( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)
'शान्तिप्रक्रिया भंग भयो भने त्यसको जिम्मेवारी एमाले-कांग्रेसले लिनुपर्छ।' : माओवादी माओवादी धम्किका अगाडि एमाले र काङ्रेस झुके भने अब देश आतंकबादको ईशारामा चल्ने, सबैको हालत पूर्व राजाको जस्तै हुने
माओवादीले प्रधान मन्त्री माधवकुमार नेपालको राजिनामा नआएसम्म कङ्ग्रेस र एमालेसँग वार्ता नगर्ने भएको छ। आज सम्पन्न तीन ठूला दलका शीर्ष नेताहरुको बैठकका क्रममा माओवादी पक्षले यो भनाइ राखेको थियो। 'अब हामी प्रधान मन्त्रीले राजिनामा नदिएसम्म तपाईंहरुसँग वार्तामा बस्दैनौं, तीन बुँदे तथा शुक्रबार भएका अन्य सहमति कार्यान्वयन नहुनेमा हामीलाई शङ्का पैदा भयो', माओवादीका भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने। आजको तीन दलीय बैठकमा माओवादी पक्षले पहिले प्रधान मन्त्रीले राजिनामा दिनुपर्ने अडान राखेको थियो भने कङ्ग्रेस र एमालेले पहिले माओवादीले प्रतिबद्धता जनाउँदै आएको कुरा पूरा गर्नुपर्ने अडान राखेका थिए। ......
आफुलाइ नागरिक पार्टी भैसकेको दाबी गर्ने, सरकारको नेत्रित्व लिन ज्यान फालेर लागेको माओवादीले नै डाक्टरको अपहरण गरेको पुस्टि, परिवारलाई पनि घ्रेराबन्दिमा, कहाँ गए कथित मानबाधिकारबादी डलरेहरु ?खोइ अरु राजनीतिक पार्टीहरु बोलेको ? साबधान आतंककै बलमा माओवादीले यसै गरी भोली एक एक लाई बेपत्ता बनाउनेछन, बुढी मरी भनेर होइन काल पल्क्यो भनेर डराउ, हिम्मत गर, अगाडि आउ, माओवादीको यो अराजकताको बिरुद्ध एक होउ र बेपत्ता डाक्टरको निम्ती आवाज उठाउ कुम्भकर्ण नेपालीहरु हो !
१३ दिनदेखि बेपत्ता भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठको परिवारलाई एकीकृत माओवादीले आफ्नो घेराबन्दीमा राखेको छ। बेपत्ता डाक्टर माओवादी नियन्त्रणमा रहेको अनुसन्धानमा संलग्न स्रोतहरुले पुष्टि गरेपछि माओवादीले श्रेष्ठ परिवारमाथिको निगरानी बढाएको हो। अस्पताल परिसरमै रहेको उनको क्वार्टर छेउछाउ एकीकृत माओवादीका कार्यकर्ता खटिएका छन्। माओवादीका जिल्लास्तरीय नेताहरूलाई पटक-पटक छलफल गरिरहेको अवस्थामा सञ्चारकर्मीले फेला पारेका छन्। 'परिवारसँग भेटघाटका लागि कोही नयाँ व्यक्ति श्रेष्ठ निवास पुग्दा माओवादी कार्यकर्ताले एक्लै छाड्दैनन्,' उच्च सुरक्षा स्रोतले भन्यो, 'तेस्रो व्यक्तिले सोधे....
संविधानसभाको म्याद थप हुनुअघि भएको प्रधानमन्त्रीको राजीनामालगायत तीनबुँदे सहमति कार्यान्वयनबारे प्रमुख तीनदलबीचको विवाद चुलिँदै गएको छ । तीनदलबीच्ाको लिखित सहमतिमा प्रधानमन्त्रीको राजीनामाको मिति किटान नगरिए पनि माओवादी तथा सत्तासीन कांग्रेस र एमालेका नेताहरूको आइतबार बसेको शर्ीष्ाबैठकमा त्यसबारे तीव्र विवाद देखियो । सहमतिअनुसार अघि बढ्ने तथा राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनेलगायत तीनबुँदे सहमतिमा माओवादीले प्रधानमन्त्रीको राजीनामालाई जोड दिएको छ भने अन्य दलले प्याकेजमा सहमति निर्माणमा जोड दिएका छन् । सहमति कार्यान्वयनकै विषयलाई थप प्रस्ट पार्न र त्यसबारे साझा धारणा बनाउन आइतबार....................
____________________________________
एकीकृत माओवादीले कब्जा गरिएका घरजग्गानिजी सम्पत्ति पनि बिक्री गर्न सुरु..................
डेढ दर्जन दलले सहमति कार्यान्वयन नहुदा सम्म प्रधानमन्त्रीले राजीनामा दिननहुने भन्दै तीन बुँदे सहमतिप्रति असन्तुष्टि
एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले मुख्य तीन दलबीच प्रधानमन्त्रीले पाँचदिन भित्र राजीनामा दिने मौखिक सहमति भएको बताएका छन्। राजधानीको जनसञ्चार अभियानमा आइतबार आयोजित साक्षात्कारमा उनले पाँच दिनभित्र राजीनामा आए मात्र सहमतिको प्रकृया अघि बढ्ने बताए। सहमति पालाना नभए काँगेस र एमालेलाई घाटा हुने भन्दै उनले अन्यथा विश्वासको बातावरण खल्बलिने तथा दलहरुबीच नैतिक संकट उत्पन हुने चेतावनी समेत दिए। सेना समायोजनको लागि कार्यदल बनाउने अन्य दलको प्रस्ताव आफूहरुलाई मान्य नभएको बताउँदै उनले सैद्धान्तिक सहमति बिना कार्यदलको कुनै अर्थ नहुने बताए। उनले जनसेनाको संख्या तोक्ने कार्य अगाडी नभई उनीहरुको इच्छाअनुसार समायोजन हुनुपर्ने आफनो पार्टीको अडान यथावत रहेको .....
कुकुरको पुच्छर जस्तो नेताजिको पारा वाक्क दिक्क परि सक्यो जनता यो सारा। कुर्सी पाउने भए पछी देउसै देख्छन तारा आफ्नो खल्ती भरेकाछन यी बगली मारा। गर्छौ गर्छौ भनी भनी टारेकाछन झारा फेरी के पो गर्लान अब यी हुतिहारा । - Prem Oli
अमेरिकामा सम्पन्न गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन- २०१० द्वारा १४ बूँदे ह्युस्टन घोषणा पत्र जारी
नयाँ बन्ने संविधानमा 'एक पटकको नेपाली सधैको नेपाली' को अवधारणा अनुरुप दोहोरो नागरिकताको प्रष्ट व्यवस्था गर्न संविधान सभालाई आग्रह ह्युस्टन, टेक्सास, अमेरिका: "गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजना र राष्ट्रिय समन्वय परिषदहरु संयुक्त राज्य अमेरिका एवंम क्यानाडाको आथित्यमा 'नेपालको द्रुदतर विकासका लागि ज्ञान र लगानी प्रवाहू' को मुल नारासहित टेक्सास राज्यको ह्युस्टन शहरमा सम्पन्न यो चौथो गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २०१० ले निम्न बुदा सहित यो घोषणा पत्र जारी गरेको छ ।.....
राजनीतिक गतिरोधको गाँठो फुकाउन दुवै पक्षबीच 'जित-जित' को सहमतिका लागि गरिएको प्रयासले शुक्रबार मध्यराति एउटा रूप पायो, संविधानसभाको म्याद थप्ने र प्रधानमन्त्रीले अविलम्ब राजीनामा गर्ने । तर राजनीतिक असहमतिका प्रमुख दुई पात्रका रूपमा देखिएका प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालको अनुहारमा कुनै प्रशन्नता थिएन । मानौं, दुवै 'हारहार' को सहमति गर्न बाध्य भएका थिए । संविधानसभाको म्याद थपले मुलुक मुठभेडतिर जाने अवस्था केही समयलाई टारिदिएको छ । यस हिसाबमा यी दुई पात्रले जितको अनुभव गर्न नसके पनि मुलुकको हितको जित भएको छ । आखिर तीन प्रमुख राजनीतिक दलबीच शुक्रबार मध्यरात तीन बुँदे सहमति कसरी जुट्यो त ? यसमा थुपै पात्रले...
पाँच दिनभित्र प्रधानमन्त्रीको राजीनामा आएपछि माओवादीसँग सम्बन्धित जग्गा फिर्ता, सेना समायोजन, वाईसीएलको अर्धसैनिक संरचना विघटनबारे छलफल हुने माओवादी नेताहरूको भनाइ Breaking News......
प्याकेजमा सहमति खोज्ने सहमतिसँगै संविधानसभा म्याद थपिएको २४ घन्टा नबित्दै प्रधानमन्त्रीको राजीनामाको समयसीमाबारे सत्तासीन कांग्रेस-एमाले र प्रमुख प्रतिपक्षी माओवादीबीच मतभेद सुरु भएको छ । कांग्रेस र एमालेले शुक्रबार भएको तीनबुँदे सहमति कार्यान्वयन सुनिश्चित भएमात्र प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिने बताएका छन् भने वर्तमान सरकार विघटन अब छलफलको विषय नै नभएको तर्क गर्दै पाँच दिनभित्र राजीनामा आउनुपर्ने अडान माओवादीले राखेको छ । शनिबार बिहानदेखि सुरु भएको पछिल्लो विवादमा सहमति खोज्न तीनदलका शर्ीष्ानेताले आइतबारदेखि छलफल सुरु गर्ने स्रोतले बतायो । आइतबार नै सत्तासीन १० दलको बैठक पनि ....
राष्ट्रपति डा.रामवरण यादवले नेपालले गणतन्त्र दिवसको अवसरमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्वेषणात्मकलगायत अन्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउने राष्ट्रिय जीवनका विभिन्न महानुभावहरूलाई मानपदवी, अलङ्कार र पदक प्रदान गरेका छन् । नेपालमा गणतन्त्र घोषणा भएको दुई वर्ष भएको छ । गणतन्त्र दिवसका अवसरमा राजधानीको टुडिखेल लगायत मुलुकभर विशेष कार्यक्रमा गरिदैंछ । विहान ११ वजे टुडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले साढे दुई सय भन्दा बढीलाई विभिन्न मानपदवी तथा विभुषण प्रदान गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी सूचना अनुसार राष्ट्रका लागि उल्लेखनीय योगदान पुर्याएकोमा स्व.गणेशमान सिंहलाई नेपाल रत्न तथा भूतपूर्व प्रधानमन्त्रीहरू स्व.गिरिजाप्रसाद.....
"हुनेखाने वर्ग र सम्भ्रान्त वर्गलाई चेतावनी दिँदै उनले भने- जनताको हितमा संविधान बनाउन बाधा गर्यौ भने हामी छाड्ने छैनौं" : माओवादी उपाध्यक्ष बाबुराम भट्टराई
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो दलले आज सार्वजनिक गरेको 'जनसंविधान' लाई अन्यथा नलिन भन्दै यो संविधान सर्वहारा, श्रमजीवी वर्गको मात्र नभएको र त्यो हुने अवस्था पनि नरहेको बताए। उनले यसलाई 'सम्झौताको दस्तावेज' भएको बताए। उनले नेपालमा अब कुनै पनि हालतमा कुनै पनि प्रकारको राजतन्त्र आउन नसक्ने दाबी पनि गरेका छन्। उनले अँध्यारो कोठामा बसेर त्यस्ता सपना नदेख्न पनि राजावादीहरुलाई चेतावनी दिए। उनले गणतन्त्र दिवसका अवसरमा खुलामञ्चमा माओवादीद्वारा आयोजित सभामा उक्त धारणा राखेका हुन। उनले राजतन्त्र आर्यघाटमा लगेर दाहसंस्कार गरिसकेकाले फर्कन नसक्ने पनि ......
रुक्माँगत कटवालको बहादुरीले ढलेका प्रचन्ड पछी अपुताली पाएका माधव कुमार नेपाल र अन्य सत्ता साझेदारहरुले कटवालको जस्तो अडान र बहादुरि देखाउन सकेका भए आज "म अबिलम्ब प्रधानमन्त्री पद बाट राजीनामा दिन्छु" भनेर प्रचन्डको लागि फेरी बाटो खोलिदिनु पर्ने थिएन, दु:खको कुरा जे नहुनु पर्ने थियो त्यो भयो, अझ पनि माधव नेपाल र उनका सहयात्री सबैले एक स्वरमा "राज्य लाई हतियार बुझाउ, वाइसियलको ज्यादति रोक, भँग गर, कब्जा गरिएका जनताका घर सम्पत्ती फिर्ता गर, ब्यारेक खाली गर, प्रजातन्त्र अनुरुप आफुलाइ बदल, अनी हामी तिमीलाई सत्ता दिन्छौं, होइन भने छोड्दैनौ" भन्न सकेनन र खुरुक्क सत्ता सुम्पे भने अब.....
म्याद थप् गर्ने पक्षमा ५८० मत, थप् नगर्ने पक्षमा ५ मत, सकियो कुर्सिको लागि मँचन गरिएको एउटा नाटक, प्रधानमन्त्री र मन्त्री बन्न अब दोस्रो नाटक भोली देखी शुरु हुने Breaking News............ म्याद सकिएपछी नियम कानुन बिपरित मध्य राती १ बजे पछी संबिधान सभाको म्याद एक बर्षका लागि थप्
प्रधानमन्त्रीले राजीनामा दिने, केही दिन भित्रै अर्को सहमतिको सरकार गठन हुने, प्रचन्ड फेरी प्रधानमन्त्री हुने बढी सम्भावना, अन्तत सबैले हारे माओवादीले जित्यो, अझै भनौं आतंक र हतियारको बिजय, जनताको हार , राजतन्त्र खाने बाघले एमाले र कङ्रेस मात्र होइन सबैलाई एक एक गरी खाँदै, भारतको दोहोरो रोल, देश झन बर्बादीको सँघारमा ! यही हो नेपाल को यथार्थ खबर र वास्तविकता । नबुझ्ने हरु भन्दै होलान माओवादी फेरी झुक्यो, हार्यो तर त्यसो होइन राजनीतिमा नेपाल मा सफल भनेको माओवादी मात्र छ अहिले, हरेक पटक हारेजस्तै देखिने तर उसले बारम्बार जितिरहेकोछ, राजनीतिक धुर्त्याइँ, षड्यन्त्र, कुट्निती मा माओवादी निकै धुर्त र सफल देखिएकोछ, अरु ले बारम्बार जितेर पनि हारिरहेकाछन, अब हेर्दैजानुस् माओवादीले कसरी देश तहस नहस बनाउछ, राम्रो गर्न त यिनिहरुले के नै जानेकाछन र तर बिगारेर भड्खालोमा हाल्न भने यिनिहरु सधैं सफल छन ।
दलहरुबीच भएको सहमति जस्ताको तस्तै
Breaking News......
ऐतिहासिक जनआन्दोलनको जनादेश, नेपालको अन्तरिक संविधान २०६३, लोकतन्त्र दिगो शान्ति तथा बिस्तृत शान्ति सम्झौता अनुरुप हामीहरु निम्नलिखित प्रतिवद्धता गदैर्छा ।
१. शान्ति प्रक्रियालाई सार्थक निस्कर्षमा पुर्याउन यस सम्बन्धमा बाँकी कामहरु अविलम्ब सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेजवारी पुरा गर्न सहमति र सहकार्यका साथ अघि बढ्न हामी दृढ प्रतिज्ञ छौ ।
२ नयाँ संविधान निर्माणको प्रक्रियामा उल्लेखनिय काम भएपनि सबै कार्य पुरा नभएकाले संविधानसभाको कार्यावधि एक वर्ष थप्न हामी सहमत छौ ।
३. उपयुक्त जिम्मेवारी एवं कार्यहरु यथाशिघ्र सम्पन्न गर्ने सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न हामी तत्पर छौ । यसका लागि वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री अविलम्ब राजिनामा गर्न तत्पर रहनेकुरा स्पष्ट गर्दछौ । - पुष्पकमल दाहाल, शुशील कोइराला, झलनाथ खनाल (सहमतिपत्र)
नेपाल राष्ट्रले हारेको र माओवादी आतंकले जितेको अर्को दिन अर्थात जेठ् चौधको मध्यरात नेपालको ईतिहासले सधैं कलंकको दिनका रुपमा लिनेछ !
- युबराज शर्मा yubaraajsharma@yahoo.co.uk
अन्तत: नियम कानुन नैतिकता र अन्तराष्ट्रिय प्रचलनको धज्जी उडाउदै र नेपाली जनताले दुई बर्षमा नयाँ संबिधान बनाउन दिएको म्यान्डेटको अपमान गर्दै पन्ध्र हजार मान्छेको रगत चुसेर हत्या आतंक कै बलमा कथित ठुलो पार्टी बनेको माआओबादिका अगाडि फेरी एक पटक एमाले र काङ्रेस लगायत का अन्य दल हरु आत्मसमर्पण गर्दै माओवादीकै शर्त अनुसार प्रधानमन्त्रीले केही दिनमा राजीनामा दिने गरी बाँडी चुंडी खाने सर्त मा संबिधान सभा को म्याद थपिने भएकोछ । त्यती सानो देश तर ६०१ भेंडा हरुलाई साँसदको दर्जा दिएर जनताले अर्बौं पैसा खर्चेर पनि दुई बर्षमा संबिधान बनाउन नसक्ने भातमारा हरु लाई फेरी नेपाली जनताले खुन र पसिना खर्चेर कर तिरेर पाल्नु पर्ने भएकोछ। त्यती मात्र होइन आतंकबाद् र हात हतियारधारी जत्थाको नाइके माओवादी का अगाडि नेपाली जनता ले फेरी घुँडा टेक्नु परेकोछ। धिक्कार छ नेपाल आमाका कपुत हरु हो तिमीहरुलाई जसले नेपाली जनतालाई फेरी नराम्ररि थाङ्नामा सुतायौ । आतंकबाद का अगाडि, माओवादीका अगाडि घुँडा टेक्ने राष्ट्रघातीहरु हो तिमीहरुलाई नेपाल आमाको आसुँ ले सधैं पोली रहनेछ । ढिलो वा चाँडो हो आतंकका नायक प्रचन्ड तिमी पनि अन्तरराष्ट्रिय अदालतमा उभिनेछौ र इराकमा सद्दाम हुसैन को वा श्रीलँकामा लिट्टेको नियत भोग्नेनै छौ किनकी यो २१ औँ सताब्दी हो बुझिराख ।
Exclusive news................. अचानक राष्ट्रपती सँग भेट गरेपछी माधव नेपालले म राजिनामा दिन्न भनेकाछन र मन्त्रिपरिसदको आकस्मिक् बैठक सुरु भएकोले संबिधान सभाको म्यद थप्ने २ घण्टा अघिको सहमतिले कतै हावा खानेहोकी भन्ने शंका थपिएकोछ, एक घण्टा भित्र अब थाहा हुनेछ, हामी निरन्तर को संपर्क मा छौं संबिधानसभा हलमै रहेका हाम्रा सम्बाददाता सँग, केही हुना साथ अपडेट गर्नेछौँ हेर्दैगर्नुहोला ......
Breaking News........
कुर्सिका लागि नौटँकी, अबैध ढंगबाट म्याद थप गर्ने सहमति, के के कुरामा कसरी सहमति भयो हामी अपडेट गर्दैछौं हेर्दैगर्नुहोला ....
१२ बजे सकिँदै गरेको संविधानसभाको म्याद थप गर्ने सहमति भएको छ। बिहानैदेखि जारी तीन दलका शीर्ष नेताहरुको बैठकले यस्तो सहमति गरेका हुन। केहीबेरमा प्रधान मन्त्रीले गर्ने सम्बोधनको भाषामा के राख्ने र के नराख्ने भन्नेबारे अहिले छलफल चलिरहेको छ ।
बाँदरलाई समय दिए चकचक गर्छ, चोरलाई समय मिले चोरी गर्छ, भूकम्पले समय पाए विध्वंस गर्छ, विपत्तिले समय पाए बित्यास निम्त्याउँछ, त्यस्तै वकिलले समय पाउँदा बढी बोल्छन् भने पत्रकारले पाए लेख्छन्, तर वर्तमान संविधानसभाका सदस्यहरूलाई थप समय मिले के गर्लान्? कतिपयलाई लाग्दो हो– संविधान बनाउनेछन्, तर दुईवर्षे अभ्यासले सिद्ध गरेको तथ्यका आधारमा देखिएको सत्य खोल्ने हो भने वास्तविकता अर्कै देखिन्छ। संविधान आफैंमा महान् दस्तावेज हो र यसमा देशको शासकीय स्वरूप तथा समृद्धि प्राप्तिको मार्गचित्र कोरिएको हुन्छ। तर,...
माओवादीले यथास्थितिमा संविधानसभाको म्याद नथप्ने निर्णय गरेको छ। माओवादीको स्थायी समिति बैठकले माधव नेपाल सरकारको जागिर बचाउनका लागिमात्र म्याद नथप्ने निर्णय गरेको जानकारी माओवादीले दिएको छ। माओवादी प्रवक्ता दीनानाथ शर्माका अनुसार राष्ट्रपति र सभामुखदेखि १२ वटै अङ्ग संविधानसभाको म्याद नथप्ने पक्षमा रहेकाले अहिलेको अवस्था आएको हो। शान्ति प्रक्रिया सुनिश्चित नभएसम्म र संविधान बन्ने निश्चितता नभएसम्म म्याद नथपिने जानकारी पनि उनले दिए। यी दुई कुरा हुनका लागि सहमति चाहिने र त्यसका लागि सबैभन्दा पहिले वर्तमान सरकारको राजिनामा आउनुपर्ने भनाइ पनि उनको थियो। यो सरकारले राजिनामा दिए नेतृत्व गर्ने पार्टी र व्यक्तिबारे छलफल गर्न सकिने पनि उसले बताएको छ। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान...
"नेताहरु भएपछि बोल्न त अधिकार छ उहाँहरुको तर सुन्नु पनि उहाँहरुको कर्तव्य हो। सुन्न पनि सक्नुपर्छ उहाँहरुले"
पर्ूवराजा ज्ञानेन्द्र शाहले राष्ट्रका लागि तत्काललाई आफ्नो भूमिका केही नभए पनि भविष्यमा त्यस्तो भूमिका आउन सक्ने बताएका छन् ।इमेज च्यानलले मंगलबार प्रसारण गरेको अन्तर्वार्तामा पर्ूवराजा ज्ञानेन्द्रले राष्ट्रका लागि आफूले खेल्नुपर्ने भूमिका जनतामा भर पर्ने बताए । आइतबार नेपालगन्जको बागेश्वरी मन्दिर दर्शन गर्न गएका बेला सो अन्तर्वार्ता लिइएको इमेज च्यानलले जनाएको छ । राष्ट्रका लागि पर्ूवराजाको हैसियतले केही भूमिका खेल्नर्ुपर्छ भन्ने जिज्ञासामा उनले भने, 'के गर्ने भन्ने भूमिका उहाँहरू -जनता)मा भर पर्छ । चुप लागेर बस भन्छन् भने हामी चुप लागेर बस्छौं । मलाई लाग्छ त्यो समय आउँदै छ होला । त्यो समय र त्यो भूमिका आउला ।' पर्ूवराजाले नारायणहिटी दरबारबाट हट्दा आफूलाई अन्याय भएको बताए । उनले त्यसबेला र्सवसाधारणको हैसियतले अदालत जाने अधिकार हुँदाहुँदै पनि सरकारको मर्यादा राखेर नगई त्यहाँबाट बाहिरिएको जनाए ...................
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको 'संविधानसभा' क्षेत्र वरपरका हजारौं बासिन्दा मध्यरातमा एकैपल्ट झस्केर ब्युाझिए। जताततै कोलाहल मच्चियो। आर्तनाद चित्कार, होहल्ला, रोदन– क्रन्दन र डरलाग्दो आवाजले सबै भयभीत थिए। मेघ गर्जेझंै ठूलो आवाजले बानेश्वरमात्र होइन, काठमाडौं उपत्यका नै थर्कमान भयो। अत्यन्त क्रोधित हजारौं भूतप्रेत, टाउको नभएका डरलाग्दा प्राणीहरूले संविधानसभा भवनमा चारैतिरबाट आक्रमण गरे। गलामा मुण्डमाला....
- Rabindra Misra, Chief Editor- BBC Nepali Service
प्रिय माओवादी नेतृत्ववृन्द,
मैले यो पत्र लेख्दैगर्दा तपाईंहरू आफ्नो भावी रणनीति बारे घनीभूत छलफलमा व्यस्त हुनुहुन्छ । तर जबसम्म तपाईँहरू आधारभूत प्रश्नमा घोत्लनु हुँदैन तबसम्म नेपाल राजनीतिक संकट र संक्रमणबाट मुक्त हुने छैन। त्यो प्रश्न हो तपाईंहरू 'गरेर मर्ने कि लडेर मर्ने?'। त्यसमा स्पष्ट नहुने हो भने तपाईंहरुले वनकालमा देशको मुहार परिवर्तन गर्ने संभावना झन्झन् घट्दै गएको देखिएको छ। गरिबहरूको उत्थान र यो देशको उन्नतिप्रति तपाईँहरूको प्रतिबद्धतामा मैले शंका गरेको होइन।.....
एकीकृत नेकपा (माओवादी) केन्द्रीय समितिको बैठकमा संविधानसभाको म्याद थप गर्ने र नगर्ने भन्ने विषयमा तीव्र विवाद देखिएको छ। केही केन्द्रीय सदस्यहरूले म्याद थप गरेर वर्तमान सरकारको आयु बढाउनु हुँदैन भनेका छन् भने केही केन्द्रीय सदस्यहरूले संविधानसभालाई बचाउनु अहिलेको प्रमुख आवश्यकता भएकाले म्याद थप गरौं र सरकारका बारेमा पछि सहमति गर्ने गरी निर्णय गरौं भन्ने धारणा राखेका थिए। चार दिनदेखि चालू बैठकमा पार्टी ध्यक्ष प्रचण्ड, उपाध्यक्ष डा. बाबुराम भट्टराई, संविधानसभालाई बचाउने पक्षमा हुनुहुन्छ भने अर्का उपाध्यक्ष मोहन वैद्यलगायतका केही नेताहरू संविधानसभाको औचित्य समाप्त भइसकेकाले अब समय थप गर्नुको कुनै औचित्य नहुने भन्ने पक्षमा रहेका छन्।केन्द्रीय सदस्यहरूले बोल्ने क्रम....
उनिहरु भन्छन : 'कतै सभासद्हरूलाई जुत्ताको माला लगाइदिने भन्छन्, कतै घाँस उपहार दिने भन्छन्, अब मेरो भागमा के पर्ने हो हेर्दै छु।'
काठमाडौँ – निर्धारित मितिमा संविधान नबन्ने मात्रै होइन, संविधानसभा नै विघटन हुने स्थितिमा पुगेपछि अपजसको भारी बोक्नुपर्ने पिरले सभासद्हरूको ओठतालु सुकेको छ। ऐतिहासिक जिम्मेवारी बोक्न पाएको भन्दै दुई वर्षअघि फुरुङ्ग देखिएका सभासद्हरूको अनुहारमा यतिखेर अवसादको ग्रहण लागेको छ। अधिकांश सभासद्हरू ठूला दलका शीर्ष नेताका कारण आफूहरूकले अपजसको भारी बोक्नुपरेको बाध्यता सुनाउनथालेका छन्। सिंहदरबार र संविधानसभा–परिसरमा भेटिने सभासद्हरूको अनुहारमा हिजोआज...
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार नेपालगंज पुगेका छन् । धार्मिक यात्राको क्रममा नेपालगंज आएका भनिएका उनले यहाँको बागेश्वरी मन्दिरमा पूजापाठ गरेका छन् । आइतबारनै काठमाडौ र्फकने कार्यक्रम बनाएका उनले
स्थानीय स्नेहा होटलमा शुभचिन्तक, शुभेच्छुकहरुसँग भेटघाट गरे । यहाँको राँझा विमानस्थलमा उत्रै लगत्तै उनलाई हिन्दू समर्थक तथा राजावादीहरुले स्वागत गरेका थिए । बागेश्वरी मन्दिरको पूजापाठको क्रममा समेत
जेठ १४ पछि अँध्यारो सुरुङमा मुलुक प्रवेश गर्ने र निस्कने ढोका भने नदेखिने : संविधानसभा अध्यक्ष सुवास नेम्वाङ
पूर्वराजा ज्ञानेन्द्र शाह भोलि आइतबार नेपालगन्जमा आउनुहुने भएको छ। राजगद्दी खोसिएपछि पहिलोपटक पश्चिम भ्रमणमा आउन लाग्नुभएका पूर्वराजा शाहको स्वागतका लागि पूर्वपञ्च र हिन्दुवादीहरूले ठूलै तामझामका साथ तयारी गरिरहेका छन्। औपचारिक रूपमा धार्मिक एवम् सांस्कृतिक प्रयोजनका लागि आउन लागेको बताइए पनि उहाँको भ्रमण तयारी भने पूरै राजनीतिक ढंगले गरिएको छ। यद्यपि प्रसिद्ध वागीश्वरी मन्दिरमा पूजाअर्चनाको कार्यक्रम तय गरिएको छ। स्रोतका अनुसार दिनभरि नेपालगन्ज रहँदा स्थानीय एक होटलमा रहने पूर्वराजा शाहले मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रका तत्कालीन सहयोगी तथा...
संविधानसभाको निर्धारित वैधानिक आयु सकिन लागेको बेलामा राष्ट्रमा आइपर्ने संवैधानिक र राजनीतिक संकट कसरी सुल्झाउने भन्नेबारे प्रमुख राजनीतिक दलहरूमा कुनै सहमति बन्न सकेको छैन, अझै पनि । उनीहरू बढाइएको अवधिमा विवादास्पद विषयलाई सम्बोधन गर्दै प्रजातान्त्रिक अधिकारको ग्यारेन्टीका साथ नयाँ संविधान ल्याउने कुनै प्रतिबद्धता, जेठ १४ भित्र संविधान ल्याउन नसकेकोमा सामूहिक क्षमायाचना र त्यो असफलताका लागि कुनै त्याग र जवाफदेहीविना नै संविधानसभाको म्याद थपी सत्ता र विशेषाधिकारमाथि नियन्त्रण चाहन्छन् । राष्ट्रिय सहमतिको सरकारको चाहना सबैले व्यक्त गरे पनि राष्ट्रिय मुद्दा या एजेन्डा तयार गर्न कुनै पार्टर्ीीुटेको छैन । आ-आफ्नै हिसाबले परिस्थितिको व्याख्या या कुव्याख्या....
"संविधानसभाको म्याद थप्न मिल्दैन" - नेपाल वार एसोसिएसन
‘दलहरुको असक्षमतालाई पुरस्कृत गर्न संविधानसभाको समयावधि थप्न मिल्दैन, बरु ताजा जनादेशमा जानुपर्छ ।’- संविधानविद् डा. आचार्य
संविधानसभाको म्याद अब एक साता मात्रै बाँकी रहँदा जेठ १४ पछि संविधानसभाको बैधानिक हैसियत रहने कि नरहने भन्नेमा कानूनबिद्हरु विभाजित भएका छन् । नेपाल वार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्कासहित अधिकांश कानूनविद्हरुले म्याद थप्नु संवैधानिक र नैतिकरुपमा पनि जायज नहुने तर्क गरेका छन् भनें केही कानूनविद्हरुले १३ जेठसम्म मुलुकमा संकटकाल लगाएर संविधानसभाको म्याद छ महिना थप्न सकिने तर्क गरेका छन् । रिपोर्टर्स क्लबमा शुक्रबार बोल्दै नेपाल बार एशोसिएसनका......
सिलिगुडी/ नेपालीभाषीमाथि आक्रमण जारी राखेका खासीहरुले बिहीवार पुनः २ नेपालीलाई जिउँदै जलाएर हत्या गरेका छन् ।आसामबाट प्रकाशित नेपाली म्यागेजिन 'सपरिवार'का सम्पादक रोहित गौतमका अनुसार मृत्यु हुने नेपालीको नाम खुलेको छैन् । मेघालयस्थित वर्नेहाटमा गाई पालेर वसेका नेपालीको आगो लगाएर हत्या गरिएको हो । राति सुतिरहेका वखत खासीहरुको एक समुहले गोठमै आगो लगाइदिएको सम्पादक गौतमले जानकारी दिएका छन् । यो घटनासंगै मेघालयमा मृत्यु हुनेको ५ पुगेको छ । यसअघि तीन नेपालीको हत्या भइसकेको छ ।
यसैवीच नेपालीभाषिमाथिको श्रृंखलावद्ध आक्रमणको विरोधमा एमाले निकट युथ फोर्स मेचीनगरले झापाको काँकडभिट्टामा बिरोध प्रदर्शन गरेको छ ।
झन् एक्लिएकामाओवादी सडकबाट संविधान घोषित गर्ने तयारीमा, मुलुक अराजकता तर्फ !
प्रधानमन्त्री माधवकुमार नेपालले आज राष्ट्रपति डा. रामवरण यादवस“ग भेटवार्ता भेटवार्ता गरेका छन् । भेटका अवसरमा प्रधानमन्त्री र राष्ट्रपति मुलुकको वर्तमान अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाकारी दिएको छ । प्रधानमन्त्री नेपालले निधारित मितिमा संविधान बन्न नसकेका कारण सरकारले नेपालको अन्तरिम संविधान– २०६३ मा आठौ“ संशोधन विधेयक व्यवस्थापिका–संसद्मा पेस गरी एक वर्ष समायावधि बढाउन लागेको जानकारी दि“दै त्यसका लागि दलहरुका बीचमा सहमति बन्ने विश्वास व्यक्त गरेका थिए । । उनले भने –‘बाहिर जेसुकै कुरा गरिए पनि जननिर्वाचित....
मधेसी जनअधिकार फोरम एकीकृत माओवादीको मोर्चामा सामेल नहुने भएको छ। प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नगरे संविधानसभाको म्याद नथप्ने बरु जेठ १५ मा सडकबाटै जनसंविधान घोषणा गर्ने माओवादी निर्णयप्रति असहमति जनाउँदै फोरमले '१० दलको संयुक्त मोर्चा' बाट अलग हुने घोषणा गरेको हो। 'सरकारको नेतृत्व परिवर्तन भएन भने संविधानसभाको म्याद नथप्ने भन्नु अराजनीतिक र गैरजिम्मेवार अभिव्यक्ति हो,' बुधबार फोरम सभासद्हरूको अनौपचारिक बैठकपछि फोरम सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले भने, 'यसबारे हाम्रो गम्भीर मतभिन्नता छ।' संविधानसभाको औचित्य समाप्त हुने कुनै पनि काम...
- अनिलभक्त खरेल
हिजो अस्ति जस्तो लाग्छ विदेश आइएको तर ७ महिना पो वितिसकेछ । देशको लागि पसिना बगाउनु पर्ने युवा किन विदेश आइयो भनेर घरि घरि पछुतो पनि लाग्छ । घरि त तुरुन्तै नेपालनै जाउ जस्तो पनि लाग्छ तर पछि सन्ततिले धिक्कार्ला कि भन्ने डर लाग्छ । आज देशका शिक्षित युवाहरु दिन दुगुना र रात चौगुनाका दरले विदेशिने क्रम जारी छ तर ययसलाई रोक्न कसैले तत्परता देखाएको छैन । देशका शिक्षित युवाहरुलाई विदेशमा नजा भनेर रोक्नेे कोही निस्केनन् । न राजा निस्के न दलहरु नै । वास्तवमा अहिले देशमा राजनेता नै छैनन् भने पनि हुन्छ । हे युवा तिमी हौ देशको....
गैरकानुनी व्यवसाय गरेको आरोपमा गृह प्रशासनले पक्राउ-पुर्जी जारी गरेपछि युनिटीका प्रमुख सञ्चालकहरू सम्पर्कविहीन भएका छन् । तर, चार वर्षसम्म उनीहरूलाई संरक्षण दिने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रतिपक्षी नेता र उच्चओहोदाका कर्मचारीमाथि कारबाही हुने कि नहुने ? प्रश्न उठेको
छ । १५ फागुन २०६२ मा स्थापना भएको युनिटीले चार वर्षमा ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको ....
नेपाली आमाका सच्चा सपुत, हाम्रा अत्यन्त शुभचिन्तक मित्र, पूर्व ससस्त्र प्रहरी महानिरीक्षक सहवीरथापालाई नेपाल मदर डट कम हार्दिक श्रद्दान्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा समबेदना प्रकट गर्दछ ।
अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सहवीर थापाको गएराति करीब १२ बजे नर्भिक अस्पताल थापाथलीमा निधन भयो । उहाँको पार्थिव शरीरलाई आज सशस्त्र प्रहरी सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । त्यसअवसरमा स्वर्गीय थापाको सम्मानमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको दर्ुइ छुट्टाछुट्टै टोलीले शोक सलामी, सम्मान सलामी तथा अन्तिम सलामी अर्पण गरेको थियो । स्वर्गीय थापालाई.......
युरोपेली युनियनसम्बद्ध मुलुकले राजदूतहरूले राष्ट्रिय सहमतिको सरकार गठन गर्नेलगायत विभिन्न विषयमा सरकारलाई दबाब दिने क्रम बढेपछि प्रधानमन्त्री माधवकुमार नेपालले त्यस्ता कुटनीतिज्ञहरूको आलोचना गर्दै अन्तर्रर्ााट्रय समुदायलाई गैरकुटनीतिक दबाब नदिन सचेत गराएका छन् । प्रधानमन्त्री नेपालले बेलायतबाट प्रकाशित फाइनान्सियल टाइम्स नामक अखबारलाई दिएको अन्तर्वार्तामार्फ सचेत गराएका हुन् । 'यदि अन्तर्रर्ााट्रय समुदायको कुनै पनि पक्षले हामीलाई सिकाउन वा निर्देशन गर्न चाहेको हो भने हामीलाई त्यो स्वीकार्य छैन,' प्रधानमन्त्री नेपालको भनाइ उद्धृत गर्दै फाइनान्सियल टाइम्सले आफ्नो...
अन्तराष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष्य एबम लोकप्रिय, सुप्रसिद्ध हास्य कलाकार, जिरे खुर्सानीका नायक, निर्देशक हाम्रा मित्रशिवहरी पौड्याल्भर्खरै नेपालमा सम्पन्न 'टेली अवार्ड २०६७' मा सर्बाधिक सफल "अभिनेता" को अवार्डबाट बिभुसित हुनुभएकोमा हार्दिक बधाई तथा अझ उत्तरोत्तर् प्रगतिका लागि शुभ कामना ।
“काठमाण्डूको सडकमा लाखौंको संख्यामा जनता उत्रिएपछि त्यो संयमित र अनुशाशित हुन्छ भन्ने छैन, त्यस्ले जे पनि गर्न सक्छ। माग पुरा नभए आन्दोलन विष्फोट हुनेछ: प्रचण्ड”
प्रमुख प्रतिपक्षी एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनको आफ्नो माग पुरा नभए हाल स्थगित गरिएको आफ्नो आन्दोलन, उनकै शव्दमा, विष्फोट हुने चेतावनी दिएका छन्। उनले त्यस्तो विष्फोट कहिले हुने हो त्यो खुलाएनन्, तर उनको दलले जेठ १५ गते आफैंले तयार पारेको संविधान सडकबाट घोषणा गर्ने योजना सार्वजनिक गरिसकेको छ। माधबकुमार नेपाल नेतृत्वको सरकारको विघटन र संयुक्त राष्ट्रिय सरकार गठन हुनु पर्ने भन्ने माओवादी मागलाई संविधानसभामा रहेका दश वटा साना दलको समर्थन मिलेको छ। राजधानीको राष्ट्रिय सभागृहमा माओवादी सहितका दश राजनीतिक...
प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) ले विद्यमान अवस्थामा संविधानसभाको म्याद थप नगर्ने भन्दै गणतन्त्र दिवस जेठ १५ मा सडकबाटै संविधान जारी गर्ने निर्णय गरेको छ। जनसंविधानको नाम दिएर सडकबाट घोषणा गरिने संविधानको खाका भने माओवादीले र्सार्वजनिक गरेको छैन। तथापि माओवादी नेता डा. बाबुराम भट्टराईले यसअघि बनाएको मस्यौदालाई नै र्सार्वजनिक गरिने बताइएको
' स्वर्ग पुगेर अब पिन्ड खाने बेलामा ८२ वर्षे बेहुला कर्णबहादुर कार्की भन्छन :छोरा मान्छेको ९० वर्षसम्म सन्तान हुन्छ भन्छन्, म त बल्ल ८२ त हो नि, अब छोरा पाइयो भने पाँच छोरी र पाँच छोरा बराबर हुन्छन्।'
८२ वर्षे बयोवृद्धको इच्छा र दिनचर्या के होला? तीर्थव्रत, मन्दिर धाउने, भजन गाउने अथवा नातिपनाति खेलाउने। तर भक्तपुर, लोकन्थलीका कर्णबहादुर कार्कीले भने आइतबार आफूभन्दा झण्डै ४८ वर्षले कान्छी....
नेकपा (माओवादी) ले संविधानसभालाई बचाउने प्रस्तावमा सहमति नजनाएमा सरकारले जेठ १४ पछि असाधारण शासकीय अधिकार प्रयोग गरी शासन सञ्चालन गर्ने भएको छ। माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन नभए संविधानसभाको म्याद थप्न सहमति नजनाउने बताउन थालेपछि सरकारले पनि मुलुकलाई संवैधानिक संकटबाट जोगाउन आफ्नो तयारीसमेत गरेको छ। संविधानसभाको म्याद नथपिएमा संविधानसभा भने निष्क्रिय अवस्थामा रहने र सरकारले आफ्ना कामकारबाही सुचारु गर्न सक्ने कानुनविद्हरूको सल्लाहअनुरूप सरकारले असाधारण शासकीय अधिकारमार्फ शासन गर्ने.......
प्रजातान्त्रिक शासन व्यवस्था र मान्यतामा सबभन्दा बढी अपेक्षित व्यवहार र सिद्धान्तका आधार सहिष्णुता र जवाफदेहिता मानिन्छन् । सरकार र राजनीतिक दलहरूले सदनमा मात्र होइन सडकमा पनि आफ्ना अभिव्यक्ति र व्यवहारका लागि हरेक अवस्थामा जवाफदेही बन्नर्ुपर्छ । फरकमत राखेकै आधारमा कसैलाई अपमान गर्न सकिँदैन, पाइँदैन । तर, यो व्यवस्थामा जनता निर्ण्ाायक शक्ति हुने भएकाले गल्ती गर्दा नेताहरूले जनतासमक्ष क्षमायाचना गर्नेगर्छन् । जनता आफैंमा संगठित संस्था नभएकाले र्सार्वजनिक रूपमा कुनै नेताले क्षमा मागेपछि जनताले क्षमा दिएको अर्थ लाग्ने गर्छ गैर-फौजदारी र सामान्यतया राजनीतिक विषय या त्रुटिहरूमा । एकीकृत नेपाल कम्युनिस्ट पार्टर्ीीमाओवादी) अध्यक्ष प्रचण्डले 'काठमाडौंका...
प्रजातान्त्रिक शासन व्यवस्था र मान्यतामा सबभन्दा बढी अपेक्षित व्यवहार र सिद्धान्तका आधार सहिष्णुता र जवाफदेहिता मानिन्छन् । सरकार र राजनीतिक दलहरूले सदनमा मात्र होइन सडकमा पनि आफ्ना अभिव्यक्ति र व्यवहारका लागि हरेक अवस्थामा जवाफदेही बन्नर्ुपर्छ । फरकमत राखेकै आधारमा कसैलाई अपमान गर्न सकिँदैन, पाइँदैन । तर, यो व्यवस्थामा जनता निर्ण्ाायक शक्ति हुने भएकाले गल्ती गर्दा नेताहरूले जनतासमक्ष क्षमायाचना गर्नेगर्छन् । जनता आफैंमा संगठित संस्था नभएकाले र्सार्वजनिक रूपमा कुनै नेताले क्षमा मागेपछि जनताले क्षमा दिएको अर्थ लाग्ने गर्छ गैर-फौजदारी र सामान्यतया राजनीतिक विषय या त्रुटिहरूमा । एकीकृत नेपाल कम्युनिस्ट पार्टर्ीीमाओवादी) अध्यक्ष प्रचण्डले 'काठमाडौंका...
७२ वर्षीय लछे चुनारा कामीलाई बिहीवार साँझ माओवादीले निर्घात कुटे
माओवादी अब पनि नसच्चिए र एमालेको धैर्यलाई कमजोरी ठानिरहे आफूहरु चूप लागेर नबस्ने चेतावनी काभ्रे एमालेका नेताले दिएका छन्। एमाले कार्यकर्तासँग जबर्जस्ती चन्दा माग्ने कार्य नरोके माओवादीका घरघरमा गएर लेखेट्ने धम्की पनि उनीहरुले दिए। 'एमालेका कार्यकर्ताको ज्यान र पाखुरीमा रगत नै बग्छ। उनीहरुले जुन जुन गाउँमा हाम्रा कार्यकर्तालाई दुःख दिएका छन्, लखेटेका छन्, हामीले पनि माओवादीका घरघरमा गएर उनीहरुलाई लखेट्नु नपरोस्'- एमाले काभ्रेका अध्यक्ष गोकुल बाँस्कोटाले चेतावनी दिए। 'अब आइन्दा
नयाँ वर्ष२०६७ को अवसर पारेर पूजा इन्टरटेन्मेन्ट एल.एल.सी. ले नेपालका कलाकारहरुको प्रस्तुतीमा यही मे ९ तारिख आईतवार बाल्टिमोरमा आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रम "रमाइलो
साँझ २०६७" मा तपाईंहरुले देखाउनु भएको उल्लेखनीय सहभागिताका लागि हामी हार्दिक धन्यवाद दिन चाहन्छौं । हाम्रो आमन्त्रणलाई स्वीकार गरेर हामीलाई हौसला र प्रोत्साहन प्रदान गर्नका लागि...
सरकारले तीन हजारदेखि ३५ सयसम्म माओवादी लडाकुलाई सेनामा समायोजन गर्ने प्रस्ताव राखेलगत्तै नेपाली सेनाले समूहगत रूपमा समायोजन गर्नै नसकिने निर्णय लिएको छ । व्यक्तिगत रूपमा समाहित हुने लडाकुलाई पनि सिपाहीदेखि सेकेन्ड लेफ्टिनेन्टसम्म मात्र 'भर्ना लिने' नीति सेनाको छ । सेनाको पिएसओ (सेनापति, रथी र उपरथी) को संयुक्त बैठकले सेना समायोजनसम्बन्धी नीति बनाएको हो । सेकेन्ड लेफ्टिनेन्टभन्दा माथि अहिलेसम्म खुला प्रतिस्पर्धाबाट भर्ना नलिइएको भन्दै माओवादी सेनालाई पनि त्यसरी समायोजन नगर्ने सैनिक अधिकारीको निर्णय भएको छ । शान्तिसम्झौताले माओवादी लडाकुलाई सुरक्षानिकायमा समायोजन गर्ने व्यवस्था गरे पनि कति लडाकु समायोजन गर्ने भन्नेमा सरकारको गठबन्धन र माओवादीबीच विवाद ...
आफूले 'कठपुतली' घोषणा गरेको सरकारका प्रमुख माधवकुमार नेपालको राजीनामा माग गर्दै 'निर्णायक' सङ्घर्षमा उत्रेका माओवादीहरू विनाउपलब्धि मैदानबाट फर्किएपछि माओवादी पार्टी र विशेषगरी अध्यक्ष प्रचण्डलाई राजनीतिक रूपले ठूलो क्षति पुगेको छ। गत वर्षको जेठ ११ गते माधव नेपाल प्रधानमन्त्री नियुक्त भएकै दिनदेखि राजीनामा माग्दै आउनुभएका प्रचण्डले 'निर्णायक सङ्घर्ष' गर्दा पनि नेपाललाई पदबाट हटाउन नसकेपछि उहाँले अब के गर्नुहोला, कस्तो प्रकारको रणनीति अवलम्बन गर्नुहोला भन्ने जिज्ञाशा सर्वत्र पैदा भएको छ। आफ्नो नेतृत्वमा सरकार गठन गर्ने र त्यसपछि मात्रै आफ्नोअनुकूलको संविधान निर्माण गर्न....
अमेरिकामा यसरी गर्जिए अबकाश प्राप्त प्रधानसेनापती रुकमांगत कटवाल !
नेपाल अमेरिका पत्रकार संघको आयोजनामा अमेरिकाको भर्जिनिया मा आयोजित अन्तर्कृया कार्यक्रममा अबकाश प्राप्त प्रधानसेनापती रुकमांगत कटवालले फेरी खुलेरै नेपालमा भैरहेका माओवादी गतिबिधी प्रती असन्तोष मात्र जनाएनन उनले हतियार राज्यलाई बुझाउन र हिंसा त्याग्न आग्रहगरे । के के भने कटवालले हेर्नुस् भिडियो क्रमस:
पूर्व प्रधानसेनापति रुकमांगत कटवालले राजनीतिक पार्टीहरुले आम जनताको चाहाना र भावना अनुसार कामगर्न नसकेको भन्दै संघीयताका कारण देश टुक्रिन सक्ने बताएका छन् । अमेरिकामा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले देशको राजनीतिक अवस्थाका बारेमा कडा टिप्पणी गरेका थिए । उनले राजनीतिक पार्टीहरले जनताको नाममा ठगी गरेको आरोप पनि लगाए । उनले भने –नेपाली जनताहरुको घरमा विजुली छैन, धारामा पानी छैन ,सडक छैन, स्कुल तथा क्यम्पसहरु बन्द भइरहेका छन तर नेताहरुलाई कुनै वास्ता छैन । अहिले कै राजनीतिक प्रक्रियाबाट जाने हो भने पाँच वर्ष म्याद थप गर्दा पनि संविधान नबन्ने उनले दावी गरे । आफूलाई सेनापतिबाट बर्खास्त गर्ने सरकारको प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीको सरकारको निर्णय पूर्ण रुपमा गैर संवैधानिक भएको बताउँदै उनले आफ्नो कदम सही भएको दावी गरे। उनले भने –कुनै पनि सैनिकलाई त्यसरी कानुन विपरित हटाउन मिल्दैन ।
'नेपालमा गणतन्त्र स्थापनाको अर्थ अर्को सर्वसत्तावाद लाद्न होइन '
क्यालिफोर्निया । नेपाली सेनाका पूर्व प्रधानसेनापति तथा सङ्क्रमणकालीन राजनीतिका प्रभावशाली व्यक्ति रुक्माङ्गद कटवालले राजनीतिमा आउने आफ्नो कुनै योजना नभएको उद्घोष गर्नुभएको छ । मदरल्याण्ड नेपालको आयोजनामा मंगलबार अमेरिकाको सन्ाप्रुा_िन्सस्कोमा स्थानीय नेपाली समाजका बीच भएको अन्तरकि्रया कार्यक्रममा कटवालले सो उद्घोष गर्नुभएको हो । ुम सैनिक भएर राष्ट्र र राष्ट्रियताप्रति समर्पित भएको व्यक्ति हुँ मेरो अनुभवमा मुलुकको सेवा गर्ने केही विधि त छन् तर राजनीति गर्ने अभ्यास छैन । त्यसैले म राजनीतिमा आउँदिनु कटवालले भन्नुभयो- देशको सेवा गर्न राजनीतिमै प्रवेश गर्नुपर्छ भन्ने कुरामा मेरो विश्वास पनि छैन । कटवालले नेपालमा विधिको शासन कायम हुन नसकेको टिप्पणी गर्दै एकीकृत नेकपा
माओवादीका नेता तथा कार्यकर्तालाई एक प्रकारको नियम र अरु जनतालाई भिन्न प्रकारको नियम लागू हुने गरेको जानकारी गराउँदै चिन्ता प्रकट गर्नुभयो । कोही अरुको गाडी लुटेर चढिरहेका छन् जनताको जमिन खोसेर जोतिरहेका छन् अरुको निजी सम्पत्ति नियन्त्रणमा लिएर मनपरी गरेका छन् र पनि कानुनले छुन सकिरहेको छैन भने कोही निसहाय बनेर न्यायका लागि चिच्याइरहेका छन् सुनुवाई भैरहेको छैनु पूर्व प्रधान सेनापतिका शव्दहरु थिए ।
An interaction with Former Army Chief Rookmangad Katwal in San Francisco from Soniya KC on Vimeo.
हतियार हातमा छ भन्दैमा मनपरी गर्नेहो र नेपाली सेना र प्रहरीले पनि त्यसैगरी लुटपाट मचाउने होभने परिणाम के होला भन्ने प्रश्न गर्ने कटवाल क्यालिफोर्निया क्षेत्रमा रहेका सबै विचारको प्रतिनिधित्व गर्ने बुद्धिजीवीहरुका प्रश्नको उत्तर दिइरहनु भएको थियो । सनप्रु_िन्सस्कोस्थित ओम मण्डलामा सम्पन्न अन्तरकि्रयामा उपस्थित एक सयभन्दा बढी सहभागीका दर्जनौं प्रश्नहरुमध्ये अधिकांश प्रश्न सामान्य रहेपनि केही आलोचनात्मक र आक्रामक पनि थिए । नेपालको भविष्य उज्वल बनाउन युगीन नेताको आवश्यकता महसुस गर्ने कटवालले पुराना मात्र होइन नयाँ अनुहारमा पनि मैले आजसम्म त्यस प्रकारको सम्भावना देखिनँ भनेर निराशा प्रकट गर्नुभएको थियॊ ।
कटुवालले ७३ बर्षको प्रयोगले कम्यनिष्ठ नीति पूर्ण असफल भएको बताउँदै नेपालमा यसविरुद्ध विचारको लडाईँ भईरहेको बताएका छन्। 'नेपालमा गणतन्त्र स्थापनाको अर्थ अर्को सर्वसत्तावाद लाद्न होइन ', उनले भने। क्यालिफोर्नियाको सान फ्रान्ससिस्कोमा आज विभिन्न नेपाली संघसंस्थाले आयोजना गरेको कार्यक्रममा कटुवालले भने, 'यसैका लागि सेनाले सेनापति अवकास दिने कानुन विपरितको आदेश नमानेका हो।'
करिब २ घण्टा बोलेका कटुवालले अधिकांश समय राजनीतिक विषयमा टिकाटिप्पणी गरेका थिए। विशेषगरी माओवादी पार्टीका नीति र कम्युनिष्टप्रति उनी आक्रमक रुपमा प्रस्तुत भएका थिए। उनले भविष्यमा राजनीतिमा जान सक्ने संभावनालाई इन्कार गरेनन्। माओवादीका नेताहरु भूमिगत जीवन छाडेर बालुवाटारमा सार्वजनिक भई नेपाली सेनालाई तथानाम गाली गर्दा, टुडिँखेलमा कुर्लिँदा कसैले बचाई नगरेको गुनासो उनले गरे। 'सेनासँग पनि यसको जवाफ दिने ताकत थियो तर, नेपाली जनताको शान्तिप्रतिको उच्च चाहनालाई सम्मान गर्दै सेनाले सहेर बस्यो', कटुवालले भने। सेना जहिले पनि जनताका प्रतिनिधिले बनाएको कानुननियम अर्न्तगत प्रजातन्त्रिक भावना अनुसार चलेको कटुवालले दावी गरे। 'द्वन्द्वको बेला पनि माओवादीलाई मार्नु नभई निशस्त्र बनाएर बार्तामा ल्याउने सेनाको मुख्य उद्देश्य थियो', कुटवालले भने, 'सेनाले माओवादीसँग लडेको थिएन, प्रतिकार मात्र गरेको थियो।' हतियार प्रयोग गर्ने अधिकार राज्यको निकाय बाहेक अरुलाई नहुने तर्क राख्दै कटुवालले हतियार नबुझाई शान्ति सम्झौता र निर्वाचनमा जानु गल्ती भएको जनाए। पूर्व सेनापति कटुवालले अमेरिकामा सार्वजनिक रुपमा नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गरेको यो तेस्रो हो।
अन्तरकि्रया सफल बनाउन उत्तरी क्यालिफोर्नियाका नेपालीहरुको छाता संस्था न्यान्सी एनएजिसी ह्वाइट जोन किराँत-राई क्यालिफोर्निया गुरुङ समाज सन्नी समाज बर्कीस्थित टेस्ट अफ हिमालय र यती रेष्टुरेन्ट सोनमाले आर्थिक तथा भौतिक सहयोग गर्नुका साथै मानवीय सहयोगमा पनि सकि्रयता देखाएका थिए र उक्त कार्यक्रम सफल पार्न मदर लैंड नेपाल का दिनेश पोख्रेल सज्जन पाण्डे नारायण बस्नेत ,बिनोद तिवारी र एनएजिसी का मणि नेपाली ले कडा मेहेनेत गर्नु भयको थियो, धनप्रसाद दवाडीको सभापतित्वमा सम्पन्न अन्तरकि्रयामा डा। आमोद पोखरेलले बे-एरिया क्षेत्रको इतिहास पिएचडीका विद्यार्थी विश्व पोखरेलले नेपाल सेनाको इतिहास न्यान्सीका अध्यक्ष यान राईले प्रवासमा रहेका नेपालीको स्थिति र कानुन व्यवसायी यज्ञप्रसाद नेपालले अमेरिकामा रहेका नेपालीको कानुनी अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो । आयोजक संस्थाका अध्यक्ष अनिल पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको अन्तरकि्रया कार्यक्रमको साचालन दिनेश पोखरेलले गर्नुभएको थियो ।
- for more news and videos about Mr. Rukmangat Katawal Please click this link
A Historic Interview with Former Chief of Nepal Army, Mr. Rukamangat Katawal
A Interview with Former Chief of Nepal Army, Mr. Rukamangat Katawalwith BBC
प्रधानसेनापती बाट अबकास पाएपछी आफ्नो बिदाइ समारोहमा कटवालले यसरी आफ्नो तितो पोखेका थिए जुन राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा समेत् चर्चित भएको थियो हेर्नुस भिडियो
न्यू योर्क- न्यू योर्क बासी नेपालीले सोचेका थिए होलान आर्मी को जर्नेल रुकमाङद कटवाल केबल आर्मी त हो तर जतिखेर उनी प्रश्न का उत्तर दिन्थे बुझक्कड मै हुँ भन्ने नेपाली को दिमाग घुम्थ्यो अर्थात उनी त्यती गहिराइमा पुगेर राजनीतिक कुराको बिस्लेसण र लेखाजोखा गर्थे, हुन त पहिलो पटक कटवालको भासण् सुन्ने त उनका कुरा सुन्दा आँखा चिम्लिन समेत् बिर्सेंको देखिन्थ्यो, न्यू योर्क का एक नेपाली प्रोफेसर ले नेपाल मदर सँग भने "कटवाल चान्ने चुन्ने ब्यक्ती होइनन भन्ने कुरा मा म अब अलमल छैन, नेपालको एउटा ज्युंदो सपुत रहेछ, कटवाल जत्तिको गहिराइ भएको कुनै नेता पनि मैले कुनै पार्टिमा देखिन, त्यसै प्रचन्डलाई सुताइदिएको रहेनछ यो मान्छेले, नेपाल र नेपाली प्रतिको उसको लागाब देख्दा म तीन छक परेँ, यो मान्छे ले केही गर्छ राष्ट्रका लागि, म अलिकती आशाबादी भएको छु उनिबाट" ........... नेपाली सेनाका निबर्तमान प्रमुख रुक्माङद कटवाल साँच्चिकै कुर्लने सेनापति रहेछन्। यो कुरो न्यू योर्कको कुइन्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आइतबार दिउँसो भएको गरमागर्मी अन्तर्कृया कार्यक्रममा उनले कड्किएर गरेको खरो भाषाणले प्रमाणित गरेको छ।
गणतान्त्रिक नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ "प्रचन्ड" लाई "प्रधानमन्त्री छबिलालजी" नामबाट सम्बोधन गरी प्रचन्डको खिल्ली उडाउँदा अन्तर्कृयामा उपस्थित केही श्रोताहरुलाई नेपालको को प्रधानमन्त्री रहेछ भनेर अलमल्ल पार्न सफल भएका नेपाली सेनाका निबर्तमान प्रमुख रुक्माङद कटवालले अर्को एक प्रसंगमा प्रचन्डको शक्तिखोरको भिडियो कान्डको खुलासा गर्दै जनरल कटवालले पूर्व प्रधानमन्त्री प्रचन्डलाई ठाडो भाषामा भने- "त्यो भिडियो हेर्नुस्, उस्ले भन्या छ, मैले दन्त्य कथा बना" हैन। त्यहाँ भन्या छ- त्यो कटवाल, त्यो कटवालले बुझ्या छ। मेरो नाम ल्या"छ त्यो भिडियोमा।" Former Nepal Army Chief Rookmangud Katawal with Nepalese Democratic Youth Council (NDYC USA) President Pramod Sitaula.. Photos: eEyeCam.com
उसो त उनले आफु माओवादीको बिरोधी नभएको बताउन नभुलेका उनले तर माओवादिको सिद्धान्त संसारबाट लोप भईसकेको भन्न पछि परेनन्।
कटवालले नेपाली सेनाको बिगतका काम कार्यबाहीका बचाउ मात्र गरेनन् बल्की नेपाली सेनाले ब्यारेक भित्र मारेको भनिएकी किशोरि मैना सुनुवारको बिषयमा बोल्दा सेनाले ब्यारेकमा मार्दै नमारेको दाबीसमेत गरे। Participants at the interaction program in New York. Photos: eEyeCam.com उक्त कार्यक्रमको अडियो रेकर्ड सुन्नुहोस्:
अझ उनले नेपाली मानब अधिकारबादीहरु र मिडियाले उक्त हत्यालाई अतिरन्जना गरेको बताउँदै आनी छोयिङको गीत उल्लेख गरे:
उनले गीतको टुक्का भन्नुको अर्थ थियो- घटनालाई एक पक्षिय रुपमा बुझ्नु भएन।
कटवालले यो पनि थपे कि- "लडाईंको बेलामा When hot bullets start flying over your head you do not think of human rights. It's a fact of life हजुर।"
एक घण्टा ४२ मिनट चलेको अन्तर्कृयामा पूर्व सेनापति कटवालले यती धेरै प्रसंगहरु उपर आफ्ना धारणा ब्यक्त गरेका छन् कि यो पङ्क्तिकार अमेरिकि सोसियल फोरमको एक हप्ते भेलामा जाने तजबिजमा लागेको कारण बिना टिप्पणी उक्त अन्तर्कृया कार्यक्रमको पूर्ण अडियो रेकर्ड र केही भिडियो अर्काइभ पेश गर्न बिबश भएकोछ।
-Pradeep Thapa Magar in New York.
Former Nepal Army Chief Rookmangud Katawal in New York on June 20, 2010. Photos: eEyeCam.com
Nepalese Democratic Youth Council (NDYC USA) President Pramod Sitaula. Photos: eEyeCam.com
Dr. Gobinda Koirala. Photos: eEyeCam.com
Lawyer Durga Bhurtel. Photos: eEyeCam.com
Former Nepal Army Chief Rookmangud Katawal in New York on June 20, 2010. Photos: eEyeCam.com
Emcee and NDYC USA VP Bishnu Subedi. Photos: eEyeCam.com
Human Rights Activist Dhaniram Sapkota. Photos: eEyeCam.com
Langhali Association USA Secretary Manbahadur Rana Magar.
Former Nepal Army Chief Katawal receiving khada from Pemba Sherpa Yolmo, President of Holmo Society of America. Photos: eEyeCam.com
Former Nepal Army Chief Katawal with FIPNA General Secretary Aditya Maharjan. Photos: eEyeCam.com
Former Nepal Army Chief Katawal receiving khada from USNepalOnline.com contributing photographer Ang Kami Sherpa (PhotoHera.com). Photos: eEyeCam.com
General Katawal with NRN ICC USA Representative and owner of Himalayan Yak Restaurant Sonam Lama. Photos: eEyeCam.com
General Katawal with Nepali Congress USA Representative Mridula Koirala, Dr. Tara Niraula & Sail Upadhyaya. Photos: eEyeCam.com
General Katawal with late Girijaprasad Koirala's niece Sail Upadhya.
General Katawal leaving the interaction venue. Photos: eEyeCam.com / Sources : Pradeep Thapa Magar/ USnepalonline
________________________________________ यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेकोOlder Posts>>मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक ________________________________________