20101214

'दुईजनाबीच भनाभन भएको विषयलाई राजनीतिकरण गर्न खोजियो, यो यति धेरै चर्चा र विवाद गर्नुपर्ने विषय होइन,' : पूर्व युवराज पारस

Breaking News.....!
पूर्व युवराज पारस शाहले परराष्ट्र मन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीलाई धम्क्याउंदै चितवनको एक होटलमा हवाई फायर गरेको अभियोगमा उनलाई आज प्रहरीले फूलवारी होटलबाट नियन्त्रणमा लिई हेलिकोप्टरमार्फत चितवन लगिएको छ, शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता!
पोखराको फूलवारी रिसोर्ट पुगेका पूर्वयुवराज पारस शाहलाई प्रहरीले नियन्त्रणमा लिई हेलिकोप्टरमार्फत चितवन लगिएको छ। यसअघि पारस शाहले चितवन जाने आनाकानी गरेका थिए। प्रहरी बयानपछि चितवन लैजाने तयारीप्रति असहमति जनाउँदै उनले आफ्नो स्वास्थ्य समस्या...
देखाएका छन् । पारस मुटुसम्बन्धि समस्याबाट पीडित छन् । पूर्व युवराज पारस शाहले परराष्ट्र मन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीलाई धम्क्याउंदै चितवनको एक होटलमा हवाई फायर गरेको अभियोगमा उनलाई आज प्रहरीले फूलवारी होटलबाट नियन्त्रणमा लिएको हो । पूर्वयुवराज पारस शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता भएको छ। गोली प्रहार गरी उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वार्इं रुबेल चौधरीलाई ज्यान मार्ने उद्योग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता भएको हो। चितवनको टाइगरटप्स होटलका पाहुना रुबेल चौधरीलाई गत शनिबार राति हतियार देखाएर ज्यान मार्ने उद्देश्य राखेको भन्दै एक प्रहरी सहायक निरीक्षकका नामबाट पारस शाहविरुद्ध मुद्दा दर्ता भएको हो। प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार जिल्ल्ाा प्रहरी कार्यालय चितवनमा दर्ता नं १६६ रहेको मुद्दामा चितवनका प्रहरी उपरीक्षक पुष्पचन्द्र रञ्जितले आवश्यक कारबाही गर्नुभन्ने तोक आदेश लगाएका छन्। जिल्ल्ाा प्रहरी कार्यालय चितवनले घटनाको विषयमा कुनै जानकारी दिएको छैन। प्रहरीले घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी त्यसैको आधारमा प्रहरीकै नामबाट पारसविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको हो। चितवन प्रहरी कार्यालयले भने आफूहरुले त्यसबारे केही भन्न नमिल्ने जनायो। 'यसबारे हामीले केही भन्न मिल्दैन' जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविराज खड्काले यो विषयमा आफूहरु बोल्न नमिल्ने बताउनुभयो। उहाँले भन्नुभयो–'घटनाको विषयमा एकै ठाउँबाट मात्र सूचना दिनुभन्ने माथिको आदेश छ।' चितवनका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले मुद्दा दर्ताको विषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी आइनसकेको बताउनुभयो।
व्यापक विवादबीच चितवनबाट आइतबार काठमाडौं आएका पूर्वयुवराज सोमबार साथीहरूसँग पोखरा गए। फिस्टेल एयरको हेलिकोप्टरबाट अपराह्न सवा दुई बजे उनी पोखरा उत्रिए। उनले पोखराबाटै सहयोगीमार्फत नयाँ पत्रिकासित कुरा गर्दै घटनालाई राजनीतिकरण गरिएको प्रतिक्रिया दिए । 'दुईजनाबीच भनाभन भएको विषयलाई राजनीतिकरण गर्न खोजियो, यो यति धेरै चर्चा र विवाद गर्नुपर्ने विषय होइन,'

4 comments:

  1. 15 hajar maanchhe marne aparadhi haru lai kasle ke garne ?? tara euta hawai fayar garne mathi rajanitik abaran ma yatro bidhi karwahi ko natak !!!1

    ReplyDelete
  2. Parash lai matra hoina sabai neta tatha aparadh garne jo sukai lai pani karwahi garnu parchha.

    Komal Sharma

    ReplyDelete
  3. Parash le yaso garnu galti thiyo, galti sano tar natak thulo bhayo. sujata koirala ko khanadan dekhauna ta paryo nai hagi !!!!!!!!!!!!!
    Kopila

    ReplyDelete
  4. Maoitst le parliament ma mantri harulai thokeko chai , kasaileai khai bhayana , aahile hawai fire bho bhandai ma yati thulo natak, mero b4 ma you political issue ho , political parties le royal family lai dominate garne mauka samjhe jasto chha tara yasko result ulto hune cha , congress gonna me the weakest party in nepal

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक