( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20100228

घुमाउरो भाषामा सत्ता कब्जा गरेपछि बनाउने संविधानप्रति मात्र माओवादीलाई विश्वास !!!

शान्ति प्रक्रियालाई सत्ताकब्जाको रणनैतिक हतियारका रुपमा उपयोग गर्ने माओवादी नीतिका कारण मुलुक पुनः एक पटक डरलाग्दो द्वन्द्वको शिकार हुने भएको छ। शान्ति प्रक्रियामार्फत माओवादीले बहुदलीय प्रतिस्पर्धामा आउने प्रतिवद्धता जनाएपश्चात भएको जनआन्दोलनले मुलुकबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो र स्थापित लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान निर्माणको राजनैतिक दौरमा मुलुक हिंडिरहेको बेला माओवादीले शान्ति प्रक्रियामार्फत बहुदलीय लोकतान्त्रिक ब्यवस्थाको आफ्नो प्रतिवद्धतालाई रणनैतिक मात्र भएको आफ्ना कार्यकर्ताहरूलाई बताएर 'जनसंविधान' (आफूले चाहेजस्तो अधिनायकवादी ब्यवस्था) नआए जनविद्रोह गर्ने तयारी गरेको छ। मुलुक र मुलुकको शान्ति प्रक्रियालाई खेलौना बनाएर सत्ता कब्जाको दलीय स्वार्थ पूरा गर्ने माओवादी रणनीतिका कारण मुलुकको राष्ट्रिय अस्मिता र अखण्डतामा खतरा उत्पन्न हुने संकेत गरेको छ।  संविधानसभामा नयाँ संविधान र राज्यको पुनर्संरचनावारेको बहस जारी रहेका बेला माओवादीले बाहिरबाटै जातीय राज्यमा मुलुकलाई विभाजन गरेको घोषणा गरेर जातीय संवेदनामाथि खेलवाड त गर्योे नै उसले....
मलाई त माग्ने बुढाको अभिनय राम्रो लाग्छ....


कार्यक्रम "लोक चौतारी" भाग-5, प्रस्तोता-बिकासराज शर्मा


For old program and archives please click this linkhttp://www.pokhrelithito.co.cc/lokmore/lokmore.php

20100227

होली को हार्दिक शुभकामना तपाईंलाई पनि



- www.Nepalmother.com Family
   आज होली का रमाइला झलक र भिडियो हेरेर मज्जा लिनुस् तल Read More मा क्लिक गर्नुस् त .
बाँकेमा एक जनाको दिउँसै हत्या 
 बाँकेमा एक जना को दिउँसै हत्या भएको छ। गनापुर-३ निवासी ६० वर्षीय रामखेलावन सोनखरको शुक्रबार दिउँसो १ बजे हत्या भएको हो। छोरीसँग हिँडिरहेका सोनखरलाई ३ जनाको समूहमा आएका व्यक्तिहरूले लुटपाटका गर्नुका साथै सांघातिक आक्रमण गर्दा उनको मृत्यु भएको हो। मनिकापुर-९ मा सोनखरको हत्या भएको हो। लुटेराले एउटा सुनको फुली र ६ हजार रुपियाँसमेत लुटेको पीडितले बताएका छन्। बाँके प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ। प्रहरी प्रवक्ता डीएसपी राजकुमार बैदावरले अन्य अभियुक्तहरूको खोजी भइरहेको जानकारी दिए। जिल्ला, कोहलपुर इप्रका र गनापुरचौकीबाट खटिएको ठूलो संख्याका प्रहरीले अभियुक्तहरूको खोजी गरिरहेको छ।
 माओवादीको नेतृत्वमा सरकार अनिवार्य सर्त !
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएको समयमा संविधान जारी गर्न माओवादीको नेतृत्वमा सरकार अनिवार्य सर्त भएको बताउनुभएको छ। ‘विदेशको इसारामा चल्नेहरूले नेतृत्व गरेको सरकारले जनताको भावनाअनुसारको संविधान जारी गर्न सक्दैन’, उहाँले भन्नुभयो- ‘समयमा नै संविधान निर्माण गर्न र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउन माओवादीको सरकार अनिर्वाय सर्त हो।’...

बागलुङका खगेन्द्र थापामगर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा लेखिए, १८ वर्षमा उचाइ २० इन्च तथा तौल ४.५ किलोग्राम

बागलुङका खगेन्द्र थापामगर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा लेखिएका छन्। नेपाली समयअनुसार शुक्रबार बिहान एक बजेर १५ मिनेट जाँदा विश्वकै होचो व्यक्तिका रूपमा उनको नाउँ गिनिज बुकमा लेखिएको हो। यद्यपि आगामी असोज १८ गतेपछि मात्र उनले यसको स्थायी प्रमाणपत्र पाउनेछन्। ‘अहिले १८ वर्षपूरा नगरेकाले ‘बेबी’ भनेको छ’, इटालीमा रहेका खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानालाई उद्धृत गर्दै प्रतिष्ठानका सल्लाहकार हरि धमलाले भने- ‘अहिले अस्थायी प्रमाणपत्र प्राप्त भएको हो, ६ महिनापछि फेरि त्यहाँ जानुपर्नेछ।’२०४९ असोज १८ गते जन्मिएका खगेन्द्रको उचाइ २० इन्च तथा तौल ४.५ किलोग्राम.....
Ambassador Shankar Sharma presented the Letters of Credence to Barack Obama


His Excellency Dr. Shankar Prasad Sharma, Ambassador of the Federal Democratic Republic of Nepal, presented the Letters of Credence to His Excellency Barack Obama, President of the United States of America, today amid a ceremony at the White House. President Obama extended a warm welcome to His Excellency Dr. Sharma and his family at the White House.  Welcoming Dr. Sharma as the Ambassador of Nepal to the United States of America, President Obama said that the friendship between Nepal and United States is rooted in our shared, and fundamental, commitment to democracy. He recalled his meeting with Prime Minister Madhav Kumar Nepal during last falls’ UN General Assembly in New York and appreciated Nepal for contributing to UN peacekeeping operations. He also expressed gratitude for the role played by Nepal in such crucial multilateral efforts.....

20100226

नाक कोट्याउदै प्रचन्डले यसो भने ...!

माओवादी अध्यक्ष पुष्पकमल दाहालले साम्यवादको लक्ष्य पूरा नहुन्जेल क्रान्तिलाई जारी राख्ने बताएका छन् । बलिदान दिवस र सहिद सप्ताह प्रारम्भ भएको घोषणासहित शुक्रबार जारी विज्ञप्तिमा दाहालले साम्यवाद आएपछि मात्रै सहिदहरूको सपना पूरा हुने जनाएका छन् । 'तत्कालीन रूपमा जनताको संघीय गणतन्त्रात्मक स्वाधीन, शान्त र समृद्ध नयाँ नेपालको निर्माण गरी दीर्घकालीन रूपमा निरन्तर ....
_________________________________
-बिनोद न्यौपाने  
के के हराये जस्तो हुने; बन्द भएन भने ,
पार्टीहरुको चर्तिकला नसुने ,
गिरिजा बाबु सुजाता को बारे नबोले,
बिजुली दिनभरी आयो भने ,
प्रचन्ड अन्टम् सन्टम् नबोले,
चोर् अाम्लो ठद्याइ ठद्याइ माधव नेपाल न कुर्ले ,
धारा मा पनि आयो भने ,
केटा केटी अन्गालो मार्दै कुनो काप्चा मा नभेटिये,
भस्टाचर् , घुस्खोरी , एक्सिडेन्ट का समाचार नसुने ।
कस्तो कस्तो हुने ? आँफै आँफै भित्र हराको हुने ?.....

अहपरणकारी र प्रहरी बीच गोलि हानाहान

सिरहाको धनगढीमा बिहीबार राती साढे ८ बजे प्रहरी र अपहरणकारी बीच दोहोरो गोली हानाहान भएको छ । वडा प्रहरी कार्यालय लाहानबाट गस्तीमा खटिएको प्रहरी टोली र अपहरणकारीहरु गोली हानाहान भएको हो । सिरहाको गाढाबाट अपहरित शम्भु गुप्ताको परिवारसँग फिरौतिको लागि कुराकानी गरिरहेको सुचनाका आधारमा प्रहरी टोली गस्तीमा गएको थियो । प्रहरीमाथि अपहरणकारीहरुले गोली चलाएपछि जवाफी फायरिङ गरेको प्रहरीले जनाएको छ । लहानका प्रहरी निरीक्षक विपीन रेग्मीकाअनुसार प्रहरीमाथि गोली चलाउनेहरु भाग्न सफल भएपनि त्यसमा संलग्न चार जनालाई भने प्रहरीले पक्रेको छ । पक्राउ पर्नेहरुमा धनगढी गाविस निवासी २० बर्षीय विजयकुमार महतो, ५० बर्षीय महेन्द्र भगत, २७ बर्षीय रामसुफल महतो र लहान नगरपालिका- २ निवासी २३ बर्षीय गङ्गाराम यादव रहेका छन् । गाढा गाविस- १ का ५० बर्षीय शम्भु गुप्तालाई फाल्गुन १० गते राती घरमा सुतिरहेको बेला हतियारधारी समुहले अपहरण गरेको थियो ।

"धार्मिक, राजनीतिक र सांस्कृतिक आस्थाबाट माथि उठेर राष्ट्रिय एकता र मुलुकको समृद्धिका लागि अघि बढ्नु वर्तमानको प्रमुख आवश्यकता" : राष्ट्रपति

राष्ट्रपति डा. रामवरण यादवले ६ दशकको कठोर परिश्रमपछि पाएको लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थापन गरेर अघि बढ्नु सबै नेपालीको कर्तव्य रहेको बताउनुभएको छ। नेपाल पत्रकार महासंघको २२औं केन्द्रीय साधारणसभाको बिहीबार नेपालगन्जमा उद्घाटन गर्दै राष्ट्रपति डा. यादवले धार्मिक, राजनीतिक र सांस्कृतिक आस्थाबाट माथि उठेर राष्ट्रिय एकता र मुलुकको समृद्धिका लागि अघि बढ्नु वर्तमानको प्रमुख आवश्यकता....

तितो सत्य हेरेर मज्जा लिनुस् तपाईं पनि



20100224

सबै दलहरूले हात उठाएर प्रचण्डका सामु आत्मसमर्पण गरिदिदा हुन्छ ! के नै बाँकी रह्यो र अब ?!

- देवप्रकाश त्रिपाठी
    नेपालीले ०६३ वैशाख ११ गते राजाबाट संसद् पुनर्स्थापनाको घोषणा हुादा त्यसै दिनबाट युद्ध सकिने या सकिएको ठानेका थिए। तर, दलहरूबीच उत्पन्न तनाव र टकरावको स्थितिले युद्ध सकिन तथा शान्ति स्थापना हुन अझै निश्चित मुद्दाहरूको टुङ्गो लाग्न र निश्चित प्रक्रियाहरू पूरा हुन बााकी रहेको आभास हुन धेरै समय लागेन। ०६३ को असार २ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा गिरिजाप्रसाद कोइरालाले कसैसाग छलफल तथा परामर्श नगरी प्रचण्डसाग आठबुादे सम्झौता गर्नुभएपछि पनि मानिसले अब पक्कै शान्ति स्थापना हुनेछ भन्ने विश्वास गरेका थिए। समयाक्रममा त्यो पनि एउटा चाल मात्र भएको बुझियो। त्यसपछि सोही सालको मङ्सिर ५ गते बृहत् शान्ति–सम्झौता भयो, यो शान्ति–सम्झौतापश्चात्चाहिा दिगो शान्ति स्थापना हुने आशा राखिनु स्वाभाविक थियो, तर फेरि पनि आशाअनुरूप व्यवहार स्थापित भएन। दुई सय पााच ....

हत्या, हिँसा, अपहरण, चन्दा आतंक र बन्दुकेहरुको गुरु माओवादीको केन्द्रीय समिति दक्षिण एसियाकै ठूलो


थाहा छैन कुन बेला भाग बिलो नपुगेर फेरी फुट्ने हो !
माओवादी सम्भवतः दक्षिण एसियाको सबभन्दा धेरै केन्द्रीय सदस्य भएको कम्युनिस्ट पार्टी हुने भएको छ । अब उसको केन्द्रीय सदस्य संख्या दुई सयभन्दा बढी हुनेछ । एकता केन्द्र मसालसँग पार्टी एकता भएपछि केन्द्रीय सदस्यको संख्या एक सय ७५ बनाउने निर्णयलाई उल्ट्याउँदै उसले दुई सयदेखि दुई सय ७५ सदस्यीय केन्द्रीय समिति बनाउन लागेको हो । 'अबको केन्द्रीय समिति दुई सयभन्दा बढी हुनेछ,' प्रवक्ता दीनानाथ शर्माले कान्तिपुरसँग भने, 'समयको मागअनुसार केन्द्रीय सदस्य संख्या बढाउन लागेका हौं ।' उनले सबै केन्द्रीय सदस्यले आवश्यक जिम्मेवारी पाउने पनि जनाए । छ करोड ६० लाख सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीका नौ स्थायी समिति, २५ पोलिटब्युरो र दुई सय चारमात्र केन्द्रीय सदस्य छन् । त्यस्तै भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका १५ पोलिटब्युरो र ८७ केन्द्रीय सदस्य छन् । नेपालको दोस्रो ठूलो कम्युनिस्ट पार्टी एमालेमा ११ स्थायी समिति सदस्य, ४९ पोलिटब्युरो र एक सय १६ .....

20100223

दरबार हत्याकण्डको छानविन गर्न चुनौती

'ज्ञानेन्द्रले दाजु मारे भनेर जनतामा भ्रम छर्ने नेता अहिले सरकारमा छन्। उनीहरुले दोषी पत्ता लगाए हुन्छ,'

राप्रपा नेपालका अध्यक्ष कमल थापाले दरबार हत्याकण्डको छानविन गर्न सरकारलाई चुनौती दिएका छन्। 'ज्ञानेन्द्रले दाजु मारे भनेर जनतामा भ्रम छर्ने नेता अहिले सरकारमा छन्। उनीहरले दोषी पत्ता लगाए हुन्छ,' सिंहदरबार घेराउ कार्यक्रमपछि आयोजित आमसभामा बोल्दै उनले भने। थापाले आफ्नो दलले आह्वान गरेको बन्दलाई सफल पारेर उपत्यकाबासीले अभिमत दिएको बताए। उनले माधव नेपाल सरकारलाई राप्रपा नेपालले दिएको समर्थनबारे पुनर्विचार गर्ने समय आएको उल्लेख गरे। 'यो इतिहासमै असक्षम सरकार सावित भयो', उनले भने- 'यो सरकारको दिन गन्ती सुरु भएको छ।' अध्यक्ष थापाले हिन्दू राज्य र राजसतन्त्र बारे जनमतसंग्रहबाट निर्णय लिनुपर्ने माग दोहोर्‍याए।  जनआन्दोलनका सम्बाहक दलहरु शान्ति र संविधान निर्माणप्रति इमान्दार नभएको आरोप लगाउँदै उनले मुलुक गृहयुद्धतर्फ लम्कने खतरामा रहेको उल्लेख गरे। 'कांग्रेस,माओवादी,एमाले मिलेर असंवैधानिक रुपमा संविधानसभाको म्याद थप्ने षड्यन्त्रमा छन्,'....

20100222

सरकारले माओवादी लडाकुका लागि भनेर दिँदै आएको तलबभत्ता मध्ये महिनाको दुई करोड माओवादी पार्टीको खातामा

सरकारले माओवादी लडाकुका लागि भनेर दिँदै आएको तलबभत्ता मध्ये कम्तीमा महिनाको दुई करोड रुपैँया माओवादी पार्टीको खातामा जम्मा हुने गरेको भूतपूर्व लडाकुहरुले बताएका छन्। माओवादी लडाकुलाई सरकारले खाना खर्च बाहेक प्रतिव्यक्ति पाँच हजार रुपैँयाका दरले महिनामा दशकरोड रुपैयाँ जति तलब दिँदै आएको छ। तर तलब बुझ्ने क्रममै एकहजार रुपैयाँ पार्टीका लागि भनेर लिइने गरेको लडाकुहरुले बीबीसीलाई बताए। माओवादीबाट विद्रोह गरेर केही महिना अगाडि मात्रै क्रान्तिकारी कम्युनिष्ट पार्टी नामक नयाँ पार्टीमा प्रवेश गरेका लडाकु रमेश खडकाले भने, “पार्टी संचालनका लागि भनेर महिनामा एक हजार रुपियाँ लेवी काट्छन् पहिले देखि नै।” अहिले महिनामा चार हजार रुपियाँ बुझिरहेका नाम खुलाउन नचाहने अर्का एकजना लडाकुले पनि पार्टीलाई एकहजार पहिलेदेखि नै बुझाइरहेको बताए। उनले भने, “पाँचहजार मध्ये केन्द्रका लागि भनेर एक हजार लेवी काटेर चार हजार पाउने गरेको छु।” संयुक्त राष्ट्रसंघीय मिसन...

अर्थ न बर्थको गैरआवसीय नेपाली परिचयपत्र

-अमृता लम्साल
परराष्ट्रमन्त्री सुजाता कोइरालाले गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष देवमान हिराचनलाई फागुन ३ गते सोमवार ुगैरआवसीय नेपाली परिचयपत्रु दिएर यसको औपचारिक थालनी गरिन्।।ु ुप्रधानमन्त्री माधवकुमार नेपालले बेलायतले पूर्वगोर्खासैनिकहरूलाई आवासीय अधिकार प्रदान गरेपछि नेपालको नागरिकता ऐन लगायतका कारण नेपालमा भएको सम्पत्ति बेच्नुपर्ने र यहाँको नाता समेत तोड्नुपर्ने अवस्था आएकोले दोहोरो नागरिकताको ब्यवस्था गर्नुपर्ने प्राविधिक अवस्था आएको बताउनु भएको छ।ु
''प्रधानमन्त्री नेपालले दोहोरो नागरिकता दिन सकिए पनि राजनैतिक अधिकार भने दिन नसकिने बताउनु भयो।'' आजकल नेपाल तथा नेपालसम्बन्धी चासो(बासो देखाउने र राख्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा यस्ता समाचारहरू बाक्लै रुपमा आइरहेछन्। तर यहाँनिर हामीजस्ता सर्वसाधारणले बुझ्न...
____________________________________________
नेपाली राजनीति वेश्यावृत्तिभन्दा अलिक फरक कहिले होला? कहिले??-युवराज गौतम  ......See on More...

मुन्द्रे सुध्रिएकै हो त ? डल्ले साहू लाई तिर्छकी !



संवैधानिक राजतन्त्र, हिन्दू राज्य तथा संघीयताका बारेमा जनमत संग्रहबाट निर्णय लिनुपर्ने भन्दै राजतन्त्रको समर्थनमा नारा लगाउँदै बन्द


संवैधानिक राजतन्त्र, हिन्दू राज्य तथा संघीयताका बारेमा जनमत संग्रहबाट निर्णय लिनुपर्ने भन्दै कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालले आह्वान गरेको उपत्यका बन्द साँझ पाँच बजेदेखि सकिएको छ। 'बन्दको अवधि सकिएको छ। हाम्रो बन्दमा जनताको समर्थन देखियो', राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले भने। बन्दको समय सकिएपछि सडकमा गाडी चल्न थालेका छन्। पटक-पटक विभिन्न बन्द र हड्तालको मार खेप्दै आएका उपत्यकावासीले आज फेरि संविधान सभाको पहिलो .....
 राष्ट्रपति-एमाओ पञ्चकमा देश, दल, आन्दोलनका बारेमा ज्योतिसी पद्मभक्त खरेल राजोपाध्यायको अड्कल र माथिको समाचारको बाँकी अँश हेर्न यस् को ठीक तल रहेको Read More मा क्लिक गर्नुस्

20100221

बुढा भैँसी काटेर आफु पनि खाने र आफ्ना लडाकाहरुलाई खुवाउने प्रचण्डले भैँसी पूजा गरेर ज्योतिषीहरूबाट ग्रह शान्ति गराएपछि...

एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल के हुन् - नास्तिक कि आस्तिक? भौतिकवादी कि अध्यात्मवादी? कि भौतिकवाद र अध्यात्मवादबीच फ्युजन गर्ने चमत्कारवादी? उनले जबाफ दिनुपर्छ। एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नास्तिक हुन् कि आस्तिक? उनी भौतिकवादी हुन् कि अध्यात्मवादी? कि भौतिकवाद र अध्यात्मवादबीच फ्युजन गर्ने चमत्कारवादी? यस्ता प्रश्न उठाएका छन् उनका अनेक विचार र व्यवहारले। शान्तिप्रक्रियामा आएपछि उनले स्वामी कमलनयनाचार्य, पाइलट बाबा र नरनारायण बाबाजस्ता धार्मिक व्यक्तिहरूसँग भेटेर आशीर्वाद लिँदै आएको त सार्वजनिक भइसकेकै छ। र, पछिल्लो चरणमा आस्तिकले जस्तै आफ्नो.....

प्रहरी, सशस्त्र प्रहरी र सेना लाई हात हतियार ल्याउन अब माओवादीको अनुमती चाहिने रे ! वाइसियललाई थप हतियार चाहियो रे !!!

मदन भण्डारीको हत्यामा माओवादीको संलग्नता भएका आधारहरू प्रशस्त पाइएकाले छानबिन आयोग बनाई प्रचण्डलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने प्रस्ताव

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समययता पटकपटक जननेता मदन भण्डारीको हत्या राष्ट्रवादी भएकै कारण भएको भनिरहेका बेला सत्तारूढ दल नेकपा (एमाले) केन्द्रीय कमिटीको शनिबारको बैठकमा भण्डारीको हत्यामा स्वयम् माओवादी र त्यसका नेता प्रचण्डको संलग्नता भएको बारेमा पहिलो पटक छलफल भएको छ।
सो बैठकमा केन्द्रीय सदस्यहरूले एमालेका तत्कालीन महासचिव भण्डारीको हत्यामा माओवादीको संलग्नता भएका आधारहरू प्रशस्त पाइएकाले छानबिन आयोग बनाई प्रचण्डलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने प्रस्तावसमेत राखेका छन्। केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले त माओवादीले भण्डारीको हत्या भएको जानकारी थियो भनी अहिले आएर....

मेरीबास्सै कि मुईयालाई त झ्याइँ पारेछन !




कार्यक्रम "लोक चौतारी" भाग-4, प्रस्तोता-बिकासराज शर्मा


Click this link  http://www.pokhrelithito.co.cc/lokmore.html   for older episode

20100220

सुन्दा पनि कहाली लाग्ने घटना : रुपन्देहीमा नौ वर्षकी बालिकालाई बलि दिइएको आशंका

- भवसागर घिमिरे
रुपन्देहीको मझगाउँस्थित एक इँटाभट्टामा एउटी बालिकालाई बलि दिइएको आशंका गरिएको छ। मझगाउँकै ८ वर्षे दलित बालिका मनिषा हरिजनलाई त्यहि गाउँमा बन्दै गरेको इँट्टाभट्टाका मालिकले बलि दिएको आशंका गरिएको हो। बली दिइएको शंका गरिएको इँटा भट्टा, इँटाभट्टाको चुल्होनिर फालिएको नरिवलको खपटा र इँटामा रगतजस्तै देखिएको टाटा मनिषालाई गाउँमा झाँक्री काम गर्ने नेवास पालको निर्देशनमा बलि दिइएको शंका गाउँलेले गरेका छन्। मानव बलि दिएमा उद्योग नाफामा जाने अन्धविश्वास छ। मनिषाको शव गएको मंसिर १९ गते बिहान घाँटी रेटिएको अवस्थामा इँट्टाभट्टादेखि ३ सय मिटर उत्तरतिर भेटिएको थियो। स्थानीय एक बालकले सौच गर्न जाँदा लास देखेपछि मनिषाका बाबु राजुलाई खबर गरेका थिए। लास रगतले लत्पत्तिएको र कुलोछेउ झाडीमा फेला परेको स्थानीय जागरण एफएमका सञ्चारकर्मी दिनेश हरिजनले बताए। 'भट्टाको दुई चुह्लोवरपर रगत लत्पत्तिएको, फूल, नरिबलको खपटा, अगरबत्ती भेटिएको थियो,' लास फेला परेको भोलिपल्टै घटनास्थल पुगेका सञ्चारकर्मी दिनेशले भने, 'पर्सिपल्ट राष्ट्रिय मानव अधिकार .....

सशस्त्र प्रहरीको मुख्यालय वाईसिएल घेराउमा !

माओवादीले तीन महिने जनदबाब कार्यक्रम ल्याउने
 काठमाडौं,शुक्रबारदेखी पृथ्वी राजमार्गमाको धाडिगं क्षेत्र तनाव ग्रस्त भएको छ। सशस्त्र प्रहरीको तीन वटा गाडीमा हतियार ल्याउन लागेको आरोपमा माओवादी कार्यकर्ताहरुले पृथ्वी राजमार्गमाको धाडिगंमा ती गाडीहरु रोके पछी तनाव शुरु भएको थियो। भैरहवाबाट काठमाण्डौ तर्फ आउँदै गरेका उक्त गाडीहरुमा हतियार रहेको माओवादीको दावी रहेको छ। सरकारले शान्ती सम्झौता बिरुद्ध भारतबाट हतियार ल्याएर गृह युद्ध निम्त्याउन खोजेको आरोप माओवादी लगाएको छ। हतियार रहेको आशंका गरिएका उक्त गाडीहरुलाई माओवादी संसदहरु सहितको जमातले काठमाण्डौ पस्ने थानकोट नाकामा समेत रोक्ने .....

तितो सत्यको नयाँ भाग हेरेर मनोरन्जन लिनुस्



20100219

राष्ट्रपति शासन लगाउने अभ्यास भइरहेको एमालेका उपाध्यक्ष वामदेव गौतमको आरोप

सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूले राष्ट्रपति शासन लगाउने अभ्यास भइरहेको बताएका छन्। आलंकारिक राष्ट्रपतिले कुनै पनि सम्झौता र सहमति गर्न मिल्दैन, तर भारत भ्रमणमा गएर सम्झौता गर्ने कार्य हुनु संविधानको भावनाविपरीत हो, भनिएको छ। एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनको मात्र आलोचना गर्नुभएन, उहाँले वर्तमान सरकारले संविधान निर्माणका लागि राष्ट्रिय सहमति निर्माण गर्न नसके सत्ता त्याग्न पनि तयार हुनुपर्ने बताउनुभएको छ। राजनीतिक प्रतिवेदनमाथि छलफलमा भाग लिँदै उपाध्यक्ष गौतमले प्रधानमन्त्रीले आफूमा भएको अधिकारसमेत राष्ट्रपतिलाई दिएर कार्यकारी बनाउन खोजेको त होइन भनी प्रश्न गर्नुभएको छ। .....

20100218

सरकारले अस्थायी शिविरमा रहेका माओवादी लडाकुको मासिक तलब रोक्नसक्ने !

आफ्ना लडाकुले पाउँदै आएको मासिक तलब रोके एक मिनेट पनि धैर्य नगर्ने माओवादी चेतावनी
  सरकारले अस्थायी शिविरमा रहेका माओवादी लडाकुको मासिक तलब रोक्नसक्ने जनाएको छ । लडाकु पुनःस्थापना र समायोजनप्रति माओवादी 'असहयोगी र उदासीन' रहेको उल्लेख गर्दै सरकारले फागुन दोस्रो साता वितरणमा जाने रकम रोक्न प्रारम्भिक गृहकार्य गरेको स्रोतको भनाइ छ । सरकारले शिविरमा लडाकु संख्या घटेको तर त्यसको यकिन तथ्यांकबिना निरन्तर रकम निकासा गर्दा दुरुपयोग हुने आशंका गर्दै रकम रोक्न लागेको हो । प्रधानमन्त्री माधवकुमार नेपालले शिविर प्रमुख र लेखाप्रमुखलाई आफैंले भेटेर रकम वितरणको यथार्थ जानकारी लिएपछि रकम रोक्ने निष्कर्षमा पुगेको स्रोतको दाबी छ । सरकारले यससम्बन्धी औपचारिक निर्णय भने गरिसकेको छैन ।  प्रधानमन्त्री नेपालले मंगलबार आफ्नै कार्यकक्षमा सरकारतर्फबाट शिविर व्यवस्थापनमा खटिएका कर्मचारीसँग छलफल गरेका थिए । स्रोतका अनुसार उनीहरूले पहिल्यै बाहिरिएका .....

छ सय एक खन्चुवाहरुले दुई बर्ष जनताको कर बाट तलब भत्ता खाएर संबिधान बनाउन नसक्ने भए !

विद्रोहका लागि तयारी स्वरूप माओवादीको दुई दिने केन्द्रीय प्रशिक्षणमा भित्र के के हुँदैछ ?

भक्तपुरको खरिपाटीमा बुधबार सुरू भएको दुई दिने केन्द्रीय प्रशिक्षणमा एकीकृत माओवादीका कार्यकर्ताले पार्टीको नेतृत्व 'एमालेकरण' भएको आरोप लगाउँदै पार्टीमा 'अनुभववाद, सुधारवाद र संशोधनवादको खतरा रहेको' चिन्ता जनाएका छन्। 'विद्रोहका लागि तयारीस्वरूप आयोजित प्रशिक्षण'मा कार्यकर्ताले भने नेतृत्वको चालचलनले विद्रोह हुनेमा आशंका व्यक्त गरे। 'जनयुद्ध'मा त्याग गरेका पूर्णकालीन कार्यकर्तालाई संरक्षण गर्न नसकेको आरोप लगाउँदै तिनले अनमिनबाट अयोग्य ठहर्‍याइएका 'जनमुक्ति सेना'लाई कसरी निकालियो भनी प्रश्नसमेत गरे। राज्य समितिका सेक्रेटरीले रिपोटिङ गर्दै पार्टीले आर्थिक परिचालन संस्थागत भन्दा पनि व्यक्तिमा केन्द्रीत रहेको भन्दै आलोचना मात्र गरेनन् पार्टी आचरणविरुद्ध गएको भन्दै सभासद् विनोद पहाडीलाई फिर्ता बोलाउनसमेत माग गरे। उनीहरुले पार्टीभित्र भएको अनियमितता छानबिन गर्न वरिष्ठ उपाध्यक्ष मोहन बैद्यको नेतृत्वमा बनेको आयोगले केही गर्न नसकेको भन्दै आलोचना पनि गरे। 'नेतृत्व एमालेकरण हुँदै गएको संकेत देखियो,' आफ्नो राज्यको रिपोटिंङ गर्दै अबध राज्य समिति सेक्रेटरी निर्मलकुमारलाई उद्धृत गर्दै ....

शान्ति सुरक्षा कायम राख्न दुवै प्रहरी संगठन असफल भएको गृहमन्त्री भीम रावलको भनाइ,प्रहरी अधिकृतलाई कारबाही गर्ने चेतावनी

गृहमन्त्री भीम रावलले शान्ति सुरक्षा कायम राख्न दुवै प्रहरी संगठन असफल भएको बताउनुभएको छ। सरकारले लागू गरेको विशेष सुरक्षा योजनालाई लक्षित बिन्दुमा पुर्याउन नसके प्रहरी अधिकृतहरूले कारबाही भोग्नुपर्ने चेतावनी पनि गृहमन्त्रीले दिनुभएको छ। बुधबार नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल र सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा छुट्टा-छुट्टै आयोजित छलफल कार्यक्रममा सहभागी गृहमन्त्री रावलले राजधानीको संवेदनशील क्षेत्र मानिएको लाजिम्पाटमा स्पेसटाइम नेर्टवर्कका अध्यक्ष जमिम शाहको हत्या हुँदा प्रहरी टोली समयमा नै परिचालन हुन नसकेको कारण अपराधी भाग्न सफल भएकाले प्रहरीको अनुसन्धान सुधार गर्नसमेत निर्देशन दिनुभएको थियो। उहाँले जमिम शाह हत्याकाण्डमा प्रहरीको समेत संलग्नता रहेको समाचार आउनु दुःखद भएको बताउँदै प्रहरीको आचरणमा सुधार आउन नसकेकाले त्यर्सतर्फ प्रहरी नेतृत्वलाई गम्भीरतापूर्वक ध्यानदिन निर्देशन गर्नुभएको बताइएको छ। उहाँले विशेष सुरक्षा योजना लागू भएपछि राजधानीलगायतका देशका प्रमुख शहरहरूमा अपेक्षाकृत रूपमा सफल भए पनि यस्ताखाले अपराध नियन्त्रण गर्न प्रहरी अझै चनाखो हुन निर्देशन दिनुभएको उक्त कार्यक्रममा सहभागी एक प्रहरी अधिकृतले जानकारी दिए।

माओवादी अध्यक्ष कमरेडले छलाङ हानिदिनुभो भैँसीपूजा गरेर, बाँचि रहियो भने अझै के-के देख्न पाइने हो प्रभु !
'भ्यालेन्टाइन डे' को पूर्वसन्ध्यामा कमरेड पुष्पकमल दाहाल प्रचण्डले भैँसीपूजा गर्नुभयो- सुनसरीको चतरामा । (अन्नपूर्ण पोष्ट, १ फागुन, प्रथम पृष्ठ) यद्यपि भ्यालेन्टाइन र भैँसीको कुनै साइनो छैन र सन्दर्भ त्यो थिएन पनि । अढैया शनिदशाको 'उपचार' का क्रममा सुनसरीको एउटा भैँसीले भाग्यमानी हुन पायो, द्वन्द्वात्मक भौतिकवादी कमरेडका हातबाट पुजिएर । हामी अध्यात्ममा विश्वास गर्नेहरू लक्ष्मीपूजाका
दिन गाईलाई माता मानेर पूजा गर्छौं, माओवादी अध्यक्ष कमरेडले छलाङ हानिदिनुभो भैँसीपूजा गरेर । बाँचिरहियो भने अझै के-के देख्न पाइने हो प्रभु ! संविधानमा व्यवस्था गरिएको मौलिक हकले ज्योतिषीकहाँ जान हात-चिना हेराउन, जप लगाउन, ग्रह-शान्ति गराउन कमरेड दाहाललाई छेकबार लगाएको छैन । त्यसैले उहाँले भैँसी, राँगो या बँदेल जे पुजे पनि स्वतन्त्र देशको स्वतन्त्र नागरिकको स्वतन्त्रताको कुरा थियो, समाचार बनाइरहनुपर्ने विषय नै थिएन । तैपनि कमरेडको भैँसीपूजन समाचारका रूपमा छापियो, किनकि प्रश्न सामान्य संवैधानिक अधिकार र अध्यात्मसँग मात्र सम्बन्धित थिएन, कमरेडले बोकी...

20100217

....त्यसपछि राष्ट्रपति रहन्छन् कि जान्छन् ?

  -देवप्रकाश त्रिपाठी
निर्धारित समय (जेठ १४, २०६७) भित्रै संविधान बन्ने सम्भावना न्यून हुादै गएपछि 'जेठ १४' पछिको राजनीतिक परिस्थितिका बारेमा विभिन्न अनुमान र आशङ्का गर्न थालिएको छ। संविधानसभाका सबैभन्दा ठूला दल सबभन्दा गैरजिम्मेवार भूमिकामा क्रमशः देखापर्न थालेपछि संविधान निर्माणको आशा घटेको छ र 'जेठ १४ पछि संविधानसभा नरहने भए राष्ट्रपति पनि रहादैनन्' भन्ने प्रचार सुरु गरिएको छ।
राष्ट्रपतिको चयन संविधानसभाबाट भएको हो र हाम्रो (अन्तरिम) संविधानको प्रावधानअनुरूप संविधानसभाका सदस्य डा. रामवरण यादव राष्ट्रपति पदमा चयन हुनेबित्तिकै उहाा पहिलेको पद (सभासद्) बाट स्वतः मुक्त भइसक्नुभएको छ। सभासद् हुादा निर्वाह गर्नुपर्ने, गर्न पाउने या नगरिनहुने भूमिकाबाट डा. यादव पूर्ण मुक्त हुनुहुन्छ र संविधानसभासागको उहााको साइनो र सम्बन्ध पनि............

'माओवादीहरु शान्ति प्रक्रिया सफल पार्ने भन्दै हिंसाको जन्मोत्सव मनाईहरको छन्, शान्तिका लागि हिंसाको जन्मोत्सव होइन, श्राद्ध गर्नुपर्छ ।'

एमाले नेता केपी ओलीले समयमै संधिवान बन्न नदिन उच्चस्तरीय षड्यन्त्र भइरहेको दावी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानद्वारा बुधबार आयोजित कार्यक्रममा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रप्रति संकेत गर्दै त्यस्तो षड्यन्त्र बन्द गर्न चेतावनी दिएका छन् । कार्यक्रममा प्रधानमन्त्री माधबकुमार नेपालले भण्डारीको विचार र तस्बिरको संकलन 'तस्बिरमा मदन भण्डारी' पुस्तक विमोचन गरेका छन् । 'अस्थिरता बढाएर खेल्ने र धमिलो पानीमा माछा मार्ने प्रयास कसैले पनि नगरे हुन्छ,' ओलीले भने, 'अस्थिरताबाट फाइदा लिन्छु भन्ने भ्रम हो । अस्थिरता निम्त्याउनेलाईनै यसले सबैभन्दा ठूलो नोक्सान गर्नेछ ।' जेठ १४ मा संविधान जारी नभएपनि जनताले कुनै भुतप्रेत आउन .....

20100216

धुर्मुसे र माग्ने बुढा पवलकलीसँग पो गएछन !


माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय जोगीसामु पश्चाताप गरेछन्, धर्म निरपेक्षता त्रुटि भएको स्वीकारेछन् !

- शम्भु श्रेष्ठ (shresthashambhu@gmail.com)
माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय जोगीसामु पश्चाताप गरेछन्। पशुपतिको जात्रा भर्न आएका ती जोगीसँग दाहालले धर्म निरपेक्षता त्रुटि भएको स्वीकारे। अखबारमा आएको समाचार कति सत्य छ थाहा छैन। तर, जुन प्रसंगमा दाहालले आत्मालोचना गरे, त्यो प्रसंग बहसको विषय बनेको छ।   नेपाल विश्वको एउटै मात्र हिन्दू राष्ट्र। यहाँ धार्मिक विभेद थिएन। हिन्दू, बुद्धिष्ट, मुस्लिम, इसाई सबै मिलेरै बसेका थिए। कुनै पनि धर्मावलम्बीले धर्म निरपेक्षता चाहियो भनेर आन्दोलन...........

दिल्लीले गर्‍यो राष्ट्रपति यादवलाई भव्य स्वागत !



राष्ट्र प्रमुखको रुपमा राजाहरुलाई स्वागत गर्दै आएको दिल्लीले मंगलबार नेपालका पहिलो राष्ट्रपति रामवरण यादवलाई भव्य स्वागत गरेको छ। भारतीय राष्ट्रपति प्रतिभा पाटिल, प्रधानमन्त्री मनमोहन सिंहले नेपाली राष्ट्रपतिको सम्मानमा दिएको समय र महत्व राजाहरुले पाउँदै आएकोभन्दा कम देखिएन।....

नेपालमा यस्तो पनि हुन्छ, हेर्नुस् त !!!

रुकुम भलाक्चा-१ का एकै घरका ३ जनाले सामूहिक आत्महत्या गरेका छन् । भलाक्चा- १ का ७० वर्षीय दलबहादुर ओली, श्रीमती कली ओली र २७ वर्षीया छोरी तुलसा ओलीले गएराति सामूहिक आत्महत्या गरेका हुन् । छोरी तुलसालाई छारेरोग भएकाले उपचार गर्न नसकेपछि घर नजिकैको चिउरीको रुखमा झुन्डिएर उनीहरूले आत्महत्या गरेको बताइएको छ । छोरी लामो समयदेखि छारे रोगबाट ग्रसित भएको र उपचारमा पनि धेरै खर्च लागिसकेकाले अब थप उपचार गर्ने आर्थिक अवस्था नभएपछि उनीहरूले यस्तो गरेको स्थानीय बासिन्दालाई उधृत गर्दै रुकुम प्रहरीले जनाएको छ ।

वर्तमान सरकारको आयु दुई महिना : भट्टराई
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराइले एमाले नेतृत्वको वर्तमान सरकार राष्ट्रिय ढुकुटी सिध्याएर ब्रह्मलुट गरिरहेको आरोप लगाएका छन्।  काठमाडौंमा सोमबार भएको कार्यक्रममा माओवादी उपाध्यक्ष भट्टराइले ढल्न लागेका सरकारका मन्त्रीहरुले विभिन्न बहानामा सरकारी ढुकुटी रित्याएको आरोप लगाए। माधवकुमार नेपाल नेतृत्वको ४५ जनाको जम्बो मन्त्रिम48डलका सदस्यहरुको व्यवहारका कारण राष्ट्रिय ढुकुटी रित्याएर मुलुकलाई आर्थिक रुपमा धरासायी बनाइरहेको भट्टराइले बताए। भ्रमणका क्रममा मन्त्रीहरुले .....

केपी ओली लाई तर्क गरेर कसले सकोस !

यो असिना प्रसाद लाई नसकिने भो बा !



20100215

राष्ट्रपति डा. रामवरण यादव भारतमा

राष्ट्रपति डा. रामवरण यादव भारतीय राष्ट्रपति प्रतिमा पाटीलको औपचारिक निमन्त्रणामा आज भारत प्रस्थान गर्नुभएको छ। उहाँलाई नयाँ दिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री प्रनीता कौर, भारतका लागि नेपाली राजदुत रुक्मशमसेर राणा र नेपालका लागि भारतीय राजदुत राकेश सुदले स्वागत गर्नुभएको थियो। यसैबीच राष्ट्रपति डा. यादवले आफ्नो अनुस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति परमानन्द झाबाट सम्पादन गर्न तोकिदिनुभएको छ। राष्ट्रपतिको कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा नेपालको अन्तरिम संविधान २०६३ को सवैधानिक ब्यवस्था बमोजिम गर्न उपराष्ट्रपति झालाई कार्यभार जिम्मा दिनुभएको छ। राष्ट्रपति भैसकेपछि उहाँको यो पहिलो विदेश भ्रमण हो। उहाँको सम्मानमा टुँडिखेलको सैनिक मञ्चबाट २१ तोपको सलामी अर्पण गरिएको थियो। २७ सदस्यीय भ्रमण टोलीसहित चार दिने भारत भ्रमणमा प्रस्थान गर्नुभएका राष्ट्रपति .....

एन आर एन लाई नागरिकता होइन मात्र परिचय-पत्र

पुजारीहरूको टुप्पी काटियो, जनै चुडालियो, दर्जनभन्दा बढी किरियापुत्रीको टाउको छप्काइयो तर प्रचण्ड....

पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा गोरखनाथको पूजा अर्चनाबाट सुरु भएको दस वर्षे जनयुद्धमा धेरै मन्दिरका पुजारीहरूको टुप्पी काटियो, जनै चुडालियो, दर्जनभन्दा बढी किरियापुत्रीको टाउको छप्काइयो। आफ्नै नेतृत्वमा सरकार रहेका बेलामा समेत माओवादी कार्यकर्ताले पशुपतिनाथका पुजारीको गुप्तवास भंग गर्ने र जनै चुडाल्ने कर्म गरेर औरङजेवको झझल्को दिए।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>> 
                                       हार्दिक समबेदना
हाम्रा आत्मिय मित्र एबम ए एन ए का उपाध्यक्ष्य मेदिनी अधिकारी का आदर्णीय पिता रामलाल अधिकारीको स्वर्गारोहण् को ४५ पुन्य तिथिका अबसर मा स्वर्गिय आत्मा को चिर शान्ती को कामना गर्दै शोक सन्तप्त परिवार जन मा हार्दिक समबेदना प्रकट गर्दछौँ ।
 -रामप्रसाद खनाल -अध्यक्ष्य , अन्तरराष्ट्रिय कलाकार मँच,अमेरिका
एबम प्रधान सम्पादक - नेपाल मदर डट कम् समस्त परिवार,  
- अरुण तथा अजिता रुपाखेती परिवार , कमल तथा शोभा पोखरेल परिवार, मोहन तथा शोभा ढुंगाना परिवार >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

   तर सत्ताबाट बाहिरिएको १० महिना नबित्दै तिनै प्रचण्ड घनघोर कर्मकाण्डी बनेका छन् भन्दा धेरैलाई पत्याउन गाह्रो पर्छ। हुन त झापा आन्दोलनमा दर्जनौंको टाउको गिाडेका मोहनचन्द्र अधिकारी बुद्धको अनुयायी बनेको समाचार प्रकाशित हुादा पनि धेरैले पत्याएका थिएनन्। त्यसलाई 'साम्राज्यवादी मिडियाको दुष्प्रचार' को संज्ञा दिइएको थियो। तर सत्य सत्य नै....

मदरल्याण्ड नेपालको पाचौ बाषिर्क उत्सव र गजुरेल साँझ भव्यताकासाथ सम्पन्न

- By Dhurba Thapa, California
मदरल्याण्ड नेपालको पाचौ बाषिर्क उत्सव यहि फरवरी १३तारिकमा अलमेडाको कोफमान हलमा भव्यताकासाथ सम्पन्न भएको छ । कार्यक्रमको मुुख्य आर्कषण भनेकै नेपालका ख्याति प्राप्त हास्य कलाकार मनोज गजुरल रहेका थिए । संस्थ्ााको यो पााचौ बाषिर्क उत्सवलाई हिन्दु परम्परा अनुशार स्वस्ती शान्ति पडेर पण्डित बाशु देव घिमिरेले गरेका थिए  भने कार्यक्रमको पहिलो चरणमा यस क्षेत्रका केहि समाजसेवीहरु तथा मनोज गजुरेलाई संस्थाका अध्यक्ष अनिल पाण्डेले मायाको चिनो प्रदान गरेर सम्मान गरेर.......

नेपाल माथि कालो चक्रब्युह र जमिम शाह हत्या

- शेखर ढुङेल  
आज नेपाल् को आकास माथि भारतिय कालो चक्रब्युहको कालो छाया डर लाग्दो रुपले मडारिन थालेको छ । आफ्नो दुषित पन्जा नेपाल मा फिजाएर् राजनीति स्थायित्व र शान्ति लाई मात्र तहस नहस पारेन अन्तरास्ट्रिय रुप मा बदनाम समेत गर्न थालेको छ । चाहे त्यो नेपाल मा पाकिस्तानी आतंककारी को चल खेल को कुरा होस वा नेपाल बाट भारतिय बिमान अपहरण हुन सक्ने हौबा फैलाएर यहाँ को सुरक्षा ब्यबस्था को तेजोबोध गर्ने गरि बिमान स्थल मा भारतिय एयर मार्सल राख्ने कुरो वा नेपाल को माओवादी ले भारतिय माओवादी लाई हतियार दिएको कुरो यो सब नेपाल लाई भारतिय सुरक्षा छाता मुनी राख्ने षड्यन्त्र मात्रै हो भारत को । हामी नत मस्तक छौ नेता हरु सत्ता को लागि रास्ट्रिय स्वभिमान , स्वतन्त्रता र स्वधिन बर्चस्व लाई एक पछि अर्को ले निसकोच तिलान्जली दिने क्रम......
____________________________________________ 
हार्दिक समबेदना
हाम्रा मित्र बिकास ओझा कि मामातामयी माता बिष्णु कुमारी ओझा को कास्की लेखनाथ मा असामयिक् निधन भएको खबर ले हामी स्तब्ध भएका छौं, यस् दु:खद घडी मा स्वर्गीय आत्माको चिर शान्ती को कामना गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौं।
- राम प्रसाद खनाल, ॠषि खनाल, सागर कंडेल, प्रकाश सुबेदी, ईन्द्र एबम उत्तरा श्रेष्ठ,  गगन कुँवर, राजेन्द्र कंडेल, मुक्त पौडेल एबम मनासस अमेरिका बासी सम्पूर्ण साथी हरु ।      
    _______________________________________________

20100214

देश र जनता प्रती यसरी बेइमानी गरिदैछ !

देशलाई जातीय आधारमा १४ टुक्रा पारी माओवादी संयोजनको राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँट  समितिले दिएको प्रतिवेदनले जनमतकै घोर अपमान गरेको छ। संविधानसभाले केही पहिले पूरै एक महिना समय खर्चिएर देशका विभिन्न ठाउँमा पुग्ने गरी ४० वटा टोली खटाएको थियो। गाउँ–गाउँ पुगेर त्यो टोलीले लेख्न सक्नेबाट लिखित र लेख्न नसक्नेका बोली टिपेर ल्याइयो, जसलाई जनमत संकलन टोलीको प्रतिवेदन भनी 'राज्य पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिसँग सम्बन्धित अंशहरु यही प्रतिवेदनमा उल्लेख छन्। ४० वटा टोलीले दिएका संक्षिप्त बुँदाहरुमा सबैतिर प्रकट भएको .....

वाह ! सुजाता कोइराला दिज्यु हजुरले नेपाल र नेपालीका लागि राम्रो काम गर्नुभयो, सुजाता दिज्युकी जय !

उपप्रधान एंव परराष्ट्रमन्त्री सुजाता जोष्टको कमिसन मोहका कारण नेपालीहरु चैत्र १९ पछि विदेश भ्रमणबाट बन्चित हुनुपर्ने भएको छ । ४७ को परिवर्तनपछि भएका सबै अनियमितता र ठूला भ्रष्टाचारका अगुवा उनकै देश जर्मनीमा भएको भए हालसम्म जम्मा गरेर ५ सय बर्षजति जेल सजायको भागिदार भइसक्ने थिइन् । तर नेपाल जस्तो गरिब मुलुक र बाउ गिरिजाप्रसाद कोइरालाका कारण भ्रष्टाचारको कारबाहीबाट बच्दै आएकी जोष्टका कारण नेपालमा रोजगारी नपाएर प्रतिदिन विदेशीने ६ सय नेपालीहरुले समेत कामका लागि समेत जान नपाउने सम्भावना बढेको छ । मेसिन रिडेएबल पासपोर्ट (एमआरपी) जारी हुन नसके .......

'हाइ अलर्ट' घोषणा, नेपालीले सञ्चालन गरेको बेकरीमा विस्फोट, ९ को मृत्यु, सनाखत हुन सकेन, दुई नेपाली घाइते

शनिबार साँझ विस्फोट भएको महाराष्ट्रको पुणे सहरस्थित रजनिश आश्रमनजिकै रहेको जर्मन बेकरी नेपालीले सञ्चालन गरेको र त्यहाँ नेपाली कामदारहरु काम गर्ने गरेको खुलेको छ। सो बेकरी नुवाकोट स्थायी घर भएका गोपाल कार्कीले सञ्चालन गरेको बुझिएको छ। 'उनको पसलमा कार्यरत अधिकांश कर्मचारी पनि नेपाली नै थिए', कार्कीलाई नजिकबाट चिन्ने फणिन्द्र खड्काले...........
Dear our Readers and Viewers !
- WWW.NepalMother.com Family, USA

मेरी बास्सै मा धुर्मुसे र सुन्तेले गर्नु गरे



20100213

अव चाँडै नै माओवादीको नेतृत्वमा सरकार गठन हुने पुष्पकमल दाहालको दावी !!!

माओवादीले चाहेको जस्तै जनसंविधान जारी नभए माओवादीले पुन : विद्रोह गर्ने रे !

माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अव चाँडै नै माओवादी नेतृत्वमा सरकार गठन हुने दावी गर्नुभएको छ । अध्यक्ष प्रचण्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिले माओवादी सरकारको जरुरत रहेको निष्कर्षनिकालेको पनि दावी गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आज सुनसरीको हरिपुरमा कोचिला राज्य समितिले आयोजना गरेको संर्घष, रुपान्तरण र संगठन सुदृढिकरणको तीन महिने अभियानको आज समापन सभामा वोल्नुहुँदा सो कुराको दावी गर्नुभएको हो । उहाँले सरकार कहिले वन्छ भन्ने कुराको मिति भने खुलाशा गर्नुभएन् । देशको वर्तमान परिस्थिति तथा वाह्य मुलुकका प्रतिनिधिकरु समेतको विश्लेषणले नै नयाँ नेपालको संविधान जारी गर्न र माओवादी लडाकुको समायोजन एवं शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउनका लागि पनि माआवोदीको नेतृत्वमा सरकार वन्नु पर्ने खाँचो औल्याएको पनि अध्यक्ष प्रचण्डले .....

20100212

जय शम्भु बाबा भोले कैलाशपतिनाथ, रक्षा गर प्रभु हामी सबै नेपाली र नेपालको ....... !!!

आज शिवरात्री ! पशुपती जान नसक्ने देश बिदेशमा बस्ने सबैले यहाँ पशुपतीको दर्शन गर्दै भिडियो हेरौँ भजन क्रितन गाउँ है त !
बाँकी तस्बिरहरु , भिडियो, भजन र समाचारका लागि यस्को ठीक तल Read More >> मा क्लिक गर्नुस्.....

१० वर्षीय बालकको अपहरणपछि घाँटी थिचेर हत्या, माओवादीले सिकाएको यो अपहरण र हत्या गर्ने तरिकाले अझै कतिको ज्यान जाने हो !

दुई साताअघि अपहरणमा परेका दाङ ढिकपुर-७ दुबीचौरका १० वर्षीय बालक होमबहादुर चौधरीको हत्या गरिएको अवस्थामा बिहीबार शव फेला परेको छ। ढिकपुर-४ पोखरास्थित रामबहादुर ओलीको घरनजिकको खाडलभित्र लुकाइराखेको अवस्थामा बालक चौधरीको शव १६ दिनपछि फेला परेको हो। रामबहादुरका छोरा २१ वर्षीय डिपलभ सेन ओलीले अपहरणपछि घाँटी थिचेर हत्या गरी आफ्नै घरसँग जोडिएको ५ फिट गहिराइ र १५ फिट चौडाइ रहेको ‘एल’ आकारको खाडलभित्र लुकाइराखेको अवस्थामा शव फेला पारिएको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो। शौचालय बनाउने प्रयोजनका लागि दुई वर्षघि निर्माण गरिएको सो खाडलमा बोराभित्र राखेर पाइपले बाँधेको अवस्थामा शव......

तितो सत्यले यसरी ब्यँग गरेछ यो हप्ता !



20100211

घाँटी रेटी एकै परिवारका ४ को पाल्पामा हत्या, खजुराका एक व्यवसायीको गोली हानी हत्या !

Breaking News...
अज्ञात समूहले खजुराका एक व्यवसायीको बुधबार राति गोली हानी हत्या गरेको छ। खजुरा बजारमा होटल व्यवसाय सञ्चालन गरिरहेका पूर्वमाओवादी कार्यकर्ता प्रकाश श्रेष्ठको गोली हानी हत्या गरिएको हो। होटल बन्द गरी वागेश्वरी-२ स्थित घर जाँदै गरेका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलमा आएका दुई नकावधारीले घरदेखि ५ सय मिटरनजिक गोली हानेका थिए। प्रहरीका अनुसार कन्चटमा गोली लागेका उनको स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको थियो। संकटकालका बेला माओवादीमा सक्रिय श्रेष्ठ सेनाको चरम निगरानीपछि बिदेसिएका थिए। नक्कली नाममा बिदेसिएका उनी स्वदेश फर्किएपछि माओवादीसँग आर्थिक मामिलामा अन्तरविरोध आएको भन्दै दूरी बढाएका थिए। उनको हत्यामा कसको संलग्नता छ भन्नेबारे यकिन जानकारी नआएको बाँके प्रहरीले.......

20100210

"छट्टु स्यालले चिल आयो भन्दै कुखुरा चोरे"

-देवप्रकाश त्रिपाठी
फुटेको सूर्य, प्वाल परेको डुङ्गा, गुडिरहेको गाडीमा निदाएको चालक र पेसा या व्यवसाय बनेको राजनीति कति घातक हुनसक्छ भन्ने कुराको महसुस गर्न उल्लिखित तथ्यहरूसँग साक्षात्कार हुन आवश्यक हुन्छ। तर, बाहिरी अवलोकन या अनुमानबाट बुझ्न खोज्ने हो भने निदाएका चालक, प्वाल परेको डुङ्गा र बिग्रिएका घरमूलीका कारण उत्पन्न हुने परिणामको दायरा सीमित भए पनि सूर्य फुट्दा त्यसको सिकार समग्र प्राणी जगत् बन्ने र पेसा या व्यवसाय बनेको राजनीतिको परिणाम सम्बद्ध देशका सम्पूर्ण बासिन्दाले भोग्नुपर्ने हुन्छ। राजनीति र सूर्यको भूमिकालाई कैयन कोणबाट तुलना गर्न सकिन्छ। राजनीति र सूर्य दुवैलाई माथिल्लो स्थान प्राप्त छ, साधारण मानिसभन्दा केही माथिको दूरीमा राजनीति र साधारण ......

चियासपसलमा बसिरहेका ६ जनाको मृत्यु !

पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ ख ६३२ नम्बरको ट्रक कैलालीको श्रीपुर गाविस लालपुरमा पल्टिँदा चियासपसलमा बसिरहेका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। ट्रक पल्टिँदा उनीहरु च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरुमा करवीर सिंह खड्का, राजबहादुर ऐर, शेरबहादुर पार्की, हरि जोरा, द्यौले धोली र सलुवा थापा छन्। मृतक सबै श्रीपुरका हुन्। घटनामा गम्भीर घाइते उमेश जोशीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। दुर्घटनापछि ट्रक चालक फरार भएका छन्। मादक पदार्थ पिएर ट्रक चलाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ। आफन्तको मृत्युमा विह्वल बनेका स्थानीयबासिन्दाले दोषीउपर कारवाहीको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

Comedian "Manoj Gajurel" Show in California
(Anil Pandey - President, Sajjan Pandey - Secretary of Motherland Nepal, in Between Comedian Manoj Gajurel)
Motherland Nepal is going to organize a Fund Raising Event on the occassion of its glorious 5th Anniversary with the comedy and pardoy fame - Manoj Gajurel. The Alameda Mayor - Ms. Beverly Johnson will be the Chief Guest. Kindly book your calendar and reserve your seats.......For detail information and releted videos Plz click Read More >> below .....

20100209

बाँदरको हातमा नरिवलजस्तै भयो प्रजातन्त्र, लाज लाग्नुपर्ने हो सहिदको फोटो झुन्ड्याउने र सहिदप्रति ओठेभक्ति जनाउनेहरुलाई !

– शम्भु श्रेष्ठ
(shresthashambhu@gmail.com)

दुख लाग्छ, नेपालको अवस्था देख्दा। नेपालमा प्रजातन्त्र आएको ६० वर्ष बितिसकेछ। 'बाह्र वर्ष कुकुरको पुच्छर ढुंग्रोमा राख्यो जस्ताको तस्तै' भनेझैं देशको हविगत छ। ६० वर्ष अगाडि हामीसँगै स्वतन्त्र भएको छिमेकी चीन र भारत विकासको गतिमा कहाँ पुगिसक्यो, हामी भने कहाँ छौं? तुलनै हुन सक्दैन। बाँदरको हातमा नरिवलजस्तै भयो हाम्रा लागि प्रजातन्त्र। जनताको बलिदानीले पटक–पटक राजनीतिक परिवर्तन त भए, तर त्यसको फल अझै जनताले चाख्न पाएका छैनन्। लाज लाग्नुपर्ने हो सहिदको फोटो झुन्ड्याउने र सहिदप्रति ओठेभक्ति जनाउनेहरुलाई। फागुन, चैत, वैशाख, जेठ। यी महिनाहरु नेपालको राजनीतिक परिवर्तनका लागि इतिहासिक महिना मानिन्छन्। २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनदेखि २०६३ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन पनि यिनै महिनाहरुभित्र पर्छन्। त्यसैले होला, अरु बेला सहिदलाई बिर्सिए पनि यी दिनहरुमा सहिदप्रति सम्झना गर्ने, मार्ल्यापण....

आरजु देउबा भन्छिन "संबिधान बन्न गार्हो छ", उनकी आमा प्रतिभा भन्छिन "बन्नै पर्छ", हेरौँ आमा छोरी को बहस पवनकली सँग

20100208

माओवादीको हालै सम्पन्न स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डको सातो खाएको चर्चा

प्रचण्डलाई असफल र 'पँधेर्नी' को हैसियत !!!

नेकपा माओवादीको हालै सम्पन्न स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डको बोलीमा लगाम लगाउने सुझाव मात्र दिएको छैन, उनको नवनिर्मित किचेन क्याबिनेटको पनि सातो खाएको चर्चा माओवादी वृत्तमा चल्न थालेको छ। माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि अध्यक्ष प्रचण्डको अघोषित किचेन क्याबिनेटमा बाबुराम भट्टराई, वर्षमान पुन लगायतका नेताहरु थिए। राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिलाई सन्तुलनमा राख्ने बाबुराम र प्राबिधिक तथा सांगठानिक सन्तुलन कायम राख्ने वर्षमान पुनहरुको खुबीका कारण प्रचण्ड सफल बने पनि पछिल्लो समयमा उनको किचेन क्याबिनेटमा पुगेका नेताहरुले प्रचण्डलाई असफल र एक माओवादी नेताको शव्दमा त 'पँधेर्नी' को हैसियतमा पुर्याइदिएको आरोप लागेको छ। पार्टीभित्रै पनि एक नेताविरुद्ध अर्कोलाई भिडाइराख्ने र आफ्नो अनुकूल नेताहरुलाई प्रयोग गर्न सिपालु प्रचण्डप्रति पछिल्लो समयमा प्रायः सबै नेताहरु सशंकित बनेका छन्। बादललाई हातमा लिएर बाबुरामलाई ठेगान....

"जिरे खुर्सानी" को नयाँ भाग हेरी आनन्द लिनुस्



जहाँ मान्छे यसरी कुकुर सरह मारिन्छ र सरकार प्रहरी प्रशासन मुकदर्सक बन्छ !!!

अमेरिकाको हिमपातको प्रत्यक्ष्य प्रसारण् भिडियो


अयोग्य लडाकुले पहिरिएको माला फाले,दाहालको मुख नहेरी बिदा भए !!!

चितवनबाट सुरु भएको अयोग्य लडाकुको बिदाई कार्यक्रम अनमिनको कार्यक्रम अनुरुप नै एक महिनाभित्रै नवलपरासी, इलाम, कैलाली, सुर्खेत हुँदै रोल्पाको दहवनमा आएर समापन भएको छ । सोमबारको बिदाई कार्यक्रममा उपस्थित भएका लडाकुको बिदाई गर्न आएका माओवादी सेनाका डेपुटी कमाण्डर बलदेव र प्रमुख कमाण्डर पासाङले अयोग्य सेनाको बिदाईका लागि माला र अबीर ल्याएर अगाडी बढेपछि सबै लडाकुको एकै हुल एकै पटक मञ्चसम्म आएको थियो । निक्कै आक्रामक र भावुक देखिएको त्यस अवसरमा अयोग्य...

राजपरिवारले पनौती टेक्न नहुने धार्मिक विश्वासका कारण कुनै राजपरिवार पनौती नआए पनि ज्ञानेन्द्र आए मकर मेलामा !

-भीम गौतम
काभ्रे, पर्ूवराजा ज्ञानेन्द्र शाह सोमबार नागरिकका रूपमा प्रत्येक १२ वर्षा लाग्ने मकर मेलामा सहभागी भए । राजपरिवारले पनौती टेक्न नहुने धार्मिक विश्वासका कारण कुनै राजपरिवार पनौती नआए पनि उनी भने राजाबाट हटेपछि पहिलोपटक पनौती आएका हुन् । मेलामा सहभागी हुन आएका पर्ूवराजा ज्ञानेन्द्रको पक्षमा र्सवसाधारणल नाराबाजीसमेत गरेका थिए । सयौं जनताले सडकको दाँयाबायाँ बसेर ताली र मालाले उनलाई स्वागत गरेका थिए । पनौती नगरपालिकाका कार्यकारी अधिकृत राजेश पन्थी तथा स्थानीय.....

प्रचण्डलाई किन चाहियो सत्ता ?


image नेपालको राजनीति आज दिशाहीन अवस्थामा छ । यो दिशाहीनताको मुख्य कारण राजनीतिलाई डोर्‍याउने जिम्मेवारी लिएका नेपालका प्रमुख राजनीतिक दलको किंकर्तव्यविमूढतालाई पनि मान्न सकिन्छ । नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेस यी तीनवटै ठूला राजनीतिक दल अगाडिको बाटोका बारेमा भ्रान्त देखिन्छन् । यहाँ एउटा कुरा उल्लेखनीय छ- नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेस अलग-अलग कारणले भ्रान्त र दिशाहीन भएका छन् । आजका हकमा नेकपा एमाले र नेपाली कांग्रेसको दिशाविहीनता त्यति महत्त्वपूर्ण छैन । एमाले र कांग्रेस.....

20100207

सरकारले परमानन्द झा जस्ता दलाललाई संबिधाननै सँसोधन गरेर फेरी उपरास्ट्रपती बनायो

कही नभएको जात्रा हाडिगाउ मा भने जस्तै, सर्बोच्चको आदेश पनि तुहियो, कानुन को खिल्ली उड्यो, एउटा नौटंकी दलाल का अगाडि कङ्रेस, एमाले र माओवादी लगायत का केही दल झुके, साना दल लाई कस्ले सुन्ने ?

Breaking News....स्पेसटाइम नेटवर्क तथा च्यानल नेपाल टेलिभिजनका अध्यक्ष जमिम शाहको काठमाडौंमा गोली हानी बिभत्स हत्या

अज्ञात हतियारधारी समूहद्वारा  तीन सवारी चालकको अपहरण

स्पेसटाइम नेटवर्क तथा च्यानल नेपाल टेलिभिजनका अध्यक्ष जमिम शाहलाई आइतबार अपराह्न गोली हानी हत्या गरिएको छ। याक एन्ड यति होटलबाट नुहाएर पानीपोखरीको घर फर्कंदै गर्दा शाहमाथि लाजिम्पाटको फ्रेन्च एम्बेसी अगाडि गोली प्रहार भएको थियो। शाहका गाडीका चालक मथुरा मालाकारको तीघ्रामा गोली लागेको छ। ना १ च २१५१ कार चढेर घर फर्कंदै गरेका शाह ज्याज अप्स्टेजको नजिकै पुगेपछि जाममा परेका थिए। जाममा गाडी रोकिएको मौका छोपी एफजेड मोडलको बाइक चढेर आएका दुई व्यक्तिले गोली प्रहार गरेको साहका चालक मालाकारले बताए। 'कालो कालो लुगा लगएका थिए', मालाकारले भने- 'बाँकी याद गर्न सकिनँ।'गोली लागी ढलेका शाहलाई तत्काल शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो। छाती र टाउकोमा गोली लागेका साहलाई ३:३० बजे डाक्टरले मृतक घोषणा गरेका थिए। ४७ वर्षे शाहका एक छोरा र बुवा आमा छन्। शाहलाई गोली लागेको थाहा पाउनासाथ प्रहरीका उच्च अधिकारी तथा ब्रोर्डकास्टिङ एशोसिएशनका आरके मानन्धर तथा भाष्कारराज राजकर्णिकार शिक्षण अस्पताल पुगेका थिए। शाहको हत्यामा संलग्न रहेको आरोपमा साँझसम्म प्रहरीले कसैलाई पनि गिरफ्तार गरेको छैन। राजधानीमा हत्याका घटना लगत्तै प्रहरीले नाका क्लियर गरेर जाँच सुरु गर्थ्यो तर शाहलाई गोली हाने लगत्तै कुनै पनि नाका 'क्लियर' गरेर जाँच नथालिएको प्रहरी स्रोतले बतायो।
डिएसपी प्रधुम्न कार्कीका अनुसार शाहलाई तीन गोली लागेको छ । गोली एकदम नजिकबाट हानिएको प्रहरीले जनाएको छ । पहिला चालकलाई  हानेर पछि शाहलाई हानेको देखिएको प्रहरीले...........