20100618

पूर्वराजा ज्ञानेन्द्र शाह भेटघाटमा ब्यस्त

बारा,४ असार ।  पूर्वराजा ज्ञानेन्द्र शाह विहान बारामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पुगी पुजा अर्चना गरेका छन्  । बिहान १०ः४५ बजे गढीमाई पुगेका पूर्वराजा शाहले करिब २५ मिनेट समय पुजा अर्चनामा खर्चेका थिए । सवारीका क्रममा उपस्थित शुभेच्छुकहरुको भीड्ले बाराको कलैया सडकखण्डमा अन्य यातायातका साधनहरु केहीवेर चलेका थिएन् । गढीमाई मन्दिर परिसर वरीपरि जनपथ प्रहरी सशस्त्र प्रहरी र सादा पोशाकका प्रहरीहरुले कडा सुरक्षा दिएका थिए । सोही दिन विहान पर्सा बीरगंज स्थित विन्दवासिनी मन्दिरमा पुगी करिब १५ मिनेट पुजा अर्चना गरेका थिए । सोही दिन दिउसो करिब डेढ बजे बीरगंजमै रहेको गुरु द्धारमा पुगी पुजा अर्चना गरेर करिब २ बजे पुनः बारा सिमरा स्थित प्रभु शमशेर राणाको निवासमा फर्केका थिए । शनिवार बिहान रौतहटको शिवनगर स्थित शिव मन्दिरमा पुजा अर्चना गर्ने कार्यक्रम ....
रहेको छ ।
      बारा पर्साका मन्दिरहरुमा पुजा अर्चना पछि शुभेच्छुकहरुसंग भेटघाटमा ब्यस्त रहेका थिए । विहीबार दिउसो बीरगंज पुगी माईस्थान गहवामाई मन्दिरमा पुजा अर्चनापछि बीरगंज स्थित सम्झना होटलमा शुभेच्छुकहरुसंग भेटघाट तीब्र बनाउदै एक रात बिताएका थिए ।
      बुधवार बिहान काठमाडौंबाट बाराको सिमरामा पहिलो उडान बुद्धएयरबाट विमानस्थलमा आएका पूर्व राजा शाहले बाराको लिपनी ६ परवानीपुर स्थित श्री वैष्णवी दुर्गा मन्दिरको बुधवार बिहान उद्घाटन गर्देै आधा घण्टा पुजा आराधना समेत गरेका थिए ।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक