( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20100630

माधवकुमार नेपालद्वारा प्रधानमन्त्री को पदबाट राजीनामा, जादा जांदै माओवादी माथि कडा प्रहार, राजनीति झन अन्यौल र डामाडोल हुने सँकेत
Breaking News.......
प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रका नाउँमा सम्बोधन गर्दै राजिनामाको घोषणा गरेका छन्। आफ्नो सम्बोधनमा उनले माओवादीको असहयोगका बाबजुद वर्तमान सरकारले राम्रो काम गरेको दाबी गरे। आफ्नो कार्यकालमा शान्ति सुरक्षाको स्थितिमा उल्लेखनीय सुधार भएको दाबी उनले गरे। प्रधान मन्त्री माधवकुमार नेपालले स्पष्ट बहुमत हुँदाहुँदै पनि शान्ति स्थापना र संविधान निर्माणका लागि वातावरण बनाउन राजिनामा दिएको घोषणा गरे। आफूले पटकपटक सहमतिका लागि प्रयास गरे पनि सहमति हुन नसकेकाले राजिनामा दिएको उनको भनाइ छ। राजिनामा दिए पनि शान्ति प्रक्रियामा आफ्नो योगदान कायमै रहने पनि उनले बताए।  माओवादीले देशलाई अन्योलपूर्ण स्थितिमा पुर्‍याएको बताउँदै सत्ता कब्जाको .....

20100629

धान रोपाईमा सहभागी एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टीगत स्वार्थमा लागेर दलहरुले देशलाई बिदेशीको हातमा सुम्पन खाजेको आरोप
 एमाले उपाध्यक्ष बामदेव गौतमले दलहरुले देशलाई असफल बनाएर बिदेशीको हातमा सुम्पने खेल खेलिरहेको आरोप लगाएका छन्। राजधानीको टौदहमा किसान संघले गरेको धान रोपाई कार्यक्रममा सहभागी हुनुभएका एमाले उपाध्यक्ष गौतमले पार्टीगत स्वार्थमा लागेर दलहरुले देशलाई बिदेशीको हातमा सुम्पन खाजेको आरोप लगाएका हुन्। संविधानसभाको सबैभन्दा ठुलो दल माओवादीलाई सरकारमा जान नदिने खेलमा लागेर दलहरुले राजनीतिक गतिरोध श्रृजना गरिरहेको गौतमको दाबी छ। देशको तरल राजनीतिक अबस्थाको फाइदा उठाउंदै विदेशीको बिगबिगी बढेको गौतमको बताउनुभयो। अहिलको आवश्कता संविधान निर्माण भएको बताउदै उनले पार्टीगत स्वार्थलाई त्यागेर दलहरु संविधान निर्मामा अग्रसर हुनुपर्ने समेत बताए।



प्रधानमन्त्रिको कुर्सी मात्र देख्ने लोभिपापी नेता हो, यो समाचार पढ्न र यि फोटो हेर्न अनी यस्को मर्मा बुझ्न सक्छौ तिमीहरु !!! 

बद्रीकुमार न्यौपाने, ललितपुर, असार १५-  पुल्चोकस्थित आकाशे पूलमुनि सोमबार दिउँसो खानेपानीको............
पदको प्रलोभनमा मुलुक, मुलुकवासी र स्वयंलाई पंगु बनाइरहेका 'हाम्रा गणतान्त्रिक/लोकतान्त्रिक राजनेताहरू'लाई कति घृणा गर्नु !
- अशोक सिलवाल
"हिंसात्मक द्वन्द्वको समाप्ति भयो भनेर ठूल्ठूला राजनीतिक उपलब्धि भएको चर्का भाषण गर्ने के कांग्रेस, के एमाले, के माओवादी, सबैको गालामा यी घटनाहरू चोटिलो प्रहार हो"
हत्या र कुटपिट फेरि पनि अखबारका हेडलाइन बनिरहेका छन्, दैनिकजसो । असुरक्षाका कारण कार्यक्षेत्रमा काम गर्न, नसकिएको खासगरी तर्राई क्षेत्रका गाविस सचिवहरूको व्यापक दुःखेसो मात्र होइन, राजीनामा दिएको समेत सुनिन थालेको छ । भर्खर मात्र लुम्बिनी अञ्चलका व्यवसायीहरूले सुरक्षा नपाए राज्यलाई कर नतिर्ने कठोर चेतावनी दिएका छन् । उता, शनिबार वीरगन्जमा हिन्दू युवा संघका काशी तिवारीको हत्या भएको छ । समाचारअनुसार माओवादी कार्यकर्ताको कुटपिटबाट गोरखामा १० कांग्र्रेस कार्यकर्ता....

20100628

आखिरी असिनेले कुइरे पटाएर अमेरिका पुगी छाड्यो बा, अब अमेरिकामा के के गर्ने हो !!!



मोहन वैद्य, बाबुराम भट्टराई र रामबहादुर थापाको नयाँ समीकरण, पुष्पकमल अल्पमतमा !

"आफ्नै भन्नेहरुले घेराबन्दी गरे" : माओवादी अध्यक्ष पुष्पकमल दाहाल
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नजिकका व्यक्तिहरुले पनि घेराबन्दी गरेको बताएका छन् । दाहालविरुद्ध पार्टीका तीन बरिष्ठ नेताहरु मोहन वैद्य, बाबुराम भट्टराई र रामबहादुर थापाले नयाँ समीकरण बनाउने जानकारी दिएपछि अध्यक्ष दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् । कलाकार माहिला लामाको 'मातृभूमि' नामक भिसीडीको सोमबार राजधानीमा विमोचन गर्दै अध्यक्ष दाहालले राष्ट्रियताको मुद्धा उठाउँदा आफूलाई चौतर्फी घेराबन्दी गरिएको भन्दै आफ्नै भन्नेहरुले घेराबन्दी.....

20100627

अर्जेन्टिनाले मेक्सिकोलार्इ ३-१ ले, जर्मनले इगंल्याण्डलार्इ ४-१ ले पराजित

१९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आर्इतबारराती भएको राती भएको अर्जेन्टिनाले मेक्सिकोलार्इ ३-१ ले पराजित गरेको छ। अर्जेन्टिनाले पहिलो हाफअघि नै लगातार दुई गोल गरी मेक्सिकोलाई दबाबमा राखेको थियो ।खेलको २६ औं मिनेटमा अर्जेन्टिनाका कार्लोस टाभेजले अर्जेन्टिनाको तर्फबाट पहिलो गोल गरेका थिए भने ३३ औं मिनेटमा गोन्जालो हिगुयानले दोस्रो गोल गरेका थिए। त्यस लगत्तै पनि आक्रमक खेल खेलेको अर्जेन्टिनाले  ५२ औं मिनेटमा  कार्लोस टाभेजले अर्जेन्टिनाको तर्फबाट तेस्रो गोल गरे भने ७१ औं मिनेटमा मेक्सिकोका जेभिएर हर्नाण्डेजले मेक्सिकोका लागि सान्त्वना गोल गरेका थिए। अर्जेन्टिनाको दोश्रो चरणको विजयसँगै अब क्वार्टरफाइनलमा अर्जेन्टिनाको भेट जर्मनीसँग......

अमेरिकामा नेपालको बिषयमा अन्तर्क्रिया


अमेरिका नेपाल सोसाइटी र धरान अमेरिका समाज को संयुक्त आयोजना, टिका पुन को सन्चालन, पहिलो सत्रको खेम भट्टचनको र दोस्रो सत्रको बिजय थापाको सभापतित्वमा अमेरिकाको भर्जिनियामा "Nepal: Post conflict Development opportunities and Federal Republic constitution" मा बिषयक कार्यक्रम...............

एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारलाई सहयोग नगर्ने उद्घोष, प्रचण्ड दँग !!!

"झलनाथ एमालेका अध्यक्ष्य हुनकी माओवादी प्रबक्ता छुट्याउनै गाह्रो, कार्यकर्ता अलमलमा, यस्तै हो भने एमाले झन कमजोर हुने र कार्यकर्ता लाला पाखा हुन बेर छैन, फाईदा आतंककै बलमा टिकेको माओवादीलाई पुग्ने निस्चित छ भन्छन राजनीतिक पन्डितहरु "     
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नै पार्टीको वरिष्ठ नेताको नेतत्वमा रहेको वर्तमान सरकारलाई सहयोग नगर्ने उद्घोष गरेका छन्। वर्तमान सरकार शान्ति र संविधानको दायित्व पुरा गर्न असफल भएको भन्दै सहयोग गर्न नसकिने वताएका हुन्। पार्टी कार्यालय बल्खुमा स्थानिय विकास तथा पूर्वाधार संरचना विभागले आयोजना गरेको अर्न्तक्रियामा बोल्दै अध्यक्ष खनालले जनताले दिएको कार्यभार पूरा गर्न माधवकुमार नेपाल नेतृत्वको सरकार असफल भएको भन्दै राष्ट्रिय सहमतिको सरकार निमार्ण अनिवार्य रहेको वताए। नेपाल नेतृत्वको सरकारले शान्ति र संविधान निर्माणको जिम्मेवारी पुरा गर्न सकेन तसर्थ राष्ट्रिय सहमतीको सरकारको पक्षमा एमाले छ वर्तमान सरकारलाई सदासयता देखाएर सहयोगको औचित्य छैन खनालको भनाई थियो।

'माओबादीलाई सत्ता सुम्पेर देशलाई अधिनायकबादतर्फ लान दिदैनौं ' : रक्षामन्त्री बिद्या
रक्षामन्त्री बिद्यादेबि भण्डारीले माओबादीका सवै लडाकु सुरक्षा निकायमा समायोजन असम्भव भएको बताएकी छन् ।माओबादीले पोलिटब्यूरो बैठकको सबै लडाकु समायोजनका....

उट्पट्याङ मेरी बास्सै हेरेर भए पनि मज्जा लिनुस् !



20100626

तीन गोली हानि हिन्दू राष्ट्रिय युवा सङ्घका अध्यक्ष काशीनाथ तिवारीको हत्या, वीरगन्ज त्रसित

गोली चल्दा गएराति महोत्तरीमा एक महिला गम्भीर घाइते
हिन्दू राष्ट्रिय युवा सङ्घका अध्यक्ष काशीनाथ तिवारीको गोली हानी हत्या गरिएको छ। वीरगन्ज उपमहानगरपालिका-१३ अज्ञात व्यक्तिले गोली हानेपछि उनलाई नारायणी अस्पताल लगिएको थियो। उनको त्यहीँ मृत्यु भएको हो। उनलाई तीन गोली हानिएको थियो। मोटरसाइकलमा आएका व्यक्तिले गोली हाने पनि उनीहरुको पहिचान हुन सकेको छैन। पटक पटकको आपराधिक घटनापछि वीरगन्जका बासिन्दा त्रसित भएका छन्। उता विद्यालय व्यवस्थापन समितिको विवादका विषयमा गोली चल्दा गएराति महोत्तरीमा एक महिला गम्भीर घाइते भएकी छिन्। धर्मपुर गाविस-८ परडिया बस्ने नसिबुल राइनकी २० वर्षीया पत्नी सकिला खातुन गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ। राति करिब ११ बजे विद्यालय व्यवस्थापन सम्बन्धमा स्थानीयहरूबीच दोहोरो विवाद चर्किन गएपछि स्थानीय खातुनको तिघ्रामा अचानक चलाइएको गोली आएर लागेको थियो। गम्भीर घाइते खातुनलाई उपचारका लागि रातिनै अञ्चल अस्पताल, जनकपुरमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि धरान पठाइएको प्रहरी नायव उपरीक्षक रामेश्वर यादवले बताए।
माओवादीले निकाल्यो अर्को रडाको, सबै लडाकु नेपाली सेनामै गाभ्नु पर्ने रे !, माओवादी आक्रमणबाट १० घाइते
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै माओवादी सेनालाई समायोजनमा समेट्नुपर्ने बताएका छन्। उनले माओवादी सेनाको एउटै युनिट बनाएर त्यसलाई विशेष जिम्मेवारी दिनु.....

20100625

कांग्रेस र एमालेले सम्पत्ति फिर्ताको शर्त राखिरहेका बेला माओवादी कार्यकर्ताले पुनः ८८ बिघा जग्गा कब्जा !

माओवादी जिल्ला इन्चार्ज हिमालले भने "जनताले जग्गा कब्जामा लिए"
बर्दिया/ सत्तासीन कांग्रेस र एमालेले नयाँ सहमतीय सरकार गठनका लागि विगतमा कब्जा गरिएका सम्पत्ति फिर्ताको शर्त राखिरहेका बेला माओवादी कार्यकर्ताले पुनः जग्गा कब्जालाई तीव्रता दिएका छन् । माओवादी भ्रातृ संगठन अखिल नेपाल मुक्त कमैया किसान संघ -क्रान्तिकारी) ले शुक्रबार बर्दियाको राजापुर टापुस्थित ८८ बिघा जग्गा कब्जा गरेका हुन् । कब्जा गरिएको जग्गा दौलतपुर-३ स्थित रुद्रबहादुर शाही, प्रेमकुमार राना, रेशम ज्ञवाली, सन्तोष ज्ञवाली, कल्लु ज्ञवाली, श्रीराम दवाडीलगायतको हो । जग्गामा माओवादी कार्यकर्ताले झन्डा गाडेका छन् । 'जग्गा बिक्री गर्न लागिएको थाहा पाएर कब्जा गरेका हौं,' संघका छल्लु थारूले....

सर्बोच्च अदालतमा पनि राजनीति हुँदै !!!

संविधानमा राष्ट्रपतिलाई कुनै पनि विशेषाधिकार नभएको भनी सर्वोच्च अदालतको संयुक्त इजलासले ठहर गरे तापनि पूर्ण इजलासले त्यस विषयलाई फेरि छलफलमा ल्याउने विवादास्पद निर्णय गरेको छ। तत्कालीन प्रधान सेनापति रुक्माङ्गद कटवाललाई हटाउने सरकारी निर्णय कार्यान्वयन नगर्न राष्ट्रपति डा. रामवरण यादवले दिएको निर्देशन असंवैधानिक भएको भनी उठाइएको प्रश्नमा सर्वोच्च अदालतले सो विषयलाई फेरि छलफलमा ल्याउने भएको हो। राष्ट्रपतिको उक्त कदम संवैधानिक वा असंवैधानिक के हो भनी बिहीबारदेखि पूर्ण इजलासमा.....

तितो सत्य लाई पनि फूटबल लागेपछी !



माओवादीबाट मारिएकालाई शहिद घोषणा

प्रधानमन्त्री माधवकुमार नेपालले लामो समयको प्रयासपछि माओवादीबाट मारिएकालाई सरकारले सहिद घोषणा गरेको बताएका छन्। आफुले प्रधानमन्त्री भए देखीनै द्धन्दकालमा माओवादीबाट मारिएकालाई शहिद घोषणा गर्न.....

20100623

बुटवलको संगमपथमा दम्पतीको गोली हानी हत्या

Breaking News....
गोली प्रहारबाट बुटवलको संगमपथमा दम्पती हत्या भएको छ। भण्डारी गल्ला स्टोरका मालिक रमेश भण्डारी तथा उनकी श्रीमती आशाको गोली हानी हत्या भएको हो। कालो पल्सर चढी आएका मधेसी मूलका दुई तथा पैदल आएका अर्का एकले गोली चलाएको प्रहरीले जनाएको छ। गोली लाग्नासाथ आशाको घटनास्थलमै मृत्यु भएको थियो। उनको कोखा र छातिमा गोली लागेको छ। रमेशको घाटीमा दुई गोली लागेका छन्। उनलाई....
_______________यस भित्र अरु पनि ... __________
 "माधवकुमार नेपाल भन्ने मानिस पनि नेपालका प्रधानमन्त्री भएका रहेछन"

"दरबारबिनाका राजाको सम्मान" Click  Read more »

एएनए वोष्टन भेलाको तयारी लगभग पूरा

दश हजार सहभागीको अपेक्षासहित एएनए वोष्टन भेलाको तयारी लगभग पूरा thumbnail अमेरिकाको उत्तरपूर्वी शहर वोष्टनमा यस वर्षको एएनए सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । होटल वुिकंग तिव्र रुपमा वढेको छ र सम्मेलन हुने होटलको कोठा सकिएपछि नजिकको होटल व्यवस्था गरिएको छ । गत वर्षको एएनए सम्मेलनमा सिमोन ढुँगाना अध्यक्षमा निर्वाचित भएपछिको यो पहिलो सम्मेलन हो । एएनएको परम्परा अनुसार सम्मेलनको अध्यक्षता एएनएका उपाध्यक्षले गर्ने गरिन्छ अतः यस वर्षको सम्मेलन अध्यक्ष एएनएका उपाध्यक्ष मेदिनी अधिकारी हुनुहुन्छ । सामान्यत एएनए भेलामा झैभःगडा हुने एक प्रकारको परम्परा जस्तो देखिए पनि विगतका २ सम्मेलन शान्तिपूर्वक सम्पन्न भएको परिप्रेक्षमा यस वर्षको सम्मेलन पनि....

के के हुँदैछ नेपालमा ? संबिधान त नबन्ने नै भयो अब को बन्दैछ नयाँ प्रधानमन्त्री ल हेर्नुस् !

संविधान निर्माणको प्रक्रिया ओझेलमा परे पनि सरकार परिवर्तन तथा नयाँ प्रधानमन्त्री चयनको अभ्यासले भने उच्च प्राथमिकता पाएको छ । प्रधानमन्त्री माधवकुमार नेपाल मानसिक रूपले पद त्याग गर्न तयार हुनुभएको छ र उहाँले यस कुराको जानकारी सत्ता साझेदारमध्येको प्रमुख दल नेपाली काङ्ग्रेसलाई गराइसक्नु पनि भएको छ । प्रधानमन्त्री नेपालले सङ्केत दिनुभएपछि नेपाली काङ्ग्रेस पनि नयाँ सरकारको नेतृत्व लिन तयार भएको छ । माओवादीले प्रधानमन्त्री पदबाट माधव नेपालको राजीनामा माग गर्दै तेह्र महिनादेखि...

20100622

बजेट तथा नीति-कार्यक्रम ल्याउन दिइँदैन : माओवादी

माओवादी नेता नारायणकाजीले प्रधानमन्त्रीको राजिनामा नआएमा सदन सङ्घर्ष चर्काउने बताएका छन्। गत मङ्गलबारदेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी पोलिटब्युरो बैठकका बीच सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने- सरकारको बजेट तथा नीति-कार्यक्रम पनि ल्याउन दिइँदैन। उनले माओवादीभित्र कसको नेतृत्वमा सरकार बनाउने भन्ने विवाद गलत भएको दाबी गर्दै संविधानसभाको ठूलो दलको हैसियतले माओवादी नेतृत्वमै सरकार गठन हुनुपर्ने दाबी पनि दोहोर्‍याए। बैठकमा बोल्ने क्रम आज सकिने जानकारी दिइएको छ। पोलिटब्युरो.....

असिनाप्रसाद र राता मकैमा कुनले पटाउलान कुइरे ?



ANS Summer Picnic 2010




भर्जिनिया, डिसी र म्यारिल्यान्ड क्षेत्रमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा
सादर निमन्त्रणा

ANS Summer Picnic
and
Ambassador Cup Soccer Tournament-2010

Dear Community Members,


America Nepal Society (ANS) invites you to join it's annual Summer Picnic and
Ambassador Cup Soccer Tournament.

Don’t miss the sizzling BBQ, Nepali Parikar and much more!
Please feel free to bring your convenient food and a lot of water!
Date:- 25 July 2010, Sunday
Time:- 12.00 NOON
Venue:- NECC's property
20520 Beallsville Road, Beallsville, Maryland 20839


For contact:
Interested Soccer teams and players
please contact:
Tika Kumar Pun, 703-342-8885
Chandra Lama, 703-901-6509
Kamal Bhushal, 703-597-2786

For picnic information, please contact
Netra Ghising, 703-597-4098
Kabindra Sitaula, 571-259-3984
Laxmi Gaudel, 703-220-8782
Prakash Nepal, 703-864-4141
Khem Bhattachan, 571-242-5510



                                       
 __________________________________________________________

20100621

न्यू योर्कमा रुक्माङद कटवालले प्रधानमन्त्री "छबिलाल" उर्फ "प्रचन्ड" को दोहोलो यसरी काढे !!!


न्यू योर्क-  न्यू योर्क बासी नेपालीले सोचेका थिए होलान आर्मी को जर्नेल रुकमाङद कटवाल केबल आर्मी त हो तर जतिखेर उनी प्रश्न का उत्तर दिन्थे बुझक्कड मै हुँ भन्ने नेपाली को दिमाग घुम्थ्यो अर्थात उनी त्यती गहिराइमा पुगेर राजनीतिक कुराको बिस्लेसण र लेखाजोखा गर्थे, हुन त पहिलो पटक कटवालको भासण् सुन्ने त उनका कुरा सुन्दा आँखा चिम्लिन समेत् बिर्सेंको देखिन्थ्यो, न्यू योर्क का एक नेपाली प्रोफेसर ले नेपाल मदर सँग भने "कटवाल चान्ने चुन्ने ब्यक्ती होइनन भन्ने कुरा मा म अब अलमल छैन, नेपालको एउटा ज्युंदो सपुत रहेछ, कटवाल जत्तिको गहिराइ भएको कुनै नेता पनि मैले कुनै पार्टिमा देखिन, त्यसै प्रचन्डलाई सुताइदिएको रहेनछ यो मान्छेले, नेपाल र नेपाली प्रतिको उसको लागाब देख्दा म तीन छक परेँ, यो मान्छे ले केही गर्छ राष्ट्रका लागि, म अलिकती आशाबादी भएको छु उनिबाट"  ...........                

20100620

रुकमाँगद कटवाल कान्तिपुर सँग यसरी कड्किए पछी ......!...तपाईंलाई कस्तो लाग्छ हेर्नुस् त !



बाँकी अन्तर्वार्ता र कटवालको अमेरिका भ्रमण् तथा अन्तर्कृया हेर्न तलको लिँक मा क्लिक गर्नुस्   
http://www.nepalmother.com/2010/05/blog-post_7856.html
आज कटवालले अमेरिकाको न्यू योर्क शहरमा नेपाली हरुको एक एक कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ, उक्त कार्यक्रमको विवरण अपलोड गर्दैछौं हेर्दैगर्नुहोला ।      

जेठ १४ गतेको सहमती कार्यान्वयनमा इमान्दार हुन एमाले र काँग्रेससँग पुष्पकमल आग्रह

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाले प्रमुख तीन दलसँग राजनीतिक गतिरोध अन्त्यका लागि सहमतीको प्रयास भइरहेको बताएका छन्। राजधानीमा आयोजीत कार्यक्रमपछि उनले निकासका लागि विभिन्न चरणमा काँग्रेस र एमालेसँग अनौपचारीक छलफल भएको दावी गरे। जेठ १४ गतेको तीन बुँदे सहमती कार्यान्वयनमा इमान्दार हुन एमाले र काँग्रेरसका नेताहरुसँग आग्रह गरेका अध्यक्ष दाहालले राजनीतिक सहमतीका लागि पोलिटव्युरो बैठकमा छलफल भइरहेको समेत बताए। उनले पार्टीको पोलीटब्युरो बैठकले सरकार गठन, गतिरोधको अन्त्य र निकासका सम्बन्धमा बैठकले निर्णय समेत गर्ने बताए। उनले सहमति पालनाका लागि माओवादी हदसम्म लचिलो हुन तयार रहेको पनि खुलसा गरे।
  रिडी नजिकै तीनवटा वेवारिसे शव फेला परे
कालीगण्डकी नदीको रुरुक्षेत्र रिडी नजिकै तीनवटा वेवारिसे शव फेला परेका छन्। पाल्पाको अर्गली गाविस ऋषिकेशव मन्दिर तलपट्टी नदीको भुमरीमा ती शव देखापरेको हो। स्थानीय वासीन्दाले नदीमा तीनवटा मान्छे जस्तो शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। एक महिला र एक पुरुषको शव भने चिनिएको...

मनीषा कोइराला 'औपचारिक दुलही'


काठमाडौं/ चर्चित बलिउड नायिका मनीषा कोइराला शनिबारबाट 'औपचारिक दुलही' बनेकी छन् । मौलिक परम्परालाई मान्यता दिइएको उनको विवाहमा लोकसंस्कृतिलाई प्राथमिकता दिइएको थियो । नेवारी, पञ्चे र लोकधुनले समारोह मोहक बन्यो ।  उद्योगपति सम्राट दाहालस“ग शुक्रबार स्वयंबर रचेकी मनीषाको विवाह गोकर्ण्र्ााmरेस्ट रिसोर्टमा हिन्दू  परम्पराअनुसार सम्पन्न भएको हो । स्वयंबर सक्न मात्रै झन्डै दर्ुइ घन्टाभन्दा बढी लागेको थियो । पारिवारिक पुरेत रामचन्द्र घिमिरेले उनीहरूबीच मंगलवाचन गरी परम्परागत वैवाहिक विधि सम्पन्न गरेका थिए । सम्राटसहितको टोली तीन सयजनाभन्दा बढीसम्मिलित जन्ती लिएर नवदुलही मनीषालाई लिन थली गाविसस्थित गोकर्ण्र्ााmरेस्ट रिसोर्ट पुगेको थियो । ३९ वषर्ीया मनीषा सम्राटभन्दा ६ वर्षजेठी छन् । सिन्धुली झा“गाझोलीका सम्राट छाला जुत्ता कम्पनी 'लेदर विङ्स'का सञ्चालन हुन् । स्मरणीय छ, मनीषाको पुख्र्यौली गृहजिल्ला पनि सिन्धुली नै हो । जिल्लाबाहेक काठमाडौंमै पनि सम्राट र मनीषाको....

पुर्वराजा ज्ञानेन्द्र शाह बारा, पर्सा, रौतहटको ५ दिने भ्रमणपछि काठमाडौ फिर्ता

बारा ६ असार / पुर्वराजा ज्ञानेन्द्र शाह बारा, पर्सा रौतहटको ५ दिने भ्रमणपछि आज काठमाडौ फिर्ता भएका छन् । बारा, पर्सा र रौतहटमा रहेका धार्मिक शक्ति पिठको पुजा अर्चना गरी बिहान ११ः३० बजे बुद्धएयरको विमानबाट उनी काठमाडौ फिर्ता भएका हुन् । धार्मिक भ्रमणका क्रममा बुधवार बिहान ९ः३५ बजे बाराको सिमरा विमानस्थल आई पुगेका पुर्व राजा शाह पहिलो दिन बाराको लिपनी ६ परवानीपुर स्थित श्री वैष्णवी दुर्गा मन्दिरको बुधवार बिहान उद्घाटन गर्नु हुदै आधा घण्टा पुजा आराधना समेत गरेका थिए । भ्रमणको क्रममा दोस्रो दिन पर्सा बीरगंज स्थित गहवामाई, विन्दवासिनी मन्दिर र गुरुद्धारमा पुजा अर्चना गरेका थिए । त्यसै गरी तेस्रो दिन बाराको वरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पुगी पुजा अर्चना गरेका थिए । बिहान १०ः४५ बजे गढीमाई पुग्नु भएका पूर्वराजा शाहले करिब २५ मिनेट समय पुजा अर्चनामा विताएका थिए । सवारीका क्रममा उपस्थित....

20100619

माओवादी भित्र तीब्र मतभेद, प्रधानमन्त्री बन्ने बिषयमा बिबाद, प्रचन्ड अल्पमतमा !

माओवादी पोलिटब्युरोमा आफ्नै नेतृत्वमा प्रस्तावित 'सहमतीय सरकार' गठन हुनुपर्ने मत हावी भएको छ । पाँच दिनदेखि जारी पोलिटब्युरो बैठकमा शनिबारसम्म बोलेका अधिकांश नेताले माओवादीबाहेकको नेतृत्व स्वीकार्य नहुने र आवश्यक परे अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को विकल्प खोजिनुपर्ने धारणा राखेका छन् ।
'१२ जना नेताले बोल्न बाँकी छ, तर अहिलेसम्मको स्थिति हर्ेदा माओवादीकै नेतृत्वमा सरकार गठन हुनर्ुपर्छ भन्नेहरूको मत बलियो छ,' एक पोलिटब्युरो सदस्यले राजधानीसँग भने, 'र, प्रचण्डको विकल्प  खुला राख्नर्ुपर्छ भन्ने मत पनि आएको छ ।' माओवादी नेतृत्वमा सरकार गठन हुनुपर्ने मत राख्नेहरू पनि केही प्रचण्ड र केही उपाध्यक्ष. डा बाबुराम भट्टर्राईलाई आगामी सरकारको नेतृत्व दिनुपर्नेमा विभाजित....

हेर्नुस् धुर्मुसे र माग्ने बुढाको कमाल यो साता !



20100618

'ओलीजीले जहिल्यै भाँजो हाल्नुहुन्छ, आखिर सबै विभागमा उहाँले भनेकै मान्छे राखेँ फेरि मलाईनै धोका।'

एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बन्ने कुरामा पूर्णतः विश्वस्त
'अब माधवजी थोत्रिइसक्नुभयो। प्रचण्ड अथवा माओवादीका कुनै पनि नेतालाई भारतले पत्याउँदैन। नेपाली कांग्रेसले माओवादीलाई सँगै लिएर जानसक्दैन। अब मैले जिम्मेवारी लिनुपर्ने बेला आयो।' एमाले अध्यक्ष खनाल गत हप्ता आफ्ना निकट पोलिटब्युरो र केन्द्रीय नेताहरूसँग आफू प्रधानमन्त्री बन्ने सम्भावना बढेको चर्चा डल्लु निवासमा गर्दै हुनुहुन्थ्यो। ती नेताले बताएअनुसार कांग्रेस र माओवादीले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने भए पनि आफ्नै पार्टीका नेताहरूले असहयोग गरेको खनालको दुःखेसो थियो। खनालले भन्नुभयो, 'ओलीजीले जहिल्यै भाँजो हाल्नुहुन्छ। आखिर सबै विभागमा उहाँले भनेकै मान्छे राखेँ। फेरि मलाई नै धोका।' नेकपा एमालेका एक पोलिटब्युरो सदस्यले यो सातालाई बताएअनुसार झलनाथ खनाल प्रधानमन्त्री बन्ने कुरामा पूर्णतः विश्वस्त हुनुहुन्छ। छलफलका क्रममा भरतमोहन अधिकारी र केपी ओलीलाई चोरबाटोबाट संविधानसभा सदस्य बनाउने...

"सबै दलका नेताहरु राष्ट्रिय एजेण्डालाई बिर्सेर आफूलाई प्रधानमन्त्री दावी गर्न लागिपरे"

प्रचन्डले आफुलाई प्रधानमन्त्री हुन नदिने देखेपछी बाबुरामले भने "मलाई चाहिएन बरु बादललाई प्रधानमन्त्री बनाउँ तर सरकारमा जाउँ "
काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति र संविधानको मुद्दालाई किनारा लगाएर आफूले प्रधानमन्त्रीको दावी नगर्ने बताएका छन्। राजनीतिक अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले सबै दलका नेताहरु शान्ति र संविधानको राष्ट्रिय एजेण्डालाई बिर्सेर आफूलाई प्रधानमन्त्री दावी गर्न लागिपरेकोमा चिन्ता ब्यक्त गरे। उनले बर्तमान अबस्थामा मैले प्रधानमन्त्रीको दावी नगर्ने भन्दै पार्टी भित्रबाट जसको नाममा सहमति जुट्छ उसैलाई आफुले सहयोग गर्ने बताए।  बहुमतीय प्रणालीले दलहरुबीच असहमति बढाएको भन्दै डा.भट्टराईले दुई बर्षको अबधिमा देखिएको राजनीतिक चलखेलले यो प्रणाली...

तितो सत्यको नयाँ भाग हेर्नुस्, हुन त आजकाल कलाकार भन्दा नेताको नाटक रमाइलो छ हगी ?



खाप्परमा त लिएरै आएका रहेछन माकुनेले, प्रधानमन्त्रीबाट राजीनामा दिन्छु भन्दा पनि दिनु पर्याछैन बा !, अजबको देश, गजबको कमाल !

प्रधानमन्त्री माधवकुमार नेपाल राजीनामा दिने मनस्थीतीमा छन् भने एमालेले तत्काल सहमति नहुदासम्म राजीनामा नदिन सुझाव दिएको छ। सत्ता साभेदार दल नेपाली कांग्रेसमा सरकारको विकल्प र नेतृत्वका विषयमा छलफल शुरु भएको र आफ्नै पार्टी अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरु समेत सरकार विघठनका पक्षमा उभिएकाले प्रधानमन्त्रीलाई थप नैतिक दवावका कारण राजीनामा दिने मनस्थितिमा प्रधानमन्त्री नेपाल पुगेका छन्। उनले राजीनामाका विषयमा आफु निकट पार्टीका नेताहरुसँग छलफल गर्दै आएका छन्। यसैबीच उनले आफ्नै पार्टीका शिर्ष नेतृत्वसँग छलफल गरेका छन्।  छलफलमा तत्काल राजीनामा नदिन प्रधानमन्त्री नेपाललाई आफ्नै दलका  शीर्ष नेताहरुले सुझाव दिएका छन्। आफ्नो राजीनामाका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री नेपालले आफ्नै पार्टीका शीर्ष नेताहरुलाई बालुवाटार...

माओवादीको पोलीटब्युरोको बैठकमा अधिकांस सदस्यले पार्टी सरकारमा जानुपर्ने धारणा राखे

काठमाडौं ४ असार। एकीकृत नेकपा माओवादीको पोलीटब्युरोको बैठकमा अधिकांस सदस्यले पार्टी सरकारमा जानुपर्ने धारणा राखेका छन्। उनीहरुले त्यसका लागि अन्य दलहरुसंग परार्मश गर्नु पर्ने धारणा समेत राखेका छन्। काठमाडौंमा आज बसेको पोलीटब्युरोको बैठकमा धारणा राख्ने एक दर्जन सदस्यले पार्टीलाई सरकारमा सहभागि गराउने बिषयमा धारणा राखेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए। उनले बहुदलिय प्रजातन्त्र र प्रतिस्पर्धाका आधारमा सरकार बनाउनु पर्नेमा पनि धारणा आएको बताए। आजको बैठकमा नन्दकिशोर पुन, चन्द्रप्रकास खनाल, दीनानाथ शर्मा, निनु चापागाई, लेखराज भट्ट, भिमप्रसाद गौतमलगायत एघार जनाले धारणा राखेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह भेटघाटमा ब्यस्त

बारा,४ असार ।  पूर्वराजा ज्ञानेन्द्र शाह विहान बारामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पुगी पुजा अर्चना गरेका छन्  । बिहान १०ः४५ बजे गढीमाई पुगेका पूर्वराजा शाहले करिब २५ मिनेट समय पुजा अर्चनामा खर्चेका थिए । सवारीका क्रममा उपस्थित शुभेच्छुकहरुको भीड्ले बाराको कलैया सडकखण्डमा अन्य यातायातका साधनहरु केहीवेर चलेका थिएन् । गढीमाई मन्दिर परिसर वरीपरि जनपथ प्रहरी सशस्त्र प्रहरी र सादा पोशाकका प्रहरीहरुले कडा सुरक्षा दिएका थिए । सोही दिन विहान पर्सा बीरगंज स्थित विन्दवासिनी मन्दिरमा पुगी करिब १५ मिनेट पुजा अर्चना गरेका थिए । सोही दिन दिउसो करिब डेढ बजे बीरगंजमै रहेको गुरु द्धारमा पुगी पुजा अर्चना गरेर करिब २ बजे पुनः बारा सिमरा स्थित प्रभु शमशेर राणाको निवासमा फर्केका थिए । शनिवार बिहान रौतहटको शिवनगर स्थित शिव मन्दिरमा पुजा अर्चना गर्ने कार्यक्रम ....

20100616

प्रचन्डको मारमा परेका बिचरा डा. बाबुराम

-देवप्रकाश त्रिपाठी
पन्ध्र वर्षअघि ०५२ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालले सरकारसमक्ष चालीस सूत्रीय माग प्रस्तुत गरेर भूमिगत भएपछि एकाएक चर्चा र रहस्यको पात्र बनेका डा. बाबुराम भट्टराई अहिले रहस्यको पात्र त मानिँदैनन् तर उनको चर्चा भने अझै यथावत् छ । करिब बीस वर्षदेखि लगातार चर्चामा रहन सफल एक मात्र वामपन्थी नेताको ‘रेकर्ड’ उनले कायम गरेका छन् । डा. सुब्रमण्यम् स्वामीका अनुसार, ‘जो व्यक्ति राजनीतिमा कुनै न कुनै रूपले चर्चामा रहिरहन्छ ऊ नै सफल राजनीतिकर्मी .....

मुलुकमा सङ्क्रमणकालीन अवस्था लम्बिँदै गर्दा पूर्व राजा ज्ञानेन्द्र शाहको 'धार्मिक यात्रा' !!!

नागरिक पात्रिका लेख्छ : मुलुकमा सङ्क्रमणकालीन अवस्था लम्बिँदै गर्दा पूर्व राजा ज्ञानेन्द्र शाहको 'धार्मिक यात्रा' बढेको छ। तीन महिनाको बीचमा उनको यो तेस्रो धार्मिक यात्रा हो। राजनीतिक हिसावले समेत महत्त्वपूर्ण मुलुकका तीन प्रमुख सहर जनकपुर र नेपालगन्ज हुँदै बुधबार उनी वीरगन्ज क्षेत्र आएका छन्। बिहान ९:३० बजेको बुद्ध एयरबाट बाराको सिमरा विमानस्थलमा आएका शाहले भिआइपी कक्ष ....

नेपालमा विधिको शासन कायम हुन नसकेको पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको टिप्पणी

'नेपालमा गणतन्त्र स्थापनाको अर्थ अर्को सर्वसत्तावाद लाद्न होइन '
क्यालिफोर्निया । नेपाली सेनाका पूर्व प्रधानसेनापति तथा सङ्क्रमणकालीन राजनीतिका प्रभावशाली व्यक्ति रुक्माङ्गद कटवालले राजनीतिमा आउने आफ्नो कुनै योजना नभएको उद्घोष गर्नुभएको छ । मदरल्याण्ड नेपालको आयोजनामा मंगलबार अमेरिकाको सन्ाप्रुा_िन्सस्कोमा स्थानीय नेपाली समाजका बीच भएको अन्तरकि्रया कार्यक्रममा कटवालले सो उद्घोष गर्नुभएको हो । ुम सैनिक भएर राष्ट्र र राष्ट्रियताप्रति समर्पित

प्रचण्डको 'असफलता' का चार वर्ष !

- Parshuram Kafle
नेपाली राजनीतिमा 'उदयीमान राजनेता'को झल्को दिने गरी चार वर्षघि आजकै दिन -२ असारमा) र्सार्वजनिक भएका माओवादी अध्यक्ष प्रचण्ड यतिबेला पनि स्वाभाविक/अस्वाभाविक चर्चाको शिखरमा छन् । र्सार्वजनिक राजनीतिक जीवनका चारबर्सर्ााअवधिबीच प्रचण्डबारे उत्पन्न्ा जिज्ञासा, भ्रम र कौतुहलताका धेरै उत्तर फरक सर्न्दर्भ र पृष्ठभूमिमा स्वयं उनकै शब्द र व्यवहारबाट र्सार्वजनिक भइसकेका छन् । दशक लामो सशस्त्र जनयुद्धको नेतृत्व गरेका प्रचण्ड प्रधानमन्त्रीनिवास बालुवाटारमा व्रि्रोही नेताका रूपमा र्सार्वजनिक भएदेखि यसबेलासम्म नेपाली राजनीतिका विभिन्न 'प्रवृत्ति'का रूपमा स्थापित भएका छन् । संक्रमणकाल लामो र पेचिलो बनिरहेको यो समयमा प्रधानमन्त्रीका प्रबल दावेदारका रूपमा प्रस्तुत भएका प्रचण्डको....

20100615

वाइसियल अझै कम् भए रे, अझै बढाउने रे !!!

 माओवादीको वाइसियल  र हातहतियार मोह कस्तो छ ? हेरौं रोचक बहस !  



प्रधानमन्त्रीले राजीनामा नदिए वर्षे अधिवेशन चल्न नदिने माओवादी अध्यक्ष प्रचण्डको चेतावनी

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमतिका आधारमा यथाशीघ्र तीनबुँदे सहमति कार्यान्वयन गराउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटी तीव्र दबाब दिनुभएको छ भने माओवादीले पहिले राजीनामा नदिए वर्षे अधिवेशन चल्न नदिने चेतावनी दिएको छ।  नेपाली कांग्रेस र एमालेले शान्ति प्रक्रिया र संविधान निर्माणका आधारभूत विषयमा न्यूनतम सहमति गर्ने तीनबुँदे सहमतिअन्तर्गतको पहिलो बुँदा र प्रधानमन्त्रीको राजीनामासम्बन्धी तेस्रो बुँदा एकैचोटि कार्यान्वयन गर्ने हो तर माओवादी सहमति गर्ने पक्षमा नरहेको आरोप लगाएका छन् भने माओवादीले एमाले-कांग्रेसले तीनबुँदे सहमतिको अपव्याख्या गरेको आरोप लगाएको छ। प्रधानमन्त्री नेपालले दलहरुलाई यथाशीघ्र सहमति गर्न आग्रह गर्दै सहमति हुनासाथ आफूले राजीनामा दिने कुरा राख्दै आउनुभएको छ। दलहरुबीचको यो विवादले संविधान निर्माण प्रक्रिया मात्र होइन ...

20100614

गोली हानेर चार दिनमा ३ जनाको हत्या, धनुषाको सुरक्षास्थिति कमजोर, जनताहरु आतंकित

केही गुन्डासँग डीएसपी को साँठगाँठ !!!
धनुषाको प्रहरीले सक्रियता बढाएका कारण तराईको सशस्त्र समूहको गतिविधि केही समय निस्तेजजस्तै देखिए पनि अहिले आएर फेरि उग्ररुप लिएको छ। यसले यस क्षेत्रका जनताहरु आतंकित भएका छन्। उनीहरुले सुरक्षास्थिति कमजोर हुन थालेको गुनासो गरेका छन्। धनुषाको सदरमुकाम जनकपुरमा गत चार दिनमा ३ जनाको हत्या भएको छ भने एक जना घाइते भएका छन्। गत मंगलबार धनुषाको ललिया-७ घर भएका तथा शहीदचोकनजिक बस्दै आएका ४० वर्षीय रामेश्वर साहलाई मोटरसाइकलमा आएका हतियारधारी समूहले ‘जग्गा किन्नुछ’ भन्दै घरबाट राति करिब ८ बजे लगेका थिए। उनलाई पुल्चोकभन्दा एक....

जिरे खुर्सानीको यो साताको ब्यँग हेरौँ !



६०१ जना "पार्टीलाई सहयोग गरेका, समानुपातिकमा परेका सभासात" भेंडाहरु बेरोजगार

सभासद्हरु भने कामविहीनजस्तै हुन पुगेका छन्। संविधानसभाका अधिकांश सभासद्ले आफ्नो भूमिकाको खोजी गर्न थालेका छन्। संविधानसभाको म्याद थप भएको पनि दुई हप्ता बढी भइसक्यो तर दलहरु बैठकमा समेत बस्न सकेका छैनन्। दलहरुबीच भएको सहमति कार्यान्वयन नभएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ खुलेरै अब संविधान निर्माण कार्यलाई प्राथमिकता दिने कि नदिने भनी दलहरुसँग जबाफ माग्ने पक्षमा हुनुहुन्छ। प्रमुख तीन दलहरुबीच भएको तीनबुँदे सहमतिलाई ऐतिहासिक भन्दै त्यसको यथाशीघ्र कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिँदै आउनुभएका अध्यक्ष नेम्वाङले अब पनि संविधानसभाले.....

20100613

बन्द, हड्ताल, बिरोध, चक्काजाम, नारा जुलुस, यि कुराका लागि हामी नेपाली कत्ती अगाडि है !


फोटो आफै बोल्छ, हामीले केही भन्नु पर्ला र ! धन्न हौं हामी नेपाली !!!
_________________________________________________________


- भुवन शर्मा, काठमाडौं, राघव साह, वीरगन्ज 
पूर्वराजा ज्ञानेन्द्र शाहले तीन महिनामा तेस्रो मन्दिरको दर्शन गर्ने भएका छन् । मन्दिर दर्शनका नाममा आफ्ना समर्थकलाई दर्शन दिन उनी बुधबार वीरगन्ज पुग्दै......

कब्जा भएका घरजग्गा सम्पति फिर्ताका लागि पहल गरिदिन माओवादी पीडित संघको आग्रह

यो सरकार हटे पनि पुनः बहुमतकै सरकार बन्ने स्थिति प्रबल
 नेपाल माओवादी पीडित संघले काँग्रेस कार्यबाहक सभापति सुशील कोइरालालाई भेटेर द्वन्द्वकालमा कब्जा भएका घरजग्गा सम्पति फिर्ताका लागि पहल गरिदिन आग्रह गरेको छ। महाराजगञ्जस्थित कोइराला निवासमा बिहान पांच बुँदे ज्ञापनपत्र बुझाउँदै माओवादी पीडित संघले घरजग्गा र सम्पति बिना शर्त फिर्ताका लागि पहल गर्न आग्रह गरेको हो। जवाफमा कार्यबहाक सभापति कोइरालाले सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएको संघका अध्यक्ष धर्मराज न्यौपानेले जानकारी दिएका छन्। माओवादी पीडित संघले सत्य....

यो भैरे र माग्ने को चर्तिकला हेर्नुस् अब !



20100612

नेपाल मदर डट कमका संसार भरी छरिएर रहनु भएका आदर्णीय पाठकहरुमा हार्दिक अपिल !

पहिला यो फोटो हेर्नुस् ......!!!!!!!!!!!!!!!
गाडीवालाले किचेर मार्ने प्रयास तर बटुवाहरुले बचाए, नौपटक अप्रेसन, हालत यस्तो छ , सरकार केही सहयोग गर्दैन यस्तो अवस्थाको पत्रकार लाई ! कठै हाम्रो नेपाल, खोइ मानबियता ? खोइ धर्म ?? खोइ एक अर्कामा सहयोगको भावना ??   
आदरणिय पाठक हरु ! आज म यहाँहरु सँग बिनम्रता पूर्वक यो आग्रह गर्न चाहन्छुकी नेपालका एक जना पत्रकार मित्र रविन थपलिया दुर्घटनामा परि हालै एउटा खुट्टा गुमाउनु भएकोछ, फोटोमा देखाइएका यि पत्रकार मित्र को अवस्था हेरी आफु सक्दो आर्थिक सहयोग गरिदिनु हुन म एउटा पत्रकारका नाताले र मानबियताका नाताले तपाईंहरुसँग हार्दिक अनुरोध गर्दछु, मरेर लैजानु आखिर के नै छ र ? भोली कसै को ठेगाना छैन तसर्थ कृपया छातीमा हात राखी भगवान लाई सम्झेर यि खुट्टा गुमाएका पत्रकार मित्रको लागि आफुसक्दो सहयोग गरिदिनुहुन म आग्रह गर्दछु । हरेक सहयोगदाताको नाम, ठेगाना, सहयोग राशी, र सम्भब भए सम्म फोटो समेत् नेपाल मदर डट कम बाट प्रकासित् गरी वहाँहरुको सम्मान गरिनेछ । सहयोग दाताले सिधै काठमाडौंमा रहेका पीडित पत्रकार थपलिया लाई आँफै संपर्क गरी पठाउन चाहेमा निम्न ठेगाना वा फोन मा संपर्क गर्नुहुनेछ
- रविन प्रसाद थपलिया मनमैजु ५, काठमाण्डौ, मोवाईल ९८४१६५९४९४, rabin.thapaliya@gmail.com , - गोर्खा विकास वैक . पुतलीसडक, खाता नम्वर 03823 SA अमेरिकामा रहेका वा अन्य देशमा रहेका साथीहरुले मनि ग्राम वा वेष्टर्न युनियन वा सिधै थपलिया जि को बैंक को खाता मा सहयोग राशी पठाउन सक्नुहुन्छ । यदी अमेरिकामा रहेका कुनै महानुभाब् ले हामी मार्फत पठाउन चाहेमा हाम्रो ईमेल वा फोन मा संपर्क गर्नुहोला ।           
    - रामप्रसाद खनाल - प्रधान सम्पादक, नेपाल मदर डट कम   
       अध्यक्ष्य - अन्तरराष्ट्रिय कलाकार मन्च, अमेरिका

सहयोगको वारेमा रविन जि ले गर्नु भएको अपिल तल ।...

जातीय राजनीति र आदिवासीको खेती

- मोदनाथ प्रश्रित
नेपालमा जनजाति, जाति, राष्ट्र र राज्यको स्वरुप र चरित्रबारे भ्रमको शृङ्खला तयार गरिएको छ। त्यसमाथि कतिपय नेताहरु आफ्नो सङ्कीर्ण स्वार्थवश नयाँनयाँ भ्रमका जाली पर्दा थप्दैहुन। नेपाली जनतालाई परस्परमा जुधाएर आफ्ना विभिन्न स्वार्थ पूरा गर्न नवउपनिवेशवादी र धार्मिक मिसनरी तत्वहरु यसका मूल सूत्राधारहरु छन्््। आफूलाई ठूला दलका दिग्गज नेता भन्नेहरु देशको समाज विकासको क्रम, वर्तमान यथार्थ र भावी जटिल र खतरातिर ध्यान नदिई भेडाको बथान झैं हिडिरहेका हुन। रातको कुहिरोमा नागबेली बाटोमा गुड्ने गाडीको स्थितिमा पुगेको छ अहिले यो देश। एक डेढ दशकदेखि आदिवासी र जनजाति शब्द जुम्लीया सन्तानजस्तै गरी प्रचारमा ल्याइएका हुन। मानौं यी दुईशब्द पर्यायवाची या समानार्थी हुन। तीन(चारहजार वर्षयता त्यसभन्दा अघिदेखि यस देशमा बस्दै आएका जनसमुदायले आफूलाई.....

सरकारलाई समर्थन गरेको नेपाल मजदुर किसान पार्टीले समर्थन फिर्ता

"माओवादीसँग काग्रेसले गणतन्त्र र संघियतामा आत्मसमर्पण गर्नु नीतिगत त्रुटि "
तीन प्रमुख दलको राजनीतिक असमझदारी बढ्दै गएको छ। यसले संविधानसभाको भविष्य थप अनिश्चित पारेर लगेको अवस्थामा सरकारलाई समर्थन गरेको नेपाल मजदुर किसान पार्टीले समर्थन फिर्ता लिएको छ।
भक्तपुरमा शनिबार बसेको नेमकिपाको केन्द्रीय बैठकले सरकारप्रतिको आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको हो। सरकार गठनपूर्व एमालेले गरेको १८ बुँदे प्रतिबद्धता सरकारले पूरा नगरेको आरोप नेमकिपाको छ। त्यसै गरी शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन यो सरकार असक्षम रहेको समेत ठहर गर्दै आफ्नो पार्टीले समर्थन फिर्ता लिएको जनाइएको छ। वर्तमान सरकारले देश र जनताको लागि कुनै पनि काम ....

20100611

सहमति माओवादीका तर्फबाट कार्यान्वयन नहुदासम्म प्रधानमन्त्रीको राजीनामा नआउने

एमाले नेता केपी ओलीले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात नगरेसम्म कुनै पनि हालतमा माओवादीको नेतृत्वमा सरकार नबन्ने ठोकुवा
सदनको बैठक आह्वान हुन नसक्दा सरकारको नीति तथा कार्यक्रम र बजेट अन्यौलमा रहेका समयमा सरकारमा सहभागी दश दलले पछिल्लो पटक भएको तीन बुँदाको सहमति माओवादीका तर्फबाट कार्यान्वयन नहुदासम्म प्रधानमन्त्रीको राजीनामा नआउने निर्णय दोहराएका छन्। सरकारमा सहभागी दलका प्रमुख नेताहरुको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको संयुक्त बैठकले प्रधानमन्त्रीको राजीनामा र सहमतिको कार्यान्वयनका बिषयहरु अलग अलग रहेको भन्दै तत्कालकै यथावत अवस्थामा प्रधानमन्त्रीको राजीनामा आउन नसक्ने निर्णय गरेको हो। उनीहरुले माओवादीलाई तीन बुँदाको सहमति ईमानदारीताका साथ पालना गर्न समेत सुझाव दिएका छन्। बैठकपछि सन्चारकर्मीसंग कुरागर्दै काँग्रेसका कार्यबहाक सभापति....

20100610

कङ्ग्रेसले माओवादी अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुन नसक्ने निष्कर्ष

माओवादी स्थायी समितिको बिहीबारको बैठकले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरेलगत्तै बसेको नेपाली कङ्ग्रेस बैठकले दाहालको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुन नसक्ने निष्कर्ष निकालेको छ। शान्ति प्रक्रिया र संविधान निर्माणको सुनिश्चितताका लागि निश्चित कार्यतालिकासहितको प्रतिबद्धताबिना प्रधान मन्त्रीले राजिनामा दिँदा शान्ति प्रक्रिया भाँडिने पनि उसले निष्कर्ष निकालेको छ। केन्द्रीय कार्यसमितिको बिहीबारको बैठक माओवादीका अध्यक्षको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने निष्कर्षमा पुगेको पार्टी प्रवक्ता अर्जुननरसिंह केसीले....

तितो सत्यको नयाँ भाग हेर्नुस् ल !



जंगबहादुरभन्दा प्रचण्ड धेरै अगाडि छन् !!!

-देवप्रकाश त्रिपाठी
जंगबहादुर राणा र प्रचण्ड एकै काँटी र कोटीका होइनन्, तथापि कतिपय कारणवश प्रचण्ड जंगबहादुरसँग दाँजिने हैसियतमा पुगेका छन् । यसरी प्रचण्डलाई जंगबहादुरसँग तुलना गरिँदा नौलो जनवाद प्राप्ति यात्राका यात्रीहरूलाई चोट पुग्न सक्छ, र जंगबहादुरका हिमायती एवम् समर्थकहरूलाई पनि यस कुराले दुःखी तुल्याउन सक्छ । इतिहासका यी दुई पात्र तुलना गर्न लायक यसकारणले मान्न सकिन्छ कि दुवैले सत्ता पाउन हिंसाको सहारा लिएका हुन् र दुवै व्यक्ति इतिहासका सबैभन्दा आलोचित, विवादास्पद र खास समूह विशेषका प्रियपात्र हुन् । जंगबहादुरले सत्ता प्राप्तिका निम्ति रचना गरेको हिंसात्मक ब्युहमा करिब दुई दर्जन मानिस मारिएको प्रमाण भेटिन्छ, जब कि प्रचण्डले जनयुद्धका नाममा चलाएको हिंसात्मक युद्धमा करिब पन्ध्र हजार नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूको सङ्ख्याका .....

संबिधान बनोस नबनोस प्रचन्डलाई प्रधानमन्त्रीको कुर्सी नभै नहुने रे ! बाबुरामलाई फेरी लोप्पा

प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीले भावी राष्ट्रिय सहमतीको सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले नै गर्ने पुरानो अडान दोहोर्‍याएको छ। अध्यक्ष दाहालको निवास नयाँ वजारमा विहिबार वसेको माओवादी पदाधिकारीको वैठकले राष्ट्रिय सरकारको नेतृत्वमा अन्य विकल्प नरहेको स्पष्ट समेत पारेको छ। अध्यक्ष दाहालको विकल्पमा उपाध्यक्ष डाक्टर वावुराम भट्टराईको नाम चर्चामा रहेको वेला माओवादीले त्यस्तो अडान दोहोर्‍याएको हो। राष्ट्रिय सरकारका लागि पार्टीले अन्य विकल्प समेत अगाडि सार्ने वताईरहेको वेलामा माओवादीले पूर्व अडानलाई निरन्तरता दिएको हो। माओवादीले सरकारको नेतृत्व गर्ने अवसर आएको.......

20100609

हामीलाई मन परेको कार्टुन : हुन पनि हामी नेपालीको स्वभाब यस्तै नै छ है ......!!!

नेपाल सम्बन्धी भारतीय नीति असफल !

अधिकतम लचकता अपनाएर राष्ट्रिय सहमतीको सरकार गठन गर्ने एमाले स्थायी समितिको निर्णय
 नेपालका लागि भारतीय पूर्व राजदूत केभी राजनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रिया र संविधान लेखनलाई निस्कर्षमा पुर्‍याउन नेपालका राजनीतिक दलहरुसंग आग्रह गरेका छन्। बुधबार राजधानीमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व राजदूत राजनले बिश्वकै नमुना शान्तिप्रक्रियालाई निस्कर्षमा पुर्‍याउने नेपाली नेताहरुको प्रयासलाई भारतको पूर्ण समर्थन रहेको बताए। नेपालको राजनीति सहमतिय बाटोमा जाने कुरामा आफू विश्वस्त रहेको पनि बताउँदै उनले माओवादीको सहयोगमा प्रमुख दलहरुले शान्तिप्रक्रियालाई सफल पार्नुपर्ने समेत सुझाव दिए। यसैबीच पूर्वराजदुत राजनले नेपाल सम्बन्धी भारतीय नीति असफल रहेको भन्दै त्यस बिषयमा पुनरावलोकन गर्नु पर्ने......

20100608

माओवादी अध्यक्ष प्रचण्ड सँग कमल थापाको भेट, "माओवादी सांस्कृतिक राजाको पक्षमा "

नेपाललाई हिन्दू राज्य घोषणा गर्नुपर्ने प्रमुख लक्ष्यसहित अघि बढ्ने केन्द्रीय समितिको निर्ण्र्ाागत्तै राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालका अध्यक्ष कमल थापाले सांस्कृतिक राजसंस्था राख्ने पक्षमा माओवादी पनि रहेको खुलासा गरेका छन् । पार्टर्ीीे दर्ुइ दिनसम्म चलेको केन्द्रीय समितिको बैठकको निर्ण्र्ाार्सार्वजनिक गर्न मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, 'धार्मिक र सांस्कृतिक रूपमा राजालाई राख्न सकिन्छ भनेर माओवादीले अघि सारेको मान्यतामा उनीहरू अडिग छन ।' थापाले एक साताअघि मात्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट भएको जानकारी दिँदै माओवादीले संविधानसभाको निर्वाचनलगत्तै सांस्कृतिक र धार्मिक रूपमा राजसंस्थाको पक्षमा आफ्नो धारणा बाहिर ल्याएको दृष्टान्त दिए ।
'मसँगको पछिल्लो भेटमा प्रचण्डले आफूहरू धार्मिक र सांस्कृतिक राजाकै पक्षमा रहेको बताउनुभयो'........

नयाँ सरकार बनाउने गृहकार्य सुरु !

प्रमुख सत्तारुढ दुई घटक कांग्रेस र एमालेले माओवादीसँग 'प्याकेज'मा सहमति गर्दै नयाँ सरकार बनाउने गृहकार्य सुरु गरेका छन् । तीन बुँदे सहमति कार्यान्वयनसँगै सरकारको राजीनामापछि बन्ने राष्ट्रिय सरकारका बिषयमा दुई दलबीच छलफल सुरु भएको हो । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलबार साँझ बसेको बैठकमा माओवादीसँग 'प्याकेज'मा सहमति गर्दै नयाँ सरकारको गृहकार्यबारे छलफल भएको एमाले अध्यक्ष झलनाथ खनाले बताए । जेठ १४ गते भएको सहमतिअनुसार वर्तमान सरकारले अविलम्व राजीनामा दिने निश्चित भए पनि नयाँ सरकार गठनका बिषयमा गृहकार्य आवश्यक भएको खनालले बताए । 'यो सरकारले राजीनामा दिने भनिसकेको छ । यसले अविलम्व राजीनामा दिन्छ,' खनालले भने, 'तर नयाँ....

20100607

अमेरिकामा यसरी गर्जिए अबकाश प्राप्त प्रधानसेनापती रुकमांगत कटवाल !

नेपाल अमेरिका पत्रकार संघको आयोजनामा अमेरिकाको भर्जिनिया मा आयोजित अन्तर्कृया कार्यक्रममा अबकाश प्राप्त प्रधानसेनापती रुकमांगत कटवालले फेरी खुलेरै नेपालमा भैरहेका माओवादी गतिबिधी प्रती असन्तोष मात्र जनाएनन उनले हतियार राज्यलाई बुझाउन र हिंसा त्याग्न आग्रहगरे । के के भने कटवालले हेर्नुस् भिडियो क्रमस: 
फोटो र भिडियोहरु हेर्न Read more »  मा क्लिक गरी भित्र जानुस् ......

असिनाप्रसाद अमेरिका आउन कुइरे फकाउदै



20100606

प्रधानमन्त्री नपाएपछी प्रचन्ड तनाबमा, आराम गर्न हेलम्बुतिर, चितवनमा माओवादीले मारेका ३८ जना र अन्य घाइते परिवारको बिचल्ली

"लडाकुलाई समायोजन नगरी अर्को चुनाव आफ्नो पक्षमा बनाउने रणनीतिमा माओवादी"
एकीकृत माओवादीका अध्यक्ष पुष्पकलम दाहाल आफ्ना परिवारजन र सहयोगीका साथ सिन्धुपाल्चोक जिल्लाको हेलम्बु तर्फ गएका छन्। आइतबार दिउसो करिव दुई बजे अध्यक्ष दाहाल सहयोगी तथा पोलीटब्युरो सदस्य अग्नी सापकोटालाई साथमा लिएर त्यस तर्फ गएको माओवादी स्रोतले जनाएको छ। आराम गर्नका लागि हेलम्बु तर्फ गएका अध्यक्ष दाहाल किन गएको हो भन्ने बारेमा केही बताईएको छैन। यस अघि पनि माओवादी अध्यक्ष दाहाल आराम गर्ने भन्दै राजधानी नजिकका जिल्लाका केही स्थानमा गएर बस्ने गर्दै आएका थिए। चितवन जिल्लाको माडी घटनाका रुपमा परिचित बाँदरमुढे बम कान्डको पाँच वर्ष वितिसक्दा समेत घटनाका पीडितले अझै राहत पाएका छैनन्। घटनाको दोषी माओवादी किटान हुँदा पनि कारबाही....

20100605

के यो नेपाली जनता प्रती गद्दारी होइन ?



"घुमाइ फिराइ अपहरण मा माओवादीको हात ": प्रहरी श्रोत, अपहरित डा. श्रेष्ठलाई धादिङबाट उद्धार

Breaking News......माओवादीले नै हिन्दूहरु लाई बदनाम गर्न डाक्टर भक्तमान श्रेष्ठ अपहरण काण्डमा हिन्दू जनता पार्टीको नाम दिएको तर खेल सबै माओवादीको हुन सक्ने प्रहरी र बिस्लेसक हरुको एक मत छ भन्छन हाम्रा सम्बाददाता । जे होस् बिस्तारै खुल्दै जानेछ अपहरण काण्डको पर्दा । "भक्तमान को भनाइ सुन्दा यती ब्यबस्थित अपहरण माओवादी बाहेक कसैले गर्न सक्दैन, फेरी के हो हिन्दू जनता पार्टीको नाम दिएको अचम्म ! यो सब माओवादीको नाटक हो । माओवादीको धम्किका कारण भक्तमन बोल्न सकिरहेका छैनन, उनको अपहरण मा माओवादी सचिब राम बहादुर थापा बादल सम्मको हात रहेको तथ्य हरु छ" प्रहरी अनुसन्धान श्रोत को दाबिछ ।

 डा. श्रेष्ठले दिएको जानकारी अनुसार जेठ ४ गते भरतपुरस्थित अस्पतालबाट निस्केर घर जानलाग्दा हाकिम चोकबाट तीनवटा गाडीमा आएका अपहरणकारीले पेस्तोल कन्चटमा तेर्स्याएर आपहरण गरी आँखामा पट्टी बाँधेर अज्ञात स्थलमा लगेका थिए । त्यहा“ धेरै चिसो थियो । सिरक ओडेर सुत्नुपर्ने स्थान हो । खान बस्न राम्रोस“ग व्यवस्था गरेका थिए भने उनीहरूको शिविरमा करिब च्ाार हजारको हाराहारीमा सेना जस्ता लाग्ने मानिस रहेका थिए ।
लौ तपाईं आँफै भन्नुस् चार हजार सेना जस्ता लाग्ने मानिस् नेपाली सेना र प्रहरी बाहेक अरु क्सैसँग छ भने त्यो माओवादीसँग छ, नेपाली सेना, प्रहरीले अपहरण गर्ने कुरै भएन भने पछी माओवादीले अपहरण गरेको भन्ने कुरा मा कुनै शंका रह्यो र ?? र पनि नाटक हेदै जाउँ न के के भन्दा रहेछन माओवादीले ।.....

धुर्मुस र माग्ने बुढाको करामत हेर्ने कि !



20100604

"माओवादीबाट सहमतिको घोर उलंघन, वेइमानी गरेको निष्कर्ष" : काँग्रेस र एमाले

पछिल्लो पटक प्रमुख दलहरुकाबीच भएको तीन बुँदे सहमतिको माओवादीले गलत अर्थ लगाएको भन्दै काँग्रेस र एमालेले सम्झौता कार्यान्वयन माओवादीले नगरेर वेइमानी गरेको निष्कर्ष निकालेका छन्। प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार विहान बसेको दुई दल काँग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले सम्झौताको पहिलो बुँदा कार्यान्वयन गर्न छाडेर माओवादीले प्रधानमन्त्रीको राजीनामाको कुरा मात्र गरेर वेइमानी गरेको निष्कर्ष निकालेका हुन्। तीन बुँदेको पहिलो बुँदामा शान्ति प्रकृयालाई सार्थक निष्कर्षमा पुर्‍याउन बाँकी कामहरु अविलम्व सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिममेवारी पूरा गर्न, सहमति र सहकार्यका साथ अघि बढ्न दृढ प्रतिज्ञा.....

कठै बरा एकै घरका सात जनाको मृत्यु !!!

जंगलबाट ल्याएको विषालु च्याउ खाएर बिरामी परेका चितवन काम्दा गाउँका थप एकजनाको बिहिबार राति मृत्यु भएको छ। भरतपुर अस्पतालको आईसीयूमा उपचार गराइ रहेका पूर्णबहादुर चेपाङको मृत्यु भएको हो। यो सहित विषालु च्याउ खाएर मर्नेको संख्या सात पुगेको छ। सवैजना एकै घरका हुन्। लोथर गाविसमा पर्ने विकट पहाडी गाउँ काम्दाका ६५ वर्षीय बाबुराम चेपाङको परिवारका आठजानले गएको शुक्रबार राती च्याउ पकाएर खाएका थिए। बाबुराम सहित गाउँमा तीनजनाको पहिले नै मृत्यु थियो भने अरु चारजनाको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । च्याउ खाएर विरामी परेका मध्ये एकजना जीतबहादुर चेपाङको मात्रै अहिले काठमाडौंमा उपचार भएरहेको छ। उपचारमा संलग्न चिकित्सक डा. वीजयराज पौडेका अनुसार....