20100921

कांग्रेसको नयाँ नेतृत्वका लागि निर्वाचन, मतगणना सुरु

कांग्रेसको नयाँ नेतृत्वका लागि बिहानदेखि भएको मतदान साँझ सकिएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको मतदानमा ३ हजार ३७ मतदाता सहभागी भएको निर्वाचन समितिले जनाएको छ । राति ८ बजेदेखि मतगणना सुरु हुने,  पहिलो चरणमा सभापतिको मतगणनामात्र सुरु हुने छ । निर्वाचनमा संस्थापनबाट सभापतिमा सुशील कोइराला, महामन्त्रीमा प्रकाशमान सिंह र कोषाध्यक्षमा पद्मनारायण चौधरी, देउवा प्यानलबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्री विमलेन्द्र निधि र कोषाध्यक्षमा चित्रलेखा यादव तथा तेश्रो धारबाट सभापतिमा भीमबहादुर तामाङ र महामन्त्रीमा नरहरि आचार्य मैदानमा छन् । ६१ सदस्यीय केन्द्रीय सदस्यका लागि ३ सय ३६ मैदानमा छन् ।
 मैले त अमेरिकामा बसेर नेपालीहरु कुरौटे मात्र बनेको पाएँ

- अनिल पाण्डे
अमेरिकामा केही समययता सगरमाथाको नाम अलि बाक्लै सुन्न थालिएको छ । नेपालीहरुले ुआइुएम अ सिटिजन अफ द कन्ट्री ह्वेयर इज माउन्ट एभरेष्टु भन्दै विदेशीलाई परिचय दिने गरेका कारणले सगरमाथाको नाम सुन्ने गरिएको होइन । केही समयअघिसम्म नेपालबाट विविध कार्यक्रममा गाँसिएर अमेरिका आएका नेपालीहरु...
यसै शैलीमा आपुनो परिचय दिने गर्थे । तर त्यसरी परिचय दिनेहरुले बारम्बार मुखभरिको जबाफ पाउन थाले । ुयस यु बिल्ड द माउन्ट एभरेष्ट १ु भनेर विदेशीहरुले कटाक्ष गर्दै प्रतिकि्रया जनाएपछि सगरमाथाको आडमा आपुना अकर्मण्यता लुकाउँदै परिचय दिने नेपालीहरु जिल्ल परे । ुमेरो आकाशमा चन्द्रमा छु भनेर नाक फुलाउनुजस्तै सगरमाथा र गौतमबुद्धका नाममा गौरव गर्नु हो भन्ने चेत उनीहरुलाई खुल्यो । जसमा आपुनो केही योगदान नै छैन त्यसमा फुर्ती लडाउनुको के अर्थ

विश्वमा तेस्रो ध्रुव पनि भनेर पुकारिने सगरमाथा वातावरण विनाशका कारण आज चर्चामा आएको हो । जलवायुको परिवर्तनका कारण पृथ्वीमा बढ्दै आएको तापमानले सगरमाथा धौलागिरि अन्नपूर्ण माछापुच्छ्र्र्ेआदि हिमालयहरु रित्ता पहाडमा रुपान्तरित हुने क्रममा छन् । यही जानकारी विश्वलाई दिने प्रयास अमेरिकामा पनि भैरहेको छ । ुहिमालय बचाऊ को नारासहित संयुक्त राष्ट्रसंघको भवनअगाडि न्यूयोर्कमा प्रदर्शनी गरिनु विश्वलाई एकसाथ सन्देश दिने राम्रो विचार हो । २१ सेप्टेम्बरको एक दिन राष्ट्रसंघको ६५ औं महासभालाई देखाउने उद्देश्यले गरिएको जुलुस प्रदर्शनीमा २९ जना सगरमाथा आराहीहरु नै सरिक हुने कार्यक्रम प्रभावका दृष्टिले सामान्य हुन पनि सक्तैन ।

जोखिमपूर्ण पर्वतारोहणमा सरिक चर्चित व्यक्तित्वहरु अगाडि उभिएर गरिएको प्रदर्शनी आम नागरिकका लागि स्वभावतः आकर्षणको विषय हुन्छ । यस प्रदर्शनीलाई सफल बनाउन अमेरिकास्थित नेपाली राजदूतावासले १६ सेप्टेम्बरकै दिन अमेरिकामा रहेका गैरआवासीय नेपालीलाई आह्वान गरिसकेको थियो । वातावरणप्रति संवेदनशील विभिन्न संघ-संस्था तथा व्यक्तिहरुको सहभागिताका कारण यसको संख्यात्मक आकार पनि प्रभाव दिने स्तरको हुने नै भयो ।

अमेरिकाको यो प्रदर्शनी नेपालका हिमालहरुमा हिउँ हराएको बेला भएको त छ नै साथमा राजनीतिक अस्थिरताले सगरमाथा चुमेको समयमा पनि भएको छ । सात-सात पटकसम्म प्रधानमन्त्रीका लागि भएको संसदीय निर्वाचनबाट पराजित उम्मेदवारमध्ये एक पुष्कमल दाहाल प्रचण्डले थाकेर मैदान छोड्ने घोषणा गरेको र अर्का एक प्रत्यासी नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल अलमलमा परिरहेका बेला यो प्रदर्शनीको कार्यक्रम आयोजना हुन पुगेको छ । पौडेलले पनि तत्काल मैदान नछोड्ने हो भने असोज १० को आठौं चरणको निर्वाचनमा एक सय २० सांसद् मात्र निर्वाचन प्रकि्रयामा सरिक हुने सम्भावना छ । एमाले र माओवादीमध्ये एकले पनि साथ निदंदा कुनै पनि अवस्थामा रामचन्द्रलाई बहुमत पुग्दैन । मधेशी जनअधिकार फोरम तमलोपाआदिले सघाउँदा पनि पौडेललाई ३०१ पुग्दैन । तापनि यी हरफ लेख्दासम्म उनले मैदान छोड्ने र नयाँ प्रकि्रयाबाट प्रधानमन्त्री चयन गर्न मार्गप्रशस्त गर्ने निर्णय गरिसकेका छैनन् । यस्तो तरल राजनीतिले मुलुकलाई अन्योलग्रस्त बनाइरहेकै बेला आयोजित यस प्रदर्शनीले नेपालप्रतिको थप आकर्षण बढाएको छ । राजनीतिक अस्थिरताको मुलुकमा स्थिर हिमालयहरु छन् भन्ने सन्देश विश्वले पाएको छ वा पाउने छ ।

वस्तुतः नेपालमा अस्थिरभन्दा स्थिर प्रकृतिका वस्तुहरु नै धेरै छन् । दुर्भाग्यवश राजनीति वा व्यवस्थापन पक्ष अस्थिर रहेका कारण नेपालको छवि संसारमा एक अस्थिर प्रकृतिको मुलुकका रुपमा स्थापित भएको हो । नेपालको कला धर्म संस्कृति परम्परा भौगोलिक स्थितिआदि स्थिर छन् । यसको अस्तित्वमाथि कसैले चुनौती दिन सक्दैन । सानो उदाहरण जो निकै नयाँ पनि छ लिने हो भने केही साताअघि मात्र अमेरिकाबाट नेपाल फर्केको हास्य-व्यंग्य टेलिश्रृंखला तीतो सत्यको कलाकार टोलीलाई सम्झन सकिन्छ । कलाकार तथा सर्जक दीपकराज गिरी दीपाश्रीआदिको टोली अमेरिकामा रहेका नेपालीलाई पनि चलचित्रमा समेट्ने उद्देश्यले सातसमुद्र नाघेर यहाँ आएको हो । आपुनो मुलुकप्रति उनीहरुको चिन्ताको स्तर हेर्दा चिन्तारहित कोही छ भने नेपालमा राजनीतिज्ञहरु मात्र छन् भन्न करै लाग्छ । कलाकारको छातीभरि देशप्रेम सगरमाथा जस्तै अटल भएर कुँदिएको प्रष्ट अनुभव गर् यो यस पङ्क्तिकारले ।

यस लेखकलाई पातालतिर अड्किएका एक कलाकारका रुपमा प्रस्तुत गर्दै दीपकराज गिरीले चिन्दा प्रकट गर्नुभयो “अनिलजी मैले त अमेरिकामा बसेर नेपालीहरु कुरौटे मात्र बनेको पाएँ खालि यताको कुरा उता उताको कुरा यता ल्याउने कुरौटे । काम चािहं गतिलो केही पनि गर्न सकेको होइन ।” म दीपकजीको टिप्पणीप्रति गम्भीर भएँ हो वास्तवमा अमेरिकामा आएर नेपालीले आजसम्म गरेको काम भनेको कुरा नै हो । मुलुकको राजनीतिक अस्थिरताको कुरा सुन्यो यता ल्यायो अरुको आलोचना गर् यो । तर आफु ले चाही मुलुकको समृद्धि र स्थायित्वका लागि केही योगदान दिन नसक्यो । यही होइन अमेरिकामा रहेका नेपालीको मूल काम कुरा ठूला गर्ने र काम भने सानो पाउने । अमेरिकाको विज्ञान-प्रविधि उच्च शिक्षा र सामाजिक रुपान्तरणमा नेपालीको पहुँच ते ती धेरे आज सम्म छैन ।

विश्वको तेस्रो ध्रुव सगरमाथाको देश नेपाल आज कहाँ छ यस प्रश्नको जबाफमा हामीले भन्नैपर्छ अधिकांशतः निरपेक्ष गरिवीको रेखामुनि दुर्गम गाउँहरुमा परित्यक्त जीवन बाँचिरहेको छ । बाँकी नेपाल खाडी मुलुकमा दासजस्तो जीवन जिइरहेको छ । केही लामो छलाङ लगाउन सक्नेहरु अमेरिका र युरोपतिर छरिएका छन् तर स्थायित्व सिर्जना गर्ने उचाइ हासिल गरेका छैनन् । सगरमाथा स्थायित्वको प्रतीक हो तर नेपालीहरु अस्थायी जीवन लतारिरहेका छन् । यसलाई स्थायी बनाउन सगरमाथा र देशका सिर्जनशील कलाकारबाट सबैले पाठ सिक्नु आवश्यक छ ।

 रेडियो दोभानको दशौ वार्षिक  वनभोज कार्यक्रम मेरिल्याण्डको “क्याविनजोन रिजनल पार्क” मा  सम्पन्न

वाशिंटन डिसी मेट्रो क्षेत्रमा विगत दश वर्ष देखि संचालनमा रहेको संचार माध्यम रेडियो दोभानको दशौ वार्षिक  वनभोज कार्यक्रम मेरिल्याण्डको “क्याविनजोन रिजनल पार्क” मा यहि सेक्टेम्वर १९ तारिकका दिन सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि अमेरीकाका लागि नेपाली राजदुत शंकर शर्मा (पिएचडी)ले समुदाय, सामुदायिक संघ संस्था र संचार माध्यमका अन्तर सम्वन्धका वारेमा चर्चा गर्नु भयो । कार्यक्रमका अतिथि महावाणिज्यदुत प्रेमराजा महतले व्यक्तिले समुदाय निमार्ण गर्ने र समुदायले व्यक्तिको प्रगतिमा सहयोग पुर्याउने कारण हामीले समुदायको उन्नतिमा ध्यान पुर्याउन सक्नु पर्छ भन्ने भनाई आफ्नो मन्तव्यको क्रममा व्यक्त गर्नुभयो । कार्यक्रममा रेडियो दोभानका कार्यक्रम संचालीका गोमा संग्रौला र संस्थापक सदस्य निरञ्जनमान सिंह रेग्मीले पनि आ आफ्नो मन्तव्य राख्नु भयो । समुदायका संघ-संस्था र विषेश गरी संचार माध्यम विच ऐक्यवद्धता हुन जरुरी रहेको भनाई राख्दै रेडियो दोभानका कार्यक्रम निर्माता मुक्ती दवाडिले कार्यक्रम संचालन गर्नु भयो । आफ्नो संचार संस्था जस्तोसुकै परिस्थितीमा पनि समाजको सकारात्मक सहयोगका लागि तयार रहने अभिव्यक्ति सभापतिको आसनवाट रेडियो दोभानका संस्थापक अध्यक्ष नगेन्द्र पौडेलले राख्नु भयो । कार्यक्रममा डिसी मेट्रो वरपरका वासिन्दाको उल्लेखनिय उपस्थिती रहेको थियो ।

1 comment:

  1. may be you are just around those type of people.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक