20101026

अतिरिक्त प्रहरी महानिरीक्ष्यक नै लुटेरा र अपराधी भएको देशमा !

Breaking News........
गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक -एआईजी) कल्याणकुमार तिमिल्सिनालाई बर्खास्त गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुख रहँदा व्यापारी अपहरण, लुटपाट र तस्करीमा एआईजी तिमिल्सिनाको प्रत्यक्ष संलग्नता र संरक्षण रहेको ठहरसहित गृहले बर्खास्त गर्ने निर्ण्र्ााहितको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको हो । गत वर्षो ११ कात्तिकमा चिनियाँ व्यापारीहरूको तीन लाख २८ हजार डलर लुटपाट गरेको, व्यापारी सञ्जय सुरेखाको अपहरणकारीलाई संरक्षण दिई फिरौती लिने काममा संलग्न भएको र ठूलो परिणाममा चाँदी छुटाएको अभियोगमा दोषी ठहर गर्दै उनलाई बर्खास्त गर्न गृहले प्रस्ताव पेस गरेको हो । गृहको प्रस्तावलाई मुख्य सचिव माधव घिमिरेले सोमबारको....
मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरेका हुन् । प्रस्तावमाथि छलफल भएपनि गृहमन्त्री भीम रावल नेपालमा नरहेका कारण निर्ण्र्ााहुन सकेन । मन्त्री रावल हाल कोरिया भ्रमणमा छन् ।
सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री आएपछि निर्ण्र्ाागर्ने भन्दै प्रधानमन्त्री माधवकुमार नेपालले एआईजी तिमिल्सिनालाई बर्खास्त गर्ने प्रस्तावलाई अर्काे बैठकका लागि सारेका छन्
केही मन्त्रीले भने गृह मन्त्रालयबाटै प्रस्ताव आएकाले तत्काल बर्खास्त गर्न दबाब दिएका थिए । एआईजी तिमिल्सिनामाथिको अभियोगबारे गृह मन्त्रालयका एक सहसचिवले लामो समयदेखि अनुसन्धान गरिरहेका थिए ।  स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले पुनः सहसचिवस्तरीय अनुसन्धान टोली गठन गरेको थियो ।
'प्रहरी नै लुटपाट र अपहरण जस्तो गम्भीर अपराधमा संलग्न हुन्छन् भने उनलाई बर्खास्त गर्नुको विकल्प नभएको गृहको ठहर हो,' मन्त्रालय स्रोतले भन्यो । मन्त्रालयको अनुसन्धान टोली र प्रहरीको प्रतिवेदन दुवैमा एआईजी तिमिल्सिनालाई दोषी ठहर गरिएको छ । दुवै प्रतिवेदनको आधारमा मन्त्रालयले उनलाई बर्खास्तगीको सिफारिस गरेको हो ।
अपहरण तथा लुटपाटको घटनामा उच्च प्रहरी अधिकृतलाई बर्खास्तीको सिफारिस गरिएको यो पहिलो घटना हो । एआईजी तिमिल्सिना पदीय दायित्वविपरीत चलेको भन्दै प्रधानमन्त्री नेपाल र गृहमन्त्री रावलको निर्देशनमा गत वर्षो १ मंसिरमा प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक -डीआईजी) राजेन्द्रसिंह भण्डारीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले लामो अनुसन्धानपछि चिनियाँ व्यापारीको तीन लाख २८ हजार डलर लुटपाट, व्यापारी सञ्जय सुरेखाको अपहरण जस्ता जघन्य घटनामा तत्कालीन उपत्यका प्रहरी प्रमुख तिमिल्सिनाको संलग्नता रहेको प्रमाणसहित प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा अपहरणकारी हरि अग्रवालले सुरेखाको परिवारबाट तीन लाख डलर दर्ुबईमा फिरौतीबापत बुझेको भए पनि तिमिल्सिनासमेत संलग्न रहेको ठहर गरेको थियो । समितिले अग्रवाललाई एआईजी तिमिल्सिना नै जमानी बसेर छाडेका थिए । उनी हालसम्म पनि फरार छन् ।
यसैगरी, थानकोटमा पक्राउ गरिएको २० किलो अवैध चाँदी  तिमिल्सिना स्वयं पुगेर छुटाएको तथ्य पनि भण्डारी प्रतिवेदनले देखाएको थियो । तिमिल्सिनाको सो कामबारे तत्कालीन थानकोटका इन्चार्ज प्रहरी निरीक्षक अंकुर जीसी र काठमाडौंका प्रमुख तत्कालीन प्रहरी उपरीक्षक नवराज सिलवालले लिखित रूपमा प्रहरी महानिरीक्षकलाई उजुरी गरेका थिए । प्रहरीले नै तयार गरेको प्रतिवेदनमा तिमिल्सिनालाई १० वर्षकैद सजाय र दर्ुइ वर्षो तलबबराबर जरिवाना गर्न सिफारिस गरिएको थियो । घटनाको छानबिन गर्न समिति गठन भएलगत्तै एआईजी तिमिल्सिनामाथि कारबाही गरी महानगरीय आयुक्तबाट हटाइएको थियो । उनी हाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यरत छन् ।
महानगरीय आयुक्त कार्यालयलाई अन्य एकाइको मातहतमा रहेको घटनामा आफैं अनुसन्धान गर्ने अधिकार छैन । झन्डै एक महिना लामो अनुसन्धानपछि डीआईजी भण्डारी नेतृत्वको छानबिन समितिले तिमिल्सना आफैं डलर काण्ड र अपहरण काण्डमा संलग्नता रहेको तथ्य फेला पारेको हो । चिनियाँ व्यापारीको तीन लाख २८ हजार डलर स्वयम्भूमा कार्यरत प्रहरी हवल्दार मकर श्रेष्ठ र जवान रामहरि सुवेदीले सोनाम शर्ेपाबाट  लुटेका थिए । सो घटनामा संलग्न भएको आधारमा प्रहरी हवल्दार श्रेष्ठ र जवान सुवेदीलाई ११ कात्तिकमा तिमिल्सिनाले पक्राउ गरी आफैं अनुसन्धान गरेका थिए ।


नेपाली समुदायलाई व्यावसायिक सीपको अवसर
बिनालगानी मालिक बन्न सकिन्छ  
- अनिल पाण्डे
सन्दर्भ हालैको हो । अमेरिकामा केही वर्ष विताउनुका साथै एक-एक व्यवसायमा सफलता हासिल पनि गरि सकेका केही नेपालीहरु भेला भयौं ।  भेलाको उद्देश्य थियो- नयाँ आगन्तुललाई रोजगारीको अवसर प्रदान गर्ने । भेलामा सहभागी सबैले आपुनो व्यवसायका लागि उपयुक्त कस्तो व्यक्तिलाई रोजगारी प्रदान गर्न सकिन्छ व्यावसायिक सीप सिकाएर उसलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्नेबारे एक-आपसमा जानकारी गराए ।  अन्ततः नेपाली समुदायको उन्नतिका लागि म पाँच जनालाई व्यावसायिक सीप सिकाउन सक्छु म चारलाई म सातलाई…। भन्दै सबैले संख्या कबुल गर् यौं । यस लेखकलाई त्यो दिन निकै मीठो निद्रा पर् यो । नेपाली समुदायको उन्नतिका लागि आज कुनै न कुनै प्रकारको अवधारणा र प्रतिबद्धता आयो भन्ने लाग्यो । हामीले भेलाको निष्कर्षलाई एक थान विज्ञापनमा रुपान्तरित गर् यौं र प्रचार-प्रसारका लागि अनलाइन सेवामा उत्कृष्टता हासिल गरेको डिसी नेपालको सहयोग माग्यौं । यद्यपि त्यस प्रकारको विज्ञापन सार्वजनिक भएको एक महिना बित्यो तर त्यसको ठोस परिणाम भने मैले देख्न सकेको छैन । कमजोरी व्यावसायिक सीप सिकाउन खोज्ने हाम्रो पनि हुनसक्छ यसमा हाम्रा लक्षित वर्ग नै अनिच्छुक भएका पनि हुन सक्छन् । तर प्रतिफल आजसम्म यस पक्तिकारले देख्न पाएको छैन । सायद बीचमा टुप्लुक्क आएको बडादशैंले पनि बाधा पुर् याएको हो कि

जेहोस् यस लेखमा म र मेरी श्रीमती रिना पाण्डे दीक्षित संलग्न रहेको त्यस व्यवसायको उदाहरण दंदै अवधारणा अझ प्रष्ट पार्न चाहन्छु जसले इच्छुक व्यक्तिलाई यस अवसरको सदुपयोग गर्न सहज बनाउनसक्छ । उदाहरण साथीहरुको व्यवसायको पनि दिन सकिन्थ्यो तर त्यसका लागि म बढी हकदार होइन कि भन्ने मैले सोचें । आपुनो अधिकार जहाँ छ त्यसकै बारेमा केही बोल्नु ठीक हुने भएकाले म यम एण्ड एस थ्रेड स्यालनका बारेमा केही उल्लेख गर्दछु । यस स्यालनले प्रुेन्च आइज सुरु गरेको छ । त्यसमा व्यावसायिक दक्षता हासिल गर्न चाहने महिलाका लागि अवसर छ । खास गरेर केही आपुनै काम गरी आत्मनिर्भर हुन्छु परिवार पाल्छु र आर्थिक सफलता हासिल गर्छु भन्ने महिलाका लागि यो अवसर नै हो । बिनालगानी मालिक बन्न सकिन्छ कुनै प्रुेन्च आइज दिनुपर्दैन ।
तीन तारकाबाट प्रेुन्च आइज किन्न सकिन्छ । पहिला नै केही आर्थिक लगानी गर्छु गर्नसक्छु भन्ने लाग्छ भने ५० प्रतिशत शेयर हालेर मालिक बन्न पनि सकिनेछ । होइन म काम गर्छु र त्यसको पारिश्रमिक शेयरमा रुपान्तरित गर्छु भन्ने हो भने पनि स्वागत छ । आधा शेयर मात्र किन म पूरै शेयर किनेर तत्कालै मालिक बन्छु भने पनि त्यो क्रेताको विचारमा छोडिएको छ । पैसा लगानी गर्नसक्ने भए व्यावसायिक सीपका लागि किन यता-उता भौंतारिइ रहनुपथ्र्यो मलाई त काम पनि चाहिन्छ र त्यसको प्रतिफल वा तलब पनि दिनुपर्छ भन्ने तपाईंको सोच हो भने त्यो गर्न पनि स्यालन तयार छ । तर तपाईंको पारिश्रमिक त्यति नै हुन्छ जति तपाईंको सीप छ ।
यम एण्ड एस थ्रेड स्यालन स्थापना भएको पाँच वर्ष भयो । यसले गुडविलका लागि राम्रै लगानी गरिसकेको छ । अब त्यो सम्पूर्ण लगानी नेपाली समुदायको व्यावसायिक सीपका लागि उद्देश्यमूलक ढंगले लगाउने रिना र मेरो इच्छा छ । आफ्नै हातमा व्यावसायिक सीप भएपछि प्राप्त हुने जुन आनन्द वा शान्ति हो त्यसको अनुभव हामी दुवैले कठोर मेहनतपछि प्राप्त गरेका हौं । हामी यही शान्ति अमेरिकामा संघर्ष गरिरहेका आम नेपाली तथा नव आगन्तुकहरुले हासिल गरुन् भन्ने चाहन्छौं । यदि तपाइर्ं यो लेख पढिरहनु भएको छ र तत्काल थप जानकारी लिन चाहनुहुन्छ भने कत्ति पनि ढिला नगरी सम्पर्क गर्नुहोस् सेल ७३द्दद्धज्ञज्ञस७३द्दद्धण्ठस७३द्दद्धण्टस७३द्दद्धज्ञण्स७३द्दद्धज्ञज्ञस७३द्दद्धज्ञघस७३द्दद्धज्ञद्धस७३द्दद्धज्ञछस७३द्दद्धज्ञछस७३द्दद्धण्ठस र इमेल बलष्भखिष्ल२जयक्तबष्ि।अयु मा तपाईंलाई स्वागत छ । यसका बारेमा थप जानकारी लिन मदरल्याण्ड नेपालको वेबसाइट ुयतजभचबिललभउब।अयु पनि लगइन गर्न सक्नुहुनेछ ।
यस पक्तिकारलाई थाहा छ यो लेखको मध्यभाग एक विज्ञापन बन्न पुग्यो । तर नेपाली समुदायको व्यावसायिक सीममा यो समर्पित छ भन्ने तथ्य पाठकले बुझिदिनुहुने विश्वास लेखकले लिएको छ । अनिल र रिनाको व्यक्तिगत लाभका लागि यी हरफहर लेखिएका छैनन् । गैरनेपाली कामदारहरु दिनुहुँ कामको खोजीमा salonमा आइरहन्छन् । तर नेपाली समुदाय काम नपाएर र व्यावसायिक सीपको अभावमा छटपटाइ रहने तर हामी नेपाली नै भएर त्यस समुदायका लागि केही नसोच्ने यो सम्भव भएन । त्यसैले हामीले यो अवधारणा सार्वजनिक गरेका हौं ।
यो अवधारणा पाठकलाई कस्तो लाग्यो यसलाई अझ सुधार गरेर योभन्दा पनि अझ उत्तम विधि खोजेर नेपाली समुदायको विकासका लागि लगाउन सकिने सम्भावना छभने हामीलाई माथिकै ठेगानामा सम्पर्क गर्नुहोला । तपाईंका सुझाब र प्रतिकि्रया सँगालेर यस लेखको अनुगमनमा अर्को सामग्री बनाएर नेपाली समुदायको उन्नतिमा केही गरौं भनेर सोचिरहेका साथीहरुलाई पनि जानकारी गराउनेछु । हामी वास्तवमै पारदर्शी ढंगले नेपाली समुदायको उन्नतिमा सरिक हुन चाहन्छौं । तपाईं हामीलाई प्रयोग गरेर हेर्न पनि स्वतन्त्र हुनुहुन्छ ।



1 comment:

  1. yesta police lai ta chaurahama jhundyaer sabai jantale dhunda le hani hani marnu parcha ani matra arko pheri yesto kaam garne jamarko garna sakdaina.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक