20101228

नयाँ नेपालको उपहार : जताततै अन्धकार, हप्ताको ७४ घण्टा लोडसेडिङ !

हाम्रा नेताहरुले राम्रो काम गरेकैले होला अब मुलुक अन्धकारमय हुने भएको छ, अरुकुरामा त सधैं अन्धकार थियो नै, अब बिजुलिको अन्धकार पनि थपिदै लाधिदै लगिएको छ नेपाली जनता माथि ।     नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि हप्ताको ७४ घण्टा लोडसेडिङ गर्ने भएको छ । हाल हप्तामा ५६...
घण्टा हुँदै आएको लोडसेडिङ बढाएर ७४ घण्टा पुर्‍याएको प्रधिकरणले जनाएको छ । अबदेखि हप्तामा चार दिन ११ घण्टा र तीन दिन १० घण्टा लोडसेडिङ हुनेछ । नदीहरुमा पानीको बहाव कम भएका कारण विद्युत उत्पादन घटेको र माग बढेकाले लोडसेडिङको अवधी बढाउनु परेको प्राधिकरणको भनाई छ । यसअघि हप्तामा ३९ घण्टा हुँदै आएको लोडसेडिङ मंसिर २९ गतेबाट ५६ घण्टा पुर्‍याएको थियो । यसवर्ष दिनमा १४ घण्टाभन्दा बढी लोडसेडिङ हुने प्रधिकरणले जनाएको छ ।
उता नेकपा एमालेका नेता केपी शर्मा ओलीले प्रमुख तीन दलका मुख्य नेताको पदलोलुपताका कारण सरकार निर्माण प्रकि्या अघि बढ्न नसकेको आरोप लगाएका छन् । प्रेस चौतारी सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ओली यस्तो धारणा राखेका हुन् । उनले देश र जनताको माग अनुसार मुख्य दलका नेताहरुले समाधान दिनुको साटो व्यवधान खडागरी माओवादीले देखाएको हरियो घाँसमा अल्मलिएका कारण सरकार निर्माण हुन नसकेको पनि आरोप लगाए । प्रधानमन्त्रीको निर्वाचन संसद अधिवेशनको प्रारम्भमै हुनु पर्नेमा जोड दिदै नेता ओलीले काँग्रेस प्रत्यासी रामचन्द्र पौडेलको उम्मेदवारी कायमै रहेको जिकिर गरे । माओवादीको नेतृत्वमा सरकार वन्न असम्भव रहेको वताउँदै नेता ओलीले माओवादीको चरित्र अझ पनि अधिनायकवादी नै रहको बताए । माओवादीले संविधान निर्माण नचाहेका कारण जेठ १४ भित्र संविधान आउन गार्हो भएको नेता ओलीको कथन थियो ।
यता नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरिसंह केसीले जेठ १४ गते भित्र संविधान निर्माण हुन नसके अव संविधान सभाको म्याद थप गर्न नहुने वताएका छन् । प्रेस युनियन सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले यस्तो धारणा राखेका हुन् । उनले जेठ १४ सम्म संविधान जारी हुननसके त्यस पछि पार्टीले लिने निर्णयमा आफु पनि सहभागी हुने वताए पनि कुनै पनि हालतमा संविधान सभाको म्याद थप गर्न नहुने पक्षमा आफु रहने पनि प्रष्ट पारे । फेरि म्याद थपिए देश र जनता प्रति वेईमानी हुने वताउँदै नेता केसीले त्यसपछि उत्पन्न हुन सक्ने दुर्घटनालाई रोक्न सवै लोकतन्त्रवादी एक जुट हुनु पर्ने र संवैधानिक निकासको खोजी गरिनु पर्नेमा उनले जोड दिए । माओवादीले देख्दै आएको सत्ता कब्जाको सपना दिवास्वप्न रहेको वताउँदै नेता केसीले िहंसा र आतंकवाट स्थापित सत्ता स्थायी नहुने वताए ।

यसैबिच मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा चुलिदै गएको विवादले उग्ररुप लिन थालेको छ । केन्द्रीय सदस्य एवं भौतिक योजना तथा निर्माण राज्यमन्त्री साजय साहले पार्टी भित्र विद्रोही गरी फोरमबाट अलग हुने प्रयास गरेपछि उनीमाथि पार्टी संस्थापन पक्षले कारवाही प्रकि्रया अघि बढाएको थियो । कार्वाहीबाट आक्रोश बनेका साजय साहले हालै गठन गरेको मधेश क्रान्तिकारी नामक संगठनका कार्यकर्ताहरु उपप्रधानमन्त्री गच्छेदारविरुद्ध खनिएका छन् । एक कार्यक्रममा सहभागी हुन सप्तरी पुगेका गच्छेदारविरुद्ध संगठनका कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् । सप्तरीको कल्याणपुरमा आयोजना गरिएको कार्यक्रममा भाग लिन जाने क्रममा रुपनी नजिक उनलाई कालो झण्डा देखाउदै प्रदर्शनकारीहरुले उनीविरुद्ध चर्का नारावाजी गरेका थिए । प्रदर्शनपछि कार्यक्रमस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो । फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री गच्छदारको सिफारिसमा साहलाई राज्यमन्त्रीबाट हटाइसकिएको छ भने पार्टीको पनि कुनै पदमा नरहने गरी कारवाही गरिएको छ । पार्टी संस्थापन पक्षको यो कदमको विरोधमा गच्छेदारविरुद्ध आज प्रदर्शन भएको हो ।

1 comment:

  1. Reading this article, dallas bro can not stop his eyes watering.
    The one who destroyed my motherland has to take responsibilities for all these consequnces. They should go back and read the past history. How did we come along after 2046 ? and how did they destroy after 2052 ? with the name of so called people war. I hate the slogan "Peoples war". I bet we would have been in far better position now, if they (terrorist) wouldnt have destroyed the physical infrastructures and would have let us develop our nation on our own. I claim they are the surrenderist who relied upon india to kill more than 15000 innocent youths of my motherland. I hate them I hate htme I hate them I just hate them ,//...........Hate them

    Dallas Bro

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक