20101002

नेपाल एजुकेस्नल एन्ड कल्चर सेन्टर (पशुपती बुद्ध मन्दिर) को दसौं वार्षिक उत्सब पुरानो नेपाली मन्दिर परीसरमा सम्पन्न !

नेपाल एजुकेस्नल एन्ड कल्चर सेन्टर (पशुपती बुद्ध मन्दिर) को दसौं वार्षिक उत्सब हिजो पुरानो नेपाली मन्दिर परीसरमा सम्पन्न भयो । आचार्य गुरु खेमराज केसब शरण को अत्यन्त मिठास प्रबचनमा शुरु कार्यक्रममा अध्यक्ष्य डा महेन्द्र कार्की, समाजसेबी एबम सस्थापक कृष्ण निरौलाले यसका गतिबिधी बारेमा बोल्नुभएको थियो भने कोसाध्यक्ष्य नेत्र घिसिङले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका तस्बिरहरु हेर्नुस् :   




मन्त्रिको भेटमा- Prem Oli
 

एका बिहानै
मन्त्रिको भेटमा
गएको थिए गेटमा
पुक्दा देखे
भित्र छिर्न
मनिसहरुको लस्कर छ
कोही तस्कर छ
कोही अब्सर छ
कोही हर्ता कर्ता
कोही कार्यकर्ता।

त्यहा हेर्दा
तस्कर आएको छ
पैसाको पुला बोकी
अब्सर आएकोछ
रम र कोका कोला बोकी
बिचरा कार्यकर्ता आएकोछ
समश्याको झोला बोकी
त्यसैले त्यहा
हर्ताकर्तालाई बोलावोट छ
कार्यकर्तालाई रोकावोट छ।


लुरु लुरु
कार्यकर्ता हिंडेकाछन
चिल्लो पजेरोमा
हर्ताकर्ता गूडेकाछन
त्यसैले त्यहा
गूड्नेलाई खुला
हिंड्नेलाई छेकावोट छ।


अबसरको जात छैन
तस्करको बाद छैन
तर बिचरा कार्यकर्ता
 एउटै बाद घोकी
सधैं  झोला बोकी
लस्करमा लाम लागेकै छन
 कर्मी माहुरी भएर
नेतालाई काम लागेकै छन।


हाईकु



क्याम्पस
आज

नयाँ पिढिलाई
प्रेम गर्न
स्थपना गरिएको
क्रिडास्थल।


कारागार
नेता
फटाह
गुण्डा
पागल
चोर डाँका
हत्याराको
सन्कलन केन्द्र ।

बजार भाउ
बैशाखको
घाम जस्तै
दुई नम्बरी
काम जस्तै
हिरा मोतिको
दाम जस्तै।


कोकिल
बोली मिठो गर्ने
चतुर कागलाई पनि
छली छिटो गर्ने

कलियुकको नेता।


मायाप्रिती
कसैको लागि
यो अभिसाप
कसैको लागि
यो अतिताप
कसैको लागि
यो पश्चताप
तर
कसैको लागि
यो फलिफाप।


- prem oli

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक