20110117

अलबिदा लोकप्रिय गायक कुमार कान्छा !
अन्तराष्ट्रिय कलाकार मन्चका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै प्रख्यात गायक कुमार कान्छाको दु:खद निधनले मन्च परिवार पुरै स्तब्ध भएको बताउनुभएको छ । यस् दु:खद घडीमा स्वर्गिय गायक कान्छा प्रती हार्दिक श्रध्दान्जली अर्पण गर्दै शोक सन्तप्त कान्छा परिवार र वहाँका सम्पूर्ण श्रोता...
तथा दर्सक, शुभचितकहरुमा हार्दिक समबेदना प्रकट गर्नुभएको छ।    एक सयभन्दा बढी नेपाली चलिचत्रमा गीत गाएका कुमार कान्छाको ५३ वर्षको उमेरमा सोमबार मुम्बइस्थित रइजा अस्पतालमा निधन भएको छ। 'कोशेली' र तुलसी घिमरेको निर्देशनमा बनेको चर्चित नेपाली चलिचत्र 'लाहुरे'मा अभियन समेत गरेका कान्छाले नेपाली, हिन्दी, पन्जावी, बंगाली, उडिया, मराठी, भोजपुरी, मैथिली सहित २५ भाषामा एक हजार भन्दा बढी गीत गाएका छन्। कान्छाले साइनो चलिचत्रका लागि गाएको 'आमैले भन्थे... धाराको पानी...' गीत नेपाली जनजिब्रोमा लामो समयसम्म झुन्डिएको थियो। अर्को गीत 'जिन्दगीको के भर छ र...' लामो समयसम्म चर्चित रहेको थियो। साइनो र अर्को एक गरी उनका दुई क्यासेट एल्बम बजारमा आएका थिए। मेरुदण्ड (स्पाइनल कर्ड)मा उत्पन्न खराबीका कारण शरीरको तल्लो भाग चल्न नसकी केही समयदेखि मुम्वईस्थित रइजा अस्पतालमा उनको उपचार भइरहेको थियो। कमाएको सबै सम्पत्ति उपचारमा खर्च भएपछि अस्पताल शैय्याबाटै उनले सहयोग गर्न नेपालीहरुलाई आह्वान गरेका थिए। उनको आह्वानको भिडियो युट्युबमा अपलोड गरी सहयोग संकलन गरिएको थियो। उनको उपचारका लागि काठमाडौंमा कुमार कान्छा उपचार सहयोग समिति निर्माण गरी विभिन्न सहयोग जुटाइएको थियो। लाखौं शुभचिन्तकको माया पाए पनि कुमार कान्छा अब सदाका लागि अस्ताएका छन्। 'जिन्दगीको के भर छ र...!'

2 comments:

  1. गायक कुमार कान्छाको असामयिक निधन नेपाली सांगीतिक क्षेत्रको ठुलो नोक्सानी हो | उनकै गीतको यौटा फाकी टिपेर भन्नु पर्दा " जिन्दगीको के भर छ र ..." अब उनि रहेनन् | दिगंवत आत्माको चीर शान्तिको लागि प्रार्थना गर्दछु | उनि सारा सङ्गीत प्रेमीको ढुक ढुकीमा गीत बनेर रहेनेछन् | हार्दिक श्रदान्जली ||

    Ram Kumar Bimali, Birtamod, Jhapa, Nepal

    ReplyDelete
  2. Hardik sradanjali kumar ji lai

    Dallas bro

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक