20100907

नालायक नेता र कथित ६०१ सभासदका कारण मुलुक प्रधानमन्त्री बिहिन, ७ पटक मा पनि प्रचन्ड र रामचन्द्रले हारे, आठौं चुनाव असोज १० मा

प्रधानमन्त्रीका लागि सातौं पटकको चुनावमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कङ्ग्रेस नेता रामचन्द्र पौडेल पराजित भएका छन्। दाहालले २ सय ५२ मत ल्याएका छन्। उनको विपक्षमा १ सय १० मत पर्‍यो भने तटस्थमा १ सय ५९ मत रह्यो। उनको मतदानका बेला ५ सय २१ सभासद् उपस्थित थिए। यसैगरी पौडेलको पक्षमा १ सय १९ मत परेको छ भने विपक्षमा २ सय ४५ मत पर्‍यो। ५ सय १५ उपस्थित सभासद्‍मध्ये १ सय ५१ मत तटस्थ रहे। यस पटक प्रधान मन्त्रीमा माओवादीलाई मत दिने निर्णय गरेको मधेशी जनअधिकार फोरमले उसलाई मत दिएन। आज पनि फोरम अघिल्लो चुनावझैं 'नो भोट' को अवस्थामा बस्यो। हिँजोमात्र फोरमले मधेशी मोर्चाबाट अलग भई माओवादीलाई मत दिने निर्णय गरेको थियो। फोरम.......
लोकतान्त्रिक भने मतदान प्रक्रियामै सामेल भएन। प्रधानमन्त्रीको आठौं पटकको चुनाव असोज १० मा हुने भएको छ। मङ्गलबार भएको चुनावबाट पनि प्रधान मन्त्री चयन हुन नसकेपछि संसदको अर्को बैठक असोज १० गते दिउसो ३ बजेका लागि बोलाइएको हो। प्रधान मन्त्री माधवकुमार नेपालले गत असार १६ गते राजिनामा दिएपछि अहिलेसम्म ७ पटक चुनाव भइसकेका छन्। ती सबै निर्वाचनमा व्यवस्थापिका-संसदमा कायम रहेको सङ्ख्याको ५१ प्रतिशत (३००) मत प्राप्त नगरेका कारण कुनै पनि उम्मेदवार निर्वाचित हुन सकेका छैनन्।
शान्तीको भीख मागिरहेछ !- -मित्र लाल पार्दे "हिमाल" पोल्यान्ड
कस्तो आतंक ,कस्तो हो यो वर्तमान
अत्याचारी दानवहरुका कर्कश स्वरले अजय पहाड पनि
थर थर काँपीरहेछ ।........

कौरवहरुको
चक्रव्यूहमा पाण्डवहरु
महासंग्राममा भिडिरहेछन् ।

अन्तर्पीडाको रापले द्रौपदीहरु कोक्काइरहेछन् ।
सञ्जयको आँखाले पनि हेर्न नसक्ने गरी
विभाजनका रेखा कोर्ने अमीन हरुले
निमेश भरमै
मध्य निशामा
प्रेम भाईचाराका गिरी श्रीँखलाहरु चर्काइ रहेछन् ।

बलात्‍कृत आमाको रोदनमा
आलो रगत तन्काउने
महिशासुरहरु
आमा छट्पटाउदा अट्टहास खित्का छोडिरहेछन् ।
सहयात्रीको निर्दोश रगत तन्काएर
रक्तपीपासुहरु
चरम त्रिप्तीको अनुभूती गरिरहेछन् ।
अनि
आफूलाई समान देखाउन
धर्म निरपेक्षताको नाउँमा नौटंकी नाटक रच्ने
विध्वंशकारी कलाकार जन्मिरहेछन् ।

जन्मगत असहय अहंकारले
कथीत बुज्रुकहरु उपमती खोजिरहेछन् ।
बुद्दत्वलाई तुर्लुङ्याउने यमदूतहरु
सन्नी पातको बिरामीले मेरी आमा छट्पटाउदा रमिते बनिरहेछन् ।
उपचारको निहुमा बूढी आमा बलत्कार गर्ने डक्टरहरु
शीरमा कात्रो बोकेर हिंडेको हेर्न चाहने
कूम्भकर्ण र लम्बकर्णहरु
इथोपिया झै कङाल बनाउने त होइनन् ।
हैटीका घरहरु ढले झै
मेरी आमाका सपनाहरु ढाल्ने त होइनन् !
म डराइरहेछु,
रिनै रिनले सगरमाथा चुलिदा
मेरी बसुन्धरा लीलाम त गर्ने होइनन् !
गिद्द दृष्‍टि हेर्ने प्यादाहरु
कमिलालाई गुलियो दिए झै फकाइरहेछन् ।
बुद्ध पाषाण मुर्तीमा अंकित्
बलिको बोका झै जनताहरु
अर्बुद रोगको पीडाले लुम्बिनी छट्पटाइरहेछ ।
भिखारी बुढो झै मेरो सगरमाथा
माया प्रेम भाईचारा एकता

शान्ती ।।।।। शान्ती ।।।। शान्तीको भीख मागिरहेछ ।


Dashain-Tihar Celebration 2010 Montgomery County, Maryland


Dear Nepali Community Members,

After a grand success of last year Subhakamana Sanjha” in Gaithersburg, Nepali community from Montgomery County, MD is organizing “Dashain-Tihar Celebration 2010. On this auspicious occasion of the great festivals, all the friends and families of Nepali community are kindly invited for its grand celebration.

This moment of celebration gives us an opportunity to entertain and preserve the Nepali cultures. Also, it brings family and friends more close and united. Mirage Band is ready to rock the opening session, Nepali delicacies will be served, and the well known Nepali DJ will be there to make this event more joyful. Children’s activities and much more indoor/outdoor games will be arranged. Let’s celebrate our festival together and make it fun and memorable. Please mark your calendar for this day long event as follows: 

Date:  Saturday, October 16, 2010
Time: 11:00 am – 6:00 pm
Venue: Nepal Educational and Cultural Center
Free entrance and free delicious food
Address: 20520 Beallsville Road
Beallsville, MD 20839
  
For more information:
Khilendra Mani Neupane 301-987-0588; Rosan Pratap Rana 240-938-9302; Makar Rayamajhi 240-644-2318; Rajendra Rimal 240-498-4445; Shishir Upadhyaya 240-338-1397; Lal B. Thapa 240-751-6299; Dhaneshwor Sharma 240-421-3625; Rajaram Aryal 240-994-1171; Keshab Paudel 240-543-1275; Bhairab Dhakal 240-477-5720; Hari Sharma 301-674-1600; Shiva Sharma 240-421-3466; Sumitra Nirola 301-330-4576; Dhurba L. Shrestha 240-498-1504; Saroj/Krishna Prajapati 301-926-1806; Gopal Rayamajhi 301-793-3357; Dipesh Mudwari 240-620-1294; Lok Tiwari 301-332-1427; Shanta Katwal 301-938-9380; Tilak Tiwari 301-302-1427; Manju Dhungel 240-477-7705; Raj Kumar Karki 240-994-1407.


1 comment:

  1. ye gada haru lai jutta ko mala lagaya ra shahar parikarma garnu parcha

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक