20101019

उपन्यास चिरायु बिमोचन

Image  
काठमाडौं सम्बाद्दाता- २०६६,१०,१६ मार्ग / शहिद सपताहको अव्सर पारेर आज दशरथ रङगसाला मा चिरायु उपन्यासको बिमोचन गरिएको ! चिरायु उपन्यास बिमोचन समारोह का  अध्यक्ष प्रोफेसर डा भिम दत्त भट्ट को सभापतीत्वो मा सम्पन सो कार्यक्रमा मा भुत-पुर्ब प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द ले चिरायु उपन्यासको बिमोचन गर्नु भयो !  बरिस्ट  साहित्यकार सत्यमोहन जोशी ले चिरायु का बिबिध पक्ष बारे बोलदै भन्नु भयो अब चिरायु ले नेपाली का ब्यथा पिडा माओबादी  यूद्ध को छाया लाई नेपाली ईतीहासमासुनौला शब्दले  थपे को , यो पिडा सबै नेपाली ले भोगेको यथार्थ पिडा हो त्यसै ले यो सत्य सधैं का लागि बचिरहने अराजक्ता माओबादि  बिधोन्स को कटु सत्य को यथार्थता प्रर्ती पाण्डेय को भोगाई दृष्टिकोण तथा अमेरिका को भुमिमा पुगे पछी को धुक्धुकी अती नै वास्तबिकतामा रुम्लिए को भनी सपस्टगरिए को कुरा ब्याख्या गर्नु भयो,


   चीरायु बिमोचन समारोहमा शहीद दशरथ चन्द को प्रर्तिमामा माल्याअर्पण पनि गरिएको थियो,सहिद चन्द प्रती   समर्पित सो उपन्यास प्रजातन्त्रिक मुल्य मान्यतमा आधारित रहेको नेपाली समाज का मुल्य मान्यता रिती रिवाज लाई जीवन्त दिन खोजे को पक्ष को बर्णन गर्दै भाषाबिद तथा प्राध्यापक डा भोज राज पन्त ले चिरायु को समालोचना गर्नु भयो !
  सो कार्यक्रम मा नेपाली काङग्रेस का नेता तथा भुतपुर्ब प्रधानमन्त्री सेरबहादुर देउबा लगायत सुदुर मध्य पशिचम क्षेत्र का सबै जसो प्रजातन्त्र पर्ती आस्थावान नेता तथा कार्यकर्ता , बिध्यार्थी हरु को ठुलो उपस्थिती थियो, कार्यक्रम मा चिया पान को प्रबन्ध शिक्षामन्त्रालयले तर्जुमा गरे को थियो !
कार्यक्रम सस्थल्को प्रबेस द्वारमा सुरक्षा कर्मी हरुले चेक जाच गरेर मात्रै प्रबेस दिए का थिए  ,नेपाल सरकारका बरीसट कर्म्चरी नेता हरु को उपस्थिती भए का कारण सुरक्षा ब्यबस्थ निकै कडा पारीएको थियो!  
सो चुरायु उपन्यास का उपन्यास्कार तथा युबा नेता तिर्थ राज पाण्डेय अमेरिका मा बसोबास गर्दै आएकाले वहाँले अमेरिका बाट पठाए को लिखित मन्तब्य वहाँका बुवा भुत-पुर्ब जिल्ला न्यधिस लक्ष्मी दत्त पाण्डेय ले पढेर सुनाउनु भए को थियो !
सो समारोहमा कानुन मन्त्री प्रेम बहादुर सिङ  ले पनि मन्तब्य दिदै आफ्नो  पार्टी ले बिगत्मा गरे का कमी कम्जोरी हरु लाई सुधारदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नु भयो !   
आजकै दिन अमेरिका को मेरील्यान्ड राज्यमा अमेरिकन नेपाली समुदायले पनि चिरायु उपन्यास को बिमोचन कार्यक्रम राखेका छन सो कार्यक्रममा साहित्यकार पाण्डेय को पनि उपस्थिती रहनेछ !   

तीर्थराज पाण्डेयको साहित्यिक कृति चिरायु उपन्यासको अमेरिकामा विमोचन

Image

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरले आइतवार आयोजना गरेको कार्यक्रममा च्याप्टरका कार्यकारी सदस्य तीर्थराज पाण्डेयबाट लिखित चिरायु उपन्यास को विमोचन गरिएको हो । चिरायु उपन्यासको कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्णप्रसाद पराजुलीले विमोचन गर्नुभएको थियो । च्याप्टरका अध्यक्ष एच बी भण्डारी प्रभातको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार शिवप्रसाद सत्याल पीठ पशुपति बाजाडे र तरुण पौडेलले चिरायु उपन्यासका विविध विषयमाथि प्रकाश पार्नुभएको थियो । च्याप्टरकी उपाध्यक्ष नायिका पुजा चन्दले साचालन गर्नुभएको कार्यक्रममा सर्जक पाण्डेय ले पनि आफ्ना रचनाका बारे बोल्नु भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष एवं बोर्ड अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुवेदीले डायस्पोरामा नेपाली साहित्यको विषयमा चर्चा गर्दै कार्यक्रममा विमोचित कृतिका बारे संक्षेपमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्णप्रसाद पराजुली र अतिथि साहित्यकार शिवप्रसाद सत्याल पीठलाई उहाँहरुको साहित्यिक योगदानका लागि च्याप्टरका तर्फबाट अध्यक्ष भण्डारीले अभिनन्दन तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो । सम्मानित व्यक्तित्व पीठका बारे सर्जक शास्वत पराजुली र अभिनन्दित व्यक्तित्व पराजुलीका बारे च्याप्टरका महासचिव गौतम दाहालले संक्षिप्त परिचय दिनुभएको थियो । महासचिव दाहालले च्याप्टरले प्रकाशन गरेको कृतिको बारेमा प्रकाशकीय पक्षमाथि समेत जानकारी दिनुभएको थियो ।कार्यक्रममा ११ वर्षीया बालिका पि्रया सुवेदीले लेखेको अंग्रेजी भाषाको कविता सुपर गाल विमोचन गरिएको छ!
यसैगरी कार्यक्रममा डाक्टर श्याम कार्की, पारसमणी श्रेष्ठ, दिव्या चन्द, भुवनेश्वरी बन्जाडे, होमनाथ सुवेदी सहितले आ आफ्ना कविता वाचन गर्नुभएको थियो । विमोचित उपन्यास चिरायु शहीद दशरथ चन्दप्रति समर्पित रहेको र शहीद दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रमको आरम्भमा सबै शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण तथा शहीद चन्दको तस्वीरमा पुष्पगुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा शहीद चन्दका नाति धिरज चन्दले आफ्ना हजुरबुवालगायत शहीदहरुको योगदानका बारे बोल्नुभएको थियो । यसैगरी सम्पूर्ण संघसंस्थाको तर्फबाट बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका बाना की अध्यक्ष रबिना थापाले कार्यक्रमको सह्राहना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी सबैलाई च्याप्टरका कार्यकारी सदस्य अर्जुन हमालले स्वागत तथा अर्का कार्यकारी सदस्य सीताराम विश्वकर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा नयाँ संस्था ग्लोवल एजुकेशनकल्चरल लिटरेरी सपोर्ट एशोसियसनको बारेमा तयार गरिएको पावर प्वाइन्ट संस्थाका निर्देशक एच बी भण्डारी प्रभातले प्रस्तुत गर्दै संस्थाको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो ।
Image

Image




2 comments:

  1. namskar sarbpratham yaha lai.
    tapaile diye ko shujhab badhiya cha teska lagi josang bibeka cha aruka lagi t khai ke bhanu hardai jau ke huncha .....

    ReplyDelete
  2. yaha pani senser chaki kaso?

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक