20100529

कांग्रेस-एमाले र माओवादीबीच मतभेद सुरु !

पाँच दिनभित्र प्रधानमन्त्रीको राजीनामा आएपछि माओवादीसँग सम्बन्धित जग्गा फिर्ता, सेना समायोजन, वाईसीएलको अर्धसैनिक संरचना विघटनबारे छलफल हुने माओवादी नेताहरूको भनाइ

Breaking News......
प्याकेजमा सहमति खोज्ने सहमतिसँगै संविधानसभा म्याद थपिएको २४ घन्टा नबित्दै प्रधानमन्त्रीको राजीनामाको समयसीमाबारे सत्तासीन कांग्रेस-एमाले र प्रमुख प्रतिपक्षी माओवादीबीच मतभेद सुरु भएको छ । कांग्रेस र एमालेले शुक्रबार भएको तीनबुँदे सहमति कार्यान्वयन सुनिश्चित भएमात्र प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिने बताएका छन् भने वर्तमान सरकार विघटन अब छलफलको विषय नै नभएको तर्क गर्दै पाँच दिनभित्र राजीनामा आउनुपर्ने अडान माओवादीले राखेको छ । शनिबार बिहानदेखि सुरु भएको पछिल्लो विवादमा सहमति खोज्न तीनदलका शर्ीष्ानेताले आइतबारदेखि छलफल सुरु गर्ने स्रोतले बतायो । आइतबार नै सत्तासीन १० दलको बैठक पनि ....
बस्दैछ । 'प्रधानमन्त्रीको राजीनामा अब छलफलको विषय होइन,' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले  भने, 'राजीनामा र अरू राजनीतिक विषयबीच कुनै सम्बन्ध नै छैन, अब त राष्ट्रिय संयुक्त सरकारको स्वरूप र नेतृत्वबारे मात्र छलफल हुन्छ ।'  एमाले र कांग्रेसका शर्ीष्ानेताबीच शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्याकेजमा सहमति कार्यान्वयन सुनिश्चित भएपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिने सहमति बनेको छ ।

पाँच दिनभित्र प्रधानमन्त्रीको राजीनामा आएपछि माओवादीसँग सम्बन्धित जग्गा फिर्ता, सेना समायोजन, वाईसीएलको अर्धसैनिक संरचना विघटनबारे छलफल हुने भनाइ माओवादी नेताहरूको छ ।

'हामीले संविधानसभाको म्याद थप्न मात्र माओवादीसँग तीनबुँदे सहमति गरेका हौं,' कांग्रेस-एमाले छलफलको विषय उद्धृत गर्दै एक सहभागीले भने, 'प्याकेज सहमति कार्यान्वयन निश्चित नभएसम्म राजीनामा दिने सम्झौता भएकै छैन ।' माओवादी, कांग्रेस र एमालेबीच यसअघि नै ६ बुँदे सहमति भएको थियो । बैठकमा सहभागी एमाले-कांग्रेस नेताहरूले प्रध्ाानमन्त्री नेपाललाई निर्धक्क काम गर्न सुझाव दिएका थिए ।

संविधानसभाको म्याद सकिन एक घन्टा बाँकी रहँदा शुक्रबार मध्यरातमा तीनदलका शर्ीष्ानेताबीच संविधानसभाको म्याद एक वर्षथप्ने, सहमति र सहकार्यका साथ अघि बढ्ने तथा सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न प्रधानमन्त्रीले अविलम्ब राजीनामा गर्ने सहमति भएको थियो ।

दर्ुइदलीय बैठकका अर्का सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभाको म्याद थपपछि सरकारको आधिकारिक धारणा तय गर्न र तीनबुँदे सहमतिको समीक्षा गर्ने विषयमा बैठक केन्द्रित रहेको बताए । 'माओवादी जहिले राष्ट्रिय सहमतिमा आएर राजनीतिक निकास दिन्छन् त्यही बेला प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ,' पौडेलले सञ्चारकर्मीसँग भने ।

अर्का सहभागी एमाले महासचिवर् इश्वर पोखरेलले अन्तिम समयमा भए पनि तीनदलबीच भएको सहमतिलाई सकारात्मक लिनुपर्ने ठहर बैठकले गरेको सुनाए । 'अब निकासको प्रक्रिया सुरु हुन्छ,' पोखरेलले राजधानीसँग भने, 'सहमति भएकै दिन प्रधानमन्त्रीबाट राजीनामा आउँछ ।'

माओवादीलाई सहमतिमा नल्याई शान्ति प्रक्रिया र संविधान निर्माण सम्पन्न गर्न नसकिने भएकाले सबैको जित हुने बिन्दुमा तीनदल आउनुपर्ने पोखरेलको भनाइ थियो ।

बैठकमा कांग्रेस कार्यबाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपाध्यक्ष गोपालमान श्रेष्ठ, महामन्त्री विमलेन्द्र निधि तथा एमालेबाट नेता केपी ओली, प्रदीप ज्ञवालीसहित केही मन्त्रीहरू सहभागी थिए । छलफलपछि प्रधानमन्त्री नेपालले सहभागीसँग सामूहिक तस्बिरसमेत खिचेका थिए ।-

3 comments:

  1. माकुने ले राजिनामा दिनु भनेको अहिले माओबादी लाइ सत्ता दिनु जस्तै जस्तै नै हुन सक्छ जुन काम भनेको एमाले-कान्ग्रेस लगायत बाकि सबैजसो पार्टि हरु को लागि आत्महत्या वा हाराकिरि (आफ़्नो भुडि आफ़ै काटेर गर्ने आत्महत्या) नै हो ! माओबादी पुर्ण रुपमा निशस्त्र नभयेसम्म प्र. म. ले कुनै हालत मा राजिनामा दिनु हुन्न

    ReplyDelete
  2. This means Nepalese are very fool and all the journalism are for mockery. Whatever is written in the treaty letter,it does not matter, PM should step down. Maoist has not said majority gov. they said national consensus gov. which is the absolutely right according to natural law of governance because in such gov. not a single party can do something and this is the gov to make constitution not to rule.

    ReplyDelete
  3. desle nikaas npaaunuma dalharuko kamjodi chh naai tar yaso bhaner ani desle nikaas paaunn yaso bhayako hunaale yasko bdimatramaa thulo dalko natale maaobadiko dhamndako sikar aaja rastle bhagnu pareko athat baastmaa jantale bujhnu aawsyak chh

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक