( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20100930

नौ पटकको चुनावमा पनि नौटंकी, प्रचण्ड र झलनाथ एक, रामचन्द्र बलिको बोको, सर्बोच्च अदालत बोल्यो, कमल थापाले झन पोल्यो !

कङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल प्रधान मन्त्री पदका लागि संसदमा भएको चुनावमा नवौं पटक पराजित भएका छन् । बिहीबार भएको प्रधान मन्त्रीको चुनावमा १ सय ६८ जना सांसदको उपस्थिति थियो । पौडेलको पक्षमा १ सय ५ मत पर्‍यो। त्यसैगरी विपक्षमा २ र तटस्थमा ६१ मत परेका थिए। प्रधान मन्त्रीको लागि दसौं चुनाव असोज २० गते हुनेछ । एमालेतर्फबाट उम्मेद्वार बनेका पार्टी अध्यक्ष झलनाथ खनाल र माओवादी उम्मेद्वार अध्यक्ष पुष्पकमल दाहालले उम्मेद्वारी फिर्ता लिएपछि पौडेल एक्लै चुनावी मैदानमा थिए। आफूले हार्ने पक्का भएपछि पौडेलले एमालेबाहेकका अन्य सत्ता साझेदारहरुको समर्थनमा आजको चुनाव एक महिनापछि सार्न सभामुखलाई आग्रह गर्ने निर्णय आजै गराएका.....

20100929

माओवादी नेतृत्व अचानक नयाँ रणनीतिक चालबाजीका साथ प्रकट

शान्तिको आडमा सत्ता सत्ताको आडमा क्रान्ति प्रधानमन्त्री बन्न गरिएका अनेकौं प्रयास असफल भएपछि माओवादी नेतृत्व अचानक नयाँ रणनीतिक चालबाजीका साथ प्रकट भएको छ र यसक्रममा माओवादी पहिलेभन्दा उदार एवम् व्यावहारिक देखिन खोजेको छ। आफूलाई प्रधानमन्त्री बन्न भारतले रोकेको ठान्नुहुने प्रचण्ड पछिल्लो समयमा भारतप्रति निकै नरम किसिमले प्रस्तुत हुन थाल्नुभएको छ। सूत्रधारहरूसँगका अनौपचारिक बैठकहरूमा उहाँले 'भारतसँग लडेर केही नलाग्ने रहेछ' भन्ने अभिव्यक्ति दिँदै आफूलाई प्रधानमन्त्री बन्न सहयोग पुर्याकए भारतलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेकोे जनाउ दिनुभएको छ। माओवादी लडाकुहरूको व्यवस्थापन नगरी प्रधानमन्त्री बन्न नसकिने सङ्केत मिलेपछि अहिले प्रचण्ड....

अमेरिकामा कसरी आफनै विजनेश स्थापना गर्ने ??

क्यान युएसएद्धारा आयोजित अमेरिकामा कसरी आफनै विजनेश स्थापना गर्ने बारे कार्यशाला गोष्ठि क्यालिफोर्निया सम्वाद्धाता, सेप्टेम्बर२७ ,  क्यान युएस ए र नेपालको युवाको संयुक्त आयोजनामा यहि...

20100928

पूर्वराजा ज्ञानेन्द्रलाई सांस्कृतिक एवम् धार्मिक कार्यक्रममा सहभागी हुन आंशिक रोक लगाए लगत्तै पूर्वयुवराज्ञी हिमानी शाहद्वारा एनजीओ दर्ता !

पूर्वराजा ज्ञानेन्द्रलाई सांस्कृतिक एवम् धार्मिक कार्यक्रममा सहभागी हुन आंशिक रोक लगाए लगत्तै पूर्वयुवराज्ञी हिमानी शाहले नागरिकको हैसियतले सामाजिक संस्था दर्ता गराउनुभएको छ। जिल्ला प्रशासन कार्यालय पुग्नुभएकी पूर्वयुवराज्ञी हिमानीले हिमानी ट्रस्ट नामक सामाजिक संस्था दर्ता गराउनुभएको हो। बालबालिका महिला युवा वृद्धा स्वास्थ्य शिक्षा रोजगारी र भवन निर्माणजस्ता उद्देश्य राखी दर्ता गराइएको सामाजिक संस्थाको मुख्य काम वृद्धा र अनाथ बालबालिकाको सेवा गर्नु रहेको छ। सर्वसाधारण सबैका लागि खोलिएको उक्त संस्थामा सेवा गर्ने भावनाले आउने जोकोहीलाई पनि प्रवेश खुला गरिएको छ। पूर्वयुवराज्ञी हिमानी स्वयम्ले पत्रकारसम्मेलन आयोजना गरी संस्थाको उद्देश्य कार्यक्षेत्र र कार्यालय स्थापनालगायत सबै विषयमा जानकारी दिने तयारी भइरहेको बताइएको छ। संस्थाको अध्यक्ष आफैं रहेको तदर्थ समिति गठनपछि हिमानी शाहले विभिन्न जिल्लामा जिल्ला शाखा खोल्नेसमेत विधानमा उल्लेख गरिएको छ।
अमेरिकाको भर्जिनियामा सय वर्ष पछि गत बिहीबार मृत्युदण्ड मार्फत ज्यान गुमाउने पहिलो महिला बनिन टेरेसा लेविस
वासिंगटन,क्षमादानका लागि गरिएको अन्तिम प्रयास अमेरिकी सर्वोच्च अदालतबाट अस्वीकृत भएपछि ४१ वषर्ीया टेरेसा लेविस यही बिहीबार अमेरिकाको भर्जिनियामा मृत्युदण्ड मार्फत ज्यान गुमाउने पहिलो...
नेपालका मात्र नभै विश्वकै हिन्दूहरुका आस्था, धुरन्धर विद्वान जगदाचार्य नेपाली बाबा आफ्नै हस्त लिपीमा यसरी केही लेख्दै हुनुहुन्छ तपाईंहरुकालागी ! एक पटक पुरै पढ्ने कि तपाईं पनि !
- गोबिन्द/मन्दिरा मैनालीबाट



 
 
 

20100927

नेपाली कांग्रेस केन्द्रीय समितिको लागि भएको निर्वाचनअन्तर्गत खुलातर्फको २५ सिट र अञ्चल तर्फको १४ सिटको नतिजा सार्वजनिक

कसको प्यानलबाट कसले जिते ?

