( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20100131

नेपालका उपरास्ट्रपतीलाई नेपाली बोल्न नआएर हिन्दी बोल्छन तर भुकम्पले स्वाहा पारेको असफल राष्ट्र हाइटीका नागरिक यसरी नेपाली बोल्छन, यसरी नेपाली गीत गाउँछन, हेर्नुस् भिडियो

प्रचन्डको माओवादीले ढाँटे पनि आखिर पोल खुल्यो, भारतका माओवादी सँग नेपाली माओवादीको सम्बन्ध निकट

एकलाख माओवादी महिला काठमाडौं उतारेर माओवादीले कस्लाई देखाउन खोज्या हो कुन्नी ?

प्रहरी हिरासतमा रहेका भारतीय माओवादीका वरिष्ठ नेता कोबद गान्धीले नेपालको माओवादी पार्टीसँग निकट सम्बन्ध रहेको खुलासा गरेका छन्। गान्धीको भनाइले दुवै देशका माओवादीबीचको सम्बन्धलाई पहिलोपटक सतहमा ल्याइदिएको छ। इन्डियन एक्सप्रेस दैनिकमा आइतबार प्रकाशित समाचार भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का शक्तिशाली पोलिटब्युरो सदस्य गान्धीले सन् २००२ देखि सन् २००६ सम्म किशनजीसहित अन्य वरिष्ठ माओवादी नेतासँग चारपटक नेपालको भ्रमण गरेको .....

ढाकामा आयोजना भइरहेको एघारौं दक्षिण एसियाली खेलकुदमा नेपाली खेलाडीहरु बिच मुक्का मुक्की, हेर राष्ट्रको बेइज्यत !

अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिष्ठा प्रदर्शन गर्न खेलकुद उत्तम विकल्प मानिन्छ। तर, त्यही मञ्चमा घरायसी झगडा छताछुल्ल भयो भने त्यसले कस्तो सन्देश देला ? यस्तै अप्रिय घटना ढाकामा आयोजना भइरहेको एघारौं दक्षिण एसियाली खेलकुदमा भएको छ। अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको नाम बदनाम गर्ने काम गरेको छ, कब्बडी खेलले। आइतबार बंगबन्धु रंगशाला नजिकै नेपाली पुरुष कबडी टोली प्रतिस्पर्धाका लागि म्याटमा उत्रिदा म्याटबाहिर नेपाल कबडी संघका अध्यक्ष सुनिलराज कर्णीकार र संघका अन्य पदाधिकारी तथा प्रशिक्षकहरु हात हालाहालमा उत्रिएका थिए। 'घरायसी झगडा बाहिर ल्याउँदा देशको प्रतिष्ठामा आँच मात्र आउँदैन्, विश्वभरि लोकप्रिय बनाउँन जुटेका हामी जस्ता पदाधिकारीको मनोवल कमजोर .....

संविधान घोषणा नहुँदासम्म हतियार नबिसाउने भन्ने प्रचण्डको प्रस्ताव पारित हुँदा !

-केदार सुवेदी
संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीले जनताको मतबाट प्राप्त आफ्नो ठूलो हैसियत होइन कि आफूसँग रहेको बन्दुकलाई संविधान निर्माणको शक्तिका रुपमा प्रस्तुत गर्न थालेको छ। संविधान निर्माणका लागि अबको बाधक तत्व नै माओवादीको यो हतियार हुने स्थिति बनेको छ।  संविधान निर्माणसम्बन्धी विभिन्न काममध्ये संवैधानिक समितिका प्रतिवेदन प्रमुखमा पर्छन्। तीमध्येका अन्तिम प्रतिवेदन बुझाएर त्यसमाथि छल सुरु हुन थालेकै दिन माघ १३ गते माओवादीका अध्यक्ष प्रचण्डले संविधान घोषणा नहुन्जेल आफूहरु निःशस्त्र नहुने भन्ने पोलिटब्युरो बैठकमा प्रस्ताव नै लगे र त्यसलाई पारित गरिएको जानकारी प्रवक्ताले दिए। संविधान घोषणा नहुँदासम्म हतियार नबिसाउने भन्ने नीति पारित हुँदा संविधान निर्माणका बाधक भने उसले अन्य साना दललाई लगायो। माओवादीको भनाइ थियो।– ंसंविधान बनाउन नदिने देखिएपछि आफूहरुले संविधान निर्माणको लागि त्यो बेलासम्म निःशस्त्र नहुने निर्णय......

20100130

माकुने सरकार ढल्ने सम्भावना बढ्यो, काङ्रेस फेरी माओवादी संगै सती जादै, सुजाताले खोलिन मुख, प्रचन्ड दँग !!!

प्रधानमन्त्री माधवकुमार नेपालले बुटवलमा वर्तमान सरकारको विकल्प नभएको बताउनुभएको केही दिनपछि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले सोही ठाउँबाट नेपाल नेतृत्वको वर्तमान सरकारको विकल्प खोज्नु पर्ने बताएकी छिन् । “अहिलेको सरकार साझा सरकार जस्तो भएन, एमालेले सरकारलाई एकलौटी ढंगले अगाडि बढाइरहेको छ, यसको विकल्प खोज्नु आवश्यक बनेको छ,” कांग्रेस केन्द्रीय समिति सदस्यसमेत रहेकी कोइरालाले पत्रकारहरूलाइ बताएको अनलाइनखबरले जनाएको छ ।कांग्रेस संसदीय दलको शुक्रबारको बैठकमा पनि धेरैजसो सभासदहरुले एमाले नेतृत्वको वर्तमान सरकार एक्लौटी ढंगले अघि बढेको लगाएको भोलि पल्टै पार्टीको नेतृत्व गरेर सरकारमा सहभागी.....

"मनपरी मान्छे मार्दै हिँड्ने माओवादीलाई नेपाली सेनामा मिलाउने कुरो वाहियात हो" : नेता ओली

"बरालिएर हुलदँगा गर्दै हिँडेको मूर्खहरुको जमातलाई मूल धारमा ल्याइयो, सुध्रेला भनेको सिद्धिदै गइरहेको छ"
नेपाली लोकतान्त्रिक मन्च पोर्चुगलको प्रथम राष्टिय सम्मेलनको एमाले विदेश विभाग प्रमुख केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । एक साता लामो युरोप भ्रमणको सिलसिलामा लिस्बोन आइपुगेका नेता ओलीले  सेना समायोजन प्रकरणमा रक्षा मन्त्री विद्या भण्डारीको भनाइ पार्टीको लाइन अनुसार भएको भनी  अभिव्यक्ति दिएका छन् । उनले भने, मनपरी मान्छे मार्दै हिँड्ने माओवादीलाई नेपाली सेनामा मिलाउने कुरो वाहियात हो । एमालेका प्रभावशाली नेता केपी शर्मा ओली मन्चमा उभिएदेखि नै मूलत माओवादी विरुद्ध खनिए । जँगलमा लडिरहेको माओवादीलाई शान्ति प्रकृयामा ल्याउने काम एमालेले गरेको ......

प्रचण्डले एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकताका लागि सार्बजनिक आह्वान गरे

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकताका लागि सार्बजनिक आह्वान गरेका छन्  । नेपाल राष्ट्रिय कर्मचारी महासंघको प्रथम महाधिवेशनको आज राजधानीमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने -' तपाईंले पार्टी भित्र गरेको संघर्षलाई विद्रोहमा परिणत गर्नुहोस् , बाहिर पनि तपाईंको पार्टी छ. स्वागत गर्न तयार छौं ।'कार्यक्रममा सहभागी एमाले उपाध्यक्ष गौतमले आफूलाई एमाले भित्रको माओवादी भन्ने आरोप लाग्ने गरेको गुनासो गरेपछि माओवादी अध्यक्ष प्रचण्डले आफ्नो मन्तब्यको क्रममा एकताका लागि आग्रह गरेका हुन्  ।  महाधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्डले.....

20100129

जात जाती, भाषा भासी, मधेश, पहाड, हिमाल आदी नाममा देश भाग बिलो लगाउदै गर्दा सुतेका बाहुनहरु पनि जाग्न थाले !!!

सबैले नेपाल र नेपाली मात्र भनिदिए कती राम्रो हुने थियो हगी ! तर कस्ले बुझ्ने यो मर्म  !!!
नेपाल ब्राहमण समाजका अध्यक्ष नारायणप्रसाद अधिकारीले हक हित सुरक्षाका लागि सांगठनिक रुपमा अगाडि बढ्नु परेको बताएका छन् । शुक्रवार तानसेनमा आयोजित ब्राहमण समाजको जिल्ला स्तरीय भेलालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले ब्राहमणहरू यहाँका आदिवासी मात्रै नभएर अनादिवासी भएको समते दावी गरे । अध्यक्ष अधिकारीले विभिन्न क्षेत्रहरूमा अन्य जातीका लागि कोटा र आस्रयका नाममा क्षमता हुँदाहुँदै पनि ब्राहमणहरू पछाडि पारिएकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष अधिकारीले ब्राहमणहरूको संस्कार र संस्कृति सराहनीय भएपनि त्यसको बैज्ञानिकताको अभावमा समस्या देखिएको बताए । देशका ५५ वटा जिल्लामा ब्राहमण भेला तथा तदर्थ समिति समेत गठन गरिसकेकेा समाजले अन्य जातीको अधिकार खोस्ने नभएर अरूको अधिकार प्राप्ति हुादा आÇनो अधिकार नखोसियोस् भन्ने चाहना राखेको भेलाका वक्ताहरूले जोड दिए । कार्यक्रममा गुल्मी जिल्ला ब्राहमण समाजका अध्यक्ष शशी पन्थी, डा. रामप्रसाद ज्ञवाली, विश्वहिन्दु महासंघ पाल्पाका अध्यक्ष विश्वराज पौडेल, प्राध्यापक रामप्रसाद ढकाल, डा. नेत्र न्यौपाने लगायतले ब्राहमण समाजको भेला गरी समिति गठन गर्नुको मूख्य उद्देश्य माथि.......

चार तल्लाबाट लिफ्ट खस्दा जुडोका ५ र भारत्तोलनका २ नेपाली खेलाडीहरु गम्भीर घाइते

सागमा भाग लिन गएका नेपाली खेलाडीहरु लिफ्ट खस्दा गम्भीर घाइते भएका छन् । पत्रकार सरिता श्रेष्ठका अनुसार ढाकाको इम्पेरियल होटलको चार तल्लाबाट लिफ्ट खस्दा जुडोका ५ र भारत्तोलनका २ खेलाडीहरु गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये जुडो खेलाडी देबु थापा र कालुमान तामाङ्गको अवस्था गम्भीर छ । थापा यसअघिको संस्करणकी पदक विजेता हुन् । अन्य घाइतेहरुमा रमेश मगर राधादेवि राई,गाेपाल श्रेष्ठ र ज्ञान बहादुर श्रेष्ठ रहेका छन् भने एउटा खेलाडीकाे नाम खुल्न सकेकाे छैन । लिफ्ट खसेको लामो समयसम्म पनि साफ आयोजक बंगलादेशका खेल अधिकारीहरुले सम्पर्क नगरेको पत्रकार ......

भारत आँफै बोक्सी आँफै झाक्री !!!

- शेखर ढुङेल
नेपाल को सार्बभौम सत्ता , स्वतन्त्रता र स्वाधिनता माथि भारत ले फेरी बाघ पन्जा बढाएको छ । राजा महेन्द्र ले बडो मुस्किल ले लघारेका भारतिय शेना का नती हरु फेरी नेपाल को छाती मा परेड खेल्ने रहर गर्दैछन । भारत ले नेपाल को अन्त रास्ट्रिय  बिमान स्थल एयर मार्शल राख्ने प्रस्ताब गर्नु आफै मा हवाइ कानुन र नियम बिरुद्ध त छदैछ उसकै लागि पनि लज्जास्पद मात्रै नभै नेपाली सुरक्षा निकाय वा सिंगो नेपाल रास्ट्रको अपमान पनि हो । भारत को यो हेपाहा प्रब्रिती लाई हाम्रा नेता ले रोक्न सकेनन भने इतिहास ले माफ दिने छैन । भारत आँफै बोक्सी आँफै झाक्री बाणी नेपाल प्रति दोहोरो चरित्र देखाई रहेको छ । .....

तितो सत्य को नयाँ भाग हेर्नुस् ल !



20100128

रौतहटमा एक महिलालाई जिँउदै जलाएर हत्या

दाईजो नल्याएको भन्दै रौतहटमा एक महिलालाई जिँउदै जलाएर हत्या गरिएको छ। रौतहटको सन्तपुर गाविसकी १९ बर्षीय मञ्जुदेवी साहले चार बर्षअघि विवाहमा गरेको सम्झौता बमोजिम दाईजो नल्याएको भन्दै हत्या गरेको बताईएको छ। विवाहमा सम्झौता गरेको १५ हजार रूपैंयामा दस हजारमात्र दिएको भन्दै हत्या गरेको आरोप मृतकका आफन्तले जनाएका छन्। उनका श्रीमानसहित सबै परिवार सम्पर्कविहीन छन्।युवतीको हत्या गरिएको भनेपनि शव फेला परेको छैन। प्रहरीले हत्याको बारेमा छानवीन गरिरहेको जनाएको छ।
रक्षामन्त्री बिद्या भण्डारीको अडान भित्र लुकेको यथार्थता, माओवादी लडाकु र नेपाली सेना
- देवप्रकाश त्रिपाठी
नेपाली सेनाको वीरताकोे इतिहास धेरै लामो छ, खासगरी नेपाल एकीकरणका क्रममा गोर्खालीका रूपमा नेपाली सेनाले दर्शाएको बहादुरी इतिहास–स्मरणीय पनि छ। विभिन्न राजा–रजौटाहरूसागको लडाइामा गोर्खाली सेना बहादुर मात्र ठहरिएनन् विजयी पनि भएका हुन्। तर, ब्रिटिस भारतसागको युद्धमा भने नेपालीले बहादुरीपूर्वक लडेका थिए। अङ्गे्रजहरूमाथिको समरमा निर्णायक विजय हासिल गर्न नसके पनि विश्वविजयी
उनीहरूसाग लडाइा लड्ने सामर्थ्य दर्शाउनु नै एकप्रकार बहादुरी थियो। सीमित स्रोत र साधनका बाबजुद नेपाली सेना जसरी लड्यो त्यसले बहादुरीको अर्को पाटो दर्शाएको थियो। सुगौली सन्धिमा गएर .....

सेना र पुलिसमा माओवादी छिराएपछि के होला ?

 लामो समयदेखि क्यान्टोन्मेन्टमा बसिरहेका माओवादी लडाकुहरूको व्यवस्थापन नभई संविधान बन्न नसक्ने र बनाउन सकिहाले पनि चल्न र चलाउनचाहिा नसकिने अवस्था देखिएपछि सरकारले माओवादी लडाकुहरूको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ। क्यान्टोन्मेन्टमा रहेका पााच हजार माओवादी लडाकुलाई सुरक्षा निकायमा 'एड्जस्ट' गर्न सकेमा माओवादी पार्टी संविधान निर्माण कार्यमा सहयोगी हुनसक्ने विश्वास सरकारले गरेको छ। उन्नाईस हजार लडाकुमध्ये पााच हजारलाई मात्र सुरक्षा निकायमा 'एडजस्ट' गरे पनि आफूहरूलाई मान्य हुने धारणा माओवादी अध्यक्ष प्रचण्डले खास–खास वार्तालापका क्रममा प्रकट गर्नुभएको हुनाले करिब पााच हजार लडाकुलाई सुरक्षा निकायमा .....

20100127

गिरिजालाई माओवादी अध्यक्षद्वारा प्रधानमन्त्रिको प्रस्ताब, गिरिजाले हुन्छ भन्न बेर छैन !


माओवादीले फेरी अर्को कुटिल चाल् चल्यो माकुने सरकार ढाल्न, 'कोइराला प्रधानमन्त्री नबन्ने हो भने आफूलाई सहयोग गर्न' आग्रह
आफ्नै नेतृत्वमा राष्ट्रिय संयुक्त सरकारको एजेन्डा बनाउँदै आएको माओवादीले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहान भेट गरी 'कोइराला प्रधानमन्त्री नबन्ने हो भने आफूलाई सहयोग गर्न' आग्रह गरेका छन् । स्रोतका अनुसार, तर कोइरालाले कुनै प्रतिक्रिया नदिई 'सोचेर जबाफ दिने' बताएका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण भएर........

बिहीबारदेखि दैनिक ११ घण्टा लोडसेडिङ !!!

नेपाल विद्युत् प्राधिकरणले भोलि बिहीबारदेखि लोडसेडिङको समय बढाएर दैनिक ११ घण्टा पुर्याएको छ। नयाँ तालिकाअनुसार अब दिनको एक पटक ६ घण्टा र एक पटक ५ घण्टाका दरले लोडसेडिङ हुने भएको छ। नदीमा पानीको बहावमा व्यापक कमी आई विद्युत् उत्पादन पनि घटेकाले लोडसेडिङ बढेको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख शेरसिंह भाटले बताउनुभयो। बुधबारसम्म दैनिक ९ घण्टाका दरले लोडसेडिङ भइरहेकोमा भोलिदेखि २ घण्टा लोडसेडिङ थप भएको छ। प्राधिकरणले यो वर्ष १२ घण्टा लोडसेडिङ हुने प्रक्षेपण गरे पनि योभन्दा बढी हुने भएको छ।
अपहरणपछि सचिवको गोली हानी हत्या
बाँकेमा एक गाविस सचिव को अपहरणपछि हत्या गरिएको छ। सीतापुर गाविसका सचिव इन्द्रबहादुर श्रेष्ठको अपहरणपछि मंगलबार हत्या गरिएको हो। गाविस परिषद् बैठक सकेर नेपालगन्जस्थित घर र्फकंदै गरेका उनलाई साँझ पौने ५ बजेतिर अज्ञात समूहले अपहरण गरी हत्या गरेको हो। अपहरणको सूचना.....

20100126

‘प्रचण्ड मूर्दावाद’ लेखिएको प्लेकार्ड बोकेकाहरु माओवादीविरुद्ध प्रदर्शनमा, प्रचण्डको पुत्ला पनि जलाइयो

एकीकृत नेकपा माओवादीको पोस्टरमा भारतको राष्ट्रिय झण्डा जुत्तामुनि राखिएको आक्रोशमा सीमावर्ती जोगवनीका नागरिक माओवादीविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। दश गजा क्षेत्रमा मङ्गलबार बिहानैदेखि उनीहरु माओवादीविरुद्ध उत्रिएपछि दुबैतिरको सीमामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। राष्ट्रिय जागरण भण्डाफोर अभियानअन्तर्गत माओवादीले मोरङको सीमावर्ती इलाकामा टाँसेको पोस्टरमा ‘भारतको राष्ट्रिय झण्डा’ लाई एक व्यक्तिले जुत्ताले कुल्चने प्रयास गरिरहेको देखाइएको छ। भारतीयहरु बिरोधमा उत्रिएपछि जोगवनीमा रहेको उप–महानगरपालिकाको ढाटमा टाँसिएको उक्त पोस्टर च्यातिदिएको छ। पोस्टरमा देखाइएको.....

जिरे खुर्सानीको नयाँ भाग हेरेर मनोरन्जन गर्नुस्

असिनेको नेत्रित्वमा ऊच्चस्तरिय सँयन्त्र गठन



20100125

"नयाँ नेपाल" का "महान नेता" र दल हरुले एउटा सिंगो नेपाललाई यसरी भाग बिला लगाउने सहमति गरे



क्यानडामा साहित्यकार पराजुलीलाई अभिनन्दन
ब्राम्टन / नेपाली भाषा तथा साहित्य का धरोधर बरिष्ठ साहित्यकार कृष्ण प्रसाद पराजुली लाई हालै क्यानडा मा भब्य कार्यक्रम का बिच अभिनन्दन गरिएको छ । टोरोन्टो साहित्य समाज .....यो समाचारको बाँकी अँस र शोभा पोखरेल को कबिता पढ्न यस् को ठीक तल Read More मा क्लिक गर्नुस् ....     .

पूर्व प्रधानसेनापती कटवाल घुमाएर भन्छन "माओवादी हतियारधारी हत्याराहरुको जमात हो" हेर्नुस् सन्सनी पूर्ण अन्तर्वार्ताको भिडियो









20100124

"प्रचण्ड भन्नुहुन्छ- उहाँको जीवन खतरामा छ, उहाँ आफू असुरक्षित हुनुहुन्छ, उहाँ मारिने सम्भावना छ"

"यस्तै ताल आगामी दिनमा पनि ज्यूँदै रह्यो भने माओवादीहरू विश्व सभ्यताकै आतंककारी लिस्टमा टाँसिनेछन्"
-प्रदीप नेपाल
एकीकृत माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्नुहुन्छ- उहाँको जीवन खतरामा छ, उहाँ आफू असुरक्षित हुनुहुन्छ, उहाँ मारिने सम्भावना छ । आफू कोबाट असुरक्षित छु भन्ने सत्यचाहिँ उहाँले अहिलेसम्म खोल्नुभएको छैन । त्यसैले यो भय-भाषण पनि उहाँका अरू भाषणजस्तै बताससँगै उडेर आएका अभिव्यक्ति हुन् कि भनेर शंका गर्ने स्थान दाहालजी स्वयंले दिनुभएको छ । मैले पुष्पकमल दाहालको बोलीको सिको गरेर यो टिप्पणी लेखेको होइन । तर, उहाँका एकजना कार्यकर्ताले 'प्रदीप नेपालजस्ता नेताको बाँच्ने अधिकारमाथि प्रतिबन्ध लगाउनैपर्ने' भन्ने टिप्पणी लेखेर आप\mनो हिंसात्मक चेतको सार्वजनिक प्रदर्शन गरेका छन् । माओवादी हिंसाको चेतनामा हुर्किएका.....

नेपाली सेनालाई अघि सारेर भारतले नेपालविरुद्ध राष्ट्रघात गर्न खोजेको प्रचण्डको आरोप

नेपाली सेनामा माओवादी लडाकू समायोजन गरिए मधेस सेना निर्माण गर्ने उपप्रधानमन्त्रीको चेतावनी
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली सेनालाई अघि सारेर भारतले नेपालविरुद्ध राष्ट्रघात गर्न खोजेको आरोप लगाएका छन् ।

माओवादी विशेष केन्द्रीय ब्युरोद्वारा सिन्धुलीगढीमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रविरुद्ध प्रयोग हुने नेपाली सेनाविरुद्ध खबरदारी गर्ने चेतावनीसमेत दिए । 'हामी राष्ट्रवादी सोच भएका नेपाली सेनालाई माया गर्र्छौं, तर सेनाका केही जर्नेल विदेशीको लहलहैमा लागेर नेपालीविरुद्ध षड्यन्त्र गरिरहेका छन्, हामी उनीहरूविरुद्ध खबरदारी गर्र्छौं,' २०५२ साल फागुनमा फौजी हमला गरेको सिन्धुलीगढीमा हेलिकोप्टरद्वारा पुगेका प्रचण्डले भने । १९५० को सन्धिका कारण भारतीय पक्षबाट धेरै राष्ट्रवादी नेपालीको हत्या भएको दाबी उनले गरे । 'त्यही सन्धिका कारण भीमदत्त पन्तको हत्या गरेर भारतीय सेनाले किसान आन्दोलन......

20100123

माओवादी कार्यकर्ता 'होलटाइमर'लाई बरिस्ठ पत्रकार कनक दिक्षितको खुला पत्र !


कनकमणि दीक्षित-
प्रिय माओवादी होलटाइमर,
तपाईंको पार्टी नेतृत्वले जसरी हिंसाद्वारा समाजमा परिवर्तन ल्याउने भनेर पाठ सिकायो, खुला समाजमा आइसक्दा त्यो प्रशिक्षण पूर्णतः असान्दर्भिक हुन पुगेको छ। तर बन्दुक हातमा राखेर रवाफ देखाउन र अरूलाई कजाउन जति सजिलो छ, शान्तिपूर्ण राजनीति गर्न चाहिने साहस जुटाउन उत्तिकै गाह्रो भएजस्तो छ, माओवादी नेता गणलाई। यसैले सायद उहाँहरूले भन्न नसकेको कुरा तपाईंहरूलाई यस पत्रमार्फत पेस गरौं कि जस्तो लाग्यो - शान्तिप्रक्रिया, लडाकु व्यवस्थापन, भू-राजनीति तथा राजनीतिक घटनाक्रमबारे।

संसार र काठमाडौंको बौद्धिक वर्गमाझ माओवादी नेतृत्व जति सौम्य र लोकतान्त्रिक कुरा गर्छ, उत्तिकै.....

प्रचण्डले आफूलाई अपदस्थ गर्न दिनमा तीन पटकसम्म विदेशी राजदूतलाई भेटेको, सेनालाई नष्ट गर्न खोजेको पूर्वप्रधान सेनापति रुक्मांगद कटवालको आरोप


"माओवादीले छ महिनामा बुझाउने भनेको हतियार खोइ अहिलेसम्म बुझाएको ?,  काभ्रे जिल्ला अदालतले निरञ्जन बस्नेतलाई मागेको भन्ने कुरा अदालती प्रक्रियामा छ । शान्ति सेनाबाट फिर्ता पठाएकोचाहिँ 'नबुझिकन पठाएको' भन्ने राष्ट्रसंघले नै भनिरा'छ । कति हाम्रा सैनिक अधिकृत र जवानहरूमाथि पनि प्रहार भएको थियो उतिबेला । त्यसबाहेक  प्रचण्ड थैवको, रामहरि श्रेष्ठको कुराहरू किन आउँदैन ? यिनका पनि त हत्या भएकै हो । संसारले थाहा पाएका ज्यानमाराहरू शिविरमा  बसिरहेका छन् । तिनका पनि त कुरा आए हुन्थ्यो ।"
पूर्वप्रधान सेनापति रुक्मांगद कटवालले माओवादी शिविरभित्र रहेको हतियार तुरुन्त राज्यलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ। पदबाट अवकाश पाएको ४ महिनापछि शुक्रबार बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै माओवादीको कटु आलोचक मानिएका कटवालले उक्त धारणा राख्नुभएको हो। ‘शिविरभित्र बन्दी बनाएर राखिएका व्यक्तिहरू अधिकांश पढ्न चाहन्छन्, उनीहरूलाई त्यहाँबाट मुक्त गर्नुपर्छ’ -माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्ने/नगर्नेबारे चर्को बहस भइरहेका बेला पूर्वप्रधान सेनापति कटवालले भन्नुभयो। माओवादी नेतृत्वको सरकारले नेपाली सेनामा व्रि्रह ल्याएर सेनालाई नष्ट गर्न.......

होनाहार नेपाली दाजु भाईहरुको प्रबासमा मृत्‍यु

-शेखर ढुङेल


चेतना , सम्भाबना , बाध्यता , लहड , अनी जन्म भुमि को प्रतिकुल बाताबरण को कारण परदेशिन प्रोत्साहित हुने नेपाली हरु को सन्ख्या ब्रिद्धी क्रम संगै बिबिध कारण बाट अकल्पनिय रुपमा देह लीला समाप्त हुने स्रिन्खला पनि बढेको छ । मृत्‍यु चाहे त्यो हत्या , आत्महत्या , दुर्घटना वा प्राक्रितिक जे होस आफन्तजन मात्र नभै नचिने पनि सुन्ने सम्म का लाई पनि पिडादायक हुन्छ । आफन्त को लागि हत्या मा बढी पिडा र दुर्घटना वा आत्मह्त्या मा कम पिडादायी हुन्छ भनि कल्पना गर्नु पनि मुर्खता पूर्ण हुन्छ पिडा पिडा नै हो ब्यहोर्ने मुटु एउटै हो । प्रदेश मा अल्पायु मै जिवन कथा समाप्त हुने हरु को पछाडि जोडी नसक्नु बिबिध पिडा.....

20100122

राजधानीमा मात्रै वाईसीएलका २८ वटा क्याम्प, जहाँ १५ देखि दुई सय ५० सम्म वाईसीएल कार्यकर्ता,अर्धसैन्य संरचनामै !


माओवादीले अझै पनि भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) लाई क्याम्पभित्र अर्धसैन्य संरचनामै राखेको छ । राजधानीमा मात्रै २८ वटा क्याम्प छन्, जहाँ १५ देखि दुई सय ५० सम्म वाईसीएल कार्यकर्ता बस्छन् । उनीहरूले नेपाल प्रहरीको जस्तै 'प्रभाग र वृत्त' बनाएका छन् । काठमाडौं र ललितपुरको रिङरोड तथा कीर्तिपुरका साथै भक्तपुरको नाकामा उनीहरूलाई समूहगत रूपमा माओवादीले राखेको छ । सुरक्षाका दृष्टिकोणले उनीहरू रणनीतिक स्थानमा छन् । माओवादीले ०६५ असारमा सात दलबीच भएको सहमतिमा वाईसीएलको अर्धसैनिक संरचना भंग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । राष्ट्रिय/अन्तर्राष्ट्रिय तहमा उसको सैन्य संरचनाको व्यापक आलोचना भए पनि विघटन गर्न माओवादीले अस्वीकार गर्दै आएको छ । आफू सरकारमा गएपछि पनि उसले पटकपटक........

तितो सत्यले सम्झेछ नेपालका निर्मातालाई



एमाले महासचिव ईश्वर पोखरेलले सम्बोधन गरिरहेका बेला सभामा माओवादी आक्रमण, माओवादी अनिश्चितकालीन आमहड्ताल स्थगित


माओवादीले एमालेको सभामा आक्रमण गरेका छन्। आक्रमणमा आधा दर्जन घाइते भएका छन्। एमाले महासचिव ईश्वर पोखरेलले सम्बोधन गरिरहेका बेला कालो झण्डासहित आएका आफूलाई सुकुम्बासी बताउने माओवादीले एक्कासि सभामा ढुङ्गा प्रहार गरेपछि स्थिति तनावमय भएको थियो। उनीहरुले पुस २३ गते एमाले जिल्ला सदस्य महादेव बजगाइँलाई कुटेपछि उनलाई अस्पतालमा उपचार गराउनुपरेको थियो। माओवादीको यस्ता गतिविधिविरुद्ध एमालेले कुटिएको स्थान लम्कीमा भण्डाफोर कार्यक्रमअन्तर्गत सभा आयोजना गरेको थियो। सभा चलिरहेका बेला माओवादी आबद्ध सुकुम्बासीले आक्रमण गरेका थिए। जसमा यमबहादुर विक, रामबहादुर विक, जयसिंह नेपाली, शिवराज उपाध्याय आदि छन्। आक्रमणपछि सुरक्षाकर्मीसमेत तीन पक्ष सम्मिलित भिडन्त भएको थियो। घाइते हुनेमा......

रक्षामन्त्री विद्यादेवी भण्डारी सेना समायोजन गर्ने विषयमा अडिग, भारतले नेपाली सेनालाई चाहेजति सैन्य सहयोग उपलब्ध गराउने सहमति


रक्षामन्त्री विद्यादेवी भण्डारीले सेना समायोजन गर्ने विषयमा आफूले राखेको धारणामा अडिग रहेको बताउनुभएको छ। भारतीय स्थलसेनाध्यक्ष दीपक कपुरसँग भएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो धारण व्यक्त गर्नुभएको हो। ‘म मेरो धारणामा स्पष्ट छु, कसैले छिटो भन्लान्, कसैले ढिलो भन्लान्’ -उहाँले भन्नुभयो। माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्ने विषयमा उहाँले मंगलबार दिएको अभिव्यक्तिपछि एनेकपा माओवादी र सरकारबीच विवाद चुलिएका बेला रक्षामन्त्री भण्डारीले आफ्नो भनाइ जायज रहेको समेत दाबी....

20100121

राजा बीरेन्द्रसँग सहकार्य थियो रे माओवादीको, प्रचन्ड आफैले भनेको !!!


एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तत्कालिन राजा वीरेन्द्र र एमाले नेता मदन भण्डारीको हत्या भारतीय चाहनामा भएको दाबी गरेका छन्। भारतले भने अनुसार नमान्दा तत्कालीन राजा वीरेन्द्र र भण्डारीको हत्या भएको दाबी गरेका अध्यक्ष दाहालले प्राचीनकालदेखि सुरू भएको नेपालमा देशभक्तहरूको हत्या हुने क्रम अझै नरोकिएको बताए। राष्ट्रिय जागरण तथा भण्डाफोर अभियान अन्तर्गत विहीवार बर्दियाकेा सदरमुकाम गुलरियामा आयोजित आमसभामा माओवादी अध्यक्ष दाहालले वीरेन्द्र र भण्डारीको हत्यामा पटक पटक भारतीय संंलग्नताको आरोप लगाइरहे। 'जसले मदन भण्डारीको हत्या गरे। यत्तिखेर एमाले त्यसैकौ नोकर भएको समेत दाहालले टिप्पणी गरे। 'राजा वीरेन्द्रले भारतबाट मात्र हतियार ल्याउने प्रचलनको अन्त गरी चीनबाट हतियार ल्याउनु तथा भण्डारीले दिल्ली/वासिङ्टनले भेट्न खोज्दा समय छैन भन्नुले भारत चिढिएकेा थियो' उनले भने । राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव राख्दा भारतले समर्थन नगरेकेा घटनाबाट पनि भारत राजा वीरेन्द्रसँग खुशी थिएन भन्ने बुझिन्छ उनले.......

यसरी भाग बिलो लगाइदैछ हाम्रो नेपाललाई !

कस्तो बिडम्बना !!! माओवादी ले जे जे भन्छन, काङ्रेस् एमाले र अन्य हाम्रा महान लोकतान्त्रिक दलहरु माओवादीकै सती जादैछन र भन्दैछन "हुन्छ यसरी नै बिभाजन गरौँ देशलाई", चौध प्रदेशमा चौध मुख्य मन्त्री, चौध प्रदेशमै अलग अलग मन्त्री मन्डल, सबैलाई भाग बिलो पुग्ने भए पछी तै चुप मै चुप छन दलहरु, तर घरमा आगो लगाएर आगो ताप्न खोज्ने हाम्रा महान नेताहरुलाई के थाहा सबै खरानी भए पछी यिनिहरु कहाँ को केन्द्रिय सरकार, कहाको प्रदेशका प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री हुने हुन ?? हेरौ यसरी बिभाजन गर्ने सहमति भएछ देशलाई !!!!

प्रदेश र त्यसको राजधानी :

खप्तड प्रदेश ( राजधानी दीपायल–सिलगढी),

लुम्बिनी–अवध–थारूवान प्रदेश ( राजधानीः घोराही),

जडान प्रदेश (राजधानीः सिमीकोट),

कर्णाली प्रदेश (राजधानीः वीरेन्द्रनगर),

मगरात प्रदेश (राजधानीः तानसेन),

तमुवान प्रदेश (राजधानीः पोखरा),

नारायणी प्रदेश (राजधानीः भरतपुर),

ताम्सालिङ प्रदेश (राजधानीः चौतारा),

नेवाः प्रदेश (राजधानीः काठमाडौँ),

मिथिला–भोजपुरा–कोचिला प्रदेश (राजधानीः जनकपुर),

सुनकोसी प्रदेश (राजधानीः कमलामाई),

किराँत प्रदेश (राजधानीः त्रियुगा),

लिम्बुवान प्रदेश (राजधानीः इलाम)

सेर्पा प्रदेश (राजधानीः सोलु)

20100120

नउदाउदै अस्ताउदै छन् कमरेड प्रचन्ड !!!

- लेखनाथ गौतम
(गौतम भर्खर मात्र नेपालबाट अमेरिका फर्केका छन, पेसाले यि पत्रकार होइनन तर यिन्ले कलम राम्रो चलाऊछन, सुरु सुरुमा प्रचन्डले केही गर्छन् भनेर अमेरिकामा समेत् बहस गर्ने यि नेपाल भक्त गौतम प्रचन्डको ९ महिने शासनकाल पछी भने निरास छन, शासनकाल पछी पनि प्रचन्डका हरेक गतिबिधीबाट वाक्क दिक्क यि वास्तविक नेपाली जनका प्रतिनिधिले आज मात्र एउटा गज्जब र यथार्थ लेख लेखेका छन, उन्को लेख तल प्रस्तुत छ- सम्पादक)

कुनै जमाना थियो जतिबेला प्रचन्डको नाम अनौठो रुपमा लिने गरिन्थ्यो । उनलाई छबिलालको के कुरा पुस्पकमल भनेर पनि धेरैले चिन्दैन्थे । पत्रकारहरु उनको रङगिन फोटो नभेटेर जुङगा पालेको धमिलो स्यामस्वेत फोटोमै चित्त बुझाउथे । उनका बक्तब्य, अन्तर्वाता र लेखहरु डराइ डराइ लेख्थे । यो को हो, कस्तो मान्छे हो, कहाँ बस्छ, के गर्छ कसैलाई पत्तो थिएन । कोही प्रचन्ड भनेको ज्ञानेन्द्र हो भनि अड्कल ठोकिदिन्थे भने कोही काल्पनिक पात्र हो भन्न समेत पछि पर्दैन्थे । कोही प्रचन्ड भारतमा बस्छ भन्थे भने कोही रोल्पामा अनी कोही त राजदरबारमै बस्छ भनेर अनुमान लगाउथे । कट्टर गणतन्त्रबादी.......

20100119

"कुनै पनि हालतमा नेपाली सेनामा माओवादी लडाकुको समायोजन हुन नसक्ने" : रक्षामन्त्री

"कपुरलाई कालो झण्डा देखाउने माओवादी ब्यवहार अपरिपक्व र प्रभुसँग वार्ता गर्न दर्खास्त"

रक्षामन्त्री विद्यादेवी भण्डारीले कुनै पनि हालतमा नेपाली सेनामा माओवादी लडाकुको समायोजन हुन नसक्ने बताएकी छन्। सिंहदरबार स्थित मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलनगरी रक्षामन्त्री भण्डारीले वृहत शान्ति सम्झौता र त्यसपछिका कुनै पनि सम्झौतामा माओवादी लडाकु नेपाली सेनामा........

"लाखौंको बलिदानी दिएर भए पनि अझै अर्को १० वर्ष लड्न माओवादी तयारछ" : प्रचण्ड


एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिका लागि लाखौंको बलिदानी दिएर भए पनि अझै लड्न तयार रहेको बताउनुभएको छ। जनताकै मुक्तिका लागि विगत १० वर्षम्म लडेर दशौं हजार नेपाली जनताले बलिदानी दिएको प्रसंग कोट्याउँदै प्रचण्डले अझै अर्को १० वर्षलड्न माओवादी सक्षम रहेको बताउनुभयो। राष्ट्रव्यापी जनजागरण अभियानका क्रममा सोमबार एकीकृत नेकपा (माओवादी) सल्यानले सदरमुकाम खलंगामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार विदेशीहरूको रिमोट कन्ट्रोलबाट सञ्चालित भइरहेको आरोप लगाउँदै राष्ट्रवादी शक्तिहरूको नेतृत्व आफूहरूले गरिरहेको दाबीसमेत गर्नुभयो। संसद्वादीहरूले भनेजस्तो.......

गिरिजाले लामो मौनता तोड्दै असन्तुष्टि पोखे र भने 'प्रचण्ड एउटा कुरामा सहमति गरेर अर्कै काम गर्छन्,'


गिरिजाप्रसाद कोइरालाले लामो मौनता तोड्दै माओवादीलाई राजनीतिक बेइमानको संज्ञा दिएका छन् । कानुन व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसनका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा सोमबार कोइरालाले माओवादीप्रति त्यस्तो असन्तुष्टि पोखेका हुन् । 'शान्ति प्रक्रियामा आउनुअघि नै माओवादीसँग संघीयताको मोडल उत्तर-दक्षिण सीमाका आधारमा गर्ने सहमति भएको थियो,' महाराजगन्जस्थित आफ्नो निवास पुगेका बार पदाधिकारीसँग कोइरालाले भने, 'तर पछिल्ला दिनमा माओवादी नेताहरूले सहमतिविपरीत जातीय राज्य घोषणा गरेर राजनीतिक बेइमानी देखाए ।' माओवादीले जातीय आधारमा १४ गणराज्य घोषणा.......

हेर्नुस् यो हप्ता को जिरे खुर्सानी सिरियल



20100118

नेपालको राष्ट्रिय झन्डाले सामन्तवादको संकेत गर्ने भन्दै त्यसलाई फेर्नुपर्ने माओवादी माग


संवैधानिक समितिको अवधारणापत्र र मस्यौदामाथि संविधानसभा बैठकमा आइतबार पनि छलफल जारी रहृयो । छलफमा भाग लिंदै एकीकृत नेकपा माओवादीका सभासद् वर्षामान पुन (अनन्त)ले नेपालको राष्ट्रिय झन्डाले सामन्तवादको संकेत गर्ने भन्दै त्यसलाई फेर्नुपर्ने धारणा राखे । "विश्वमा परिवर्तनपछि हरेक पक्षमा परिवर्तन हुने गरेका छन्", उनले भने, "संघीय संरचनामा गइसकेपछि सबैको प्रतिनिधित्व हुनेखालको झन्डा हुनुपर्छ । हरेक जाति, समुदाय र प्रदेशसँग मेल खानेखालको राष्ट्रिय झन्डा बनाउनुपर्छ ।" संवैधानिक समितिको बैठकमा झन्डा परिवर्तन गरी परिवर्तनको आभाष दिलाउने निर्णय गराउन अन्तिम समयसम्म प्रयास गरे पनि सफलता हात नपरेकोले संविधानसभाले यो विषयलाई......

होइन गाँठे यी पशुपतिका बाबा त स्वामी रामदेवका पनि बाबा निस्के त, कस्तो गर्न सकेका आम्मै !


चमत्कार गर्ने कुरा गर्ने प्रचन्ड का बोलीहरु यसरी छिन् छिन् मा फेरिन थालेपछि ....!


निर्वाचनबाट सबैभन्दा ठूलो हैसियत पाएको दलका सबैभन्दा ठूला नेता नै एउटा चटके भएर प्रकट हुन्छन्, उनले बोलेको कुरा कसैले पत्याउनै नहुने, बिहान बोलेको कुरा बेलुका खण्डन हुने र राष्ट्रकै लागि गम्भीर र संवेदनशील विषय ठट्टा मजाक बनाइदिने गर्छन् भने त्यो देशको अवस्था कस्तो होला? एकीकृत नेपाल कम्म्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल देशमा एउटा त्यस्तो पात्रका रुपमा स्थापित हुँदैछन्, जसले सार्वज्ानिक ठाउँमै बोलेका कुरा गरेका भाषणप्रति कुनै एउटा नागरिकका लागि थोपोसम्म भर पर्न नहुने भएको छ।

त्यसका केही उदाहरणः
पुस २४ गते उच्चस्तरीय संयन्त्र बन्यो। यसका एक सदस्य प्रचण्डले संयन्त्रको गठन सन्दर्भमा पत्रकारहरूलाई जानकारी दिंदै प्रधानमन्त्री नै अहिलेको समस्या भएको हुँदा उनलाई यो संयन्त्रमा राख्ने कुरै आउँदैन भने। उनको यो भनाइ त्यसपछिका पाँच दिनसम्म कायम रह्यो।...

20100117

भारतीय विदेशमन्त्रीसँग होटलमा पुगेर भेटवार्ता गरेकै भोलिपल्ट प्रचण्डले आरोप लगाए 'माधव नेपाल नेतृत्वको यो सरकार भारतीय एजेन्ट हो '


माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतको इसारामा सरकारले सेना समायोजनमा बखेडा झिकिरहेको आरोप लगाएका छन् । भारतीय विदेशमन्त्री एसएम कृष्णासँग राजधानीको एक होटलमा पुगेर भेटवार्ता गरेकै भोलिपल्ट आइतबार प्रचण्डले खोटाङ महोत्सव समारोहमा सो दोषारोपण गरेका हुन् । 'माधव नेपाल नेतृत्वको यो सरकारका सबै भारतीय एजेन्ट हुन्,' खोटाङमा प्रचण्डले यस्तो गम्भीर आरोप लगाइरहँदा राजधानीमा सञ्चारकर्मीमाझ सोही पार्टर्ीी विदेश विभाग प्रमुख कृष्णबहादुर ..................

माओवादीको भारत प्रकरणका ६ नाटकहरु !

- केदार सुवेदी

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी यतिखेर आफ्नो चौथो चरणको आन्दोलनअन्तर्गत छिमेकी देश भारतविरुद्ध रणसंग्रामको पुराण पढिरहेको छ। यसको पहिलो चरणको आन्दोलन संसद्बाट निर्वाचित १८ दलको गठबन्धन सरकारलाई 'कठपुतली' साबित गर्ने, दोस्रो चरणमा नागरिक सर्वोच्चता कायम गराउने, तेस्रो चरणमा आफ्नो नेतृत्वको संयुक्त सरकार निर्माण जस्ता दशैंपछि लगत्तै शुरु गरिएका चरणबद्ध आन्दोलन सम्पन्न भएपछि ऊ चौथो चरणमा स्वाधीनताको नामबाट भारतखण्डमा प्रवेश गरेको हो। पुस २७ गते खुर्दलोटन बाँध निरीक्षण भएर यसको रणसंग्राम 'पुराणको भारतखण्ड' शुरु भएको हो। माओवादीका नेताहरू यतिखेर आफ्नो पुराणको यो खण्डको कथावाचनलाई देशव्यापी बनाइरहेका छन्। ..................

बिदेसी प्रभु सँग नझुक्ने प्रचन्डद्वारा डेढ घण्टा बार्ता लाप, आफुलाई प्रधानमन्त्री बनाइदिन बिन्ती, कार्यकर्ता र जनता हेरेको हेरै !


नेपालको स्वाधीनता रक्षाका लागि दिल्लीसँग वार्ता गर्ने उद्घोष गरेको माओवादीले वर्तमान सरकार परिवर्तन गरी नयाँ राष्ट्रिय सरकार बनाउने दिशामा सहयोग गर्न भारतसँग आग्रह गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एसएम कृष्णासँगको शनिबारको भेटमा त्यस्तो आग्रह गरेका हुन् । 'संविधानसभा निर्वाचनमार्फ नेपाली जनताले दिएको म्यान्डेटको सम्मान भएन भन्ने हाम्रो बुझाइ राख्यौं, नयाँ राष्ट्रिय संयुक्त सरकार गठनका लागि सीधा-सीधा कुरा पनि भयो,' करिब सवा घन्टाको भारतीय पक्षसँगको भेटपछि प्रचण्डले सञ्चारकर्मीसँग भने, 'नेपालले नेतृत्वदेखि लिएर राज्यको संरचनासम्म युगान्तकारी परिवर्तन चाहेको,................

20100116

माओवादी कब्जामा मन्त्रीको कार्यक्रमस्थल !

हजारौंको ज्यान लिएर ठूलो पार्टी बनेको माओवादीले सभास्थल नै कब्जा गरेको पहिलो घट्ना भएको स्थानीय विकास मन्त्रीको दुखेसो

उदयपुर / एकीकृत नेकपा माओवादीका कार्यकर्ताले शनिबार स्थानीय विकास मन्त्री पूर्णकुमार सेर्मालाई पूर्व निर्धारित स्थलमा कार्यक्रम गर्नबाट रोकेका छन्। जिल्ला विकास समिति सभाकक्षमा तयार गरिएको कार्यक्रमस्थल मन्त्री आउनुअघि नै कब्जा गरेकाले त्यहाँ मन्त्रीको कार्यक्रम हुन सकेन। पार्टी इन्चार्ज अनिललगायत् दर्जनभन्दा बढी वाइसिएल कार्यकर्ताले मन्त्री आउनेबित्तिकै कार्यक्रमस्थलबाट कालो झण्डा देखाउँदै नाराबाजी गरेपछि प्रहरीले मन्त्रीलाई अर्कै कोठामा लगेर कार्यक्रम गराएको थियो।सभाकक्ष माओवादीले कब्जा गरेपछि कडा सुरक्षा घेराबीच जिविस बैठक कोठामा आयोजित कार्यक्रममा उनले बन्दुक बोकेर जङ्गलमा रमाइरहेको माओवादीलाई राजनीतिक मूलधारमा ल्याइएको तर ऊ झन् उद्दण्ड हुँदै गएको ..............

20100115

"काँग्रेस माओवादीको चक्रब्युहमा फस्दै गएकोछ"

पूर्वगृहमन्त्री खुमबहादुर खड्का
बुटवल। काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेर माओवादीले नौटंकी देखाएको भन्दै  काँग्रेस माओवादीको चक्रब्यूहमा फस्दै गएको बताएका छन्। माधव नेपाल नेतृत्वको सरकारलाई हटाएर देशले निकास पाउन नसक्ने जिकिर गर्दै उनले यही सरकारमा सबै सहभागी भएर संविधान जारी गर्नुपर्ने बताए। नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कााग्रेस नेता खड्काले हतियार र अर्धसैन्य दस्ता वाईसीएलको दम्भका कारण माओवादीले निरन्तर काँग्रेस र एमालेका कार्यकर्तामाथि आक्रमण गरिरहेको भन्दै अव प्रतिरक्षाका लागि काँग्रेसले पनि तरुण दस्ता गठन गर्ने बताए। काँग्रेस नेता खड्काले पार्टी सभापति गिरिजाप्रसाद कोईराला र माओवादी अध्यक्ष प्रचण्डबीच ३ देखि ५ हजार लडाकु सेनामा समायोजन गर्ने गोप्य सहमति भएको हुनसक्ने भन्दै सहमति भएको भए माओवादी त्यसप्रति इमान्दार हुनुपर्ने बताए।


नेपाली सेनामा भर्ना खोल्न, हतियार ल्याउनु परे माओवादीको अनुमती लिनु पर्ने ! गिरिजाबाबुले त्यस बेला साह्रै राम्रो सम्झौता गर्नुभएको रहेछ, वहाँलाई नोबेल् सान्ती पुरस्कार त दिनै पर्छ बा !


हतियार नल्याउदै त माओवादी यसो गर्छ ल्याए झन के गर्ला ? कस्तो सम्झौता गर्या हुन कुन्नी,नेपाली राष्ट्रिय सेना लाई र जनताका घाँटी रेट्ने लाई बराबर मान्यता रे, नेपाली सेनामा भर्ना खोल्न, हतियार ल्याउनु परे माओवादीको अनुमती लिनु पर्ने ! गिरिजाबाबुले त्यस बेला साह्रै राम्रो सम्झौता गर्नुभएको रहेछ, वहाँलाई नोबेल् सान्ती पुरस्कार त दिनै पर्छ बा !अनी त्यस बेला गिरिजा को बोलिमा लोली मिलाउने माकुने महासय लाई पनि नोबेल् शान्ती पुरस्कार का लागि सिफारिस गर्ने कि बरु !

एकीकृत माओवादीले सरकारले शान्ति सम्झौताविपरित नेपाली सेनाका लागि ठूलो मात्रामा हातहतियार तथा गाडी भित्र्याएको दाबी गरेको छ। रुपन्देहीको सुनौली नाका हुँदै बिहीबार राति १ बजे हातहतियार तथा सैनिक गाडीहरू नेपाल भित्र्याइएको र राति नै रामनगर बुटवलस्थित सेनाको २२ नम्बर बाहिनी ल्याइएको......

अमेरिकाको बोस्टनमा नेपाली सुरेन्द्र डङ्गोललाई गोली हानी हत्या गर्ने अभियुक्त प्रहरीद्वारा पक्राउ

सुरेन्द्र डंगोलको हत्याको आरोपमा बोस्टनस्थित प्रहरीले पक्राउ गरेका अभियुक्त एडबार्ड कोर्डलस ।

सुरेन्द्र डंगोलको हत्याको आरोपमा बोस्टनस्थित प्रहरीले पक्राउ गरेका अभियुक्त एडबार्ड कोर्डलस ।


गत डिसेम्बर २६ मा बोस्टनस्थित टेडेस्की फुटसपमा सुरेन्द्र डंगोलको हत्या गरेको अभियोगमा ६३ वर्षीय एडबार्ड कोर्लिसलाई बोस्टन प्रहरीले आज विहीबार सार्वजनिक गरेको छ । बोस्टन स्थित पत्रकार उक्तमबाबु श्रेष्ठले दिएको जानकारीअनुसार हत्याको अभियोगमा पक्राउ परेका एडबार्ड कोर्लसलाई हतियारसहित लुटपाट गरेको तथा ज्यान मारेको अभियोगमा स्थानीय प्रहरीले यही आउँदो १९ तारिख स्थानीय अदालतमा पेस गर्नेभएको छ । प्रहरीले हत्यामा प्रयोग गरिएको कारका आधारमा खोजी गर्दै जाँदा निजलाई पक्राउ गरिएको हो । उक्त अभियोग लागेको ...............

"तितो सत्य" ले यो हप्ता यसरी तिर हानेछ


20100114

तपाईं लाई विश्वाश लाग्छ वा लाग्दैन तपाईं आफै भन्नुस् तर अमेरिकामा पनि गुरु केदार बरालले यसरी झाँक्री उतार्नू भएकै छ, गजब छ बा !!!




माओवादी, सरकार र सेनाबीच बढ्दै गरेको तनाव, अविश्वासले नेपालको शान्ति प्रक्रिया भंग हुने संघारमा पुगेको संयुक्त राष्ट्र संघको चेतावनी


माओवादी, सरकार र सेनाबीच बढ्दै गरेको तनाव, अविश्वासले नेपालको शान्ति प्रक्रिया भंग हुने संघारमा पुगेको चेतावनी संयुक्त राष्ट्र संघले दिएको छ। राष्ट्रसंघका महासचिव बान कि मुनले गएराति सुरक्षा परिषदमा प्रस्तुत गरेको प्रतिवेदनमा विगत तीन महिनाको स्थितिलाई सबैभन्दा गम्भीर अवस्थाको रुपमा चित्रण गरिएको छ। माओवादी सेनाको समायोजन तथा पुनर्स्थापन, नेपाली सेनाको लोकतान्त्रिकरणका विषयमा गम्भीर मतभेदका कारण शान्ति प्रक्रिया ठप्प रहेको, समस्या जस्ताको तस्तै रहेको र भंग हुने जोखिम बढेको प्रतिवेदनमा उल्लेख छ। मुनले आफ्नो प्रतिवेदनमा दलहरुमा कट्टपन्थी आवाजको दबदबा बढ्दै गर्दा शान्ति र लोकतान्त्रिक पथ विस्थापित हुँदै गएको उल्लेख छ। नेपाल अहिले गम्भीर अवस्थामा ...............

20100113

हाइटीमा ठुलो भुकम्पले हजारौँको ज्यान लियो , अवस्था अत्यन्त नाजुक



फर्किए पूर्व राजा ज्ञानेन्द्र मुस्कान सहित्, तर किन हो थाहा छैन अरुलाई, उनी भन्दैनन !




केही दिन अघि भारत भ्रमणमा गएका पूर्व राजा ज्ञानेन्द्र शाह र  धर्मपत्नी कोमल बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुभचिन्तकलाई अभिवादन गर्दै ।


Mayor of Alameda,CA, USA with the Nepali community

12th January 2010, A friendly meeting took place at Alameda City Office with Mayor Beverly Johnson and Anil Pandey President and Sajjan Pandey Secretary of theMotherlandNepal, representing the Nepali community in Alameda and Bay Area. Various topics related with the Nepali community in this area and problems were discussed Mayor Johnson was very positive about the Nepalese community and willing to help..........

प्रचण्ड र बाबुराम : अर्काको टाउकोमा दोष थोपर्न प्रचण्ड सदा सफल, बाबुरामको कद घटाउन प्रचण्डको अनेक रणनीति



- देवप्रकाश त्रिपाठी
एउटा परम्परावादी खाँटी कम्युनिष्ट विपक्षी या विरोधीहरूबाट आफ्नो प्रशंसाको अपेक्षा राख्दैन। वर्ग–सङ्घर्षको आधारभूत नियम र मर्मप्रति प्रतिबद्ध कम्युनिष्टको लोकतान्त्रिक मूल्य एवम् मर्म र मान्यतासँग कुनै प्रकारको साइनो रहँदैन। त्यस्ता रुढिवादी कम्युनिष्ट आफूलाई 'यजमानभन्दा सदैव पवित्र र उच्च ठान्ने पुरोहित' झैं बेग्लै कोटिको ठान्छन्। आफूसम्बद्ध पार्टीका कार्यकर्ता, समर्थक र सहयोगीहरू अब्बल दर्जाका मानव, बाँकीहरू जम्मै 'चेतनास्तर कमजोर भएका मानिस' या दुश्मन हुन् तिनका दृष्टिमा। यस कोटिका कम्युनिष्टहरू आफूइतरका कसैले पार्टीको या पार्टीका कुनै नेता–कार्यकर्ताको भूमिकाको प्रशंसा गर्योो भने कहीँ गल्ती भएछ कि भनेर दसौंपटक समीक्षा–बैठक गर्छन् र 'गल्ती' पत्ता लगाउने प्रयास गर्छन्। 'गल्ती' भेटिएन भने उनीहरू प्रशंसा गर्ने पक्षको पृष्ठभूमि र गर्नुको कारणबारे अध्ययन–अनुसन्धान..........

गिरिजाप्रसाद कोइरालाको काँधमा प्रचण्डको बन्दुक



माधव नेपाल नेतृत्वको वर्तमान सरकारलाई विस्थापित गर्ने सबै योजना असफल भएपछि राष्ट्रिय आन्दोलनमा उत्रिएको माओवादी नेतृत्वले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा 'उच्चस्तरीय संयन्त्र' निर्माण भएपछि 'अब केही गर्न सकिने' आशा बोकेको छ। पश्चिम नेपालको जङ्गलमा रहेका सीमित माओवादीलाई नयाँदिल्ली हुँदै सिंहदरबारसम्मको यात्रा तय गराउन सर्वाधिक महत्त्वपूर्ण भूमिका.............

20100112

एकीकृत माओवादीका नेताको गोली हानी हत्या , तराई आर्मी नामको भूमिगत सशस्त्र समूहले हत्याको जिम्मेवारी

भोजपुरा क्षेत्र नम्बर २ एकीकृत माओवादीका का इञ्चार्ज राजेश मण्डलको वीरगन्जमा अज्ञात बन्दूकधारीले गोली हानी हत्या गरेका छन्। बन्दूकधारीले हानेको दुई राउन्ड गोली लागेका मण्डलको घटनास्थलमा नै मृत्यु भएको थियो। हत्याको विरोधमा माओवादी कार्यकर्ताहरुले बारा र पर्सामा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले हत्यामा प्रहरीको समेत हात रहेको आरोप लगाएका छन्। प्रदर्शनकारीहरुले वीरगञ्जमा प्रहरीका तीन वटा गाडीमा आगजनी र तोडफोड गरेका छन्। स्थानीय सञ्चारमाध्यमहरुलाई फोन गरी तराई आर्मी नामको भूमिगत सशस्त्र समूहले हत्याको जिम्मेवारी लिएको बताइएको छ।
प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ।

बाबुरामको सुरुवाल फुस्काइदिएर आफू बलियो भएको भ्रममा पुष्पकमल दाहाल हुनसक्छन्, तर घटनाक्रमले उनी नै बढी निर्वस्त्र भइरहेका छन्
-खेम भण्डारी

माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बाबुराम भट्टराईलाई सोझै भारतपरस्त भनी आरोपित गरेपछि पार्टीका नेताहरू शंकाको गम्भीर घेराभित्र परेकामात्रै छैनन्, स्वयम् माओवादी इतिहासको कठघरामा पुगेको छ । दाहालले पार्टीका एक अब्बल सिद्धान्तकार र प्रमुख सहयात्रीविरुद्ध गरेको विषवमनलाई उनको प्रवृत्ति र स्वभावसँग जोडेर त हेर्नैपर्छ, साथै सिंगो पार्टीको चरित्र पनि त्यसबाट पृथक हुन सक्दैन ।
दाहालको अभिव्यक्तिपछि समकालीन राजनीतिमा अलग पहिचान बनाउनसकेका भट्टराई फेरि शंकास्पद भएका छन् । पार्टी भित्रबाट पटक-पटक भारत परस्तको पगरी गुँथ्ने काम किन हुन्छ ? ०६१ माघमा लाबाङ बैठकले उनीमाथि कारबाही गर्दा पनि भारत परस्तको आरोप लगाइएको थियो । ०६२ असोजको चुनबाङ बैठकमा उनलाई दिइएको सफाइ नितान्त प्राविधिक थियो । उनले आरोपको सप्रमाण.......

आफूले नौ महिनासम्म सरकारको नेतृत्व गर्दा सीमा अतिक्रमित भएको नदेखेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल !



राष्ट्रवादी राजा वीरेन्द्र र मदन भण्डारीको हत्या साम्राज्यवादी र विस्तारवादी मुलुकले गराएको घोषणा गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले छिमेकी मुलुक भारतप्रति गम्भीर आरोप लगाएका छन्। आफूले नौ महिनासम्म सरकारको नेतृत्व गर्दा सीमा अतिक्रमित भएको नदेखेका उनले भारतले सत्तारोहण नगराई दिएको आक्रोश अमर्यादित ढंगले पोख्दै सीमा रक्षा गर्न यतिबेला उनी माहाकाली पुगेका छन्। दाहाल सीमा पुग्दैमा त्यसको रक्षा हुनेभए चीन र पाकिस्तानको सीमाको सुरक्षा गर्न भारतीय प्रधानमन्त्री उहिल्यै ती क्षेत्र...........

किन झस्के प्रचण्ड ? माओवादीभित्र फेरि एकपटक विभाजनको राजनीति सुरु भएकोछ


- अर्जुन ज्ञवाली 

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीका अर्का नेता बाबुराम भट्टराईलाई भारतबाट प्रधानमन्त्री बनाउन दबाब आएको खुलासा गरेपछि माओवादीभित्र फेरि एकपटक विभाजनको राजनीति सुरु भएको छ।   पार्टी अध्यक्षबाटै भारतपरस्तको गम्भीर आरोप खेप्नुपरेका भट्टराई यतिबेला राजनीतिक अस्तित्वको लडाईंमा पुगेका छन्। पार्टीमा 'आत्मसमर्पण' गर्ने वा प्रचण्डसँग मुकाविला गर्ने बाध्यतामा पुगेका भट्टराईले अब के गर्ने हुन्, नेपाली राजनीतिक परिदृश्यमा यसलाई चासोका.............

नेपाल यस्तो अत्यन्त कमजोर र अराजक अवस्थाबाट गुजि्ररहेको देखेर .........!!!

- डा.गोविन्दबहादुर थापा 
 
माओवादीहरुले अन्तरमनदेखि नै लोकतान्त्रिक संस्कार, मूल्य र मान्यतालाई पूर्णरुपमा आत्मासात गरी तदनुरुप व्यवहार गर्न स्वीकार नगरेको परिणाम हो अहिलेको नेपालको अवस्था। नेपालको सम्पूर्ण क्षेत्रको अवस्था अहिले गम्भिर धरापमा परेको देखिएको छ। ऐतिहासिक र युगान्तकारी राजनीतिक परिवर्तन छिटो संस्थागत हुन नसकेकोले मुलुकमा अन्योल, अराजकता र दण्डहीनता मौलाएको छ। सरकारलाई आफ्नो अस्तित्वबोध गराउन संघर्ष गर्नु परिरहेको छ। सरकारका प्रचलित नीति, नियम, ऐन, कानुन र आदेश तथा समाजका स्थापित पद्धतिहरुको अवज्ञा र उपेक्षा गर्ने प्रवृत्ति बढेर गएको छ। सकारात्मक कामहरु अघि बढ्न नसक्ने र नकारात्मक कामहरु भने भई हाल्ने परम्परा बसेको.............

20100111

एनआरएनलाई दोहोरो नागरिकता होइन परिचय पत्र मात्र रे, ठग्यो माकुने सरकारले !

सरकारले विश्वभर छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएन) लाई छिट्टै विशेष सुविधायुक्त परिचयपत्र दिने भएको छ। एनआरएन समुदायबाट स्वदेशमा लगानी, सीप र प्रविधि आकर्षित गर्न सरकारले आगामी माघ महिनादेखि 'गैरआवासीय नेपाली परिचयपत्र' दिन लागेको हो। परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली नागरिकलाई दिइने परिचयपत्रको ढाँचा स्वीकृत गरी मुद्रणका लागि प्रेसमा पठाइसकेको छ। 'एनआरएनलाई छिट्टै परिचयपत्र वितरण गर्ने तयारीमा छौं,' यस परियोजना समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयका सचिव मदन भट्टराईले  भने, 'मन्त्रालयले .........

असिनेको ठगी पर्दाफास, मुन्द्रे निकालियो





सहायक प्रमुख जिल्ला अधिकारीलाई गोली प्रहार, सम्योगले बाँचे उनी तर मारीए निर्दोस सुरक्षा गार्ड !

सोमबार बिहान वीरगंजमा एक प्रहरी जवानको गोली हानी हत्या गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड प्रहरी जवान अनन्तबहादुर खडकाको बिहान करीब १० बजे हत्या गरीएको हो । वीरगंज उमनपा १२ रानिघाटमा रहेको जिल्ला प्रशासन कार्यालयको कर्मचारी निवासबाट कार्यालयतर्फ आउदै गरेका सहायक प्रजिअ मल्ल गाडीमा चढे लगत्तै गोली प्रहारको प्रयास भएको थियो । एक प्रतक्ष्यदर्शीले खडकाले सहायक प्रजिअ मल्ललाई गाडीको अघिल्लो सिटमा बसाएर ढोका बन्द गरे लगत्तै एक अज्ञात व्यक्तिले उनी उपर गोली प्रहार गरेको बताए । 'त्यस पछि सहायक प्रजिअ तर्फको झ्यालको शिशा बाहिरैबाट त्यो व्यक्तिले अर्को राउण्ड गोली चलायो । सहायक प्रजिअ मल्ल गोली छल्न तल झुक्नु भयो, त्यस पछि .......

पाँच महिनाभित्रै संविधान निर्माण हुन नसके गम्भीर राजनीतिक तथा संवैधानिक जटिलता आउने राष्ट्रपतिको चिन्ता

राष्ट्रपतिलाई पदीय मर्यादा, अधिकार क्षेत्र र सीमाभित्र रहन एमालेको आग्रह


राष्ट्रपति रामवरण यादवले अन्तरिम संविधानमा निर्धारित समयभित्र नयाँ संविधान निर्माण हुन नसके गम्भीर राजनीतिक तथा संवैधानिक जटिलता आउने चिन्ता व्यक्त गरेका छन्। उनले नागरिकसित विशेष कुराकानीमा शान्ति प्रक्रिया र संविधान निर्माणमा सन्तोषजनक प्रगति हुन नसकेको उल्लेख गर्दै आगामी पाँच महिनाभित्रै संविधान बनोस् र राजनीतिक संकट .........

20100110

नेपाललाई च्वाट्टै माया मारेर नबस्न आग्रह


प्रसिध्द नेपाली भाषाविद् तथा साहित्यकार कृष्णप्रसाद पराजुलीको उहाँले नेपाली भाषा साहित्यमा पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै जनवरी १० तारिख आइतबार यहाँ एक कार्यक्रम बीच बिभिन्न नेपाली संघ संस्थाहरुले सामुहिक अभिनन्दन गरे । हाल अमेरिकामा रहनु भएका ......

कता जांदैछ हो नयाँ गणतान्त्रिक नेपाल !!!

यो नेवाः राज्य हो,यहाँ संघीयताविरोधी कार्यक्रम गर्ने कसैलाई छाडिने छैन : यमी, संघीयताको विरोध गर्न नदिने माओवादीको कदम फासिस्ट: चित्रबहादुर केसी,  उच्चस्तरीय राजनीतिक संयन्त्र सरकार ढाल्ने षड्यन्त्र : श्रेष्ठ , 'गौर हत्याकाण्ड' दोहोर्‍याउने राज्यमन्त्री साहको चेतावनी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयतामा गए मुलुक टुक्रने ठोकुवा गर्दै उहाँले संविधान निर्माण नहुँदै, राज्य पुनर्संरचना आयोग नबन्दै संघीयताको विरोध गर्न नदिने माओवादीको कदम फासिस्ट भएको आरोप लगाउनुभएको छ।उहाँले राजधानीजस्तो ठाउँमा दिनदहाडै शान्तिपूर्ण विरोध गरिरहेकालाई आक्रमण गरेर माओवादीले कम्युनिस्टकै बदनाम गरेको आरोप लगाउनुभएको छ। अध्यक्ष केसीले ३, ३ दिनसम्म राजधानी बन्द र १३ दिनदेखि ताप्लेजुङ बन्द गरिरहेको माओवादीले बन्दका क्रममा.........

20100109

प्रचन्डले घुमाउरो भाषामा भने भने "राजा बिरेन्द्र र मदन भण्डारीको हत्या भारतले गरेको हो "

प्रचन्डलाई भारतबाट ज्यानको खतरा भयो रे !

माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतका अगाडि नझुकेकाले पूर्व राजा बीरेन्द्र र एमालेका तत्कालीन महासचिब मदन भण्डारी मारिएको दाबी गरेका छन् । माओवादी राष्ट्रियता र नागरिक सर्बोच्चताको प्रमुख माग अघि सारेको बेला उनले बिगतका दुई हत्या को प्रसंग कोट्याएका हुन् । 'बीरेन्द्र र मदन भण्डारी नझुकेकाले मारिए' उनले राजधानीमा शनिबार आयोजित अन्तक्रिर्या कार्यक्रममा भने- 'अब बीरेन्द्रको बंशनास गरेजस्तै नेता मारेर यो लडाई रोकिनेवाला छैन, माओवादी अर्कै धातुको पार्टी भइसक्यो । अब पुरानै तरिकाले मदन भण्डारीको हत्या जस्तै गरेर ठीक हुन्छ भन्ने ठान्याछौ भने ........

20100108

आज फेस बुक हेर्दै थिएँ, एक जना राजन ढुंगानाको वाल फोटोमा हिन्दी चर्चित फिल्म "थ्री इडियट" को फोटोमा यसरी समिस्रण गरेको पाएँ, एक्लै हाँसे पनि, बास्तबमा यो फोटो सँग धेरै रहस्यात्मक कुरा छन, तपाईंले पनि हेर्दै र बिस्लेसण गर्दै जानुस् त !!!! माफ गर्नु होला हामीले हाम्रा नयाँ नेपालका महान नेताहरुलाई होच्च्याउन होइन, मात्र मनोरन्जनका लागि यो यहाँ राखेका हौँ, हिन्दी फिल्म मा पो ३ इडियट भएर हाम्रो मा "थ्री इडियट" ले कहाँ पुग्छ र, कि कसो !!!
http://www.facebook.com/photo.php?pid=215619&id=1843646956

तितो सत्यद्वारा बानेश्वर स्वायत्त राज्य घोषणा



पुष्पकमल दाहालले चीनका उच्च अधिकारीहरूसँग हङकङमा दुई घण्टा गोप्य वार्ता गरे


 एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले चीन सरकारका उच्च अधिकारीहरूसँग हङकङमा दुई घण्टा गोप्य वार्ता गरेका छन्। दिनभरी माओवादी नेताहरूसँगै रहेका ती कार्यकर्ताका अनुसार चिनियाँ नेताहरूको नाम, वार्तास्थल र एजेण्डा गोप्य राखिए पनि भेटघाट हङकङमै भएको हो। वार्तामा माओवादी तर्फबाट अध्यक्ष दाहाल र महरा मात्र सहभागी थिए। बिहीबार अचानक विदेश विभाग प्रमुख कृष्णबहादुर महराका साथ हङकङ आएका दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थाई समिति सदस्य तथा सरकारका उच्च प्रतिनिधिहरूसँग नेपालको राजनीतिक............