Breaking News......
हिन्दू धर्म को कुरा गर्ने, जातियता र संघिय गणतन्त्रको बिरोध गर्ने लाई अब माओवादीको लिम्बुवान ग्रुपले जन कारबाही देखी ज्यानमार्ने सम्म को कारबाही गर्ने धम्की दिएर सँसारलाई चकित पारेकाछन् । माओवादीसमर्थित लिम्बुवान राज्य समितिले जातीय संघीयताको विरोधमा बोल्नेमाथि 'जनकारबाही' गर्ने निर्ण्र्ाालिएको छ । राज्य समिति सचिवालयको बुधबार धरानमा सम्पन्न बैठकले...
20100331
एमाले उपाध्यक्ष वामदेव गौतम भन्छन : "नेपालको राजनीति हाँक्न सक्ने प्रभावशाली नेता पुष्पकमल दाहाल प्रचण्ड मात्र हुनुहुन्छ"
एमालेका उपाध्यक्ष्य वामदेव गौतम माओवादीका प्रबक्ता किन बन्दैछन ??
एमालेका उपाध्यक्ष वामदेव गौतमले दुई जना नायकले मात्र नेपालको राजनीति हाँक्न सक्ने बताउनुभएको छ। नेपाल प्राध्यापक संघद्वारा मंगलबार राजधानीमा आयोजित श्रद्धान्जली सभामा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो। नेपालको राजनीति हाँक्न सक्ने प्रभावशाली नेता गिरिजाबाबु र पुष्पकमल दाहाल मात्र हुनुहुन्छ, नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको श्रद्धाञ्जली सभामा बोल्दै उपाध्यक्ष गौतमले कोइरालाको निधनपश्चात् अबको नेपाल हाँक्ने नेतामा प्रचण्ड मात्र रहेको
अन्तराष्ट्रिय कलाकार मँच,अमेरिकाको जरुरी सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देशमा यस् मन्चका शाखाहरु पनि बिस्तार गरिदैछ र संख्या हेरी अमेरिका वा अन्य देश का बिभिन्न शहर हरुमा पनि थप् यस् मन्च का शाखा उप शाखा खोल्ने हाम्रो अभियान अहिले तिब्र पारेका छौं । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण ईमेल र फोन नम्बर हामीलाई पठाउनुश तुरुन्त हामी तपाईंलाई संपर्क गर्नेछौ । नेपाल मा हुने कलाकार साथीहरुले निर शाह, कृष्ण मल्ल, हरी बहादुर थापा, राजाराम पौडेल मध्ये एक लाई भेट्न वा हामीलाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गर्दछौ। -अन्तराष्ट्रिय कलाकार मँच,अमेरिका
Email : internationalartistsforum@gmail.com, or rampdkhanal@gmail.com, Tel. 703-419-0924http://www.iafusa.blogspot.com
Dear Community Members,
Organized by America-Nepal Society We would like invite you to join the "Welcome Ceremony" to welcome newly appointed US Ambassador to Nepal Mr. Scott H. DeLisi, who is
"पूर्व राजा ज्ञानेन्द्र र कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईका धारणा म्याद नाघेको औषधी" : राष्ट्रपति डा. रामवरण यादव
राष्ट्रपति डा. रामवरण यादवले पूर्व राजा ज्ञानेन्द्र र कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईका धारणा म्याद नाघेको औषधी भएको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र समाप्त भएको भन्नु काल्पनिकतामात्र भएको र काँग्रेस सँस्थापक नेता भट्टराईले नेपालमा २०४७ सालको जस्तै संविधान निर्माण गर्नुपर्ने भनाई सार्वजनिक भएको सन्दर्भमा...
यो कार्टून हामीले फेस बुक बाट लिएका हौं, तपाईं लाई कस्तो लाग्छ कुन्नी ? कुरात ठिकै हो क्यारे !
राम देब र हाम्रो प्रब्रिती: कही न भएको जात्रा हाडी गाउमा
- शेखर ढुङेल, वोमाहा नेब्रास्का'' कही न भएको जात्रा हाडी गाउमा '' भन्ने नेपाल को उखान लाई सहयोग गर्ने असख्य उदाहरण प्रस्तुत गर्ने नेपाल को अन्तिम कडि लागु हुन्छ भारतीय ढोङी योग प्रशिक्षक गुरु राम देब र हामी नेपाली हरु को..
20100330
खुमबहादुर भन्छन : राजा फर्किने र इतिहास दोहोरिन सक्ने खतरा छ, ज्ञानेन्द्रमा उत्साहछ
कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले दलहरूले जनताका लागि राम्रो काम गर्न नसके राजा फर्किने र इतिहास दोहोरिन सक्ने खतरा रहेको बताएका छन् । दलहरू संविधान बनाउनुभन्दा सत्ता केन्द्रित भएको र दलहरूको रवैया यस्तै रहे राजा फेरि र्फकन सक्ने उनको तर्क थियो । उनले थपे, 'पछिल्लो समयमा राजाको समेत सक्रियता बढेको छ, यो त्यसैको संकेत हुन सक्छ ।' नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर-१ को....
संबिधान नाम मात्र, जनबिद्रोहका लागि माओवादी अन्तिम तयारीमा, एक एक लाख उठाउने अभियान तिब्र, एमाले काङ्रेस् के हेर्दैछन् ?
जनव्रि्रोहको पर्ूवतयारीका रूपमा २४ चैतदेखि तीन चरणका जनपर््रदर्शनको तयारी गरिरहेको माओवादीले सम्भावित जनव्रि्रोहका लागि खर्च जुटाउन सभासद्हरूको विकास बजेटसमेत प्रयोग गर्ने निर्ण्र्ाागरेको छ । माओवादीको भोजपुरा-मधेस राज्य समितिको सोमबार बसेको बैठकले त्यहाँबाट निर्वाचित सभासद्हरूलाई दस दिनभित्र एक लाखका दरले रकम पार्टर्ीीई बुझाउन निर्देशन...
प्रचण्ड विरुद्ध शिविरका सहभागीले हुटिङ गरे
राजधानीको खुलामञ्चमा चलिरहेको बृहद् योगशिविरको तेस्रो दिनका प्रमुख अतिथि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध शिविरका हजारांै सहभागीहरूले हुटिङ गरे। योगशिविरमा...
20100329
प्रचन्ड पछी बादलको टेप प्रकरण्: माओवादीले जेठ १४ मै अन्तिम लडाइको तयारी, सत्ता कब्जा गर्ने नीति फेला
के नेपाली सेनामा विभाजन आउदैछ? के माओवादी पार्टी पनि फुट्दैछ? के जेठ १४ मा वारकी पारनै हुन्छ? यी प्रश्नहरु धेरैलाई अपत्यारिला लाग्न सक्छन्। तर एकीकृत नेकपा माओवादीका महासचिव रामवहादुर थापा 'बादल'का अनुसार यी तीनै सम्भावनाहरु अब निकट भविष्यमै सत्य घटनामा परिणत हुदैछन्। माओवादी पार्टीले देशका सातओटा केन्द्रबाटै एकै पटक 'दुश्मन'माथि...
दुवै हात पछाडि बाँधि गोली हानी हत्या !!!
महोत्तरीको बगडा गाविस वडा नं. ८ स्थित बिग्ही पुलमा एक युवकको गोली हानी हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेलापरेको छ। नाम, ठेगाना खुल्न नसकेको आन्दाजी ३१ वर्षीय युवकको दुवै हात पछाडि बाँधिएको, आँखामा कालोपट्टी बाँधेको, टाउको र शरीरको अन्य भागमा तीनवटा गोली लागेको जिल्ला पहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थलबाट थ्रीनट थ्रीको खाली खोखा तीन थान र अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चाको रसिदमा रामवृक्ष साह, जिल्ला शिक्षा अधिकारी महोत्तरी नगद रु.५० हजार उल्लेख भएको भेटिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। यसैबीच मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक महोत्तरी क्षेत्र नं. ६ का क्षेत्रीय अध्यक्ष कृष्णदेव यादवको उपचारका क्रममा भारतको दिल्लीमा गएराति निधन भएको छ।
माओवादीको शान्तीको चाहना यस्तो पो रहेछ !
वाइसीएलको अर्धसैनिक संरचनालाई भंग गर्न दबाब परिरहेको समयमा एकीकृत माओवादीले वाइसीएलकै समानान्तर सुरक्षा समिति गठन गरेको छ। माओवादीले सुरक्षा समिति गठनसँगै सुनसरीमा स्पेशल टास्क फोर्स कमाण्डो र शिविरबाट बाहिरिएका अयोग्य लडाकुका लागि क्याम्प बनाउने तयारी पनि...
नेपाल अमेरिका पत्रकार संघ वासिंङटन डीसीको आयोजनामा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाल अमेरिका पत्रकार संघ वासिंङटन डीसीको आयोजनामा मार्च २८ तारिख साँझ डीसी मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुमाझ सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपालका हाँस्य कलाकार मनोज गजुरेलको मुख्य प्रस्तुति रहेको सो कार्यक्रममा गायक कर्ण दासले आफ्ना तीन वटा गान प्रस्तुत गरेर दर्शकहरुको मन जित्न सफल भएका...
20100328
कसरी आयो हिन्दू राज्यको कुरा फेरी ?
यो गीत सुन्नुस् त एकै छिन् मन शान्त हुन्छ
तीन हजार माओवादी लडाकुमात्र समायोजन : प्रधानमन्त्री माधवकुमार नेपाल
प्रधानमन्त्री माधवकुमार नेपालले तीन हजार माओवादी लडाकुमात्र सुरक्षा निकायमा समायोजन गर्ने स्वर्गिय कोइरालाको भावनाको सम्मान गर्न एकीकृत माओवादीलाई आग्रह गरेका छन्। नेपाल चेम्वर अफ कमर्सको ५७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले त्यस्तो आग्रह गरेका हुन्। उनले कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालालाई माओवादीले साँचो अर्थमा अभिभावक ठानेको हो भने तीन हजार लडाकुहरुलाई सुरक्षा निकायमा समायोजनका लागि तयार रहन चुनौती...
उच्चस्तरीय राजनीतिक संयन्त्रलाई एकीकृत माओवादीले सत्तामा जाने भर्याङ्को रुपमा प्रयोग गरेको माओवादी दावी
नेकपा माओवादीका केन्द्रीय अध्यक्ष मातृका यादवले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई एकीकृत नेकपा माओवादीले सत्तामा जाने भर्याङ्को रुपमा प्रयोग गरेको दावी गरेका छन्। माओवादी अध्यक्ष सत्ताबाहिर रहँदा छट्पटाएको बताए। उनले स्याङजाका सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाओवादी सत्ताको लागि छटपटाएकाले संयन्त्रलाई सत्तामा जाने भर्याङ्को रुपमा प्रयोग गरीरहेको बताए। उनले माओवादीले क्रान्तिकारी धार छाडीसकेको...
Breaking News................
पूर्व प्रधानमन्त्री एबम काङ्रेस का संस्थापक नेता भट्टराई भन्नुहुन्छ; नयाँ संबिधान जेठ् १४ मा आउँदैन, देश झन बिकराल अवस्थामा जान्छ त्यसैले ०४७ साल को संबिधान ब्युँताउनुको बिकल्प छैन
पूर्व प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईले मुलुकमा उत्पन्न संवैधानिक र राजनीतिक रिक्ततालाई सम्बोधन गर्न २०४७ को संविधान पुनःस्थापना गर्न सुझाव दिएका छन् । आइतबार जारी एउटा वक्तव्य मार्फत भट्टर्राईले भने, 'संविधान बन्न नसक्ने र अराजकता बढ्ने अनि मुलुकको अस्तित्वसमेत धरापमा पर्नसक्ने अवस्थालाई ध्यानमा राखी म हाम्रो देशका सबै नागरिक तथा....
पूर्व प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईले मुलुकमा उत्पन्न संवैधानिक र राजनीतिक रिक्ततालाई सम्बोधन गर्न २०४७ को संविधान पुनःस्थापना गर्न सुझाव दिएका छन् । आइतबार जारी एउटा वक्तव्य मार्फत भट्टर्राईले भने, 'संविधान बन्न नसक्ने र अराजकता बढ्ने अनि मुलुकको अस्तित्वसमेत धरापमा पर्नसक्ने अवस्थालाई ध्यानमा राखी म हाम्रो देशका सबै नागरिक तथा....
नयाँ नेपालमा कस्तो धर्म निरप्रेक्ष्यता, मरेको लासले पनि सुख पाएन वा, लास तानातान !!!
धर्मविवादका कारण पूर्वी मकवानपुरमा शनिबार झडप भएको छ। मुलुक धर्मनिरपेक्ष घोषणा गरिए पनि विवाद बढ्दै झडप हुन पुगेको हो। क्रिस्चियन धर्म मान्ने समुदायकी मृतक सानुमाया वाइबाको अन्त्येष्टि गर्ने सम्बन्धमा बढेको विवाद झडपमा परिवर्तन भएको हो। शव अन्तिमसंस्कार क्रिस्चियन धर्मअनुसार गर्ने वा बौद्ध धर्मअनुसार गर्ने भन्ने समुदायबीच भएको झडपमा पास्टरसहित ४ जना घाइते भएका छन्। स्वर्गीय सानुमायाले इच्छाएको ठाउँमा शव अन्त्येष्टि गर्न लैजाँदै गर्दा जम्मा भएका स्थानीय एक सयभन्दा...
हरुवाहरूले माओवादीलाई सत्ताको नेतृत्व नदिएमा सत्ता कब्जा गरिने माओवादी चेतावनी !
प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान हरुवाहरूको सरकारले इमानदारितासाथ विजयीहरूलाई सत्ताको नेतृत्व नदिएमा जनताको आन्दोलनको बलमा सत्ता कब्जा गरिने चेतावनी दिनुभएको छ। स्याङ्जा पुतलीबजार नगरपालिका-८ सतास्थित ठूलापँधेरामा निर्माण गरिएको शहीद विजय ढकाल स्मारक अनावरण तथा विजय ढकाल स्मृति पार्कको शनिबार उद्घाटन गर्दै उपाध्यक्ष डा. भट्टराईले सो कुरा बताउनुभएको हो। डा. भट्टराईले भन्नुभयो- ‘वर्तमान माधवकुमार नेपाल नेतृत्वको सरकार हरुवाहरूको...
Nepal Education & Cultural Center is organizing 2-daylong Mahapuran Gyanyagya with Deen Bandhu
Dear community members:
It’s our utmost pleasure to inform all the community members and friends that Nepal Education and Cultural Center is organizing 2-daylong Mahapuran Gyanyagya (Hindu spiritual ceremony) from April 3 – 4, 2010 at its new property Beallsville, MD. In this great event, fascinating spiritual speaker Pundit Deen Bandhu Pokhrel will be reciting the Bhagawata Purana (a Hindu holy book which is collection of Vedic wisdom in story form).Pundit Deen Bandhu Pokhrel is gloriously popular name and spiritual figure for all the Nepalese people around the world. In last two years alone, he raised over Rupees 2 billions reciting the....
It’s our utmost pleasure to inform all the community members and friends that Nepal Education and Cultural Center is organizing 2-daylong Mahapuran Gyanyagya (Hindu spiritual ceremony) from April 3 – 4, 2010 at its new property Beallsville, MD. In this great event, fascinating spiritual speaker Pundit Deen Bandhu Pokhrel will be reciting the Bhagawata Purana (a Hindu holy book which is collection of Vedic wisdom in story form).Pundit Deen Bandhu Pokhrel is gloriously popular name and spiritual figure for all the Nepalese people around the world. In last two years alone, he raised over Rupees 2 billions reciting the....
20100327
गिरिजा बाबुको निधन पछी भारतको खेल यस्तो छ, को को थाङ्नामा सुत्ने हुन !
गिरिजाप्रसाद कोइरालाले मृत्युपछि अनपेक्षित सम्मान पाए। जिउादो भइञ्जेल धारे हात लगाउनेहरु नै सबैभन्दा ठूला प्रशंसक बनेर निस्किए। मिडिया एकाएक बहकिए, मानौं गिरिजाप्रसाद जस्ता व्यक्ति भूत न भविष्य झैं गरेर। मृत्युपछि आलोचना गर्नु शोभनीय होइन, तर प्रशंसा गर्ने नाउामा सातखत माफ भन्दा बााचेकाहरुले पनि सुधि्रनुपर्ने महसुस नगर्ने भए भन्ने चाहीा निश्चित भएको छ। गिरिजाप्रसादलाई उनको पार्टी नेपाली कांग्रेसका मानिसहरुले मात्रै होइन, प्रशंसा गर्नेमा माओवादी र एमालेहरु पनि उत्तिकै अग्रपंक्तिमा देखिनु अलि बुझिनसक्नु भएको छ। माओवादीहरुका लागि त गिरिजाप्रसाद जीवनदाता नै हुन्, कोइरालाकै कारण संसारमा कहीा नभएको अभयदान........
संविधान नबन्ने अवस्था, 'बिद्रोह'को योजना अर्न्तर्गत 'रिहर्सल' गर्दै माओवादी, !
माओवादीले आफ्नो पक्षमा जनसंविधान वा त्यसको विकल्पमा सम्भावित 'जनव्रि्रोह'को योजनाअर्न्तर्गत आगामी ७ जेठमा काठमाडौंमा केन्द्रीय स्तरको 'जनसभा र जनपर््रदर्शन' गर्ने तयारी गरेको छ । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि आफूविरोधी 'दक्षिणपन्थी शक्तिहरूको चलखेल' बढेको निष्कर्षनिकाल्दै माओवादीले तत्कालका लागि २४ चैतमा सबै जिल्लामा र आगामी १८ वैशाखमा राज्य समितिअर्न्तर्गतका प्रमुख सहरमा जनपर््रदर्शन र जनसभा गर्ने िर्ण्र्ाागरेको ....
20100326
कालीमातालाई खुसी पार्न एक जना पुजारीले आफ्ना तीन छोरीको हत्या गरी आत्महत्या !!!
पाकिस्तानको सिन्ध प्रान्तको भेमोमाल क्षेत्रमा अवस्थित कालीमातालाई खुसी पार्न एक जना पाकिस्तानी पुजारीले आफ्ना तीन छोरीको हत्या गरी आत्महत्या गरेका छन् । प्रहरी र प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार स्थानीय तेकाम दास मेधवारको घरको भुइँतलामा स्थापना गरिएको कालीमाताको मन्दिरमा नियमित रूपमा धार्मिक गतिविधि हुने गरेको थियो । रिपोर्टका अनुसार तेकाम दासले कालीमातालाई खुसी पार्न पहिले आफ्ना तीन नाबालक छोरीहरू .....
यो भन्दा बढी अरु केही चाहिन्छ र !
दिनका घाम भन्दा आश हुन्छ रे रातको जुन
सवैभन्दा राम्रो हुन्छ रे, मयुरको धुन
पित्तल नै मिसाइएको किन नहोस
युवतीहरुलाई चाहिन्छ रे शरिर ढाक्ने गरी सुन
धन भए पुग्छ रे, केटाको केही पनि चाहिन्न रे अरु गुन
अलिकत्ति जिस्कियो भने पनि भन्छन रे
यी केटाहरु त मेरै वरिपरि हिडने दाश पो हुन
एउटी युवतीमा यो भन्दा बढी अरु केही चाहिन्छ र अबगुन ?
20100325
पूर्व राजा ज्ञानेन्द्रको अन्तर्वार्ताले ठूलै तरंग !
Breaking News......
पूर्व राजा ज्ञानेन्द्रले राजसंस्था समाप्त भइसकेको भन्ने आफूलाई नलागेको भनेर दिएको प्रतिक्रियालाई मुख्य दलहरुले दिवास्वप्नको संज्ञा दिएका छन्। एभिन्यूज टेलिभिजनले बुधवार प्रसारण गरेको उक्त अन्तर्वार्तामा राजतन्त्रको इतिहास समाप्तीको कारण सोध्दा उनले दिएको उक्त जवाफले राजनीतिमा ठूलै तरंग ल्याइदिएको छ। पूर्व विद्रोही तथा हालको प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीका नेताहरुले उनलाई जनताको भावनाको उल्लंघन गरेकोमा कारवाही समेत हुन सक्ने बताएका छन्। “उनले राजसंस्था फर्काउने षडयन्त्रको सन्देश..."पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबार दिएको अभिव्यक्ति दिवास्वप्न" : प्रधानमन्त्री
प्रधानमन्त्री माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबार दिएको अभिव्यक्तिलाई दिवास्वप्नको सङ्ज्ञा दिएका छन्। पूर्व राजाको अभिव्यक्तिबारे सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधान मन्त्री नेपालले यस्तो बताएका हुन। पूर्व राजाले बुधबार जनकपुरमा अन्तर्वार्ता दिँदै राजतन्त्र पुनः स्थापना हुन सक्ने अभिव्यक्ति व्यक्त गरेका थिए।
क्याम्पस प्रमुख अपहरणमा परे
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख राजितराम पाठक अपहरणमा परेका छन्। उनकी श्रीमती कृष्ण पाठकलाई फोनमार्फत् अपहरणकारीले ५० लाख रुपैयाँ दिएमात्र राजितरामलाई छाड्ने नत्र नछाड्ने बताएका थिए। ११ बजे घरबाट क्याम्पस हिँडेका राजितराम करिब ३ बजेसम्म क्याम्पसमै रहेको जानकारी क्याम्पसबाट प्राप्त भएको छ। अपहरणकारीले फोन गरेर फिरौती माग गरेपछि मात्र उनी अपहरणमा परेको थाहा भएको श्रीमती कृष्णले बताइन्। 'तिम्रो श्रीमान् हामीसँग छ, उनलाई छाड्ने भए ५० लाख रुपैयाँ ठीक पार्नु'- अपहरणकारीले फोनमा बताएको कृष्णले जानकारी दिइन्।
20100324
पूर्वराजा ज्ञानेन्द्रबाट संविधानसभाबाट भएको गणतन्त्र घोषणालाई चुनौती दिँदै नेपालबाट राजतन्त्र समाप्त भइ नसकेको उदघोष
Breaking News.......
'राजतन्त्र समाप्त भयो भन्नु काल्पनिक'
तीन वर्षअघि राजपाट गुमाएका पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाबाट भएको गणतन्त्र घोषणालाई चुनौती दिँदै नेपालबाट राजतन्त्र समाप्त भइ नसकेको उदघोष गरेका छन्। २९ जेठ २०६५ मा नारायणहिटी छाडेपछि पहिलो पटक नेपाली मिडियासँग बोल्दै शाहले आफू पुनः राजा हुन सक्ने संकेत गरेका छन्। 'राजतन्त्र समाप्त भयो भन्नु अलि हाइपोथेटिकल (काल्पनिक) भयो। देशको इतिहासको पाना पल्टाएर हेर्दाखेरी यो माथि जाने तल आउने भित्रिने बाहिरिने भइराख्छ जस्तो लाग्छ । त्यसैले फेरि दोहोर्याउँछु। जनताले नै यो कुरालाई गहन र जिम्मेवारी साथ विचार गरेर जे निधो गर्छन् त्यही मान्नुपर्छ।' रामनवमीको अवसरमा....अन्तर्वार्ताको भिडियो हेर्न भित्र जानुस् ...20100323
माओवादीलाई उचाल्यो भने स्वर्गै पुगिन्छझैं गरे, जसका कारण डेमोक्रेसी यो अवस्थामा पुग्यो, देश यो अवस्थामा पुग्यो, पार्टी यो अवस्थामा पुग्यो
- खुमबहादुर खड्का
देशलाई निकास दिनुपर्ने अहिलेको अवस्थामा नेपाली कांग्रेसको सातो हराएजस्तो छ नि ? तपाईंहरुको गतिविधि त शून्य नै देखिन्छ, के भइरहेको छ ?
तपाईंले ठीक भन्नुभयो, अहिलेको स्थितिमा नेपाली कांग्रेसले देशलाई निकास दिनुपर्ने हो तर गिरिजाबाबुकोका कारण पूरै पार्टी सुस्ताएको देखिन्छ । अहिले कांग्रेसमा अन्योलको वातावरण देखिएको छ । त्यसैले यो अन्योलको वातावरण हटाउनका लागि महाधिवेशन चाँडोभन्दा चाँडो गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ । अझ भन्नुहुन्छ भने त मैले संविधान जारी हुनुअघि नै हाम्रो महाधिवेशन सकिसक्नुपर्ने धारणा राखेको हो तर केही साथीहरुले यति चाँडो महाधिवेशन गर्न सकिँदैन भनेकाले ...

देशलाई निकास दिनुपर्ने अहिलेको अवस्थामा नेपाली कांग्रेसको सातो हराएजस्तो छ नि ? तपाईंहरुको गतिविधि त शून्य नै देखिन्छ, के भइरहेको छ ?
तपाईंले ठीक भन्नुभयो, अहिलेको स्थितिमा नेपाली कांग्रेसले देशलाई निकास दिनुपर्ने हो तर गिरिजाबाबुकोका कारण पूरै पार्टी सुस्ताएको देखिन्छ । अहिले कांग्रेसमा अन्योलको वातावरण देखिएको छ । त्यसैले यो अन्योलको वातावरण हटाउनका लागि महाधिवेशन चाँडोभन्दा चाँडो गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ । अझ भन्नुहुन्छ भने त मैले संविधान जारी हुनुअघि नै हाम्रो महाधिवेशन सकिसक्नुपर्ने धारणा राखेको हो तर केही साथीहरुले यति चाँडो महाधिवेशन गर्न सकिँदैन भनेकाले ...
माओवादीका संस्थापक नेता झुण्डिएर मरे !
भारतमा माओवादी आन्दोलनको सुरुवातकर्तामध्येका एक कानु सन्याल मृत अवस्थामा भेटिएका छन्। उनी उनकै घर नजिकको रुखमा झुण्डिरहेको अवस्थामा फेला परे। ७८ वर्षीय कानुको शरीर पोष्टमार्टमका लागि लगिएको नर्थ वंगाल प्रहरीले जनाएको छ। सन्याल भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादका संस्थापक हुन्। नक्सलबारीबाट सुरु भएको नक्सलिस्ट अभियानका दुई संस्थापकमध्ये एक सन्याल थिए भने अर्का चारु मजुमदार थिए।
मास्कोमा 'रूस आप्रवासी संघ' को दोस्रो फोरुम सम्पन्न
मास्कोमा 'रूस आप्रवासी संघ' को दोस्रो फोरुम सम्पन्न
नेपाली सेना जागिरेको बथान मात्रै हो ??
-युवराज गौतम
'निराशावादीले हरेक अवसरमा संकटमात्र देख्छ र आशावादीले हरेक संकटमा अवसर देख्छ' भन्ने कथन पुरानो हो। नेपालमा व्याप्त अभूतपूर्व संकट राष्ट्रिय सेनाका लागि अहिले अग्निपरीक्षा ठहरिएकाले सेनाको भूमिका, विवेक, निर्णयशक्ति र मार्गचित्रबारे बौद्धिक जगतमा बहस हुन थालेको छ। अवसर तथा सम्भावनाबीचको भू–मध्यरेखामा हिाडिरहेको नेपाली सेना जागिरेको बथान मात्रै हो भन्ने 'माथिको आदेश' पर्खिएर बस्दा धेरै जर्सापहरूको कपाल फुल्नेछ। होइन, राष्ट्रको सुदूर भविष्यको जगेर्ना गर्न सेनाले ऐतिहासिक कदम चाल्ने हिम्मत गर्छ भने २०६७ साल जेठ १५ गते नै उसका लागि सबैभन्दा उपयुक्त साइत हुन सक्छ।
सबैले स्वीकारेको कुरा हो, देशमा अराजकताले सीमा नाघेको छ। सबैले देखेकै कुरा हो, हिंसा र अशान्ति घााटीसम्म आइसक्यो। सबैले मानेकै र जानेकै कुरा हो, विदेशीको नांगो हस्तक्षेपले .......
सबैले स्वीकारेको कुरा हो, देशमा अराजकताले सीमा नाघेको छ। सबैले देखेकै कुरा हो, हिंसा र अशान्ति घााटीसम्म आइसक्यो। सबैले मानेकै र जानेकै कुरा हो, विदेशीको नांगो हस्तक्षेपले .......
20100322
गोली लागि ५ जना गम्भीर घाइते, बलात्कारको आरोपी प्रहरी निलम्बन,जनकपुर क्षेत्र तनावग्रस्त
बलात्कारी प्रहरीलाई कारबाही माग गर्दै आइतबार गरिएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भएकाहरुको उपचार गर्ने खर्चको माग गर्दै जनकपुरका बासिन्दाहरुले सोमबार विहानदेखि प्रदर्शन गर्दा जनकपुर क्षेत्र तनावग्रस्त भएको छ ।प्रदर्शनकारीहरुले स्थानीय जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेका छन् । पेट्रोल बम प्रहारबाट चौकीमा खासै क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुको अनियन्त्रित भिडलाई नियन्त्रण गर्न प्रहरीले केही राउण्ड हवाई फायर गरेको थियो । जनकपुरको स्थिति तनावग्रस्त भएपछि यहाँ लामो तथा छोटो दूरीका सवारीसाधन पनि चल्न सकेका छैनन् । साथै रेलवे...
नेपाल पुनः हिन्दुराज्यका रुपमा स्थापित हुने भारतीय जनता पार्टीको विश्वास
भारतीय जनता पार्टी (भाजपा)का पूर्वअध्यक्ष राजनाथ सिंहले हतियारको आडमा राजनीति गर्नखोज्ने पार्टीले देश र मानवताको संरक्षण गर्न नसक्ने बताएका छन् । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि अपर्ण गर्न आएका सिंहले सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उक्त कुरा बताएका हुन् । प्रजातान्त्रिक प्रणालीअन्तर्गत आमजनताको हातमा कदापि हतियार रहन सक्दैन भन्दै उनले आजको युगमा बुलेटको सट्टा ब्यालेटको राजनीति अवलम्बन गर्नुपर्ने धारणा राखे । हिंसाको राजनीतिलाई आफ्नो पार्टीले कहिल्यै स्वीकार नगर्ने उल्लेख गर्दै उनले नेपालको शान्ति, समृद्धि, स्थायित्व र सुदृढ प्रजातन्त्रका पक्षमा भाजपा सदैव रहेको स्पष्ट पारे । उनले राष्ट्रिय....
20100321
विवादास्पद अभिब्यक्तिका कारण सधै चर्चामा आइरहने कोइरालाको सफलता असफलताको जीवन लाई फर्केर हेर्दा !
- खिला कार्कीसमयले सवै मान्छेलाई इतिहास निर्माण गर्ने अवसर दिदैन । त्यो थोरै मान्छेलाई मात्र समय दिने गर्दछ । मान्छेले इतिहाँस निर्माण गर्ने समयको सदुपयोग समयको पहिचान गर्ने क्षमता पनि थोरै मान्छेमा हुने गर्दछ । जसले समयको अवसरलाई आफ्नो इतिहास लेखाउन सदुपयोग गर्दै आफ्नो जीवनलाई इतिहाँसका स्वर्ण्र्ााक्षरहरुमा जीवनलाई परिणत गर्ने गर्दछन् । मान्छेहरुको भीडमा कुनै न कुनै ढंगबाट इतिहास निर्माणका गर्न सफल भएका ब्याक्तित्वमा पर्छन स्वर्गिय गिरिजाप्रसाद कोइराला । २०४६ सालको राजनीतिक परिर्वतनसंगै नेपाली राजनीतिमा कुनै न कुनै रुपबाट सधै चर्चामा रहेका प्रजातान्त्रिक धारका नेता कोइराला यस्तै समयको पहिचान गर्नसक्ने राजनीतिज्ञका रुपमा उदाए । विवादास्पद अभिब्यक्तिका कारण सधै चर्चामा आइरहने कोइराला समयको.....
कोइरालाको पार्थिव शरिर रंगशालामा !
पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पार्थिव शरिरमा अन्तिम श्रदाञ्जली दिन उहाँको शव काठमाडौंको दशरथ रंगशालामा राखिएको छ । नेपाली कांग्रेसका सभापति कोइरालाको पार्थिव शरिर पार्टी केन्द्रिय कार्यालय सानेपामा पुर्याएर रंगशालामा लगिएको हो । दशरथ रंगशालामा अहिले उहाँप्रती अन्तिम श्रदाञ्जली दिन बिभिन्न नेता तथा आम जनताको उपस्थिती रहेको छ ।
20100320
गिरिजाप्रसाद कोइरालाको निधन
Breaking News........
गिरिजाप्रसाद कोइरालाको १२ बजेर १० मिनेटमा निधन भएकोछ । कोइरालाको निधनलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक स्वर्गीग गिरिजाप्रसाद कोइरालालाई पूर्वराष्ट्र प्रमुखको हैसियतमा राजकीय सम्मान दिने निर्णय गरेको छ। त्यसैगरी सरकारले आइतवार सार्वजनिक विदा दिने र तीन दिनसम्म राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ । तीन दिनसम्म विदेशस्थित कुटनीतिक नियोगहरुमा शोक पुस्तिका राखिने छ ।
मण्डीखाटारस्थित कोइराला निवासको कम्पाउण्डमा अन्तिम श्रद्धाञ्जली सुरु, सर्वसाधारणको ठूलो भीडछ,नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनमा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि श्रद्धाञ्जली व्यक्त । राष्ट्रपति रामवरण यादव, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, प्रधानमन्त्री माधवकुमार नेपाल, उपराष्ट्रपति परमानन्द झा, मन्त्रीहरु, राजनीतिक दलका नेता, कुटनीतिक नियोग प्रमुखका साथै सर्वसाधारण मण्डिखाटार पुगेर स्व. गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जली, अन्तिम श्रद्धान्जली भोलि बिहान ८ बजेदेखि दशरथ रङ्गशालामा, २ बजेपछि शवयात्रा गरिनेछ, राष्ट्रपति डा. रामवरण यादवद्वारा आज र भोलिका सबै सार्वजनिक कार्यक्रम रद्द, स्वर्गीय कोइरालाको निधनप्रति प्रधानमन्त्री नेपालले आज एक शोक सन्देश दिँदै पाँच पटकसम्म मुलुकको कार्यकारी नेतृत्व र सङ्क्रमणकालमा राष्ट्रप्रमुखको समेत भूमिका निर्वाह गर्नुभएका गिरिजाप्रसाद कोइरालाको निधनबाट मुलुकले लोकतान्त्रिक आन्दोलनको अथक योद्धा, धरोहर र अभिभावक गुमाएको उल्लेख गर्नुभएको छ,
मण्डीखाटारस्थित कोइराला निवासको कम्पाउण्डमा अन्तिम श्रद्धाञ्जली सुरु, सर्वसाधारणको ठूलो भीडछ,नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनमा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि श्रद्धाञ्जली व्यक्त । राष्ट्रपति रामवरण यादव, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, प्रधानमन्त्री माधवकुमार नेपाल, उपराष्ट्रपति परमानन्द झा, मन्त्रीहरु, राजनीतिक दलका नेता, कुटनीतिक नियोग प्रमुखका साथै सर्वसाधारण मण्डिखाटार पुगेर स्व. गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जली, अन्तिम श्रद्धान्जली भोलि बिहान ८ बजेदेखि दशरथ रङ्गशालामा, २ बजेपछि शवयात्रा गरिनेछ, राष्ट्रपति डा. रामवरण यादवद्वारा आज र भोलिका सबै सार्वजनिक कार्यक्रम रद्द, स्वर्गीय कोइरालाको निधनप्रति प्रधानमन्त्री नेपालले आज एक शोक सन्देश दिँदै पाँच पटकसम्म मुलुकको कार्यकारी नेतृत्व र सङ्क्रमणकालमा राष्ट्रप्रमुखको समेत भूमिका निर्वाह गर्नुभएका गिरिजाप्रसाद कोइरालाको निधनबाट मुलुकले लोकतान्त्रिक आन्दोलनको अथक योद्धा, धरोहर र अभिभावक गुमाएको उल्लेख गर्नुभएको छ,
20100319
हर कुरामा भागबन्डा, हेर देशको बिजोक !
सरकारले लामो समय पछि शुक्रबार नेपाल राष्ट्र बैकको गर्भनरमा युवराज खतिवडालाई नियुक्त गरेको छ। खतिवडा यस अघि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए। मन्त्रीपरिषद्को शुक्रबार सिहदरबारमा बसेको बैठकले गर्भनरमा खतिवडालाई र गरिवी निवारण कोषको उपाध्यक्षमा बिद्याधर मल्लीकलाई नियुक्त गर्ने निर्णय गरेको हो। गर्भनरमा नियुक्त खतिवडा एमालेका तर्फबाट हुन् भने कोषका उपाध्यक्ष मल्लीक काँग्रेसका तर्फबाट हुन्। मल्लीक अर्थमन्त्रालयका पुर्व सचिव हुन्। त्यसै गरेर सरकारले संसदको सार्वजनिक लेखा समितिको निर्देशन बिपरित मेशिन रिडेवल पासर्पोटको छपाई भारतमा गर्न दिने.....
20100318
कोइरालाको अवस्था कमजोर हुदै गएको छ
माधवकुमार नेपालसहित मन्त्रिपरिषद्का सदस्यहरु मण्डिखाटारस्थित निवास पुगी काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यस्थिति बारेमा जानकारी लिएका छन् । कोइरालाको स्वास्थ्यस्थित शुक्रबारदेखि पुनः बिगि्रएको छ । उनीहरु प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक सकेपछि सिधै कोइराला निवास पुगेका हुन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थमा पुनःसमस्या देखिएको छ । छात्तीमा समस्या बढेपछि बिहीबार चिकित्सकहरुले कोइरालाको स्वास्थ परिक्षण गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाका अनुसार कोइरालाको अवस्था कमजोर हुदै गएको छ । अस्पतालमा हुने सुविधा घरमै भएकाले उनलाई अस्पताल भने नलैजाने सिटौलाले बताए ।


"जनताप्रति विश्वास छ भने माओवादी लडाकूहरूसँग रहेका हतियार राज्यलाई बुझाउनुहोस्"
– रुकमांगद कटवाल,पूर्व प्रधानसेनापति

० अब तपाईं रिटायर्ड जीवनमा राजनीतिमा हामफाल्दै हुनुहुन्छ भन्ने सुनिन्छ नि?
– बच्चा हुँदाखेरी दुईचारओटा कान्ला त नाघेको हो। घोडाबाट पनि हामफालेको हो, तर खै राजनीतिमा हामफाल्ने त मैंले सोचेको छैन।
० सेनामा हुँदा त राजनीतिक नेताले जस्तै भाषण गरेर हिंड्यो भनेर खुबै चर्चा भएको थियो नि? – खै अब भन्ने मान्छेले त भने होलान् तर मैंले भाषण गरेर हिंडेजस्तो लाग्दैन। राजनीतिमा आउन त राजनीति बुझ्नुपर्छ।
० तपाईंले राजनीति अलि बढी नै बुझेजस्तो छ। त्यत्रो शक्तिशाली प्रधानमन्त्रीले त कुर्ची छोड्नुपरेको जस्तो लाग्दैन? नतिजाले जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा प्रधान सेनापति रुक्मांगद कटवाल नै शक्तिशाली देखियो नि?
– उहाँहरूले अब म नेपालको मन्त्री (प्रधानमन्त्री) भएँ भनेर देख्नुभएको भए यो सेना हाम्रो हो, राष्ट्रको हो, नेपालीको हो भनेर देख्नुभएको भए यो अवस्था आउने थिएन कि ।.....
बुद्ध भारतमा जन्मिएका हुन् भनेर किताब छाप्ने भारतले अब नक्कली लुम्बिनी र तिलौराकोट पनि बनाउन थालेको छ
प्रकाश पन्थी अलिगढवा (भारत), बुद्ध भारतमा जन्मिएका हुन् भनेर किताब छाप्ने भारतले अब नक्कली लुम्बिनी र तिलौराकोट पनि बनाउन थालेको छ । बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले उत्तरप्रदेशको अलिगढवामा धमाधम निर्माणकार्य गरिरहेको छ ।नेपालको कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा नक्कली कपिलवस्तु निर्माणकार्य अन्तिम अवस्थामा छ । उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाअन्तर्गत पीपरहवा क्षेत्रलाई भारतले कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै......
दैलेखमा बस बिभत्स दुर्घटनामा परि १० पुरुष,४ महिला र ४ जना बच्चाको मृत्यु, मृतक र घाइतेको संख्या बढ्न सक्ने
कालिकोटबाट सुर्खेत आइरहेको ना.३.ख ५८६८ नम्बरको बस बिहीबार बिहान कर्णाली नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ । स्थानीयवासीले १० पुरुष,४ महिला र ४ जना बच्चाको निकालेको छ । थप दर्जनबढी यात्रु हराइरहेका छन् । दैलेखको पिपलकोट गाविसस्थित कैतुमा बस सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।स्थानीयवासीले १५ जनाको शव निकालेको छ । एकजना ११ वर्षीय बालकको जिवितै उद्धार गरिएको छ । छतमा रहेको ६ जना हामफालेर ज्यान जोगाएका छन् । कालिकोटबाट....
20100317
बहुमत पुग्नेवित्तिकै पार्टीभित्रबाट जसको जतिसुकै विरोध भए पनि प्रचण्ड नरोकिने रे ! बाबुरामको विमति, माधव नेपाल ढुक्क !!! ,
संविधानभन्दा सत्तालाई प्र्राथमिकता दिँदै आएको नेकपा माओवादीले सडकबाट सत्ताकब्जाको तयारीसँगै संसद्बाट सरकार बदल्न गरेको कसरतले अचानक बेग्लै मोड लिएको छ। एक वर्षअघि सरकारबाट बाहिरिएपछि सुरुमा राष्ट्रियताको आन्दोलन, त्यसपछि नागरिक सर्वोच्चता र केही महिनादेखि राष्ट्रिय स्वाधीनताको आन्दोलन चलाएर सत्ताको सिँढी चढ्न प्रयास गर्दै आएको माओवादीले संसदीय अभ्यासमार्फत सत्तामा जाने सोच बनाउनुलाई प्रजातन्त्रवादी राजनीतिक दल तथा समुदायले स्वागत गरेका.......
Please Go to Inside for urgent Announcement of America Nepal Society....
Please Go to Inside for urgent Announcement of America Nepal Society....
साली बिनाको ससुराली र नुन बिनाको तरकारी
होईन यो को हो मलाई भिनाजु भन्ने ?
-लेखनाथ गौतम
लिविङ रुममा समानहरु छरपस्ट छन् । तिस डलरको टि.भी मा बिज्ञापन बजिरहेछ । हुलाकले पठाएका चिट्ठी पत्रहरु यत्र तत्र सर्बत्र छन् । “जती च्यात्यो उती आइरहने” झनक्क रिस उठ्छ । ढिलो उठेकोले भोक औधी लागेको छ । भान्छामा छिर्छु, फ्रिज खोल्छु । फ्रिजमा पकाएर हिजो अस्ति देखि राखेका बासी खानेकुराहरु प्लास्टिकको भाडामा बिर्कै नलगाइ राखिएका छन् । २% भिटामिन डी दुधका ग्यालिन, एउटा लल्याक लुलुक परेको सागको मुठो, जुखनी(लाम्चो खाले फर्सी), गोल्भेडा, ब्रोकाउली लगाएतका तरकारीहरु मैले होईन मलाइनै खाउला झै गरेर हेरिरहे जस्तो प्रतित....20100316
बिदेशमा सजिलो कहाँ छ र हजुर लौ हेर्नुस् !
हेर्नुस् त हामी नेपाली को बुद्दी, हाम्रो सभ्यता, सायद् यो पनि नयाँ नेपालको उपलब्धी नै होला हगी !
बामदेब भन्छन जसको शक्ति छ, त्यसैले देश कब्जा गर्छ, एमाले सरकारको नेतृत्व छाडी माओवादीलाई हस्तान्तरण गर्न तयार छ
एमालेका उपाध्यक्ष बामदेव गौतमले जेठ १४ गतेसम्म संविधान जारी नभए मुलुकमा संवैधानिक सङ्कट उत्पन्न हुने उल्लेख गर्दै त्यसपछि जसको शक्ति छ, त्यसैले देश कब्जा गर्ने दाबी गरेका छन्। गृहयुद्धको सम्भावना बढेर गएको भन्दै उनले विगतमा गरिएका सहमति कार्यान्वयन नभएसम्म माओवादी नेतृत्वको सरकार बन्न नसक्ने बताएका छन्। 'राष्ट्रिय सहमति हुन्छ भने एमाले सरकारको नेतृत्व छाडी माओवादीलाई हस्तान्तरण गर्न तयार छ', मङ्गलबार नेपालगन्जमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा गौतमले भने- सरकरको नेतृत्व खोजेको माओवादीले....
मधेसवादी दलबाट पनि समर्थन पाउने सम्भावना कम भएपछि सरकारविरुद्ध अविश्वास प्रस्तावबाट हच्कियो माओवादी ! सुक्ने भयो प्रचन्डको माला !
सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने उद्देश्यका साथ संसद्को विशेष अधिवेशन बोलाउन माओवादीले गरेको तयारीमा सुस्तता आएकोछ। अन्य दलहरूसँग कुराकानी भइरहेको भन्दै माओवादीले अधिवेशन आ³वानको योजनालाई दुई/चार दिन पर सारेको छ। आइतबार नै दर्ता गर्ने भनिएको भए पनि मधेसवादी दलबाट पनि र्समर्थन पाउने सम्भावना कम भएपछि ‘गृहकार्य बाँकी रहेको’ भन्न थालिएको छ। अविश्वास प्रस्ताव ल्याई आफ्नो पक्षमा ३०१ नपुगे पनि सरकारको पक्षमा त्यो संख्या नपुगे सरकारलाई नैतिक संकट पर्छ भन्ने माओवादीको विश्लेषण थियो। तर अविश्वासको प्रस्ताव फेल हुने र सरकारको पक्षमा बहुमत कायम भए माओवादीले आजसम्म ‘कठपुतली’ भन्ने गरेको राजनीतिक रूपमै पूर्णतः गलत साबित हुने विश्लेषण माओवादीभित्रैबाट भएपछि दलहरूसँग थप कुराकानी गरेर मात्र अगाडि बढ्ने सोचाइ बनेको स्थायी कमिटीका एक सदस्यले बताएका छन्।
- रामप्रसाद खनाल - President, अन्तरराष्ट्रिय कलाकार मँच,अमेरिका
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
http://www.nepalmother.com/ , http://www.ramprasadkhanal.blogspot.com/
www.youtube.com/rampdkhanal , http://www.iafusa.blogspot.com/
अन्तरराष्ट्रिय कलाकार मँच,अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई आँफैले संपर्क गर्नेछौ ।- रामप्रसाद खनाल - President, अन्तरराष्ट्रिय कलाकार मँच,अमेरिका
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
http://www.nepalmother.com/ , http://www.ramprasadkhanal.blogspot.com/
www.youtube.com/rampdkhanal , http://www.iafusa.blogspot.com/
नेपाल अमेरिका पत्रकार संघको सूचना
यही आईतबार, मार्च २८, २०१० तारिख साँझ डीसी मेट्रो क्षेत्रका नेपालीहरुमाझ नेपाल अमेरिका पत्रकार संघको सहयोगार्थ नेपालका चर्चित हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलको प्रहशनको कार्यक्रम हुँदैछ । लामो समयपछि हांस्यव्यग्य प्रहशनको रमाइलो लिनका लागि तपाई र तपाईका साथीलाई समेत सो सांझका निम्ति आउन हुन संघ हार्दिक अनुरोध गर्दछ । साथमा स्थानीय कलाकारहरुको प्रस्तुति । Oakton High School, Sutton Rd, Vienna, VA 22181, (703) 319-2700, टिकट दर मात्र $१०.००, मिती: - आईतबार, मार्च २८, २०१०, समय: - बेलुकी ६ बजे, गिरिश पोखरेल - अध्यक्ष्य - नेपाल अमेरिका पत्रकार संघ, वासिंङटन डीसी, (कृपया यो सन्देश तपाईसँग भएका स्थानीय अरु साथीहरुलाई पनि पठाउन हुन अनुरोधका साथ ।)
यही आईतबार, मार्च २८, २०१० तारिख साँझ डीसी मेट्रो क्षेत्रका नेपालीहरुमाझ नेपाल अमेरिका पत्रकार संघको सहयोगार्थ नेपालका चर्चित हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलको प्रहशनको कार्यक्रम हुँदैछ । लामो समयपछि हांस्यव्यग्य प्रहशनको रमाइलो लिनका लागि तपाई र तपाईका साथीलाई समेत सो सांझका निम्ति आउन हुन संघ हार्दिक अनुरोध गर्दछ । साथमा स्थानीय कलाकारहरुको प्रस्तुति । Oakton High School, Sutton Rd, Vienna, VA 22181, (703) 319-2700, टिकट दर मात्र $१०.००, मिती: - आईतबार, मार्च २८, २०१०, समय: - बेलुकी ६ बजे, गिरिश पोखरेल - अध्यक्ष्य - नेपाल अमेरिका पत्रकार संघ, वासिंङटन डीसी, (कृपया यो सन्देश तपाईसँग भएका स्थानीय अरु साथीहरुलाई पनि पठाउन हुन अनुरोधका साथ ।)
मास्कोमा नारी दिवस र होलीको सर्न्दर्भमा वृहत् च्यारिटी साँझ
- कृष्णप्रकाश श्रेष्ठ, मास्को, १४ मार्च २०१० । अन्तर्रर्ााट्रय नारी दिवस एवं रङ्कको महान पर्व होलीको उपलक्ष्यमा नेपाली नारी निकुञ्ज तथा नेपाली छात्र संघ जनमैत्री विश्वविद्यालय -मास्को) को संयुक्त.....20100315
हिंसा नत्यागेकाले नेकपा माओवादी आंतककारीकै सूचिमा : अमेरिकी राजदुत डोनाल्ड कैप
अमेरिकी राजदुत डोनाल्ड कैपले एकीकृत नेकपा माओवादीले हिंसात्मक गतिविधि नत्यागेकाले अमेरिकी सरकारले अझै पनि आंतककारीकै सूचिमा राखेको बताएका छन्। त्यस्ता गतिविधि नत्यागेसम्म माओवादीलाई आंतककारी सूचिबाट हटाउन नसकिने उनले स्पष्ट पारेका छन्। ‘शान्तिप्रकृया, हतियार व्यवस्थापन र उसको व्यवहार अरु राजनीतिक दल जस्तै नभएसम्म माओवादीलाई आंतककारी सूचिबाट हटाउन सकिदैन'-उद्योग संगठन मोरङले सोमवार आयोजना गरेको स्वागत कार्यक्रममा अमेरिकी राजदुत कैपले भने। शान्ति प्रक्रियालाई टुंगामा पुर्याउन माओवादीसँग अमेरिकाले सँगसँगै काम गरिरहेको बताउँदै उनले भने,‘हिंसा त्यागेर माओवादी अरु राजनीति दलजस्तै लोकतन्त्रप्रति प्रतिबद्ध भए आंतककारी सूचिबाट हटाउन अमेरिकाले विचार गर्नसक्छ।' अमेरिकी राजदुत कैपले नेपालको शान्ति प्रकृयालाई टुंगोमा पुर्याउन नेपालीहरु आफै सक्षम रहेको बताउँदै त्यो प्रक्रियामा अमेरिकाले सहयोग पुर्याउने बताए। नेपालको भूमि सुहाउँदो संघियताको ढाँचा ल्याउनुपर्नेमा जोड दिँदै राजदुत कैपले राजनीति अस्थिरताका कारण नेपालको शान्ति प्रकृया सुस्त गतिमा बढेको टिप्पणी गरे।
“ यो हो अमेरिका” को शुभ मुहर्त सम्पन्न.....
Invitation to the 4th NRNA Regional Conference in Houston, TX on May 28-30, 2010........
“ यो हो अमेरिका” को शुभ मुहर्त सम्पन्न.....
Invitation to the 4th NRNA Regional Conference in Houston, TX on May 28-30, 2010........
20100314
सिकिस्त गिरिजाप्रसाद कोइरालालाई अस्पतालमा भर्ना, २४ सै घन्टा अक्सिजन, अस्पतालमा भीड !
गिरिजाप्रसाद कोइरालालाई आज साँझ गंगालाल हृदयरोग अस्पतालमा भर्ना गरिएको छ । आजै भारतको एपोलो हस्पिटलका वरिष्ठ चिकित्सकको टोलीले स्वास्थ्य परीक्षणपछि कोइरालालाई अस्पतालमै उपचार गर्न सुझाएको थियो । केही दिनयता फोक्सोले अक्सिजन भण्डारण गर्न नसकेपछि कोइरालालाई २४ सै घन्टा अक्सिजन दिएर राखिएको थियो । चिकित्सकहरुले कोइरालाको स्वास्थ्य पहिले भन्दा खस्किएको बताएका छन् । कोइरालालाई अस्पताल भर्ना गरिएको थाहा पाएपछि अस्पताल परिसरमा नेताकार्यकर्ता एवं शुभेच्छुकको भीड लागेको छ ।
An Invitation to Bhagawat Prabachan
By Famous Bhagawat Geeta Bachak Pundit Deen Bandhu Pokhrel Organized by Nepal Education and Cultural Center (NECC) Area Committees Greater Washington DC Metro AreaDate: Saturday and Sunday, April 3rd and 4th, 2010, Venue: 20520 Beallsville Rd, Beallsville, MD 20389, Please contact for any information:
Coordinators of Area Committees of NECC
Alexandria Area Committee: Madhu Bhandari: 571-344-8356, 703-649-0765
Arlington Area Committee: Nirmal Thapa 703-276-2352
Baltimore Area Committee: Sabina Thapa
Chantilly Area Committee: Ram Chandra Bhattarai: 571-294-1236
Gaithersburg Area Committee: Makar Rayamajhi: 240-644-2318
Manassas Area Committee representative: Ram Prasad Khanal 703-419-0924
Rockville Area Committee: Beda Pradhan: 301-949-7562 ,Coordinator of Lorton Area Committee: Bipin Upreti 703-909-0460
For more information, please contact NECC Management Team:
Mahendra Karki: 443-540-6261, Prem Sangraula:703-356-3874
Ram Kharel: 703-926-9530,Khilendra Neupane:301-987-0588, Netra Ghising:703-597-4098
Bimal Devkota:240-485-8714, Saroj Prajapati: 240-246-5821
नेपाली सेनामा सामूहिक समायोजन नभए जनव्रि्रोह गर्ने माओवादी चेतावनी, समायोजनमा कुनै सम्झौता नगर्ने !
नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले नेपाली सेनामा सामूहिक समायोजन नभए जनव्रि्रोह गर्ने चेतावनी दिनुभएको छ। हेटौंडामा भएको राजनीतिक, वैचारिक प्रशिक्षणमा महासचिव बादलले प्रधानसेनापति छत्रमानसिंह गुरुङले दिएको अभिव्यक्ति सुनियोजित भएको भन्दै सरकारी कर्मचारीले जथाभावी बोल्न नहुने बताउनुभयो। पूर्वरक्षामन्त्रीसमेत रहनुभएका बादलले समूहगत रूपमा जनसेना नेपाली सेनामा प्रवेश नगराइए नेपाली सेना पनि विघटन गर्नुपर्ने बताउनुभयो। प्रधानसेनापतिको अभिव्यक्तिले षड्यन्त्रको गन्ध आएको भन्दै बादलले जनसेना समायोजनमा पार्टी कुनै सम्झौता नगर्ने भन्दै कार्यकर्तालाई आश्वस्त पार्नुभयो। महासचिव बादलले जनव्रि्रोहबाट सत्ता कब्जा गर्ने भन्दै जनसेना जनव्रि्रोहमा प्रयोग गर्ने उद्घोष गर्नुभयो। सञ्चारकर्मीलाई प्रवेश गर्न नदिइएको पार्टी गोप्य प्रशिक्षणमा बादलले जनव्रि्रोहका लागि तयार रहन निर्देशन दिनुभयो।
भारतले प्रचण्डलाइ अर्को बिन लादेन बनाउन खोज्दैत छैन लस्कर - ए तोएबा को खोजि गर्ने बहानामा ?
भारतले प्रचण्डलाइ अर्को बिन लादेन बनाउन खोज्दैत छैन लस्कर - ए तोएबा को खोजि गर्ने बहानामा ?
-Shekhar Dhungel
भारतीय गृह मन्त्रि पि चिदम्बरमले माओबादी जिहादी भन्दा खतरा रहेको अभिव्यक्ति दिनु भएको छ . वहाले सिधै नेपाल को माओबादी लाइ न भने पनि तारा नेपाल मा भारत बिरोधि गतिबिधि बढिराखेको भनि चिन्ता ब्यक्त गर्नु को अर्थ नेपालि माओबादी प्रति नै लक्षित भएको विश्वास गरिन्छ . त्यसमा पनि गत हफ्ता मात्र एमाओबादी नेपाल का उपाध्यक्ष डा बाबु राम भट्टराई ले भारतीय शसस्त्र माओबादी लाइ नेपाल को माओबादी को सैदान्तिक समर्थन रहेको स्पस्ट अभिव्यक्ति दिनु भएको ...20100313
अमेरिकि जनगणनामा नेपालीहरु नछुटौं है !
- ध्रुब थापा, सम्पादक -हाम्रोसमाजनेट
अहिले संयुक्त राज्य अमेकिाको राष्ट्रिय जनगणना २०१०को कार्य शुरु हुनै आटेको छ र यस्लाई प्रभावकारी र सफल वनाउन तथ्यांक विभागले संसारका विभिन्न भाषामा निर्देशिका आफनो वेभ र्साईटमा प्रकासन गरेको छ, जहाँ हामीले आफनो भाषामा क्लिक गरेर निर्देशिकालाई पडन वा बुझन सक्ने छौ । अहिलेको परिपेक्षमा हामी सम्पर्ुण्ा अमेरिकामा बस्ने नेपाली भाषीहरुले आफनो तथ्यांक दिन नितान्त आवस्यक छ, किनभने जनगणनाकै आधारमा हामीले आफनो शेवाहरु सरकारी स्तरबाट प्राप्त गर्न सक्छौ साथै हालै अमेरिकाम कत्ति नेपाली भाषी रहेछन् त्यस्को जानकारी समेत पाउन सक्ने छौ । यो जनगणना प्रत्येक देशले दश दश बर्षो अवधिमा लिने गर्दछ र यस बर्षो गणनामा हामी चुक्यौ भने अर्को दश बर्षपर्खनुपर्ने हुनाले पनि सबै सचेत भएर अनिवार्य रुपमा सहभागिहुन जरुरी देखिन्छ । ...माओवादीले स्वेच्छाचारी र गैरकानुनी रूपमा घातक बलको प्रयोग र अपहरणमा संलग्न रहेको तथा हिंसा, जबर्जस्ती रकम असुली र धम्कीहरू वर्षैभरि जारी राखेको अमेरिकी आरोप
नेपालस्थित अमेरिकी दूतावासका अनुसार वासिङ्गटन डीसीमा सार्वजनिक गरिएको वाषिर्क राष्ट्रगत मानवअधिकार प्रतिवेदन- २००९ मा एकीकृत नेकपा -माओवादी)का कार्यकर्ता स्वेच्छाचारी र गैरकानुनी रूपमा घातक बलको प्रयोग र अपहरणमा संलग्न रहेको तथा हिंसा, जबर्जस्ती रकम असुली र धम्कीहरू वर्षैभरि जारी राखेको उल्लेख छ । अमेरिकी विदेश मन्त्रालयले नेपालमा मानवअधिकार हनन्कर्ताले दण्ड नपाउनु तथा प्रेसमाथिको आक्रमण, स्वेच्छाचारी पक्राउ र पुर्पक्षका लागि लामो समयसम्म थुनामा राखिनु गम्भीर समस्याको रूपमा रहेको औँल्याएको छ । विस्तृत शान्ति सम्झौतामा व्यवस्था भए अनुसार माओवादीले कब्जा गरेका केही सम्पत्ति फिर्ता गरिएको तर गैरकानुनी तवरले कब्जा गरेका कतिपय ......
सडक आन्दोलन देखी अनमिनको दुरुपयोग् गर्दा सम्म पनि माकुने सरकार नढले पछी सांसद खरिद तिर लागे प्रचन्ड, अबिश्वास प्रस्ताबको तयारी

संविधान निर्माण कार्यलाई निर्धारित समयमा टुंगो लगाउने गरी संविधानसभामा रहेका दलहरूबीच छलफल चलिरहेकै बेला प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) ले सरकारविरुद्ध अविश्वास प्रस्ताव राख्ने उद्देश्यका साथ संसद्को विशेष अधिवेशन बोलाउनका लागि गृहकार्य प्रारम्भ गरेको छ। केही दिनदेखि माओवादीका पदाधिकारीबीच विशेष अधिवेशनको आहवान गर्दा के हुन्छ भनी छलफल चलिरहेको र त्यही सर्न्दर्भमा शुक्रबार माओवादीका झन्डै एक सय सभासद् सविधानसभा संसदीय दलमा भेला भएका थिए। 
20100312
माओवादी लडाकूको समायोजन बारे विवाद चर्किरहेका बेला नेपाली सेनाले लडाकूलाई समूहगत रुपमा सेनामा नलिने स्पष्ट
काठमाडौं, माओवादी लडाकूको समायोजन बारे विवाद चर्किरहेका बेला नेपाली सेनाले लडाकूलाई समूहगत रुपमा सेनामा नलिने स्पष्ट पारेको छ। नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिब वी लिन पास्कोसँगको भेटमा नेपाली सेनाका प्रधान सेनापति छत्रमानसिंह गुरुङले यस्तो प्रतिक्रिया दिएका हुन्। सेनाको जंगी अड्डामा भएको भेटमा पास्कोले कति नेपाली सेनामा कति लडाकू समायोजन गर्न सकिन्छ भनी जिज्ञासा राखेका थिए। जवाफमा प्रधानसेनापति गुरुङले नेपाली सेना अनुशासित, व्यवसायिक, प्रतिस्पर्धी र गैरराजनीतिक चरित्रको भएको र कतिपय लडाकूहरु राजनीतिक रुपमा अत्यधिक अभिप्ररेरित महसुस गरिएका उल्लेख गरेका थिए। यसभित्र राजनीतिक रुपबाट अभिप्रेरित व्यक्तिहरुले राजनीतिक क्रियाकलाप सञ्चालन गरी नेपाली सेनाको सत्यता, इमान्दारीता र निष्पक्षता तथा सांगठनिक एकता खण्डित हुन गई संगठन नै विभाजन......
नयाँ नेपाल, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, धर्म निरपेक्ष्य नेपाल, २३८ बर्से सामन्ती राजतन्त्र समाप्त पारीएको नेपालमा दैनिक १२ घण्टा लोडसेडिङ, भन्दा १२ घण्टा तर आउछ कता !?
नेपाल विद्युत प्राधिकरणले आजैदेखि लागू हुने गरी दैनिक १२ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। यसअघि ११ घण्टा लोडसेडिङ हुँदै आएको थियो। प्राधिकरणले आज सार्वजनिक गरेको सूचनामा थप एक घण्टा बिना सूचना विद्युत आपूर्ति थपघट हुनसक्ने पनि जनाएको छ। प्राधिकरणका अनुसार भोटेकोशी आयोजनामा प्राविधिक खराबी आएकोले लोडसेडिङको अवधि बढाउनु परेको हो। भोटेकोशी आयोजनाले कम्तिमा १५ दिन विद्युत उत्पादन गर्न नसक्ने बताएको छ।
माओवादीको मतियार अनमिन नेपालकालागि घाँडो, फिर्ता गरिदिए हुन्छ
तितो सत्यले यो हप्ता यस्तो ब्यँग गरेछ !
20100311
एमालेका युवा नेता युथ फोर्स मोरङका इन्चार्ज परशुराम बस्नेतमाथि गोली प्रहार , तीन महिलाको गोलीबाट मृत्यु
विराटनगरमा एमालेका युवा नेता युथ फोर्स मोरङका इन्चार्ज परशुराम बस्नेतमाथि गोली प्रहार भएको छ। उनलाई एउटा गोली कम्मरमुनि लागेको छ भने अर्को गोली खुट्टामा लागेको छ। उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ। जनपथस्थित घर जाँदै गरेका बेला उनीमाथि गोली प्रहार भएको हो। उनी पैदलै घरतर्फ जाँदै थिए। यता यस्तो घटना हुँदै गर्दा उता बर्दिया राष्ट्रिय निकुञ्जमा काउलोको बोक्रा खोज्न गएका सुर्खेत हरिहरपुरका तीन महिलाको सेनाको गोलीबाट बुधबार राति मृत्यु भएको छ। हरिहरपुर-२ बाँसपानीका २९ वर्षीया अमृता बिक, २७ वर्षीया चन्द्रकला बिक र ३५ वर्षीया देवीसरा बिकको मृत्यु भएको हो। उनीहरूको शव बिहीबार दिउँसो १ बजे कालिकास्थानमा भेटिएको स्थानीय नवराज कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार बुधबार बिहान गाउँबाट ७ जनाको समूह काउलो खोज्न निकुञ्ज गएको थियो। बर्दिया ठाकुरद्वारास्थित ज्वालादल गणबाट गस्तीमा निकुञ्ज आएको सेनाको टोलीले उनीहरूलाई भेटेपछि तीनलाई पक्राउ ....
20100310
बिचरा कपाल काट्ने नाइलाई पनि माओवादीहरुले छोडेनन, अपहरण गरी १३ हजार पैसासहित माओवादी कार्यालयमा हाजिर हुन उर्दी
काठमाडौं, माओवादी कार्यकर्ताले थापाथलीस्थित एक सैलुन व्यापारीलाई अपहरण गरी १३ हजार रकम दिन दबाब दिँदै ज्यान लिनेसम्मको धम्की दिएका छन् । थापाथलीमा दिबाज ब्युटी सैलुन फर लेडिज एन्ड जेन्ट्सु साचालन गर्दै आएका देवराज ठाकुरलाई मंगलबार अपराह्न चार दर्जनजति माओवादी कार्यकर्ताले थापाथलीस्थित बाग्मती किनारमा लगेर त्यस्तो धम्की दिएका हुन् । हरेक महिनाको मंगलबार सैलुन बन्द गर्नुपर्ने नियम तोडेको भन्दै उनीहरुले कारबाही गरेको ठाकुरले बताए । उनको अपहरणका अगुवा माओवादीसम्बद्ध अखिल नेपाल मजदुर नाई संघका महासचिव नागेन्द्र ठाकुर बब्लु हुन् । उनीहरुले तीन दिनभित्र पेरिसडाँडा कोटेश्वरस्थित माओवादी कार्यालयमा पैसासहित हाजिर हुन उर्दी दिएका छन् । लुगा धोइरहेको अवस्थामा अपहरण गरेु ठाकुरले भने हाम्रोविरुद्ध तँ हिँड्ने सिध्याइदिऊँ भन्दै धम्क्याए । तीन दिनसम्म पसलसमेत बन्द गर्न माओवादीले निर्देशन दिएको ठाकुरले बताए । थापाथलीस्थित प्रहरी पोस्टका प्रहरीले भने कुनै हस्तक्षेप गरेनन् । ुम कुनै पनि पार्टीमा लागेको छैन र माओवादीहरुले भनेको नियम मान्दै आएको थिएँ ठाकुरले भने मैले स्वतन्त्र भएर गरिखान नपाउने छोरा बिरामी भएकाले औषधि निकाल्न बुधबार उनले सैलुन खोलेका थिए । कुन बेला आएर के गर्ने हुन् कुनै भरोसा छैन तीन दिनभित्र पैसा नतिरे उडाइदिन्छौं भनेका छन्ु उनको दुखेसो थियो । अपहरणकर्ता बब्लुले भने ुहामीले भन्दै आएको नियम नमानेकाले उसलाई कारबाही गरिएको हो भनेको मानेन भने जनताले फेरि कारबाही गर्छन् ।
खै कहाँ छ सरकार ?
-प्रकाश ज्वाला
सञ्चारउद्यमी जमिम साहको हत्या भएको महिनादिन नबित्दै १७ फागुनमा जनकपुर सहरको केन्द्रमा अर्का सञ्चारउद्यमी जनकपुर टुडे सञ्चारगृहका अध्यक्ष अरुण सिंघानियाको दिनदहाडै गोली हानी निर्ममता ..."योभन्दा त बरु पञ्चायतकाल नै धेरै राम्रो र उत्तम थियो भन्नुपर्ने अवस्थामा आइपुगेका छौँ"
संसारभरिका माओवादीको राजनीतिक गन्तव्य प्रजातन्त्र, लोकतन्त्र या गणतन्त्र होइन र यो कहिल्यै थिएन पनि। यदि लोकतान्त्रिक गणतन्त्र नै माओवादीको मूल अभीष्ट हुन्थ्यो भने पेरू या भारतमा माओवादी आन्दोलनको विजारोपण हुनुपर्ने थिएन। स्वयम् माओको देश चाइनामा पनि सन् १९११ मै डा. सनयातसेनको नेतृत्वमा गणतन्त्र स्थापना भइसकेको थियो र चिनियाँ राजतन्त्रको अन्त्यपश्चात् त्यहाँ शान्ति, स्थिरता र विकास संस्थागत हुने अपेक्षा राखिनु स्वाभाविक थियो। तर, माओत्सेतुङले लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरेनन्, हिंसात्मक युद्ध चलाइरहे, आफ्नो हातमा सम्पूर्ण राज्यसत्ता प्राप्त नहुन्जेल युद्ध र तिकडम चलिरह्यो। विश्व घटनाक्रमहरूको वास्तविकता एउटा हुँदाहुँदै पनि नेपालका प्रजातन्त्रवादी शक्तिहरूले माओवादीलाई एउटा लोकतान्त्रिक शक्तिका रूपमा या लोकतान्त्रिक आन्दोलनको मूल प्रवाहमा सामेल हुनसक्ने शक्तिका रूपमा बुझ्यो,.....






































