20100425

हेर्नुस् माओवादीले कसरी देश अस्तब्यस्त बनाएर सत्ता कब्जा गर्ने कुटिल चाल् चल्दैछ ?

एमाले, काग्रेस र अन्य दल हरु होसियार नभए देश को भबिस्य अन्धकार     एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्रमा आफ्नो पार्टीले राखेका प्रस्ताव सत्तारुढ दलले अस्वीकार गरे शान्तिप्रक्रिया र संविधानलेखन पूरा नहुने चेतावनी दिएका छन् imageललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले अगाडि सारेका प्रस्तावमा सहमति भए शान्ति र संविधान निर्माण सम्भव हुने बताउँदै भने, 'अन्यथा दुई वर्ष म्याद थपे पनि संविधान पनि बन्दैन, शान्तिप्रक्रिया पनि सफल हुँदैन ।'संयन्त्रको बैठकमा आफ्नो पार्टीले १२ बुँदे समझदारी यताका सबै सहमतिको इमानदारीपूर्वक सबै पक्षबाट कार्यान्वयन र वर्तमान सरकारको राजीनामासँगै नयाँ राष्ट्रिय सरकारको निर्णयले मात्र शान्ति र संविधान सुनिश्चित हुने प्रस्ताव राखेको प्रचण्डले बताए । संयन्त्रको ८ वैशाखको बैठकमा.......
प्रस्ताव राखे पनि कांग्रेस र एमाले सहमतिमा नआएको पनि उनले बताए । उनले गत ५ चैतमा प्याकेजमा सहमति गरेर शान्ति र संविधानलेखन प्रक्रिया टुंगाउने सहमति गरिए पनि कांग्रेस र एमालले सहमति तोडेको आरोप लगाए । 'संयन्त्रको बैठकमा हामीले १२ बुँदे समझदारीयताका सम्झौता सबैले दृढतापूर्वक कार्यान्वयन गर्ने र संविधानलेखन तथा शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन वर्तमान सरकारको विघटनसँगै राष्ट्रिय संयुक्त सरकार गठनको प्रस्ताव राखेका थियौँ,' प्रचण्डले भने, 'कांग्रेस र एमालेले यसमा सहमति जनाएनन्, आज बस्ने भनिएको बैठक पनि लोकतन्त्र दिवस भनेर उनीहरूले नै सारे ।' ८ वैशाखको बैठक बिनानिष्कर्ष टुंगिएको थियो भने शनिबारको बैठक स्थगित गरिएको छ । संयन्त्रको अर्को बैठक सोमबार बस्दै छ 
सरकारले भ्रम फैलाएर आन्दोलनमा दमन गर्ने योजना बनाएको एकीकृत माओवादीले आरोप लगाएको छ । पार्टीअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास नयाँ बजारमा शनिबार बिहान बसेको माओवादी पदाधिकारीको बैठकले शान्तिपूर्ण सडक आन्दोलनलनबारे सरकारले भ्रम फैलाएको निष्कर्ष निकालेको हो 
'शान्ति र संविधानका लागि राष्ट्रिय सरकार बनाउन आन्दोलनमार्फत दबाब दिन जनप्रदर्शन गर्न खोजिएको हो, तर १८ गतेको कार्यक्रमलाई सरकारले गलत तरिकाले व्याख्या गरेको छ,' माओवादी प्रवक्ता दीनानाथ शर्मालेे बैठकपछि भने, 'सरकार शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रिया भाँड्न लागेको छ ।'
माओवादीले देशव्यापि रूपमा कार्यकर्तालाई प्रशिक्षण दिएपछि सरकारले त्यसको विरोध गर्दै आएको छ । सत्ताकब्जामा लागेको भन्दै सरकारले उसको रणनीतिलाई असफल बनाउन सुरक्षा संयन्त्रलाई परिचालन गर्ने निर्णय गरेको छ । माओवादीले भने १८ वैशाखको आन्दोलनका लागि स्वयंसेवकलाई राजनीतिक र सामान्य शारीरिक प्रशिक्षण दिएको दाबी गर्दै आएको छ 
मजदुर दिवसबाट सुरु हुने आन्दोलन निर्णायक हुने माओवादी दाबी छ । सरकारले शान्तिसम्झौताविपरीत गतिविधि गरे त्यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवारी माओवादी नै हुने जनाएको छ । माओवादी पदाधिकारी बैठकले संवैधानिक निकायमा नियुक्तिका लागि एकतर्फी रूपमा सरकारले नाम सिफारिस गरेको भन्दै यसको खारेजीको मागसमेत गरेको छ 


यसरी हुँदै छ माओवादी तालिम

image


महेन्द्रनगर, माओवादीले एक सातादेखि युवायुवतीलाई दिन थालेको शारीरिक अभ्यासको तालिम जिल्लामा धमाधम भइरहेको छ । तालिममा लाठी र खुकुरी चलाउन पनि सिकाइएको सहभागीले बताएका छन् ।माओवादीको 'शान्ति र संविधानका लागि तीनमहिने अभियान' अन्तर्गत युवायुवतीलाई अर्धसैन्य क्याम्पमा राखेर तालिम दिइएको हो । एक सातादेखि सुरु भएको तालिम कतै समापन गर्न थालिएको त कतै अन्तिम चरणमा पुगेको छ ।'सुरुमा गोडा फाट, सतर्क, दायाँ घुम, बायाँ घुम गर्‍यौँ,' कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमै रहेको अर्धसैन्य क्याम्पमा तालिम लिइरहेका एक युवकले भने, 'बिस्तारै मुक्का, लात्ती हान्न सिक्यौँ ।'
वैशाख ५ देखि देशभरि एकसाथ सुरु गरिएको तालिममा गणतान्त्रिक खेलकुद संघसँग आबद्ध प्रशिक्षक तथा खेलाडीले हातखुट्टा चलाउन, कुटपिट गर्न सिकाइरहेका छन् । सामान्य रूपमा शारीरिक अभ्यासपछि वाइसिएलका नेता तथा कार्यकर्ताले लाठी र खुकुरी चलाउने तालिम दिने गरेका छन् ।गणतान्त्रिक खेलकुदकर्मी र वाइसिएलले आत्मरक्षाका लागि तालिम दिइरहेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य वीरेन्द्र चन्दले बताए । 'अन्तिम विद्रोहको तयारीका लागि लाठी र खुकुरी चलाउने, आत्मसुरक्षा गर्ने तालिम लिइरहेका हौँ,' तालिममा सहभागी अखिल क्रान्तिकारीका जिल्ला सदस्य जनक साउदले भने ।तालिममा सहभागी युवायुवतीलाई पेस्तोल, भरुवा बन्दुक तथा आधुनिक हतियारबारेसमेत जानकारी दिने गरिएको छ । वाइसिएल नेता तथा पूर्वमाओवादी लडाकुले यस्ता हतियारका बारेमा जानकारी पनि दिने गरेको कञ्चनपुर सदरमुकाममै रहेको चौधरा क्याम्पमा सहभागी एक युवकले बताए ।'हतियार कस्ता हुन्छन्, कसरी चलाउनुपर्छ भनेर सिकाउनुभयो,' भीमदत्त नगरपालिका-१८ बागफाँटाको चौधरा नदीकिनारमा रहेको अर्धसैन्य क्याम्पमा सहभागी एक युवकले भने । सो क्याम्पमा १७ वर्षदेखि ३८ वर्षका युवायुवती सहभागी छन् ।पेस्तोल, भरुवा बन्दुक, राइफल नमुनाको रूपमा देखाएर तथा एसएलआर, एके-४७ लगायतका हतियारको तस्बिर देखाएर तालिम दिएको एक सहभागीले बताए । क्याम्पमै भेटिएका माओवादीको थारुवान राज्य समितिका सदस्य उमाकान्त जोशीले यसबारे बताउन चाहेनन् । 'तालिम देखिहाल्नुभयो, त्योभन्दा बढी नभनौँ,' उनले भने ।
दोस्रो चरणको प्रशिक्षण सुरु
सिन्धुपाल्चोक/ माओवादीले सिन्धुपाल्चोकमा पनि शारीरिक अभ्यास प्रशिक्षण तीव्र पारेको छ । हालसम्म एक हजार पाँच सय युवाले शारीरिक प्रशिक्षण पाएको वाइसिएल जिल्ला कमिटीले जनाएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका युवायुवतीलाई यस्तो प्रशिक्षण दिइएको हो । हालसम्म १४ स्थानमा प्रशिक्षण सम्पन्न भइसकेको वाइसिएल अध्यक्ष माधव सापकोटा 'सुबोध' ले बताए । उनका अनुसार ढाडे, जलवीरे, नवलपुर, भीमटार, सुनखानीलगायत स्थानमा प्रशिक्षण सम्पन्न भइसकेका छन् । अपेक्षा गरेभन्दा बढी युवायुवतीको सहभागितामा पहिलो चरणको प्रशिक्षण उत्तरार्द्धमा पुगेको छ,' माओवादी सह-सेक्रेटरीसमेत रहेका सुबोधले भने । शनिबारबाट सात स्थानमा दोस्रो चरणको प्रशिक्षण सुरु भएको उनले बताए । 'दुई हजार एक सयलाई शारीरिक प्रशिक्षण दिने उद्देश्य हो तर आकर्षण बढ्दो रहेकाले संख्या बढ्ने स्थिति छ,' उनले भने ।संविधान जारी नभए आन्दोलन सञ्चालन हुने भएकाले त्यतिबेला निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिइएको माओवादी नेतृत्वको दाबी छ । नेता सुबोधले भने, 'घुसपैठ र भड्काउ हुन सक्ने भएकाले त्यसलाई रोक्न युवालाई प्रशिक्षण दिएका हौँ ।' तीनवटै निर्वाचन क्षेत्रमा सञ्चालित प्रशिक्षणमा सम्बन्धित क्षेत्रका इन्चार्ज, सेक्रेटरी, राज्य समितिका सदस्यले प्रशिक्षित गरिरहेका छन् । 

स्कुल बन्द गर्न क्रान्तिकारीका एक हजार विद्यार्थी परिचालन

imageकाठमाडौं, अनेरास्ववियु क्रान्तिकारीले निजी विद्यालयमा अनिश्चितकालीन शैक्षिक हड्ताल सफल पार्न राजधानीमा मात्र एक हजार बढी कार्यकर्ता परिचालन गरेको छ । विद्यालय सञ्चालकहरूले भने क्रान्तिकारीले आइतबारदेखि आह्वान गरेको हड्तालको 'जोखिम' नलिने बताएका छन् ।निजी विद्यालयले नियमविपरीत शुल्क असुलेको भन्दै आन्दोलित अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले शैक्षिक हड्ताल सफल हुने दाबी गरे । शैक्षिक हड्ताल सफल पार्न उपत्यकामा मात्र एक हजार बढी कार्यकर्ता परिचालन गरेको क्रान्तिकारीका सचिवालय सदस्य रत्न ढकालले बताए ।क्रान्तिकारीले काठमाडौंका दसवटा निर्वाचन क्षेत्रका विद्यार्थी नेताको नेतृत्वमा विद्यालय बन्द गराउने योजना बनाएको छ । एउटा निर्वाचन क्षेत्रमा कम्तीमा पनि पचासभन्दा बढीका कार्यकर्ता खटाइएका छन् । 'सबैभन्दा पहिले सत्यतथ्य कुराको रिपोर्ट लिन र माथि -केन्द्र)लाई रिपोर्टिङ गरेर कारबाही गर्न निर्देशन दिएका छौँ, ढकाललेे भने, 'प्लस टु सञ्चालन गर्न खुला भएकाले त्यसमा सतर्कता अपनाएर कारबाहीमा उत्रन भनिएको छ ।' क्रान्तिकारीले यसअघि देशभरका निजी विद्यालयका लेखा शाखामा ताला लगाइसकेको छ 
निजी विद्यालय सञ्चालकहरूले भने क्रान्तिकारीले गर्ने बन्दको जोखिम नलिने बताएका छन् । 'उनीहरू -क्रान्तिकारी) कसरी जान्छन्, त्यसकै आधारमा के गर्ने भन्ने निर्णय गर्छौं, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष राजेश खड्काले नयाँ पत्रिकासँग भने, 'भौतिक सम्पत्ति तथा शिक्षक, विद्यार्थी र कर्मचारीको जीउधनको सुरक्षाका लागि हामी आफैँले पनि बन्द गर्ने निर्णय गर्न सक्छौँ ।' - नयाँ पत्रिका

 सडक आन्दोलनबाटै सरकार ढाल्ने चेतावनी 

माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य ‘किरण’ले प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख १८ सम्म राजीनामा नदिए सडक आन्दोलनबाटै सरकार ढाल्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा आइतबार बोल्दै उनले सरकार हटाउन आम हडतालसहितका सशक्त आन्दोलनका कार्यक्रम तत्काल घोषणा गरेर मुलुक ठप्प पार्ने चेतावनी उनले
 दिएका छन् । ‘अब हामी यो सरकारलाई विस्थापित गर्न आम हडतालको तयारीमा छौं । पार्टीमा त्यसका लागि सहमति भइसकेको छ । ’ उनले भने
प्रचण्डबाहेक अरु विकल्प दिए आफू राजीनामा दिन तयार रहेको भन्ने प्रधानमन्त्री माधवकुमार नेपालको अभिव्यक्तिलाई उनले पार्टी फुटाउने षड्यन्त्रको आरोप लगाए । ‘कुन पार्टीले कसलाई प्रधानमन्त्री बनाउँछ भन्ने कुरा त्यो पार्टीको आन्तरिक कुरा हो । त्यो माधव नेपालले भनेर हुने कुरा होइन,’ किरणले भने– हाम्रो पार्टीले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । अहिले प्रचण्डको विकल्प सोचेका छैनौं ।’
किरणले उपाध्यक्ष डा. बाबुराम भट्टराईको नाम प्रधानमन्त्रीका रुपमा अन्य दलहरुले अघि सार्नुमा माओवादी फुटाउने खेल लुकेको समेत आरोप लगाए ।
 ‘ बाबुराम जी वा अरु नाम ल्याउनु हाम्रो पार्टी विभाजन गर्ने खेल हो ’ उनले भने, ‘ तर, हाम्रो पार्टीमा विकल्पै छैन भन्ने पनि होइन । हामी पार्टीभित्र छलफल गरेर जे पनि गर्न सक्छौं । ’ तर, किरणले प्रचण्डकै नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बनाउनुपर्नेमा जोड दिएका थिए ।
 माओवादीको सम्भावित आन्दोलन शान्ति, संविधान र राष्ट्रिय संयुक्त सरकार गठनका लागि भएको भन्दै किरणले आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे । उनले भने– हाम्रो आन्दोलन सहरकेन्द्रित हुन्छ र त्यो आन्दोलनले मुलुक ठप्प पारिदिन्छौं ।’
शान्ति र संविधान प्रति आफूहरुको प्रतिबद्धता दोहो¥याउँदै किरणले वर्तमान सरकार रहेसम्म संविधानसभाको म्याद थप्ने विषयमा छलफलै नहुने दाबी गरे । तर, उनले भने– राष्ट्रिय सहमतिको सरकार बनाएपछि भने संविधानसभाको म्याद थप्न सकिन्छ ।
उनले वर्तमान सरकार रहेसम्म नयाँ संविधान र शान्ति प्रक्रिया  बन्नै नसक्ने ठोकुवा गरे । बैद्यले भने– शान्ति र संविधान हाम्रो एजेन्डा भएकाले हाम्रै नेतृत्वको सरकार बने मात्रै त्यो कार्यभार पूरा हुन्छ ।
यद्यपि उनले अहिले अल्पमत र बहुमतको कुरा गर्ने समय नभएकाले दलहरु नमिले कसैको हित नहुने यथार्थ बताउँदै उनले सहमतिको आधारमै मुलुकलाई अगाडि बढाउनुपर्ने  धारणा राखे । उनको भनाइ थियो– सहमतिको आधारमै अगाडि बढ्नुपर्छ तर माओवादीलाई बाइपास गरेर कसैले केही गर्न सक्दैन ।

1 comment:

  1. Its true that Prachanda always give a threatining dialogue to the other parties.He seems kinna like superior than Gynendra too.Is he really becomining another Gyanendra?Every indivisual has its right in a democratic country but because of Maiost Nepalese people are very scared.They are passing so stressful life right now because of Maiost.Please stop these activities and be positive.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक