20100424

सत्ता कब्जा गर्न भन्दै देशै भरी माओवादीले द्वन्दकालमा जस्तै चन्दा उठाउन शुरु, सबै हैरान

Exclusive News..........
आफूलाई सत्तामा पुर्याउने उद्देश्यले एकीकृत नेकपा (माओवादी) ले वैशाख १८ गते जनप्रदर्शनका लागि जनतालाई राजधानीमा ल्याउने र युवाहरुलाई तालिम दिने नाममा देशभर चन्दा अभियानलाई तीव्र बनाएको छ। सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा चन्दा उठाउन नपाइने उल्लेख भए पनि माओवादीले त्यसलाई उल्लंघन गर्दै दबाबमूलक ढंगले चन्दा अभियानलाई तीव्र बनाएको छ। माओवादीले चन्दा अभियान तीव्र बनाए पनि प्रहरी प्रश्ाासनले कतै पनि हस्तक्षेप गरेको छैन र माओवादीले.....
चेतावनीसहित देशभर चन्दा अभियान जारी राखेको छ। एमाओवादीले विद्रोहको अन्तिम तयारी भन्दै औद्योगिक नगरी विराटनगरमा व्यापक रूपमा चन्दा उठाउन थालेको छ। एमाओवादीले विराटनगरलगायत मोरङको अधिकांश ठाउँमा चन्दा अभियानलाई तीव्र बनाएको छ। निजी विद्यालयमा चिठी पठाउँदै २ लाख रुपियाँसम्म माग गरेको विद्यालय सञ्चालकले जानकारी दिएका छन्। त्यस्तै उद्योगपति, व्यापारीलाई पनि चिठी लेखेर चन्दा मागेको बताइएको छ। एक उद्योगीले नाम उल्लेख नगरी दिएको जानकारीअनुसार चन्दाको चिठी थामिनसक्नु गरी आएको छ।

यस पटक माओवादीले विगतको तुलनामा आफ्ना कार्यकर्ता र र्समर्थकसँग पनि चन्दा उठाएको छ। माओवादीनिकट शिक्षकसँग दश दिनको तलब माग गरेको जानकारी एक शिक्षकले दिए। त्यस्तै अन्य कर्मचारी र निजी क्षेत्रमा काम गर्ने माओवादी कार्यकर्ताहरूले पनि पार्टीलाई चन्दा दिएका छन्। उद्योगमा काम गर्ने मजदुर र किसानसँग पनि गच्छेअनुसार चन्दा उठाइएको माओवादी स्रोतले बताएको छ। माओवादीले कति रकम उठाउने भन्ने योजना भने बताएको छैन। केही माओवादी कार्यकर्ताले भने चन्दा नदिए कारबाही गर्ने धम्की दिँदै पनि चन्दा उठाएको स्रोतले बताएको छ। एकीकृत माओवादीका मोरङ सहइन्चार्ज गणेश उप्रेतीले विराटनगरमा कार्यकर्तालाई राख्न सकिने गरी चन्दा उठाउने अभियान शुरू गरिएको बताउनुभयो। उहाँले पार्टी सबैलाई आ³वान गरेरै चन्दा माग गरेको जानकारी दिँदै यो अन्तिम पटक भएकाले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। जनताका लागि गरिएको कार्यक्रम भएकाले आ-आफ्नो गच्छेअनुसार सबैले चन्दा दिनुपर्ने उहाँको धारणा थियो।

समयमै संविधान निर्माणका लागि जनदबाब सिर्जना गर्न भन्दै एकीकृत नेकपा माओवादीका कार्यकर्ताले मध्य पश्चिममा व्यापक चन्दा आतंक सिर्जना गरेका छन्।

‘निर्णायक संर्घषका लागि’ टोलैपिच्छे युवा दस्ता विस्तार गर्ने, उनीहरूलाई प्रतिरक्षा प्रशिक्षणका नाममा लाठीभाला चलाउन सिकाइरहेका माओवादीहरूले जनविद्रोहका लागि आर्थिक अभियान चलाएका हुन्। उनीहरूले १ सय रुपियादेखि १० लाखसम्म चन्दा माग गरेको पीडितहरूको गुनासो छ तर कसैले रकम दिएको उजुरी न त प्रहरी प्रशासनसँग गरेका छन्, न आफूले गरेको सहयोग नै र्सार्वजनिक गर्न सक्छन्। ‘यो अन्तिम पटक हो भनेका छन्’, बर्दियाका एक पीडितले भने- ‘प्रत्येक सुकुम्बासीसँग समेत १ सय रुपियाँ उठाइएको छ। उनका अनुसार, प्रतिविघा एक क्वीन्टल खाद्यान्न अनिवार्य गरेका माओवादीहरूले नगददेखि जिन्सीसम्म संकलन गरिरहेका छन्।

‘युद्धकालीन अवस्थामा दिएको सहयोगको रेकर्डका आधारमा हामीसँग रकम माग गरिएको छ’, एक उद्योगीले नेपालगन्जमा भने- ‘रसिद पनि सोही प्रकारका थमाइएको छ।’ उनका अनुसार, तोकेरै माग्ने चन्दामा रकम दिन नसक्नेले सोहीबराबरको खाद्यान्न वा जिन्सी सहयोग गर्नुपर्छ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुनीलकुमार शर्माले माओवादीबाट व्यापक चन्दा संकलन भइरहेको जानकारी आफूले पाएको बताउनुभयो। उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य अच्यूत प्रर्साईंले तोकेरै १० हजारसम्म रकम माग गरेको सूचना आफूले पाएको बताउनुभयो।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेशविक्रम शाहले चन्दा आतंकबारे सूचना पाए पनि कसैले उजुरी भने नगरेको बताउनुभयो। माओवादीका नेपालगन्ज नगर इञ्चार्ज नवीनले भने आन्दोलनका लागि आर्थिक अभियान चलाइएको स्वीकार गरे पनि त्यो स्वेच्छिक रहेको दाबी गर्नुभयो। उहाँले सम्बन्धितको हैसियतका आधारमा जति सक्छ सहयोग मागिने र कसैलाई जोरबल नगरिएको बताउनुभयो।

एकीकृत माओवादीले गोरखामा लाल युवा मार्च र घरदैलो अभियान शुरू गरेको छ। शान्ति, स्वाधीनता र नयाँ संविधानको नारा लिएर जिल्लाव्यापी रूपमा एमाओवादीले घरदैलो अभियान र वाईसीएलले लाल युवा मार्च अभियान सञ्चालन गरेको छ।

अभियानका क्रममा निर्धारित समयमा संविधान जारी गराउन हस्ताक्षर संकलन र राष्ट्रिय स्वाधीनताको आन्दोलनका लागि स्वेच्छिक आर्थिक सहयोगसमेत संकलन गरिएको एमाओवादी गोरखाले जनाएको छ। स्रोतका अनुसार यसअघि गोरखाको सौरपानी, मकैसिङ, छोप्राक, गोरखा नगरपालिकामा युवाहरूलाई राजनीतिक र शारीरिक प्रशिक्षण सम्पन्न गरिरसकेको छ।
युवाहरूलाई केन्द्रित गरेर दिइएको सो प्रशिक्षणको उद्देश्य अरु नभई जेठ १४ मा संविधान जारी हुन नसके प्रतिक्रान्तिकारीहरूबाट हुन सक्ने खतरालाई रोक्न राजनीतिक र शारीरिक प्रशिक्षण मात्र रहेको एमाओवादी गोरखाका सेक्रेटरी चूडामणि खड्का (प्रकाश) ले बताउनुभयो।

माओवादीले आफ्नो पार्टीको नेतृत्वमा जनताको पक्षमा संविधान जारी गर्नका लागि अन्तिम विद्रोह गर्नुपर्ने आवश्यकता भएको भन्दै रुकुमका गाउँगाउँ र सदरमुकाममा चन्दा संकलन कार्यलाई तीव्र बनाएको छ। अबको अन्तिम विद्रोहलाई सहयोग गर्नुपर्ने भन्दै चन्दा दिनुपर्ने माओवादी कार्यकर्ताहरूले बताएका छन्।
‘अब एक पटक अन्तिम विद्रोह नगरी सुख छैन’, एक कार्यकर्ताले भने- ‘जसका लागी कोही पनि सहयोग गर्नबाट वञ्चित हुने छैन।’

चन्दा माग्दै हिँडेका एक कार्यकर्ताले भने- ‘यस्तो महान् कार्य सम्पन्न गर्नका लागि भौतिक र आर्थिक रूपमा सहयोग नगरी सुख्खै छैन।’ उनले थपे- ‘आर्थिक सहयोग गर्नेलाई आफ्नो इच्छाअनुसार मात्र दिन आग्रह गरेका छौं।’ रुकुम सदरमुकाममा रहेका मानवअधिकारवादी र पत्रकारलाई पनि आर्थिक रूपमा सहयोग गर्नुपर्ने उनीहरूले बताएका छन्। ‘अधिकारवादीहरूले पनि लडाइँलाई सहयोग गर्नुपर्छ भन्दै चन्दा मागे’, एक मानवअधिकारवादीले भने- ‘म चन्दा दिन सक्दैन भनेर उनीहरूलाई फर्काएँ।’ यस्तै पत्रकारसँग पनि चन्दा मागेको नाम नबताउने एक पत्रकारले बताए। अबको लडाइँमा कसैलाई पनि नछोडिने माओवादी कार्यकर्ताहरूले बताएका छन्। हरेक क्षेत्रबाट सबैले सहयोग गरेमा सत्ता आफ्नो पार्टीको कब्जामा आएपछि सबै अटाउन सक्ने नत्र सहयोग नगर्नेका हालत के हुन्छ पछि थाहा हुन्छ भन्दै चन्दा संकलन गरिरहेको स्थानीयवासीहरूले बताएका छन्।

यसै गरी माओवादीले शहरी जनविद्रोह गर्ने समय नजिकिएकाले आत्मरक्षाका लागि भन्दै रुकुमका विभिन्न गाउँमा छुट्टाछुट्टै रूपमा युवाहरूलाई तालिम दिइरहेको छ। स्रोतका अनुसार रुकुमको चौखाबाङ, चुनबाङलगायतका जंगलमा तालिम दिइरहेको बुझिएको छ। उनीहरूले खुकुरी चलाउने तालिम लिइरहेको बताइएको छ। आन्दोलन गर्दा कसरी प्रहरीको लाठीबाट जोगिने यसका लागि तालिम गरिरहेको वाईसीएलका एक कार्यकर्ताले बताएका छन्।

उनले भने- ‘हामी पहिलेदेखि तालिमप्राप्त छौं तर पनि पुनर्ताजगीका लागि यो तालिम लिइरहेका छौं।’ माओवादीले चरण-चरण गरी तालिम दिइरहेको स्रोतले बताएको छ। उता एकीकृत नेकपा माओवादी रुकुममा जिल्ला कमिटी सदस्य धनवीर ओलीले खुकुरी चलाउने प्रशिक्षण नभएर राजनीतिक प्रशिक्षण मात्र भएको बताएका छन्।

माओवादीले अछाम, डोटी, डँडेलधुरा, बाजुरालगायतका जिल्लामा पनि चन्दा अभियानलाई तीव्र बनाएका छन्। अछामका नेपाली कांग्रेसका क्षेत्रीय सदस्य पूर्ण रावललाई माओवादीको सेती महाकाली राज्य संगठन समितिले ५५ हजार रुपियाँ सहयोग माग गरेको पत्र नेपाल समाचारपत्रलाई प्राप्त भएको छ।

‘शान्ति प्रक्रिया भंग गर्ने, सेना समायोजन हुन नदिने, देशको स्वाभिमानलाई विदेशीका पाउमा चढाउने र अन्त्यमा संविधानसभा विघटन गरी देशमा निरंकुशता थोपर्ने, राष्ट्रपति शासन चलाउने र नेपाली जनतामाथि सामन्ती अधिनायकत्व लाद्ने षड्यन्त्र गरिरहेकाले बाध्य भएर राष्ट्रिय स्वाधीनता, नागरिक सर्वोच्चता, शान्ति र संविधान निर्माणका लागि शुरू गरेको हाम्रो अभियानलाई सफल बनाउन आर्थिक र भौतिक सहयोगको पूर्ण अपेक्षा गरिएको छ’ -सेती महाकाली राज्य समितिका इन्चार्ज कञ्चन शर्मा र सेक्रेटरी खगराज भट्टद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ।
सरकारबाट बाहिरिएलगत्तैदेखि एकीकृत नेकपा माओवादीले कैलाली जिल्लामा चन्दा संकलन शुरू गरेकोमा अहिले त्यसलाई तीव्रता दिएको छ। खासगरी सरकारबाट आफू सरकारबाट बाहिरिएपछि सरकारमा पुगेका नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूबाट माओवादीले चन्दा संकलन शुरू गरेको थियो।

माओवादीको चन्दा दबाबपछि कैलालीमा थुप्रै कांग्रेस कार्यकर्ताहरू माओवादी दबाबबाट बच्न माओवादीमा प्रवेश गरेका छन् भने कतिपय शिक्षकहरू फरक विचार र चन्दा नदिएकै कारण सुरक्षाका लागि सदरमुकाम धनगढी काजमा काम गर्न थालेका छन्। माओवादीले अहिले पनि जिल्लामा विभिन्न भ्रातृ संस्थाहरूका नाममा लगातार चन्दा संकलन गर्दै आएको छ।


माओवादीसम्बद्ध अखिल क्रान्तिकारीले आइतबारदेखि मुलुकभरका निजी विद्यालय ठप्प पार्ने

शुल्कवृद्धि फिर्ताको माग राख्दै एक साताअघि लेखाशाखामा तालाबन्दी गरी आन्दोलनमा उत्रेको माओवादीसम्बद्ध अखिल क्रान्तिकारीले आइतबारदेखि मुलुकभरका निजी विद्यालय ठप्प पार्ने भएको छ ।
उसले विद्यालय सञ्चालनको एक मात्र र्सत शुल्कवृद्धि फिर्ता भएको बताउँदै बन्द उल्लंघन गर्ने विद्यालय र त्यसका सञ्चालकमाथि कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
निजी विद्यालयले नयाँ शैक्षिक सत्रका लागि आफूखुसी २५ प्रतिशत शुल्कवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारी ६ वैशाखदेखि आन्दोलनमा उत्रेको हो ।
राजधानीमा शनिबार बसेको क्रान्तिकारीको बैठकले विद्यालय बन्द भए/नभएको अनुगमन गर्न आफ्नो तर्फाट तीनओटा टोली परिचालन गर्ने निर्ण्र्ाालिएको छ । बैठकले सो टोलीलाई निजी विद्यालयका बस चलेको पाइए आगजनी र तोडफोड गर्न र विद्यालय खुलाए त्यसका सञ्चालकलाई भौतिक कारबाही गर्नेसम्मको अधिकार दिएको छ । क्रान्तिकारीले शुक्रबार पनि राजधानीका विभिन्न ठाउँमा ६ ओटा विद्यालय बस तोडफोड र आगजनी गरेको थियो ।
क्रान्तिकारीका केन्द्रीय सदस्य रत्न ढकालले शनिबार राजधानीसँग भने, 'हाम्रो आन्दोलनमा साथ नदिने विद्यालय र त्यसका सञ्चालकले नराम्रो परिणाम भोग्नर्ुपर्ने छ ।'
निजी विद्यालय शुल्कविरुद्ध आन्दोलन समितिका संयोजकसमेत रहेका ढकालले आफूहरूको आन्दोलनलाई कम नआँक्न चेतावनीसमेत दिए ।
यसैबीच, निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले विद्यालय बन्द फिर्ता लिई बालबालिकाको पढ्न पाउने नैंर्सर्गिक अधिकारको सुनिश्चितताका लागि आग्रह गरेको छ । प्याब्सन अध्यक्ष राजेश खड्का र एन प्याब्सन अध्यक्ष गीता राणाद्वारा शनिबार जारी विज्ञप्तिमा वार्ताबाट समस्याको समाधान खोज्न क्रान्तिकारी विद्यार्थीलाई आह्वानसमेत गरिएको छ ।
विज्ञप्तिमा शुक्रबार भएका सवारीसाधन तोडफोड र आगजनीप्रति गम्भीर ध्यानाकर्षा भएको बताउँदै त्यसलाई उद्दण्डताको संज्ञा दिइएको छ । संयुक्त विज्ञप्तिमा भनिएको छ, 'आन्दोलनका नाममा विद्यार्थी ओर्सार्न सडकमा गुडिरहेका तथा पार्किङमा राखिएका सवारीसाधनमाथि विनाकारण आक्रमण हुनु कुनै अर्थमा न्यायोचित हुन सक्दैन ।' विज्ञप्तिमा वार्ता र संवाद नै समस्या समाधानको बाटो भएको पनि उल्लेख छ ।
हाल मुलुकका ६३ जिल्लामा १० हजार निजी विद्यालय छन् ।

माओवादीले मजदुर दिवसका अवसरमा १८ वैशाखदेखि गर्ने भनेको आन्दोलन अनिश्चित हुने आशंकामा उपभोक्ताहरूले खाद्यलगायतका उपभोग्य सामान सञ्चिति गर्न थालेका छन् ।  सम्भावित आमहडतालका का™ण उपभोग्य पदार्थ नपाइने आशंकामा ठूलोमात्रामा खाद्यवस्तु सञ्चय गर्ने क्रम सुरु भएको छ । माओवादी त्रासकै कारण यतिबेला उपभोक्ताले नुन, चिनी, चामल, दाल र खाना पकाउने ग्याँसलगायतका सामग्री सञ्चय गर्न थालेका छन् । माओवादीकै सम्भावित त्रासलाई मध्यनजर गर्दै उपभोक्ताले पेट्रोलियम पदार्थ र औषधिसमेत जगेडा गर्न थालेका छन् ।
उपभोक्ताले उपभोग्य पदार्थको सञ्चय गर्न थालेपछि बजारमा अत्यावश्यक  वस्तुको अभाव महसुस हुन थालेको व्यवसायीहरूले बताएका छन् । उपभोक्ता अधिकारकर्मीहरूले भने खाद्य पदार्थ र चिनीको कृत्रिम अभाव सिर्जना गरेर बढी मुनाफा लिन माओवादीको सम्भावित आन्दोलनले सहयोग पुगेको र त्यसले ठूला व्यवसायीलाई मूल्य बढाउन प्रेरित गरेको आरोप लगाएका छन् ।
माओवादीले मजदुर दिवसको अवसर पारेर काठमाडौंलगायत क्षेत्रीयस्तरमा आमसभा र जनपर््रदर्शन गर्ने तयारीस्वरूप हाल कार्यकर्तालाई घरेलु हतियार चलाउने तालिमसमेत दिइरहेको छ । अर्धसैन्य गतिविधि बढ्दै गएका बेला उपभोक्ताहरू भने जे पनि हुन सक्ने भन्दै त्रासमा छन् । तर, माओवादीले १८ वैशाखलगत्तै आमहडताल वा त्यस्त्ाा खालका कार्यक्रम ल्याउने निर्ण्र्ाागरिसकेको छैन ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले सरकार र बन्दकर्ताले नै बजारमा उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गराउने कार्यको सम्पर्ूण्ा जिम्मेवारी लिनर्ुपर्ने बताए ।
राजनीतिक आन्दोलनका नाममा सम्पर्ूण्ा आर्थिक गतिविधि नै ठप्प पारेर उपभोक्तालाई ढाड सेक्ने गरी महँगी बढाउने क्रम राजनीतिक दलले रोक्नर्ुपर्नेमा समेत उनको जोड थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले माओवादीले गर्न लागेको आन्दोलनले उपभोग्य वस्तुको आपर्ूर्ति व्यवस्थापन कमजोर बनाउने तर्क गर्दै त्यसले बजारमूल्य बढाउने समेत दाबी गरे ।
माओवादी आन्दोलनकै मनोवैज्ञानिक त्रासका कारण खाना पकाउने ग्याँसका सिलिन्डर भर्ने क्रमसमेत बढिरहेको नेपाल ग्याँस बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । माओवादीको आन्दोलनका कारण ग्याँसको माग २५ प्रतिशत बढेको अर्यालको भनाइ थियो ।
बानेश्वरका थोक व्यापारी राम महर्जनले खाद्य सामग्रीको बिक्री बढेको प्रतिक्रिया दिए । उनले भने, 'अहिले खाद्य सामग्री पहिलेको भन्दा दोब्बरमात्रामा बिक्री भइरहेको छ, माग बढेकोबढयै छ ।'
लामो समयसम्म माओवादी आन्दोलन हुने त्रास नहटेमा खाद्यवस्तुुको अभाव अझ बढ्न सक्ने व्यवसायीहरूको अनुमान छ ।
अनामनगरकी गृहिणी रमा शर्माले आन्दोलन लामो समयसम्म सञ्चालन हुने संकेत पाएकाले खाद्य सामग्री बढी किनेर सञ्चित गरेको बताइन् । 'आन्दोलन चर्कियो भने पछि पाइन गाह्रो होला भनेर अहिले नै किन्न थालेको छु,' उनले भनिन् ।

 Press Release of Dharan America Society

धरान अमेरिका  समाजको आयोजनामा  अप्रिल २४ ,२०१०  BRISTERSBURG RD CATLETT -VIRGINIA  मा बिस्व साईकल  यात्री  लोक   बन्धु  कार्कीको  भब्य  स्वागत गरियो !  वहाँ साढे  पाच  बर्षको बिस्व भ्रमण  पस्चात   ७९ औ  राष्ट्र   अमेरिकामा आई पुग्नु  भएका  र वहाँले  विश्वशान्ति र विश्ववन्धुत्वको पवित्र  सन्देश  लिई  हिंड्नु   भएको  र धरान अमेरिका समाजले  वहाँ जस्तो अदभूत  साहस र आट गर्ने
ब्यक्तित्वलाइ भब्य स्वागत ,कदर र् हौसला प्रदान् गर्दै र लोक बन्धु कार्की ज्युले  आफ्ना  मन्तब्य  ब्यक्त  गर्ने  क्रममा उपस्थित   सम्पूर्ण  महानुभाबहरुलाई  छालाको रङको आधारमा,  धर्मको आधारमा , जात जातीका  आधारमा  र राष्ट्रियताका  आधारमा  एक  मानवले  अर्को  मानव  लाई  भेदभाब  गर्नु हुँदैन  भन्नु   भयो   र हामी  सबै  मानव  हौ  , एउटै   ईश्वरका  रचना  हौ , श्रीस्टी  हौ , शान्त  समाज ,शान्त  राष्ट्र  र शान्त  संसारको  निर्माण गर्न  आ -आफ्नो  ठाउँबाट  लागि पर्नु पर्ने  र यो साझा  धरतिमा  बाचुन्जेल  एक अर्काले अर्कोलाई  माया  गरौ  !सम्मान  गरौ  भनि आफ्ना  मन्तब्य   राख्नु भयो!  महानुभाबहरुको  जिज्ञासाको  उत्तर  पनि दिनु भयो  र धरान अमेरिका समाजको तर्फबाट, समाजका  कोशाध्क्ष  तारा  राईले केही आर्थीक सहयोग  हस्तान्तरण  गर्नु भयो  र अन्त्यमा  अध्क्ष्य  बिजय थापाज्युले उपस्थित  महानुभाब  र कोशाध्क्ष  तारा  राई तथा बेनु श्रेष्ठ द्बारा  जलपान  तथा  रात्री भोजनको आयोजना  गरेकोमा  धन्यवाद दिदै र लोक  बन्धु  कार्की  ज्युलाई वहाँको यात्राको  सफलताको कामनाको  दिदै  वहाँलाई धन्यवाद  दिनु भई  कार्यक्रम  समाप्त  गर्नु भयो  ! -  बिजय थापा, अध्क्ष्य, धरान अमेरिका  समाज

5 comments:

  1. Hoina yo Dharan America Samaj le Nam pherne bacha gareko ta ajhai phereko rahenachha, america ma pani yasari jaat jati bhasa bhasi wa chetra tokera sasaanaa sanstha kholda media le news kina Cover gareko hola tyo pani nepal mother .com jasto popular site le, maile bujhna sakina .

    - Fairfax Niwasi thuprai nepali ko tarpha bata Saroj Khadka

    ReplyDelete
  2. नेपाल मदर डट कम् ले यस्ता बकम्फुस्से सस्था को समाचार किन प्रथमिकता दिएर छापेको होला ???
    अमेरिका आएर पनि धरान ??? तिनका बाजे !!!! नेपाली भन्न सक्द रहेनछन ???
    Suman timilsenaa
    DC

    ReplyDelete
  3. kam ramro, tara sastha ko nam chitta bujhena.

    kamala, Newyork

    ReplyDelete
  4. samaj ka sabai sathi haru
    plz naam bhayena ho change garnush hami pani tapaiharu lai sath dinchhau, dharan bhanne bittikai ta hami ta bahir bhayau ni !!!!!!!!!!!!!

    sarima
    Japan

    ReplyDelete
  5. Guys it depend on work we do n not in name.Name should not matter.We did a program inorder to repest the Mr.karki ofr his achievement.He was main guest of the program n the program was done in his honour.So go by work n not by name.If you al lcan let help Mr.Karki to move forward with his mission.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक