20101020

लेख रचनाहरु

संचार ले बनाएको खलनायक  / शाह बंशीय एउटा अभागी राजकुमार
- शेखर ढुंगेल 
पारस शाह अर्थात पुर्ब श्री ५ युब राज धिरज पारस बिर विक्रम शाह देब अर्थात पत्रकार सुर्य खड्का को शब्द मा "संचार ले बनाएको खलनायक  / शाह बंशीय एउटा अभागी राजकुमार मा स्वास्थ्य  लाभ गरि सामान्य तर्फ आएको मा हार्दिक शुभ कामना किन कि उनको परिवार देखि सबै शुभ चिन्तक हरु उपचारार्थ पारस को स्वास्थ्य सुधार "भगवान प्रति को भरोसा र चिकित्सक माथि को बिस्वास "मा भर पर्ने धारणा व्यक्त गर्न थाली सकेका थिए .केहि बिकृति र बिसंगतिका बिबाद बाहेक सम्पूर्ण परिचित हरु ले पुर्ब युब राज पारस को शिघ्र स्वास्थ्य लाभ को कामना गर्दै पूजा अर्चना समेत गरेका थिए .उनको उपचारमा संलग्न चिकित्सक हरु धन्यवाद र आभार का भागीदार भएका छन् .बिज्ञान को शक्ति र चमत्कार को अर्को प्रमाण समेत  प्रस्तुत भएको छ .

एउटा तितो सत्य के हो भने संसार को कुनै पनि सार्बजनिक महत्व का  व्यक्तित्व हरु ले आफ्नो व्यक्तिगत सोच र जीवनसैली मा केहि सिमित घेरा भित्र  कठोर अनुशासन मा बस्नै पर्ने  हुन्छ .त्यस्तो व्यक्तित्व हरु ले कदम कदम नापेर हिड्नु पर्ने, प्रत्यक कार्य अनुकरणीय हुनै  पर्ने एउटा अलिखित बन्धन हो .जब त्यस्तो सार्बजनिक महत्व बोकेको व्यक्तित्व आफ्नो मानबिय स्वभाब लाइ नियन्त्रण  सक्दैनन्  र अन्य साधारण (आम )नागरिक को जीवन वा आम नागरिक को स्वतन्त्र जीवन प्रति आकर्षित हुन्छ वा आम्म नागरिक सरह जीवन को गतिबिधि गरेर बाच्न  चाहन्छ तब उ माथि कैयौ विवाद का छायाँ हरु ले पछ्याउँन्  थाल्दछन .पारस शाह मात्र होइन बिस्व कै लामो इतिहास बोकेको बेलायत कि तत्कालिन राज कुमारी डायना ले मानबिय स्वभाब अनुरुप स्वतन्त्रता खोज्दा स्वच्छन्दता को आरोप मात्र लागेन अन्त मा त्यहि स्वतन्त्रता का हिमायती संचार को खेदाइमा परेर मृत्यु बरण भयो .

कतिपय प्रसंग मा हामि मा न्याय र अन्याय देख्ने /र त्यसको लागि बोल्ने  बिबेकपूर्ण  क्षमता छ कि छैन ?भन्ने प्रश्न उठ्ने गर्दछ .हो सुर्य खड्का ले  माइ संसार मा लेखे झैँ  दुर्घटना लाइ हत्या को नाम दिन राजनीतक संघ सस्था र केहि नाम चलेका संचार ले निक्कै परीश्रम गरेकै हुन् .पारस को मामलामा हामि न्याय र अन्याय को आँखा ,बिबेक र तराजु लाइ जिम्मेवार नागरिक भएर प्रयोग गर्यौ भने बिषय र प्रसंग ले सहि मार्ग तय गर्न सक्छ र सत्य तथ्य बाहिर आउन सक्छ र अनाबस्यक विवाद पनि न्यून हुन्छ .र हामि मा मास हिस्टेरिया ले प्रभाब पारेको छ  भन्ने आरोप बाट पनि बच्न सकिन्छ .

हाम्रो poor civic sense को नमुना बनेर रहेको पारस शाह सित जोडिएको  गायक स्व,प्रबिन गुरुङ प्रकरण लाइ एक पटक गम्भीर भएर सोचौ .के पारस  शाह को प्रबिण गुरुङ  सित कुनै व्यक्तिगत वा सार्बजनिक जानकारी को दुस्मनी थियो ?थिएन  त् किन त्यो भबितब्य  दुर्घटना लाइ "हत्या "प्रमाणित गर्न र कार्यबाही गर्न एउटा राजनीतक समुह र संचार एकोहोरो लाग्यो ?के पारस शाह प्रबिन गुरुङ लाइ खोज्दै मार्ने नियत ले  घर बाट निस्केका थिए ?म तपाइँ र अरु त्यस्तो दुर्घटना मा पर्दा भबितब्य हुने पारस शाह संलग्न हुदा उनि मात्र एक्लो दोष को भागिगर किन बनाइन्छ ?प्रहरी लगायत सो घटना प्रतक्ष देख्ने ले भनेको कुरो हो प्रबिन गुरुङ ले ओभर टेक गर्न लाग्दा पारस शाह को फुपू ले हाँकेको सो महेन्द्र प्रकृति कोष को गाडी को बम्पार मा ठोकिन्न पुगेको थियो .दुर्घटना पश्चात् तुरुन्त उनि फुपू को छोरा सहित दरबार प्रहरी मा गएका पनि हुन् घटना को विवरण र सहयोग माग्न तर प्रहरी ले सेलुट गर्यो घर जान भन्यो .भोलि बाट काम न् पाएका राजनीतक दल को केहि झुण्ड लाइ बिरोध गर्ने बहाना मिल्यो दुइ लाख भन्दा  बढी को हस्ताक्षर गराएर दरबार पुर्यायो .दुर्घटना को सम्पूर्ण (एक पक्षीय )दोष को भागीदार पारस शाह लाइ बनाइयो .तर  अनियन्त्रित मोटर साइकल हाक्ने चालक को अवस्था को बारेमा कसैले सोध खोज गरेन .सो प्रकरण मा त्यस्तो दुर्घटना मा मौजुदा कानुन ले तोके भन्दा बढी सजाय मात्र ब्यहोरेनन पारस शाह ले धेरै मानसिक  तनाब  समेत भोग्नु पर्यो ..

यो घटनाको विवाद देखेर  मलाइ हाम्रो दरिद्र चेतना को(poor civic sense ) अनुभब गरायो .बिस्व मा एक मात्र उच्च  norms of strong civic sense लाइ व्यवहार मा उतार्ने देश जापान को एउटा घटना र म लज्जित हुनु को साथै ठुलो शिक्षा लिएको दिन को सम्झना पनि गराएको छ . नेपाली हरु मा  चर्चित गोबिन्द मैनाली जापान को टोक्यो मा भएको घटना घटेको दिन  म त्यहि थिए .जापान को सम्पूर्ण संचार माध्यम ले गोबिन्द मैनाली लाइ अभियुक्त भनेर समाचार प्रसारण गरे .सबै नेपाली हरु आ आफ्नो अनुमान र शंका लाइ बल पुर्याउदै मैनाली माथि दोषारोपण गर्दै खनिन थाले .नेपाल र नेपाली को बेइज्जत गर्यो .हामि जो अबैध रुपमा बसेका  छौ सबै लाइ समातेर फिर्ता पठाउने भयो .मैले पनि यस्तै कुरो एक जना जापानिज नागरिक सित राखे .अनि उनले भने तिमि हरु किन यस्तो कुरो गर्छौँ?कारण बस उसको नाम आएको होला .तर जब सम्म प्रहरी को अनुसन्धान र अदालत ले  प्रमाण को अधार प्राप्त गरि सजाय तोक्दैन तब सम्म तिमि  हामि लाइ गोबिन्द मैनाली "दोषी "हो भन्ने अधिकार छैन .न् भन्दै दशक पछी गोबिन्द निर्दोष घोषित भए .जापानिज मित्र को जवाफ पछी मेरो बिबेकहींन् मानसिकता लज्जित मात्र भएन एउटा ठुलो शिक्षा समेत प्राप्त भयो .त्यसैले भन्छु घटना को सत्त तथ्य स्पस्ट न् भै शंका र अनुमान को भर मा कुनै धारणा न् बनाउ र यथार्थता को नजिक पुग्ने बिबेक प्रयोग गरौ .

निश्चय नै पारस शाह ले वाह वाह भन्नु पर्ने अनुकरणीय काम भन्दा बिबादित काम वा ब्यबहार धेरै गरेका छन् .दरबार र सेरोफेरोको कडा अनुशासन को घेरा  बाट निस्केर उन्मुक्त मानबिय स्वभाब जन्य जीवन बिताउन खोज्दा गोरेटो  मा कसै सित(आम नागरिक ) ठोकीए सडक मा अर्को सवारी साधन सित ठोक्किन पुगे भबितब्य हो नियत होइन र पिडित लाइ न्याय दिलाउनु उनको कर्तब्य हुन्छ .दरबार को चाकरी गर्ने कर्तव्यच्युत राज्य प्रशासन को कारण पारस शाह ले कथित अपराध को मात्र  भन्दा बढी क्षति .व्यहोर्द पनि उनले उन्मुक्ति पाउन सकेका छैनन् .जस्कोफल स्वरुप उनि अत्यधिक मानसिक तनाब मा परे .आम नागरिक सित घुलमेल गर्ने रमाउने चाहना गर्दा कतिपय स्वार्थी साथी र आफन्त को कारण ले पनि बदनाम भए .आम नागरिक सित रमाइलो गर्न खोज्दा विवाद मा परे .

बिगत अर्थात भुत !? भुत ले तर्साउछ मात्र अब भुत को पछाडी लागे तर्साउछ मात्र .भुत को पछी न् लागौ वर्तमान लाइ शुभ बनाउ र भबिस्य सुन्दर बनाउ . स्वास्थ्य लाभ गरि स्वदेश फर्की पुर्ब युब राज पारस शाह एक जिम्मेवार पिता पति पुत्र र त्यो भन्दा एक कदम अगाडी बढी एक जिम्मेवार नेपाली नागरिक को अनुकरणीय व्यक्तित्व बन्न सकुन मेरो हार्दिक शुभ कामना !!!!!!!!!!!








-
Shekhar Dhungel (शेखर ढुंगेल)


अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक, यो बेला घर किन्ने बेला हो, तपाईंले पनि बिचार गर्ने कि !
 अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster
Cell - 703-419-0924, Email : rampdkhanal@gmail.com
Note : This Advertisement is only for those people who live and work in USA

1 comment:


  1. “अब तिम्रो दिने पालो”



    मेरी आमाको छातीमा तिम्रा गम्बूटहरुले परेड खेल्दा “म” चुप-चापै थिंए,

    मेरो घर पछाडीको झाडीमा तिम्रा निशानाहरु तिखारिदा “म” चुप-चापै थिंए,

    तिम्रा आयातित गोला-बारुदले मेरो शान्ति एम्बुषमा पटक पटक पारिंदा पनि “म” चुप-चापै थिंए,

    हेरौंन त यो कथित क्रान्ति पनि भन्ने लाग्यो,

    हेरौंन त यो कथित क्रान्ति पनि भन्ने लाग्यो,

    छिमेकीको घर उजाडिदा पनि “म” निर्लज्ज चुप-चापै थिंए,

    डाँडा घरे गुरुबालाई रुखमा बाँधी तिम्रा टट्टूहरुले ठोक्दा पनि “म” केहि नबोली चुप-चापै थिंए,

    बुढा-बुढीको टेक्ने लौरो भाँचिदा ,

    चेलीको सिन्दुर पुछिदा ,

    एउटी छोरीले आमा गुमाउदा,

    एउटा छोरोले बा गुमाउदा,

    दुधे बालक आमा भन्न नसिक्दै अनाथ हुदा

    नाबालक भोक-प्यासले छट्टपटिदा पनि “म” चुप-चापै थिंए,



    तिमीले क्रान्तिको साटो बुझेको जम्मा मोलको हिसाब गर्दै-गर्दा सम्म म चुप-चापै थिंए,

    तिमीले बुझिलिएको जम्मा मोलको हिसाब गर्दै-गर्दा सम्म म चुप-चापै थिंए,



    आजसम्म टोटलमा तिम्रा क्रान्तिको हजारौ-लाखौँले अनमोल मोल तिरिसके , बाबै!

    तिम्रा क्रान्तिको हजारौ-लाखौँले अति नै चर्को मोल तिरे |

    घरले तिर्यो,

    गराले तिर्यो,

    खेतले तिर्यो,

    बनले तिर्यो,

    हिमालले तिर्यो,

    पहाडले तिर्यो,

    फाँटले तिर्यो,

    रास्ट्रैले तिर्यो,

    मेरी आमाको छातिले पनि तिर्यो|

    सक्नेले नोटमा तिरे,

    कसैले भोटमा तिरे,

    कसैले पछि लागेरै तिरे ,

    कसैले चुप लागेर तिरे ,

    कसैले सहेर तिरे,

    कसैले रोएरै तिरे,

    कसैले इमानले तिरे,

    सक्दै नसक्नेले “ज्यान” मा तिरे|



    तिम्रो क्रान्तिको हजारौ-लाखौँले अनमोल मोल तिरे |

    तिम्रो क्रान्तिको हजारौ-लाखौँले चर्को मोल तिरे |



    अब तिम्रो दिने पालो,बाबै,

    अब तिम्रो दिने पालो,

    लेउ खुरुक्कन, अब तिम्रो दिने पालो!

    अब तिम्रो दिने पालो ,

    लेउ खुरुक्कन, अब तिम्रो दिने पालो!

    “हाम्रो पनि आज नगद कल उधार!!!”
    - स. ज. क

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक