20100331

एमाले उपाध्यक्ष वामदेव गौतम भन्छन : "नेपालको राजनीति हाँक्न सक्ने प्रभावशाली नेता पुष्पकमल दाहाल प्रचण्ड मात्र हुनुहुन्छ"

एमालेका उपाध्यक्ष्य वामदेव गौतम माओवादीका प्रबक्ता किन बन्दैछन  ??
एमालेका उपाध्यक्ष वामदेव गौतमले दुई जना नायकले मात्र नेपालको राजनीति हाँक्न सक्ने बताउनुभएको छ। नेपाल प्राध्यापक संघद्वारा मंगलबार राजधानीमा आयोजित श्रद्धान्जली सभामा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो। नेपालको राजनीति हाँक्न सक्ने प्रभावशाली नेता गिरिजाबाबु र पुष्पकमल दाहाल मात्र हुनुहुन्छ, नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको श्रद्धाञ्जली सभामा बोल्दै उपाध्यक्ष गौतमले कोइरालाको निधनपश्चात् अबको नेपाल हाँक्ने नेतामा प्रचण्ड मात्र रहेको विचार उहाँले व्यक्त गर्नुभयो।

स्व. कोइराला नयाँ युगको प्रतिनिधि भएको दाबी गर्दै उहाँले राजतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुमा उहाँको मुख्य भूमिका रहेको छ -उपाध्यक्ष गौतमले भन्नुभयो।
श्रद्धान्जली सभामा बोल्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले पार्टीभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले अघिसार्नुभएको शान्ति, सहमति र एकताका लागि सबै दल एकजुट भए मात्र मुलुकमा साँच्चिकै गणतन्त्र स्थापना हुने बताउनुभयो। उहाँले २००७ सालको क्रान्तिदेखि हालसम्मको नयाँ नेपाल निर्माण गर्न स्व.कोइरालाको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो।

2 comments:

  1. name sujan bartaula
    himal_nepal2001@yahoo.com
    bamdev ji maobadi ko sarkar aaune dar le bolnu vayoki kyaho,,,, ki kunae post aaune walama cha ...

    ReplyDelete
  2. may be u will become a madhan bhandri soon.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक