कविता -म नेपाली जब ब्युझिए
Shekhar Dhungel
आज म नेपाली ले कस्तो सपना देखे
म नेपाली त् हराए हराए
मेरो देश समेत हराएको देखे
म नेपाली विदेश तिर भागी रहेको
म नेपाली अरु को भाषा बोल्न व्यस्त रहेको
म नेपाली बिदेशी भेष मा कतै हराई रहेको
म नेपाली अरु को सस्कृति मा भिज्दै रमाई रहेको
उफ्फ उफ्फ यो कस्तो सपना ?
मेरो देश मा अर्कै भाषा बोल्ने भिड छिरी सकेको
मेरो देश मा अर्कै धर्म ले झन्डा गाडि सकेको
मेरो देश मा बिदेशी सस्कृति शासन गरी सकेको
न् त् म मेरो देश का नेता को बोलि को भाषा बुझ्छु
न् त् मेरो देश का नेता मा नेपाली भेष देख्छु
न् त् मेरो देश का नेता मा नेपाली पन र मन देख्छु
मेरो सगरमाथा ज्वाला निकाली रहेको थियो
मेरो लाली गुराँस डढेर भटाभट लड्दै थियो
मेरो बौद्ध स्तुपा धर धर आँशु खसाली रहेको थियो
मेरो झरना हरु मा तातो खरानी झर्दै थियो
मेरो नदि हरु लाभा बोकी स्तम्भित थियो
म त् मस्त थिए निन्द्रा मा कसैले ढोका ढक ढकायो
मैले उसको भाषा बुझ्न सकिन
मैले ऊ को थियो चिन्न सकिन
जब उसले मेरो नागरिकता खोस्न थाल्यो
तब !
म नेपाली ब्युझिए मेरो होस् खुल्यो
देखे !
म नेपाली को मुख मा भ्रस्टाचारी को घोचो थियो
म नेपाली को हात् मा दलाल को हथकडी थियो
म नेपाली को खुट्टामा बिदेशी को "मुढा"थियो
म नेपाली को आँखा मा भ्रम को पट्टि थियो
म नेपाली को अन्तरात्मा र बिबेक किनिएको थियो
म नेपाली को नेपाली पन को अस्तित्व लुटिएको थियो
म नेपाली ले केहि गर्न सकिन
म नेपाली को भाषा बुझ्ने कोइ थिएन
म नेपाली हराई सकेको रहेछु मेरो देश भित्र
म नेपाली को देश नेपाल हराई सकेको रहेछ भूगोल भित्र
उफ्फ आज म नेपाली ले किन यस्तो सपना देखे ?
--
Shekhar Dhungel (शेखर ढुंगेल)
http://katunjedhungel.blogspot.com/
***************************************
Shekhar Dhungel
आज म नेपाली ले कस्तो सपना देखे
म नेपाली त् हराए हराए
मेरो देश समेत हराएको देखे
म नेपाली विदेश तिर भागी रहेको
म नेपाली अरु को भाषा बोल्न व्यस्त रहेको
म नेपाली बिदेशी भेष मा कतै हराई रहेको
म नेपाली अरु को सस्कृति मा भिज्दै रमाई रहेको
उफ्फ उफ्फ यो कस्तो सपना ?
मेरो देश मा अर्कै भाषा बोल्ने भिड छिरी सकेको
मेरो देश मा अर्कै धर्म ले झन्डा गाडि सकेको
मेरो देश मा बिदेशी सस्कृति शासन गरी सकेको
न् त् म मेरो देश का नेता को बोलि को भाषा बुझ्छु
न् त् मेरो देश का नेता मा नेपाली भेष देख्छु
न् त् मेरो देश का नेता मा नेपाली पन र मन देख्छु
मेरो सगरमाथा ज्वाला निकाली रहेको थियो
मेरो लाली गुराँस डढेर भटाभट लड्दै थियो
मेरो बौद्ध स्तुपा धर धर आँशु खसाली रहेको थियो
मेरो झरना हरु मा तातो खरानी झर्दै थियो
मेरो नदि हरु लाभा बोकी स्तम्भित थियो
म त् मस्त थिए निन्द्रा मा कसैले ढोका ढक ढकायो
मैले उसको भाषा बुझ्न सकिन
मैले ऊ को थियो चिन्न सकिन
जब उसले मेरो नागरिकता खोस्न थाल्यो
तब !
म नेपाली ब्युझिए मेरो होस् खुल्यो
देखे !
म नेपाली को मुख मा भ्रस्टाचारी को घोचो थियो
म नेपाली को हात् मा दलाल को हथकडी थियो
म नेपाली को खुट्टामा बिदेशी को "मुढा"थियो
म नेपाली को आँखा मा भ्रम को पट्टि थियो
म नेपाली को अन्तरात्मा र बिबेक किनिएको थियो
म नेपाली को नेपाली पन को अस्तित्व लुटिएको थियो
म नेपाली ले केहि गर्न सकिन
म नेपाली को भाषा बुझ्ने कोइ थिएन
म नेपाली हराई सकेको रहेछु मेरो देश भित्र
म नेपाली को देश नेपाल हराई सकेको रहेछ भूगोल भित्र
उफ्फ आज म नेपाली ले किन यस्तो सपना देखे ?
--
Shekhar Dhungel (शेखर ढुंगेल)
http://katunjedhungel.blogspot.com/
***************************************
* जिदगी भर कहिले बिरामी नपरेकी र कुनै औषधी नलिएकी अबल दर्जाकी नेपाली महिला साहित्यकार प्रेमा शाह यो पटक अमेरिकामा बिरामी पर्नु भयो । तर जल जस्तै कन्चन छोरी जल शाह, नातिनी कलश र ज्वाँई को सहयोग बाट हाल ठीक भै घरमै आराम गर्दा प्रेमाको कलम यसरी कोरिएछ कागजमा । हेर्नुस् वहाँको हस्त लिखित ३ टुक्काहरु । प्रेमा शाहको कलम जती प्रशँशा गरे पनि कमै हुने खालको छ ।
पशुपती क्षेत्रका आजकलका बांदरहरु !
- रामप्रसाद खनाल
दक्षिणकालीमा भेटिएका केही बाँदरहरु
आजकल पशुपतीकै नाक अगाडि
एउटा डरलाग्दो ढेँडु सँगै बथान बाँधेर
काठमाडौं बिच शहरमा
दिन दाहडै मान्छेहरु चिथोर्दै छन
कसैको हातमा केही देख्नै हुन्न उनिहरु
हाकाहाकी खोसेर खान्छन
मानौ संसार उनिहरुको हो
उनिहरुलाई कसै सँग डर छैन
उनिहरु खोसेरै खान जन्मिएका हुन
ति ढेँडु बाँदरको हुललाई
कसैले केही बोल्नुहुन्न
खोसेर खाँदा पनि आँखा खोल्नु हुन्न
आँखा खोले ढेँडु पहिला बौलाइहाल्छ
तिखा दाँत र मुख बिगारेर चिथोर्न आउँला जस्तो गर्छ
अनी पछाडि हुल बांधेका अरु बांदरहरु
ढेँडुको सिको गर्दै उसले जस्तै तर्साउन खोज्छन
अनेक थरिका डर लाग्दा आवाजहरु सुसेल्दै
उल्टै सज्जन मानिसहरु लखेट्छन
ढेँडु कहिले रोए जस्तो गर्छ कहिले हाँसे जस्तो
बिच सडकमा अनेक तमासा देखाउँछ
रुप रँग बोली भाषा फेर्न माहिर
उसलाई देख्दा लाग्छ
उ सिपालु चटकेबाटै तालिम प्राप्त छ
उसले आफु पछाडिका अरु बाँदरलाई यसरी नचाउँछ
मानौ उ अरुलाई नचाउन र र थँच्याउन मात्र जन्मेको हो
कसैलाई अगाडि पर्न दिन्न उ
खोस्ने खाने काम को नेत्रित्व
आफु बाहेक कसैलाई गर्न दिन्न उ
आजकाल पशुपती क्षेत्र उसकै आतंकमा बाँचेको छ
पशुपतिको भजनमा श्रध्दालु भक्तजन होइन
बांदरहरुको हुल नाचेको छ
त्रिनेत्र चिम्लेर भोले गाँजाको नशामा मस्त छन
यही मौका छोपेर
भक्तजन लुट्नमै बांदर हुल ब्यस्त छन !
- रामप्रसाद खनाल
दक्षिणकालीमा भेटिएका केही बाँदरहरु
आजकल पशुपतीकै नाक अगाडि
एउटा डरलाग्दो ढेँडु सँगै बथान बाँधेर
काठमाडौं बिच शहरमा
दिन दाहडै मान्छेहरु चिथोर्दै छन
कसैको हातमा केही देख्नै हुन्न उनिहरु
हाकाहाकी खोसेर खान्छन
मानौ संसार उनिहरुको हो
उनिहरुलाई कसै सँग डर छैन
उनिहरु खोसेरै खान जन्मिएका हुन
ति ढेँडु बाँदरको हुललाई
कसैले केही बोल्नुहुन्न
खोसेर खाँदा पनि आँखा खोल्नु हुन्न
आँखा खोले ढेँडु पहिला बौलाइहाल्छ
तिखा दाँत र मुख बिगारेर चिथोर्न आउँला जस्तो गर्छ
अनी पछाडि हुल बांधेका अरु बांदरहरु
ढेँडुको सिको गर्दै उसले जस्तै तर्साउन खोज्छन
अनेक थरिका डर लाग्दा आवाजहरु सुसेल्दै
उल्टै सज्जन मानिसहरु लखेट्छन
ढेँडु कहिले रोए जस्तो गर्छ कहिले हाँसे जस्तो
बिच सडकमा अनेक तमासा देखाउँछ
रुप रँग बोली भाषा फेर्न माहिर
उसलाई देख्दा लाग्छ
उ सिपालु चटकेबाटै तालिम प्राप्त छ
उसले आफु पछाडिका अरु बाँदरलाई यसरी नचाउँछ
मानौ उ अरुलाई नचाउन र र थँच्याउन मात्र जन्मेको हो
कसैलाई अगाडि पर्न दिन्न उ
खोस्ने खाने काम को नेत्रित्व
आफु बाहेक कसैलाई गर्न दिन्न उ
आजकाल पशुपती क्षेत्र उसकै आतंकमा बाँचेको छ
पशुपतिको भजनमा श्रध्दालु भक्तजन होइन
बांदरहरुको हुल नाचेको छ
त्रिनेत्र चिम्लेर भोले गाँजाको नशामा मस्त छन
यही मौका छोपेर
भक्तजन लुट्नमै बांदर हुल ब्यस्त छन !
************************************************
कस्ता मान्छे, मुखमा राम राम बगलिमा छुरा
काउलो पार्दा ठीक्क उन्लाई, कती जान्या कुरा !
पहिलो भेटमा दँग पार्छन, दोस्रो भेटमा भँग
नक्कली ति आश्वाशन हुँनन कहिले पुरा
सडकमै भए पनि ठुलो हुँ म ठान्छन
चाकडीमा दिन बित्छ गफ मै मात्र सुरा
उनी ठुला मान्छे अरे, अरु उनका दास
उनी ठान्छन अरुलाई केही नजान्ने भुरा !
-Ram Prasad Khanal

*************************
************************************************
************************************************************
सुत जनताहो अझै सुत, आर्यघाटमा लम्पसार जलाउनुअघिको लाश जस्तै बनेर सुत ! गणेशमानले दिक्क भएर भनेको "भेंडा" जस्तै बनेर सुत !
**************************
कठै मेरो नेपाल !
- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका
नयाँ नेपाल चिर्दै चिर्दै एघार पो गराउने रे
बाउन छेत्री सबैलाई दैलेख तिर भगाउने रे
जात जातिका नाममा सबले राज्य पाउने भए
थाहा छैन नेपालका नेपाली ति कता गए
नेवार, मगर, गुरुङ, तामाङ्, लिम्बु, दलित सबलाई भाग
स्वायत्त मधेश एक प्रदेश पुरा हुने भयो माग
जात जातिका आधारमा देश टुक्रा पर्ने भयो
हेर्दा हेर्दै मेरो सुन्दर शान्त नेपाल कता गयो
काँक्रो चिरे जस्तै चिर्दै देश बाँडी खाने भए
नेपाल र नेपालीको अस्तित्वनै लाने भए
राष्ट्रिय त्यो पोशाक र हिन्दू धर्म पनि खाए
देश चिर्दै नेताहरु भाग बिला पनि लाए
लोकतन्त्र गणतन्त्र भन्दै देश लाई यहाँ ल्याए
कठैबरा हाम्रो नेपाल नेताले त भ्याउनुभ्याए !
बाउन छेत्री सबैलाई दैलेख तिर भगाउने रे
जात जातिका नाममा सबले राज्य पाउने भए
थाहा छैन नेपालका नेपाली ति कता गए
नेवार, मगर, गुरुङ, तामाङ्, लिम्बु, दलित सबलाई भाग
स्वायत्त मधेश एक प्रदेश पुरा हुने भयो माग
जात जातिका आधारमा देश टुक्रा पर्ने भयो
हेर्दा हेर्दै मेरो सुन्दर शान्त नेपाल कता गयो
काँक्रो चिरे जस्तै चिर्दै देश बाँडी खाने भए
नेपाल र नेपालीको अस्तित्वनै लाने भए
राष्ट्रिय त्यो पोशाक र हिन्दू धर्म पनि खाए
देश चिर्दै नेताहरु भाग बिला पनि लाए
लोकतन्त्र गणतन्त्र भन्दै देश लाई यहाँ ल्याए
कठैबरा हाम्रो नेपाल नेताले त भ्याउनुभ्याए !
आजकलका ठिटा ठिटी
बुवा आमा भन्ने लाई हाय भनी बात गर्छन्
आदर भन्ने कुरै छैन हात मिलाउदै घात गर्छन्
ढाम मार्दै कुममा हात राखी अपमान गर्छन्
आजकलका ठिटा ठिटी यस्तै यस्तै काम गर्छन्
मान्यजनको अपमान हुने सधै कुरा गर्छन्
२० / २५ का अल्लारेले ८४ का कुरा गर्छन्
चिट्ठा पर्या ग्रीन कार्डले संसार हाँक्या कुरा गर्छन्
छोइसक्नु छैनन हजुर उन्कै ठुला कुरा गर्छन्
मान सम्मान र इज्यत के हो भन्ने कुरो अत्तो छैन
आफ्नो बिगत चट्ट भुल्छन हैसियत को पत्तो छैन
बुढाबुढी मान्यजनले बरु उल्टै लाज मान्छन्
उल्टो उल्टो गर्ने हरु बहादुरीको काज मान्छन
Feb. 4, 2012 आदर भन्ने कुरै छैन हात मिलाउदै घात गर्छन्
ढाम मार्दै कुममा हात राखी अपमान गर्छन्
आजकलका ठिटा ठिटी यस्तै यस्तै काम गर्छन्
मान्यजनको अपमान हुने सधै कुरा गर्छन्
२० / २५ का अल्लारेले ८४ का कुरा गर्छन्
चिट्ठा पर्या ग्रीन कार्डले संसार हाँक्या कुरा गर्छन्
छोइसक्नु छैनन हजुर उन्कै ठुला कुरा गर्छन्
मान सम्मान र इज्यत के हो भन्ने कुरो अत्तो छैन
आफ्नो बिगत चट्ट भुल्छन हैसियत को पत्तो छैन
बुढाबुढी मान्यजनले बरु उल्टै लाज मान्छन्
उल्टो उल्टो गर्ने हरु बहादुरीको काज मान्छन
*****************************************************************
*******************************
यसो भने कसो होला ? - रामप्रसाद खनाल
**********************************

नपर्दा त "ज्यान दिन तयार छौं है" भन्नेहरु
पर्दा खेरी खुट्टा तान्दै सुइकुच्चा ठोक्नेहरु
लडाउन एक अर्कालाई काइते कुरा बोक्नेहरु
स्वार्थ सिद्ध गरेपछी जोड जोडले भुक्नेहरु
चाहिएको बेला दुला पसी सधैं लुक्नेहरु
एकैछिनको खहरे खोला सुके जस्तै सुक्नेहरु
स्वार्थ सिद्ध गर्न मात्र लल्याक लुलुक भुक्नेहरु
यस्ता "महान"हरुबाट शिक्षा सधैं लिनुपर्छ
शिक्षा दिएकोमा उनलाई धन्यवाद दिनुपर्छ
साँचो कुरा बोल्ने यहाँ सधैं धोका खाइराछ
यसो भने कसो होला ? भन्ने हाम्लाई लाइराछ !
***********************************************************************
मेरो त्यो “एक बर्ष” आउने भएन !
- रामप्रसाद खनाल -
"शान्तीबादी" पार्टी माओवादीबाट
बिना कारण अपहरणमा परी
झण्डै मारिएको म !
यु एन देखी इयू लगायतका
सारा मानबाधिकारबादीहरुको पहलमा
अपहरण मुक्त त भएँ
तैपनी छोडेनन धम्काउन "शान्तिबादीहरु" !
जिउ ज्यानकै ठर ठेगाना नभएपछी
बिबश भएर नेपाल छाडेको म
बाध्यताले परदेशी बन्न पुगेँ
चार बर्ष अंघि रुंदै नेपाल छोड्दा
सोँचेको थिएँ
एक बर्षमा कसो शान्ती बहाल नहोला ?
अनी फर्किउंला स्वदेश
बस्दिन बिदेश
तर,
तर मेरो त्यो एक बर्ष आउंदै आएन
चार / पाँच बर्ष बित्दा पनि
मेरो एक बर्षले चालै पाएन
सम्झौतै सम्झौताका रास
थाहा छैन हाम्री शान्तिको
कहां छ बास !?
कला र सँस्क्रितिको लागि
लोक गीत र दोहोरी गीतको लागि
केही गर्नुनै मेरो अपराध साबित भएछ
दुई दशक लामो पत्रकारिता मार्फत
जनताका आँखा खोल्नु गलत भएछ
"शान्तिबादीहरु" लाई लागेछ
लोक गीत र दोहोरीमा मैले बिक्रिती ल्याएँ
उनिहरुका “क्रान्तिकारी गीतहरु” धमिल्याएँ
उनी “शान्तिबादीहरु”का कुरालाई
मेरो पत्रकारितामा राम्रो भन्न सकिन
बास, बास
त्यहा भन्दा ठुलो गल्ती मैले के नै गर्नु पर्यो ?!
"शान्तीबादीहरु" आजकल सिंहदरबारमा छन
त्यती मात्र होइन “लुम्बिनी” तिर लागेका छन
घर जग्गा खोसिएर रुंदै हिंडेका जनता जस्तै
म पनि बिदेशमा रोइरहेको छु
मन का दु:ख र पिंडाहरु
आँशुले धोइरहेको छु !
हेरेको थिएँ शक्तिखोरको प्रचण्डको भिडियो
उनको शान्ती र संबिधानको फेहरिस्त
देख्दैछु अहिले त्यही "शान्तीपथ"
सुन्दैछु नयाँ नेपाल र संबिधानका गफ
फेरी ६०१ को म्याद थप !
मेरा हरेक दिन र रातहरु
यसै भन्दै र छट्पटाउँदै बित्दै छन !
मुस्ताङ गाडीका अगाडि र पछाडि
टोयोटा र पजेरोहरुका लाँबा लस्कर
हिसिला माताका करामत
बाबुरामका माफी सिफारिसहरु
प्रचन्डका घर जग्गा फिर्ता हरु
बैद्यका घर जग्गा कब्जाहरु
मन्त्रीहरुका भ्रस्टाचारका कहानीहरु
बाबुरामको बिद्वता र निर्णयहरु
स्कुले बालकका सुटकेशमा लाशहरु
यस्तै यस्तैका बिचमा
शुशिल दाई र शेरबहादुरका जुहारीहरु
झलनाथ र केपी माधबका जुहारीहरु
बिदेशमै इज्जत लुटिएर रोइरहेका बुहारीहरु
यस्तो देख्दा मलाई लाग्छ
चार बर्ष अघी मैले नेपाल छाड्दाको
मेरो त्यो “एक बर्ष” आउने भएन !
- रामप्रसाद खनाल (11/11/11, US)
जँगलमा बस्ने जँगली जनावरहरु
बरु एक आपसमा मिलेर बस्छन
एक जनावरलाई कष्ठ आइपरे
घेरो हालेर, शत्रु सँग जुध्न घुँडा धस्छन
तर हाम्रा प्राणीमा उत्तम "मान्छेहरु"
एकले अर्को सिध्याउन गौँडो कुरेर बस्छन !
* * * * * *
पहिले जँगली जनावर सँग मात्र हुन्थ्यो रे डर
मान्छेले मान्छे सँग गर्थे अरे भर
आजकल, आजकल जमाना नै उल्टा छ
मान्छेले जँगली जनावर सँग मान्न छाडे डर
मान्छेलाई मान्छे सँग छैन कुनै भर
जसलाई जे मन लाग्यो गरे हुन्छ गर !
* * * * * *
जँगली जनावरबरु सम्बेदनशील देखिन थाले
"बाबु कलीमा यस्तै हुन्छ" भन्थे बुढाबाले
सत्य, धर्म, न्याय सबै हराउन थालेपछि
कस्तो आशा गर्नु अब हामीले
गोमन सर्प लाई दुध पिलाई पालेपछी
चोरलाई चौतारो साधुलाई शुली हुन थाले पछी
थलिनै पर्दो रहेछ एक दिन रोग धेरै पालेपछी
कसरी निको होस घाऊ उल्टै नुनचुक हालेपछी
अन्त्यमा कोही बाँकी हुने छैनन आतंकले घर बालेपछी
* * * * * *
के होला यहाँ भोली, आम माफी दिन थाले पछी
को नै बाँच्ने होला यहाँ रोगले झन झन गालेपछी
कस्तो होला देश भोली गलगाँड पालेपछी
मान्छे मार्नेहरु सेना र मन्त्री बन्न थाले पछी
आतंकबादका नाइके बुद्धको लुम्बिनीमा लागेपछी
कस्तो होला देश अब सबै बिदेश भागेपछी ...!
* * * * * *
**********************************

*************************
"प्वाक्क मुखमा हान्दिउ जस्तो" लाग्छ
यी "मुलाका साग" हरुलाई
देश वर्वाद पार्ने "दुवा तिर्कीहरुलाई"
देश बनाउछु भन्छन् खाएर नअघाउने
यी चण्डाल "भोके" हरु
वंगलादेशी "राता मकै" ज्वाईहरु
रुप फेरि रहने "असिनेहरु"
असिनेका मतियार "ठूली" हरु
"पार्टिलाइ सहयोग गरेका
समानुपातिकमा परेकाहरु"
"नियम कडा बनाउने जुंगे हवल्दार" हरु
देश खोक्रयाउने "खुराफाती" थुप्रै छन् अरु
"हामीलाई लाइराछ" भन्ने हरु देख्दा
महंगी, अशान्ति, असुरक्षा भोग्दा
नबुझ्नेहरु छन् "गाला" मा ठोक्दा
त्यसैले होला मलाई पनि भन्न मनलाग्छ
ठोकिदेउ अर्को गालामा पनि
"परेको म बेहोरौंला"
उट्पट्याङ गर्ने "धर्मुसे" र "सुन्ते" हरु
ग्राहक ठग्ने "माइला साहु" हरु
"वडा अध्यक्ष" "गोप्ते काजी" र "थालमुखे" हरु
विचरा "माग्ने बुढा" हरु संग के नै छ र अरु ?
चल्दैन देश "हर्के हवल्दार" हरु वाट
आखिर देश जान्छ कि जस्तो छ "घाट"
यो "तितो सत्य" हो जनता
बन्नै पर्छ अब "जिरे खुर्सानी"
सधैं "मेरी बास्सै" भनेर मात्र के गर्ने
"हिजो आजका कुरा" "गोलमाल" छन
नेताले जनतालाई सधैं "झ्याइँकुटी झ्याइ"
"तात्तो न छारो"को नेता गर्छन् मपाईँ
फुर्सदका बेला दुई हरफ !
- रामप्रसाद खनाल
जसलाई आफ्नो सम्झन्छु म, उही फर्की टोक्न आउंछ
विश्वाशघात मात्रै होइन, छेक्ला भन्दा ठोक्न आउंछ
कुरा काट्दै तथानाम, इर्स्यालुकै घर धाउंछ
खुट्टा तान्दै, उडाउँदै, पँधेर्नी झै गीत गाउँछ
आफू आफ्नो धरातल, बिर्सनेले धोक्का पाउँछ
इर्स्यालु हो ख्याल गरे, तिम्रो रुने दिन नि आउंछ !
__________________________________________
भो अब यहाँ भन्दा बढी नयाँ नेपालको कुरा नखोलम !!!
बाउन्न साल अघिको शान्ति कता गयो ?
मेरो देश आज सबैको प्रयोगशाला भयो !
चारतारे आए प्रयोग गरे खानु खाए
त्यसपछि हंसिया हथौडा आए राम्रै पालो पाए
भएन भनेर सबै मिले माकुरे जालो लाए
महाराज पनि के कम आए नभएको पगरी लाए
समग्रमा देश पालै पालो सबैले चलाए
देश चलाए, आफु पनि पलाए, आफ्ना पनि पलाए
खरानीका लागि युद्ध, मट्टितेल छर्कदै देश, झन पछी झन जलाए !
जनताका नेता कपालमा जेल, पजेरो र महँगा पलङ
उनिहरुबिचमै एक अर्कामा जलन, जप्दै शान्तिको मलम
बन्दुकको डर, जनता भन्छन कसरी बोलम
भो अब यहाँ भन्दा बढी नयाँ नेपालको कुरा नखोलम !!!
- रामप्रसाद खनाल
पड्काइदेउ अर्को गालामा पनि "परेको म बेहोरौंला" !
- रामप्रसाद खनाल -
(आजकाल हाँस्य टेलिसिरियलहरुले नयाँ नयाँ थेगो र शब्द प्रयोग गर्दै मान्छे हसाइ रहेका बेला तिनै थेगो लाई प्रयोग गरेर एउटा सानो कबिता कोरेको छु यहाँ, ति सिरियलका थेगो र नामका आधारमा कबिता लेख्दा कबिता यस्तो पो बन्यो ! त्रुटी भए माफ पाउँ है ! )
"प्वाक्क मुखमा हान्दिउ जस्तो" लाग्छयी "मुलाका साग" हरुलाई
देश वर्वाद पार्ने "दुवा तिर्कीहरुलाई"
देश बनाउछु भन्छन् खाएर नअघाउने
यी चण्डाल "भोके" हरु
वंगलादेशी "राता मकै" ज्वाईहरु
रुप फेरि रहने "असिनेहरु"
असिनेका मतियार "ठूली" हरु
"पार्टिलाइ सहयोग गरेका
समानुपातिकमा परेकाहरु"
"नियम कडा बनाउने जुंगे हवल्दार" हरु
देश खोक्रयाउने "खुराफाती" थुप्रै छन् अरु
"हामीलाई लाइराछ" भन्ने हरु देख्दा
महंगी, अशान्ति, असुरक्षा भोग्दा
नबुझ्नेहरु छन् "गाला" मा ठोक्दा
त्यसैले होला मलाई पनि भन्न मनलाग्छ
ठोकिदेउ अर्को गालामा पनि
"परेको म बेहोरौंला"
उट्पट्याङ गर्ने "धर्मुसे" र "सुन्ते" हरु
ग्राहक ठग्ने "माइला साहु" हरु
"वडा अध्यक्ष" "गोप्ते काजी" र "थालमुखे" हरु
विचरा "माग्ने बुढा" हरु संग के नै छ र अरु ?
चल्दैन देश "हर्के हवल्दार" हरु वाट
आखिर देश जान्छ कि जस्तो छ "घाट"
यो "तितो सत्य" हो जनता
बन्नै पर्छ अब "जिरे खुर्सानी"
सधैं "मेरी बास्सै" भनेर मात्र के गर्ने
"हिजो आजका कुरा" "गोलमाल" छन
नेताले जनतालाई सधैं "झ्याइँकुटी झ्याइ"
"तात्तो न छारो"को नेता गर्छन् मपाईँ
जल्ने र इर्श्या गर्नेहरुमा समर्पित गजल
- रामप्रसाद खनाल
कुरा काट्ने जल्नेहरु, कति सक्छौ जल्दै गर
इर्श्या डाहा गर्नेहरु, इर्श्या डाहामै मर्दै गर
कौवाले कान लग्यो भन्दा, दौडिने हो दौड्दै गर
कल्पनाको सागरमा, पौडिने हो पौड्दै गर !
खुट्टातान्न रम्नेहरु, खुट्टा तान्दै रम्दै गर
मलाई गाली गर्दा खुसी, लाग्छ भने गर्दै गर
पापको घैंटो भर्नेहरु, कति सक्छौ भर्दै गर
बाँदरको देखासिकी, गर्नेहरु गर्दै गर !
सुल्टो गर्दा उल्टो हेर्ने, अझै उल्टो हेर्दै गर
राम्रो गर्न खोज्दा उल्टो, देख्नेहरु देख्दै गर
कुरा काट्दा रम्नेहरु, अझ तिमी रम्दै गर
उडाउनमै जम्नेहरु, अझै तिमी जम्दै गर !
अघि ठिक्क चिप्लो बोल्ने, अझै चिप्लो बोल्दै गर
मलाई पोल्दा शितल भए, हुन्छ अझै पोल्दै गर
वास्तविकलाई अवास्तविक, भन्नेहरु भन्दै गर
तिम्लाई निको लाग्छ भने, मलाई दोषी गन्दै गर !
मलाई भीरमा ठेल्दा तिमी, बाँच्छौं भने ठेल्दै गर
खुट्टातान्ने, कुरा काट्ने, हरु अझै पेल्दै गर
झूठो कुरा साँचो भई, साँचो कहिले झूठो हुन्न
खुट्टा तान्ने तान्दै जाउ, बुझेको छु मत रुन्न !
फुर्सदका बेला दुई हरफ !
- रामप्रसाद खनाल
जसलाई आफ्नो सम्झन्छु म, उही फर्की टोक्न आउंछ
विश्वाशघात मात्रै होइन, छेक्ला भन्दा ठोक्न आउंछ
कुरा काट्दै तथानाम, इर्स्यालुकै घर धाउंछ
खुट्टा तान्दै, उडाउँदै, पँधेर्नी झै गीत गाउँछ
आफू आफ्नो धरातल, बिर्सनेले धोक्का पाउँछ
इर्स्यालु हो ख्याल गरे, तिम्रो रुने दिन नि आउंछ !
__________________________________________
भो अब यहाँ भन्दा बढी नयाँ नेपालको कुरा नखोलम !!!
बाउन्न साल अघिको शान्ति कता गयो ?
मेरो देश आज सबैको प्रयोगशाला भयो !
चारतारे आए प्रयोग गरे खानु खाए
त्यसपछि हंसिया हथौडा आए राम्रै पालो पाए
भएन भनेर सबै मिले माकुरे जालो लाए
महाराज पनि के कम आए नभएको पगरी लाए
समग्रमा देश पालै पालो सबैले चलाए
देश चलाए, आफु पनि पलाए, आफ्ना पनि पलाए
खरानीका लागि युद्ध, मट्टितेल छर्कदै देश, झन पछी झन जलाए !
जनताका नेता कपालमा जेल, पजेरो र महँगा पलङ
उनिहरुबिचमै एक अर्कामा जलन, जप्दै शान्तिको मलम
बन्दुकको डर, जनता भन्छन कसरी बोलम
भो अब यहाँ भन्दा बढी नयाँ नेपालको कुरा नखोलम !!!
- रामप्रसाद खनाल
भुल्यौ मेरो मनको साथी टँक तानसेन बसेपछी
यो अभागी तिम्रो साथी मुग्लान तिर पसेपछी
नारद सरको हार्मोनियम बासुरी नि छोड्नु पर्यो
कस्तो रहेछ हेर भाग्य सबै कुरा तोड्नु पर्यो
कस्ता भए हौला तिमी मास्टर साब भए पनि
तिम्ले भुले हौला, मैले छैन टाढा गए पनि
तिमी सँग रात भरी बसी झ्याउरे गाँउन पाएत
पख टँक तिमीलाई म छोडदिन है नेपाल आएत
नभुले है तिम्रो हाम्रो मित्रता त्यो डल्लु बाजे
ब्यक्त गर्न सक्दिन म मिस गर्याछु कल्लु बाजे
यो अभागी तिम्रो साथी मुग्लान तिर पसेपछी
नारद सरको हार्मोनियम बासुरी नि छोड्नु पर्यो
कस्तो रहेछ हेर भाग्य सबै कुरा तोड्नु पर्यो
कस्ता भए हौला तिमी मास्टर साब भए पनि
तिम्ले भुले हौला, मैले छैन टाढा गए पनि
तिमी सँग रात भरी बसी झ्याउरे गाँउन पाएत
पख टँक तिमीलाई म छोडदिन है नेपाल आएत
नभुले है तिम्रो हाम्रो मित्रता त्यो डल्लु बाजे
ब्यक्त गर्न सक्दिन म मिस गर्याछु कल्लु बाजे













This comment has been removed by a blog administrator.
ReplyDeleteअरु हाँस्दा आफु रुने पनि मान्छे
ReplyDeleteफुल छोडि काडा रोज्ने पनि मान्छे
अचानोमा मनराखी छियाछिया काटिदिन्थे
दुख्यो मलाई ऐया!नभन्ने पनि मान्छे
म्रित अस्मितामा शरीर बेचिदिन्थे यहाँ
जिउदै काँचो मासु लुट्ने पनि मान्छे
कलियुगमा धर्म,देबता,आस्था छैन
दियो जलाई ढुङ्गा पुज्ने पनि मान्छे
बनावटि प्रितसङै भाचिएको दिल लिई
स्वच्छ प्रितको दिल जोड्ने पनि मान्छे
swarup rijal'muskan'/heavenly_muskan@yahoo.co.in
malai nepal mother .com asdhyai man par6 maile dherai kura haru pani janne mauka paya . amrica lagayat anne muluk bata pani kabita gajal muktak haru pathauna sakido rahe6 mapai kehi kura haru pathaune koshis garne 6u. ra malai yo ramro lagyo
ReplyDelete