20100629

धान रोपाईमा सहभागी एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टीगत स्वार्थमा लागेर दलहरुले देशलाई बिदेशीको हातमा सुम्पन खाजेको आरोप
 एमाले उपाध्यक्ष बामदेव गौतमले दलहरुले देशलाई असफल बनाएर बिदेशीको हातमा सुम्पने खेल खेलिरहेको आरोप लगाएका छन्। राजधानीको टौदहमा किसान संघले गरेको धान रोपाई कार्यक्रममा सहभागी हुनुभएका एमाले उपाध्यक्ष गौतमले पार्टीगत स्वार्थमा लागेर दलहरुले देशलाई बिदेशीको हातमा सुम्पन खाजेको आरोप लगाएका हुन्। संविधानसभाको सबैभन्दा ठुलो दल माओवादीलाई सरकारमा जान नदिने खेलमा लागेर दलहरुले राजनीतिक गतिरोध श्रृजना गरिरहेको गौतमको दाबी छ। देशको तरल राजनीतिक अबस्थाको फाइदा उठाउंदै विदेशीको बिगबिगी बढेको गौतमको बताउनुभयो। अहिलको आवश्कता संविधान निर्माण भएको बताउदै उनले पार्टीगत स्वार्थलाई त्यागेर दलहरु संविधान निर्मामा अग्रसर हुनुपर्ने समेत बताए।



प्रधानमन्त्रिको कुर्सी मात्र देख्ने लोभिपापी नेता हो, यो समाचार पढ्न र यि फोटो हेर्न अनी यस्को मर्मा बुझ्न सक्छौ तिमीहरु !!! 

बद्रीकुमार न्यौपाने, ललितपुर, असार १५-  पुल्चोकस्थित आकाशे पूलमुनि सोमबार दिउँसो खानेपानीको............
फुटेको पाइपको पानीले नुहाइरहेका सुर्खेत स्याउलीचौरका सुवास पाण्डे। जन्डिसका विरामीले नुहाइरहनुपर्छ भन्ने डाक्टरलाई सुनेपछि उनी त्यहाँ बेला-बेला यसैगरी नुहाउने गर्छन्। उनको बास साढे तीन महिनादेखि सडक हुँदै आएको छ। सुवास आफ्नी ४१ वर्षिया दिदी सन्तु राईको उपचार राजधानी आएका थिए। वीर अस्पतालको ओपिडीमा उपचार गराउँदा निको नभएपछि खर्च अभावले दिदीभाइ सडकको बास गर्दै आएका छन्। सन्तुका पति कालिकोटमा सडक ज्यामी काम गर्छन्। उनीहरुले सुर्खेतबाट जम्मा सत्र सय रूपैया ल्याएका थिए। ‘यतिले काठमाडौं जान पुग्छ, काठमाडौंमा निशुल्क उपचार गरेपछि केही काम गरी फर्कने योजना थियो,' सुवासले भने, ‘केही दिनपछि म पनि विरामी परेँ।'

उनले दुई दिन ज्यामी काम पनि गरे। त्यो पनि 'अझ सस्ता ज्यामी भेटिएपछि' उनको मुखमा माड लाग्ने अवस्था आयो। त्यसमाथि जन्डिस लागेपछि कसैले दया गरी दिएको ओछ्याउनको साहारमा उनी पुल्चोकको एक पाटीमा रात काटिरहेका छन्। उनकी विरामी दिदी सुरक्षा होला भनी जावलाखेल प्रहरी कार्यालय नजिकै खुला चौरमा रात बिताँउछिन्। दिउँसो पुल्चोकको ओभरहेड ब्रिजमुनि लडिरहन्छिन्।

‘राति सुत्दा अनेक मान्छे आएर दुःख दिन्छन्, खल्ती छामछुम पार्छन्। मसँग भएको एक सय नजिकैको एक पसलेलाई राख्न दिएको छु ' उनले भने। दुई महिनाअघि घरमा चिठी लेखे पनि उनले जवाफ पाइसकेका छैनन्। ‘कोही लिन आँउछन् कि?' उनले भने। उनको घरमा हजुरआमा, बा र आमा तथा छुट्टी भिन्न भएका एक दाइ छन्।

2 comments:

  1. k gerna sakincha ra khai yeha basera chukchukauna bahek bichara tyesta dherai subash chan jasko kunai adhar chaina khai tee thula thula bhasan kari harule k gare kina yo garibiko jadd badhi cha ...

    ReplyDelete
  2. k gerna sakincha ra khai yeha basera chukchukauna bahek bichara tyesta dherai subash chan jasko kunai adhar chaina khai tee thula thula bhasan kari harule k gare kina yo garibiko jadd badhi cha ...

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक