20100528

रुक्माँगत कटवालको बहादुरीले ढलेका प्रचन्ड पछी प्रधानमन्त्री भएका माधव नेपाल र अन्य सत्ता साझेदारहरुले कटवालको जस्तो अडान र बहादुरि देखाउन सकेका भए.....!

रुक्माँगत कटवालको बहादुरीले ढलेका प्रचन्ड पछी अपुताली पाएका माधव कुमार नेपाल र अन्य सत्ता साझेदारहरुले कटवालको जस्तो अडान र बहादुरि देखाउन सकेका भए आज "म अबिलम्ब प्रधानमन्त्री पद बाट राजीनामा दिन्छु" भनेर प्रचन्डको लागि फेरी बाटो खोलिदिनु पर्ने थिएन, दु:खको कुरा जे नहुनु पर्ने थियो त्यो भयो, अझ पनि माधव नेपाल र उनका सहयात्री सबैले एक स्वरमा "राज्य लाई हतियार बुझाउ, वाइसियलको ज्यादति रोक, भँग गर, कब्जा गरिएका जनताका घर सम्पत्ती फिर्ता गर, ब्यारेक खाली गर, प्रजातन्त्र अनुरुप आफुलाइ बदल, अनी हामी तिमीलाई सत्ता दिन्छौं, होइन भने छोड्दैनौ" भन्न सकेनन र खुरुक्क सत्ता सुम्पे भने अब.....
 एमाले कङ्रेसहरुले पनि राजनीतिबाट सन्यास लिने टिकट काटे हुन्छ, प्रचन्ड हुँदैन अर्को बिकल्प सोंच होइन भने नेपाल आमाको अरु दुर्दशा हेर्नु पर्ने हुनेछ, एउटा ब्यक्ती रुकमाँगत कटवाल ले जती बहादुरी देखाउन किन सक्दैनन एमाले काङ्रेस र अन्य दलहरु मिल्दा पनि, बुझी नसक्नुछ, रुकमाँगत कटवालको क्रेडिटलाई एक बर्ष भजाउने हरु हो, त्यती सजिलै आतंकका अगाडि घुँडा नटेक यसै भन्दैछन आज नेपाली हरु । हामीले हाल अमेरिका भ्रमण् मा रहेका ति बहादुर योद्दा कटवाल सँग संपर्क गर्ने प्रयास गर्दैछौ, संपर्क हुना साथ वहाँ सँग अन्तर्वार्ता गर्नेछौं प्रतिक्ष्या गर्नुहोला ।

Dear Community members:

As part of its continued effort to facilitate dialogue on matters of public concern and interest, Nepal America Journalists' Association (NEAJA) is hosting an interaction program with Nepal's former Army Chief of Staff, Retired General Rookmangad Katwal. A Nepal expert from the State Department will also participate in the talk program.
Mark your calendars to interact with them on important National Security Issues of Nepal.
Date: 06/06/2010
Time : 14:30
Venue:- Arlington Central Library, Arlington
Address:- 1015 N Quincy St
Arlington, VA 22201-4661
(703) 228-5990
driving directions:
http://www.arlingtonva.us/departments/Libraries/about/LibrariesAboutCentral.aspx


General Katawal was appointed as Chief of the Army Staff (COAS) of the Nepalese Army on 10 September 2006.
A graduate of the Indian National Defense Academy and the Indian Military Academy, he holds a Bachelor of Arts degree from Nepal's Tribhuwan University and a Masters Degree in National Defence from Pakistan's Quaid-i-Azam University. General Katawal is also the Distinguished International Honour Graduate of the US Special Forces Course, and earned the coveted Gideon in the U.S. Ranger Course. He is also a graduate of the Army Command and Staff College, Camberley UK, the Senior Command Course, India and the National Defence University, Islamabad, Pakistan.


PM Dahal resigned from office after his failed attempt to oust COAS Katwal. General Katwal served his full term as COAS and retired in late 2009. But he continues to remain visible and vocal about the need to preserve the National Army as a purely professional, non-partisan institution.


Come and learn more about General Katwal’s perspective presented in person; and exercise your option as citizens, ex-pats or friends of Nepal to remain informed on this crucial unfolding issue.

बिचरा माकुने ले राजिनामा नदियेर के गरुन त!

- Depak Murti
माओबादी ले सम्बिधान सभा मा आफ़्नो एजेण्डा अनुकुल अन्य सबै दल लाइ अन्तिम समय मा एक मिनेट पनि बाकि नरहदा को समय मा आयेर भयेपनि झुकाउन सक्नु का बिभिन्न कारण छन्

१. माओबादी हरु एमाले र कान्ग्र्स पार्टि फ़ुटाउन सफ़ल हुनु
माकुने लाइ थाहा छ उनको पार्टि भित्रै एकजुट समर्थन छैन, लोभ, लालच र पार्टि प्रतिआस्थागुमेका हरु को आधा आधि सन्ख्यामा जमात छ, फ़ेरि माओबादीका घुस्पैठियामा स्वयम पार्टि सभापति नै पर्दछन्, माकुने लाइ च्युत गरि प्रचण्ड लाइ शक्तिमा ल्याउन झलनाथ ले एकबर्ष अघि शुरुका दिन देखि नै अनवरत प्रयास गरेको यथार्थ हो नै! युवा मा राम कुमारि झाक्रि देखि सिनियर नेता मा बामदेव सम्म खुलेर माओबादी कै एजेण्डा मा सन्घर्ष गर्दै आयेकै हुन्! त्यसैले माकुने एक्लो परेका हुन्! बाबुराम लाइ प्रधानमन्त्रि अफ़र गर्दा समेत उनि प्रचण्डकै पाउ पुजा गरि आफ़्नो पार्टिगत आचरण मा रहनु माओबादी पार्टि को एकजुटता को पराकास्ठा हो जसको तुलनायोग्य उदाहरण न काग्रेस मा छ न एमाले मा वा अरु कुनै पार्टि मा! यहि परिस्थिति एमाले वा कान्ग्रेस् मा भयेको भये ति पार्टिका नेताहरु हरु हान थाप गरेर १२ टुक्रामा बिभाजित भै सक्थे! यसैले यो एकजुटता को प्रतिफ़ल नै आज माओबादी ले हारिसकेको युद्ध जित्नु हो! यो अरु कुनै पार्टि बाट सम्भव छैन!

२. गाउ मा माओबादी मात्र हावि हुनु:
गाउमा माओबादी इतर कुनै पार्टि का कार्यकर्ता को जिवन सुरक्षित नरहेका कारण ले दिन दिन एमाले र कान्ग्रेस पार्टि का कार्यकर्ता हरु हराउदै माओबादी मै भासिदै गयेका छन्, प्रधान मन्त्रि र मन्त्रिमण्डल का सदस्य हरु खुल्ले आम आफ़्नो कार्यालय समेत जान सक्दैनन, आफ़्नै अफ़िस घर मा भुमिगत जिवन बितायेर एक बर्ष गुजार गर्न बाध्य भयेका हुन्; देशका जनता को के कुरा गर्ने? माओबादीलाइ कुनै कानुन, सम्बिधान को नियम ले नछुने भयेकाले जनता माओबादीको कुनै बिरोध र प्रतिकार गर्न सक्दैनन, सारा रास्ट्र नै अहिले माओबादी को कब्जामा भयेको यथार्थ हो; माओबादी लाइ जतिसुकै झुठ बोल्न, हिन्शा गर्न र जस्तो सुकै अपराध गर्न खुल्लेआम छुट भयेको अवस्थामा अन्य पार्टि का समर्थक हरुको जिवन सुरक्षित नरहनु स्वभाविक पनि हो! यो नै माओबादी हरु को उर्जाको स्रोत हो!

३. शहर मा समेत माओबादी त्रास्:
माधव कुमार नेपाल जसरि पनि सम्बिधान सभा लाइ बचाउन बाध्य थिये किनकि सम्बिधान सभा को म्याद गुज्रन गयेको अवस्था मा सारा बुद्धि जिवि बर्ग, पत्रकार, मानवाधिकारबादी देखि अन्य सर्वसाधारण को भिड समेत माओबादीको रातो झण्डा र खुकुरि को डर ले माकुने लाइ नै दोश दिन तयार भयेर बसेको थियो, "किन माकुनेले प्रचण्ड ले भनेको खुरुक्क नमानेर सम्बिधान सभाको म्याद बढायेन" भनेर सम्पुर्ण दोश माकुने मा पर्न जाने थियो, यो कुरा लाइ माओबादी हरु ले गगन भेदि नारा लगायेर चर्काउने थिये, पत्रिका हरु लाइ अफ़्नो समर्थन मा लेख्न बाध्य पार्ने थिये

४. अराजकता को फ़ायदा माओबादीलाइ:
सबै भन्दा महत्वपुर्ण कुरो चै के थियो भने सम्बिधान सभा खारिज हुने बित्तिकै माओबादी ले अहिले को सरकार, रास्ट्रपति, प्रधान मन्त्रि र सम्पुर्ण सरकार लाइ अबैध घोषणा गरिदिने थिये, उनिहरु लाइ जति पनि चन्दा र लुटपाट गर्ने छुट भयेकाले उनिहरु को अनन्त पैसाले देश खुकुरि र रातो झण्डा को जुलुस ले घन्किने थियो र अहिलेको सरकार ले थेग्न सक्ने स्थिति हुनेथियेन; सम्बिधान नभयेको स्थिति मा सरकारबादी पार्टि भन्दा माओबादी हरु धेरै गुणा ले शक्तिशालि हुनेथिये; अन्योल र अराजकताको स्थिति ले उनिहरु लाइ जति उर्जा कसैलाइ प्रदान गर्ने थियेन, राजधानि बाहिर एमाले र कान्ग्रेस कार्यकर्ताबिहिन पार्टि का अवशेश मात्र हुनेथिये, राजधानिका नेता हरु चै अहिले जस्तै बन्दिको जिवन जिउनु पर्ने थियो

यो सम्भावना लाइ नजर मा राख्दै, आफ़्नो औकात र क्ष्यमतालाइ पहिचान गर्दै, आफ़्नो अस्तित्व जोगाउन पार्टिहरु माओबादी सग झुक्न बाध्य भयेका हुन्! हुन त अन्य पार्टि हरु को अस्तित्व त अब झन् के बाकि रहला, किनकि अब प्रचण्ड प्रधानमन्त्रि भयेपछि कुनै अन्य पार्टि का कार्यकर्ता गाउमा बाकि रहने छैन, द्रुत गतिमा माओबादी मा झन् झन् पलायन हुने छन्, किनकि सबैले बलेकै आगो ताप्ने हुन्, तर तत्कालै पतन हुने कि ढिलो ढिलो बिलय हुने भन्ने मा चयन गर्दा तत्काल को सन्कट भन्दा बिस्तारै बिलय हुने मार्ग छानेको हुन सक्तछ, र यसैकारण पनि माकुने ले झुक्ने निर्णय गरेको हुन सक्छ!

बिडम्बना पनि कस्तो! सन्सदबादी हरु दलको लागि निति उनिहरुको साथ मा थियो, कानुन उनिहरुको साथ मा थियो, सारा अन्तररास्ट्रिय शक्ति उनिहरुको साथ मा थियो र देश का केहि होलाकि भनेर पर्खि बसेका मौन जनता उनिहरु को साथ मा थिये, त्यतिहुदा हुदै पनि एउटा आतन्ककारि, हत्यारा हरुको जमात को सामुन्ने घुडा टेक्न बाध्य भये; यो ऐतिहासिक नालायकिपना को पराकास्ठा नै हो भन्नु पर्छ

एमाले वा कान्ग्रेस मा कुनै साहसिलो दुरदर्शि, नेत्रित्वदायक र देशभक्त ब्यक्तित्व नहुनु दुर्भाग्य हो

3 comments:

  1. sampadak jee katwal bolay ko hoina uml ra cangress bolay ko hoo . katwal laee e dubai party lay bokay ko hoo. katwal ko pachhi lagay ra ta country khatam hunchha . ma hall uk ma chhu ma ex british army ko manchy ho ra genral bhaya ko person lay poltical word garnu huddain thiyo jaba waha on service ma hudda tapain USA ma hunu hunchha kay usa ARMY chief katwal jast oldai heenay ko chha ra ?

    ReplyDelete
  2. ram prasad jee comment send garray tara publish bhayana jasto chha . mail address dipakthapa7192@hotmail.com

    ReplyDelete
  3. Do you think he did brave job? Any Nepali soiled general does not ask India to intervene. If Nepal army is professional they don't hate rich or poor? In fact he is coward and take the help of India, instead of taking the help of Nepali people, to save his personal desire. He made the army of Nepal, devoted to elite group.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक