तोडफोड

मुगुमा नेपाली कांग्रेसको आमसभामा माओवादीले आक्रमण गर्दा पाँच गम्भीर घाइते भएका छन्। सदरमुकाम गमगडीदेखि १८ कोस टाढा सोहरकोटमा कांग्रेसको आमसभा भइरहेको बेला शुक्रवार साँझ डेय सभन्दा बढी माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए। प्रमुख जिल्ला अधिकारी केशरबहादुर केसीले दिएको जानकारी अनुसार माओवादीले सभा विथोलेपछि सुरक्षा खोज्दै पुगेको प्रहरी चौकी समेत माओवादीले तोडफोड गरेका छन्। चौकीमा ७ प्रहरी थिए। चौकीमा शरण लिँदा समेत प्रहरीले सुरक्षा दिन नसकेको सभास्थलबाट भागेर सदरमुकाम पुगेका नेविसंघ केन्द्रीय सदस्य केशर शाहीले नागरिकन्यूजलाई बताए। उनका अनुसार कांग्रेस जिल्ला समिति सदस्य देवीलाल मल्लले माओवादीविरुद्ध भाषण गरे लगत्तै माओवादी जिल्ला इन्चार्ज मंगल शाही, वाइसीएल इन्चार्ज कालोबहादुर रोकाया लगायत डेढ सयभन्दा बढी माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए। घाइते पाँच जना अझै घटनास्थलमै रहेको जनाउँदै प्रमुख जिल्ला अधिकारी केसीले उद्दारका लागि गृहमन्त्रालयसँग हेलिकोप्टर मागेको बताए। घाइते हुनेमा देवीलाल मल्ल, मञ्जन कार्की, ज्ञानप्रसाद चौलगाइँ, कमला शाही र टोपबहादुर बूढा छन्। -रुद्र खड्का

प्रधानमन्त्री नेपालद्वारा संसदमा ३०१ सभासद् पुर्‍याएर सरकार बनाउन माओवादीलाई चुनौती


कार्यक्रमस्थल वरपर कालो झण्डा देखाउँदै गरेका माओवादी कार्यकर्ताप्रति आक्रोसित प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले जतिसुकै ठूलो सडक आन्दोलन गरेपनि सरकार नढल्ने बताउनुभएको छ। नेकपा एमाले, कास्कीका कार्यकर्तालाई सम्बोधन गर्दै माओवादीलाई सडकमा कालोझण्डा देखाएर नभई संसदमा ३०१ सभासद् पुर्‍याएर सरकार बनाउन चुनौती दिनुभयो। माओवादी नेतृत्वको सरकार कुनै दल र विदेशीका कारण नभई आफ्नै कारणले ढलेको भन्दै प्रधानमन्त्री नेपालले विभिन्न दलका नेतालाई प्रधानमन्त्री बनाउने कार्ड फालेर सरकार ढाल्ने दीवा सपना नदेख्न माओवादीलाई आग्रह गर्नुभयो। माओवादीले भनेझै सबै कुरा दिएर आत्मसमर्पण गर्नसकिँदैन भन्दै प्रधानमन्त्री नेपालले भन्नुभयो– हठ राख्दै जाँदा माओवादी स्वयम्लाई पनि असजिलो पर्ने कुरालाई माओवादीले बुझ्नसकेको छैन। माओवादी सहमतिका लागि तयार भए सरकार पुनर्गठन गरेर माओवादीलाई सम्मानजनक स्थान दिन आफु तयार रहेको पनि उहाँले बताउनुभयो।
माओवादीकै कारण मुलुकमा सङ्कट आउनसक्ने भन्दै प्रधानमन्त्रीले माओवादीलाई अन्य दलप्रति शङ्का नगर्न आग्रह गर्नुभयो। उहाँले वर्तमान सरकार शान्तिप्रक्रिया, संविधान निर्माण र जनचाहना पूरा गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। माओवादीले देखाउने कालोझण्डातर्फ सङ्केत गर्दै प्रधानमन्त्री नेपालले माओवादीलाई आफ्नो हठ छाडेर सरकारमा आउन पुनः आग्रह गर्नुभयो।

20091009

यस वर्षको शान्तितर्फको नोबेल पुरस्कार अमेरिकी राष्ट्रपति बाराक ओबामालाई प्रदान गर्ने निर्णय


यस वर्षको शान्तितर्फको नोबेल पुरस्कार अमेरिकी राष्ट्रपति बाराक ओबामालाई प्रदान गर्ने निर्णय छनौट समितिले शुक्रबार घोषणा गरेको छ। राष्ट्रपति ओवामाले शान्तिका लागि कुटनीतिक प्रयास गरेको भन्दै उनलाई पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ। नोबेल पुरस्कार छनौटका लागि बनेको निर्णायक समितिले अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनार्थ कुटनीतिक प्रयासलाई ओवामाले विशेष गति दिएका कारण उनलाई २००९ को शान्ति तर्फको पुरस्कार प्रदान गरिने जनाएको छ। समितिले मानिसहरुबीच परस्पर सहयोग र सहकारिता बढाउने दिशामा पनि ओवामाले काम गरेका कारण उनी पुरस्कारका लागि उत्तम भएको बताएको छ। शान्ति र मानवतासँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरुलाई बलियो बनाउने र परमाणु अप्रसारलाई जोड दिएकोमा पनि ओवामालाई पुरस्कार दिइएको छनौट समितिले जनाएको छ। ओवामाको परमाणु हतियार बिनाको संसारको परिकल्पनालाई पनि पुरस्कार पाउने कारणमा उल्लेख गरिएको छ। ओवामा प्रशासनले जलवायु परिवर्तनलाई दिएको महत्व र यसबाट उत्पन्न हुन सक्ने संकट कम गर्ने तर्फ लिएको अग्रसरतालाई पनि छनौट समितिले महत्व दिएको छ। राम्रो भविष्य प्रतिको आशावादी जगाउन ओवामा जस्तो सफल व्यक्ति अहिले कोही नभएको समितिले जनाएको छ। संसारभरबाट नोबेल शान्ति पुरस्कारका लागि यस वर्ष दुई सय पाँच जनाको नाम छनौट परेको थियो।

प्रचन्डलाई अग्रिम बधाई

- शेखर ढुङेल अमेरिका


एउटा कोइ देश लाई प्यारो गर्ने मान्छे ले राष्ट्रिय सम्पत्ति ध्वस्त , जनता को हत्या , राष्ट्रिय धर्म  र सस्क्रिती को अबहेलना  र बिस्थापन् , राष्ट्रिय पहिचान को पहिरन र भाषा को अबमुल्यन गर्न सक्तछ त ? देश को पहिचान राख्ने सम्पूर्ण धरोहर नस्ट गर्ने काम गर्न सक्तछ ? यस्तो चाहना परचक्री बाहेक कस्ले गर्ला ? त्यस्तै परचक्री को एउटा मोहरा हुन माओवादी नेता प्रचन्ड र उनी आज नेपाल कै अस्तित्व समाप्त गर्न कम्मर कसेर लागेका छन ।
लामो समय देखी आफ्नो अनुकुल र निर्देश मान्ने सरकार को खोजी मा रहेको भारत ले नेपाल मा प्रजातन्त्र , लोक तन्त्र , गणतन्त्र को बहाना मा प्रभाब र दबाब बढाउदै लगेकोछ । राजा महेन्द्र त उस्को लागि बिष  नै थियो भने राजा बिरेन्द्र को शान्ती क्षेत्र को प्रताब र १२२ देश ले दिएको समर्थन को अन्तरराष्ट्रिय मन्छ मै बिरोध गर्‍यो र naka  बन्धी जस्तो अामानबिय र अन्तरराष्ट्रिय कानुन को उल्लघन गर्न समेत पछी परेन नेपाल को बढ्दो अन्तरराष्ट्रिय छबी र आत्म निर्भरता bharat  को लागि सधैं अपाच्य रह्यो ।
तत्कालिन राजा हरु ले स्थापना गर्न खोजे  का कुनै पनि प्रमुख उध्योग , कल कारखाना , सडक , बीध्युत , र सीचाइ योजना निर्माण  गर्न सधैं बखेडा गर्दथ्यो र भारत निर्भर र परस्त नेता को खोजी को क्रम मा २०४७ साल पछी  राजसस्था निस्क्रिय भएको बेला मा बिभिन्न आबरण मा दलिय नेता हरु लाई प्रयोग गरे पनि राजसस्था रहुन्जेल आफ्नो अभिस्ट पुरा नहुने मुल्याङ्कन गरी ' ' को योजना मुताबिक प्रचन्ड को जन्म गरायो र नेपाल राजसस्था  को जरो उखेल्न भारत सफल भयो ।
राजा ग्यानेन्द्र ले '' ढाका मा सम्पन्न दक्षिण एसियाली राट्र हरु को शिखर सम्मेलन मा देखाएको साहसिक र ओजपूर्ण छबी अनी आतंककारी प्रती भारत को दोहोरो माप दन्ड किन सवाल  गर्दा भारत झन चिढियो र लोक तन्त्र को नाम  मा अमेरिका बेलायत र उरोपियन राष्ट्र  लाई ''राजा ग्यानेन्द्र निरन्कुश नै हुन '' भन्ने  भ्रम
 मा पारी दिल्ही मा ज्वाँई झै पाली राखेको प्रचन्ड ( आफ्ना सहायक् ) लाई दिल्ली बाट नै सत्ता मा बिराज मान गराइ नेपाल माथि को लामो समय को गिद्धे उदेस्य पुरा गर्‍यो प्रचन्ड मार्फत । तत्कालिन गिरिजा सरकार ले चुनाव  को  लागि  अनुकुल बातावरण छैन भन्दा भन्दै जबर्जस्ती भारत कै दबाब मा संबिधान सभा को चुनाव भयो र उस्को दुत लाई अगिल्लो पँती मा पुर्याउन सफल भयो । राजसस्था को पक्ष धर काङ्रेस र एमाले लाई प्रचन्ड पथ मा हिंड्न निर्देशन दियो र सोही भयो जो भारत चाहन्थ्यो ।
राजसस्था पछी को अर्को  नेपाल को स्वतन्त्र अस्मिता को लड्ने सस्था तत्कालिन शाही नेपाली शेना लाई ध्वस्त पार्ने सुनुयोजित प्रयास मा प्रचंड सफल न भए पछी भारत ले ''''का नेपाली दुत आमरेस कुमार सिंह सित ' लफ्सी फेदी को रिसोर्ट मा शिखर बार्ता गराइ प्रचन्ड लाई रजिनामा  गर्न लगायो र बाहिर बसेर नै अस्त ब्यस्त बनाउन निर्देश दिए बमोजिम उन्ले रजिनामा दिए । शेना पती प्रकरण प्रचन्ड को हार थिएन भारत को हार थियो । भारत छिट्टो भन्दा छिट्टो नेपाल मा ठुलो रक्त पात मच्चियोस  र अफ्ना मूल का मानिस को सुरक्षार्थ   bahana ma  भारतीय  शेना  भीत्राउन  सजिलो  होस  भन्ने चाहन्छ । नत्र देश को यस्तो सम्बेदनशील अवस्था मा आफ्नै शेना को खेदो खनि बिदेशी दुस्मन कोजस्तो व्यबहार देश को भलो चिताउने ले कसरी गर्दछ ? प्रचन्ड ले के  युध्द जितेर नेपाल  लाई कसै को उपनिबेश बाट मुक्त गरेका हुन ? किन धर्म , राष्ट्रिय पोशाक , राष्ट्रिय शेना , झन्डा फेर्नु पर्‍यो ?के उन्ले ले बिद्रोह बाट बिजय हासिल गरेका हुन र देश को राजसस्था वा तत्कालिन संबिधान फ्याक्नु पर्‍यो ? बिदेशी को सहारा ले बिदेशी को जमिन मा बसी स्वदेश लाई ध्वस्त  बनाउने बिदेशी का मतियार  प्रचन्ड ले त सजाय पाउनु पर्ने होइन र ?

प्रचड भारत को मोहरा होइनन भने दिल्ली को नाकै मुनी ( नोयडा यू पि ) को अलिशान एपार्टमेन्ट मा  १० बर्ष सम्म सुरक्षित रहन सके कसरी ? प्रचन्ड को नेत्रित्व मा भएको जन युद्ध मा भारत त्यती कै सहयोगि बन्यो जती श्री लन्का को तामिल युद्ध बनेको थियो । भारत ले अफनै सुरक्षा घेरा मा  राखेर पटना र सिलगुढि मा एमाले नेता माधब  नेपाल लगायत का नेता हरु लाई  भेटाएको  थियो । पछी अन्तरराष्ट्रिय दबाब र अलोचना बाट बच्न किरण लाई पक्रेको थियो तर उस्को पोल खुल्ने डर ले नेपाल लाई सुम्पेन ।  तर भारत नेपाल र पाकिस्तान बाट भने त्यस्तै प्रक्रिती का मुद्धा मा सुपुर्दगी को कुरो जोड ले उठाउदछ ।

प्रचन्ड को सत्ता रोहण पूर्व र पस्चात दर्जनौ यस्ता घटना घटे जस्ले हमेशा भारत लाई नेपाल मा हस्तक्षेप गर्न मात्र निम्ताएको छ र निम्तो दिने पात्र प्रचन्ड नै बनेका छन । पशुपती कान्ड , सिमा मिच्ने काम , स्व . राजा बिरेन्द्र को पाला देखी थन्किएको नागरिकता बिधेयक पास गरेर आधा करोड गैर्ह नागरिक लाई नेपाली नागरिक बनाउने काम , आदी अब एमाले र प्रचन्ड को सहमति मा देश लाई जातिय युद्ध मा फसाउने कसरत हुँदै छ र त्यस पछी को रक्तपात ले भारत को २५० बर्षा देशी को सपना पुरा हुनेछ ।


नेपाल र नेपाली  को हित मा प्रचन्ड कहिल्यै देखिएनन . राष्ट्रिय एकता , राष्ट्र को स्वतन्त्रता र मौलिक अस्मिता लाई धरायसी मात्र बनाएनन सधैं को लागि देश लाई द्वन्द मा फसाइ दिए . हालै भारत का प्रधान मन्त्री ले नेपाल को माओवादी बाट खतरा भयो भन्दा प्रचंड किन चुप बसे ?किन प्रचन्ड लुकी लुकी भारतीय दुताबास धाउदछन ? शेना पती प्रकरण मा किन भारतीय बिशेष दुत को माग गरे ?किन बारम्बार  आमरेस कुमार सिंह गोप्य भेट बार्ता गर्दछन र नेपाल का अन्य सहयात्रि दल हरु लाई धम्काउदछन ? नेपाल को बिशेष सुरक्षा निती र भारत को घुष  पैठ को आरोप सम्योग मात्र परेको होइन भारत प्रचन्ड र माधव नेपाल को नेपाल मा द्वन्द भडकाएर नेपाल लाई भारतीय सुरक्षा छाता मा पुर्याउने गुरु योजना हो . समरण  रहोस यो सुरक्षा योजना मा नेपाल को शेना सित सुझाब सल्लाह र सहयोग मागिएको छैन बरु भारत बाटै प्रहरी को नाम  मा अरबौ को हतियार लेराइ शेना को  तेजो बोध गर्ने काम हुँदैछ .

प्रचन्ड ले सता रोहण गरे पस्चात् वा गणतन्त्र घोषणा भएको आज सम्म  राजसस्था ढाल्नु को औचित्य अर्थ र आवश्यकता जनता  लाई महसुस गराउन सकेका छैनन . देश प्रत्यक दिन अराजकता , लूट , हत्या , बलात्कार , दन्डहिनता को जर्जर खाडल मा धकेलिदैछ . जातियता , छेत्रीयता , सघियता को बिबाद , मधेस , थारु , पहाडे , लिम्बुवान खम्बुवान को लडाईं ले देश रुवान्डा , इथोपिया को बाटो मा लाग्दैछ जस्को परिणाम् नेपाल को स्वतन्त्र  अस्तित्व र सिमा रहने छैन यो सफलता को लागि '' भारतीय शेना को सुरक्षा घेरा मा रमाउने सपना देखेका '' प्रचंड लाई अग्रिम बधाई . 

नयाँ संविधानको नाम नै सात वटा !!!, काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर ! नाम मा त बिबाद छ संबिधान मा कती बिबाद होला ??

संवैधानिक समितिद्वारा गठित उपसमितिले एक महिनाभन्दा लामो छलफल गरे पनि अवधारणापत्र र प्रारम्भिक मस्यौदा कुनै सहमति जुटाउन सकेन। उपसमितिले तयार पारेको मस्यौदामा नयाँ संविधानको नाम नै सात वटा प्रस्ताव गरिएका छन्। गत महिना गठित उपसमितिले सहमति जुटाउन नसकेपछि सबै मतलाई समितिमै छलफल गर्ने भएको छ। मस्यौदा तयार पार्न भदौ १६ गते गठित उपसमितिले तयार पारेको मस्यौदामा संविधानको नाममा सहमति नभएपछि सबै समितिमा लैजाने निर्णय गरिएको हो।

एकीकृत नेकपा माओवादीले 'जनताको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०६७' राख्न प्रस्ताव गरेको छ भने कांग्रेस-एमालेले 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०६७' राख्नुपर्ने अडान राखेका छन्। त्यस्तै, मधेशी दलहरूका तर्फबाट 'संघीय गणतन्त्र नेपालको संविधान', नेपाल मजदूर किसान पार्टीले 'समाजवाद उन्मुख नेपालको संविधान २०६७' र संघीयताविरुद्ध रहेको राष्ट्रिय जनमोर्चाले 'लोकतान्त्रिक गणराज्य नेपालको संविधान २०६७' प्रस्ताव गरेका छन्। उक्त नामहरूका विकल्पमा 'नेपालको संविधान २०६७', 'गणतन्त्र नेपालको संविधान २०६७', 'संघीय गणतन्त्र नेपालको संविधान २०६७' राख्न प्रस्ताव गरिए पनि मत मिल्न सकेन। बिहीबारको बैठकमा माओवादीका तर्फबाट उपसमिति संयोजक देवप्रसाद गुरूङले 'संघीय गणतन्त्र नेपालको संविधान २०६७' मा सहमत हुन प्रस्ताव गरे पनि कांग्रेसका विमलेन्द्र निधिले 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०६७' राख्नुपर्ने बताए। गुरूङले भने त्यसो भए 'जनताको' भन्ने शब्द पनि छुटाउन नमिल्ने अडान राखे।

उपसमितिको बैठकमा पहिलोपल्ट गएका निधिले प्रस्तावनामा संघीय भन्ने शब्द छुटेको भन्दै त्यसलाई संशोधन गर्न नसकिने भनी उल्लेख गर्नुपर्ने उनको अडान रह्यो। छलफलका लागि तयार मस्यौदामा संविधान संशोधनबारे उल्लेख छ, 'संविधानले स्थापित गरेका गणतन्त्रात्मक व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मौलिक अधिकार, मानवअधिकार बहुदलीय प्रतिस्पर्धा, बालिग मताधिकार र आवधिक निर्वाचनसम्बन्धी मूल्य र मान्यताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न सकिने छैन।'एमाले र माओवादी उक्त व्यवस्था राख्नुपर्ने पक्षमा छन् भने माओवादीले परिवर्तन गर्न नसक्ने प्रावधान राख्न नहुने पक्षमा छ। मालेका सीपी मैनालीले भने संघीयताबाट फर्कन चाहेमा जनमतसंग्रहमा जान सुझाव दिए। उनले संघीयतामा जाने निर्णय भए पनि त्यो कार्यान्वयन नै नभएको अवस्थामा त्यसलाई संविधानमा अपरिवर्तनीय भनी लेख्न नहुने उनको तर्क थियो। कांग्रेसका निधिलाई समर्थन गर्दै सभासद् विश्वेन्द्र पासवानले पनि मधेश आन्दोलनको उपलब्धि भएकाले यसलाई अपरिवर्तनीय नै राख्नुपर्ने जिकीर गरे। उपसमितिले राजनीतिक दलसम्बन्धमा पनि सहमति जुटाउन सकेन। बहुदलीय प्रतिस्पर्धालाई स्वीकारे पनि बहुलवादलाई भने माओवादीले अस्वीकार गरेको छ। माओवादीले विचारका आधारमा दल खोल्न प्रतिबन्ध लगाउन सक्ने प्रावधान अघि सारेको छ भने एमाले-कांग्रेस यसको विपक्षमा छन्।

राष्ट्रको परिभाषाबारे पनि विवाद छ। अन्तरिम संविधानमा 'बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टि रूपमा राष्ट्र हो' भनी गरेको व्यख्या राख्न एमाले-काँग्रेसले जोड दिएका छन्। माओवादीको राष्ट्र-राज्य राख्नुपर्ने मत छ। त्यस्तै, बहुराष्ट्र, राष्ट्रराज्य, बहुजातीय राष्ट्र र राष्ट्रमात्र राख्नुपर्ने भन्ने मत आएको छ।
झण्डा, राष्ट्रिय गान, निशानाछाप र प्रतीकबारे पनि सहमति जुटेन। माओवादीले झण्डा परिवर्तनको कुरा अघि सारेको छ। कांग्रेस र एमाले झण्डाको व्याख्या मात्र फेरे पुग्ने, झण्डा कुनै पनि हालतमा फेर्न नहुने अडानमा छन्। उपसमितिको अघिल्लो बैठकमा अहिलेको राष्ट्रिय गान र निशानाछाप नै राख्न सहमति भएको भए पनि यसमा पनि एकमत भएन।
नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पंक्षी डाँफे अन्तरिम संविधानमा उल्लेख छ। यससम्बन्धमा यसअघि नै उपसमितिको बैठकमा एमाले सभासद् पासाङ शेर्पाले फरकमत राखेका थिए।

राष्ट्रिय पंक्षी डाँफेको विपक्षमा तर्क गर्दै तमलोपाका हृदयेश त्रिपाठीले आफूले नदेखेको बताउँदै हुन नसक्ने बताएका थिए भने वर गाईको पक्षमा सद्भावनाका लक्ष्मणलाल कर्णले बोलेका थिए। तर, राष्ट्रिय प्रतीक नराख्ने भन्ने बारे सहमतिको नजिक पुगे पनि यसलाई पनि समितिमा नै छलफल गरिने भएको छ। संविधान संशोधनको प्रस्तावको सुरुवात संघीय व्यवस्थापिकाबाट गर्ने कि प्रदेशले भन्ने बारेमा पनि मतभेद छ। तर, प्रदेशको अधिकारसँग सम्बन्धित विषयमा संशोधन गर्दा भने तल अनुमोदनको लागि पठाउनुपर्ने विषयमा भने सहमति भएको छ। बहुजातीय राज्य भनेपछि धर्म निरपेक्ष राख्न नहुने विचार राख्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्रबहादुर चन्दले धर्म निरपेक्षताका बारेमा जनमतसंग्रहको व्यवस्था गर्न आग्रह गरे। संक्रमणकालीन व्यवस्थाबारे संविधानको पूर्णखाकासहितको एकीकृत मस्यौदा तयार भएपछि मात्र व्यवस्था गर्नेगरी खुल्ला राख्ने विषयमा सहमति भएको जानकारी दिंदै समितिका सचिव टेकप्रसाद ढुंगानाले भने, 'मिल्न बाँकी बुँदामा छलफल सकिएपछि प्रतिवेदन पूर्ण हुन्छ, तिहार अघि नै प्रतिवेदन तयार गरी संविधानसभामा पेश गर्ने लक्ष्य समितिको छ।' पहिले बनेका पाँच उपसमितिका प्रतिवेदन एकीकृत गरी मस्यौदा तयार गर्न भदौ १६ गते देव गुरूङको अध्यक्षतामा गठित १९ सदस्यीय उपसमितिले यसअघि मत मिलेका विषयमा समेत सहमति जुटाउन सकेन। सभासद् चित्रबहादुर केसीको व्यंग्य थियो, 'बाघ मार्न गएको सिकारीलाई बाघले मेरो रौँ गन्, छाला लैजा भनेर प्रस्ताव गरेछ। रौं गन्ने सिकारीको अवस्था उपसमितिको भयो। बाघका आधा रौँ गनेपछि फेरि उसले जिरिङ्ग गर्ने र पुनः सिकारीले सुरुदेखि रौँ गन्नुपर्ने भएकाले सिकारीले सर्तमा हारेको थियो।'- माधव ढुङ्गेल/नागरिक
________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________