नेपाली कांग्रेस केन्द्रीय समितिको लागि भएको निर्वाचनअन्तर्गत खुलातर्फको २५ सिट र अञ्चल तर्फको १४ सिटको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अञ्चलतर्फ संस्थापन पक्ष १४ सिटमा र देउवापक्ष ११ सिटमा विजयी भएको छ । यसैगरी अञ्चलतर्फको निर्वाचनमा संस्थापन ९ र देउवा पक्ष ५ स्थानमा विजयी भएको छ । यसअघि भएको आरक्षित  कोटातर्फको चुनावी परिणाममा देउवा पक्षले १२ र संस्थापनले १० सिटमा विजय प्राप्त गरेको......

20100926

प्रहरी कार्यालयवाटै प्रहरी एक सातादेखि बेपत्ता !

लमजुङको राईनास मोहोरियाकोट गाविस–१ बगुवा घर भई जिल्ला प्रहरी कार्यालय तनहूँमा कार्यरत प्रहरी जवान रवि पाण्डे एक सातादेखि बेपत्ता छन् ।उनी गत सोमबार विहान ९ बजेसम्म ड्युटीमा खटिएकै समयवाट कार्यालयवाटै बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी बेपत्ता भएको यो दोस्रो घटना हो । यस अघि अर्घाखाँची जिल्ला घर भएका प्रहरी जवान विष्णु क्षेत्री कार्यालयबाटै बेपत्ता भएका थिए । उनको अवस्था हाल सम्म अज्ञात छ । गत आइतबार राती साढे ९ बजे कार्यालय नजिकै रहेको डेराबाट ड्युटीमा गएको, विहान ९ बजेसम्म ड्युटी मै रहेको र त्यस पछि रवि सम्पर्कमा नआएको पाण्डेकी श्रीमती यशोधा पाण्डेले बताईन् ।
२० वर्षसम्म अमेरिकामा रहेर अनुभव सँगालेको अनिल पाण्डेलाई त पछार्ने कम्पनीहरु यहाँ खडा छन् भने...!
 हालै प्रकाशित तालिमको अवसरसम्बन्धी एक विज्ञापनमा नेपालीको रुचि देखिनु स्वाभाविकै छ । विज्ञापनले भन्छ यदि तपाईं अमेरिकामा हुनुहुन्छ र सानो-तिनो व्यापार-व्यवसाय गर्न चाहनुहुन्छ भने हामी तपाईंलाई निशुल्क तालिम प्रदान गर्दछौं सम्भावना र चुनौतीका बारेमा जानकार गराउँछौं । अमेरिकामा जीविकोपार्जनका लागि संघर्ष गरिरहेका हरेक नेपालीका लागि यस विज्ञापनले मनकै कुरा गरेको छैन त स्वाभाविक छ नेपाली समुदायको उत्थानका लागि यस प्रकारको प्रयास सदा......

देश प्रधानमन्त्री बिहिन, माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री उम्मेदवारी फिर्ता लिए, रामचन्द्र पौडेल आठौं पटक पराजित

प्रधानमन्त्री चयनका लागि भएको निर्वाचनमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल आठौं पटक पराजित भएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी फिर्ता लिएपछि एक्लो प्रत्यासी बनेका पौडेलले १ सय १६ मत मात्र ल्याए। प्रधानमन्त्रीको नवौं चुनाव असोज १४ गते दिउँसो ३ बजे हुनेछ । प्रधानमन्त्री निर्वाचित हुन कम्तिमा ३ सय मत आवश्यक रहेकोमा पौडेलले १ सय १६ मत मात्र पाउँदा विपक्षमा २ मत पर्‍यो। ७१ सांसद तटस्थ रहे।
पूर्व राजा ज्ञानेन्द्रलाई धार्मिक कार्यक्रममा कार्यक्रममा सहभागी हुन नदिएकोप्रति छोरा पारसले आपत्ति जनाए
पूर्व राजा ज्ञानेन्द्रलाई धार्मिक कार्यक्रममा कार्यक्रममा सहभागी हुन नदिएकोप्रति छोरा पारसले आपत्ति...

20100925

बुद्धको जन्म भारतको लुम्बिनीमा भएको र नेपाल भारतकै एक प्रान्त भन्ने कुरा गलत भएको ३५ देशका प्रतिनिधि र अमेरिकनलाई बुझाउदा !

३५ भन्दा बढी देशका करीब  ६  हजार मानिसको उपस्थितिमा अमेरिकामा चौथो अन्तराष्ट्रिय शान्ती समारोह सम्पन्न   
अमेरिकाको भर्जिनिया क्याटलेट स्थित भियत्नामीहरु द्वारा निर्मित बिशाल बुद्ध मन्दिर परिसरमा हिजो करीब ३५ देश भन्दा बढी बाट सहभागी एबम अमेरिकनहरु द्वारा चौथो अन्तरराष्ट्रिय शान्ती समारोह एबम शान्तिका लागि प्राथना कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । बेलुकी ५ बजे देखी शुरु भै राती करीब १० बजे सम्म चलेको...

पलायन हुनबाट रोक्न १६ सय माओवादी राजनीतिक दबाबमा जुवाघरमा आबद्ध, उद्योगी–व्यवसायीहरू माओवादीको यो शैलीप्रति सन्तुष्ट छैनन्

दोस्रो जनआन्दोलन ०६२/६३ को सफलतासँगै शान्ति प्रक्रियामा आएको नेकपा माओवादीले पार्टी निकट युवा तथा कार्यकर्ताहरूलाई राजधानीका आठवटा पाँचतारे होटल तथा क्यासिनो (जुवाघर) मा १६ सय बढी कार्यकर्तालाई आबद्ध गराएको छ । जनयुद्धमा सक्रिय रहेका तथा पार्टीप्रति आस्था राख्ने कार्यकर्ता पलायन हुनबाट रोक्न आफ्नो पार्टीले तारे होटल र उद्योग÷कलकारखानालाई रोजगारका लागि आकर्षक केन्द्र बनाएको कुरा माओवादीका एक नेताले स्वीकारे । शान्ति प्रक्रियामा आउनु अघि राजधानीका होटल, उद्योग तथा कलकारखानामा माओवादी समर्थित मजदुर तथा कर्मचारी छिटपुट रूपमा कार्यरत थिए तर खुल्ला राजनीति...

20100923

नेकपा एमाले फेरि एकपटक प्रचण्डको चालबाजीको सिकार !!!

प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा सातौंपटक पराजित भएर गल्नुभएका प्रचण्डले आफ्ना निम्ति परिस्थिति अनुकूल बनाउन रच्नुभएको जालमा नेकपा एमाले फेरि एकपटक परेको छ । एक्लै हिँड्न र आफूले तय गरेका एजेण्डामा अरूलाई घिसार्न माहिर मानिनुहुने प्रचण्डले अप्ठ्यारो परेपछि कहिले काङ्ग्रेसको त कहिले एमाले र कोही नपाए मधेसी तथा अन्य साना दलको वैशाखी टेकेर भए पनि आफ्नो भूमिका जोगाउने गर्दै आउनुभएको छ । यसपटक उहाँले एमालेलाई गोटी बनाएर आफ्नो साधना पूरा गर्ने इरादा राख्नुभएको छ । लामो प्रजातान्त्रिक अभ्यासमा खारिएको मानिने एमाले अचानक प्रचण्डको चालबाजीको सिकार भएको...

केपी ओलीले माओवादीको दोहोलो काढ्दै भने "हत्या, हिंसा, सत्ता कब्जा, सम्पत्ति कब्जा, अपहरण, लुटपाट माओवादीको सिद्धान्त र राजनीति"

रामहरि श्रेष्ठको हत्यामा प्रमुख जिम्मेवार ठहर्‍याइएका माओवादी केन्द्रीय सदस्य कालीबहादुर खाम र आर्थिक हिनामिना गरेका अर्का केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे 'टङ्कमणि' लाई निलम्बन
एमाले वरिष्ठ नेता केपी शर्मा ओलीले हत्या, हिंसा र सत्ता कब्जाको नीति नत्यागेसम्म माओवादीसँग विश्वासको राजनीति गर्न नसकिने बताएका छन्। नेता ओलीले माओवादी सिद्धान्त हत्या, हिंसा र सत्ता कब्जा रहेकाले ऊसँग सहमति हुन नसकेको बताए। 'विश्वासको राजनीति भएन भनेर उफ्रिउफ्री कराउने, गएर छवि कार्कीको हत्या गर्ने अनि कहाँ हुन्छ विश्वासको राजनीति ?', बिहीबार विराटनगरमा नेता ओलीले भने- म यहीँबाट.....

20100922

सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई तलेजु मन्दिरपरिसरमा आयोजना गरिएको कन्या र पूर्वकुमारीपूजा तथा सम्मान कार्यक्रममा सहभागी हुन रोक !

सुरक्षाका नाममा सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई वसन्तपुरस्थित तलेजु मन्दिरपरिसरमा आयोजना गरिएको कन्या र पूर्वकुमारीपूजा तथा सम्मान कार्यक्रममा सहभागी हुन रोक लगाएपछि पूर्वराजा ज्ञानेन्द्रले मंगलबार दिउँसो ९ जना पूर्वकुमारीलाई निर्मलनिवासमै सम्मान र पूजा गर्नुभएको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार विश्व हिन्दू युवा परिषद्ले हिजो मंगलबार बिहान ११ बजे आयोजना गरेको ५ सय ४ कन्या र ९ जना पूर्वकुमारीको सम्मान तथा पूजा कार्यक्रममा सहभागी हुने तयारी गर्दा पूर्वराजा ज्ञानेन्द्रलाई २ घण्टाअगाडि रोक लगाइएको..........................

नेपालका ठुला ठुला कुरा गर्ने हरुले यो भिडियो हेरौँ त !


 अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक, तपाईंले पनि बिचार  गर्ने कि ??
 अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster, 703-419-0924

20100921

नेपाली कङ्रेसका शुभचिन्तकहरुलाई दु:खद समाचार : त्रिसुलीमा कार खस्दा कांग्रेस महाधिवेशनबाट फर्कंदै गरेका तीनको मृत्यु , तीन घाइते

कांग्रेस महाधिवेशनमा सहभागी भएर पोखरा फर्कंदै गरेको कार बुधबार अपरान्ह त्रिसुली नदीमा खस्दा कांग्रेस कास्की क्षेत्र नं. २ सभापति कृष्ण पराजुली, युवराज पहारी, तेजप्रसाद दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कांग्रेस कास्की जिल्ला सदस्य कास्की मदनबहादुर केसी, क्षेत्र नं. २ सभापति मधु बास्तोला र जोगेन्द्र बाटाजु गम्भीर घाइते भएका छन् । उनीहरुलाई शकुशल उद्धार गरी प्रहरीले उपचारका लागि भरतपुर अस्पताल पुर्‍याएको प्रहरी नायब निरीक्षक विनोद धितालले जानकारी दिए ।
शेर बहादुरलाई पछार्दै  शुशिल कोइराला कङ्रेस सभापतिमा निर्बाचित, बिचरा भिम बहादुरको बिजोग   !
कांग्रेस नयाँ नेतृत्वका लागि मंगलबार भएको चुनावी माहौल कुनै संसदीय निर्वाचनभन्दा कमी थिएन !
नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले वर्तमान कार्यवाहक सभापति सुशील कोइरालालाई सभापति पदमा निर्वाचित गरेको छ। कोइरालाले १६५२ मत ल्याएका छन्, जुन पार्टी विधान अनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५० प्रतिशत भन्दा बढी हो। उनका निकट प्रतिद्वन्द्वी शेरबहादुर देउवाले १३१७ मत मात्रै.....

कांग्रेसको नयाँ नेतृत्वका लागि निर्वाचन, मतगणना सुरु

कांग्रेसको नयाँ नेतृत्वका लागि बिहानदेखि भएको मतदान साँझ सकिएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको मतदानमा ३ हजार ३७ मतदाता सहभागी भएको निर्वाचन समितिले जनाएको छ । राति ८ बजेदेखि मतगणना सुरु हुने,  पहिलो चरणमा सभापतिको मतगणनामात्र सुरु हुने छ । निर्वाचनमा संस्थापनबाट सभापतिमा सुशील कोइराला, महामन्त्रीमा प्रकाशमान सिंह र कोषाध्यक्षमा पद्मनारायण चौधरी, देउवा प्यानलबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्री विमलेन्द्र निधि र कोषाध्यक्षमा चित्रलेखा यादव तथा तेश्रो धारबाट सभापतिमा भीमबहादुर तामाङ र महामन्त्रीमा नरहरि आचार्य मैदानमा छन् । ६१ सदस्यीय केन्द्रीय सदस्यका लागि ३ सय ३६ मैदानमा छन् ।
 मैले त अमेरिकामा बसेर नेपालीहरु कुरौटे मात्र बनेको पाएँ

- अनिल पाण्डे
अमेरिकामा केही समययता सगरमाथाको नाम अलि बाक्लै सुन्न थालिएको छ । नेपालीहरुले ुआइुएम अ सिटिजन अफ द कन्ट्री ह्वेयर इज माउन्ट एभरेष्टु भन्दै विदेशीलाई परिचय दिने गरेका कारणले सगरमाथाको नाम सुन्ने गरिएको होइन । केही समयअघिसम्म नेपालबाट विविध कार्यक्रममा गाँसिएर अमेरिका आएका नेपालीहरु...

20100920

प्रचन्ड भन्छन "आउने चुनाबमा दुइतिहाइ ल्याउछौँ !"

जाने बेलामा माकुने सरकारले एउटा राम्रो निर्णय गर्‍यो
माओवादी अध्यक्ष पुष्पकमल दाहालले अबको आम चुनावमा माओवादीको दुई तिहाइ बहुमत आउने ठोकुवा गरेका छन् । उनले माओवादीको दुई तिहाइ बहुमत आउने डरले अन्य दलले षड्यन्त्र सुरु गरेको बताए । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा नवजनवादी मोर्चाबाट माओवादी प्रवेश गरेका नेताहरुको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा अध्यक्ष दाहालले क्रान्तिकारीबीच एकता गरेर विश्वमाझ नेपाली क्रान्तिलाई चिनाउनुपर्ने अवस्था आएको बताए, एमालेसँग भएको तीन बुँदे सहमति तथा अनमिनको म्याद...

20100919

अमेरिकाका बिभिन्न १० शहर मा कार्यक्रम प्रस्तुत गरेपछी भर्जिनियाको फल्स चर्चमा तितो सत्य तथा साँगितिक साँझ अभुतपुर्ब रुपमा सम्पन्न !

अमेरिकाका बिभिन्न १० शहर मा कार्यक्रम प्रस्तुत गरेपछी भर्जिनियाको फल्स चर्चमा अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिका नेपाल सोसाइटी, नेपाली साहित्य प्रतिस्ठान, अमेरिका नेपाल सहयोगी समाज, पासापुच अमेरिकाय, नेवा ओर्गनाइजेसन, धरान अमेरिका समाज, अमेरिका नेपाल चौपारी, तमु समाजको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा नेपालबाट आएका सुप्रसिद्ध हाँस्य कलाकार दिपक राज गिरी, दीपा श्री निरौला, गोपाल अधिकारीले दर्शक लाई भरपुर हसाएर नचाएर मनोरन्जन प्रदान गरे, यसै गरी बरिस्ठ गायक यम बराल, चन्चले स्वभाबकी लोकप्रिय पप गायिका नलिना चित्रकार, र नब एबम हालकी चर्चित लोक गायिका सुनिता दुलालका प्रस्तुतिले पनि दर्शक हरु रमे । साथमा आयुसा खनाल र केही स्थानिय कलाकार हरुको प्रस्तुती पनि राम्रो थियो। खचा खच भरिएको हलमा नेपाली राजदुत डा शंकर शर्माले सबै कलाकार हरुलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रम को शुरुवात र सम्मान समारोहको सँचालन बरिस्ठ कबि, साहित्यकार एबम नेपाली साहित्य प्रतिस्ठानका महा सचिब हेमन्त श्रेष्ठ, धन्यवाद मन्तब्य अन्तराष्ट्रिय कलाकार मन्च का अध्यक्ष्य राम प्रसाद खनाल र सँचालन टिका पुन, सुनिता दुलाल, गोपाल अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा बरिस्ठ चलचित्र नायक सरोज खनालले अक्टोबर ९ मा हुने दशैं सास्कृतिक साँझमा सबैलाई निमन्त्रणा गर्दै सहयोग का लागि आह्वान गर्नुभएको थियो।

20100918

गिरिजाप्रसादको अनुपस्थितिमा नेपाली काङ्ग्रेसको भविष्य !

 प्रचण्डलाई नयाँ दुलहीझैं राजधानीमा भित्र्याउन ‘डोले’ झैं खटिएकाहरू...!
-देवप्रकाश त्रिपाठी
गिरिजाप्रसाद कोइरालाको अनुपस्थितिमा नेपाली काङ्ग्रेसको भविष्य कस्तो होला भन्ने चिन्तायुक्त प्रश्नको उपादेयता अब समाप्त भएको महसुस गर्न थालिएको छ । बढ्दो जनआकर्षण र स्वस्फूर्त रूपमा प्रकट ऊर्जाले काङ्ग्रेसलाई सुस्पष्ट दिशा र नयाँ गति दिने विश्वास बढाएको छ । बाह्रौँ महाधिवेशनका क्रममा भएको आन्तरिक प्रजातन्त्रको अभूतपूर्व अभ्यास र कार्यकर्ताहरूमा बीपी विचारप्रति बढ्दो मोहले काङ्ग्रेसको सुदृढ भविष्यको सङ्केत गरेको छ । वास्तवमा काङ्ग्रेसजनले स्थापनादेखि यताको ६ दशकमा यसरी खुलेर....
 अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक, तपाईंले पनि बिचार  गर्ने कि ??
 अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster, 703-419-0924

20100917

१५ हजार भन्दा बढी मान्छे मारेर संसारमै कुख्याती कमाएका नौटँकी गर्न माहिर, नेपालका नबुझ्ने जनताका महान क्रान्तिकारी नेता, सात पटके हरुवा प्रचन्डले कङ्रेस महाधिबेसनमा धम्क्याउदा भएको हुटिङ हेर्नुस्

कङ्रेसको महाधिबेसनमा गएर धम्क्याउन खोज्दा प्रचन्ड बिरुद्ध हुटिङ, ओठ मुख सुक्यो प्रचन्डको, रामचन्द्रले गतिलै जबाफ दिए !

नेपाली कांग्रेसको १२ औं महाधिवेशन काठमाडौंमा भव्य रुपमा सुरु भएको छ। शुक्रबारको उद्‌घाटनमा प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल.....

20100916

कङ्रेसका संस्थापक मध्येका एक, पूर्व सभापति भट्टराई 'बिस्फोट'

"म यस्तो निर्थक र नक्कली संस्था कथित गणतान्त्रिक कङ्ग्रेसको निमन्त्रणामा महाधिवेशनमा  उपस्थित हुनु बेकार संझी सो को जनाउ तपाँईलाई दिन चाहन्छु" 
- कृष्णप्रसाद भट्टराई
नेपाली कङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले नेपाली कङ्ग्रेको भोलीबाट सुरु हुने महाधिवेशनमा नआउने जानकारी दिएका छन्। कङ्ग्रेसले पठाएको औपचारिक पत्रको लिखित जवाफ दिँदै भट्टराईले महाधिवेशनमा उपस्थित हुनुलाई 'बेकार' भनेका छन्। 'परम आदरणीय एवम्...

20100915

चितवनमा मृत्यु हुनेको सङ्ख्या १९ , ज्वरो आएकाहरुमा डेँगु, लेप्टोस्पाइरोसिस र स्वाइन फ्लु भनिने एचवानएनवानको लक्षण देखिए

 Exclusive News..........
चितवन / उच्च ज्वरोका बिरामीमध्ये मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। चितवन जिल्ला जनस्वास्थ्य कार्यालयले  यसअघि भदौ २२ गते ज्वरोका कारण १२ जनाको मृत्यु भएको जानकारी दिएको थियो। त्यस यता थप सातको मृत्यु भएको छ। चितवनमा उच्च ज्वरोको प्रकोप भदौ लागेपछि झनै बढेको छ। ज्वरो आएकाहरुमा डेँगु, लेप्टोस्पाइरोसिस र स्वाइन फ्लु भनिने एचवानएनवानको लक्षण देखिएको परीक्षणहरुले देखाएको छ। चिचतवनमा डेँगु प्रकोपको रुपमा फैलँदा पनि सरकारले नियन्त्रणमा ध्यान नदिएको आरोप जिल्लावासीको छ। चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठ पनि नियन्त्रणका लागि जिल्लालाई केन्द्रले यथेष्ट सहयोग नगरेको गुनासो गर्छन्। मङ्गलबार सम्पन्न विपद व्यवस्थापन समितिको बैठकले नियन्त्रणको उपाय तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको छ।
माओवादी इन्चार्ज मृत अवस्थामा फेला परे
माओवादी रामेछापका सचिवालय सदस्य एवम ७ नं एरिया इन्चार्ज रामहरी कँडेल 'प्रहार' मृत अवस्थामा फेला परेका छन्। कँडेल भलुवाजोर गाविस ८ को गुम्दीखर्क जंगलमा मृत अवस्थामा....

अस्पतालमा रहेका हाम्रा अत्यन्त मिलनसार नेपाली मित्र दान बहादुर श्रेष्ठको शिघ्र स्वास्थ्यलाभको लागि भगवानसँग प्रार्थना

सुन्सरी झुम्का घर भै हाल अमेरिका को मनाससमा सपरिवार बस्दै आउनु भएका हाम्रा अत्यन्त मिलनसार मित्र दान बहादुर श्रेष्ठ अचानक फोक्सो र स्पाइनल् कडमा गम्भिर समस्या उत्पन्न भै Virginia Hospital Center, 1701 N. George Mason Dr. Arlington VA, USA मा सर्जरी पछी सोही Hospital मा 538 No. Cabin मा भर्ना हुनुहुन्छ, वहाँको शिघ्र स्वास्थ्यलाभको लागि भगवानसँग प्रार्थना गर्दछौं । साथै वहाँको शिघ्र स्वास्थ्यलाभका लागि कामना गर्ने शुभचिन्तकहरुलाई यसको ठीक तल रहेको comments  मा गै आफ्ना कामनाका दुई शब्द नाम ठेगाना सहित् छोड्नु हुन अनुरोध गर्दछौं ।
- रामप्रसाद खनाल - अध्यक्ष्य, अन्तराष्ट्रिय कलाकार मन्च परिवार   

20100914

हरे शिब ! यो Face Book ले पनि हैरानै पार्यो बा, नपत्याए हेर्नुस् त !

खोइ मानबिय समबेदना, दुर्घटना हुँदा ड्राइभर नदिमा बगाइन्छन, कुटी कुटी मारिन्छन, हामी नेपाली के भएका यस्ता !

Breaking News........
बसले बालिका किचेर मारेको भन्दै सल्यान र सुर्खेतको सीमाक्षेत्र सुर्खेतको गजौडा राकमका गाउँलेले चालकलाई कुटपिट गरी जिउँदै भेरी नदीमा बगाइदिएका छन्। सुर्खेत राकम–२ गजौडामा तीन वर्षीया बालिकालाई भेरी–राप्ती बस व्यवसायी समितिको बसले किचेपछि मृत्यु भएको थियो। बालिकाको मृत्युपछि...
 अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक, तपाईंले पनि बिचार  गर्ने कि ??
 अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster, 703-419-0924

20100913

जनविद्रोहबाट सत्ता कब्जा गर्ने तयारी सुरु : माओवादी

Breaking News..........
माओवादी बरिष्ठ उपाध्यक्ष मोहन वैद्यले जनविद्रोहबाट सत्ता कब्जा गर्ने तयारी सुरु गरेको जानकारी दिएका छन् । माओवादीलाई संसदबाट सत्तामा जानबाट रोक्ने काम भएकाले जनविद्रोहको विकल्प नभएको उनको भनाइ छ । पार्टीले जनविद्रोहको तयारी थालिसकेको जानकारी दिदै वैद्यले केन्द्रीय कमिटिले घोषणा गरेको एक महिने आन्दोलनको कार्यक्रम जनविद्रोहको तयारी भएको बताए । 'एक महिनाभरी हामी केन्द्रदेखि गाउँसम्म प्रचारात्मक कार्यक्रम गर्छौ । त्यसमा जनसभादेखि पोष्टर पम्प्लेटिङसम्मका कामहरु हुन्छन्,' सोमबार रिपोर्टर्स क्लवमा उनले भने । बैद्यले तटस्थता वा सेना समायोजनको नामबाट माओवादीलाई सत्तामा जानबाट......

20100912

संविधानसभाका ६०१ जना सभासद्हरुलाई प्रमुख जिल्ला अधिकारीमार्फत् साडी, ब्लाउज, चुन्नी, सिन्दूर सहित श्रृङ्गार सामान, चुरा पठाइयो

महिला फोरम, नवलपरासीले सभासद्हरुलाई महिलाले लगाउने कपडा र श्रृङ्गारका सामग्री पठाएका छन्। महिला फोरमले प्रमुख जिल्ला अधिकारीमार्फत् साडी, ब्लाउज, चुन्नी, सिन्दूरसहित श्रृङ्गार सामान संविधानसभामा प्रतिनिधित्व गर्ने ६०१ जना सभासद्का लागि पठाएको हो। प्रत्येक राजनीतिक दलको नेतृत्व पुरुषले गरिरहेको र संविधानसभामा पनि पुरुषको वर्चस्व हुँदाहुँदै पनि संविधान निर्माणप्रति इमान्दार र सक्रिय नरहेकाले महिलाले प्रयोग गर्ने सामग्री पठाइएको महिला फोरमले जनाएको छ। जनताले संविधान निर्माण गर्नका लागि चुनेर पठाएका सभासद्ले सत्ताको लोभमा मात्र लागेकाले महिला फोरमले प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै संविधान निर्माण गर्न नसके राजीनामा दिन माग गरेको छ।-नागरिक
https://mail.google.com/mail/?ui=2&ik=039196dc56&view=att&th=12b06cd947f60e82&attid=0.1&disp=inline&realattid=f_ge04mjvw0&zw

20100911

तपाईंलाई कस्तो लाग्छ कुन्नी यी फोटो, भिडियो हेर्दा !

तीजको दिन, अमेरिका म्यारिल्यान्ड बेल्स्भिल स्थित नेपाली मन्दिर बन्दै गरेको स्थल, थुप्रै नेपाली चेलीबेटी रातम्मै नेपाली पोसाकमा । नेपाली पँडित श्रीधर लाई भ्याइ नभ्याइ थियो तीजको पूजा गराइरहदा । त्यहाको अवस्था देख्दा लाग्थ्यो हामी नेपालमै छौं । तपाईंलाई कस्तो लाग्छ कुन्नी, यी फोटो, भिडियो हेर्दा !!!

अमेरिकाकालागि आज कालो दिन अर्थात सेप्टेम्बर 11

आज भन्दा दश बर्ष अगाडी आजकै दिन बिन लादेनको आतंककारी समुह अल काइदाले अमेरिकामा यसरी आक्रमण गरेको थियो  हेरौं केही भिडियो, सम्झौँ दिबँगत निर्दोसहरुलाई, जसले ज्यान गुमाए  र आतंकबादको बिरोध गरौं !

पशुपतिका साथै देशका विभिन्न शिवालयमा हिन्दू नारीहरुको ठूलो भीड, विराटनगरमा पूर्व राजा ज्ञानेन्द्र लाई स्वागत गर्नेको भिड !

हरितालिकाको अवसरमा पशुपतिनाथको मन्दिरका साथै देशका विभिन्न भागमा अवस्थित शिवालयमा हिन्दू नारीहरुको ठूलो भीड छ। अघिल्लो दिन मीठो मसिनो खाएर आज उनीहरु उत्साहका साथ भगवान् शिवको पूजाआराधना गरी धुमधामसँग तीज मनाइरहेका छन्। तीजको अवसरमा विवाहित महिलाहरु श्रीमानको दीर्घायु र परिवारको समृद्धि तथा अविवाहित महिला सुयोग्य वरको कामना गर्दै व्रत बस्ने प्रचलन छ।
यता  पूर्व राजा ज्ञानेन्द्र शाह एक धार्मिक कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगेका छन्। गणपति महोत्सव उद्‍घाटन गर्न आएका उनलाई......

20100910

लोग्नेहरुलाईनै ब्यँग हान्दै तिज गीत । भो बा सकिएन अब । श्रीमानहरु ड्राइभर देखी घर भान्छेसम्म, गृहलक्ष्मीहरु छोइसक्नु छैनन !

तीजले जताततै ढपक्कै ढाकेको छ, रातै रातो, श्रीमान हरु ड्राइभर देखी घरको भान्छे सम्म, गृह मन्त्री, गृहलक्ष्मीहरु छोइ सक्नु छैनन, रातो देख्दा आँखै थाकी सकेकाछन, हरेक दिन जसो तीजका जमघट, नाच गान, तिजको रत्यौली हेर्दा लाग्छ हामी लोग्ने मान्छे भन्दा उफ्रिने मामलामा स्वास्नी मान्छे धेरै जब्बर छन । अमेरिकामा त दिनभरी हलो जोतेर थाकेको हली जस्तै भएर घर मा आएका आईमाईहरु जब रातो सारी मा सजिन्छन उनिहरुको जोश देख्दा लाग्छ अब इनर्जी ड्रिन्क्स् कम्पनी फेल खान्छन । अझ लोग्ने हरु लाई नै ब्यङ हान्दै तिज गीत । भो बा सकिएन अब ।

20100909

अमेरिका स्थित नेपाली राजदुताबासको आयोजनामा अमेरिकाको वासिङ्टन डिसीमा तीज भेटघाट तथा नाचगान र दर खाने कार्यक्रम

अमेरिका स्थित नेपाली राजदुताबासको आयोजनामा अमेरिकाको वासिङ्टन डिसीमा  तीज भेटघाट तथा नाचगान कार्यक्रमको आयोजना गरियो। महामहिम राजदुत डा. शंकर शर्मा र वहाँकी धर्मपत्नी कल्पना शर्माद्वारा सबैलाई स्वागत गरिएको उक्त तीजको रमाइलो भेटघाट, नाच गान तथा दर खाने कार्यक्रमका केही भिडियो र फोटोहरु जस्ताको तस्तै तपाईंहरुका लागि :   सबै फोटो र भिडियो हेर्न तल Read More मा क्लिक गर्नुस् .................. 

सरकार, काङ्रेस र एमाले ले संयुक्त राष्ट्रसंघलाई यथार्थ कुरा बुझाउन नसक्दा माओवादीले फाईदा उठाउदै, माओवादीकै भाषा बोल्दैछ राष्ट्रसंघ !

संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले सुरक्षा परिषद् समक्ष अनिमनका लागि विद्यमान कार्यदेशलाई नै थमौती गर्न सिफारिस गरेका छन् । 'नेपालमा यतिबेला कामचलाउ सरकार भएको र राजनीतिक दलहरू सरकार निर्माणको विषयमा ध्यान केन्द्रित गरिरहेको अहिलेको अवस्थामा मिसनको भूमिकाका सम्बन्धमा रचनात्मक विचार आदान प्रदानका लागि अनुकूल हुन सकेन' राष्ट्र संघीय सेन्टरद्वारा बुधबार सार्वजनिक प्रतिवेदनमा भनिएको छ, 'यस परिस्थितिमा विधिवत गठन हुने सरकारसँग आवश्यक छलफलका लागि.....

20100907

नालायक नेता र कथित ६०१ सभासदका कारण मुलुक प्रधानमन्त्री बिहिन, ७ पटक मा पनि प्रचन्ड र रामचन्द्रले हारे, आठौं चुनाव असोज १० मा

प्रधानमन्त्रीका लागि सातौं पटकको चुनावमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कङ्ग्रेस नेता रामचन्द्र पौडेल पराजित भएका छन्। दाहालले २ सय ५२ मत ल्याएका छन्। उनको विपक्षमा १ सय १० मत पर्‍यो भने तटस्थमा १ सय ५९ मत रह्यो। उनको मतदानका बेला ५ सय २१ सभासद् उपस्थित थिए। यसैगरी पौडेलको पक्षमा १ सय १९ मत परेको छ भने विपक्षमा २ सय ४५ मत पर्‍यो। ५ सय १५ उपस्थित सभासद्‍मध्ये १ सय ५१ मत तटस्थ रहे। यस पटक प्रधान मन्त्रीमा माओवादीलाई मत दिने निर्णय गरेको मधेशी जनअधिकार फोरमले उसलाई मत दिएन। आज पनि फोरम अघिल्लो चुनावझैं 'नो भोट' को अवस्थामा बस्यो। हिँजोमात्र फोरमले मधेशी मोर्चाबाट अलग भई माओवादीलाई मत दिने निर्णय गरेको थियो। फोरम.......

20100906

अमेरिकामा नेपाली तिज महोत्सब ( Nepali Teej Mahotsab in USA)

अमेरिकामा अन्तराष्ट्रिय कलाकार मँच र अमेरिका नेपाल सहयोगी समाजको आयोजना, डिसी मेट्रो एरियाका अन्य सात संस्थाको सहयोगमा आयोजित नाचेर उदघाटन भएको तिज महोत्सब भब्य रुपमा सम्पन्न !
अन्तराष्ट्रिय कलाकार मँच र अमेरिका नेपाल सहयोगी समाजको आयोजना, डिसी मेट्रो एरियाका अमेरिका नेपाल सोसाइटी, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका,

नेवा अर्गनाइजेसन अमेरिका, नेपाल पासापुच अमेरिकाय, धरान अमेरिका समाज,  America Nepal Women Association, अमेरिका नेपाल चौपारी समेतको सहयोगमा अमेरिकाको नेपाली गाउँ भनेर चिनिने भर्जिनियाको....फोटोहरु र भिडियोको लागि Read More क्लिक गरेर भित्र जानुस्......
माओवादी भित्र हलचल, हेरौं अझ को को तानिने हुन ! 'प्रचण्ड थैव हत्या प्रकरण' का आरोपी सुजित विकले हत्या स्वीकार गरे, सर्वोच्च अदालतद्वारा माओवादी सभासद्लाई सर्बस्व सहित जन्मकैद फैसला
सर्वोच्च अदालतले ज्यान मारेको अभियोगमा माओवादी सभासद् बालकृष्ण ढंुगेललाई र्सवस्वसहित जन्मकैद हुने फैसला गरेको छ । करिब १२ वर्षघिको एक अभियोगमा सर्वोच्च अदालतका न्यायाधीशहरू तपबहादुर मगर र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासले सभासद् ढुंगेलमाथि सो सजाय सुनाएको हो । ओखलढुंगास्थित तारबारी गाविसका भुवन भन्ने उज्वनकुमार श्रेष्ठलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा उनीमाथि त्यस्तो सजाय सुनाइएको हो । श्रेष्ठको १० असार २०६५ मा हत्या भएको थियो । श्रेष्ठलाई गोली प्रहार गरेर हत्या गरेको अभियोगमा सभासद् ढुंगेललाई ओखलढुंगा जिल्ला अदालतले ११ असार २०६३ मा र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतले फैसला गर्दा उनी भूमिगत...

20100904

चिनिया पक्षद्वारा माओवादी अध्यक्ष्य प्रचन्डलाई प्रधानमन्त्री बनाउन एक करोडका दरले ५० सभासद किन्न ५० करोड सहयोग प्रस्ताब

बार्ता सुन्नुस् जस्ताको त्यस्तै, महरा भन्छन "यो होइन"    
 प्रधानमन्त्री चुनावका लागि एकीकृत नेकपा माओवादीका तर्फबाट कृष्णबहादुर महराले चिनियाँसँग ५० करोड रुपैयाँ मागेको भनी नेपाल वान लगायतका टेलिभिजन च्यानलले दुई

पक्षबीच भएको टेलिफोन रेकर्ड प्रसारण गरेका छन्। महराले चिनियाँसँग प्रति सभासद एक करोड रुपैयाँका दरले उक्त रकम मागेको टेलिभिजन च्यानलहरुले शुक्रबार सार्वजनिक गरे। महरा र चिनयाँसबीच भनिएको कुराकानीबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ। महराको जस्तै स्वरबाट चिनियाँ लवजका व्यक्तिसँग कुराकानी भएको प्रसारित रेकर्डमा सुनिन्छ। दुबै...
एक जना होनाहार नेपाली कलाकार, अर्थबिद, नेपाली समुदायमा चिरपरिचित मित्र डा. शैलेश भण्डारीको अचानक निधन  !
एक जना होनाहार नेपाली कलाकार, अर्थबिद, नेपाली समुदायमा चिरपरिचित मित्र डा. शैलेश भण्डारीको अचानक निधन भएकोछ अमेरिकाको  बाल्टिमोरमा ।जर्मनटाउनमा छोरा र श्रीमतीका साथ बसोबास गर्दै आउनुभएका भण्डारी नियमित चेक जाँचका लागि चिकित्सकको पुग्नुभएको र त्यहाँ पुग्दा ज्यादै  पेट दुख्न थालेपछि तत्कालै भण्डारीलाई मेरिल्याण्डस्थित गेथेसवर्गमा रहेको सेड्रि्रोभ अस्पताल लगिएको थियो, अझ गारो भएपछि...

किन माओवादी अब जङ्गल जाँदैनन् ? - देवप्रकाश त्रिपाठी

माओवादीको समग्र सोच एवम् व्यवहारमा परिवर्तन नदेखिएपछि उनीहरू कुनै पनि बेला जुनसुकै निहुँमा जङ्गल र्फकन सक्छन् भन्ने आमधारणा बन्दै छ । उचित स्थान र सम्मान उपलब्ध गराउन सकिएन भने माओवादीहरू पुनः हिंसात्मक सङ्घर्षमा र्फकने छन्, जसका कारण मुलुकले रगतको क्षति व्यहोर्नुपर्ने हुनसक्छ भनी सन्त्रस्त मानिस उनीहरूलाई जे-जे दिएर भए पनि जङ्गल जानचाहिँ दिनुहुँदैन भन्ने धारणा राख्दछन् । माओवादीका अनगिन्ती अक्षम्य गल्ती र कमजोरीलाई जनस्तरले कोट्याउन नचाहेको पनि सुरक्षित भविष्यको आशाले हो । विगतका गल्ती केलाएर वर्तमानलाई तनावयुक्त तुल्याउनुभन्दा बरु...

20100903

कमल थापासँग उनकै घरमा पुगेर हारगुहार मागेका प्रचन्डले फेरी लोकेन्द्र बहादुर र पशुपती सम्सेर सँग पनि गुहार मागे !

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षमा मत दिन आग्रह गर्दै शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । लोकन्थलीस्थित राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको निवासमा चन्दसहित राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरासाग छलफल गरेका छन् । भेटमा राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको राप्रपाले जनाएको छ । चन्द, राणा र दाहालबीच प्रधानमन्त्रीको निर्वाचन, शान्तिप्रक्रियाका...

20100902

पाँच करोडमा माओवादीले मालेका सभासद किनेको रहस्योदघाटन

माले महासचिव सिपी मैनालीले माओवादीले प्रचण्डलाई प्रधान मन्त्रीमा भोट दिन आफनो पार्टीलाई ५ करोड रुपैयाँको आर्थिक प्रलोभन देखाएको खुलासा गरेका छन्। 'मैले सो प्रस्ताव अस्वीकार गरेपछि उनीहरुले प्रलोभनमा पर्न लालायित सांसदहरुलाई साथ लिएर पार्टी विभाजन गर्न लगाए'- मैनालीले भने। भक्तपुर रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा मैनालीले भने- आर्थिक प्रलोभनमा फस्न सक्ने ४ जना सभासदलाई खरिद गरेर उनीहरुले जगतबहादुर बोगटीमार्फत् पार्टी विभाजन गर्न लगाए। उनले एमालेको तटस्थ बस्ने निर्णयका कारण माओवादीले थप अरु पार्टीका सभासद किनबेच गर्ने मौका पाइरहने बताए र...

बानी नराम्रो राजै बानी नराम्रो, हाम्रा बुढा नक्कलेको बानी नराम्रो


                    तीज महोत्सबको हार्दिक निमन्त्रणा !
तपाईं, तपाईंको सपरिवार र तपाईंका सबै साथी भाई छरछिमेकीलाई तीज महोत्सबको हार्दिक निमन्त्रणा । Invitation to all our Nepali, American Friends who live in Virginia, DC, MD and other states in USA . प्रबेश : निशुल्क, नेपाली खाना परिकारको स्वाद लिन मात्र $5 एक जना लाई । तिजको मज्जा र नेपाली मिठो खानाको स्वाद एकै ठाउँमा ।  Date : September 5 , Evening 4:00 pm, Venue :   10100 Lomond Dr. , Manassas, Virginia, 20109, ( Stonewall middleschool's Hall ) 

For more detail please click this link below

 

20100901

किसानहरूमा लोकतन्त्र नामक धानप्रतिको मोह हटेको छ !

फल दिएन 'लोकतन्त्र' धानले !

- लक्ष्मी सापकोटा
 २०६२/६३ सालको १९ दिने जनआन्दोलनको बलमा मुलुकमा लोकतन्त्र स्थापना भयो । लोकतन्त्र स्थापनाको खुसियालीमा मुलुकका विभिन्न ठाउँका नाम परिवर्तन भए । राजा र तिनका परिवारसँग जोडिएका नाम परिवर्तन गर्ने लहर नै चल्यो । जताततै लोकतन्त्रको प्रभाव । लोकतन्त्रकै गाथा अनि महिमा । यी सबको प्रभावबाट नेपाल राष्ट्रिय कृषि अनुसन्धान परिषद् -नार्क) पनि अछुतो रहन सकेन । फलतः उसले लोकतन्त्र नामक जातको धान सिफारिस गर्‍यो । दर्ुभाग्य, लोकतन्त्रका नाममा मुलुकले जति विकृति बेहोर्नु पर्‍यो, परिरहेको छ, लोकतन्त्र नामक धानले पनि किसानलाई खुसी दिन.......
________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________