20110220

"प्रतिक्रान्तिका खतराविरुद्ध सचेत हुनु अत्यावश्यक छ ।" : प्रधानमन्त्री

" दलहरूमा पार्टीभित्रका एक नेताले अर्को नेतालाई समाप्त पार्ने धुन्धुकारी प्रवृत्ति मौलाउँदै " : माओवादी उपाध्यक्ष भट्टराई
"काँग्रेसलाई पाखा लगाएमा देशले नयाँ द्वन्द्वको सामना गर्नुपर्ने खतरा" : पूर्वप्रधानमन्त्री माधव नेपाल
 निरङ्कुश जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र प्राप्तिको घोषणा भएको दिन फागुन ७ गते ६१औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो । यस अवसरमा ६१औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह सम्पन्न गरियो ।समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसहित उच्चपदस्थ राष्ट्रसेवकहरूसमेतको सहभागिता थियो । समारोहलाई सम्बोधन गर्दै मूल समारोह समितिका अध्यक्ष
प्रधानमन्त्री झलनाथ खनालले आधुनिक नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको युगीन महìव रहेको र यसै दिन मुलुकमा एउटा नयाँ युगको सूत्रपात भएको स्मरण गर्नुभयो । उहाँले २००७ साल, ०४६ साल र ०६३ सालसम्मका कालखण्डमा लोकतान्त्रिक प्रणाली स्थापना गर्ने सिलसिलामा नेपाली जनताले गर्नु परेका अकल्पनीय त्याग, उत्सर्ग, असहृय पीडा र अनगिन्ती चुनौती पनि त्यसकै निरन्तरता भएको बताउनुभयो । प्रधानमन्त्री खनालले सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै साँचो अर्थमा स्वतन्त्र, स्वाधीन, सार्वभौम र समृद्ध राष्ट्रे निर्माणका लागि सबैभन्दा महìवपूर्ण सर्त चालू सङ्क्रमणकाल अन्त्य गरेर छिटोभन्दा छिटो शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र नयाँ संविधान निर्माण गर्ने राष्ट्रकोे अठोट पूरा गर्न राष्ट्रिय प्रजातन्त्र दिवसले प्रेरित गरिरहेको बताउनुभयो ।यो भावना बुझ्न सहकार्यको औचित्यलाई आत्मसात् गर्न र मुलुकलाई अग्रगामी परिवर्तनको दिशामा अघि बढाउन विशेष जिम्मेवारीबोधका साथ भूमिका निर्वाह गर्न उहाँले सबै राजनीतिक दलसमक्ष विशेष आग्रह गर्नुभयो ।
प्रधानमन्त्री खनालले ०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमार्फत प्राप्त स्वतन्त्र र उदात्त वातावरणमा सार्वभौमसत्तासम्पन्न नेपाली नागरिकका रूपमा ६१औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहेको उल्लेख गर्दै भन्नुभयो, "नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरी समृद्ध नेपालको निर्माण गर्नु आज हाम्रो प्रमुख राष्ट्रिय जिम्मेवारी रहेको छ । यसनिम्ति हामीले राष्ट्रिय सहमतिको जारी प्रयासलाई अझ अघि बढाएर शान्तिप्रक्रियालाई पूर्णता दिँदै नयाँ संविधान निर्माण र जारी गर्नु जरुरी छ ।"
प्रधानमन्त्री खनालले सहमति, सहकार्य र राष्ट्रिय एकताको भावना आत्मसात् गर्दै आर्थिक समुन्नतिको गन्तव्यतर्फ उन्मुख हुनुपर्ने आजको जटिल सङ्क्रमणकालीन परिस्थितिमा हामीबीच रहेका सबैखाले पूर्वाग्रह र असमझदारी अन्त्य गरेर सम्पूर्ण नेपाली जनताको आशा, अपेक्षा र आकाङ्क्षालाई समेट्दै मूर्त रूप दिनु आवश्यक भएको बताउनुभयो ।
'विविधतामा एकता नै नेपाली समाजकोे विशेषता' रहेको यथार्थ आत्मसात् गर्दै बहुभाषिक, बहुजातीय र बहुसंस्कृतिले युक्त हाम्रो नेपाली समाजलाई परस्पर सद्भाव, हार्दिकता र सुदृढ एकता र विश्वासको भावनाले बलियो धरातलमा आबद्ध गराएर अझ फराकिलो बनाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने राष्ट्रिय कार्यभार पूरा गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ऐतिहासिक जनक्रान्तिका उपलब्धिलाई दिगो रूपमा संस्थागत गर्न आर्थिक क्रान्तिको प्रक्रियालाई पनि तीव्रता दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो, "तबमात्रै हामी सामाजिक आर्थिक रूपान्तरण गरेर अघि बढ्न सक्नेछौँ । विगतमा राजनीतिक परिवर्तनको प्रक्रियालाई बलियो आर्थिक जगमा उभ्याउन नसकेकै परिणामस्वरूप जनताले त्यागपूर्ण सङ्घर्ष गरी प्राप्त गरेका उपलब्धिहरू पटकपटक खोसिन पुगेको तथ्यलाई हामीले बिर्सनु हुँदैन । परिवर्तनका संवाहक शक्तिहरूले यसलाई विशेष रूपमा आत्मसात् गर्नु र प्रतिक्रान्तिका खतराविरुद्ध सचेत हुनु अत्यावश्यक छ ।"
समारोहमा काठमाडौँ उपत्यकाको विविध संस्कृतिको झाँकी, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरू, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय सेवा दल, नेपाल स्काउटका टोलीले मार्चपास गरेका थिए ।
समारोहमा राष्ट्रपतिको उपस्थितिसँगै सेना तथा प्रहरीबाट सलामी चढाइएको थियो भने नेपाली सेनाका दुई हेलिकोप्टरले राष्ट्रिय प्रजातन्त्र दिवसको ब्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरेका थिए ।
यसैगरी राष्ट्रिय खेलकुद परिषद्का खेलाडीहरूले विभिन्न कराँते खेल, खुकुरी खेल प्रदर्शन गरेका थिए भने कुदोकाइदो कराँते खेलाडी काजीमान श्रेष्ठको पेटमा १३० किलोग्रामका ढुङ्गा घन प्रहारबाट फोर्ने साहसिक प्रदर्शन गरिएको थियो । यसअगाडि बिहान सूर्योदयसाथ नेपाली सेनाद्वारा भीमसेन स्तम्भबाट बिगुल -रिभ्याली) बजाइएको थियो । यससँगै सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिएको थियो ।

 नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) वाम ध्रुवीकरण गरी नयाँ धु्रवीकरणको पक्षमा नरहेको बताउनुभएको छ ।नेता नेपालले उपर्युक्त कुरा नेकपा -एमाले) जिल्ला कमिटी धनकुटाको आयोजनामा शनिबार धनकुटाको टुँडिखेलमा आयोजना गरिएको आमसभामा बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपालले काँग्रेसलाई पाखा लगाएमा देशले नयाँ द्वन्द्वको सामना गर्नुपर्ने खतरा रहेको औँल्याउँँदै वामपन्थी मात्र होइन, प्रजातान्त्रिक शक्ति पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । नेता नेपालले एमाओवादीसँग आˆनै सेना र हतियार भइन्जेलसम्म सुरक्षासँग सम्बन्धित मन्त्रालय दिन नहुनेमा जोड दिनुहुँदै माओवादीलाई गृह मन्त्रालय दाबी नगर्न आग्रह गर्नुभयो ।
वर्तमान सरकारले सबै दल समेटेर लानु आवश्यक भएको विचार व्यक्त गर्नुहुँदै नेता नेपालले नेकपा -एमाले)का अध्यक्ष र एमाओवादीका अध्यक्षबीच सातबुँदे सहमति गोप्य राखियो र यसले नै आशङ्का जन्माएको हो भन्नुभयो ।
नेता नेपालले वर्तमान सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै दललाई समेटेर लान आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा नेकपा -एमाले)का केन्द्रीय सदस्य रकम चेम्जोङले वर्तमान सरकारले विगत सरकारले सुरु गरेका राम्रा कामलाई निरन्तरता दिई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो भने नेकपा -एमाले)का केन्द्रीय सदस्य एवं कोसी अञ्चल इन्चार्ज राजेन्द्र गौतमले वर्तमान सरकार निर्माणको मुख्य आधार सातबुँदे सहमति नै भएको विचार व्यक्त गर्नुभयो ।
नेकपा -एमाले)का जिल्ला अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हास्य कलाकार नारद खतिवडा, गायक बद्री पंगेनी, कृष्णभक्त राईलगायतले आआˆना प्रस्तुति गर्नुभएको थियो । उक्त आमसभामा हजारौँको सहभागिता थियो ।
यसैगरी विराटनगर समाचारदाताका अनुसार नेकपा -एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसामु आत्मसमर्पण गर्ने गरी सातबुँदे सहमति भएकाले विरोध गर्नु परेको बताउनुभएको छ ।
प्रजातन्त्र दिवसको अवसर पारेर धनकुटामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले पार्टीभित्र र बाहिर सातबुँदे सहमतिको चर्को विरोध रहेको बताउनुभयो । उहाँले सबैतिरबाट विरोध आएपछि अध्यक्षले त्रुटि भएको अनुभूति गर्नुभएको दाबी गर्नुभयो ।
सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला गर्न नहुने उहाँले बताउनुभएको छ । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, "माओवादी बु्झकी पार्टी हो, उसले हामीभित्रको समस्या पनि बुझ्छ र थप लचिलो भएर मन्त्रिपरिषद् विस्तारमा सहयोग गर्नेछ ।"
उहाँले सेना र हतियारको विषय नटुङ्गिएको अवस्थामा सुरक्षासम्बन्धी मन्त्रालय माओवादीलाई दिँदा आपसी विश्वास घट्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले गृहकै कारणले भने राजनीतिक गतिरोध कायम नरहने बताउनुभयो ।
नेता नेपालले वर्तमान सरकारमा नेपाली काँग्रेसलाई सँगै लैजानुपर्ने भन्दै वर्तमान गठबन्धन वाम गठबन्धन हो भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो । नेपालले नेपाली काँग्रेसलाई यही सरकारमा सहभागी गराएर लैजाने प्रयास आˆनो तर्फबाट जारी राखेको जानकारी नेपालले दिनुभयो ।
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति र संविधानका लागि माओवादी सरकार बाहिर रहेर सहयोग र समर्थन गर्न तयार रहेको बताउनुभएको छ ।
रेडियो थाहा सञ्चारको वाषिर्कोत्सवको अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा उपाध्यक्ष भट्टराईले दलहरू शान्ति र संविधानका लागिभन्दा सत्ता प्राप्तिका लागि केन्दि्रत भएको बताउनुभयो ।
उहाँले माओवादीले शान्ति र संविधानका लागि सरकारको नेतृत्व त्याग गरे पनि नेकपा -एमाले) भित्रको विवादले झलनाथ खनाल नेतृत्वको वर्तमान सरकारले पूर्णता नपाएको बताउनुभयो । नेपालका राजनीतिक दलहरूमा पार्टीभित्रका एक नेताले अर्को नेतालाई समाप्त पार्ने धुन्धुकारी प्रवृत्ति मौलाउँदै गएको भन्दै उहाँले माओवादीले मन्त्री पदको लागि बार्गेनिङ नगरेको दाबीसमेत गर्नुभयो । आजको युग सूचना र सञ्चारको युग भएको बताउँदै उहाँले सूचना-सञ्चारको पहँुच ग्रामीण क्षेत्रसम्म पुर्‍याउनुपर्ने बताउनुभयो । उपाध्यक्ष भट्टराईले सबै पक्षलाई शान्ति र संविधान निर्माणका लागि केन्दि्रत हुन आग्रह गर्नुभयो । यसैबीच, क्रान्तिकारी पत्रकार सङ्घ मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष भट्टराईले वर्तमान सरकारलाई गिराएर अस्थिरता निम्त्याउनु उचित नहुने बताउनुभयो । एमाले अध्यक्ष एवं प्रधानमन्त्री खनालसँग भएको सातबुँदे सहमतिको पालना गरेर सरकारलाई पूर्णता दिनुपर्ने बताउँदै शान्ति र संविधानका लागि सबै पक्षको सहयोगमा खनाल नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको रूप दिनुको विकल्प छैन भन्नुभयो । माओावादीको पालुङटार बैठकले जनविद्रोहको लाइन पारित नगरेको भन्दै उपाध्यक्ष भट्टराईले संविधानसभामा सबैभन्दा ठूलो दल माओवादीलाई गृहमन्त्री किन दिन नहुने भनी प्रश्न गर्नुभयो ।
यसैगरी, बारा समाचारदाताका अनुसार नेकपा माओवादीका उपाध्यक्ष भट्टराईले देश गणत्रान्त्रिक भइसकेपछि प्रजातन्त्र दिवस मनाउनुको औचित्य नरहेको बताउनुभएको छ । बाराको सिमरा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता भट्टराईले गणतन्त्र दिवस बाहेक अन्य दिवस मनाउनु समय खेर फाल्नु मात्र भएको बताउनुभएको हो ।सबै पार्टीभन्दा माथि उठेर देश र जनताको बारेमा सोच्नुपर्छ र संविधानको धेरै बुँदामा सहमति कायम भइसकेको र केहीमा मात्र असहमति रहेकोले तीन महिनाभित्र संविधान बनाउनुपर्छ र बन्छ पनि भनी दाबा गर्नुभयो । प्रधानमन्त्री खनालको सरकारलाई सबै दलले बाहिरबाटै भए पनि समर्थन गरेर सरकार बलियो बनाउनु पर्नेछ किनभने यतिखेर देशमा शान्ति र संविधान निर्माण नै एक मात्र लक्ष्य हो ।

1 comment:

  1. Haina madhab nepal Congress ko sarba manne neta paryo ki kya ho? PM banayeko paicho tirdai chha bichrale, ke bole ke hunchha thaha chhaina yemale ko thulo neta bhayera Congress ko prabakta le jasto po bhasan dindai hideko chha. Laj lagdaina Laj?

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक